काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीलाई छाड्न अदालतले अस्वीकार गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध उच्च अदालत पाटनमा परेको निदेवनमा सुनुवाइ गर्दै अदालतले रायमाझीलाई छाड्न अस्वीकार गरेको हो।
न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले रायमाझीलाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको हो।
वीरगञ्ज – ब्यापारीसँग महिनावारी रकम उठाउने एक जना नक्कली प्रहरीलाई पर्सा प्रहरीेले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा आदर्श कोतवाल गाउँपालिका–८ लक्ष्मीपुर बस्ने ५५ वर्षीय गोबिन्द महतो कोईरी छन्।
५-६ महिनादेखि म मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिआएको बारा, पर्सा र रौतहट जिल्लाको घुमुवा प्रहरी हुँ भनी वीरगञ्ज महानगरपालिका-२३ हरपतगञ्ज स्थित व्यापारीसँग महिनावारी रकम उठाउँदै आएको प्रहरीको दाबी छ।
कोइरीलाई वीरगञ्ज महानगरपालिका-२३ स्थित २३ सुगौली बिर्ता केमिकल कम्पनी अगाडीबाट पक्राउ गरिएको पर्साका प्रहरीले जानकारी दिए। उनलाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको छ।
काठमाडौं । केराको पानामा ओइलाउने रोग (टि.आर.–४) को निदान विषयक तीन दिने प्रशिक्षण आजदेखि ललितपुरमा सुरु भएको छ ।
ललितपुरको खुमलटार स्थित राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रको सभाहलमा प्रशिक्षण सुरु भएको हो । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र, बाली क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्रको संयुक्त आयोजना र संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको सहयोगमा सो प्रशिक्षण भइरहेको छ ।
तालीमको उद्घाटन कार्यक्रममा बोल्दै संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनका नेपाल प्रतिनिधि केन सिमिजुले नेपालमा अकस्मात देखा परेको पाना रोगको टि।आर–४ प्रजातिको निदान र व्यवस्थापनमा नेपालसंगै आकस्मिक सहायता सहित एफएओ पनि सहभागि हुन पाउँदा खुशी लागेको बताए ।
साथै यो तालिमबाट भविष्यमा नेपालको केरा उद्योगलाई जोगाउँन एफएओ, नार्क, कृषि मञ्त्रालय, र अन्य सँस्थाहरुको समन्वयात्मक प्रयास सफल हुने विश्वास व्यक्त गरे । यसैगरी नेपाल सरकारले सुरु गरेको पानामा रोग विरुद्धको यो अभियानमा एफएओ सदा साथमा रहने प्रतिबद्धता उनले व्यक्त गरे ।
नार्कका निमित कार्यकारी निर्देशक लुमानिधि पाण्डेले केराको पानामा लाग्ने ओइलाउँने रोग विरुद्ध सुरु देखि नै नार्कका बैज्ञानिकहरु र समग्र सरकारी टिमले गरेको प्रयास सराहनीय रहेको र यसमा एफएओले समेत सहयोग गरेकोमा धन्यवाद दिए ।
प्रशिक्षणको उदेश्यबारेमा प्रकाश पार्दै राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका बैज्ञानिक डा। रामबहादुर खड्काले समान्यतया पानामा रोगले स्थानीय मालभोग केरालाई क्षति पुर्याउने गरेको तर टि.आर.–४ प्रजातिको प्रवेश पछि नेपालको केरा उद्योगमा ठुलो क्षति पुग्ने आँकलन गरि त्यो क्षतिबाट समयमै केरा जोगाउन अपनाइएका बिभिन्न उपायहरु मध्ये यो तालिमले कृषि प्राविधिकहरुलाई कृषकस्तरमा टि.आर.–४ रेस पत्ता लगाउने तरिका र तिनको व्यवस्थापनका उपलब्ध उपायहरु बारे बिस्तृत प्रशिक्षण दिने बताए ।
राष्ट्रिय बाली संरक्षण संगठनका वरिष्ठ बाली संरक्षण अधिकृत महेशचन्द्र आचार्यले नार्क र संगठनले मिलेर सर्वे, प्रकाशन वितरण, केरा बगैचाको सिमा नियन्त्रण, कृषि सल्लाह, बगैचाको सरसफाई तथा रोकथाम विधि एवं तालिम जस्ता कार्यक्रम गरिएको बताए ।
नार्कका निमित्त कार्यकारी निर्देशक लुमानिधि पाण्डेको अध्यक्षतामा सम्पन्न उदघाटन सत्रमा संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनका कार्यक्रम विशेषज्ञ अर्जुनसिंह थापा, नार्कका बाली तथा बागवानी अनुसन्धान निर्देशक टिकाबहादुर कार्की, नार्कका सेवानिवृत वरिष्ठ बैज्ञानिक डा. रामदेवी तिमिला, राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा।कालिकाप्रसाद उपाध्याय, राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्रका प्रमुख डा।रेशमबाबु अमगाई लगायतको सहभागिता रहेको थियो ।
सो तालीममा बाली संरक्षणमा काम गर्ने नेपाल कृषि अनुसन्धान परिषद (नार्क), बाली क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्र, कृषि क्याम्पसका विद्यार्थीहरु, बिभिन्न प्रादेशिक कार्यालयका प्राविधिकहरु सहित २५ जनाको सहभागिता रहेको राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वरिष्ठ प्राविधिक अधिकृत बशिष्ठ आचार्यले जानकारी दिए ।
सहभागिहरुलाई डा.रामबहादुर खड्का, डा.रेशमबहादुर अमागाई, विमला पन्त, प्रकाश पौडेल, देवराज अधिकारी, फाजिल डुसुन्सेली, सिजुन जेङ लगायतले प्रशिक्षण दिईरहेका छन् । तालीम ३ दिनसम्म चल्नेछ ।
जनकपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद परिक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले शैक्षिकसत्र २०८०/०८१ मा निःशुल्क छात्रवृत्ति कार्यक्रममा प्रत्येक प्रदेश अन्तर्गत संचालित आङ्गिक, साझेदारी , निजि र सामुदायिक बिद्यालयहरुमा प्राविधिक शिक्षा कार्यक्रम संचालन गर्दा स्वीकृत कोटामा १०% निःशुल्क छात्रवृत्ति कोटा छुट्याइएको हुन्छ । सोही कार्यमा मधेस प्रदेश कर्यालय जनकपुरधाम, धनुषाको कार्यालयले प्रवेश परीक्षाको नतिजा प्रकाशन गर्दा आर्थिक चलखेल गरेर मापदण्ड बिपरित नतिजा प्रकाशन गरेको सन्दर्भ केन्द्र बाट छानबिनको तहमा पुगेको छ। प्राप्त जानकारी अनुसार, मुस्लिम कोटामा सिम्बल नम्बर २०२०२१५ बिकास पासवान लाइ मधेसी दलित कोटामा सिम्बल नम्बर २०२००४४ डब्लु कुमार यादव, दलित महिला कोटामा सिम्बल नम्बर २०४०११६ गोबिन्द कुमार दास, त्यस्तै बैकल्पिक दलित महिला कोटामा सिम्बल नम्बर २०४००४० निसा कुमारी मण्डलको निस्शुल्क छात्रवृत्ति कोटा भर्ना गर्न आर्थिक चलखेल गरेर CTEVT मधेस प्रदेश कार्यालय जनकपुरधाम, धनुषाले गठन गरेको नतिजा प्रकाशन समितिले आर्थिक लेनदेनमै नतिजा प्रकाशन गरेको बिषय बाहिर आए संगै केन्द्रमा सदस्य सचिबका निम्ति छनोट प्रक्रिया संगै तातेको माहौल मधेस छात्रवृत्ति काण्डमा केन्द्रीत भएको छ। यो घटना बाहिरिए संगै मन्त्रालयका उच्च अधिकारीले समेत चासो बढाउन थालेका कारण बिषय पेचिलो बन्दै गएको छ। सदस्य सचिबका उमेदवार चौधरीलाई नैतिक संकट सदस्य सचिबको दाबी गर्ने आठ जना उमेदवार मध्ये एक रहेका चौधरी मधेस प्रदेशका निर्देशक पनि हुन्। उनकै प्रदेशमा छनोट प्रक्रिया चलिरहदा छात्रवृत्ति काण्ड बाहिरिनुले थप तरङ्ग पैदा गराएको छ। सरकारले सदस्य सचिब छनोट प्रक्रिया अन्तिम अन्तिम चरणमा पुर्याइरहेका बेला उमेदवार आकांक्षा बोकेका मधेस प्रदेशका निर्देशक अरबिन्द चौधरी नैतिक संकटमा परेको मन्त्रालयका एक कर्मचारीले सम्पत्ति न्युजलाई बताए ।
समाचार श्रोतका अनुसार यो घटनामा को को संलग्न थिए अहिलेसम्म बाहिर न आउनुलाइ सिटिइभिटी उच्च तहकै कार्यसम्पादनमा प्रश्न उठेको बताइन्छ । यो घटना पछि मधेस प्रदेशका प्रमुख देखि सबै कर्मचारी फेरबदल गर्नुपर्ने आवाज केन्द्रमा महत्त्वका साथ उठे पनि सदस्य सचिबको नतिजा न आएकोले कसैको पनि ध्यानाकर्षण हुन नसकेको बताइन्छ । दोषी कर्मचारीको पहिचान भैसक्दा पनि कार्वाही हुन् नसक्नुलाई सदस्य सचिब बन्न खोज्नेको निरीहता बाहेक केही होइन भन्दै कर्मचारी संघसंगठनले धारणा दिन थालेका छ्न्। यो कार्यमा प्रदेश कार्यालय, परिषद परिक्षा नियन्त्रण कार्यालय र CTEVT समेतको मिलेमतोमा यस्तो कार्यहरू भएको अनुमान लगाउन सहजै सकिन्छ भन्दै एक कर्मचारी संगठन बिज्ञप्ति निकाल्ने तयारीमा रहेको बुझिएको छ। यसरी खुल्याम कानुनको उलंघन गर्नेहरु लाई नि.सदस्य सचिब महेश भट्टराईले कार्वाही नगर्नुले CTEVT पुरै बदनाम हुँदै गएको ती कर्मचारीले सम्पत्ति न्युजलाई बताए। नयाँ सदस्य सचिबको नियुक्तिको चर्चा चलिरहेको बेला CTEVT भित्रको सिस्टममा औंलामा गन्न सकिने केही भ्रष्ट कर्मचारीले गर्दा आज पुरै मधेस प्रदेश मात्रै बदनाम भएको छैन देश भरका प्रदेश भित्र पुनर्संरचनाको आवश्यकता बढेको बताइन्छ । यतिबेला न त हासको न त बकुल्लाको चालमा पुगेको परिषदको छाडातन्त्र न्यूनीकरण गराउन छडी लाउन सक्ने नेतृत्व खोजी भैरहेको परिषद भित्रको भद्रगोल परिस्थितिले माग गरेको बताइन्छ । यस्तो अस्थिर अवस्था सामना गरिरहेको सिटिइभिटी भित्र सुशासन दिने निकाय अख्तियारले हिम्मतका साथ छानबिन गर्ने हो भने यहाँ भित्रका तमाम बिकृती बाहिर आउने र अबका दिनमा नयाँ आउने सदस्य सचिबलाई काम गर्न सहज हुने तर्क पनि जोडतोडले उठेको छ। कहिले अनुदान रकममा कमिसनले त , कहिले छोटो अवधिको निःशुल्क तालिम संचालन गर्दा बदनाम बनाएको अवस्थामा समेत टुलुटुलु हेरेर बस्ने कि कम्मर कसेर सुशासन कायम गराउन डटने निष्ठाका साथ काम गर्ने परिषद भित्र कार्यरत कर्मचारी बीच छनोटको बिषय बनेको बताइन्छ । देखिएका बिकृतिलाइ नि.सदस्य सचिब महेश भट्टराईले टुलुटुलु हेरेर बस्न मिल्दैन एक्सनमा जानुपर्यो ती कर्मचारी बताउछन् ।
काठमाडौँ। नक्कली भूटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरुको पुनरावेदन निवेदनमाथि उच्च अदालत पाटनले आज फैसला गर्ने सम्भावना रहेको छ। बिहीवार न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इजलासले सुनुवाइ सकेसँगै आज गर्न सक्नेछन्।
काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरूद्ध दायर गरिएको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ बिहीबार न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा सकिएको थियो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले २० जनालाई पक्राउ गरेको थियो। जसमध्ये १७ जनालाई पुर्पक्षका लागि थुनामा र तीन जनालाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो।
थुनामा रहेका बालकृष्ण खाण र टोपबहादुर रायमाझिसहित १५ जना जिल्ला अदालतको निर्णयविरूद्ध उच्च अदालत पुगेका थिए। भुटानी शरणार्थी नेता टेकनाथ रिजाल भने उच्च अदालत गएका छैनन्।
ठगी, कीर्ते, संगठित अपराध र राज्य विरूद्धको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंले ३० जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा पेश गरेको थियो। जसमा १० जना फरार छन्।
यस प्रकरणमा नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद आङटावा शेर्पा, सानु भण्डारी, केशव दुलाल, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हरिभक्त महर्जन र आशिष बुढाथोकी पुर्पक्षका लागि थुनामा छन्।
अदालतले टंक गुरूङलाई १० लाख, लक्ष्मी महर्जनलाई ५ लाख र केशव तुलाधरसँग १५ लाख रुपैयाँ धरौटी माग गरेको थियो।
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने १४ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।
कार्यालयको बिहीवार बसेको बैठकबाट भएको निर्णयअनुसार सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ अनुसार १४ वटा निर्माण व्यावसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेर कारबाही गरेको हो ।
विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने निर्णय गरेको कार्यालयले जनाएको छ । कालोसूचीमा परेको अवधिभर उनीहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा लिने समयमा नै आफ्नो क्षमता हेर्न आग्रह गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज सेजनको वार्षिकोत्समा वोल्दै गभर्नर अधिकारीले व्यवसायीले आफ्नो क्षमता अनुसार मात्रै कर्जा लिनुपर्ने बताएका छन्।
पछिल्लो समय बैंकको कर्जा असुलीमा समस्या आइरहेको अवस्थामा गभर्नर अधिकारीले व्यवसायीलाई समयमा नै कर्जा तिर्न आग्रह गरेका हुन्।
गभर्नर अधिकारीले बैंकले बढी ब्याज लिएको भए राष्ट्र बैंकमा गुनासो गर्न समेत भनेका छन्। गत वर्ष मात्रै बैंकहरुले लिएको बढी ब्याज फिर्ता गराएको बताउँदै कुनै पनि बैंकले बढी ब्याज लिएको भए केन्द्रीय बैंकले फिर्ता गराउने उनले बताए।
गत आर्थिक वर्ष बैंकहरुले लिएको ४ अर्ब ७६ करोड रुपैयाँ बढी ब्याज रकम फिर्ता गराएको अधिकारीले बताए । केहीले नेताहरु भेट्दै १६/१८ प्रतिशत ब्याज बैंकले लिएको भन्दै हिँड्ने गरेको भन्दै उनले सो दरको ब्याज लिएको भएमा तथ्यसहित राष्ट्र बैंकमा उजुरी गर्न आग्रह गरे ।
बाहिर हल्ला गरेर अराजकतालाई सहयोग गर्नुको साटो प्रमाणसहित उजुरी दिन उनले आह्वान गरेका हुन् ।आर्थिक पत्रकार समाज सेजनको २७ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले बढी ब्याज लिएको प्रमाणित भए फिर्ता गराउने आश्वासन दिए ।
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्दा चाँदीको मूल्य २० रुपैयाँले बढेको छ ।
आज सुन ३ सय रुपैयाँले घटेर तोलामा एक लाख १९ हजारमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज तेजाबी सुनको मूल्य एक लाख १८ हजार ४५० रुपैयाँ रहेको छ । यस्तैगरी चाँदीको मूल्य आज २० रुपैयाँले बढेर तोलामा एक हजार ५ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
बिहीबार सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड मूल्यमा स्थिर थियो । हिजो छापावल सुनको मूल्य एक लाख १९ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख १८ हजार ७५० र चाँदी एक हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं । नेपाल आयल निगमले विभिन्न पदमा कर्मचारी माग गरेको छ । निगमले आज एक सूचना प्रकाशित गर्दै खुला तथा समावेशी रुपमा पदपूर्ति गर्ने गरी विभिन्न तहमा ३१ कर्मचारी माग गरेको हो ।
यी सबै पदको लागि सूचना प्रकाशित भएको २१ दिनभित्र दरखास्त दिनुपर्ने छ । म्याद सकिएको दिनदेखि ७ दिनभित्र दोब्बर दस्तुर तिरी दरखास्त दिन सकिने छ ।
रौतहट १५ मंसीर। रौतहटको सदरमुकाम गौर नगरालिका स्थित महाकबि विद्यापतिको सालिक अज्ञात समूहले तोडफोड गरेका छन्। गाैर नगरपालिका ३ स्थित महाकवी विद्यापति स्मारककाे शालिककाे टाउकाे फुटाएर अज्ञात समूहले त्यही रहेकाे पाेखरीको पानीमा फालेको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिगएको टाेलीले पाेखरीको पानीभित्र बाट उक्त विद्यापतिकाे टाउकाे बरामद गरेकाे छ । यस्ता गैरसमाजिक क्रियाकलाप गर्ने घटनामा संलग्नलाई कार्यवाहीकाे दायरामा ल्याउन स्थानीयहरूले माग गरेका छन्। घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। महोत्तरीको हरदिया घर भएका उदयकान्त झाको व्यक्तिगत लगानीमा २०६४ साल तिर उक्त स्मारक संगै सालिक निर्माण भएको स्थानीय पत्रकार चञ्चल झाले बताएका छन्। को हुन कबि विद्यापति ? मैथिली भाषाका महाकवि विद्यापतिको जन्म वि.सं. १४०७ मा प्राचीन मिथिला र आधुनिक भारतको विहार प्रान्तको दरभंगा जिल्लाको विसफी भन्ने गाउँमा भएको थियो। कार्तिक धवल (शुक्ल) त्रयोदशीमा उनको जन्म भएको थियो। विद्यापति जन्मेको गाउँ विसफीमा प्रत्येक वर्ष विद्यापति स्मृति दिवस मनाइन्छ। कवि कोकिल विद्यापतिलाई भारतको विहार, पश्चिम बंगाल प्रान्तका साथै नेपालले पनि आफ्नो देशको राष्ट्रिय विभूतिको रुपमा सम्मान दिँदै आएको छ । धरोहरको रुपमा मान्यता दिएको छ। महाकवि विद्यापतिलाई बंगालीहरुले पनि आफ्नो कवि मान्छन्। जबकि नेपाली भाषा–साहित्य तथा संस्कृतिमा पनि विद्यापतिको प्रभाव परेकै हो। विहार सरकारले सन् १९६६ देखि नै विद्यापतिको टिकट पनि चलनमा ल्याएको छ। हाम्रो देशमा पनि विद्यापतिको टिकट चलनमा केही अघि आएको हो। भारतको सरकारले मैथिली भाषालाई त्यहाँको संविधानको आठौं अनुसूचीमा उल्लेख गरी राष्ट्रभाषाको रुपमा मान्यता दिएको छ। हाम्रो देशमा राष्ट्रभाषा नेपालीपछि सर्वाधिक बोलिने दोस्रो भाषाको रुपमा मैथिली भाषाको स्थान रहेको छ ।
मंसिर १५ गते, रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा लालबकैया नदीको टेण्डर हुनुपर्ने माग गर्दै कांग्रेस बाहेकका सर्वदलिय संघर्ष समितिले ज्ञापनपत्र बुझाएका छन् ।
संघर्ष समितिका अध्यक्ष शिवपुजन यादवको नेतृत्वमा गएको टोलीले फतुवा विजयपुरकी मेयर अम्बेया खातुन संगै प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानलाई ज्ञापनपत्र बुझाएको हो।
केही जनप्रतिनिधिका कारण सिंगो नगरपालिका लथालिङ हुनुका साथै भ्रष्टाचारले चरम सिमा नाघेकाले उक्त अवस्थाबाट मुक्तगर्न भन्दै संघर्ष समितिले बिजयपुरमा शान्तिपूर्ण प्रदर्शन संगै ज्ञापनपत्र बुझाएको संयोजक यादवले बताएका छन्।
सुकुम्बासी परिचयपत्रका लागि आवेदन दिन दिएको समयमा नगरपालिकामा तालाबन्दीका रहेकाले सयौं भूमिहिन सुकुम्बासीहरु आवेदन दिनबाट बञ्चित हुँदा आवेदनका लागी पुनः १५ दिन समय दिनुपर्ने माग गरिएको छ। त्यस्तै लालबकैया नदिको ठेक्का बन्दोबस्त गरी सर्वसाधारणलाई सहज रुपमा नदिबाट गिट्टि, बालुवा र ढुङ्गा अविलम्व उपलब्ध गराउनुपर्ने व्यवस्था मिलाउन आग्रह गरिएको जारी विज्ञप्तीमा उल्लेख छ । लालबकैया नदिको ठेक्का पट्टा वापत उठन बाँकी रहेको तत्कालिन ठेकेदार हाल प्रदेश सांसद नागेन्द्र साहसंग ९९ लाख र अर्का ठेकेदार मीनबहादुर भण्डारीसंग ८८ लाख रुपैयाँ असुल उपर गरी नगरपालिकाको खातामा दाखिला गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ। चालु आर्थिक वर्षमा लालबकैयामा नदिजन्य पद्धार्थको उत्खन्नमा डोजरको प्रयोग निषेध गर्नुपर्ने तथा ढुवानीमा ट्रिपरको सट्टा त्याकाटर लगाउनुपर्ने माग गरिएको छ ।
नदिमा अनाधिकृत रुपमा दिनानुदिन डोजरको प्रयोग गर्दा नदि गहिरो भई कटानको जोखिम बढ्ने र पुलहरु समेत जोखिममा पर्नेभएको हुँदा त्यस्तो खतराबाट नदिलाई जोगाउन डोजर, ट्रिपरमाथी प्रतिबन्ध लगाई उत्खन्नमा मानवको प्रयोग गर्न माग गरिएको छ।
संघर्ष समितिले पहिलो दिनको आन्दोलन स्वरुप पालिकामा ज्ञापनपत्र बुझाउँदै विजयपुर बजारभरी परिकर्मा गर्दै सो बजारमा कोणसभा गरेको थियो । नगरपालिकाले आफुहरुको माग सम्बोधन नगरे यो भन्दा पनि कडा आन्दोलन गर्न बाध्य हुने समितिले चेतावनी दिएको छ । प्रमुख प्रशासकीय उपसचिव सुरेन्द्र प्रधानले अहिले तत्काल नगरसभाको लागि तयारी हुँदै छ, नगरसभा पछि प्रक्रिया मिलाएर नदीको टेण्डर लगायत कामको पहल गर्ने बताएका छन्।
नगरको हरेक काम तथा गतिविधिमाथी निगरानी एवं खबरदारी गर्ने उद्देश्यले केही दिन अघि एमालेका शिवपुजन यादवको अध्यक्षतामा नेकपा एमाले,नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी लगाएत दल सम्मिलित संघर्ष समिति गठन गरिएको थियो। फतुवा बिजयपुरमा लालबकैया नदिकै टेण्डरमा तत्कालीन मेयर गोपाल राय यादव दोषी ठहर गर्दै अख्तियारको सिफारिसमा बिशेष अदालतले तीनवर्ष कैद र १५ लाख रुपैयाँ जरिबाना गरेको थियो। मेयर यादवको पद धरापमा परेसंगै नगरपालिकाको अवस्थामा लथालिङ्ग बनेको थियो। कांग्रेस बाहेकका गठित संघर्ष समितिको पहलमा झण्डै दुई महिना पछि अघिल्लो सातादेखि नगरपालिका सञ्चालनमा आएको छ। सञ्जय मिश्रा
काठमाडौँ । इन्धनको मूल्य घटेको छ। निगमको सञ्चालक समितिको बैठकले बिहीबार रातिदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको छ।
भारतबाट मूल्य घटेर आएपछि निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ४ रुपैयाँ घटाएको हो।
यससँगै काठमाडौंमा पेट्रोलको मूल्य १७० पुगेको छ भने भने डिजेल र मट्टितेलको मूल्य १६० पुगेको छ। त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य भारतबाट वृद्धि भएर आए पनि निगमले ग्यासको मूल्य यथावत राखेको छ।
मेष : आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आकस्मिक धन लाभ हुनसक्छ ।
वृष : दिन राम्रो छ। बोल्दा ख्याल गर्नुहोला। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । व्यापार व्यवसायमा धेरै राम्रो नतिजा मिल्नेछ।
मिथुन : दिन सामान्य राम्रो छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। आफ्नो प्रभाव बढ्नेछ। राजनीति, सामाजिक, आर्थिक क्षेत्र सामान्य रहेपनि शिक्षाको क्षेत्र धेरै राम्रो छ। मानसम्मान पाउने योग रहेको छ।
कर्कट : दिन सामान्य राम्रो छ। धार्मिक क्षेत्रमा मन जानेछ। भगवान रामको सम्झना गरेर सुरु गरेको काममा सफलता मिल्नेछ। मानसम्मान बढ्नेछ। रोग बढ्ने भएकाले सचेत हुनुपर्नेछ।
सिंह : दाम्पत्य जीवन सुखमय रहला। राजनीति, सामाजिक, धार्मिक क्षेत्र यथावत रहेपनि वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीले राम्रो प्रतिफल मिल्नेछ। आम्दानी पनि बढ्ने दिन रहेको छ। पठनपाठनमा भने आलश्य बढ्नेछ। सामाजिक क्षेत्रमा मानसम्मान पाउने योग रहेको छ।
कन्या : दिन सामान्य राम्रो छ। आफ्नो प्रभावले गर्दा कुरा काट्नेहरु निस्तेज हुनेछन्। पठनपाठनमा रुची बढ्नेछ। प्रेममा सफलता मिल्नेछ। आत्मबल बढ्नेछ।
तुला : आर्थिक, सामाजिक, राजनीतिको क्षेत्र सबल छ। पठनपाठनमा रुची बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीले राम्रो नतिजा मिल्नेछ। पारिवारिक सम्बन्धमा झपडा हुने देखिएको छ। धार्मिक क्षेत्रमा मन जानेछ।
वृश्चिक : दैनिकी चलाउनेभन्दा अरु केही पनि नसोच्नुहोला। सोचेर मात्र बोल्नुहोला।
धनु : आफूले गरेका कामबाट सन्तोष मिल्नेछ। राजनीति, आर्थिक, सामाजिक क्षेत्रमा अब्बल ठहरिनुहुनेछ। शिक्षाको क्षेत्रमा भने आलस्य बढ्नेछ। व्यापार व्यवसायमा निकै राम्रो नतिजा आउनेछ। रोगबाट छुटकारा मिल्नेछ। प्रेममा धोका पाइनेछ।
मकर : बोलीको प्रभावले ठूलो फाइदा हुनेछ। अन्य क्षेत्र यथावत छन्। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ। खुसी बढ्नेछ। परिवारिक सुख प्राप्त हुनेछ।
कुम्भ : आज शुभकार्यको चर्चा चल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अकस्मात् सफलता हात पर्न सक्छ ।
मीन : प्रशंसा पाउने दिन छ। खुसी बढ्नेछ। वैदेशिक मामिलामा सफलता मिल्नेछ। प्रेममा भने संघर्ष गर्नुपर्नेछ।