विजुलीको बक्यौता तिर्न अटेर गर्ने ९ ठूला उद्योगको लाइन काटियो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत उपभोग गरेर बक्यौता तिर्न अटेर गर्ने थप ५ ठूला उद्योगको लाइन काटिदिएको छ । प्राधिकरणले कम्पनी घाटामा हुँदा पनि आईपीओ जारी गरेर जनताबाट पैसा उठाउने सोनापुर मिनरल्स एण्ड आयल प्रालिको समेत लाइन काटिदिएको छ ।

यसअघि शुक्रबार प्राधिकरणले एक अर्बभन्दा धेरै बक्यौता भएका चार उद्योगको लाइन काटेको थियो । लाइन काटिएका जगदम्बा स्टिलले चार अर्ब १४ करोड, रिलायन्स स्पिनिङ मिल्सले एक अर्ब ९४ करोड, घोराही सिमेन्टले एक अर्ब ३६ करोड र अर्घाखाँची सिमेन्टले एक अर्ब ३० करोड तिर्न बाँकी थियो । 

विद्युत प्राधिकरणले आइतबार सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टील, अशोक स्टील, त्रिवेणी स्पिनिङको लाइन काटेको हो । यअघि शुक्रबार प्राधिकरणले जगदम्बा स्टिल, रिलायन्स सिमेन्ट, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटेको थियो ।

सोनापुर मिनरल्सको प्राधिकरणलाई तिर्न ६१ करोड बढी बक्यौता छ । सर्वोत्तम सिमेन्टको ८३ करोड, लक्ष्मी स्टिलको ६२ करोड, अशोक स्टिललको साढे ७४ करोड, त्रिवेणी स्पिनिङको ८६ करोड ९० लाख बक्यौता छ ।

त्यसरी बक्यौता नतिर्ने बाँकी उद्योगको पनि लाइन काट्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चेतावनी दिएका छन् । डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेबापत ६१ उद्योगले बक्यौता तिर्न बाँकी छ । ती सबैले तिर्न बाँकी बक्यौता २५ अर्ब बढी पुगेको छ ।

२०७५ सालदेखि उद्योगीहरुले प्रिमियम दरको विद्युत प्रयोग गरेर महशुल तिर्न अटेर गरिरहेका छन् । २०७५ मा प्राधिकरणले त्यस्तो विद्युत् उपभोग गरेको महशुल नतिरेको भन्दै ५८ उद्योगलाई १० अर्ब १४ करोड रुपैयाँ तिर्नुपर्ने भन्दै एकसाथ चिठी काटेको थियो । र, चिठी काटिएका सबै उद्योगले त्यस अवधिको नियमित बिल भुक्तानी गरे । तर, अधिकांशले डेडिकेटेड वा ट्रंक लाइनबाट विद्युत जोडेको भए पनि लोडसेडिङमा बस्नु परेको र प्राधिकरणकै विद्युत् महसुल विनियमावलीले तोकेको शर्तअनुसार विद्युत उपयोग गर्न नपाएको भन्दै प्रिमियम दरमा शुल्क तिर्न अस्वीकार गरेका थिए ।

‘डेडिकेटेड फिडर’ भनेको विद्युतको सबस्टेसनबाट छुट्टै तार ल्याएर कुनै ग्राहकलाई विद्युत् आपूर्ति गर्नु हो । यस्तो फिडरमा लोडसेडिङका बेला पनि निरन्तर विद्युत् आपूर्ति गर्ने सुविधा हुन्थ्यो । एउटा लाइनबाट लोडसेडिङ्ग हुँदा अर्कोबाट विद्युत् आपूर्ति गर्न सकिन्छ । ‘ट्रंक लाइन’मार्फत चाहिँ चौबीसै घण्टा बिजुली आउने प्रसारण लाइनबाट उद्योगमा तार तानेर उद्योगभित्र नै ट्रान्सर्फमर राखेर बिजुली दिइन्छ ।

विगतमा नेपालमा विभिन्न समयमा लोडसेडिङ हुने गरेकोमा डेडिकेटेड फिडर र ट्रंकलाइनका माध्यमबाट सिंहदरबारलगायत महत्वपूर्ण सरकारी कार्यालयहरु, सुरक्षासँग सम्बन्धित कार्यालयहरु, अस्पतालहरु, टेलिकमका टावरहरुलगायतमा नियमित विद्युत् आपूर्ति गर्ने गरिन्थ्यो ।

विराटनगर-दुहवी, वीरगञ्ज–पथलैयालगायतका करिडोरका केही उद्योगहरुले पनि ट्रंकलाइनबाट विद्युत् जोडेर प्रयोग गर्दै आएका थिए । २ सय ९८ वटा ग्राहकलाई विद्युत् प्राधिकरणले डेडिकेटेड फिडरबाट विद्युत् दिएको थियो । तर, त्यो विजुलीको महशुल बुझाउन अहिले पनि उद्योगहरु अटेर गरिरहेका छन् ।

पूर्व प्रदेश प्रमुख अहिराजद्वारा ४२औं पटकको रक्तदान

रौतहट १० पुस। मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश झा अहिराजले ४२ पटक रक्तदान गरेका छन। रक्तदान जीवनदान भन्ने मान्यताका साथ पूर्व प्रमुख झाले आईतवार ४२ औं पटक रक्तदान गरेका हुन। काठमाडौं कालीमाटी स्थित ब्लड बैंकको केन्द्रीय कार्यालयमा ४२ औं पटक रक्तदान गरेको उनले बताएका छन्। रक्तदानले जीवनदान हुनुका साथै आफनो स्वास्थमा पनि सकारात्मक प्रभाव पर्ने भएको कारण झण्डै २० बर्ष अघिदेखि रक्तदान सुरुगरेको उनको भनाई छ।

मुलुकमा पहिलो मधेश आन्दोलन पूर्ण उचाइँमा रहँदा २०६१ सालमा आन्दोलनकारी र सुरक्षाकर्मी बीच दैनिकजसो दोहरो झडप भइरहेको थियो। सो समय झडपमा घाईते हुनेगरेका आन्दोलनकारी लाई दैनिकजसो रगतको आवश्यकता हुँदा मधेशमा रगतको अभाव भइरहेको थियो। सोही समय आन्दोलनकारी घाईतेलाई रगतको आपूर्ति गर्न सुरुगरिएको रक्तदानलाई हालसम्म निरन्तरता दिएको पूर्व मधेश प्रदेशका प्रमुख अहिराजले बताएका छन्।

स्वास्थ्य विज्ञहरुले एकजनाको रक्तदानले तिनप्रकारको विरामीलाई जीवनदान र रक्तदाता लाई पनि स्वास्थमा राम्रो प्रभाव पर्ने सुझाव दिएकाले निरन्तरता दिएको उनले बताएका छन्। त्यतिमात्र नभएर देश तथा समाजका अगुवाले रक्तदान गर्दा त्यसको राम्रो सन्देश जानेहरेको छ। सर्वसाधारण नागरिकले रक्तदान गर्दा बेफाईदा हुने सोंच राख्ने गरेका छन्। तर नेतृत्व वर्गले नियमित रक्तदान गर्दा सर्वसाधारणले त्यसलाई नजिक बाट नियाल्छन् र त्यसको समाजमा राम्रो सन्देश गएर रक्तदान गर्न उत्प्रेरित गर्ने भएको कारण हालसम्म ४२ पटक रक्तदान गरिरहेको बताए। आफूले कम्तीमा ५० पटक रक्तदान गर्ने चाहना रहेको मधेश प्रदेशका पूर्व प्रमुख राजेश अहिराजले जानकारी दिएका छन्।

केन्द्रिय रक्त सञ्चार सेवा कालीमाटीका निर्देशक पवन कुमार गुप्ताले एकजनाको रक्तदानले तीनजनाको जीवनदान हुनेगरेको बताएका छन। एउटा रगत बाट रेड ब्लड सेल, प्लेतलेट र प्लाज्मा गरी तीन ठाउँमा बाँडेर तीनजनाको ज्यान जोगाउन सकिने उनको भनाई छ। १८ बर्ष उमेर पुगेका ४५ किलो तौल र साढे १२ हेमोग्लोबिन भएका मानिसले प्रत्येक ९० दिनको अन्तरमा रक्तदान गर्नसक्छन्। स्वच्छ रोग रहित मानिसले ६५!७० बर्षको उमेर सम्म रक्तदान गर्नसक्ने निर्देशक गुप्ताले बताए। नियमित रक्तदान गर्ने मानिसलाई पनि स्वास्थलाभ हुनेगर्दछ।

उनीहरूलाई सितिमिति उच्च रक्तचाप रोग लगायतका केही अन्य रोग लाग्दैन र कुनै रोग लागेमा तुरुन्त जानकारी भैहाल्ने हुनाले स्वास्थ युवा तथा मानिसले नियमित रक्तदान गर्नुपर्ने निर्देशक गुप्ताले सुझाव दिएका छन्। मुलुकमा कहिले काहीँ रगतको अभाव पनि हुने गर्दछ। देशका नेतृत्व वर्ग, सेलिब्रिटी लगायत पहिचान भएका मानिसले नियमित रक्तदान गर्छ भने त्यसको प्रभावले अन्यलाई पनि रक्तदान गर्न प्रोत्साहन गर्छ। निर्देशक गुप्ताले भने स्वर्गिय राजा महेन्द्रले पनि नियमित रक्तदान गर्ने गरेका थिए। त्यसबारे हामी संग कुनै अभिलेख त छैन तर एकजनाको रक्तदानले तीनजनाको जीवनदान र स्वयं लाई पनि लाभ हुने भएकै कारण स्वर्गिय राजा महेन्द्र नियमित रक्तदान गर्नेगरेको गुप्ताको अनुमान रहेको छ।

अनमीमाथि जातीय विभेद गर्ने स्वास्थ्य चौकी इन्चार्ज शाही पक्राउ 

मुगुको सोरु गाउँपालिका ९ स्थित खनैयाँ स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमार शाही पक्राउ परेका छन् । सोही स्वास्थ्य चौकीमा कार्यरत अनमी तुलसाकुमारी विश्वकर्मालाई जातीय भेदभाव गरेको आरोपमा प्रहरीले शाहीलाई पक्राउ गरेको हो ।

उनीविरुद्ध तुलसाले आइतबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् । अनमी तुलसामाथि जातीय विभेद गरेको आरोपमा सुरजकी आमा झापु शाही र अर्का सोरु गाउँपालिका– ६ का धनप्रसाद भट्टलाई शनिबार पक्राउ गरी अनुसन्धानका लागि अदालतमा सातदिन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय मुगुकाले जानकारी दिए। 

अनमी विश्वकर्माले आफूमाथि जातीय विभेद भएको भन्दै तीनजनामाथि जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएकी थिइन्। उक्त जाहेरी दर्ता भई किटानी जाहेरीकै आधारमा तीनैजनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 ३९० किलो अवैध जडिबुटीसहित २ युवाक पक्राउ

लमजुङमा अवैध जडिबुटी सहित दुई जना युवक पक्राउ परेका छन् । ३ सय ९० किलो अवैध जडिबुटी (सुनगाभा) लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा उक्त जडिबुटी फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

मर्स्याङदी गाउँपालिका ४ देखि बेसीशहरतर्फ आउँदै गरेको ग १ ज ६६५७ नम्बरको जिपमा उक्त जडिबुटी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चाँपाईले बताए ।

जडिबुटी ओसारपोसार कार्यमा संलग्न सोही जिपमा सवार मर्स्याङदी ४ का ३९ बर्षीया श्रीप्रसाद लामा र जिप चालक जगरबहादुर गुरुङलाई जडिबुटी सहित पक्राउ गरी अन्नपूर्ण संरक्षण क्षेत्र भुजुङसँग समन्वय गरी निजमाथि थप अनुसन्धान तथा कारवाहीको लागि पोखरास्थित एक्यापमा पठाइएको जिल्ला प्रहरीले कार्यालय लमजुङले जनाएको छ ।

चन्द्रपुर नगरमा दलाल हाबी

चन्द्रपुर। जिल्ला कै आकर्षक बजारको स्वरुपमा बिस्तार हुँदै गइरहेको चन्द्रनिगाहपुर बजार आसपासका बिबादास्पद जग्गा र सार्वजनिक जग्गा स्थानीय राजनीतिक दलका नेताको आडमा दुई दलाल मियो बनेर उभिदा जग्गाहरु धमाधम भू-माफीयाको कब्जामा पुगेको छ।
केहि गर्लान् भनेर आशा गरेका स्थानीय नेता र मेयर संजय काफ्लेको संरक्षणले डन जग्गा दलालले जरो गाडेका छन्। यो आतंक ब्योहोर्ने आम नगरवासी पछिल्ला दिनमा चिन्तित बनेका छन्। मेयर काफ्लेको बिगतको धन्धालाई निरन्तरता दिदैं आएका चन्द्रपुर ४ का राजन बोगटी र सोभित सिलवाल यो पेशा बाट फस्टाएर रातारात करोड पति बनेका छ्न् भने मेयर काफ्ले कमिसन मै भुलेका छन्।
नगर प्रमुखलाई नै कब्जामा लिएका बोगटी र सिलवालले हरेक पार्टीका स्थानीय ठुला नेतालाई दिनभर जस्तो फरक-फरक समयमा आफू सवार गाडीमा बोकेर आफ्नो शक्ति सन्तुलन व्यबहार प्रदर्शनले तैचुप मैचुप बनाएका छन्।
बिरगंज मारवाडी समुदायलाई साथमा लिएर धन्धा सुरुवातमा लागेका बोगटी र सिलवालले माडवारीले उनीहरुको असली रुप चालपाए संगै पछि चटक्कै साथ छोडदिएका थिए तर उनीहरुले आफनो सुरक्षित स्थान चन्द्रपुरलाइ रोजेपछी यहाँका स्थानीय नेता र प्रहरी प्रशासनको अतिरिक्त आम्दानी समेत बढेको समाचार छ।


मनि र मसलको आडमा के के गरे
रौतहटको चन्द्रनिगाहपुर स्थित गौर रोडमा केही स्थानीयले खरिद गरेको जग्गा कब्जा गर्न यो दुई भाइले ठुलै रकम बगाएका थिए ।
चन्द्रपुर मालपोत ,नापी देखी प्रहरी प्रशासन देखी स्थानीय नेतालाई नजिकमा राख्ने यो समूहले बेरोजगार युवालाई दैनिक दुई हजार दिएर तोडफोडमा उतार्ने अराजक शैलीका कारण उनीहरुको पेशा मौलाएको त छ तर आम व्यावसायि र सर्वसाधारणको नजरमा यो समुहको पक्षपोषणमा लाग्नेहरू दिनप्रतिदिन नाङ्गिदै गएका छन्।

यो समूहले स्थानीय पाउरोटी ब्यावसायी शेख मनिरलाई सुकुम्बासी बनाइदिएका छन्। समाचार श्रोतका अनुसार
शेख मनिरका अनुसार जिल्ला अदालत र उच्च अदालतबाट मुद्धा जितेको भनेको जमिनका बिषयमा समेत दादागिरी प्रवेशले सफलता पाएको थियो । बोगटीले आफुले आफ्नो नाममा रहेको जमिनबाट मनिरलाई मौखिक रुपमा १० धुर जमिन दिने सहमती भएको र उनले कब्जा गरेको जमिन छाडे आफुले १० धुर जमिन दिने भन्दै आएका थिए पछि त्यो पनि दिएनन्।
स्थानीय तहमा न्याय नपाए पछि अदालत जादा समेत ढुक्कसँग बाच्न नसकेको पीडितहरुको गुनासो छ। गौर रोड अस्पताल छेउमा रहेको अर्को १२ कठठा जग्गा पनि यसैगरी मंसिर अन्त्तिममा यो समूहले कब्जा गरेको छ।

पाउरोटी व्यावसायी शेख मनिरले चन्द्रपुरमा हारगुहार नपाएपछि गौरमा गएर पत्रकार सम्मेलन गर्नुपरेको बताएका छन् भने आफ्नो घर गुण्डागर्दी शैलीमा तोडफोड गरेको आरोप लगाएका थिए। त्यस्को काउन्टरमा बोगटीले चन्द्रनिगाहपुरमा पत्रकार सम्मेलन गरेर मनिरले भनेको सबै सत्य नभएको भन्दै आफनो बचाउ गरेका थिए।
प्राप्त जानकारी अनुसार चन्द्रपुर बजार क्षेत्रका नागरिक समाज यो ग्याङ सग जंकाभेट नहोस् भन्दै जोगिएर हिडन बाध्य भएका छन्।

सिलवाल द्वारा समाचारको खण्डन

उल्लेखित समाचारमा सोभित सिलवाल भनी मेरो नाम लेखिएकोमा आफुलाइ दुख लागेको बताउदै जग्गा सम्बन्धित विवादमा आफू कत्तै नगएको र आफ्नो संलग्नता नभएको बताए । आफ्नो राजनैतिक छबि राम्रो बन्दै गएको कारण पुर्वाग्रह राखी यो समाचारमा मलाई जोडने काम गलत भएको बताएका छन्।

राधेश्याम साह बाट

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले वृद्धि

काठमाडौँ । सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।  मंगलबार छापावाल सुन प्रतितोला १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ९ सय रुपैयाँ थियो । मंगलबार तेजावी सुनको मूल्य पनि बढेको छ । तेजावी सुनको मूल्य तोलामा ५ सय ५० रुपैयाँले बढेको हो । सोमबार प्रतितोला १ लाख १९ हजार ३५० मा कारोबार हुँदा मंगलबार तेजावी सुन प्रतितोला १ लाख १९ हजार ९ सय रुपैयाँ पुगेको हो ।

चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । आज प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ७५ थियो ।

सेफ्टी ट्यांकीमा डुबेर एक बालकको मृत्यु

सर्लाही । सर्लाहीको ईश्वरपुरमा सेफ्टी ट्यांकीमा डुबेर एक बालकको मृत्यु भएको छ।  ईश्वरपुर नगरपालिका-८ रामपुर निवासी कमल राउतका अढाई वर्षका छोरा सोहनको सोमबार सेफ्टी ट्यांकीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

छिमेकी कमलबहादुर कार्कीको ट्वाइलेटको सेफ्टी ट्यांकीमा डुबेर बालकको मृत्यु भएको हो। कार्कीले सेफ्टी ट्यांकी ढलान नगरी खुला राखेको कारण बालक डुबेका पीडित अभिभावकले बताएका छन्। 

बालक सोहनलाई तत्काल उपचारका लागि अमृत हेल्थ केयर बयलवास लगिए पनि चिकित्सकले मृत घोषणा गरेको थियाे । मृतकको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टमपछि सोमबार साँझ अभिभावकलाई बुझाइएको प्रहरीले जनाएको छ ।  

काठमाडौं-तराई फास्ट ट्रयाकमा फेरिए

काठमाडौं । काठमाडौं-तराई द्रुत मार्ग निर्माण आयोजना प्रमुख फेरिएका छन् । नेपाली सेनाले काठमाडौं-तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)मा आयोजना प्रमुखमा विकास पोखरेललाई ल्याएको छ। सेनाले कमलविक्रम शाहको स्थानमा पोखरेललाई जिम्मेवारी दिएको हो ।

पोखरेलले यसअघि पनि फास्ट ट्रयाक आयोजना प्रमुखका रुपमा काम गरिसकेका छन्। यो आयोजना २०७४ को सुरुमा नेपाली सेनालाई जिम्मा दिइएको थियो । ७१ किलोमिटर लामो द्रुतमार्गको भौतिक प्रगति २८ प्रतिशत मात्रै छ। निर्माणमा ढिलाइबारे केही दिनअघि संघीय संसद्को संसदीय समितिमा कुरा उठेको थियो । यो आयोजना २०७४ को सुरुमा नेपाली सेनालाई जिम्मा दिइएको थियो।

त्यसअनुसार सेनाले अहिले निर्माणको कामलाई अघि बढाइरहेको छ। निर्माणमा सुस्तता आएको गुनासोबीच सेनाले नेतृत्व फेरेको हो। वि.सं. २०८३ सम्म अर्थात् अबको तीन वर्षमा सम्पन्न हुनुपर्ने आयोजनाको भौतिक प्रगति सन्तोषजनक हुनसकेको छैन। २०७४ सालमा सेनालाई जिम्मा दिए पनि प्रक्रिया मिलाउनै अर्को ४ वर्ष लागेको थियो।

त्यसपछि २०७८ जेठबाट मात्रै काम सेनाले जिम्मा लिएर निर्माणको सुरु गरेको थियो। ७१ किलोमिटर लामो द्रुतमार्गको भौतिक प्रगति २८ प्रतिशत मात्रै छ। अर्थात् ७२ प्रतिशत काम अबको तीन वर्षमा गर्नुपर्ने दबाब सेनामाथि छ। निर्माणमा ढिलाइबारे केही दिनअघि संघीय संसद्को संसदीय समितिमा समेत प्रश्न उठेको थियो। त्यसपछि प्रधानसेनापति प्रभुराम शर्माले फास्ट ट्रयाक आयोजना प्रमुख परिवर्तन गरेका हुन्।

गाउँ रित्तिने अवस्थाको समाधान खोजाैः राष्ट्रपति

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँगाउँमा विकास पुगे पनि त्यसको उपभोग गर्ने व्यक्तिको अभावमा गाउँ रित्तिदै गएकामा चिन्ता व्यक्त गरेका छन् । ठमेलस्थित सरस्वती बहुमखी क्याम्पसको ६५औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै आज उनले गाउँ रित्तिने अवस्थाको समाधान खोज्न आग्रह गरे । 

“लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बाबजुद त्यसको उपभोग गर्ने नागरिकको अभावमा गाउँ किन रित्तिदै छन् ? नीति निर्माण र शासनसत्तामा बस्नेलगायत सबैको चिन्ता आज यसैमा केन्द्रित हुनुपर्छ । उनले शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ नेपाली नागरिक ताँती लागेर विदेशिने क्रमलाई रोक्ने गरी रोजगारी र सीपमूलक शिक्षा दिन जरुरी रहेको बताए ।

राष्ट्रपति पौडेलले कुनै पनि देशको शिक्षा सामाजिक, आर्थिक अवस्था र आवश्यकताअनुरुप निर्धारण हुनुपर्नेमा जोड दिँदै बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पुर्‍याउने र विश्व बजारमा पनि प्रतिस्पर्धी हुनसक्ने शिक्षा नीति तथा कार्यक्रम निर्माण गर्न सुझाव दिए । “यसका लागि सामूहिक प्रयत्न जरुरी छ, जसको थालनी उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाबाट हुन आवश्यक छ”, उनले भने ।

मन्त्रीका भान्से दिल्लीमा बुहारी र भतिजोको कोठामा निजी काम गर्दै

काठमाडौं । नेपालका भिआइपीहरुको सेवामा खटिएका कर्मचारीलाई करेसा बारीमा तरकारी रोप्न ,कपडा धुन र भाडा मझाएर चरम शोषण गरेको समाचार त बेला बेलामा सुनिए पनि बिदेश मै लगेर भाइ बुहारी र भतिजोको निजी काममा लगाएर श्रम शोषण गरेको बिषय सुन्नु परेको थिएन तर यो श्रम शोषित बिषय सत्य हाे यसलाइ गुपचुप राखिएको छ। प्राप्त जानकारी अनुसार खानेपानि मन्त्रालयको जिम्मेवारी लिएका मन्त्री महेन्द्र राय यादवको बिगतको रेकर्ड राम्रो छैन । तिनै मन्त्री यादवले आफनै जिल्लाका एक टुहुरो केटालाई निवासमा भान्सेको जागिरको नियुक्त दिएर आफनो बिबादास्पद कान्छा भाइ रबिन्द्र यादबको भारत दिल्लीमा बस्ने श्रीमती र छोराको निजि काम गर्नेगरी दिल्लीमा राखिएको घटनाले धेरैलाई चकित बनाएको छ ।

मन्त्री निवासको भान्से दिल्लीमा बुहारीको पेटिकोट धुदै

काण्डै काण्डका माला भिरेका भाइ रबिन्द्रको श्रीमती छोरा पढाउन भारतको दिल्लीमा रहेकोले मन्त्री निवासमा भान्से करार दरबन्दीमा रहेका सर्लाही हरिपुर्वा नपा ५ धनकौलका टुहुरा रामेश्वर राय लाई दिल्ली पठाएर घरको निजि काम मात्रै होइन श्रीमतीको पेटिकोट र छोराको कटु समेत धुन लगाइरहेको समाचार जानकारीमा आएको छ। मन्त्री निवासमा दुई भान्से नियुक्त गरिएको थियो । सर्लाही सोही नगरपालिकाका जलेन्द्रर यादव र रमेश्वर राय लाई नियुक्त गरेको भएपनि हाल मन्त्री निवासमा जलेन्दर मात्रै कार्यरत छन्।

राज्यले मन्त्री लाई निवासमा कार्यरत कर्मचारीको निम्ति दिइएको सेवा दुरुपयोग गर्दै भ्रष्टाचारको अभियोगमा मुद्दा खेपिरहेका भाइ रबिन्द्रको श्रीमती र छोराको निजी सेवाको निम्ति दिल्लीमा कार्यरत छ्न् भन्दा मन्त्री लाई कानुन लाग्दैन प्रश्न उब्जेको मात्रै छैन। आमा बुवा नभएको टुहुरो केटो रामेश्वर पुल्चोक मन्त्री निवास मै खाना बनाउने काम गरेर भएनी बिरामी आमाको उपचार गराउछु भन्ने सपना देखेर भान्सेको जागिरमा त छिरे तर यसै पालिको दसैंको अष्टमिका दिन उनको बध्यता दैबले बुझेन,आमाको निधन भयो।आमाको निधन पछिको फाइदा उठाउदै मन्त्रीका कान्छा भाइले तलब नेपाल सरकारको खाने काम भने आफनी श्रीमती र छोराको दिल्लीमा बसेर सेवा गर्नुपर्ने गरि कार्तिक २० गते सोमबारका दिन दिल्ली पुर्याएर रामेश्वर माथी अन्याय गरेको यथार्थ बाहिर आउन सकेको छैन।
हिजोआज मन्त्री निवासको भान्छे दिल्ली पुगेको कसैलाई थाहा छैन। दुइजना भएर मन्त्रीको भान्सामा सकृय रहने देखिरहेका मन्त्री निवास आउजाउ गर्नेहरु समेत रामेश्वर कता छ्न् प्रश्न त छ तर उत्तर कसैले दिन नसक्ने अवस्थामा पुगेको बताइन्छ ।

मन्त्रीका भान्छेलाइ श्रीमतीकाे सेवा गर्न दिल्ली पठाएर कान्छा भाइले निवास बाटै मन्त्रालय चलाउदै

बिगतमा भाइलाई जोडेर समाचार आए संगै मन्त्रालयमा हैकम चलाउने कान्छा भाइ दाजु खानेपानी मन्त्री भए पछि कार्यशैली फेर्दै निवास मै लेनदेनको धन्धा लाई तीव्रता दिएको बताइन्छ ।
मन्त्री यादवले मन्त्रालय हेर्न र सहयोगका लागि आफ्नै भाई रविन्द्रकुमार यादवलाई बैधानिक रुपमा नतोके पनि छाया मन्त्रीका रूपमा रविन्द्र सकृय देखिएका छन्। तर उनी निकै विवादित व्यक्ति हुन् ।
उठाउने कला राम्रो भएकाले मन्त्री यादवले भाइलाइ मन्त्रालय भन्दा निजि निवास नै उपयुक्त ठानी रकम संकलनका निम्ति जिम्मेवारी सुम्पेको समाचार श्रोत उल्लेख गर्दछ।

मन्त्रीका भाइ रबिन्द्रको अतित

रविन्द्रले समाज कल्याण परिषदको जग्गा भाडा प्रकरणमा ३१ करोड ५२ लाखभन्दा धेरै रकम भ्रष्टाचार गरेको अभियोगमा सर्वोच्च अदालतमा मुद्धा खेपीरहेका छन् ।
यस्ता विवादित र भ्रष्टाचारको आरोपमा मुद्धाको सामना गरेका रविन्द्रले बिगतमा कृषि मन्त्रालयमा के–के गरेका होलान् ? धेरैको प्रश्न उठ्नु स्वभाविक छ।
भ्रष्टाचारको मुद्धा लागेका रविन्द्रलाई मन्त्री निवासमा छिर्न दिनु हुँदैन थियो । तर, रविन्द्र निवासको दुइटा कोठामा डिलिङ कै निम्ति प्रयोगमा ल्याएका छ्न्। समाचार श्रोतका अनुसार उनले प्रयोग गर्ने कोठामा अख्तियारले अकस्मात छापामार्ने हो भने ठुलै रकम सहित नियन्त्रणमा लेन सफल हुने दाबी छ।
’बिगतमा समयमा मल दिनु सट्टामा किसानलाई रासायनिक मलको विकल्प दिदै नानो यूरिया मल प्रयोग गर्न पनि उनले मन्त्री लाई सुझाब दिएका थिए । सिंहदरबार माफियाको घुम्टो ओढेर ब्यक्ति परिचालन गर्ने भाइ मन्त्रीको आदत नै थियो ।’

पटकपटक विवादमा तानिएका कान्छा भाइले दाजु कृषि मन्त्री हुँदा मल तस्करको सेटिङका कारण मन्त्री दुङ दुङती गन्हाएका थिए ।उनले त्यो भन्दा अगाडि तत्कालीन समयमा सिंचाइ मन्त्री रहेका यादवले काम हुनुभन्दा अगाडि नै कमिशनको रकम माग गरेको भनेर ‘प्रिपेड’ मन्त्रीको आरोप खेपेका थिए ।

नानी देखी लागेको बानी उनले छोडन नसक्दा मेलम्ची आयोजना नै अलपत्र परेको छ। बजारमा पानी माफियालाई भेला गराएर उनका भाइ रबिन्द्रले मन्त्री क्वाटर मात्रै दुरुपयोग गरिरहेका छैनन बिगत तीन महिना देखी आमा बाबू नभएका एक टुहुरा लाई भान्से बनाएको भएपनी हाल तीनलाइ गायब गरेको भन्दै दाइ महेन्द्र रायको क्वाटरमा हल्लि-खल्ली मच्चिन थालेको खबर छ ।

रविन्द्र सहित १४ जनालाई मुद्दा चलाएको त्यो दिन

भृकुटीमण्डपस्थित फनपार्क भाडामा दिँदा अनियमिता गरेको आरोपमा तत्कालीन महिला, बालवालिका तथा समाज कल्याणमन्त्री बद्रीप्रसाद न्यौपानेसहित १४ जनाविरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रुपियाँ विगो माग गरिएको छ ।

सो मुद्दा  हाल सर्वोच्च मा चलिरहेको छ। न्यौपानेसहित समाजकल्याण परिषदका तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्जबिहारीप्रसाद चौधरी, सदस्य सचिव रविन्द्रकुमार यादव भन्ने रविन्द्र कुमार, सदस्य मोहनराज शर्मा, मदनकुमारलाल कर्ण, हरि न्यौपाने, परिषदका तत्कालीन कोषाध्यक्ष रत्त गाहा मगर, तत्कालीन निर्देशक मदनप्रसाद रिमाल, तत्कालीन उप–निर्देशक बलबहादुर स्वार, तत्कालीन कानूनी सल्लाहकार प्रेमसिंह धामी, जगदेव चौधरीसहितलाई विपक्षी बनाइएको छ ।

यस्ता भ्रष्टाचारीको श्रीमती र छोराको सेवा गर्न नेपाल सरकारको तलब खाने गरि मन्त्रीका भान्से देश बाहिर दिल्ली मा कसरी पुगे यो खोजीको बिषय बन्नुपर्ने भएको छ।

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडाैं । प्रधानमन्त्री प्रचण्डले मंगलबार (आज) राष्ट्रका नाममा सम्बोधन गर्दै छन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा उनले साँझ ५ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रधानमन्त्रीले एकवर्षे कार्यकालका उपलब्धि सार्वजनिक गर्नुका साथै भावी योजनाबारे केही घोषणा गर्ने तयारी रहेको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सम्बोधनका क्रममा प्रधानमन्त्रीले आफ्नो आगामी योजनाहरूबारे प्रस्तुत गर्दै एक वर्षका अवधिमा भएका कामकारबाहीबारे पनि देशवासीलाई जानकारी दिनेछन् ।

अघिल्लो वर्ष पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड क्याबिनेटका मन्त्रीहरूलाई एक महिनाको समय दिएर रिपोर्ट कार्ड माग्ने तयारीमा छन्।

कारको ठक्करबाट २ जनाको मृत्यु

काठमाडौँ । पोखरामा कारको ठक्करबाट २ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर-५ प्रस्याङको सिद्धार्थ बैङ्क अगाडी बा १३ च ३७२१ नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिएको हो । 

कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई प्रहरीले उद्धार गरी पश्चिम क्षेत्रकी अस्पताल गण्डकी पठाएको थियो। घाइते भएका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको हो। 

मृत्यु हुनेमा बागलुङ ढोरपाटन घर भई पोखरा-३ नदीपुर बस्ने २० वर्षका ढालेन्द्र छन्त्याल र पहिचान नखुलेका अर्का ३५ वर्षीय पुरुष छन् । कार चालक फरार रहेकाले खोजी कार्य जारी छ । कार भने प्रहरीको नियन्त्रणमा छ ।

विमानस्थलको ३ महिनाको सीसीटीभी रेकर्ड नपाए पछि सुन छानबिन टोलीको गुनासो

काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित प्रमुख भन्सार अधिकृत मणिराम पौडेल नेतृत्वको टोलीले छानबिनका लागि माग गरेअनुसारका क्लोज सर्किट (सीसी) क्यामरा फुटेज नपाएको पाइएको छ ।

समितिले छानबिनका क्रममा विमानस्थलको आगमनतर्फको पछिल्लो तीन महिनाको सीसी टिभी रेकर्ड माग गरेको थियो । तर, ब्याकअपको सीमितता भन्दै २१ दिनसम्मको मात्रै रेकर्ड पाइएको समितिले जनाएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले २२ मंसिरमा दूबईबाट आएका चन्द्र घलेलाई १४ किलो सुनसहित पक्राउ गरेको थियो । उनको बयानका आधारमा गोरखाका मीनबहादुर घलेपनि पक्राउ परेका थिए । लगत्तै यसको छानबिनका लागि भन्सारका प्रमुख प्रशासक टोकराज पाण्डेले पौडेल नेतृत्वको समिति गठन गरेका थिए ।

समितिले विमानस्थलको भीआईपी कक्षमा जाने सिँढीको सीसी टिभी फुजेट पनि मागेको थियो । तर, त्यहाँको सीसी क्यामरा नै ‘आउट अफ सर्भिस’ रहेको जानकारी समितिलाई दिइएको छ ।

प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेका अनुसार, १४ किलो सुन दूबईबाट अंकित अग्रवाल नामक व्यक्तिले मिनबहादुरलाई पठाएका थिए । यसरी मिनबहादुर घले, चन्द्र घले र कृष्णकुमरा श्रेष्ठले पटकपटक दूबईबाट सुन लिएर आउने गरेको देखिएको उनी बताउँछन् । त्यसपछि विमानस्थलको सीआईपी कक्षमा रहेको शौचालयभित्र सुन ल्याएर बाहिर ल्याउने गरेको पाइएको छ ।

भन्सारका अनुसार, विमानस्थलबाट सुन बाहिर निकाल्न विमानस्थलमा कार्यरत् नागरिक उड्ययान कार्यालयका एसपी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, अवकाश पाएर करारमा कार्यरत् रमेश देउला, एसी शाखामा कार्यरत् सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेत संलग्न थिए ।

भरियाले ल्याएको सुन बाहिर निकालेपछि रमेश देउला, राधाकृष्ण श्रेष्ठ र अनिल श्रेष्ठले बानियाँटारस्थित सूर्यदर्शन हाइटमा रहेको डिबी गुरुङको घरमा पु¥याउने गरेको देखिने अधिकृतहरु बताउँछन् । त्यसपछि मिनबहादुर र उनका साथी जीवन गुरुङ उक्त सुनलाई अंकित अग्रवालले भनेको स्थानमा लगिदिने गरेको अनुुसन्धानका क्रममा खुलेको छ । टोलीले यसरी पटक-पटक गरेर यो गिरोहले जम्मा १३८ केजी सुन ल्याएको निष्कर्ष निकालेको छ । 

मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ‘प्रचण्ड’का निजी सचिवालयका अनुसार मङ्गलवार दिउँसो तीन बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेका हुन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’लाई २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

प्रचण्ड १० पुस २०७९ मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

आरती साहका पति मोतिबावु पुनः पक्राउ

काठमाडौँ । आरती साहको मृत्य प्रकरणमा उनका श्रीमान मोतिबावुलाई प्रहरीले पक्राउ गरेको छ ।

सर्वोच्च अदालतले मृतक आरती साहका पतिलाई पक्राउ गरेर पुनः थुनामा पठाउन आदेश दिएपछि सोमबार बिहान जनकपुरधामको सगुन होटेलबाट मोतीबाबुलाई पक्राउ गरेको धनुषाका एसपी मित्रबन्धु शर्माले सम्पत्ति न्यूजलाई बताए ।

उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको छ । मोतीबाबुलाई पुनः पक्राउ गरी थुनामा पठाउन गत मंसिर २० मा सर्वोच्चले आदेश दिएको थियो ।

गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोकमा आरती मृत अवस्थामा फेला परेकी थिइन् । आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीको पति मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरेको थियो ।

पीडितको जाहेरीका आधारमा प्रहरीले त्यतिवेला  मोतीबावु र ससुरा मदनमोहन सुडीलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । जिल्ला अदालतको आदेशले थुनामा गएका उनीहरु उच्च अदालत जनकपुरको आदेशले छुटेका थिए ।आरतीका बुवा, आमा काठमाडौँमा निरन्तर अनसनमा छन् ।