सामाजिक सुरक्षा कोषले माग्यो कर्मचारी (सूचनासहित)

काठमाडौँ । सामाजिक सुरक्षा कोषले रिक्त रहेका विभिन्न तह र पदमा आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि कर्मचारी माग गरेको छ ।

तोकिएको न्यूनतम योग्यता पुगेका उमेदवारहरूले कोषको अनलाइन दरखास्त प्रणालीमार्फत दरखास्त दिनसक्ने कोषले बताएको छ। आज एक सूचना जारी गर्दै कोषले नवौं तह (उपनिर्देशक) देखि चौथो तहसम्मका लागि दरखास्त मागेको हाे।

काेषकाे भनाइमा आवेदन यही पुस २६ गतेसम्म दिन सकिनेछ। लोक सेवा आयोगबाट आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षा हुनेछ।

सूचना

वैदेशिक रोजगारीमा जाने श्रमिकको सेवा सुविधा वृद्धि गर्दै सरकार

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकले वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको छ । वैदेशिक रोजगारीमा श्रम गर्न जाने श्रमिक विदेशमा नै मृत्यु वा अङ्गभङ्ग भएमा वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको हो । 

वैदेशिक रोजगारमा जाने श्रमिकसँग लिने सेवा शुल्क वृद्धि गर्न आवश्यक वातावरण मिलाउने भन्दै विभिन्न म्यानपावर कम्पनीसँग १० लाख रुपियाँका दरले रकम उठाउन थालिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी तथा सचिव केवल भण्डारीलगायतलाई रकम दिनुपर्ने भन्दै मन्त्री निकट केही व्यक्तिहरूले प्रतिम्यानपावर कम्पनी १० लाख रुपियाँसम्म रकम उठाउन थालेको नाम उल्लेख नगर्ने सर्तमा एक म्यानपावर कम्पनीका सञ्चालकले बताए।

मन्त्री र सचिवकै निर्देशनमा ती व्यक्तिले १०–१० लाख रुपियाँ गोप्य रूपमा उठाउन थालेको स्रोतको दाबी छ। मन्त्री र सचिवकै रुचिअनुसार पैसा उठाइएको भन्दै उनीहरूमाथि आर्थिक चलखेल गरेको आरोप लागेको छ। हाल सक्रिय अवस्थामा रहेका झन्डै २ सय म्यानपावर कम्पनीसँग पैसा उठाउने लक्ष्य सो समूहले राखेको स्रोतले जानकारी दिएको छ। यस हिसाबले २ सय म्यानपावर कम्पनीसँग १० लाख रुपियाँका दरले उठाउँदा २० करोड रुपियाँ हुन आउँछ।

स्रोतका अनुसार मन्त्रालयले विदेश जाने कामदारले म्यानपावरलाई विदेशी कम्पनीमा काम गर्दाको एक महिना बराबरको पारिश्रमिक दिने गरी नयाँ प्रावधानसमेत बनाउन थालेको छ। श्रमिकलाई रोजगारमा जानुअघिको तालिम शुल्क यसअघि ७ सय रुपियाँबाट बढाएर २८ सय रुपियाँ पुर्‍याइसकेको छ। यसका साथै यसअघि श्रमिकले लिनुपर्ने १ दिनको अभिमुखीकरणलाई बढाएर ३ दिनसम्म लिनुपर्ने बनाइएको छ।

स्रोतका अनुसार मन्त्री भण्डारीको सचिवालयका केही व्यक्तिहरू तथा अन्य मन्त्री निकट व्यक्तिले म्यानपावर कम्पनीसँग धमाधम ५ देखि १० लाखसम्म उठाइरहेका छन्। अहिले विदेश जाने श्रमिकसँग म्यानपावर कम्पनीले सेवा शुल्कबापत १० हजार रुपियाँसम्म लिँदै आएकोमा मन्त्रालयले त्यसलाई बढाएर ३० देखि ५० हजारसम्म पुर्‍याउने तयारी गरेको स्रोतले जनाएको छ।

मन्त्रालयले विभिन्न श्रमिकको पक्षमा नियम कानुन बनाउनुपर्नेमा आर्थिक प्रभावमा परेर म्यानपावर कम्पनीको पक्षमा विभिन्न खालका नियम र कानुन तथा कार्यविधि बनाउने गृहकार्य अघि बढाइरहेको छ। जसका कारण श्रमिकहरू थप मर्कामा परेका छन्। श्रमिकहरू अभिमुखीकरणका लागि तीन दिन काठमाडौंमा बस्नुपर्ने र श्रमिकको होटल तथा खाना खर्च तीन गुणा वृद्धि हुने भएको छ।

श्रम मन्त्रालयले म्यानपावर कम्पनीको प्रभावमा परेर मलेसिया, तथा अन्य केही देशमा गरिएको फ्रिभिसा, फ्रिटिकटको प्रावधानसमेत हटाउने गृहकार्य गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले भने अहिले १० हजार रुपियाँ सेवा शुल्क लिएर विदेश पठाउँदा रकम बढी लिएको भन्ने आरोप लाग्दै आएको हुनाले त्यसलाई रोक्ने विषयमा छलफल थालिएको दाबी गर्नुभयो।

यद्यपि, मन्त्री र सचिवको मिलेमतोमा म्यानपावर कम्पनीकै हितमा हुने गरी विभिन्न नियमहरू बनाउन खोज्नुले उहाँहरूकै संलग्नतामा ठूलो आर्थिक चलखेल भइरहेको दाबी मन्त्रालयकै अधिकारीहरूको छ। आर्थिक चलखेल र बाहिर मन्त्री र सचिवलाई दिनका लागि भन्दै १० लाख रुपियाँ उठाउन थालिएको बारेमा सचिव भण्डारीसँग प्रतिक्रिया लिन खोज्दा त्यस सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको बताउनुभयो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९५ पैसा र बिक्री दर १३३ रुपैयाँ ५५ पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ७९ पैसा र बिक्री दर १४६ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

किरातीलाई कारबाहीको माग गर्दै पाशुपत क्षेत्रमा विरोध प्रदर्शन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई कारबाही गर्न माग गर्दै नेपाल सनातन धर्म संस्कृति संगठनले बिहीवार काठमाडौंमा प्रदर्शन गरेको छ ।

प्रदर्शनकारीहरूले ‘सुदन किराती राजीनामा दे’, ‘विभेदकारी मन्त्रीलाई कारबाही गर’, ‘धर्मनिरपेक्षता खारेज गर’जस्ता नारा लगाएका थिए । प्रदर्शनमा सहभागी धार्मिक अभियन्ता पुष्पराज पुरुषले देशको बहालवाला मन्त्रीले एउटा समुदायको कार्यक्रममा गएर अन्य समुदायलाई अभिव्यक्ति दिनु उनको गैरजिम्मेवारी रहेको बताए । 

विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौंको फैसलाविरुद्ध सर्वाेच्चमा पुनरावेदन मुद्दा दर्ता भएको छ । आयोगले विशेषको फैसला चित्त नबुझी बिहीवार सर्वाेच्चमा पुनरावेदन मुद्दा दायर गरेको हो ।

विभिन्न मितिमा विशेष अदालतबाट भएको फैसलामा आयोगलाई चित्त नबुझी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा पुनरावेदन गरिएको हो । चौध करोड एकासी लाख उनान्नब्बे हजार तेइस रुपैयाँ अवैध सम्पत्ति कमाएको आरोप लागेको सो मुद्दामा मदन प्रसाद गुप्तासहित ९ जना प्रतिवादी छन् ।

सार्वजनिक सेवा प्रवेश गरेको २०४७ असार २७ गते देखि आ.व. २०७५/०७६ सम्मको अवधिमा मदनको परिवारका सदस्यहरू समेतले चार करोड चौवन्न लाख बहत्तर हजार दुई सय छयालीस रुपैयाँ आय आर्जन गरेको देखिएको छ ।

आमदानीको दाँजोमा गुप्ताको परिवारले विभिन्न शीर्षकहरूमा गरिएको खर्च तथा लगानी उन्नाइस करोड छत्तीस लाख एकसाठी हजार एक सय उनान्सत्तरी रुपैयाँ देखिएको अख्तियारका प्रवक्ता​ नरहरि घिमिरेले बताए ।

आय भन्दा बढी खर्च तथा लगानी गरेको रकम चौध करोड एकासी लाख उनान्नब्बे हजार तेइस रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुलेको नदेखिएको अख्तियारको दाबी छ ।

शेयर बजारमा दाेहाेराे अंकको गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला ७ कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको नेप्से यस दिन भने करेक्सन भएको हो। आज नेप्से ३२.७७ अंकले घटेर दुई हजार एक सय ९ दशमलब १० विन्दुमा बन्द भएको हो ।                         

त्यस्तै, आज नेप्से परिसूचक संगै कारोबार रकम पनि घटेको छ । आज ६ अर्ब ४३ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएकामध्ये ५० कम्पनीको शेयरमूल्य बढेको छ भने १९१ कम्पनीकोे शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

नेप्सेका अनुसार ५ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज ७ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने ३ कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेको छ । 

त्यस्तै, सुर्यजयोती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ७.४४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन सोनापुर मिनरल्स एण्ड आयलको २५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने अन्य ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २.३६ प्रतिशत र व्यापार उपसमूहको परिसूचक ०.५६ प्रतिशत बढेको हो। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.२३ प्रतिशत घटेको छ।

   

सफाईकर्मीहरू कांग्रेसको प्रदेश सम्मेलनमा, बजारभरी फोहर

रौतहट ५ पुस। नेपाली कांग्रेसको मधेस प्रदेश सम्मेलन आज प्रदेशको राजधानी जनकपुरमा हुँदै छ । प्रदेश कार्यसमिति गठन भएपछि पहिलो पटक प्रदेशस्तरीय सम्मेलन हुन लागेको हो । जनकपुरधाममा हुने सम्मेलनको उद्घाटन सभालाई सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले उदघाटन गर्ने कार्यक्रममा सहभागी हुन यहाँका सफाईकर्मीहरु जनकपुर गएपछि रौतहटको चर्चित बजार कटहरिया बजारभरिनै फोहर थुप्रिएको छ।
आज बिहानै देखि बजार सफाईमा लागेका सफाईकर्मीलाई कांग्रेस कार्यकर्ताहरूले बलपूर्वक बसमा बसाएर जनकपुर लागेपछि बजारमा फोहर थुप्रिएको स्थानिय कपडा ब्यापारी तथा एमालेका मेयर प्रत्याशी योगेन्द्र साहले बताएका छन्। कटहरिया बजारको मूल सडकको दर्जन बढी स्थानमा अहिले फोहर थुप्रिएको मेयर प्रत्याशी साहले जानकारी दिएका छन्। यसरी सफाईकर्मिको काम रोकेर पार्टीको कार्यक्रममा लैजानु गलत रहेको उनको ठहर छ। कटहरिया नगरपालिकामा कांग्रेस पार्टीकै मेयर अजय प्रकाश जैसवाल र उपमेयर रिता देवी यादव निर्वाचित भएका छन्। जनकपुरमा हुने कार्यक्रममा उपसभापति एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहित शीर्ष नेताहरूले पनि सभालाई सम्बोधन गर्नेछन् ।
सहमहामन्त्री महेन्द्र यादव र उमाकान्त चौधरी मधेसकै हुन् । त्यस्तै, पूर्वउपसभापति विमलेन्द्र निधिको गृह प्रदेश समेत रहेको छ । प्रदेश सभापती कृष्ण प्रसाद यादवले सम्मेलनको तयारी बारे बुधवार नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका थिए। सञ्जय मिश्रा

इन्सपेक्टर आचार्य सहीत २०२ जना द्वारा रक्तदान

रौतहट ५ पुस। रौतहटको चन्द्रनिगाहपुर स्थित चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रममा २०२ जना मानिसले रक्तदान गरेका छन्।
संघिय सांसद देब प्रसाद तिमल्सिनाले कार्यक्रमको उदघाटन गर्दै सहकारी संस्थाले बचत र ऋणको कारोबार मात्र हैन सामाजिक कार्यमा समेत योगदान पुर्याउदै आएको बताएका थिए।
रगतको अभाबमा कसैको पनि अकालमा ज्यान गुमाउनु नपरोस भन्ने पबित्र उदेश्यले साकोसले रक्तदान कार्यक्रम गरेकोमा खुशी व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख इन्स्पेक्टर शुसिल आचार्य सुरक्षाकर्मीहरु सहित बुधबार २०२ जनाले रक्तदान गरेको चन्द्रपुर अस्पतालका प्रमुख डाक्टर सुभाष चौधरीले बताएका छन्।
प्रादेशिक रक्त संचार केन्द्र भरतपुर चितवनको प्राबिधिक सहयोग र स्थानीय प्राबिधिक सहयोग चन्द्रपुर अस्पताल प्रालिले गरेको संस्थाका अध्यक्ष वसन्त आचार्यले बताएका छन्।

संसदीय समितिको अध्यक्षद्वारा बालसुधार गृहको अनुगमन

रौतहट ५ पुस। प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको अध्यक्ष किरण कुमार साह नेतृत्वको टोलीले साेमबार पोखराको सराङ्कोटमा सञ्चालित बालसुधार गृहको स्थलगत निरीक्षण गरेको छ। टोलीले बालसुधार गृहको निरीक्षण गर्दै सुधार गर्नुपर्ने विषयमा सुझाव दिएको छ । निरीक्षणका क्रममा सुधार गृहमा प्रदान गरिने खानाको गुणस्तर नदेखिएको, सुत्ने व्यवस्था राम्रो नभएको, पानीको चरम समस्या पाइएको सभापति शाहले बताए। सुधार गृहमा रहेका ९३ जनामध्ये धेरैमा शरीर चिलाउनेजस्ता समस्या रहेको पाइएको उनले जानकारी दिए ।
त्यसअघि टोलीले जिल्ला सुरक्षा समितिका पदाधिकारीसँग बैठक बसी विभिन्न विषयमा छलफल गर्नुका साथै पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङसँग पनि छलफल गरिएको थियो । समितिले पोखरा महानगरपालिका–१७ स्थित मानवसेवा आश्रममा पनि स्थलगत निरीक्षण गरी जानकारी लिएकाे छ ।
टोलीमा सभापति शाहसहित समितिका सदस्य आशा विक, जावेदा खातुन, विना देवी, समितिका सचिव इन्द्रविलास पौडेललगायत सहभागी छन् ।

मौलापुर नगरद्वारा विद्युतलाई २करोडबढीको चेक प्रदान

रौतहट ४ पुस। रौतहटको मौलापुर नगरपालिकाले नेपाल विद्युत प्राधिकरण मौलापुर शाखालाई नगरको विद्युत महशुल बापत बुधवार झण्डै २ करोड ६७ लाखको चेक हसतान्तरण गरेको छ ।
मेयर रिना कुमारी साहले नगरवासीहरुको विद्युतमहसुल भुक्तानीको लागि कुल २ करोड ६६ लाख ८४ हजार ९१० रुपैयाको चेक प्राधिकरण प्रमुख रामदिनेश यादव लाई हस्तान्तरण गरेकि हुन्।
मौलापुर नगरक्षेत्र अन्तर्गत गत बैशाख देखि गत कार्तिक मसान्तसम्म खर्चभएको सम्पूर्ण विद्युत महसुल वापतको उक्त चेक मेयर साहले हस्तान्तण गरेको प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले बताएका छन्।
२०७८ साल श्रावण महिना देखि नगर क्षेत्र भित्रका घरायसी प्रयोजनका ग्राहकहरुको सम्पूर्ण विद्युत महसुल मौलापुर नगरपालिकाले तिर्ने निर्णय अनुसार उक्त भुक्तानी गरिएको अधिकृत साहले जानकारी दिएका छन्।
मेयर रिना कुमारी साहको पहलमा मौलापुर नगरक्षेत्रभरी घरायसी विद्युत खपतका साथै कृषि प्रयोजनमा खपत हुने विद्युत महसुल नगरपालिकाले तिर्दै आएको छ।
त्यसैगरी मेयर साहको पहलमा नगरपालिकामा निःशुल्क मालपोत, किसानलाई बिभिन्न किसिमका निःशुल्क बीउबिजन, लगायतको सुबिधा उपलब्ध गराइँदै आएको छ।

मानव सेवाआश्रम द्वारा सहनीलाई नयाँजिवन प्रदान

रौतहट ५ पुस। मानव सेवा आश्रम वीरगंजले रौतहटका एकजना अधबैँसे पुरुषलाई नयाँजीवन प्रदान गरेको छ। लामो समयदेखि आफ्नै घर गोठमा बन्धक बनेर जीवनमरणको दोसाँधमा पुगेका रौतहटको पूर्विभेग राजदेवी नगरपालिका ब्रह्मपुरीका बिरेन्द्र सहनीलाई नयाँजीवन प्रदान गरिएको हो।
मानसिक अवस्था बिग्रेर अन्तिम स्थितीमा पुगेका उनलाई १५ महिना बिरगंजमा राखेर मानव सेवा आश्रमको अगुवाईमा बिभिन्न अस्पतालमा उपचार गराएर सामान्य भएपछि बुधबार ब्रहमपुरी स्थित घरमै पुगि सहनी लाई श्रीमतीको जिमा लगाईएको अभियन्ता प्रकाश थारुले बताएका छन्।
ब्रहमपुरी गाउँकै एउटा गाईगोठमा साङ्लोले पसु जस्तो बाधेर राखेको अवस्थामा उद्घारगरि स्थानीय व्यक्तिहरु तथा डाक्टरको सहयोगमा सहनी लाई बिरगंज लागिएको थियो
सहनीको मान्सिक रोग विशेषज्ञ डाक्टर भरत गोइतको क्लिनिक को उपचारार्थ पश्चात गोइत कै निगरानी मा मानव सेवा अस्श्रम तथा रिहैब सेन्टरमा राखेर १५ महिना पश्चात लगभग ८० प्रतिशत ठिक भैसकेको अवस्थामा उनलाई परिवारको जिम्मा दिएको हो।
उनको उपचारमा डाक्टर गोईत संगै डाक्टर निरज सिंह, डाक्टर नवीन सिंह लगायतले उल्लेखनीय सहयोग गरेको अभियन्ता चौधरीले जानकारी दिएका छन्।
सहनी परिवारको आर्थिक अवस्था कमजोर भएको कारण लामो समय सम्म मानसिक रोगी भएर घरमै बसेको थियो। सञ्जय मिश्रा

मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, एक घाइते

बारा । बाराको निजगढ नगरपालिकामा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु ,एक जना घाइते भएका छन्।

रौतहटबाट निजगढ तर्फ आउँदै गरेको बा ९७ प ९४४ नम्बर र विपरीत दिशाबाट रौतहट जाँदै गरेको प्रदेश १–०५ ००१प ५४९७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।

मृत्यु हुनेमा बा ९७ प ९४४ नम्बरका मोटरसाइकल चालक बागमती ३ का ३१ वर्षीय बुद्धि बहादुर बल र प्रदेश १–०५ ००१प ५४९७ नम्बरका मोटरसाइकल चालक उदयपुर कटारी २ का ३४ वर्षीय चन्द्रदिप लामा रहेका छन्।

बलको मोटरसाइकलमा सवार २९ वर्षीय बाबुराम सुनुवार घाइते भएका छन्। दुर्घटनामा घाइते भएका उनको निजगढ सामुदायिक अस्पताल निजगढ ९ मा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।

सचिव र विभागीय प्रमुखलाई अख्तियारको ४६ बुँदे निर्देशन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका सचिवहरूलाई ४६ बुँदे सुझाव दिएको छ । अख्तियारले गत कार्तिक १२ र १३ गते सरकारका सचिव तथा विभागीय प्रमुखहरूसँग गरेको अन्तरक्रियापछि दिइएका दिइएका सुझावहरुबारे बुधबार प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो । 

अख्तियारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनमा किटानी भएको प्रावधानबमोजिम प्रत्येक महिना विभागीय मन्त्री र सचिवले मातहतका निकायबाट भएका कामकारबाहीको समीक्षा गरी कार्यसम्पादनमा सुधार गर्न सुझाएको छ । साथै लापरबाही गर्ने पदाधिकारी/कर्मचारीलाई समयमै सचेत गराउन पनि अख्तियारले भनेको छ ।

तीन तहका सरकारबिचको काम, कर्तव्य र अधिकारमा देखिएको अस्पष्टता र दोहोरोपना हटाउन अन्तर निकाय समन्वयसमेत हुने गरी कार्य विभाजनलाई स्पष्ट बनाउन अख्तियारको सुझाव छ । तीनै तहका सरकारबाट दैनिक तथा प्रशासनिक कार्यहरूलाई समेत नीतिगत भनी कानुनबमोजिम मन्त्रालय, विभाग, सचिवालय स्तरबाटै निर्णय हुनुपर्ने विषयसमेत मन्त्रिपरिषद्, परिषद् वा सभाबाट निर्णय गराउने कार्य तत्काल बन्द गर्न अख्तियारको सुझाव छ ।

रौतहटमा सशस्त्र द्वारा १५ लाख बढीको अबैध कपडा बरामद

रौतहट ४ पुस। रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले १५ लाख रुपैयाँ भन्दा बढीको अबैध लत्ताकपडा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल ११ गण हेक्वा रौतहटले १५ लाख १६ हजार बराबरको अबैध लत्ताकपडाहरु बरामद गरेको एस्पी माधव रेग्मीले बताएका छन्।
विशेष सूचनाको आधारमा आज बिहान सशस्त्र प्रहरी ११ नम्बर गण बाट गएको टोलीले बौधिमाई नगरपालिका ७ स्थित रौतहट बाराको सीमानामा रहेको अरुवा खोला पुल नजिकै टहरामा वेवारिसे अवस्थामा रहेको उक्त कपडा बरामद गरेको हो।
बरामद बिभिन्न किसिमका लत्ताकपडाहरुको कुल १५ लाख १६ हजार रुपैयाँ मूल्याङकन गरी आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ। तस्करहरुको समूहले भारतीय बजार बाट अबैध रुपमा भित्रयाएर भण्डारण गरी राखिएको उक्त कपडा लुकाई छिपाई रौतहटको बिभिन्न बजारमा पुर्याउने योजनामा रहेको अनुमान गरिएको छ।सञ्जय मिश्रा

बस र ट्रक एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु, २७ घाइते

बारा । बारामा यात्रु बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका प्रहरीले जनाएको छ ।

काकड्भिट्टाबाट काठमाडौँका लागि गुडेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक अमलेखगन्जमा एक आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौँडाका बस चालक ४० वर्षीय हरि शम्शेर र अर्का एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिए । उनीहरूको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनीहरूको हेटौँडा सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागि हेटौडा तथा चितवन मेडिकल कलेज पठाइएको र अन्य २० जना सामान्य घाइतेको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।