नक्कली नेपाली नोट सहित भारतीय नागरिक ठाकुर पक्राउ

रौतहट ४ पुस । गौर चन्द्रपुर सडकखण्डमा पर्ने बालचनपुर चौक बाट नेपाली हजारको नक्कली नोट सहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सीमापारी बिहारको पूर्वी चम्पारण दार्पा थाना–१ सुखलहिया गाउँका ३८ वर्षीय सुरेन्द्र ठाकुर रहेको प्रहरीले जनाएको छ। बालचपुर चौकमा ठेला पसलमा एक किलो सुन्तला खरिद गर्न एक हजारको नोट दिएपछि पसल सञ्चालकले नोट नक्कली भएको शंका लागेर प्रहरीलाई खबर गरेका थिए । लगत्तै इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरबाट सई आनन्द रायको कमान्डमा टोली बालचनपुर पुगेर ठाकुरको शरीर खानतलासी गर्दा नक्कली नोट एकथान च्यातिएको गरी २० थान अर्थात बीस हजार नक्कली नोट बरामद गरेको थियो ।
ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका इन्स्पेक्टर गायत्री शर्माले पक्राउ परेका ठाकुरमाथि खोटा चलनसम्बन्धी मुद्दा दर्तागरी अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान सुरुगरिएको बताएका छन। आरोपी ठाकुर नक्कली नोटको कारोबारी रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताईएको छ।

वृन्दाबनका मेयर कुर्मी द्वारा कालोपत्रे शिलान्यास

रौतहट ४ पुस। स्थानिय वृन्दावन नगरपालिकाका मेयर बिनोद प्रसाद कुर्मीले मंगलवार कालोपत्रे सडक निर्माणको शिलान्यास गरेका छन ।

मेयर कुर्मीलेbवृन्दावन १ बलेरीखोरको ब्रहम स्थानदेखि चाँदी खोलासम्मको बिश्रामपुर जाने सडकमा निर्माण हुनलागेको कालोपत्रको शिलान्यास गरेका हुन्। शिलान्यास गरिएको बाटो १५ दिन भित्र कालोपत्रे निर्माण सम्पन्न हुने मेयर कुर्मीले बताएका छन्।
नगरस्तरीय योजनाबाट कुल ५८ लाख ७६ हजारको लागतमा ६ सय साढे ७५ मीटर बाटोमा कालोपत्रे हुनलागेको वृन्दावन का प्रमुख प्रशासकीय अधिकृत रासनारायण पटेलले बताएका छन्।
शिलान्यास कार्यक्रममा मेयर कुर्मी, अधिकृत पटेल, वडा १ का वडाध्यक्ष रामनाथ साहनी, ६ का वडाध्यक्ष मजहर मन्सुर, कार्यपालिका सदस्य राजेश पासवान, ईन्जिनियर दिलिप यादव, लगायतको उपस्थिति रहेको थियो ।

बालुवा उत्खननले हुलाकीको पुल भासिने जोखिममा

रौतहट ४ पुस। रौतहटको दक्षिणीभेग राजापुर नगरक्षेत्र अन्तर्गत फतुवा स्थित लालबकैया नदीको पुल संग टाँसिएर बालुवा उत्खनन गर्दा पुल भासिने जोखिम बढ्दै गएको छ।
पुलको दक्षिण तर्फ बाट मात्र ५० मीटर भित्रै केही समय देखि उत्खनन गरेर अनियन्त्रीत रुपमा बालुवा ढुवानी गरिरहेको कारण पुल भासिने जोखिम बढेको छ।
पूर्व पश्चिम हुलाकी राजमार्गमा पर्ने उक्त नदीको पुलको दक्षिण तर्फ टाढै बाट बालुवा लिकाल्न खनिएको ठूलो ठूलो खाडल देखेर अनुमान गर्न सकिन्छ।
जिल्ला समन्वय समिति रौतहटका पूर्व उपसभापति रामबशिष्ठ यादवले कुनै पनि नदीको पुलको कम्तीमा आठसय मिटर टाढा मात्र उत्खनन गरेर नदीजन्य पदार्थ निकाल्न सकिने बताएका छन्।
मापदण्ड भन्दा नजिकमा उत्खनन गरेर नदीजन्य पदार्थ लिकालेर खाडल बनाएमा नजिकमा रहेको पुल कुनै बेला भासिन सकिने अर्थात पुल भासिएर ठूलो दुर्घटना हुनसक्ने पूर्व उपसभापति यादवले चेतावनी दिएका छन्।
फतुवा स्थित लालबकैया नदीको उक्त पुल छेउबाट अनियन्त्रीत रुपमा उत्खनन गरी बालुवा निकालेर ठूलो ठूलो खाडल बनाउँदा रोक्ने अथवा नियन्त्रण गर्ने कुनै निकायले हालसम्म चासो लिएको देखिएको छैन।
संघीयता पछि सरकारी सम्पती अथवा कुनै पनि भौतिक संरचनाको रेखदेख गर्नुपर्ने जिम्मा स्थानिय तहले लिनुपर्दछ।
तर करोडौं पुल भासिने जोखिम बढीरहँदा त्यसको संरक्षण गर्न हालसम्म राजापुर नगरपालिकाले चासो देखाएका छैनन् भने पुल संगै रहेको सशस्त्र बेस क्याम्प फतुवाको पनि ध्यान जानसकेको छैन।
त्यतिमात्र नभई हुलाकी राजमार्ग अन्तर्गत पर्ने उक्त पुलको संरक्षण गर्न हुलाकी राजमार्ग निर्माणको जिम्मा लिएका ईन्जिनियर लगायतको समेत ध्यान गएको देखिएन। सञ्जय मिश्र

कमिसन भ्रष्टाचार विरुद्ध तेश्रोदिनपनि भन्सार बिभाग घेराऊ

रौतहट ३ पुस। प्रभु साह नेतृत्वको आमजनता पार्टी निकट आम सम्पर्क मञ्चले मंगलवार तेस्राे दिन पनि भन्सार विभाग घेराउ गरेका छन्।
भन्सारमा हुने गरेको लुट एवं भ्रष्टाचारको विरुद्ध बिभिन्न मागहरु राखि भन्सार बिभाग घेराऊ गरेको हो । भन्सार नियमावलीमा रहेको परिच्छेद-१० को पुरस्कार सम्बन्धी सम्पूर्ण प्रावधान हटाउने , कर कानुन, राजस्व कानुन र भन्सार कानुनमा एकरूपता ल्याउन भन्सार नियमावलीबाट व्यक्ति,सवारीसाधन एवं सम्पति जफत गर्ने प्रावधान हटाउने , भन्सारबाट उठेको रकमबाट २५ % रकम सम्बन्धित प्रदेशलाई र २०% रकम सम्बन्धित पालिकालाई दिनुपर्ने, त्यसैगरी ⁠घरायसी प्रयोजनको लागि ल्याईने बस्तुमा भन्सार कर न लागने ब्यवस्था गर्नुपने मञ्चले माग अघि सारेको छ।
गत शनिबार बसेको आम सम्पर्क मञ्चको राष्ट्रिय भेलाले सरकारको विभेदकारी एवं लुटकारी राजस्व नीतिको विरुद्धमा आईतवार देखि भन्सार विभाग घेराउ गर्ने निर्णय अनुसार लगातार त्रिपुरेशर स्थित भन्सार बिभाग घेराउ प्रदर्शन गर्दै आएको सम्पर्क मञ्चले जनाएको छ ।गत भदौं ३१ गते भन्सार विभागको महानिर्देशक मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएर सुरुआत गरिएको संघर्षको पहिलो चरण अंन्तर्गत असोज ३ गते पत्रकार सम्मेलन, असोज १८ गते नियमावलीको गलत प्रवाधान जलाईंएको, असोज १९ गते तराई – मधेशका जिल्लाहरूको भन्सार कार्यालय घेराउ र असोज २१–२६ गतेसम्म भन्सार विभागमा धर्ना कार्यक्रम गरिएको थियो ।
तर नेपाल सरकारले त्यो विभेदकारी एवं लुटकारी प्रावधान हटाउने तर्फ कूनै सुनवाई नगरेपछि बाध्य भएर पुनः थप संघर्षको कार्यक्रम अगाड़ी बढ़ाईएको आम सम्पर्क मञ्चले जनाएको छ ।
तस्कर संग आर्थिक लेनदेन गरेपछि लाखौं लाखको अबैध भारतीय सामान भित्रिँदा वास्ता नगर्ने प्रहरी कमिसनकै लागि सर्वसाधारण लाई दुःख दिनेगरेको मोर्चाको ठहर छ।
सीमावर्ती क्षेत्रका मानिस आफ्नो घरायसी प्रयोगको लागि तथा आफ्नो खेती किसानमा प्रयोग गर्न भारतीय बजार बाट सामान ल्याउँदा प्रहरीले तस्करीको भन्दै नियन्त्रणमा लिएर भन्सार बुझाउने गर्द छन्।
अबैध भनेर समातेको सामानको कमिसन सुराकी तथा पुरस्कार भनेर राज्यले प्रहरी प्रशासन लाई दिनेगरेको ४५ प्रतिशत पाउनको लागि प्रहरीले सर्वसाधारणको सामान बलपूर्वक पक्राउ गरी भन्सार बुझाउनाले हजारौं मानिस कठीनाईमा पर्ने आमजनता पार्टीको निष्कर्ष रहेको छ।भन्सार नियमावलीको परिच्छेद १० को दफा ४७, ४८, र ४९ मा गरिएको व्यवस्थानुसार कुनै चोरी निकासी वा पैठारीको माल समान पक्राउ गरी भन्सार कार्यालयमा बुझाउनेलाई ३० प्रतिशत र त्यसको सुराक दिनेलाई १५ प्रतिशत गरी कुल रकमको ४५ प्रतिशत रकम पुरस्कार स्वरूप व्यक्तिलाई दिने व्यवस्था छ। अर्थात् भन्सार छलीको माल सामानबाट प्राप्त रकमको झन्डै आधा (४५ प्रतिशत) पैसा व्यक्तिको निजी हुने व्यवस्था छ । सञ्जय मिश्रा

सेयर बजारमा दोहोरो अंकको वृद्धि, ५ अर्ब ९८ करोडको कारोबार

काठमाडौं । आज (मंगलवार) पनि नेप्से परिसूचक बढेर बन्द भएको छ। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि बढ्न थालेको बजारले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज नेप्से ४५.९८ अंकले बढेर दुई हजार एक सय ६ दशमलब ४८ विन्दुमा बन्द भएको हो ।                        

त्यस्तै, आज ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएकामध्ये १८३ कम्पनीको शेयरमूल्य बढेको छ भने ५३ कम्पनीकोे शेयरमूल्य घटेको छ । ७ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार ९ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज ७ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने २ कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेको छ । 

त्यस्तै, सिद्धार्थ इनभेष्टमेन्ट ग्रोथ स्किम २ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ७.२६ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट कम्पनी लिमिटेडको भएको छ । आज यस कम्पनीको ३७ करोड ४३ लाख बराबरको कारोबार भएको छ । 

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ६.९४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूच्क ४.७४ प्रतिशत बढेको छ भने जीवन बीमा उपसमिूहको परिसूचक ३.१२ प्रतिशत बढेको छ। कारोबारमा आएका बैंकिङ्ग, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी बढेको छ।

कृषि सामग्री कम्पनीको प्रबन्धक पदका लागि दरखास्त आह्वान (सुचनासहित)

काठमाडौँ । कृषि सामग्री कम्पनी लिमिटेडमा रिक्त प्रबन्ध सञ्चालक मनोनयनका लागि दरखास्त आह्वान गरिएको छ । 

रौतहटको ४ सामुदायिक बिद्यालयमा खानेपानी फिल्टर जडान

रौतहट ३ पुस। स्थानिय देवाही गोनाही नगरपालिका स्थित जय किसान माध्यमिक विधालयको प्राङ्गणमा शुद्ध खानेपानीको लागि फिल्टर जडान गरिएको छ ।
जनमत पार्टीका केन्द्रिय सदस्य रामलाल यादवको पहलमा ई.पी.सी . नेपाल द्वारा खानेपानीको फिल्टर मेसिन सोमवार जडान गरिएको हो।
फिल्टर जडान भएपछि विद्यालयका छात्र छात्रालाई सुद्व खानेपानीको आपूर्ति सहज भएको प्रधानाध्यापक सञ्जय गुप्ताले बताएका छन्।
उधोग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति पूर्व खानेपानी मन्त्री अब्दुल खानको विशेष पहलमा यस संगै जिल्लाको ४ विद्यालयमा सुद्व खानेपानीको लागि फिल्टर जडान गरिएको छ।
केन्द्रिय सदस्य यादबको अनुसार अहिलेसम्म स्थानिय गढीमाई नगरपालिका - ७ स्थित धनहारी धर्मपुर मावि , नेपाल प्रहरी बोडिङ्ग स्कुल बिर्ता, गरुडा नगरपालिकाको पिपरिया माध्यमिक विधालयमा शुद्ध खानेपानीको लागि फिल्टर जडान गरिएको छ।

जसपा रौतहट द्वारा बिभिन्न महत्वपुर्ण निर्णय


रौतहट । जनता समाजबादी पार्टी नेपाल जिल्ला कार्यसमिति रौतहटको बैठकले बिभिन्न महत्वपूर्ण निर्णय गरेको छ।
पार्टी जिल्ला अध्यक्ष श्याम विहारी यादवको अध्यक्षतामा गौरमा बसेको बैठकमा पार्टी विस्तारका लागि विभिन्न प्रस्तावमाथि व्यापक छलफल गरि अगामी कार्यक्रम संबंधी समेत बिभिन्न निर्णय गरेको हो।
बैठकमा पार्टीको संगठन विस्तार तथा नया सदस्यता वितरण तुरुन्तै सुरु गरिने निर्णय गरिएको छ। त्यस्तै आगामी माघ ५ गतेका दिन बलिदानी दिवस भव्यरुपमा मनाउने तथा माघ २१ गते मुस्लिम मोर्चाको जिल्ला भेला गरिने निर्णय गरिएको बैठकमा सहभागी पूर्व रौतहट हाल सर्लाहीका पार्टी जिल्ला इन्चार्ज रामवशिष्ठ यादवले बताएका छन। उक्त कार्यक्रमको तयारी सम्बन्धि जिम्मेवारी बाँडफाँड बारे निर्णय समेत भएको इन्चार्ज यादवले बताएका छन्।
जसपाका राष्ट्रिय कार्यकारिणी समिति सदस्य गोविन्द चौधरीको प्रमुख आतिथ्यमा बसेको बैठकमा पार्टीका राजनितीक समिति सदस्य विश्वनाथ पटेल . गुजराका मेयर सन्तलाल चौधरी,पूर्व प्रदेश सांसद रामकिशोर यादव, प्रदेश राज्यमन्त्री अब्दुल कलाम अजाद,केन्द्रीय सदस्य किरण ठाकुर , प्रदेश सांसद शोभा साह , महम्मदअनवर हासमी, अमृत चौधरी ,जिल्ला कार्यसमितिका सह- सचिव विजय प्रसाद पटेल,युवा नेता ललन कुमार यादव,जिल्ला कार्यसमिति, भातृ संगठनका प्रतिनिधि लगायतका उपस्थिति रहेको जानकारी दिएका छन्। सञ्जय मिश्रा

रौतहट प्रहरी द्वारा घरेलु मदिरा नष्ट

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट गौरबाट खटिएको प्रहरी गस्ती टोलीले अबैध घरेलु मदिरा नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय गौरको टोली गस्ती गर्दै जाने क्रममा नगरपालिकाको बिभिन्न स्थानबाट अबैध घरेलु तयारी मदिरा २००लिटर बरामद गरेको थियो।
बरामद अबैध घरेलु मदिरा स्थानिय भद्रभलादमी, संचारकर्मी तथा प्रहरी कर्मचारीहरुको रोहवरमा यस जिल्ला प्रहरी कार्यालय रौतहटको प्राङगणमा नष्ट गरीएको जनाईएको छ । पछिल्लो समय जिल्लाको उतरिभेग चन्द्रपुर लगायतका स्थान बाट बिभिन्न सवारी साधनमा लुकाई छिपाई दैनिक सयौं लिटर अबैध मदिरा गरुडा, शिवनगर , गौर बजारमा ल्याएर बिक्री बितरण भइरहेको छ।

शेयर बजारको उकालो यात्रा कायमै, कारोबार रकम ११ महिना यताकै उच्च

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। गत साताको पहिलो कारोबार दिनदेखि उकालो लाग्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज नेप्से ३८.१४५ अंकले बढेर दुई हजार ६० दशमलब ४९ विन्दुमा बन्द भएको हो ।                        

त्यस्तै, आज नेप्से परिसूचकसंगै कारोबार रकम पनि बढेको छ । आज ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । 

सोमबार कारोबार भएकामध्ये १६५ कम्पनीको शेयरमूल्य बढेको छ भने ७२ कम्पनीकोे शेयरमूल्य घटेको छ । ५ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।         

नेप्सेका अनुसार ६ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज ७ कम्पनीको शेयरमूल्य ८ प्रतिशत भनदा बढीले बढेको छ भने ९ कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेको छ । 

आज कारोबार रकमका आधारमा यस दिन हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको २० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यस दिन जलविद्युत उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ५.५३ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग र वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

 

मौलापुरमा ४ गोठमा आगलागी ,५ चौपायाको जलेर मृत्यु,लाखौँ क्षती

रौतहट । रौतहटको स्थानिय मौलपुर नगर पालिकाको छुट्टाछुट्टै दुईवटा वडामा भएको आगलागी बाट चारवटा गोठ जलेर नष्ट भएको छ भने गोठमा रहेको ४ चौपायाको जलेर मृत्यु भएको छ। आगलागी बाट १४ लाख बढीको क्षती भएको छ।

मौलापुर ६ पथरा बुधराम स्थित त्रिभुवन रामको गोठमा गएराती साढे १० बजे अचानक भएको आगलागी बाट गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ। गोठमा रहेको दुईजिउको भैँसी १ थान,२ थान बाख्रा र २ थान पाठो गरी ५ चौपायाको जलेर मृत्यु भएको घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर कुशल बर्तौलाले बताएका छन। आगलागी बाट रामको ४ लाख बराबरको क्षती हुन प्रहरीले जनाएको छ। गाउँले र प्रहरी मिलेर आगलागी नियन्त्रणमा लिएको थियो।

त्यसैगरी मौलापुर  ३ गम्हरियामा गएराती ११ बजे भएको आगलागी बाट तीनवटा गोठ जलेर नष्ट भएको छ। स्थानिय कामेश्वर प्रसाद,चौठी बैठा,साहेब बैठा र भरोस बैठाको गोठ जलेर पुर्णरुपमा नष्ट भएको छ। 

आगलागी बाट तीनैजनाको गरी १० लाख बराबरको क्षती हुन छ। घटनालगतै ईलाका प्रहरी मौलापुरका प्रमुख इन्स्पेक्टर कुशल बर्तौलाको कमाण्डमा गएको टोली र गाउँले मिलेर गौर बाट आएको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो। आगलागीको कारण खुल्न नसके पनि लामखुट्टे भगाउन बालिएको घुर बाट सल्किएर भएको हुनसक्ने प्रहरीको अनुमान छ। 

आगलागी लगत्तै घटनास्थल गमहरिया पुगेकी मौलापुर नगर प्रमुख रिनाकुमारी साहले आगलागीको कारण पता लगाउन र पीडित परिवार लाई तत्काल सहयोग गर्न सम्बन्धित निकाय संग माग गरेकी छन्। सञ्जय मिश्रा

पीडितलेनै भ्रम फैलाई बदनाम गर्न खोज्यो माण्डवी अध्यक्ष: झा

रौतहट २ पुस। मानवीय सेवामा समर्पित गैर सरकारी संस्था माण्डवीकी अध्यक्ष अन्जु झाले रौतहटका केही अग्नि पीडितले झुठा भ्रम फैलाएर आफूलाई बदनाम गर्न खोजेको गुनासो गरेकी छन्।
स्थानिय माधवनारायण नगरपालिका–४ विशुनपूर्वा मानपुरका केही अग्नि पीडितहरुले आफु र सिंगो माण्डवी संस्थालाई बदनाम गर्न झुठा भ्रमको खेतीमा लागिरहेको अध्यक्ष झाले गुनासो गरेकी हुन्।
आगलागीबाट पूर्ण रुपमा घर जलेर पालमुनी बसिरहेको पीडितलाई घर बनाउन सहयोग गरिरहँदा केही कुतत्वको ईसारामा पीडितहरुलेनै षड्यन्त्र गरेको अध्यक्ष झाले बताएकी छन्।
केही दिन अघि अग्नि पीडितहरुले केही मिडियामा माण्डवीले घर बनाउने जिम्मा लिएपनि घरको जग्ग मात्र खडा गरी अधुरै छाडेर फरार भएकाले आफुहरुको विजोग भएको बताएका थिए।
माण्डवीकी अध्यक्ष झाले आईतवार मधेश दृष्टि संग कुरा गर्दै पीडितहरुले लगाएको उक्त आरोपमा कुनै सत्यता नरहेको बताएकी छन् ।
एनसेट नामक संस्थाको सहकार्यमा माण्डवीले २०७९ साल चैत्र २६ गते विशुनपूर्वा मानपुरका १७ जना अग्नि पीडितलाई तत्कालको लागि आवश्यक पर्ने अवास व्यवस्थापनाका लागि राहतस्वरुप तिन किसतामा गरी १ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने समझौता गरेको थियो।
तत्कालको लागि कम्तीमा छानाको घरमा बसोस भन्ने उद्देश्यले एक, एक कोठा भएको घर निर्माण गर्न हामी तयार भएपनि पीडितहरुले हामी आफै घर बनाउँछौ बरु तपाईहरु हामीलाई १ लाख ५० हजार नगद नै उपलब्ध गराइदिनुस भनेको अध्यक्ष अन्जु झाले बताईन।
पीडितको आग्रहमा आफुहरुले १७ जना पीडितहरुलाई प्रति व्यक्ति १ लाख ५० हजारको दरले बैंकमार्फत भुक्तानी गरिदिएको उनले स्पष्ट पारिन्। संस्थाले कसैको घर बनाउने जिम्मा नलिएको भएपनि उनीहरुले आफुहरुको घर बनाउने जिम्मा लिएको भनी माण्डवीमाथी गलत आरोप लगाई संस्थालाई बदनाम गर्न खोजेको झाले दाबी गरेकी छन्।माण्डवीमाथी लगाएको आरोप गलत, झूठा, भ्रामक र कपोकल्पित रहेकोले विश्वास नगर्न उनले सबैलाई आग्रह गरिन । यसरी सहयोगी संस्थाको नै बदनाम गराउने खेल भएपछि पीडित भनिएका १७ जनाको घर भने अधुरो रहेको देखिएको छ। सञ्जय मिश्रा

शंकर माबिको अध्यक्षमा रमेश जैसवाल

रौतहट । रौतहटको दक्षिणीभेग बौधिमाई नगर पालिका ८ सरमुजवा स्थित संकर माध्यामिक विद्यालयमा बिद्यालय ब्यवास्थापन समिति गठन गरिएको छ।
वडा अध्यक्ष बिन्देशवर राय यादवको अध्यक्षता तथा नगर प्रमुख प्रदिप कुमार यादवको प्रमुख आतथ्यमा आईतवार भएको अभिभावक भेलाले सर्वसहमतिले बिद्यालय ब्यवस्थापन समिति गठन गरेको हो।
भेलाले रमेश प्रसाद जयसबालको संयोजकत्वमा ७ सदस्यिय समिति गठन गरेको छ। नवगठित समिति सदस्यहरुमा बिन्देशवर राय यादव (वडा अध्यक्ष ) सिकेन्द्र राय यादव ,जयसंकर राय यादव ,प्रेमा कुमारी ठाकुर,मिना देबी,सुनिता देबी,बलाराम नेपाली ( शिक्षक) संजय जयस्वाल सचिव ( शिक्षक) रहेको शंकर माबि सरमुजवाले जनाएको छ। उक्त अवसरमा मुक्ति नारायण मिश्रा,भर्दुल राय यादव ,नरेश यादव , लगायत अभिभावकहरुको उपस्थिति रहेको थियो।

प्रहरीको कमिसन हटाउन भन्सार बिभाग घेराउ तथा प्रदर्शन


रौतहट २ पुस । प्रभु साह नेतृत्वको आमजनता पार्टी निकट आम सम्पर्क मञ्चका नेता कार्यकर्ताले सुराकीको नाउँमा राज्यले प्रहरीलाई दिँदै आएको कमिसनको ब्यवस्था हटाउनु पर्ने माग गर्दै भन्सार बिभाग घेराउ गरी प्रदर्शन गरेका छन्।

भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित रुपमा दिदै आएको पुरस्कारको प्रावधान हटाउन माग गर्दै मञ्चका कार्यकर्ताले भन्सार विभागको कार्यालयलाई घेराउ गर्दै प्रदर्शन गरेका हुन्। सम्पर्क मञ्चद्वारा “भन्सार नियमावलीबाट ४५% कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी” को माग राख्दै आईतवार देखि पुनः भन्सार बिभाग त्रिपुरेश्वरमा धर्ना तथा घेराउ प्रदर्शन कार्यक्रम सुरु गरेका छन् ।

शनिबार बसेको आम सम्पर्क मञ्चको राष्ट्रिय भेलाले सरकारको विभेदकारी एवं लुटकारी राजस्व नीतिको विरुद्धमा आईतवार देखि भन्सार विभाग घेराउ गर्ने निर्णय अनुसार त्रिपुरेशर स्थित भन्सार बिभाग घेराउ प्रदर्शन गरिएको सम्पर्क मञ्चले जनाएको छ । गत भदौं ३१ गते भन्सार विभागको महानिर्देशक मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएर सुरुआत गरिएको संघर्षको पहिलो चरण अंन्तर्गत असोज ३ गते पत्रकार सम्मेलन, असोज १८ गते नियमावलीको गलत प्रवाधान जलाईंएको, असोज १९ गते तराई – मधेशका जिल्लाहरूको भन्सार कार्यालय घेराउ र असोज २१–२६ गतेसम्म भन्सार विभागमा धर्ना कार्यक्रम गरिएको थियो ।

तर नेपाल सरकारले त्यो विभेदकारी एवं लुटकारी प्रावधान हटाउने तर्फ कूनै सुनवाई नगरेपछि बाध्य भएर पुनः थप संघर्षको कार्यक्रम अगाड़ी बढ़ाईएको आम सम्पर्क मञ्चले जनाएको छ । तस्कर संग आर्थिक लेनदेन गरेपछि लाखौं लाखको अबैध भारतीय सामान भित्रिँदा वास्ता नगर्ने प्रहरी कमिसनकै लागि सर्वसाधारण लाई दुःख दिनेगरेको मोर्चाको ठहर छ। सीमावर्ती क्षेत्रका मानिस आफ्नो घरायसी प्रयोगको लागि तथा आफ्नो खेती किसानमा प्रयोग गर्न भारतीय बजार बाट सामान ल्याउँदा प्रहरीले तस्करीको भन्दै नियन्त्रणमा लिएर भन्सार बुझाउने गर्दछन्।

अबैध भनेर समातेको सामानको कमिसन सुराकी तथा पुरस्कार भनेर राज्यले प्रहरी प्रशासन लाई दिनेगरेको ४५ प्रतिशत पाउनको लागि प्रहरीले सर्वसाधारणको सामान बलपूर्वक पक्राउ गरी भन्सार बुझाउनाले हजारौं मानिस कठीनाईमा पर्ने आमजनता पार्टीको निष्कर्ष रहेको छ।

भन्सार नियमावलीको परिच्छेद १० को दफा ४७, ४८, र ४९ मा गरिएको व्यवस्थानुसार कुनै चोरी निकासी वा पैठारीको माल समान पक्राउ गरी भन्सार कार्यालयमा बुझाउनेलाई ३० प्रतिशत र त्यसको सुराक दिनेलाई १५ प्रतिशत गरी कुल रकमको ४५ प्रतिशत रकम पुरस्कार स्वरूप व्यक्तिलाई दिने व्यवस्था छ। अर्थात् भन्सार छलीको माल सामानबाट प्राप्त रकमको झन्डै आधा (४५ प्रतिशत) पैसा व्यक्तिको निजी हुने व्यवस्था छ। सञ्जय मिश्रा

मेयर चौधरीले गरे बिद्यालय भवनको शिलान्यास

रौतहट २ पुस । गुजरा नगरपालिका–रौतहटको गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरीले एक समारोहका बिच बिद्यालय भवनको शिलान्यास गरेका छन्।
मेयर चौधरीले विधिवत रुपमा ब्रहमण द्वारा मन्त्रोच्चारण पश्चात गुजरा ९ स्थित श्री माध्यामिक विद्यालय सिमरा भवानीपुरको प्रशासनिक भवनको शिलान्यास गरेका हुन्।
निर्माण हुनलागेको बिद्यालय भवनको कूल बजेट ४ करोड रहेको छ। प्रशासनिक भवनको पहिलो वर्ष १ करोड २ लाखको लागत स्टिमेट रहेको तथा स्वीकृत रकम ६३ लाख ९७ हजार ४ सय ६६ रूपैयाँमा भवन निर्माण शुभारम्भ गरिएको मेयर चौधरीले बताएका छन्।
निर्माण हुने भवनमा लाईब्रेरी, फिजिक्स ल्याब, अकाउन्ट कोठा, परीक्षा कोठा लगायत रहने नगरपालिकाका ईन्जिनियर प्रविण साहले बताए।भवन निर्माणको टेण्डर चौधरी कस्ट्रक्सनले लिएको तथा पहिलो चरणको काम आगामी आर्थिक वर्षको पुस मसान्तसम्म पूरा गर्ने लक्ष्य राखिएको छ।