प्रधानमन्त्री ‘प्रचण्ड’ युगान्डा प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका छन् । उनी आज बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । 

सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन् ।

प्रधानमन्त्री दाहालले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनमा भोलि शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्री दाहाल गणतन्त्र युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछन् ।

शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री दाहालले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछ । यसअघि मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद यही माघ १ गते राति नै त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।

शिखर सम्मेलनले मन्त्रिस्तरिय बैठकको प्रतिवेदनमाथि विचार विमर्श गर्ने, सन् २०१९ मा भएको १८औँ शिखर सम्मेलनको नतिजा कार्यान्वयनमा हासिल भएको प्रगतिको समीक्षा गर्ने र कम्पाला घोषणापत्र पारित गरेर टुङ्गो लगाउने बताइएको छ ।

नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो र यसको स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो । प्रधानमन्त्री दाहाल भ्रमण सम्पन्न गरी यही माघ ७ गते बिहान काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ ।

यस्तो छ तपाईंको ४ माघ २०८०, बिहीबार आजको राशिफल

मेष : आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिक व्यक्तिबाट धोका पाइन सक्छ, सचेत रहनुहोला । मान्यजनको सुझाव अप्रिय पनि लाग्नेछ । परिवारको साथ मिल्नेछ ।

वृष : दिन सामान्य छ । हरेक क्षेत्रमा अप्ठेरो परिस्थिति छ । शिक्षाका क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । सामाजिक क्षेत्रमा विरोधका स्वर सुनिए पनि परिवारको साथ मिल्नेछ ।

मिथुन : समय राम्रो छ । लगानी गरेका हरेक क्षेत्रमा फाइदा हुनेछ । विद्या, बुद्धि र व्यापारमा फाइदा हुने योग छ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

कर्कट : दैनिकी सामान्य छ । झुटो आरोप लाग्न सक्छ । झुक्याउने धेरै भएकाले व्यवहार गर्दा सचेत हुनु आवश्यक छ । परिवारमा विश्वासको खडेरी लाग्नेछ । प्रेम सम्बन्ध असफल हुनसक्छ ।

सिंह : दिन राम्रो छ । श्रमको सबैले प्रशंसा गर्नेछन् । दिन रमाइलो बन्नेछ । हरेक क्षेत्र सबल भए पनि परिवारको विश्वास गुम्नसक्ने खतरा देखिन्छ । प्रेम सम्बन्धमा खटपटी हुनसक्छ ।

कन्या : दिन राम्रो छ । फरक प्रस्तुति आवश्यक देखिन्छ । सत्य कुरा बोल्न नसक्दा अरुले फाइदा लिनेछन् । परिवारको सहयोग हुने भएकाले दिन रमाइलो बन्नेछ ।

तुला : दैनिकी राम्रो छ । लगानीबाट राम्रो प्रतिफल मिल्ने योग रहेको छ । शिक्षा र स्वास्थ्यका क्षेत्रमा हौसला मिल्नेछ । पुराना साथीसँगको भेटले दिन रमाइलो बन्नेछ।

वृश्चिक : दैनिकी सामान्य छ । झुटा आरोप सुन्नुपर्ने योग रहेको छ । आफूभन्दा ठूलाको आज्ञा लिएर अगाडि बढ्नु राम्रो हुन्छ । परिवारको साथ र सहयोग मिल्नेछ ।

धनु : दिन सामान्य राम्रो छ । बसाइँसराइको पीडा भोग्नुपर्ने देखिन्छ । शिक्षामा गरेको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । परिवारमा खटपट हुने देखिन्छ।

मकर : दैनिकी सामान्य राम्रो छ । वादविवाद हुनेछ । आरोप लाग्नसक्छ । गणेशको स्मरण गरेमा मात्र काम सफल हुनेछ । परिवामा समस्या हुनसक्छ।

कुम्भ : दिन सामान्य छ। तनावमा समय जानेछ । तपाईंको राशिलाई शनिदेवको छाया रहेको छ । हनुमानको चिन्तन गर्नाले धेरै समस्या टरेर जानेछन्। परिवारको साथ र सहयोग मिल्नेछ।

मीन : दिन राम्रो छ। हरेक क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ । मन प्रशन्न हुनेछ । वैदेशिक क्षेत्रमा ठगी हुने भएकाले सचेत बन्नुपर्छ। परिवारको साथ र सहयोग राम्रो छ।

१५ लाख घुससहित बनेपाकाे वडाध्यक्ष अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख रुपैयाँ घुस रकमसहित एकजना वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ ।

घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि १५ लाख घुस लिइसकेको अवस्थामा काभ्रेको बनेपा नगरपालिका-९ का वडाध्यक्ष ४२ वर्षीय नृपेश बादेलाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नरहरिले जानकारी दिएको छ ।

उनलाई मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

वडाध्यक्ष बादेसँगै आएको बा ७ च १२९ न. को कार चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा न.७ मिलनटारका ३१ वर्षीय पदमबहादुर प्रधानलाई पनि गाडीसहित नियन्त्रणमा लिएको जनाइएको छ ।

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ।

बैठकमा २५ वटै केन्द्रीय विभागले आ-आफ्ना रिपोर्ट पेस गर्ने कार्यसूची छ । पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्य प्रगति विवरण लगायतका विषयमा छलफल गर्न रास्वपाको बैठक बस्न लागेको हो।

महामन्त्री मुकुल ढकालका अनुसार बैठकमा मुलुकका २१ ठुला विकास आयोजनामा पदयात्राका विषयमा पनि छलफल हुने र सो पदयात्रामा जाने नेताहरूको कार्य विभाजन पनि गरिने छ।

रास्वपाले २१ विकास आयोजनामा पदयात्रा गर्ने तयारी गरेको छ। सो विषयमा पनि आजको बैठकमा छलफल हुने नेताहरुले बताएका छन्।

आइभीएफ ईनभीट्रो फर्टीलाईजेशन प्रबिधिबाट महिलाले जन्माईन तिम्ल्याहा बच्चा

रौतहट ३ माघ। सूर्य अस्पताल बिरगंजमा आइभीएफ ईनभीट्रो फर्टीलाईजेशन प्रबिधिबाट उपचाररत एकजना महिलाले जन्माईन तिम्ल्याहा बच्चा जन्माएकी छिन्।

अस्पतालकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर मोनिका यादव सिंहले उक्त प्रविधिबाट उपचार गरेकी महिलाले दुईदिन अघी तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।

बिवाह पश्चात १५ वर्षदेखि निसन्तान रहेकी सर्लाहीको कविलासी नगरपालिका – ७ की ३५ वर्षीय महिलाले उपचार पश्चात् तिम्ल्याहा बच्चालाई जन्म दिएको अस्पतालका निर्देशक डाक्टर सरोज सिंहले जानकारी दिएका छन्।

तिम्ल्याहामध्ये दुई छोरी र एक छोरा रहेको डाक्टर सिंहले बताएका छन्। तिनैजना शिशु पूर्णस्वस्थ रहेको छ। थप सावधानीका लागि उनीहरूलाई एनआइसीयू वार्डमा बाल रोग विशेष डाक्टर कुश राज गिरीको प्रत्यक्ष निगरानीमा राखिएको छ।

‘एउटा शिशु साढे दुईकिलो, अन्य दुईजना डेढ(डेढ किलोको रहेको डाक्टर सिंहले बताएका छन् । अस्पताल निर्देशक डाक्टर सिंहका अनुसार आमाको स्वास्थ्य पनि राम्रो छ । शल्यक्रिया गरेर बच्चा जन्मिएको कारण उनलाई पनि चिकित्सकको निगरानीमा राखेर उपचार गरिँदै छ ।

मधेस प्रदेशमा एकमात्र आइभीएफ सेन्टरका रूपमा रहेको सूर्य अस्पतालमा यसअघि पनि आइभीएफ प्रविधिबाट उपचार गराएका दर्जनौं दम्पतीहरूले सन्तान प्राप्ति गरेका छन् । पछिल्लो एक वर्षदेखि अस्पतालमा उपलब्ध रहेको आइभीएफ विधिबाट उपचार गराएर हालसम्म ३५ दम्पतीले सन्तान प्राप्ति गरिसकेको डा. सरोजले दाबी गरेका छन्।

भारत बाट विशेष तालिम लिएकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मोनिका यादव सिंहले अस्पतालमा आइभीएफ विधिबाट उपचार गर्ने गरेकी छन् । आइभीएफका लागि आवश्यक पर्ने सम्पूर्ण उपकरणहरू अस्पतालमै उपलब्ध रहेका छन् भने उपचारका लागि छुट्टै विशेषज्ञ चिकित्सकहरूको टोली समेत रहेको छ । त्यस्तै आइभीएफ उपचार गर्नका निमित्त अस्पतालले नेपाल सरकारले सम्पूर्ण मापदण्ड समेत पूरा गरेको छ । हालसम्म मधेस प्रदेश मात्र नभएर अन्य प्रदेश र छिमेकी मुलुक भारतबाट समेत सेवाग्राहीहरूले आइभीएफ प्रविधिबाट उपचार गराएर सन्तान प्राप्ति गरेको डा। मोनिकाले बताइन ।

वीरगञ्जमै आइभीएफ सेवा उपलब्ध भएपछि स्थानीयहरूका साथै छिमेकी जिल्ला संगै सीमावर्ती भारतबाट समेत आउने सेवाग्राहीहरूलाई सहज भएको छ । तुलनात्मक रूपमा देशमा उपलब्ध रहेका अन्य आइभीएफ सेन्टरहरू भन्दा सस्तो दरमा उपचार भएकाले सेवाग्राहीहरु सेवा लिन आउने गरेका छन् ।

आइभीएफ विधिबाट जन्मिएको शिशु सामान्य अवस्थामा जन्मिने शिशु जस्तै स्वस्थ हुने र महिलाको स्वास्थ्यमा पनि कुनै असर नपार्ने डाक्टर मोनिकाको दाबी छ । ‘उनले भनिन आइभीएफ सम्बन्धी धेरै भ्रमहरू पनि छन् । जसलाई चिर्न आवश्यक छ । सामाजिक सञ्जाल र इन्टरनेटमा भनिए जस्तो आइभीएफ एकदमै जटिल र झन्झटिलो प्रक्रिया पनि होइन अन्य उपचार विधि जस्तै हो उनले स्पष्ट पारिन। निसन्तान दम्पतीका लागि आइभीएफ जस्तो सफल उपचार विधि अरू कुनै पनि छैन ।’अस्पतालमा आइभीएफ विधिबाट उपचार गराएको सम्पूर्ण दम्पतीले सन्तान प्राप्ति गरेको डा। मोनिकाले दाबी गरिन । हाम्रो सफलता दर पनि झन्डै १०० प्रतिशत पुगेको छ । यसलाई थप प्रभावकारी, परिष्कृत र सस्तो बनाउँदै जाने हामी प्रतिबद्ध छौँ डाक्टर मोनिका लाई उध्रीत गर्दै संजीव मिश्रले समाचार लेखेका छन्।

बारा संग जोडिएको साना नाकाबाट गाडीचल्ने, रौतहट बञ्चित

रौतहट ३ माघ। मधेश प्रदेश अन्तर्गत झण्डै एकवर्ष पछि बारा संग जोडिएको साना नाकाहरु बाट चार पांग्रे सवारी साधन चल्ने सहमती भएपनि रौतहट बञ्चित हुँदा स्थानिय लाई शास्ती हुने भएको छ।
कोरोना पछि मधेश प्रदेश संग जोडिएको सम्पूर्ण नाकाबाट सहजरुपमा गाडी आउजाउ गर्दै आएकोमा पाकिस्तानी महिला सीमा हैदर स्थलमार्ग हुँदै भारत गएदेखि देखि भारतीय सुरक्षाकर्मीले मधेश प्रदेश संग जोडिएको साना नाकाहरु बाट चारपांग्रे सवारी साधन आवात जावतमा रोक लगाएको थियो।
भारतको राजधानी दिल्ली स्थित चारदिनअघि भारतीय सुरक्षाकर्मी एसाएसबिको प्रधान कार्यालयको निर्णय अनुसार बारासंग जोडिएको तीनवटा साना नाकाबाट चारपांग्रे गाडी चल्ने अनुमती दिएको छ।
तर रौतहटको सदरमुकाम गौर बाहेक सीमा संग जोडिएको कुनै पनि सानानाका बाट गाडी आवत जावतको लागी हालसम्म अनुमती दिइएको छैन।
बाराको कचोर्वा हुँदै भारतको झरोखर -घोडासन, बाराको मटिअर्वा सन्तगन्ज,महुअवा कटगेनवा अदापुर नाका बाट गाडि आउने जाने अनुमति दिएको भारत बिहार मोतीहारी जिल्लाका एस्पी कान्तेश मिश्राले बताएका छन्।
एस्पी मिश्राले रौतहटको सानो नाकाबाट गाडी आवत जावत बारे हालसम्म निर्णय हुन नसकेपनि त्यसबारे छलफल भईरहेको जानकारी दिएका छन्।
रौतहटका सिडियो हिरालाल रेग्मीले रौतहटको साना नाकाबाट गाडी चल्ने निर्णय बारे आफूलाई जानकारी नभएको र यस बारे भारतीय समकक्षी संगको बैठकमा प्रस्ताव राखेर पहल गर्ने प्रतिवद्धता जनाएका छन्। नेपाल र भारत बीच सदियौं देखि रोटी बेटीको सम्बन्ध रहिआएको छ।
जिल्लाको सीमावर्ती बौधिमाई, ईशनाथ, राजपुर, परोहा, गौर, राजदेवी नगरपालिकाको हजारौँ परिवारको छोरा छोरीको वारिपारी बिहेवारी भएको छ।
रौतहट स्थित २८ किलोमिटर लामो भारतीय सिमाना संग जोडिएको नेपाली गाउँका प्रायः सबै मानिस भारतीय बजार माथिनै निर्भर रहेका छन्।
घरको लागि दैनिक उपभोग्य वस्तु, कपडा, देखि खेती किसानको लागि चाहिने बीउ, मलखाद लागायतका सामग्री भारतीय बजार बाट नै ल्याउने गर्दछन्।
जिल्ला सदरमुकाम गौर २०!३० किलोमिटर टाढा र सीमापारी भारतीय बजार कुण्डवा चैनपुर, घोडासहन ५ किलोमिटर भित्रै परेकाले पनि यहाँका मानिसको घर परिवारमा कसैलाई कुनै बिरामी हुँदा समेत उपचारको लागि भारतीय डाक्टर माथि निर्भर रहेका छन। वारिपारी बिच हजारौँ परिवारको सम्बन्ध भएकाले दैनिकजसो दर्जनौं छोरी बुहारी वारिपारी गर्नुपर्ने बाध्यता रहेको छ।
साना नाकाहरु बाट गाडी आउजाउ रोक लगाउँदा ३० किलोमीटर टाढा गौर हुँदै भारतीय क्षेत्रमा जानुपर्ने स्थानीयको वाध्यता बनेको छ। तथापि जिल्लाका नेतृत्व बर्गले यो समस्या बारे आवाज उठाउन जरुरी रहेको छ।

माग पुरागर्ने मेयरको प्रतिवद्धता पछि खुल्यो कटहरिया नगरपालिकाको ताला

रौतहट २ माघ। मेयर अजयप्रकाश जैसवालले सम्पूर्ण माग पूरा गर्ने प्रतिवद्धता जनाए पछि मंगलवार १० औं दिन कटहरिया नगरपालिकाको ताला खुला गरिएको छ।

मेयर जैसवाल माथि करोडौं भ्रष्टाचारको आरोप लगाउँदै गत पुस २३ गते कटहरिया नगरपालिकामा तालाबन्दी गरेर उपमेयर नेतृत्वमा जनप्रतिनिधिहरु खबरदारीमा बसेका थिए।

आन्दोलनरत जनप्रतिनिधि लाई अगाडी राखेर मेयर जैसवालले आगामी १६ गते हुने नगर कार्यपालिका बोर्डको बैठक बाट हर सम्भव माग पुरा गराउने प्रतिबद्धता जनाएका थिए।

उपमेयर रिता देवी यादव,वडा २ का अध्यक्ष भूपेन्द्र कुशवाहा,४ का अध्यक्ष चन्दन कुशवाहा,५ का अध्यक्ष सर्फलाल गुप्ता,७ का अध्यक्ष सहिद मियाँ, कांग्रेस नगर सभापती शम्भु यादव, कार्यपालिका सदस्य जामुन ठाकुर, पूर्व वडा अध्यक्ष उमेश यादव, बाल्मीकी यादव,वडा प्रत्याशी हरेन्द्र यादव लगायत दर्जनौ नेता कार्यकर्ता ८ बुन्दे माग सहित नगरपालिकामा तालाबन्दी गरेका थिए।

मेयर को सम्बोधन पछि उपमेयर रिता देवी यादव, वडा ४ का अध्यक्ष चन्दन कुशवाहा ,५ का अध्यक्ष सर्फलाल गुप्ताले जनताको हकहितमा गरिएको माग मेयर जैसवालले पूरा गर्नेमा विश्वस्त रहेको बताएका थिए। माग पुरा नभएमा अबको आन्दोलन थप कडा हुने उनीहरूले संयुक्त रूपमा चेतावनी दिएका थिए।

  • आन्दोलनरत पक्षको ८ बुन्दे माग

नगरक्षेत्र अन्तर्गत घरायसी प्रयोजनमा खर्च भएको विद्युत महशुल बापत प्राधिकरणको बक्यौता रकम सुनिश्चित गर्नुपर्ने, नगरपालिका मातहत तथा कार्यालयमा विगत देखि खट्दैआएको कर्मचारी, डोर, करार, सफाईकर्मी, सबैको बाँकी तलब भुक्तानी गरी कर्मचारी राख्ने न राख्ने बारे छलफल गर्नुपर्ने, कुनै पनि शीर्षकमा खर्च गर्नु अघि खर्चको प्रस्ताव माथि नगर कार्यपालिका बोर्डको बैठक बाट सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।

त्यस्तै बिगतमा नगरक्षेत्र भित्र हैन्डपाईप जडानमा छुट्याईएको रकमको लेखाजोखा बोर्डलाई जानकारी दिनुपर्ने, विधुत पोल खरिदको लागि छुट्याइएको १ करोड रुपैयाँ प्राधिकरण कार्यालयमा जमा गराई सम्झौता गर्नु पर्ने, आर्थिक बर्ष २०७९! ०८० मा केन्द्र, प्रदेश सरकार तथा अन्य निकाय संघ संस्था बाट आएको योजनाको प्रगती बिवरण सार्वजनिक गर्नुपर्ने र नगरपालिकामा कार्यरत स्थायी , करार, डोर,को संख्या, नाम ठेगाना सहित, उनीहरूको तलबमानको बिवरण, तथा भुक्तानी बारे लिखित जानकारी गराउन माग गरिएको छ।

  • तालाबन्दीको कारण

यस अघि गत १८ गते बसेको कार्यपालिका बोर्डको बैठकमा ८ बुन्दे माग बारे जानकारी माग्दा मेयर जैसवालले गत २३ गते सोमबार हुने कार्यपालिका बोर्डको बैठकमा सम्पूर्ण बिवरण पेस गर्ने बताएका थिए। २३ गते भनिएको बैठकमा सहभागी हुन आउँदा मेयर जैसवाल , प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर सिंह सहित अनुपस्थित रहेको र मेयरको मानिस हिँउदे अधिवेशनको लागि कार्यपालिका सदस्यहरुको घरघरमा निर्णय पुस्तिका लागेर हस्ताक्षर गराउन सुरुगरेकाले आफूहरु तालाबन्दी गर्न बाध्य भएको वडा ५ का अध्यक्ष सर्फलाल गुप्ताले बताएका थिए।

एकातर्फ बिभिन्न शीर्षकमा करोडौं रुपैयाँ निकासा गरेर अनियमितता गरेका मेयर अजयप्रकाश जैसवालले हिँउदे अधिवेशन सकेर पुनः रकम निकासा गराउने दाउमा देखिएकाले बाध्यभएर नगरपालिकामा तालाबन्दी गर्नुपरेको जनप्रतिनिधिहरुले बताएउँदै आएका छन्।

मासिक १० लाख भन्दा बढिको डिजल पेट्रोल खर्च, नगरको स्थायी कर्मचारीको मासिक करिब १० लाख तलब आउने स्थानमा करार देखाएर मासिक ३५ लाख तलबको नाउँमा मेयर जैसवालले लीनेगरेको उनीहरूले दाबी गरेका छन्। सञ्जय मिश्रा

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । आज नेपाली बजारमा सुन मूल्यकाे तोलामा दुई सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक लाख १९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज तोलामा दुई सयले बढेर एक लाख १९ हजार चार सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजाबी सुन भने तोलामा एक लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै, चाँदीको एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

एकै पटक बजेट राख्न सकिँदैनः अर्थमन्त्री महत

नुवाकोट । ‘अर्थमन्त्री डा. प्रकाशशरण महतले सडक निर्माणमा एकै पटक बजेट राख्न सकिँदैन । सोमबार नुवाकोटको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् ।  

देशमा आवश्यकता धेरै छन्, आम्दानी थोरै छ । अर्थमन्त्रीले देशैभरि हेर्नुपर्छ, मैले नुवाकोटलाई मात्र हेर्न मिल्दैन’ मन्त्री डा. महतले भने, नुवाकोटमा अझ धेरै बजेट राख्ने चाहना हुँदाहुँदै छुट्न गएको छ, ती आउँदा दिनमा समेटिने छन् ।’

मन्त्री डा. महतले भने, ‘शिवपुरी गाउँपालिका पहिला पिछडिएको थियो, विजुली र यातायातको सुविधा थिएन, धेरै उतारचढावपछि यो क्षेत्र रुपान्तरिक भएको छ । ०४६ सालपछि विकास गाउँ पस्यो । सडक, शिक्षा, स्वास्थ्य चौकी, खानेपानी र सिँचाई तथा नागरिक सशक्तिकरण प्रारम्भ भयो ।’ 

बाटोले विकासको धेरै ठूलो सम्भावना खुलेको अर्थमन्त्री डा. महतले बताए । उनले भने,  ‘मध्यपहाडी लोकमार्ग पहिला यहाँबाट लैजाने योजना थिएन । पाँचखालबाट काठमाडौं हुँदै झोरबाट छहरे झार्ने योजना थियो । काठमाडौंबाट पछाडि परेको शिवपुरीबाट बाटो जानुपर्छ भनेर मैले प्रस्ताव गरेको हुँ । अहिले लोकमार्ग बनेको छ । अब यो ठाउँको शुभदिन सुरु भएको छ । हामीले यसको भरपूर उपयोग गर्नुपर्छ ।’

उत्पादनको सम्भावनालाई प्रयोग गर्न अनुरोध गर्दै मन्त्री डा. महतले भने, ‘सरकारले उत्पादनमा अनुदान दिने नीति सरकारले बजेटमार्फत् ल्याएको छ । पहिलाजस्तो गैरकृषकले कागजमा देखाएर अनुदान लिने परम्परा अन्त्य भएको छ । अब कागजमा देखाएर हुँदैन, उत्पादन देखाउनुपर्छ । उत्पादन देखाउँदा अनुदान पाइछ । यसको उपयोग गर्न म अनुरोध गर्दछु ।’

अर्थमन्त्रीले बताए अनुसार नुवाकोट जिल्लामा बजेट राम्रोसँग परेको थिएन । डा. रामशरण महत अर्थमन्त्री भएका बेला पुल र बाटो निर्माणका धेरै योजना आएका थिए । त्यसपछि केही समय रोकिएको थियो । अहिले जगतेदेखि गोल्फु भञ्ज्याङसम्मको बाटोका लागि एक अर्ब २० करोड रुपैयाँको ठेक्का प्रकृया अघि बढिसकेको छ । ककनी जाने बाटोमा पनि एक अर्ब ३० करोड रुपैयाँको ठेक्का प्रकृया अगाडि बढिसकेको छ ।

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण अझै गोप्य

काठमाडौं ।राष्ट्रिय भावना मर्दै गएको छ। देशभक्ति खलबलिएको छ। अन्तर्राष्ट्रिय जगतसँग फाइट गर्नुपर्नेमा आफैआफैमा फाइट चलिरहेको छ।

जनतामा पुराना दलहरू प्रतिको आशा हराउँदै गएको ‘मौकामा चौका हान्न’ राजावादीहरूले झाल फ्याँकिरहेका छन्। २०५२ सालमा आफ्नै जनसरकार घोषणा गरेका सुप्रिमो कमान्डरले सरकारको कमान्ड सम्हाल्दाको बखत निराशा चुलिएको छ। विदेशी पर्यटक इतिहासकै धेरै, रेमिटेन्स इतिहासकै धेरै आएको तथ्याङ्कमा देखिएको छ। तर, व्यवहारमा ५० प्रतिशत सटर बन्द भएका छन्।

देशमा भन्दा विदेशमा भविष्य देख्ने जमात बढ्दै गएको छ। तमकझमक विदेशकै देखेका छन्। नेपालमा लाज मान्ने काम गर्न विदेश पुगेका छन्। कतिपय नेपाली शिक्षक विदेशका पेट्रोल पम्पमा काम गरिरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै आँखा देखेका छन्। राजनीतिक दलहरू सत्ता जोगाउने र भत्काउने खेलमा लागिरहँदा वाक्कदिक्क भएर विदेश पुगेकाहरूले सरकारलाई धारे हात लगाउन छाडेका छैनन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्कालगायत सरकारका २५ जना मन्त्रीहरूले दोस्रोपटक सम्पत्ति विवरण बुझाए पनि अझै गोप्य नै राख्दै आइरहेका छन्।

भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सार्वजनिक पदमा बहाल रहनेहरूले बहाल भएको ६० दिनभित्र र हरेक आर्थिक वर्ष सकिएको ६० दिनभित्र अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनु पर्ने प्रावधान छ।

सो प्रावधानअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरूले दुईपटक सम्पत्ति विवरण बुझाएका छन्। उनीहरूले दुइपटक बुझाएको सम्पत्ति विवरणको अवस्था भने थाहा हुन सकेको छैन। सम्भवतः सम्पत्ति बढेको हुनाले लुकाइएको हुन सक्ने दाबी स्रोतको छ।

प्रधानमन्त्री तथा मन्त्रीहरूको दोस्रोपटकको सम्पत्ति विवरण केही ढिलो गरी प्राप्त भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

लोकतान्त्रिक सरकारहरूले सुशासन र पारदर्शीतालाई हेक्का गर्दै सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा बसाल्दै आएका थिए । तर, प्रचण्ड नेतृत्वको वर्तमान सरकारले सो परम्परा तोडेको छ।

यद्यपि, यसअघिको शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि सम्पत्ति विवरण सार्वजनिक नगरी पुरानो परम्परालाई तोडेको थियो। त्यसअघि भने हरेकजसो सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरूले ढिलै भए पनि सम्पत्ति विवरण सार्वजनिक गर्दै आइरहेका थिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरूका अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरू सम्पत्ति विवरण सार्वजनिक गर्न अनिच्छुक भएकाले सम्पत्ति विवरण सार्वजनिक गर्न नसकिएको हो।

२०४६ सालको जनआन्दोलनको सफलतापछि २०४८ सालमा जननिर्वाचित प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाको शासनकालमा प्रधानमन्त्री र मन्त्रीहरूले नियुक्तिको १५ दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा बसाल्दै लोकतान्त्रिक सरकारले सुशासन र पारदर्शीतामा जोड दिनुपर्ने नीति लिएको थियो।

तर, त्यतिखेरको लोकतान्त्रिक सरकारले बसालेको प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परालाई संघीय लोकतान्त्रिक गणतान्त्रिक भनिएको वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले चुनौती दिँदै सम्पत्ति विवरण लुकाउने काम गरेको पाइएको छ। यसअघिको देउवा सरकारभन्दा अघिल्ला सबै सरकारले प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत गराएर सम्पत्ति विवरण सार्वजनिक गर्दै आइरहेका थिए।

तर, वर्तमान सरकार गठन भएको एक वर्ष बितिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक गर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा जान सकेको छैन। सो प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आफैंले तयार पार्नुपर्ने हुन्छ। तर, प्रधानमन्त्री नै सम्पत्ति विवरण सार्वजनिक गर्न अनिच्छुक देखिएपछि प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले त्यस सम्बन्धमा खासै गृहकार्य गर्न नसकेको कार्यालयका एक सहसचिवले बताए।

मुख्य सचिव बैकुण्ठ अर्यालले पनि यस सम्बन्धमा खासै पहलकदमी लिन नसकेको ती सहसचिवको भनाइ छ। यद्यपि, मुख्य सचिव अर्यालले केही समयअघि सो प्रस्ताव ल्याउने सम्बन्धमा पहल थाले पनि प्रधानमन्त्रीले चासो नदिएपछि मुख्य सचिव पनि ब्याक भएको बताइएको छ। पुरानो सम्पत्ति विवरण सार्वजनिक हुन नसकेको र नयाँ सम्पत्ति विवरण पनि गोप्य नै राखिएकाले वर्तमान सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण बढेको हुन सक्ने अनुमान गरिएको छ।

लगातार सम्पत्ति विवरण लुकाइएकाले कुन मन्त्रीको सम्पत्ति के कति बढ्यो भन्ने बारेमा भने विश्लेषण गर्न नसकिने देखिएको छ। सुशासनका विज्ञहरूले प्रधानमन्त्री तथा मन्त्रीहरूले सम्पत्ति विवरण गोप्य राख्नुले उनीहरू भ्रष्टाचारमा लिप्त भएको अनुमान गर्न सकिने बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सम्पत्ति विवरण गोप्य राख्नेहरूमा प्रधानमन्त्री प्रचण्ड उपप्रधानमन्त्रीद्वय श्रेष्ठ र खड्कासहित कृषि तथा पशुपंक्षी मन्त्री बेदुराम भुसाल, कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, अर्थ मन्त्री प्रकाशशरण महत, खानेपानी मन्त्री महिन्द्र राय यादव रहेका छन्।

यस्तै, सम्पत्ति विरण गोप्य राख्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, सहरी विकास मन्त्री सिता गुरुङ, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य, वन तथा वातावरण मन्त्री विरेन्द्रप्रसाद महतो र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी रहेका छन्।

यसै गरी ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीलगायतले पनि सम्पत्ति विवरण गोप्य राखेका छन्।

यसै गरी राज्यमन्त्रीहरू सुनीतादेवी श्रीपाली, नन्दा चपाईं र प्रमिला कुमारीको पनि सम्पत्ति विवरण गोप्य नै राखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

सिन्धु विकास बैंकले लाभांश वितरण नगर्ने

काठमाडौँ। सिन्धु विकास बैंकले लाभांश वितरण नगर्ने धाेसना गरेकाे छ । बैंकले आ.व. २०७९–८० को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको पुस २९ गते सम्पन्न संचालक समितिको बैठकले आ.व. २०७९–८० मा लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।

बैठकले २०८० –३–३१ को वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

पेट्रोल र डिजेलको मूल्य घट्यो, प्रतिलिटर कति

काठमाडौँ । आजदेखि नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रूपैयाँले घटाएको छ ।

इन्डियन आयल कर्पोरेसन (आईओसीं) बाट पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ २६ पैसा र डिजेल लिटरमा ८३ पैसा घटेर आए पछि मूल्य घटाएको निगमले जनाएको छ।

निगमका अनुसार काठमाडौँमा पेट्रोलको मूल्य लिटरको १ सय ६६ रुपैयाँ र डिजेलको मूल्य लिटरको १ सय ५६ रुपैयाँ कायम भएको छ। घटेको मूल्य सोमबार राती ११ बजेबाट लागू हुने निगमले जनाएको छ।

यस्तो छ तपाईंको २ माघ २०८०, मंगलवार आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज यात्रामा बिध्नबाधा आइलाग्नसक्छ । खानामा गडबडी हुन सक्छ, अत: आफ्नो आहार विहार प्रति विशेष ध्यान दिन आवश्यक छ।

बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। रमणीय, सुखद् र धार्मिक यात्राको योग छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्ला। परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा पनि सफलता मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । एकोहोरो माया प्रेमले सताउनेछ । आर्थिक कारोबारमा विवाद पनि आउला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । रमणीय र सुखद् यात्राको योग पनि छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ । चोटपटकको भय छ सचेत रहनुहोला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला। रमाइलो यात्राको योग रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अधुरा र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ।

वर्तमान सरकार असफल भइसक्यो : महासचिव पोखरेल

काठमाडौं, ।नेकपा एमाले महासचिव शंकर पोखरेलले सरकार सबै क्षेत्रमा असफल भइसकेको कारण अहिले व्यवस्था विरुद्ध असन्तुष्टि पैदा भएको बताएका छन् । 

पोखरेलले वर्तमान सरकार असफल र असक्षम प्रमाणित भएको टिप्पणी गरेका छन् । आज (सोमबार) प्रेस चौतारी नेपाल बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकार असफल भएको र नेपाली जनताले घोषणा गर्नमात्रै बाँकी रहेको बताएका हुन् ।

‘यो सरकार असफल र असक्षम प्रमाणित भइसकेको छ । सरकारले कुनै पनि क्षेत्रमा राम्रो काम गर्न सकेकाे छैन उनले भने ।

महासचिव पोखरेलले सरकारकै असक्षमताका कारण अतिवादीहरुले टाउको उठाउने अवसर पाएको बताए । उनले सरकारको असक्षमताको कारण विदेशीहरले नेपाललाई क्रिडास्थलको रुपमा प्रयोग गर्न खोजेको समेत आरोप लगाए ।

चौधरीलाई घुस मुद्दामा सफाइ,  अकुत सम्पत्ति आर्जनमा दोषी ठहर

डिभिजन सडक कार्यालय विराटनगरका तत्कालीन प्रमुख तथा सिडिई जितेन्द्रकुमार चौधरी गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले उनलाई घुस लिएको मुद्दामा भने सफाइ दिएको छ।

विशेष अदालतले आइतबार उनीविरुद्धका दुईवटा मुद्दाको फैसला गर्दै घुस लिएको आरोपमा सफाइ दिएको छ भने अकुत सम्पत्ति आर्जनमा दोषी ठहर्‍याएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ सालमा जितेन्द्रविरुद्ध मुद्दा दायर गरेको थियो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित रामबहादुर थापा र रितेन्द्र थापको इजलासले चौधरीलाई गैरकानूनी सम्पत्ति आर्जनमा मात्र दोषी ठहर गरेको अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । 

प्रवक्ता कार्कीका अनुसार चौधरीले २ करोड ४४ लाख ९३ हजार ७ सय ६५ रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको ठहर भएको छ । चौधरीले श्रीमती र छोराका नाममा सम्पत्ति जोडेको भन्दै जफत प्रयोजनका लागि उनीहरूलाई पनि प्रतिवादी बनाएर अभियोग पत्र दायर गरिएको थियो ।

स्रोत नखुलेको सम्पत्ति जफत हुने छ । चौधरीलाई हुने सजाय निर्धारणका लागि माघ १५ गतेलाई पेशी तोकिएको छ ।