गठबन्धन जनमत र कर्मबाट असफल भए: एमाले महासचिव पोख्रेल

पोख्रेलले एमालेको जिल्ला प्रशिक्षणलाई सम्बोधन गर्दै सरकारले मुलुकलाई अराजकतातर्फ लगेको बताउँदै गठबन्धन जनमत र कर्मबाट असफल भएको बताए । सरकारले मान्छेलाई गोली ठोक्ने र घटना सामान्यीकरण गर्न विभिन्न प्रलोभन बाँड्ने काम भएको पूर्वमुख्यमन्त्रीसमेत रहेका पोख्रेलले बताए ।

नेकपा एमालेका महासचिव शंकर पोख्रेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छेपारोको संज्ञा दिँदै रंग बदल्न मौसम नचाइने बताए । उनले छेपारोलाई बरु रंग बदल्न मौसम चाहिने भए पनि प्रचण्डलाई नेपाली राजनीतिमा रंग बदल्न मौसम नचाहिने बताए ।

एमालेले निर्वाचनपछि नै जनादेश जनताका लागि भएन भनेर बताएकाले अहिले परिणाममा देख्दै आएको पोख्रेलले बताए । उनले सरकारका गतिविधिका कारण देशमा राजनीतिक अस्थितरता र निराशासहितको अराजकता कायम रहेको बताए । राज्य र जनताको बीचमा समन्वय आवश्यक भएकाले अहिलेको गठबन्धन सरकारबाट कल्पना पनि गर्न नसकिने पोख्रेलले बताए ।

एमालेले निर्वाचनपछि नेपाली राजनीतिक इतिहासमा मिसनग्रास रुट अभियानमार्फत बस्तीस्तरमा पुगेर सबैभन्दा  बढी आठ सय ५० रिपोर्ट बनाएर पार्टीको  केन्द्रीय कार्ययोजना बनाएको पोख्रेलले बताए । त्यस्तै, केही समयअघि सम्पन्न गरिएको समृद्धिको संकल्प यात्राले नेपाली राजनीति र मुलुकलाई पश्चगमनतर्फ मोड्न खोज्ने प्रवृत्तिलाई ब्रेक लगाएको पोख्रेलले दाबी गरे ।

रन लिने क्रममा पिचमा नै ब्याट्सम्यानको मृत्यु


नोएडा । भारतको नोएडामा भएको क्रिकेट खेलमा पिचमा नै एक ३४ वर्षीय ब्याट्सम्यानलाई हृदयघात भएको थियो । अन्य ब्याट्सम्यान र फिल्डिङ टिमका खेलाडीले उनलाई तत्काल सीपीआर दिन थाले पनि खेलाडीको घटनास्थलमै मृत्यु भयो ।
मृतक ३४ वर्षीय विकास नेगी एक इन्जिनियर थिए जो नोएडामा कर्पोरेट लिग खेल्दै थिए। नोएडामा कर्पोरेट लिगको दौरान माभेरिक्स ११ र ब्लेजिङ बुल्सबिचको खेल चलिरहेको थियो । माभेरिक्सको टोली ब्याटिङ गरिरहेको थियो ।
उमेश कुमार र विकास पिचमा थिए। १४ औं ओभर चलिरहेको थियो । उमेशले चौका प्रहार गरे । विकास नन(स्ट्राइकर एन्डबाट बधाई दिन स्ट्राइकरको छेउमा गए। उमेश कहाँ पुग्नुअघि नै विकास पिचमा ढलिसकेका थिए ।
यो देखेर दुवै टोलीका खेलाडी पिचमा दौडिए । कतिपय खेलाडीले विकासलाई बचाउनको लागि सीपीआर दिए । उनको स्वास्थ्यमा सुधार नभएपछि उनलाई नोएडाको नजिकको अस्पतालमा लगिएको थियो । तर त्यतिन्जेल धेरै ढिलो भइसकेको थियो, अस्पताल पुग्नेबित्तिकै विकासलाई मृत घोषित गरिएको थियो।
हृदयघात हुनुअघि विकास आफ्नो टोलीका लागि ७ रन बनाएर ब्याटिङ गरिरहेका थिए । उनले ६ बल खेलेका थिए, तब उनको टोलीको स्कोर १३.५ ओभरमा ५ विकेट गुमाएर १४३ रन थियो ।
उक्त खेल युट्युबबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । पहिले ब्याटिङ गरेको ब्लेजिङ बुल्सले १९.२ ओभरमा ९ विकेट गुमाएर १८३ रन बनाएको थियो ।
दुई टोलीबीचको खेल एसएण्डबी इन्डिया वार्षिक क्रिकेट प्रतियोगितामा भइरहेको थियो । घटनापछि प्रतियोगिता रोकिएको थियो ।

उदयपुरमा २० वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, ३ जना पक्राउ


कटारी– उदयपुरमा २० वर्षीया किशोरीमाथि जबरजस्ती करणी बलात्कारको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुले किशोरीमाथि सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ८ हिलेखोला बस्ने ३० वर्षीय गणेश राई, २७ वर्षीय उमेश मगर र २७ वर्षीय खडग मगर रहेका छन्।
उनीहरूले ती किशोरीलाई ललाइ फकाइ सोही ठाउँस्थित जंगलमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। पीडित किशोरीका पक्षबाट उजुरी परेपछि इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले घटनाका सन्दर्भमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

माछापुच्छ्रे बैंकको संस्थापक सुरेन्द्र महतो सेयर बेचेर बाहिरिँदै


काठमाडौं । माछापुच्छ्रे बैंकका संस्थापक सेयरधनी सुरेन्द्र महतो सेयर बेचेर बाहिरिने भएका छन् । उनको नाममा रहेको कुल १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा ल्याइएको छ । महतो परिवारले नै बैंकको सबैभन्दा धेरै सेयर होल्ड गर्दै आएको थियो ।
बैंकमा अहिले पनि उपेन्द्र महतोले ९३ लाख ७१ हजार ८८० र विरेन्द्र महतोले ६ लाख १७ हजार २४९ कित्ता सेयर होल्ड गरेका छन् । उपेन्द्रले मंसिर ७ गते मात्रै सञ्चालक समितिको अध्यक्ष पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि रोशन केसी अध्यक्ष छन् ।
सुरेन्द्रले बिक्री गर्ने सेयरका लागि गोप्य शिलबन्दीमार्फत खरिद गर्न इच्छुक लगानीकर्ताबाट आवेदन माग गरिएको छ । सार्वजनिक सूचनामार्फत न्यूनतम मूल्य प्रतिकित्ता ११५ रुपैयाँ कायम राख्दै इच्छुक लगानीकर्ता व्यक्ति तथा संघसंस्थाबाट गोप्य शिलबन्दी बोलपत्र माग गरिएको हो ।
माघ २ गते कार्यालय समयभित्र सुन्धारास्थित माछापुच्छ्रे क्यापिटलमा पुग्नेगरी आवेदन दिन सकिनेछ । सेयर खरिदका लागि न्यूनतम १० लाख कित्ताका लागि आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ११ जना घाइते

तनहुँ । तनहुँमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । तनहुँको भिमाद नगरपालिका–५ सुनाकोटस्थित बारलथुम्कीको घुम्टीमा भएको जिप दुर्घटनामा दुइ जनाको मृत्यु भएको छ। पोखराबाट पाल्पाको रामपुर जॉदै गरेको यात्रुवाहक जिप आज दुर्घटना हुँदा घाइते एकको मृत्यु भएको हो।

दुर्घटनामा परी चालकसहित ११ यात्रु घाइते भएका छन् । घाइतेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिए।

मृतकको पहिचान खुल्न बाँकी छ। ग१ज ६३५६ नंको जिप घुम्ती सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो। जिपमा सवार चालकसहित १२ जनाको उद्धार गरेर जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ल्याइएको हो।

थप उपचारका लागि तीन जनालाई पोखरा पठाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

केएमसी र आन्दोलनरत विद्यार्थीबीच सहमति, डा. विशद दाहालको निलम्बन फिर्ता


काठमाडौं। डाक्टर दाहालमाथि केएमसीको प्रतिशोध आवासीय चिकित्सक विशद दाहालमाथि नियमविपरित लगाएको निलम्बन फिर्ता लिन केएमसी अस्पताल सहमत भएको छ।

बुधबार बिहान आन्दोलनरत आवासीय चिकित्सकको टोलीसँगको वार्तापछि अस्पताल प्रशासन निलम्बन फिर्ता लिन सहमत भएको डा. दाहालले सम्पत्ती न्युजलाई जानकारी दिए।

काठमाडौं विश्वविद्यालयको रोहबरमा छलफल गर्‍यौं। अस्पताल प्रशासन निलम्बन फिर्ता लिन तयार भएको छ, हस्ताक्षर गर्न बाँकी छ, दाहालले भने।

मंगलबार शिक्षा मन्त्रालयले दाहालमाथिको निलम्बन तत्काल फिर्ता गर्न काठमाडौं विश्वविद्यालयमार्फत केएमसीलाई निर्देशन दिएपछि आज बालकुमारीस्थित केयूको कार्यालयमा छलफल भएको थियो।

छलफलमा आन्दोलनरत आवासीय चिकित्सकको टोली र अस्पतालबीच निलम्बन फिर्ता लिने, कार्यविधि बनेपछि मात्र हेल्थ क्याम्प सञ्चालन गर्ने र त्यतिञ्जेललाई न्यून संख्यामा मात्र आवासीय चिकित्सकलाई क्याम्पमा खटाउने सहमति भएको छ।

डा. दाहाल दुई सातादेखि अस्पतालले कानुनविपरीत आफूलाई निलम्बन गरेको भन्दै आन्दोलनरत थिए। आफूले पाठ्यक्रममै नभएको हेल्थ क्याम्पमा अस्पतालले मनोमानी ढंगबाट आवासीय चिकित्सकलाई प्रयोग गरेको विषय उठाउँदा अस्पतालले प्रतिशोध साध्न गैरकानुनी रूपले निलम्बन गरेको दाहालको भनाइ थियो।
अब भने हेल्थ क्याम्पको कार्यविधि बनेपछि मात्र अस्पतालले आवासीय चिकित्सकलाई क्याम्पमा खटाउन पाउने सहमति भएको दाहालले जनाए। त्यसका लागि एक महिनाभित्र कार्यविधि तयार पार्न काठमाडौं विश्वविद्यालयका डिन मनोज हुमागाईंले जिम्मा लिएको उनले बताए।

दलीय सिन्डिकेटको कारण लोकतन्त्र खतरामा: प्रभु साहको टिप्पणी

रौतहट २५ पुस। पूर्व मन्त्री तथा आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले दलीय सिन्डिकेटका कारण लोकतन्त्र नै खतरामा परेको टिप्पणी गरेका छन् ।
काठमाडौं सिंहदरबार स्थित आमजनता पार्टीको संसदीय दलको कार्यालयमा मंगलवार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले प्रमुख दलहरुको सिन्डिकेटका कारण लोकतन्त्र खतरामा परेको टिप्पणी गरेका हुन्।
‘दलीय सिन्डिकेटका कारण लोकतन्त्र नै खतरामा परेको छ उनले भने प्रमुख दलका शीर्ष नेताहरुको अहिले मनोमानी चलिरहेको छ । केही मुठिभर नेताका कारण अहिले दलतन्त्र हावी भएको छ’ पूर्व मन्त्री साहले भने, ‘अहिलेको व्यवस्था असफल भईसकेको छ । अब राष्ट्रपतिय व्यवस्थामा जानुको बिकल्प छैन।’
समृद्धि, सुशासन तथा राजनीतिक स्थायित्वका लागि अहिलेको व्यवस्था फालेर राष्ट्रपतिय व्यवस्थामा जानुपर्ने उनले बताए । केही दलका केही मुठिभर नेताका कारण दलीय तन्त्र हावी भएको बताउँदै उनले समृद्धि, सुशासन तथा राजनीतिक स्थायित्वका लागि अहिलकै व्यवस्थाबाट प्राप्त गर्न असम्भव रहेकाले व्यवस्था परिवर्तन गर्न आवश्यक रहेको बताए ।
सोही अवसरमा बिभिन्न पार्टी परित्याग गरी नेताहरु आजपामा प्रवेश गरेका छन् । एमाले काठमाडौंका नेतृ सविना बुढाथोकी, संयुक्त राष्ट्रवादी समाजवादीका पूर्वउपाध्यक्ष एवं धादिङ्ग एमालेका नेतृ देवी पण्डित, संयुक्त राष्ट्रवादी समाजवादीका सचिव किसन प्रसाद अधिकारी, केन्द्रीय नेता मोहन बास्तोला लगायतका अगुवा नेताहरु आजपामा प्रवेश गरेको प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।
नवप्रवेशीलाई पार्टी अध्यक्ष साहले पार्टीमा स्वागत गर्दै बधाई तथा थप उज्जवल राजनीतिक भविष्यको कामना सहित शुभकामना दिएका छन् । पछिल्लो समय बिभिन्न पार्टी परित्याग गरी आजपामा प्रवेश गर्नेका लहर चलेको आजपा केन्द्रीय सदस्य एवं कार्यालय सचिव बालकृष्ण सापकोटाले जनाएका छन् ।

न्युयोर्क टाइम्सको पर्यटन गन्तव्य सूचीमा पर्‍यो मुस्ताङ


काठमाडौं।प्रशिद्ध अन्तर्राष्ट्रिय मिडिया न्युयोर्क टाइम्सले सन् २०२४ मा घुम्नुपर्ने विश्वका ५२ गन्तव्यको सूचीमा नेपालको मुस्ताङलाई पनि समावेश गरेको छ। न्युयोर्क टाइम्सले सार्वजनिक गरेको सूचीमा मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्वको संक्षिप्त वर्णन गर्दै ३७औं नम्बरमा राखिएको छ।
मुस्ताङ धवलागिरि र निलगिरि दुई अग्ला हिमशिखरको बीचमा अवस्थित छ। तीन हजार वर्षभन्दा अगाडिको उत्खनन् अनुसार यहाँ नेपाल र तिब्बतबीचको व्यापारिक मुख्य नाका थियो। लोमान्थाङ दरबार, मुक्तिनाथ, टुकुचे निलगिरी हिमाल, धवलागिरि हिमाल, तिलिचो पिक, याककावा पिक, टुकुचे धम्पुस पिकलगायत मुस्ताङका प्रमुख पर्यटकीय स्थल हुन्।
यसैगरी धार्मिक हिसाबले पनि यो जिल्लाको महत्त्व छ। मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड, कागबेनी, शिवालय मन्दिर ९पुथाङ०, गणेश मन्दिर जोमसोम टुकुचे गोम्पा कोबाङ, टुकुचे गोम्पसम्प, टुकुचे मकल् गोम्पा, टुकुचे रानी गोम्पा, मार्फा गोम्पा रहेका छन्।
सदरमुकाम जोमसोमदेखि उत्तरतर्फ भोटे गुरुङ, विष्ट र ठकुरी जातीको बाहुल्य छ भने दक्षिणतर्फ थकालीसहित अन्य जातीको बसोबास छ।

जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएको पाँच दिनमै राई पक्राउ


काठमाडौं ।जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन्।
खोटाङ हलेसी तुवाचुङ नगरपालिका ७ ठेगाना भएका १९ वर्षीय किरण राई रेड नोटिस जारी भएको ५ दिनमै पक्राउ परेका हुन्।
एनसीबी दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाहीका लागि बुधबार नेपाल फिर्ता ल्याइएको हो।
राईविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुल्न आएको थियो।
अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेशनल सेन्ट्रल व्यूरो ९एनसीबी० काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट यही पुस २० गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन्।
खोटाङ हलेसी तुवाचुङ नगरपालिका ७ ठेगाना भएका १९ वर्षीय किरण राई रेड नोटिस जारी भएको ५ दिनमै पक्राउ परेका हुन्।
एनसीबी दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाहीका लागि बुधबार नेपाल फिर्ता ल्याइएको हो।
राईविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुल्न आएको थियो।
अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेशनल सेन्ट्रल व्यूरो एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट यही पुस २० गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

काठमाडौंबाट धनगढी उडेको श्री र बुद्ध एयरको विमान सुर्खेतमा अवतरण


धनगढी । प्रतिकुल मौसमका कारण धनगढी विमानस्थलको हवाइ सेवा प्रभावित भएको छ ।
बाक्लो हुस्सुका कारण भिजिविलिटी कम भएपछि बुधबार बिहान काठमाडौंबाट उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज अवतरण गर्न नसकेपछि डाइभर्ट भएको छ ।
दुवै विमान सुर्खेत विमानस्थलमा अवतरण गरेका छन् । श्री एयरलाइन्सका धनगढी प्रमुख गजेन्द्रबहादुर शाहीले बिहान ९ बजेर ३९ मिनेटमा उडेको जहाजले धनगढीको आकाशमा ४५ मिनेट फन्को हानेको बताए तर मौसम नखुलेपछि सुर्खेत विमानस्थलमा अवतरण गरिएको बताउँदै उनले मौसम खुलेपछि मात्र त्यहाँबाट उड्ने बताए ।
बुद्ध एयर धनगढीका प्रमुख बुद्धराम माझीले पनि प्रतिकुल मौसमका कारण विमान अवतरण हुन नसकेपछि फर्किएको बताए । उनका अनुसार बिहान ९ बजेर ४० मिनेटमा काठमाडौंबाट उडेको जहाज कर्णालीको आकाशबाटै फर्किएर सुर्खेत विमानस्थलतर्फ गएको थियो । सुर्खेत विमानस्थलमा अवतरण गरेको विमान मौसम खुलेपछि मात्र धनगढीका लागि उड्ने बुद्ध एयरले जनाएको छ
धनगढी विमानस्थल कार्यालयका अनुसार बिहान मौसम खुलेका कारण काठमाडौंबाट दुवै एयरलाइन्सका विमान उडेका थिए तर एकाएक बाक्लो हुस्सु लागेपछि विमान अवतरण गर्न नसकेपछि फर्किएका हुन् ।

कोरोनाको नयाँ भेरियन्टबाट नआत्तिन स्वास्थ्य मन्त्रालयले गर्यो आग्रह


काठमाडौँ । नेपालमा पनि कोरोनाको नयाँ सब भेरियन्ट जेएन.१ भेटिएको हुँदा यसबाट आत्तिनुपर्ने अवस्था नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नयाँ सब भेरियन्ट देखिएसँगै यसको जोखिमबारे सर्वसाधारणको चिन्ता बढेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने सिकिस्त नबनाउने र मृत्यु दर कम भएकाले नआत्तिन आग्रह गरेको हो ।
महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले जेएन.१ नयाँ भाइरस नभएको र मृत्यु गराउने दर पनि कम देखिएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताए ।
नेपालमा पहिलोपटक सात जनामा जेएन.१ संक्रमण देखिएको छ । जेएन.१ बढी संक्रामक भएकाले संक्रमितको संख्या भने बढ्न सक्ने मन्त्रालयले जनाएको छ । जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।
भारतसँगै एसियाका विभिन्न मुलुकहरूमा यो भाइरस फैलिइरहेको छ । कोरोनाको नयाँ भेरियन्टबाट नआत्तिन स्वास्थ्य मन्त्रालयको आग्रह गरेको हो ।

काठमाडौं महानगरका जनप्रतिनिधि मेयर – उपमेयरसँग रुष्ट, नगर सभा नै भयो स्थगित

काठमाडौं महानगरपालिकाको १४औं नगरसभा निर्धारित मितिमा नहुने निश्चित भएको छ ।
कार्यपालिका बैठकको निर्णय अनुसार आजदेखि काठमाडौं महानगरपालिकाको १४औं नगरसभा बैठक सुरु हुनु पर्ने हो । तर, अन्तिम समयमा आएर बैठक स्थगन भएको छ ।
बैठक निर्धारित समयमा नहुने भएपछि २३औं कार्यपालिका बैठकले नगरसभा छलफलका लागि लैजाने भनेको ‘जनप्रतिनिधिको सुविधासम्बन्धी ऐन २०७९ को संशोधन प्रस्तावसमेत अनिश्चित बनेको छ ।
कार्यपालिकामा बहुमत रहेका नेपाली कांग्रेसका जनप्रतिनिधिका कारण निर्धारित मितिमा हुनुपर्ने नगरसभाको बैठक आज नहुने निश्चित भएको महानगर स्रोतले जानकारी दिएको छ ।
तीन जना कर्मचारीले अनियमितता गरेको भन्दै मेयर बालेन्द्र शाहले निलम्बन गरेर छानबिन समिति बनाएपछि कांग्रेस निकटका जनप्रतिनिधि रुष्ट बन्दै आएका छन् ।
कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै केही समय अघि महानगरका तीन कर्मचारी निलम्बनमा परेका थिए । त्यसरी निलम्बनमा पर्ने कर्मचारीमा मेयर साहका सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारी रहेका छन् ।

त्यस्तो अनियमितता फेला परेपछि महानगरले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएको छ भने निलम्बनमा परेका तीन कर्मचारीका बारेमा छानबिन गर्न महानगरको योजना आयोगका उपाध्यक्ष सुमनराज भण्डारीको अध्यक्षतामा कानुनी सल्लाहकार ओमप्रकाश अर्याल र प्रशासन शाखाका अधिकृत प्रवीण प्याकुरेल सदस्य रहेको समिति बनेको छ ।
समितिको रिपोर्ट कहिले आउने हो अझै निश्चित छैन । यता कांग्रेस निकट जनप्रतिनिधिले भने कर्मचारीको निलम्बन फिर्ता लिन भित्रि रुपमा दबाब दिने उदेश्यले बैठकहरुमै उपस्थित नहुने, भित्रिरुपमा अवरोध गर्ने जस्ता कार्य गर्न थालेका छन् ।
पछिल्लो समय मुख्य गरेर महानगरका प्रवक्ता एवं वडा नम्बर १७ का अध्यक्ष नवीनराज मानन्धरको अगुवाइमा कांग्रेसका अन्य जनप्रतिनिधिलाई पनि उकास्ने र बैठक बहिस्कार गर्ने रणनीति अघि बढाएको महानगरपालिका स्रोतले जानकारी दिएको छ ।
उपमेयर सुनिता डंगोल संयोजक रहेको १३ सदस्यीय बजेट तर्जुमा समितिमा कांग्रेसका बहुमत सदस्य रहेका छन् । समितिमा कांग्रेसका ८ नेकपा समाजवादीका १ र बाँकी एमालेका सदस्य रहेका छन् ।
उपमेयर डंगोलले दुई पटक समितिको बैठक राखे पनि एउटा बैठकमा वडा नम्बर ११ का अध्यक्ष हिरालाल तण्डुकार उपस्थित भए पनि अर्को बैठकमा भने कांग्रेसका कोही पनि उपस्थित भएनन् ।
तण्डुकार कांग्रेसका तर्फबाट विजयी अध्यक्ष हुन् । बैठकमा कांग्रेस बाहेकका सदस्य उपस्थित थिए । तर, बहुमत सदस्य उपस्थित नभएपछि त्यहाँ अनौपचारिक छलफल मात्रै भएको र निर्णय केही पनि गर्न नसिएको स्रोतले जानकारी दिएको छ ।
३२ वटा मध्य कांग्रेसले १९, एमालेले १२ र समाजवादीले १ वटा जितेको छ । वडा–१६ का अध्यक्ष मुकुन्द रिजालको देहावसानपछि अहिले कांग्रेसका १८ वडाध्यक्ष रहेका छन् । कार्यपालिकामा समेत कांग्रेसकै बहुमत रहेकाले उनीहरु उपस्थित नभएको अवस्थामा वा निर्णय प्रक्रियामा सहभागी नभएको खण्डमा कुनै पनि निर्णय बहुमतबाट पारित गर्न सकिंदैन ।
८ नम्बर वडाध्यक्ष आसमान सङ्गतले औपचारिक जानकारी बिना नगरसभा स्थगित भएको बताए । ‘आजदेखि नगरसभा बस्ने औपचारिक जानकारी थियो, स्थगितको हल्ला आएको छ । अब स्थगित त होला नि’ उनले भने ।सङ्गतले कांग्रेस निटक जनप्रतिनिधिको बहिष्कार भन्ने विषयमा अनावश्यक हल्ला चलाएको बताए । ‘हामीले बहिष्कार गर्नुपर्ने कारण नै छैन, गलत गरेकोलाई त कारबाही गर्नै पर्‍यो । अब स्थगित भएपछि यस्तो कुरा आएको होला,’ उनले भने ।

महानगरका औषधि पसलको अनुगमन सुरु, नक्साल फार्मेसीलाई सुधारका लागि ७ दिनको समय


काठमाडौं । औषधि पसलहरुलाई मापदण्ड बमोजिम सञ्चालन गराउन काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले अनगुमनलाई निरन्तरता दिएको छ
बुधबार वडा नं। १ नक्साल क्षेत्रमा गरिएको अनुगमनका क्रममा यसअघि सुधारका लागि समय दिइएको एउटा पसलमा औषधि बेच्न छोडिएको, त्यसलाई किराना पसलमा रुपान्तरण गरिरहेको भेटियो । नक्साल फार्मेसीलाई सुधारका ७ दिनको अवधि दिइएको छ ।
योग्यता प्राप्त व्यक्ति आफैँले मात्र औषधी बिक्री बितरण गर्न सक्छन् । औषधि पसल सञ्चालन गर्न सम्बन्धित वडामा व्यवसाय दर्ता गर्नुपर्छ । औषधि व्यवस्था विभाग र महानगरपालिकाको स्वास्थ्य विभागमा दर्ता हुनुपर्छ । यस व्यवसायका लागि पान नम्बर अनिवार्य हुन्छ ।
चिकित्सकको प्रेस्किप्सन बिना औषधी बिक्री गर्न पाइँदैन । प्रचलित व्यवस्था विपरीत नार्कोटिक औषधी बिक्री बितरण गर्न पाइँदैन ।
मापदण्ड पालना नगर्नेलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (झ) ९ र काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन, २०८० को व्यवस्थाबमोजिम कारवाही हुने जनाइएको छ ।

अमेरिकी डलर र युरोको भाउ घट्दा महँगियो जापानिज येन र क्यानेडियन डलर


काठमाडौँ र नेपाल राष्ट्र बैङ्कका अनुसार आज बुधबार अमेरिकी डलर, युरोपियन युरोलगायतका मुद्राको भाउ घटेको छ भने क्यानेडियन डलरको भाउ भने बढेको छ । मङ्गलबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ७३ पैसा र बिक्रीमा १३३ रुपैयाँ ३३ पैसा तोकिएकोमा आज घटेर खरिदमा १३२ रुपैयाँ ६९ पैसा र बिक्रीमा १३३ रुपैयाँ २९ पैसा कायम भएको छ ।
यसैगरी युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७५ पैसामा झरेको छ । यसअघि भने खरिदमा १४५ रुपैयाँ २५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९० पैसा तोकिएको थियो ।
यसैगरी अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८८ रुपैयाँ ८१ पैसा र बिक्री मूल्य ८९ रुपैयाँ २१ पैसा रहेको छ । क्यानेडियन डलर भने आज बढेको छ । यसअघि एकको खरिदमा ९९ रुपैयाँ १८ पैसा र बिक्रीमा ९९ रुपैयाँ ६३ पैसा रहेको क्यानेडियन डलर बढेर खरिद मूल्य ९९ रुपैयाँ २३ पैसा र बिक्री मूल्य ९९ रुपैैयाँ ६८ पैसा कायम भएको छ ।
यसैगरी जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २१ पैसा र बिक्रीमा ९ रुपैयाँ २२५ पैसा तोकिएको छ ।
त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ३८ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ५४ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४० पैसा र बिक्रीमा ३६ रुपैयाँ ५६ पैसा पर्नेछ ।
विस्तृत तालिकामा हेर्नुस्

रामबहादुर बम्जन पक्राउ परेकोबारे जानकारी दिन सीआईबीले पत्रकार सम्मेलन गर्दै


काठमाडौँ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले तपस्वीका रुपमा चिनिएका रामबहादुर बम्जन पक्राउ परेकोबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्ने भएको छ ।
ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार बुधबार दिउँसो एक बजे महाराजगञ्जस्थित ब्यूरोकै कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम राखिएको छ ।
बम्जनलाई सीआईबीको टोलीले मंगलबार हात्तीगौडाबाट पक्राउ गरेको थियो । उनीविरुद्ध आनीसहित चार जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा विभिन्न जिल्लामा मुद्दा दर्ता भएको छ ।