काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रमिकमाथि आर्थिक भार थप्ने गरी कुनै निर्णय नगर्न र भएका निर्णयको कार्यान्वयन समेत नर्गन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् ।
मंगलबार सिंहदरबारमा श्रममन्त्री शरतसिंह भण्डारी, सचिव केबलप्रसाद भण्डारी लगायतलाई निर्देशन दिंदै प्रधानमन्त्रीले प्रचण्डले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पूर्वप्रस्थान अभिमुखीकरण तालिम लगायत अन्य तालिमहरु निःशुल्क रूपमै दिने व्यवस्था गर्न भनेका छन् ।पछिल्ला दिनमा श्रममन्त्री भण्डारीले श्रमिकको आर्थिक शोषण हुने र म्यानपावर व्यवसायीलाई ठगी गर्न बाटो खोल्ने गरी विभिन्न निर्णय गरिरहेका छन् । ७ सयको पूर्वप्रस्थान अभिमुखीकरणको शुल्क २८ सय रुपैयाँ पुर्याउने निर्णयप्रति प्रधानमन्त्रीले ध्यानाकर्षण जनाएका छन् ।
पूर्वप्रस्थान अभिमुखीकरणका लागि वैदेशिक रोजगार बोर्ड वा सीप विकास तालिम प्रतिष्ठानबाट के कसरी स्रोत उपलब्ध गराउन सकिन्छ भन्नेबारे विस्तृत अध्ययन गरी श्रमिकको अधिकतम हितलाई ध्यानमा राखी कार्यक्रम सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन छ ।
‘हाल वृद्धि भएको भनिएको शुल्क श्रमिकहरूबाट नलिई यथावत रुपमा हुने गरी कार्यान्वयनको व्यवस्था मिलाउनुहोला,’ प्रधामनन्त्रीले भनेका छन्,‘आन्तरिक वा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप सेवा शुल्क लगायत थप आर्थिक भार पर्ने कुनै प्रकारको काम नगर्ने नगराउने व्यवस्था गर्नुहोला ।’
हालै बैदेशिक रोजगार बोर्ड र मलेसियाको फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टर एफडब्लुडब्लूएमसी बीच भएको वैदेशिक रोजगारका विषयमा भएको भनिएको सम्झौतालाई हाल कार्यान्वयन नगर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीले मन्त्रालयलाई निर्देशित गरेका छन् ।
‘दक्षिण कोरियाममा हाल ईपीएस प्रणालीबाट मात्र नेपाली श्रमिक पठाउने व्यवस्था भएकोमा ई–७ भिसालाई समेत सोही प्रणालीमा आवद्व गराउन कोरिया सरकारसँग भएका श्रम सम्झौता नवीकरणको कार्य प्रारम्भ गर्नुहोला,’ उनले भनेका छन् ।
Month: February 2022
कोशी प्रदेशसभाको सभामुखमा विष्ट सर्वसम्मत चयन
विराटनगर । कोशी प्रदेशसभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद अम्बर बहादुर विष्ट सर्वसम्मत चयन भएका छन् । कोशी प्रदेशसभाको आज मंगलबारगत साउन १६ गते सभामुखबाट बाबुराम गौतमले राजीनामा दिएपछि उक्त पद रिक्त बनेको थियो । मंगलबार बिहान बसेको कार्यव्यवस्था समितिको बैठकले आजै सकिने गरी सभामुखको निर्वाचन कार्यक्रम तालिका प्रकाशित गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयको आधारमा बिहान १० बजे बसेको प्रदेशसभाको बैठकले निर्वाचन सम्बन्धी तालिका प्रकाशित गर्ने प्रस्ताव पारित गरेको हो । सोही प्रस्ताव अनुसार सार्वजनिक भएको निर्वाचन तालिका अनुसार आज दिउँसो ३:०० बजे निर्वाचन राखिएको थियो । सो सूचना अनुसार विष्टले उम्मेदवारी दिएका थिए ।
दिउँसो ३:३५ मा बसेको प्रदेशसभा बैठकमा विष्टको एकल उम्मेदवारी परेको भन्दै राप्रपा संसदीय दलका नेता तथा प्रस्तावक भक्ति प्रसाद सिटौला र समर्थक प्रेमराज थाम्सुहाङले सभामुखमा निर्वाचित गर्न प्रस्ताव पेस गरेका थिए ।
उक्त प्रस्ताव एकल रहेको भन्दै उपसभामुख सिर्जना दनुवारले निर्विरोध निर्वाचित गरेको घोषणा गरेकी हुन् ।
बसेको बैठकबाट उनी सर्वसम्मत चयन भएका हुन् ।
रसियाको फौजमा भर्ना भएका ११५ जनाको परिवारबाट उद्धारका लागि आवेदन
परराष्ट्रमन्त्री एनपी साउदले रसियन फौजमा भर्ना भएका ११५ जनाका परिवारले उद्धारका लागि आवेदन दिएको बताएका छन्।काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले रसियन फौजमा भर्ना भएका ११५ जनाका परिवारले उद्धारका लागि आवेदन दिएको बताएका छन् ।
मंगलबार कञ्चनपुरमा आयोजित एक कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री साउदले परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा रसिया पुगेर त्यहाँको फौँजमा भर्ना भएकाहरूका परिवारले आवेदन दिएको बताएका हुन् । ‘हालसम्म ११५ जनाको उद्धारको लागि उहाँहरूको परिवारबाट कन्सुलर विभागमा आवेदन आइपुगेको छ’ उनले भने, ‘रसिया सरकारले १० जनाको मृत्यु भएको जनाएको छ । हामीले फौँजमा भर्ना भएकालाई फिर्ता गर्न, दिवंगतको शव र उहाँका परिवारलाई सौहुलियत उपलक्ध गराउन भनेका छौँ ।’उनले सरकारको रुसमा कुनै कामका लागि वा सेनामा पठाउने नीति नरहेको स्पष्ट पारे ।
डा. गोविन्द केसी प्रहरी नियन्त्रणमा
काठमाडौँ । डाक्टर गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार निषेधित क्षेत्र माइतीघर क्षेत्रमा प्रदर्शन गर्न पुगेकाले डा। केसीसहित तीन जनलाई लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।गत शनिबार पनि केसीसहितका उनका समर्थकहरु माइतीघरमा प्रदर्शन गर्न पुगेपछि प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो । डा. केसीलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखेको काठमाडौँ प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।केसीले यसअघि सरकारसँग चिकित्सा शिक्षा र स्वास्थ्य सुधारका क्षेत्रमा भएका सहमति कार्यान्वयन गर्नुपर्ने माग अघि सार्दै आएका छन् ।
मिटरब्याज पीडितमाथि खुकुरी प्रहारको प्रयास
जनकपुरधाम । सिरहामा एक जना मिटरब्याज पीडितमाथि दुर्व्यवहारसँगै खुकुरी प्रहारको प्रयास भएको छ । कल्याणपुर नगरपालिका–८ अरङका मिटरब्याज पीडित सञ्जयकुमार कामतीमाथि खुकुरी प्रहारको प्रयास भएको हो ।
मिटरब्याजीले कब्जा गरेर अरूलाई बेचिसकेको घरमा सोमबार दिउँसो ३ बजे सञ्जयकुमार पस्न खोजेपछि स्थानीय रामनारायण सिंह, उनका छोरा शैलेन्द्र र भाइ नितेश सिंहले कुटपिट गरी खुकुरी प्रहारको प्रयास गरेको पीडित पक्षको भनाइ छ ।पीडितका अनुसार वाड नं। ८ मझाउन टोलका मिटरब्याजी सुरेश पजियारले १ विघा एक कठ्ठा खेत र डेढ कठ्ठाको घरघडेरी जिल्ला अदालतबाट डाक गराएर आफ्नो नाममा ल्याए । त्यसबाट १० कठ्ठा खेत र घरघडेरी सञ्जयकै छिमेकी रामनारायणको हातबाट बिक्री भएको छ । जसका कारण सञ्जयसहित उनका आमा–बुबासहित परिवारका सदस्य विस्थापित भएका छन् । हाल जनकपुरमा डेरा लिएर बसेर कन्सट्रक्सनको काम गरिरहेको सञ्जयले बताए ।घटनाबारे प्रहरीलाई जानकारी गराए पनि प्रहरीले कसैलाई पक्राउ नगरेको पीडितको गुनासो छ । सिरहाका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रराज पाण्डेले कल्याणपुर प्रहरी चौकीको टोली घटनास्थलमा पुगेर घटनाबारे जानकारी लिएको छ । आज जिल्ला प्रहरी कार्यालयमा दुवै पक्षलाई छलफलको लागि बोलाइएको उनले बताए ।
सञ्जयले २०७३ सालमा लेखापढी व्यवसायी सुरेश पंजियारसँग ३ लाख रुपैयाँ ऋण लिएका थिए । त्यसबापत सुरेशले आफ्नो भाइ दिनेश पंजियारको नाममा सञ्जयसँग आफ्नो ४ लाख ८० हजार र ७ लाख ५० हजार गरी १२ लाख ३० हजारका दुई वटा तमसुक बनाए । सञ्जयले त्यति बेला आफ्नो ऋद्धिसिद्धी कन्ट्रक्सन खोल्न भन्दै पैसा लिएका थिए ।
‘मैले जग्गा बेचेर भए पनि पैसा तिर्छु भनेर सुरेशलाई भनेको थिएँ । कोरोनाको कारण मेरो व्यवसाय चौपट भयो । मैले तिर्छु नै भनिरहँदा पहिले मेरो जग्गामा रहेको पाँच लाख रुपैयाँ बराबरको रुखबिरुवा बेचे । त्यसपछि अदालतमा मुद्दा दर्ता गरी डाक लिलाम गराएर २०७८ सालमा आफ्नो नाममा ल्याएर सुरेशले रामनारायणसित खेत र मेरो घरघडेरी बेच्यो,’ सञ्जय भन्छन्, ‘मेरो छिमेकी रामनारायणले म आफ्नो बलमा उसको घरजग्गा कब्जा गर्छु भनेर मिटरब्याजी सुरेशबाट किनेका थिए । उनले मेरो घरमा एक वर्षदेखि ताला लगाएर राखेका छन् । मेरो आमाबुवासहित मेरो परिवार विस्थापित भएको छ ।’
मिटरब्याजीले करिब डेढ करोड रुपैयाँ बराबरको सम्पत्ति हत्याएको भन्दै सञ्जयले सुरेशका भाइ दिनेश पंजियारमाथि गत वैशाख ३१ गते जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेनसम्बन्धी उजुरी दर्ता गराएका छन् ।
त्यति मात्र होइन सञ्जयले रामनारायणबाट लिएको १ लाख ३० हजार रुपैयाँ ऋणको २ लाख १८ हजार रुपैयाँ तिरे पनि कपाली तमसुक फिर्ता गरेका छैनन् । तमसुक फिर्ता नगर्दा रामनारायणमाथि पनि सञ्जयले जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेनको उजुरी दिएका छन् । त्यो उजुरीमा दुईपटक सुनुवाइ समेत भएको छ । तर निष्कर्ष भने निस्केको छैन ।
सिरहा जिल्ला प्रशासन कार्यालयमा हुने गरेको अनुचित लेनदेनको छलफल तथा निर्णयको कुरामा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको भूमिकामाथि प्रश्न उठाउँदै मिटरब्याज पीडित संघर्ष समिति सिरहाले एकसाता अघि छलफल बहिस्कार गर्ने निर्णय गरेको थियो ।
तर जिल्ला प्रशासन कार्यालयमा भने छलफल र निर्णयको काम जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवले बताए । उनका अनुसार दैनिक १६ वटा उजुरीउपर छलफल हुने गरेको छ भने करिब ३ वटासम्म उजुरीमा मेलमिलाप हुने गरेको छ ।
सोमबार आफ्नो घरमा जान खोज्दा रामनारायणसहित उनका छोरा र भाइले कुटपिट गर्दै खुकुरी प्रहारको प्रयास गरेको सञ्जयले बताए । सञ्जयमाथि हातपात गर्दै खुकुरी उज्याएको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको छ ।घटनाबारे प्रहरीलाई जानकारी गराए पनि प्रहरीले कसैलाई पक्राउ नगरेको पीडितको गुनासो छ । सिरहाका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रराज पाण्डेले कल्याणपुर प्रहरी चौकीको टोली घटनास्थलमा पुगेर घटनाबारे जानकारी लिएको छ । आज जिल्ला प्रहरी कार्यालयमा दुवै पक्षलाई छलफलको लागि बोलाइएको उनले बताए ।
सञ्जयले २०७३ सालमा लेखापढी व्यवसायी सुरेश पंजियारसँग ३ लाख रुपैयाँ ऋण लिएका थिए । त्यसबापत सुरेशले आफ्नो भाइ दिनेश पंजियारको नाममा सञ्जयसँग आफ्नो ४ लाख ८० हजार र ७ लाख ५० हजार गरी १२ लाख ३० हजारका दुई वटा तमसुक बनाए । सञ्जयले त्यति बेला आफ्नो ऋद्धिसिद्धी कन्ट्रक्सन खोल्न भन्दै पैसा लिएका थिए ।
‘मैले जग्गा बेचेर भए पनि पैसा तिर्छु भनेर सुरेशलाई भनेको थिएँ । कोरोनाको कारण मेरो व्यवसाय चौपट भयो । मैले तिर्छु नै भनिरहँदा पहिले मेरो जग्गामा रहेको पाँच लाख रुपैयाँ बराबरको रुखबिरुवा बेचे । त्यसपछि अदालतमा मुद्दा दर्ता गरी डाक लिलाम गराएर २०७८ सालमा आफ्नो नाममा ल्याएर सुरेशले रामनारायणसित खेत र मेरो घरघडेरी बेच्यो,’ सञ्जय भन्छन्, ‘मेरो छिमेकी रामनारायणले म आफ्नो बलमा उसको घरजग्गा कब्जा गर्छु भनेर मिटरब्याजी सुरेशबाट किनेका थिए । उनले मेरो घरमा एक वर्षदेखि ताला लगाएर राखेका छन् । मेरो आमाबुवासहित मेरो परिवार विस्थापित भएको छ ।’
मिटरब्याजीले करिब डेढ करोड रुपैयाँ बराबरको सम्पत्ति हत्याएको भन्दै सञ्जयले सुरेशका भाइ दिनेश पंजियारमाथि गत वैशाख ३१ गते जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेनसम्बन्धी उजुरी दर्ता गराएका छन् ।
त्यति मात्र होइन सञ्जयले रामनारायणबाट लिएको १ लाख ३० हजार रुपैयाँ ऋणको २ लाख १८ हजार रुपैयाँ तिरे पनि कपाली तमसुक फिर्ता गरेका छैनन् । तमसुक फिर्ता नगर्दा रामनारायणमाथि पनि सञ्जयले जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेनको उजुरी दिएका छन् । त्यो उजुरीमा दुईपटक सुनुवाइ समेत भएको छ । तर निष्कर्ष भने निस्केको छैन ।
सिरहा जिल्ला प्रशासन कार्यालयमा हुने गरेको अनुचित लेनदेनको छलफल तथा निर्णयको कुरामा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको भूमिकामाथि प्रश्न उठाउँदै मिटरब्याज पीडित संघर्ष समिति सिरहाले एकसाता अघि छलफल बहिस्कार गर्ने निर्णय गरेको थियो ।
तर जिल्ला प्रशासन कार्यालयमा भने छलफल र निर्णयको काम जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवले बताए । उनका अनुसार दैनिक १६ वटा उजुरीउपर छलफल हुने गरेको छ भने करिब ३ वटासम्म उजुरीमा मेलमिलाप हुने गरेको छ ।
चक्रवर्ती कलेजका अध्यक्षलाई आफ्नै छोराले हाने खुकुरी
काठमाडौं । चक्रवर्ती कलेजका अध्यक्ष देवेन्द्र भण्डारीमाथि सोमबार राती छोरा निरजसहितको समूहले हतियार प्रहार गरी गम्भीर घाइते बनाएको छ । त्यस पछि घाइते भएका देवेन्द्रलाइ नर्भिक अस्पतालमा लगेको थयिो । अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ । उनको टाउमा चोट छ।
प्रहरीका अनुसार छोरा निरजले आफू कलेजको अध्यक्ष भएको दाबी गर्दै बाबु देवेन्द्रलाई प्रवेश गर्न नदिएपछि विवाद सुरु भएको थियो। राती ११ बजे समूहसहित कलेज प्रवेश गर्न खोजेका देवेन्द्रलाई भित्र रहेका निरजसहितको समूहले आक्रमण गरेको थियो।
भण्डारी बाबु छोराबीच कलेज व्यवस्थापनको विषयमा लामो समयदेखि विवाद रहँदै आएको छ। आक्रमणमा पर्नुअघि देवेन्द्र प्रहरीकहाँ पुगेका थिए।
प्रहरीले मङ्गलवार बिहान छलफलका लागि दुवै पक्षलाई बोलाउने बताएपछि फर्किएका देवेन्द्र त्यसपछि समूह लिएर कलेज पुगेको बुझिएको छ। प्रहरीले निरजसहित आक्रमणमा संलग्नलाई पक्राउ गरेको छ।
सहसचिवको सरुवा प्रधानमन्त्रीको टेबुलमा
काठमाडौ । २७ जना सहसचिवको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर रोकिएको भएपनी आजै सरुवा हुने जनाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घ तथा प्रदेश मन्त्रालयमा कार्यरत सहसचिवको सरुवा सूची मन्त्रिपरिषद्को कार्यालयमा पठाएको बताइएको छ।
केही दिन अघि नै पठाइएको सूची प्रधानमन्त्री को टेबुलमा रोकिएर बसे पनि आज बस्ने मन्त्रिपरिषद्को बैठकबाट निर्णय हुन सक्ने जनाइएको छ तर सामान्यको सूचीमा करेक्सनका लागि प्रधानमन्त्री कार्यालयबाट मुख्यसचिवले पठाएको नामावलीबारे मन्त्रालयमा थप छलफल नभएकोले आज नै निर्णय हुन्छ भन्न सकिने अवस्था भने नभएको सामान्य प्रशासन मन्त्रालय समाचार श्रोत बताउछ। अहिलेको सरुवा सूचीमा प्रशासनिक भन्दा पनि प्राविधिक सहसचिवहरूको संख्या बढी भएको बताइएको छ । जसमा प्रदेश जाने अवधि पुगेका सहसचिवहरू रहेका छन् । यद्यपि सचिवकै लाइनमा पुगिसकेका केही वरिष्ठ सहसचिवहरूलाई भने अहिले पनि सामान्यले सरुवा गरेको छैन । सामान्यकै सेटिङका कारण कतिपय सहसचिवहरू प्रदेशबाट प्रदेशमै घुम्न डुल्न पाएका छन् भने कतिपयलाई प्रदेश देख्नै परेको छैन ।
केही समय अघि सरुवा सूची तयार गर्दा अहिलेसम्म प्रदेश नगएका र प्रदेशबाट संघ फिर्ता आउनु पर्ने सबै मिलाएर चार दर्जन जति पुगे पनि पटकपटकको छलफल र सच्याइ पछि २७ मा सहमति सहित सरुवा गरिएको थियो।गुण र दोष का आधारमा भन्दा पछिल्ला दिन मा सरुवा प्रणाली कस्ले कति फाइदा दिन्छ भन्ने मनासायले काम हुदा सामान्यको सरुवा खल्ती भरुवा नै हाबी छन् । मन्त्री र सचिबको दन्त बजानले खासै फरक पर्न नसकेको जानकार बताउछ्न्।
भ्रष्टाचारको आरोपमा टिमुरेका तत्कालीन प्रमुख इन्स्पेक्टर निर्दोष ठहर
काठमाडौं । रसुवाको सीमा प्रहरी चौकीका तत्कालीन प्रमुख खेम नेपालले भ्रष्टाचारको आरोपबाट सफाइ पाएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल र अन्य तीन जना हवल्दारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा न्यायाधीशहरु तेजनारायणसिंह राई र रीतेन्द्र थापासहितको इजलासले सोमबार सफाइ हुने फैसला सुनाएको हो ।
रसुवाको केरुङबाट भित्रिएको तस्करीको सुन समातेर आफैंले लुकाएको अभियोगमा उनीमाथि छानविन गरिएको गियो । टिमुरे प्रहरीको इलाकाबाट आउँदै गरेको ना ६ख ४९३२ नम्बरको कन्टेनर चेकजाँच गर्दा आधा किलो सुन फेला परेको थियो । ११ पुसमा कन्टेनर चालक फुर्वा शेर्पाको साथमा फेला परेको सुन भन्सार कार्यालयमा बुझाउनुपर्नेमा इन्सपेक्टर नेपाल सहितको टोलीले बाँडीचुँडी खाएको छानविन पछि खुलेको थियो । अख्तियारले २०७७ असार ५ गते टिमुरेका तत्कालीन प्रमुखसहित चार जना प्रहरीविरुद्ध अभियोग/पत्र दायर गरेको थियो ।
बरामद सुन बिक्री गरेर पैसा खाएको आरोप उनीहरुमाथि लागे पनि अख्तियारले बिक्री भएको भनिएको सुनसहितका ठोस प्रमाणहरु जुटाउन सकेको थिएन ।
नयाँ ब्रोकर कम्पनी बेनी सेक्युरिटिज सञ्चालनमा
काठमाडौँ । दोस्रो बजारमा सोमबारदेखि अर्को नयाँ ब्रोकर कम्पनीको रूपमा बेनी सेक्युरिटिज प्रालिको प्रवेश भएको छ । बेनी सेक्युरिटिज प्रालि ब्रोकर नम्बर ९३ ले नेपाल स्टक एक्सचेन्ज नेप्से बाट आधिकारिक रूपमा गत कात्तिक २९ गते सदस्यता प्रदान गरेसँगै कम्पनी सञ्चालनमा आएको हो ।बानेश्वरको रुद्रमति मार्गमा रहेको कम्पनीले औपचारिक रूपमा सोमबारदेखि कारोबार सुरु गरेको हो । लगानीकर्ताको बढ्दो मागलाई मध्यनजर गर्दै शेयर कारोबारका लागि सञ्चालनमा ल्याएको बेनी सेक्युरिटिज कम्पनीको चुक्तापुँजी बिस करोड रहेको छ । कम्पनीले आफ्नो नाम जस्तै सेवा पनि सजिलो रूपमा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
४७ किलो अवैध चाँदीसहित ३ जना पक्राउ
काठमाडौं,२४ पुस । ४७ किलो अवैध चाँदीसहित ३ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२१ भोटेबहाल, कोटेश्वर लगायतका स्थानहरूबाट ४७ किलो अवैध चाँदीका विभिन्न गरगहनाहरूसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बारा कैलया नगरपालिका–१० का ५० वर्षीय कामेश्वर शाह, पर्सा वीरगंज महानगरपालिका–३ का ३२ वर्षीय सुमन कुमार सरार्फ र बारा बिश्रामपुर गाउँपालिका–५ का २० वर्षीय मनिष सरार्फ रहेका छन् ।
भोटेबहाल, कोटेश्वर लगायतका विभिन्न ठाउँमा राजश्व छलि गरि बिल९बिजक बिना चाँदीका गरगहनाहरु भण्डार गरी बिक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई राजस्व छली सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।
दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर खनालले राजीनामा बुझाएका हुन् ।
उनको कार्यकालमा अघि बढेका मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस, टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको भन्दै प्रश्न उठेको छ ।स्मार्ट सेलको खारेजी प्रक्रिया र एनसेलको सेयर खरिद बिक्रीसहित इन्टरनेट सेवा प्रदायकहरुसँग कर असुलीलगायत मुद्दामा प्राधिकरण नेतृत्वले सही रुपमा काम गर्न नसकेको भन्दै आलोचना भइरहँदा खनालले राजीनामा बुझाएका हुन् ।
खनाल ९ साउन २०७६मा प्राधिकरणको अध्यक्ष भएका थिए । आगामी साउनसम्म कार्यकाल रहे पनि खनालले विभिन्न प्रकरणमा मुछिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा समेत तानिएपछि राजीनामा दिएका हुन् ।
छोराको हत्या अभियोगमा बुबा पक्राउ
इलाम । आफ्नै छोरा १९ वर्षीय जीवन राईको हत्या गरेको अभियोगमा बुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा माई नगरपालिका ६ बिहिबारे बस्ने ३६ वर्षीय दिल कुमार राई रहेका छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । घरायसी विवादको क्रममा दिल कुमारले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका जीवनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी महमाईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
दियोबाट कपडामा आगो सल्किएर महिला घाइते
विराटनगर। विराटनगरमा आगोले जलेर सोमबार राति एक जना महिला गम्भीर घाइते भएकी छन्। प्रहरीका अनुसार विराटनगर महानगरपालिका–७ की ६० वर्षीया लक्ष्मी कामत घाइते भएकी हुन्। घरको कोठाभित्र बालेको दियोबाट कपडामा आगो सल्किंदा कामत घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। ‘सुतिरहेका बेला कोठाभित्र बालेको दियोबाट कपडामा आगो सल्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ उनले भने, ‘घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको छ।’जलेर गम्भीर घाइते भएको अवस्थामा राति ११:४५ बजेतिर महिलाको उद्धार गरिएको थियो। उद्धार गरेर उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल लगिएको छ। नर्सिङ होमले थप उपचारका लागि अन्यत्र रेफर गर्ने तयारी गरेको छ।
डीएसपी दाहालका अनुसार कामतको हात, खुट्टालगायत शरीरको ६५ प्रतिशतजति भाग आगोले जलेको जानकारी अस्पतालले गराएको छ। कोठाभित्र लागेको आगो तत्काल नियन्त्रणमा लिइएका कारण थप क्षति नभएको प्रहरीले जनाएको छ।
सांसदहरुले मागे भारतसँग भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौता ‘डकुमेन्ट
काठमाडौं । मंगलबार बसेको संसदको पूर्वाधार समिति बैठकमा सांसदहरुले भारतसँग भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताको डकुमेन्ट नआएसम्म बैठक सुरु नहुने अडान राखेका छन् ।
ऊर्जा मन्त्री शक्ति बस्नेत, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको उपस्थितमा सुरु भएको बैठकमा सांसदहरुले भारतसँग भएको दीर्घकालीन विद्युत् ब्यापारको डकुमेन्ट पाइसकेपछि मात्रै बैठक सुरु हुनुपर्ने बताए ।यसअघि नेपाल र भारतबीच १० हजार मेगावाट विद्युत् ब्यापार सम्झौता भएको थियो । सो सम्झौताको डकुमेन्ट नपाएसम्म बैठक बस्नुको औचित्य नहुने सांसदहरुको भनाइ छ ।
सांसदहरु सिके राउत, ठाकुर गैरे, प्रतिमा गौतम लगायतले सम्झौताको डकुमेन्ट नआएसम्म अन्य एजेन्डामा प्रवेश नगर्ने भनेपछि वैठक अगाडि बढ्न सकेको छैन ।
नेपालको युवा फुटबल टोलीले चिनियाँ प्रादेशिक युवा टोलीसँग मेत्रीपूर्ण खेल खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय युवा फुटबल टोलीले चीनको किङ्घाई युथ फुटबल टिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
चाइनिज न्यु इयरको अवसरमा आगामी फेब्रुअरी १० मा काठमाडौंको दशरथ रंगशालमा उक्त खेल हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।नेपालमा रहेको चिनियाँ राजदूत, राष्ट्रिय खेलकुद परिषद ९राखेप० र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा दुई टोलीबीच मैत्रीपूर्ण खेल हुन लागेको हो ।
एन्फाले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत खेलका बारेमा जानकारी गराएको हो ।तर नेपालको कुन उमेर समूहको युवा टिम भन्ने खुलाएको छैन ।
प्राविधिक टोलीले नेपालको कुन युवा टोलीले खेल्ने पछि निर्णय गर्ने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
एन्फा र नेपाल ओभरसिज चिनियाँ संघ खेलको सहआयोजकमा छन् ।
मैत्रीपूर्ण खेल दशरथ रंगशालमा दिउँसो ३ बजे हुनेछ । खेलको लागि साधारण प्याराफिटतर्फत ३ सय र भीआईपी प्याराफिटतर्फ ५ सय रुपैयाँ टिकट मूल्य तोकिएको एन्फाले जनाएको छ ।
खेलअघि उद्घाटन समारोह र यस्तै हाफ टाइममा पनि नेपाल र चीनबाट विभिन्न विशेष प्रस्तुतिहरु समावेश हुने एन्फाले जनाएको छ ।