अम्बरबहादुर विष्ट पञ्चायतमा उपप्रधानपञ्च, गणतन्त्रमा सभामुख
विराटनगर । कोशी प्रदेश सभाको सभामुखमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उम्मेदवारी नदिने निर्णय गरेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का प्रदेश सभा सदस्य अम्बरबहादुर विष्ट सभामुखमा निर्विरोध निर्वाचन हुने निश्चित भएको छ । कोशीको सभामुख चयनका लागि आजै मंगलबार दिउँसो ३ बजेलाई निर्वाचन समय तोकिएको छ । सभामुखका लागि सत्ता गठबन्धले विष्टलाई अघि सार्ने निर्णय गरेसँगै एमालेले उम्मेदवारी नदिने निर्णय गरेको हो ।विष्ट गत निर्वाचनमा झापाबाट समानुपातिकतर्फ राप्रपाबाट प्रदेश सभामा निर्वाचित भएका थिए । २०१० सालमा जन्मिएका विष्ट विद्यार्थी कालमा अखिलबाट राजनीति प्रवेश गरेका हुन् । उनी विद्यार्थी कालमा महेन्द्र मोरङ क्याम्पस अध्ययन गर्दा अखिलको इकाई उपसभापतिमा उम्मेदवार समेत बनेका थिए । तर उनले त्यसबेला उपसभापतिमा पराजय भोगे पनि राजनीतिलाई निरन्तरता दिइरहे ।अखिलको राजनीतिमा हार बेहोरेपछि विष्ट पञ्चायती राजनीतिमा प्रवेश गर्दै तत्कालीन गाउँपञ्चायतको वडाध्यक्षमा निर्वाचित भए । २०३३ सालमा जुरेपानी गाउँपञ्चायत वडानम्बर ५ को वडाध्यक्ष भएर काम गरेँ’, विष्टले मंगलवार सभामुखमा निर्विरोध हुने भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘त्यसपछि म सोही गाँउपञ्चायतको उपप्रधानपञ्च भएर काम गरे ।’
अखिलको राजनीतिमा हार बेहोरेपछि विष्ट पञ्चायती राजनीतिमा प्रवेश गर्दै तत्कालीन गाउँपञ्चायतको वडाध्यक्षमा निर्वाचित भए । ‘उपप्रधानपञ्चपछि जिल्ला पञ्चायतको सदस्य १० वर्ष भएर काम गरेका विष्ट सोही अवधिमा जिल्ला पञ्चायतको उपसभापति समेत भएर काम गरेका थिए ।२०४६ पछि पनि राष्ट्रिय पञ्चायतको राजनीतिमै आबद्ध विष्ट तत्कालीन शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सहकारी विकास बोर्डको सदस्यसचिव समेत बनेका थिए ।
त्यसपछि राप्रपाको जिल्ला अध्यक्ष हुँदै हाल राप्रपाको केन्द्रीय सदस्य रहेका विष्ट पछिल्लो निर्वाचनमा प्रदेशतर्फ समानुपातिक उम्मेदवार बनेका थिए । राप्रपा पृष्ठभुमी भएपनि संविधानको परिधिभित्र रहेर काम गर्ने विष्टको भनाइ छ ।
‘संविधानको परिधिभित्र रहेर काम गर्नुपर्छ । सभामुख निर्वाचित भएको खण्डमा म पार्टीका जिम्मेवारीमा रहन्न’, विष्टले भने, ‘पार्टीले गर्ने काम पार्टीले गर्छ मैले गर्ने काम म गर्छु ।’
कोशी प्रदेशमा माओवादी केन्द्रका बाबुराम गौतमले गत साउन महिनामा राजीनामा दिएपछि सभामुख पद रिक्त छ । त्यसबेला सत्ता गठबन्धनमा सरकारलाई बहुमत पुर्याउन गौतमले राजीनामा दिएका थिए।
Month: February 2022
कोशीको सभामुखमा उम्मेदवारी नदिने एमालेको निर्णय, राप्रपाका विष्टलाई समर्थन गर्ने
विराटनगर । नेकपा एमालेले पनि कोशी प्रदेशको सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ ।
केही समयअघि सकिएको एमालेको बैठकले सभामुखमा सत्ता गठबन्धनको समर्थनमा उम्मेदवारी दिने तयारी गरेका राप्रपाका अम्बरबहादुर विष्टलाई समर्थन गर्ने निर्णय गरेको हो ।नेकपा एमाले सांसद लिलाबल्लभ अधिकारीका अनुसार एमालेले विष्टलाई नै समर्थन गर्ने निर्णय गरेको छ ।
एमालेले पनि समर्थन गर्ने भएपछि विष्ट सर्वसम्मत सभामुख बन्ने करिब निश्चित जस्तै भएको छ । विष्ट राप्रपाका समानुपातिक सांसद हुन् ।विष्ट सभामुख बनेपछि राप्रपाको दुईवटा प्रदेशमा सभामुख हुनेछन् । बागमती प्रदेश सभामा राप्रपाकै भुवनकुमार पाठक सभामुख छन् ।
कोशीमा सभामुखको निर्वाचन आज दिउँसो ३ बजे हुँदैछ ।
मन्त्रीपरिषदबाट सहसचिव शर्मालाई रेडियो नेपालको संचालक समितिमा जिम्मेवारी
काठमाडौँ । रेडियो नेपालको सञ्चालक समिति सदस्यमा अर्थ मन्त्रालयमा कार्यरत सहसचिव पार्वती शर्मा मनोनयन हुनुभएको छ ।
रेडियो प्रसार सेवा विकास समितिको गठन आदेश, २०४१ को दफा २ क को उपदफा २ (घ) बमोजिम सहसचिव शर्मा सञ्चालक समिति सदस्यमा मनोनयन हुनुभएको हो । अर्थ मन्त्रालयले २०८० मङ्सिर २४ गते मन्त्रिस्तरीय निर्णयबाट शर्मालाई सञ्चालक समिति सदस्यमा मनोनयन गरेको थियो । रेडियो नेपाल सञ्चालक समितिको बैठकले सदस्यमा मनोनीत भई आउनु भएकी शर्मालाई समितिका अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले खादा लगाएर स्वागत गर्नुभएको थियो । बैठकले यसअघि अर्थ मन्त्रालयबाट सदस्यमा मनोनीत भई आउनुभएका सहसचिव आनन्द काफ्लेलाई उहाँले पुर्याउनु भएको योगदानको लागि हार्दिक आभार सहित धन्यवाद व्यक्त गरिएको थियो ।
सहसचिव काफ्ले यस अघि जहाँ जहाँ कार्यरत हुनुहुन्थ्यो त्यहाँ सफल प्रशासकका रूपमा आफुलाइ स्थापित गराउन सफल हुनुभएको छ। रेडियो नेपालको संचालक समितिको बोर्डमा प्राप्त जिम्मेवारीमा सम्पत्ति न्युज परिवार उहाँलाई अपार सफलताको शुभकामना व्यक्त गर्दछ।
एक अर्ब २१ करोड हिनामिना गरेको आरोपमा कालभैरव सहकारीका सञ्चालक पक्राउ
काठमाडौँ । बचतकर्ताको बचत फिर्ता नगर्ने गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् ।
गोकर्णेश्वर नगरपालिका ४ चौतारा बस्ने सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष एवं संरक्षक भनिने प्रेम श्रेष्ठ, कोषाध्यक्ष शेरलाल श्रेष्ठ र सहव्यवस्थापक राजेन्द्र श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो ।सहकारीका सबै सञ्चालक एउटै टोलका दाजुभाइ हुन् । सहकारी ठगी गरेको कसुरमा प्रक्राउ परेकालाई वृत्तअन्तर्गतको गोकर्ण प्रहरी प्रभाग भवनमा रहेको थुनुवा कक्षमा राखिएको छ ।
बौद्धमा थुनुवालाई राख्ने ठाउँ नपुगेर गोकर्णको थुनुवा कक्षमा राखिएको प्रभागका वरिष्ठ प्रहरी नायव निरीक्षक वरिष्ट सही राजेश कार्कीले जानकारी दिए ।सहकारीका सबै सञ्चालक एउटै टोलका दाजुभाइ हुन् । सहकारी ठगी गरेको कसुरमा प्रक्राउ परेकालाई वृत्तअन्तर्गतको गोकर्ण प्रहरी प्रभाग भवनमा रहेको थुनुवा कक्षमा राखिएको छ ।
बौद्धमा थुनुवालाई राख्ने ठाउँ नपुगेर गोकर्णको थुनुवा कक्षमा राखिएको प्रभागका वरिष्ठ प्रहरी नायव निरीक्षक वरिष्ट सही राजेश कार्कीले जानकारी दिए ।
दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु
महोत्तरी। महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डमा गए राति दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिकाको थलही विर्ताका ३० वर्षीय मुकेश चमार र भङ्गहा नगरपालिका–३ का ३२ वर्षीय धमेन्द्र महतो रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिनुभयो ।
दुर्घटनामा ती मोटरसाइकलको पछाडिमा सवार भङ्गहा –५ का ३१ वर्षीय श्रीराम गोसाई र बर्दिबास नगरपालिका प्रेमनगरका ३६ वर्षीय प्रदीपकुमार यादव घाइते भएका छन् । उनीहरूको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ ।गए राति जलेश्वरबाट बर्दिबासतर्फ जाँदै गरेको ज११प ८०९९ नम्बरको मोटरसाइकल र बर्दिबासबाट जलेश्वरतर्फ आउँदै गरेको प्र२–०२–००४प १८४० नम्बरको मोटरसाइकल औरही नगरपालिका–१ स्थित वडा कार्यालय नजिकै ठक्कर खाँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको भएकाे थियो ।
बाक्लो हुस्सुका कारण तीव्र गतिमा रहेका दुवै मोटरसाइकलका चालकले एकअर्कालाई नदेखेको र अचानक ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सुनको भाउ घट्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ खरिद–बिक्री
मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।
सोमबार प्रतितोला सात सय रूपैयाँ घटेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार दुई सय ५० रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ।
सोमबार प्रतितोला १४ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
माथिल्लो मोदी ए जलविद्युत आयोजना १० अर्ब ५७ करोडमा बन्ने
काठमाडौँ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागिएको ४२ मेगावाटको माथिल्लो मोदी ए जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ ।निर्माण अवधिको ब्याजसहित १० अर्ब ५७ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा ७० प्रतिशत ऋणबाट र ३० प्रतिशत स्वपूँजी ९इक्विटी०बाट जुटाइएको छ । इक्विटीमा प्राधिकरण र सर्वसाधारणको लगानी रहने छ ।ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेतको उपस्थितिमा सोमबार आयोजनाको प्रवद्र्धक मोदी जलविद्युत कम्पनी लि।,एनएएमबी बैैंक र एचआइडिसिएलबीच त्रिपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।कार्यक्रममा मन्त्री बस्नेतले देशभित्र उत्पादित विद्युत् आन्तरिक रुपमै खपत अभिबृद्धि गर्ने र बचत भएको विद्युत्लाई भारत तथा बंगलादेशसम्म बिक्री गर्ने स्पष्ट मार्गनिर्देशसहित सरकारले काम गरिरहेको बताए ।
बिगतमा जलविद्युतलाई पूर्वाधारका रुपमा मात्र बुझ्दा विद्युत्को खपततर्फ ध्यान दिई यसको आर्थिक सम्भावनाका रुपमा बुझ्न नसकिएको उल्लेख गर्दै मन्त्री बस्नेतले १० वर्षमा १० हजार मेगावाट विद्युत् भारतीय बजारमा निर्यात सुनिश्चित बनेकाले अहिले उत्पादन तथा आन्तरिक खपतबृद्धि र निर्यातलाई विशेष ध्यान दिई कामहरु अगाडि बढाइएको बताए ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव गोपाल सिग्देलले देशभित्र उत्पादित विद्युत् निर्यातका लागि नेपाल–भारतबीचका पूर्वाधार संरचनाहरुको थप विस्तार र सुदृढीकरणका लागि छलफल भइरहेको बताए।
प्राधिकरणका कार्यकारी निर्देशक एवम् मोदी जलविद्युत कम्पनीका अध्यक्ष कुलमान घिसिङले आगामी दिनमा नेपालको जलविद्युत विकासले ठूलो फड्को मार्ने अवस्था देखिएको बताए ।
एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत सिइओअर्जुन गौतमले आयोजनाको निर्माण तोकिएकै समयमा सम्पन्न गरी सरकारी आयोजना समयमा बन्दैनन् भन्ने आम बुझाइलाई चिर्नु पर्नेमा जोड दिए ।
माथिल्लो मोदी ए जलविद्युत आयोजनाको निर्माण सुरु भएको ४ वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हालसम्म आयोजना निर्माण तयारीका कामहरु भइरहेका छन् । आयोजनाको प्योकज–१अन्तर्गत सिभिल तथा हाइड्रोमेकानिकल काम गर्न बोलपत्र आहन गरी बोलपत्रदाताले पेश गरेको प्राविधिक प्रस्ताव मूल्याङ्कन अन्तिम चरणमा छ ।
आयोजनाको साइट कार्यालय तथा आवसगृह निर्माण भइरहेका छन् । निजी जग्गा अधिग्रहण तथा वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति भइसकेको छन् । आयोजनाको निर्माण सुपरीवेक्षण परामर्शदाताका लागि एनइए इन्जिनियरिङ कम्पनीसँग सम्झौता भइसकेको छ । कम्पनीले १८.२ मेगावाटको माथिल्लो मोदी जलविद्युत आयोजनाकोसमेत निर्माण गर्ने बताइएको छ ।
काठमाडौं महानगरको पत्रपछि पेट्रोलपम्प व्यवसायीहरूले भने लाइसेन्स लिँदाको विनियमावलीअनुसार चलाउन पाउनुपर्छ
काठमाडौं महानगरपालिकाले महानगरभित्रका पेट्रोल पम्पहरू मापदण्डअनुसार सञ्चालन गर्न भन्दै पठाएको पत्रलाई लिएर पेट्रोलपम्प व्यवसायीहरूले छलफल सुरु गरेका छन् । नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एशोसिएशनलगायतका सम्बन्धित संस्था र व्यवसायीहरूले महानगरको पत्रबारे काठमाडौंमा छलफल सुरु गरेका हुन् ।
आइतबार छलफलका क्रममा एशोसिएशनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले गत हप्ता काठमाडौं महानगरले पम्पहरूको विषयमा सुरक्षा, सुन्दरता र शौचालयको विषयलाई लिएर पठाएको पत्रबारे व्यवसायीहरूबीच छलफल सुरु भएको जानकारी दिए ।
‘काठमाडौं महानगरपालिकाले पम्पहरूको विषयमा सुरक्षा र सुन्दरताका लागि लिएर र शौचालयको विषयलाई लिएर केही विनियमावलीमा टेकेर पत्राचार गर्नुभएको थियो । छलफलको लागि प्रतिनिधि पठाइदिनुहोस् भनेर पठायौँ । छलफलमा विषय के उठेछ भने विशेष गरी पम्पहरु सानो भयो भनेर जग्गाको कुरा गर्नुभएछ । विनियमावली अनुसार छैन भनेर,’ प्रधानले भने, ‘यो विनियमावली बन्नुभन्दा अगाडिका पम्पहरू भएकाले यो जग्गाबाहेक अरु कुराका लागि उपभोक्तालाई हितमा हेरेर उपभोक्तालाई मध्यनजर गरी सुन्दरता, सरसफाइका कुराहरू, वातावरणीय कुरामा समस्या भएन ।’
महानगरले उपत्यकाका पम्पहरू सानो भएको र मापदण्डअनुसार नरहेकाले मापदण्डअनुसार बनाउन भन्दै पत्राचार गरेको बारे छलफल भएको उनको भनाइ छ ।‘शौचालयको विषयमा हाम्रो सेवाग्राहीहरूले हाम्रो ग्राहकहरूले प्रयोग गर्न पाउने गरी शौचालय हामीले प्रवन्ध गर्नुपर्छ । विनियमावलीमा व्यवस्था पनि भएको छ,’ प्रधानले भने, ‘कहीँ कतै यस्तो व्यवस्था नभएको भए त्यसको व्यवस्था गर्ने प्रतिबद्धता पनि जनाएका छौँ ।’
अहिलेको विनियमाली बन्नुभन्दा पहिला नै बनेका पेट्रोल पम्पहरू रहेकाले ती पेट्रोल पम्पहरू हटाउने नभइ सुरक्षित र व्यवस्थित बनाउनुपर्ने प्रधानको भनाइ छ । आफूहरुले पम्प सञ्चालनका लागि विनियमावलीमा टेकेर लिएको लाइसेन्सअनुसार सञ्चालन गर्न दिनुपर्ने उनको भनाइ छ ।
पम्पमा विनियमावलीअनुसार शौचालय राख्ने र सो शौचालय सार्वजिनक शौचालयको रूपमा रहनुपर्ने कुरालाई आफूहरूले स्वीकार गर्न नसक्ने उनको भनाइ छ । शौचालय आफ्ना उपभोक्ताहरूले मात्रै प्रयोग गर्न पाउने प्रधानले बताए ।‘हामी र उहाँहरूको बीचमा के कुरामा अलि अल्मिलिरहेका छौँ भने सार्वजनिक भन्ने विषय छ । यो निजी सम्पत्ति भएकाले सार्वजनिक होइन । यो सेवाग्राहीहरूलाई मात्रै प्रयोग गर्न दिने हो । भोलि सार्वजनिक भन्दा हामीले पेशा नै छोडेर गयौँ भने पनि त्यो रही रहने अवस्था भएकाले यसलाई सार्वजनिक गर्न सकिँदैन,’ प्रधानले भने, ‘तर, अहिले चलनचल्तीमा बटुवाले पनि त्यसमा आएर शौचालय प्रयोग गरे भने त्यसमा कुनै शुल्क लिएको पनि छैन । त्यसलाई हुँदैन पनि भनेको हुनाले यो व्यावहारिक रूपले चलिरहेको छ, लिखितमा हामीले सार्वजनिक भन्ने शब्द होइन, सेवाग्राहीका लागि उपलब्ध गराउँछु भनेर भनेको छ ।’
आफूहरूले लाइसेन्स लिँदाको विनियमावलीअनुसार पेट्रोल पम्प सञ्चालन गर्न दिने कुरामा महानगरले हस्तक्षेप गर्न नसक्नेमा आफूहरू विश्वस्त रहेको प्रधानले बताए ।
‘पेट्रोलियम पदार्थ बिक्रेता नियमावली २०७५ प्रथम संशोधनसहित अनुसार काठमाडौं र ललितपुर महानगरपालिकाभित्र पेट्रोल पम्प सञ्चालन गर्न ७५० वर्ग मिटर वा १ रोपनी ८ आना क्षेत्रफल भएको जग्गा आवश्यक पर्ने मापदण्डमा उल्लेख छ । यसमा सडक तर्फको मोहडा कम्तीमा २० मिटर हुनुपर्छ । भौतिक पूर्वाधारसहित बिक्रीस्थलको मापदण्ड पूरा भएको हुनुपर्छ । बिक्री स्थलको भित्र ३ तर्फ पम्प बिल्टअप लेवलबाट १.२० मिटर अग्लो सिमेन्टको जोडाइमा ईट्टा वा ढुङ्गाको पर्खाल लगाएको र त्यसमाथि ०.९० मिटर अग्लो चेनलिङ्क फेन्सिङ्ग लगाएको हुनुपर्छ ।
रिफ्युलिङ्ग जोनको सेड, सतही ढल, रोड सेफ्टी कर्ब स्टोन एजिङ्ग, वफर स्ट्राईप, डिस्पेन्सिङ्ग पम्प जडानलगायतका संरचना तथा पूर्वाधार हुनुपर्छ । पेट्रोलियम पदार्थको बिक्री क्षेत्र, बिक्रीस्थलको क्षेत्रफल तथा विक्री स्थलमा उपलब्ध हुने पूर्वाधारको आधारमा बिक्रेताको मापदण्ड तोकिएको छ ।
काठमाडौँ महानगरका १ लाख १९ हजारले बुझाए कर
काठमाडौं । मंसिर मसान्तसम्ममा काठमाडौँ महानगरपालिकाका एक लाख १९ हजार चार सय ५९ जनाले कर बुझाएका छन् ।यसरी तिरिएको करबाट दुई अर्ब ६६ करोड ९८ लाख ४५ हजार चार सय ९४ रुपैयाँ राजस्व संकलन भएको छ । यसमा ३५ हजार ५७ जना बहाल करदाता, ३१ हजार ९१६ व्यवसाय करदाता र ५२ हजार ४८६ जना सम्पत्ति करदाता छन् ।
यस बर्ष करदाताको संख्या तीन लाख ४३ हजार छ सय ४० हो । गएको आर्थिक वर्षको अन्त्यसम्ममा कर तिरेका करदाताको संख्यालाई चालु आर्थिक बर्षका लागि करदाताको संख्या मान्ने गरिएको छ ।
सोमबार बसेको राजस्व परामर्श समितिको बैठकमा सदस्य सचिव ध्रुव काफ्लेले करदाता र कर तिर्ने अभ्यासका विषयमा विवरण पेश गरेका थिए ।
राप्रपाका अम्बरबहादुर विष्ट कोशीको सभामुख बन्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अम्बरबहादुर विष्ट कोशी प्रदेशका सभामुख बन्ने भएका छन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सहितको सत्ता गठबन्धनले समर्थन गर्ने भएपछि विष्ट सभामुख बन्ने भएका हुन्।
मंगलबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले अपराह्न ३ बजे सभामुख चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको उपसभामुख सिर्जना दनुवारले जानकारी दिइन्।
मंगलबार बिहान बसेको राप्रपा कोशी संसदीय दलको बैठकले सभामुख आफैंले लिने र विष्टलाई अघि सार्ने निर्णय गरेको थियो।विष्ट झापाका समानुपातिक सांसद हुन्। योसँगै राप्रपाको दुई वटा प्रदेशमा सभामुख हुने भएको छ।
बागमती प्रदेशमा भुवनकुमार पाठक राप्रपाका तर्फबाट सभामुख बनेका थिए।
माल्टा पठाइदिन्छु भन्दै ठगी, मेनपावर सञ्चालकसहित दुईजना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजना मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका–८ घर भई हाल काठमाडौँको टोखा बस्ने ४४ वर्षीय टंकप्रसाद सुवेदी रहेका छन् ।सुवेदीले तुलसी राम कँडेललाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु, प्रतिष्ठित होटलमा काम लगाइदिन्छुभन्दै ३ लाख रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए । फरार रहेका सुवेदीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पुस २२ गते बसुन्धराबाट पक्राउ गर्न सफल भएको थियो ।त्यस्तै, माल्टा नै पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा झापाको बिर्तामोड नगरपालिका–४ घर भएका ३४ वर्षीय विक्रम दाहाललाई पनि प्रहरीले पक्राउ गरेको छ । हाल ललितपुर बस्दै आएका दाहालले विनिता तामाङलाई माल्टाको प्रतिष्ठित होटलमा जागिर लगाइदिन्छु भन्दै ८ लाख ९० हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए ।
ईपीएस भाषा परीक्षा तीन चरणमा हुने
काठमाडौँ । रोजगार अनुमति प्रणाली ईपीएस भाषा परीक्षा तीन चरणमा हुने भएको छ । उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा तीन चरणमा हुने भएको हो । यो विषयमा ईपीएस मार्फत कामदार छनोट गर्दै आएको कोरियाली सरकारी निकाय एचआरडी कोरियाले नेपाल सरकारलाई जानकारी गराएको हो ।
वैदेशिक रोजगार विभागसँगको बैठकमा भाषा परीक्षा तीन चरणमा हुने बताएको हो । पहिलो चरणको परीक्षा जनवरी २० अर्थात् माघ ६ गतेदेखि हुने भएको छ । पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र तेस्रो चरणको भाषा परीक्षा हुनेछ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले कोरिया पक्षले तीन चरणमा भाषा परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका बनाएको बताए ।
पहिलो चरणमा ४७ हजार जनालाई सहभागी गराइनेछ । त्यस्तै दोस्रो चरणमा ८० हजार र तेस्रो चरणमा बाँकी ३७ हजार गरी एक लाख ६४ हजारले परीक्षा दिनेगरी एचआरडी कोरियाले कार्यतालिका बनाइसकेको उनको भनाई छ । पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र त्यसपछि तेस्रो चरणको परीक्षा हुनेछ ।
उत्पादनमूलक क्षेत्रका लागि १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका थिए । जसमा पहिलो पटक १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए । भने त्यसपछि पानी जहाज निर्माण क्षेत्रका आवेदनकर्ताका लागि आह्वान गरिएकोमा २० हजार ९०४ जनाले आवेदन दिएका थिए।
कोशीमा आजैदेखि सभामुख चयन प्रक्रिया शुरू गरिने
कोशी प्रदेश सभा सभामुख चयन प्रक्रिया आजैदेखि शुरू हुने भएको छ । आज बिहान बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले सभामुख चयन प्रक्रियामा लैजाने निर्णय गरेको हो ।प्रदेश सभाको आज ३ बजे बस्ने बैठकमा सभामुख चयन प्रक्रिया शुरू गर्ने तय भएको उपसभामुख सिर्जना दनुवारले जानकारी दिइन् । ११ बजे कार्यसूची प्रकाशन गर्ने उनले बताइन् । सर्वसम्मत रूपमा सभामुख चयन गर्ने विषयमा निर्णय गर्न दलहरू छलफल गरिरहेका छन् ।कोशी प्रदेशसभा सचिवालयमा प्रमुख दलहरूको संसदीय दलको बैठक चलिरहेको छ । नेपाली कांग्रेस र एमाले संसदीय दलको बैठक जारी छ । राप्रपा संसदीय दलको बैठकले भने सभामुख आफूले लिने निर्णय गरिसकेको छ । प्रमुख विपक्षी नेकपा एमालेको बैठक जारी छ । नेपाली कांग्रेस संसदीय दलको बैठकले सभामुख चयन प्रक्रिया लगायत विषयमा छलफल गर्ने सांसद अमृत अर्यालले जानकारी दिए ।
एमालेले प्रमुख सचेतक रेवतीरमण भण्डारीले आफूहरू छलफलमा रहेको बताए ।
एक वर्षमा १६ लाखभन्दा बढी नेपाली विदेश उडे, स्थायी बसोबासका लागि जाने ७० हजार
काठमाडौं । सन् २०२३ मा १६ लाख भन्दा बढी नेपालीले देश छाडेको अध्यागमन विभागले जनाएको छ । तीमध्ये ७० हजार जनाले स्थायी रुपमा विदेश बस्ने गरी देश छाडेका हुन् ।
अध्यागमन विभागले सन् २०२३ मा विभिन्न उद्देश्यले नेपालबाट बाहिरिएका नेपालीहरुको तथ्यांक सोमबार सार्वजनिक गरेको छ ।काठमाडौं । सन् २०२३ मा १६ लाख भन्दा बढी नेपालीले देश छाडेको अध्यागमन विभागले जनाएको छ । तीमध्ये ७० हजार जनाले स्थायी रुपमा विदेश बस्ने गरी देश छाडेका हुन् ।
अध्यागमन विभागले सन् २०२३ मा विभिन्न उद्देश्यले नेपालबाट बाहिरिएका नेपालीहरुको तथ्यांक सोमबार सार्वजनिक गरेको छ ।रोजगारीका लागि देश छाड्ने नेपालीहरुको संख्या ८ लाख ८ हजार ४१५ छ । रोजगारीका लागि ७ लाख २३ हजार ७८९ पुरुष र ८४ हजार ६०४ जना महिला विदेशिएको अध्यागमन विभागको तथ्यांक छ । सन् २०२३ मा अध्ययनका लागि १ लाख ८ हजार ५ सय ४२ जना विदेशिएका छन् ।
अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार भिसाको प्रकृति अनुसार विदेशिनेहरुको तथ्यांक सार्वजनिक गरिएको हो । उनले बसोबासका लागि अष्ट्रेलिया, जापान, अमेरिकालगायत देश जानेहरुको संख्या धेरै रहेको बताए ।
१७ करोड अपचलन गरेको आरोपमा डिडिसीका महाप्रबन्धक झा जिम्मेवारीमुक्त
दूध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेकोसहित विभिन्न १० आरोपमा दुग्ध विकास संस्था ९डिडिसी०का महाप्रबन्धक सञ्जीव झालाई सरकारले जिम्मेवारीबाट हटाएको छ । कृषिमन्त्री डा। बेदुराम भुसालको निर्देशनमा सोमबार झालाई जिम्मेवारीमुक्त गरी मन्त्रालय तानिएको हो । झालाई जिम्मेवारीमुक्त गरी मन्त्रालय तानिएको पत्र सोमबार प्राप्त भएको डिडिसीको सञ्चालक समिति अध्यक्ष डा। बेदबहादुर क्षेत्रीले पुष्टि गरे । ‘मलाईसमेत बोधार्थ दिएर डिडिसीका महाप्रबन्धक सञ्जीव झालाई मन्त्रालय तानिएको पत्र आज ९सोमबार० दिउँसो प्राप्त भएको छ,’ क्षेत्रीले भने, ‘उहाँ आएदेखि संस्थान घाटामा थियो भने जिम्मेवारीअनुसारको उत्तरदायित्व बहन गर्ने क्षमतामा पनि कमजोरी रहेको हामीले पाएका छौँ ।’
अब आरोपमाथि अनुसन्धान गरी झामाथि कारबाही प्रक्रिया अघि बढ्नेछ । विगतमा डिडिसीले क्षेत्रीय कार्यालयबाटै दूध खरिद तथा बिक्रीको रकम संकलन र भुक्तानी गर्दै आएकोमा झा आएयता सबै रकम केन्द्रीय कार्यालयमै संकलन र यतैबाट भुक्तानी गर्दै आएका थिए । जसकारण नियमित प्रणालीमा दूध बिक्री गरेको १७ करोड रुपैयाँ दाखिला भएको नदेखिएको मन्त्रालय स्रोतले जानकारी दियो । ‘करिब दुई वर्षको अवधिमा दूध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला भएको देखिएन । यसबारे सोधीखोजी गर्दा सन्तोषजनक जवाफसमेत नआएको र झाले अपचलन गरेको आशंका देखिएपछि उनलाई जिम्मेवारीमुक्त गरी मन्त्रालय तानिएको हो,’ स्रोतले भन्यो ।१४ चैत ०७८ मा नियुक्त भएका झा सुरुवातदेखि नै आर्थिक अपचलनमा क्रियाशील भएका कारण संस्थानले उनको कार्यकालको दुवै वर्ष नोक्सानी खेपेकोसमेत आरोप लाग्दै आएको छ । डिडिसी ०७८र७९ मा ३७ करोड र ०७९र८० मा ६० करोड रुपैयाँ नोक्सानीमा गएको छ । ‘दुवै वर्ष संस्थान घाटामा जानुमा महाप्रबन्धक झाको कार्यशैली मुख्य जिम्मेवार रहेको मन्त्रालयको बुझाइ छ,’ स्रोतले भन्यो ।डिडिसीले किसानबाट दूध खरिद गरेको ८५ करोड रुपैयाँ बक्यौता तिर्नसमेत सक्रियता नदेखाएको झामाथि आरोप छ । उनलाई गत दसैँअगाडि नै सो बक्यौता तिर्न निर्देशन दिए पनि दसैँ र तिहारमा विभिन्न अफर ल्याएर दूध धेरै बिक्री गर्ने र पैसा जम्मा गरेर किसानको रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएका थिए । तर, बक्यौता तिर्नुको साटो झन् वृद्धि भएको र सो रकम तिर्नुको सट्टा विभिन्न बहानाबाजी गरेको मन्त्रालयको भनाइ छ ।
किसानको बक्यौता रकम तिर्न दबाब बढेपछि मन्त्री भुसालको उपस्थितिमा गत २२ मंसिरमा डिडिसीको बोर्ड बैठक राखिएको थियो । सो बैठकले पुराना सामान बिक्री गरी रकम जोहो गर्ने र किसानको बक्यौता तिर्दै जाने निर्णय गरेको थियो । तर, लिलामी गर्ने पुराना सवारीसाधनको सोधीखोजी गर्दा इन्जिन झिकेर बिक्री गरेको भेटिएको छ । ‘सवारीसाधनको इन्जिन नै बिक्री गर्दासमेत महाप्रबन्धक झाले बेवास्ता गर्नु अनुशासनहीन काम हो,’ स्रोतले भन्यो, ‘यो कार्यमा उनको पनि संलग्तना रहेको आशंका छ ।’
सोही बैठकले किसानको बक्यौता चुक्ता नभएसम्म कर्मचारीले प्राप्त गर्ने नियमित तलब–सुविधा तथा अत्यावश्यक खर्चबाहेकका अतिरिक्त सुविधालाई तत्कालका लागि स्थगन राख्ने निर्णय गरे पनि कार्यान्वयन नगरेको आरोप लगाइएको छ । त्यस्तै, पोखरा र सुर्खेतमा बजार विस्तार गर्ने कार्ययोजना १५ पुसभित्र तयार गरी मन्त्रालयमा पेस गर्न दिएको निर्देशनसमेत झाले अटेर गरेको स्रोतको भनाइ छ । उनले सुशासन कायम गर्न नसक्दा अख्तियारले चार–पाँच विषयमा अहिले छानबिन गरिरहेको र यसबाट संस्थानको छविमा आँच पुगेको, अर्थ मन्त्रालयको परिपत्रअनुसार इन्धन र सवारीसाधन प्रयोगमा मितव्ययी नभएको र कर्मचारीको सरुवा–बढुवामा समेत आर्थिक लाभ लिने गरेको आरोप लगाइएको छ ।
त्यस्तै, गत वैशाखमा महाप्रबन्धक झाले दूध उत्पादन कम भएको भन्दै भारतबाट कच्चा दूध आयातका लागि मन्त्रालयमा लिखित प्रस्ताव गरेका थिए । तर, सञ्चालक समितिले हालै गरेको एक अध्ययनमा जेठमा किसानबाट संकलन भएको दूध बिक्री नभई पाउडर बनाएर गोदाममा थन्क्याएर राखेको पत्ता लागेको छ । ‘कमिसनका लागि भारतबाट कच्चा दूध ल्याउन मन्त्रालयमा प्रस्ताव पेस गरेको प्रारम्भिक अनुमान छ । नत्र जेठमा गोदाममा धुलो दूध मौज्दात नहुनुपर्ने हो,’ स्रोतले भन्यो, ‘आशंका गरिएका सबै विषयमा अब विस्तृत छानबिन हुनेछ ।’ यस विषयमा बुझ्न निलम्बित महाप्रबन्धक झालाई पटक–पटक फोन गर्दा पनि उठाएनन् भने म्यासेजको रिप्लाई गरेनन् ।