मेनपावर व्यवसायीहरूले निर्धारण गरे श्रमिकबाट लिनुपर्ने लागत शुल्क

काठमाडौँ । मेनपावर व्यवसायीहरूले श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउँदा लाग्ने लागत शुल्क प्रस्ताव गरेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पत्रकार सम्मेलन गर्दै कामदारको लागत निर्धारण गर्न सरकारलाई दबाब दिँदै उनीहरूले हालको लागत शुल्क प्रस्ताव गरेका हुन्। संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारलाई मर्यादित र कामदारलाई वास्तविक लागत खर्चमा पठाउन ुखर्च शीर्षकु निर्धारण गर्नुपर्ने बताए । उक्त शुल्क निर्धारण गरेर व्यवसायीले सेवा शुल्क र निर्धारित खर्च कामदारले बेहोर्ने व्यवस्था भए मात्र लागत खर्च पारदर्शी हुने उनको भनाइ छ । कामदारको उक्त रकम कुनै वित्तीय संस्था तथा कोषसँग सम्झौता गरेर ती वित्तीय संस्थाले बेहोर्ने गरी व्यवस्था मिलाइनु पर्ने अध्यक्ष भण्डारीले बताए ।

उक्त रकम कामदारले वैदेशिक रोजगारमा गएर आर्जन गरेर तिर्ने व्यवस्था मिलाउनुपर्ने संघको माग छ

मधेशमा एमालेबाट विजेता र उसाले गरिन् मनोनयन दर्ता


जनकपुरधाम । राष्ट्रिय सभा सदस्यका लागि मधेश प्रदेशमा एमालेबाट अन्य तर्फ विजेता झा र महिलाकोतर्फ उषा देवी थरुनीले मनोनयन दर्ता गराएका छन् ।
मधेश प्रदेशमा रिक्त अन्य र महिलातर्फको रिक्त पदका लागि एमालेले दुवै महिलाले मनोनयन दर्ता गराएकी हुन् ।एमालेले अन्यतर्फ अर्जुन सिंह राजपुतलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, सिंह उम्मेदवारी दर्ता गराउन आउँदा मतदाता नामावलीमा नाम नभेटिएपछि उनको उम्मेदवारी दर्ता भएन । उनको स्थानमा एमालेले विजेता झालाई उम्मेदवार बनाएको हो ।
मनोनयन दर्ता गराएको झा धनुषाकी हुन् भने थरुनी पर्साकी छन् ।

नरेन्द्र मोदीप्रति आपत्तिजनक ट्वीट गर्ने माल्दिभ्सका ३ मन्त्री निलम्बनमा


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आपत्तिजनक प्रतिक्रिया जनाउने माल्दिभ्सका ३ जना मन्त्री निलम्बनमा परेका छन् । निलम्बनमा पर्नेमा माल्सा सरिफ, मारियाम सिउना र अब्दुल्ला मजुद मजिद छन् ।
भारतको लक्ष्यद्वपि टापुमा पुगेर मोदीले पर्यटन प्रवर्द्धनसँग सम्बन्धित भिडियो सार्वजनिक गरेका थिए । माल्दिभ्सको पर्यटन उद्योगलाई चुनौति दिनु पर्ने भन्दै भारतका विभिन्न क्षेत्रका व्यक्तिहरुले पनि मोदीको त्यो भिडियोलाई शेयर गरेका छन् । केहीले माल्दिभ्यसलाई गाली पनि गरेका छन् ।त्यसैमा प्रतिक्रिया दिने क्रममा माल्दिभ्सका ३ जना मन्त्रीले सामाजिक सञ्जाल ट्वीटरमा मोदीलाई ‘इजरायली कठपुतली’ र ‘आतंककारी’ समेत भनेका थिए । तर पछि उनीहरुले आफ्नो सामाजिक सञ्चालबाट मोदी विरुद्धका पोस्ट हटाएका थिए ।
माल्दिभ्सका राष्ट्रपति मोहमद मुइझुले उनीहरुको भनाइ व्यक्तिगत रहेको र त्यसले देश र सरकारको प्रतिनिधित्व नगर्ने बताएका थिए । तर उनले आफू चीन भ्रमणमा जानुअघि तीनै जनालाई निलम्बन गरेका छन् । मुइझु सोमबार चीन पुगेका छन् ।

धितोपत्र बोर्डमा बेथिति अन्त्यको माग गर्दै प्रदर्शन


धितोपत्र बोर्डभित्रको अनियमितता र बेथिति अन्त्यको माग गर्दै नेत्रविक्रम चन्द ुविप्लवु नेतृत्त्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन्।

बोर्डमा विभिन्न नीतिगत भ्रष्टाचार भएको आरोप लगाउँदै नेकपाले त्यसको सुधारका लागि दबावस्वरूप प्रदर्शन गरेको बताएको छ।

प्रदर्शनमा उनीहरूले ुपुँजीबजार शुद्धीकरण गर्ु, ुधितोपत्र बोर्ड अध्यक्षको नियुक्ति पार्दर्शी गर्ु लगायतका नारा लगाएका थिए।

कृष्ण सिटौलाको सहज व्यवस्थापन


विराटनगर । कोशी प्रदेश निर्वाचन कार्यालयमा राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवार मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीले कांग्रेस नेता कृष्ण सिटौलालाई सोधे, ‘तपाईं राष्ट्रियसभाको अध्यक्ष बन्ने सहमति भइसकेको हो रु
दुईपटक एउटै प्रश्नको सामना गरेपछि उनले भने, ‘प्रारम्भमा धेरै चर्चा गर्नु उपयुक्त हुँदैन । राष्ट्रियसभामा निर्वाचित भएर पुगेपछि तपाईंले भनेका सबै कुराको जवाफ पाउनुहुन्छ ।’
शालिन र भद्र शैली सिटौलाको विशेषता हो । तर, राजनीतिमा उनी चतुर पनि छन् । यद्यपि निर्वाचन कार्यालय परिसरमा उनको मुहारमा उतिसारो खुसी देखिएन । सायद उनमा प्रत्यक्षतर्फबाटै चुनाव लडेर संघीय संसद हुँदै राजनीतिमा अझै भूमिका खेल्ने चाहना थियो होला । तर, अब त्यो सम्भावना लगभग सकिएको छ ।
२०६२र०६३ को जनआन्दोलनपछि सिटौला सधैँजसो सहमति, सहकार्य र एकताको नारालाई कार्यान्वयन गर्ने राजनीतिक नेतृत्वको सहायक भूमिकामै रहे । उनले प्रारम्भमा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई सहयोग गरे । दोस्रो पटक सुशील कोइरालालाई र अहिले शेरबहादुर देउवालाई सहयोग गरिरहे ।
बदलामा उनी गिरिजाप्रसाद कोइरालाको आशीर्वादमा गृहमन्त्री बने । २०६२र०६३ को जनआन्दोलनपछि उनी २०७० सालको संविधानसभा निर्वाचनमा मात्रै विजयी बने । २०६४ सालमा माओवादीका पूर्ण सिंह राजवंशीबाट पराजित बनेका सिटौलाले ०७० मा भने उनै राजवंशीलाई पराजित गरे ।
२०७४ सालमा वाम गठबन्धनमा मिसिएको राप्रपाका राजेन्द्र लिङ्देनले सिटौलालाई पराजित गरे । सिटौलाको पराजय २०७९ सालको निर्वाचनमा पनि कायमै रह्यो । लिङ्देनले एमालेको सहयोगमा सिटौलालाई साविककै निर्वाचन क्षेत्र झापा–३ बाट पराजित गरे ।
पराजयको स्वाद चाखिरहेका सिटौलालाई अहिले कांग्रेस सभापति देउवाले राष्ट्रिय सभाको उम्मेदवार बनाएका छन् । उनलाई धेरैले राष्ट्रियसभाको अध्यक्षको रुपमा पनि हेरिरहेका छन् । सिटौलाले पनि यस कुरालाई अस्वीकार गरेका छैनन् ।
‘नेपालको राजनीतिक विकास क्रममा संसदबाट नयाँ ढङ्गले अगाडि जानु आवश्यक छ आजको दिनमा । सबै दलहरुको बिचमा नयाँ समझदारी निर्माण गरेर मुलुकसामु उपस्थित चुनौतीको सामना गर्न नीतिगत तबरबाट संयुक्त भएर जानु आवश्यक देखेको छु,’ सिटौलाले सोही कुरालाई बल पुग्ने गरी भने, ‘जनताको हितमा काम गर्न र साझा दृष्टिकोण लिएर संसद अगाडि बढ्नुपर्छ ।’

सिटौलाको राजनीतिक यात्राको सहज व्यवस्थापन भएको कतिपय बताउँछन् । उमेरले ७७ वर्ष पुगिसकेका उनले अबका ६ वर्ष राष्ट्रियसभामै बिताउने छन् । राष्ट्रियसभा अध्यक्ष बन्ने उनको सम्भावना धेरै छ । यद्यपि त्यस अगाडि उनले आगामी माघ ११ गते हुने निर्वाचनमा जित सुनिश्चित गर्नुपर्नेछ ।
कोशी प्रदेशको मतभार सिटौलाका लागि सहज देखिन्छ । किनकि गठबन्धनमा आबद्ध कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपासँग कोशीमा सहज बहुमत छ । गठबन्धन दलसँग ५ हजार ४३६ मतभार रहँदा एमालेको मतभार ४ हजार २४८ मात्रै छ । यसकारण पनि सिटौलाको राजनीतिको अन्तिम स्टेप राष्ट्रियसभाको अध्यक्ष बनेरै टुङ्गिने आकलन बलियो देखिन्छ ।
आगामी फागुन २० गतेदेखि हालका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिँदैछ र राजनीतिमा धेरै फेरबदल नभए उक्त पदमा सिटौला जाने सम्भावना लगभग पक्काजस्तै छ ।
जीवनमा आठ पटक संसदीय निर्वाचन लडेका सिटौलाले ३ पटकमात्रै विजयको स्वाद चाखेका छन् । राजनीतिक यात्राको अन्तिम मोडमा सिटौलाले पाएको अनुकुल अंकगणित र माहोललाई सक्रिय राजनीतिको बहिर्गमनमा पुग्ने सम्मानजनक बाटोका रुपमा हेर्नेहरु पनि प्रशस्त छन् ।

जसपाको ताप्लेजुङ जिल्ला समिति पुनर्गठन


ताप्लेजुङ । जनता समाजवादी पार्टी जसपा नेपालको ताप्लेजुङ जिल्ला समिति पुनर्गठन भएको छ । ताप्लेजुङको फुङ्लिङमा आयोजित भेलाबाट कृतिमान मादेनको अध्यक्षतामा ३१ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा भक्त येङ्देन, भरत गुरुङ सचिवमा श्री लिङ्खिम उपसचिव अरुण लेछर्वी, सरोज कङ्लिवा रहेको पार्टीको प्रचार विभागले जानकारी गराएको छ । पार्टीका केन्द्रीय सदस्य मचिन्द्र बेघाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेशका उपाध्यक्ष प्रेम वनेम लिम्बुवान राष्ट्रिय समितीका अध्यक्ष जेन्टल लावतीलगायत उपस्थित रहेका थिए ।

राष्ट्रियसभा चुनाव: गण्डकीमा एमाले उम्मेदवारले दर्ता गरे मनोनयन


पोखरा । राष्ट्रियसभाको निर्वाचनका लागि गण्डकी प्रदेशबाट नेकपा एमालेका उम्मेवारले मनोनयन दर्ता गरेका छन् । सोमवार पोखरास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर महिला क्लष्टरतर्फ गोरखाकी सम्झना देवकोटा, अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली र अल्पसंख्यकमा मुस्ताङका हेमन्त शेरचनले मनोनयन दिएका हुन् ।आगामी माघ ११ गते राष्ट्रियसभा निर्वाचन हुँदैछ ।

कर्णालीमा एमालेका उम्मेदवारले दर्ता गराए उम्मेदवारी


सुर्खेत । राष्ट्रियसभाको लागि नेकपा एमाले कर्णाली प्रदेशका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश निर्वाचनको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी दर्ता गरेका हुन् । तीन सिटका लागि कर्णालीमा एमालेले तीनै जना उम्मेदवार खडा गरेको छ । जस अन्तर्गत महिला कोटाबाट हुम्लाकी विमलाकुमारी शाही अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विक उम्मेदवार बनेका छन् ।
उम्मेदवारी दर्ता गर्न जाँदा स्थायि कमिटी सदस्य यामलाल कँडेल, प्रदेश अध्यक्ष गुलाबग शाहदेखि प्रदेश स्तरिय सबै नेताहरु निर्वाचनको कार्यालयमा पुगेका थिए ।सत्तारुढ गठबन्धन एकातिर र एमाले अर्कोतिर हुँदा कर्णालीमा एमालेको मतभार संख्या कमजोर रहेको छ ।

कोशीबाट एमालेका अधिकारी र कोइरालाले दर्ता गरे उम्मेदवारी


विराटनगर । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा एमालेका उम्मेदवार परशु अधिकारी र रुक्मणी कोइरालाले उम्मेदवारी दर्ता गरेका छन् । सोमवार विरानगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अधिकारी र कोइरालाले उम्मेदवारी दर्ता गरेका हुन् । आगामी माघ ११ गते राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

बागमतीबाट राष्ट्रियसभा सदस्यका लागि नेमकिपाका चार नेताले गरे उम्मेदवारी दर्ता


हेटौँडा । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि नेमकिपाका चार नेताले उम्मेदवारी दर्ता गरेका छन् । सोमवार हेटौँडास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर नेमकिपाका तर्फबाट ४ जनाले मनोनयन दर्ता गरेका हुन् ।
नेमकिपाबाट अपाङ्ग क्लस्टरबाट भक्तपुरका हिमालयश्वर मुल, अन्यबाट काठमाडौँका श्रीकृष्ण महर्जन, दलिततर्फ भक्तपुरकी सङ्गीता नेपाली र महिलातर्फबाट कृष्ण लक्ष्मी दुवालले मनोनयन दर्ता गरेका छन् ।

एमालेका उम्मेदवार राजपुतको नाम मतदाता नामावलीमा नभेटिएपछि, मनोनयन दर्ता नगरी फर्किए

काठमाडौं । नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउन प्रदेश निर्वाचन कार्यालयमा पुगेका अर्जुन सिंह राजपुतको मतदाता नामावलीमा नाम नभेटिएपछि फर्किएका छन् ।

मधेश प्रदेशमा अन्य समूहबाट उनी उम्मेदवारी दिन आएका थिए । एमालेले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

मधेश प्रदेशबाट रिक्त अन्य र महिला गरी दुई सिटमा राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ ।

चितवनमा बोराभित्र भेटिएका दुबै शवको पहिचान खुल्यो


चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं १२ स्थित मिलनचोकमा गत मंसिर ६ गते बोराभित्र भेटिएका दुई वटा शवको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हत्या गरेर बोरामा शव पोको पारेर फालिएका पुरुष र महिला दुवै भारतीय नागरिक हुन् । उनीहरुको हत्या पनि भारतीय नागरिकले नै गरेको चितवन प्रहरीले जनाएको छ ।

भारत मोतिहारीका उनीहरु चितवनको भरतपुरमा व्यापार गरेर बस्ने गरेका थिए । उनीहरुको हात, खुट्टा र घाँटी डोरीले बाँधेर हत्या गरी कल्भर्ट मुनि फालिएको अवस्थामा शव भेटिएको थियो ।

शवको पहिचान लामो समयसम्म नभएपछि प्रहरीले पहिलोपटक हुलिया र दोस्रोपटक उनीहरुको स्केच सार्वजनिक गरेको थियो ।

अनुसन्धानको क्रममा शवको ३ हप्ता अघि नै पहिचान खुलेको र हत्यामा संलग्न व्यक्ति भारतमै अर्को एक हत्यामा संलग्न भएको पाइएको चितवन प्रहरीले जनाएको छ । उनी भारतकै प्रहरी नियन्त्रणमा रहेकाले नेपाल ल्याउन नमिलेको प्रहरीको भनाइ छ । हत्यामा संलग्न व्यक्तिसँग बयान लिन नेपाल प्रहरीको एक टोली भारतको बिहार नै पुगेको थियो ।

यो घटना विवाहेत्तर सम्बन्धसँग सम्बन्धित रहेको प्रहरीको भनाइ छ । विवाहेत्तर सम्वन्ध थाहा पाएपछि महिलाका श्रीमानले भरतपुर बसपार्क नजिकै दुबै जनाको हत्या गराएको प्रहरीको भनाइ छ ।

डिभोर्सको हल्लाबीच अभिषेकको टिमलाई सपोर्ट गर्न पुगिन् ऐश्वर्या राय,सामाजिक संजालमा छाए तस्बिर


पछिल्लो समय बलिउड रियल कपल ऐश्वर्या राय र अभिषेक बच्चन डिभोर्सको हल्लाका कारण चर्चामा छन्।

दुवैको सम्बन्धमा दरार आएको खबरबीच ऐश्वर्याले अभिषेक बच्चनको टिमलाई सपोर्ट गरिरहेको भिडिओ सार्वजनिक भएको छ।

हालै स्टार स्पोर्ट्स इन्डियाले प्रो कबड्डी लिगको भिडियो सार्वजनिक गरेको छ। जसमा ऐश्वर्या र अभिषेकसहित आराध्या बच्चन र अमिताभ बच्चन कबड्डी टिम जयपुर पिंक प्यान्थरलाई सपोर्ट गरिरहेका छन्।

पूरै बच्चन परिवार टिमलाई सपोर्ट गर्दा निकै खुसी भएको भिडिओमा देख्न सकिन्छ। चियर गरेको टिमले जितेपछि सम्पूर्ण परिवार खुसीले रमाएको थियो।

खासमा अभिषेक बच्चन कबड्डी टिम जयपुर पिंक प्यान्थरका मालिक हुन्।

प्रो कबड्डी लिगको १० औं सिजनमा जयपुर पिंक प्यान्थरले ७ जनवरीमा यू मुम्बईसँग भिडेको थियो। जयपुरको टोलीले मुम्बईलाई ४१–३१ ले पराजित गर्दै जित निकालेको हो।
पूरै बच्चन परिवार एउटै जर्सी लगाएर प्रो कबड्डी लिगको खेल हेर्न आएको थियो। आराध्या अगाडि बसेकी थिइन् भने ऐश्वर्या अमिताभ बच्चनसँग थिइन्।

अभिषेक बच्चनले पनि आफ्नो टिम जयपुर पिंक प्यान्थरको खेल परिवारसँग बसेर हेरेका थिए।

डिभोर्सको हल्लाबीच अभिषेकको टिमलाई सपोर्ट गर्न पुगिन् ऐश्वर्या राय,सामाजिक संजालमा छाए तस्बिर
पछिल्लो समय बलिउड रियल कपल ऐश्वर्या राय र अभिषेक बच्चन डिभोर्सको हल्लाका कारण चर्चामा छन्।

दुवैको सम्बन्धमा दरार आएको खबरबीच ऐश्वर्याले अभिषेक बच्चनको टिमलाई सपोर्ट गरिरहेको भिडिओ सार्वजनिक भएको छ।

हालै स्टार स्पोर्ट्स इन्डियाले प्रो कबड्डी लिगको भिडियो सार्वजनिक गरेको छ। जसमा ऐश्वर्या र अभिषेकसहित आराध्या बच्चन र अमिताभ बच्चन कबड्डी टिम जयपुर पिंक प्यान्थरलाई सपोर्ट गरिरहेका छन्।

पूरै बच्चन परिवार टिमलाई सपोर्ट गर्दा निकै खुसी भएको भिडिओमा देख्न सकिन्छ। चियर गरेको टिमले जितेपछि सम्पूर्ण परिवार खुसीले रमाएको थियो।

खासमा अभिषेक बच्चन कबड्डी टिम जयपुर पिंक प्यान्थरका मालिक हुन्।

प्रो कबड्डी लिगको १० औं सिजनमा जयपुर पिंक प्यान्थरले ७ जनवरीमा यू मुम्बईसँग भिडेको थियो। जयपुरको टोलीले मुम्बईलाई ४१–३१ ले पराजित गर्दै जित निकालेको हो।
पूरै बच्चन परिवार एउटै जर्सी लगाएर प्रो कबड्डी लिगको खेल हेर्न आएको थियो। आराध्या अगाडि बसेकी थिइन् भने ऐश्वर्या अमिताभ बच्चनसँग थिइन्।

अभिषेक बच्चनले पनि आफ्नो टिम जयपुर पिंक प्यान्थरको खेल परिवारसँग बसेर हेरेका थिए।


मलेसियाले धमाधम पक्राउ गर्दै गैरकानुनी कामदार


काठमाडौं । मलेसियाले गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेको छ । उसले पछिल्ला दिनमा बिनाभिसा लुकिछिपी बसेका नेपालीसहित विदेशी कामदार बसेको ठाउँमा छापा मार्दै दैनिक सयौं कामदारलाई पक्राउ गरिरहेको छ । मलेसियन प्रहरीले शुक्रबार कम्पुङ जालान केबुनमा रहेको रिसाइकल कारखानामा छापा मारेर चार महिलासहित सय विदेशीलाई पक्राउ गरेको हो ।

बुकित अमान सीआईडी एन्टी ट्राफिकिङ इन पर्सन एन्ड स्मगलिङ अफ माइग्रेट्स ९एटिप्सम० डी ३ का प्रमुख सहायक निर्देशक सोफियान सान्टोङले सेलान्गोर श्रम विभाग र वातावरण विभागसँगको सहकार्यमा उनको युनिटले गरेको छापामारीमा ६० वर्षीय वृद्ध पनि भेटिएको बताए ।

‘इलेक्ट्रोनिक पार्टपुर्जाजस्ता वस्तु प्रशोधन गर्ने कारखाना सञ्चालनका लागि चिनियाँ नागरिकलाई भाडामा दिइने जग्गाको मालिक स्थानीय व्यक्ति भएको जनाएको छ, अन्य १८ देखि ३९ वर्षका थुनुवामा १९ चिनियाँ, म्यानमारका १०, बंगलादेशी ६१, नेपाली दुई र कम्बोडियाली आठ जना रहेका छन्,’ सहायक निर्देशक सान्टोङले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सोफियनका अनुसार प्रहरीले शोषणको सिकार भएको आशंकामा म्यानमारका १६ वर्षीय कामदारलाई पनि उद्धार गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा कारखानासँग व्यापार अनुमतिपत्र नभएको र करिब डेढ वर्षदेखि सञ्चालनमा रहेको पाइएको थियो ।

प्रहरीले एटिप्सम ऐन २००७ को धारा १४ र अध्यागमन ऐन १९५९÷६३ को धारा ५५ बी, दफा ६९१० ९सी०, धारा ३९ बी र सोही ऐनको दफा १५९१० ९सी० अन्तर्गत अनुसन्धान गर्नेछ । मलेसियाले गत डिसेम्बरमा एकैदिन नेपालीसहित १ हजार १ सय कामदार पक्राउ परेका छन् । त्यहाँको जालान सिलाङ र कोटा राय ’चयगलमका क्षेत्रमा गरिएको व्यापक कारबाहीमा १ हजार १ सय १ गैरकानुनी विदेशीलाई पक्राउ गरेको थियो ।

गैरकानुनी रूपमा बसेकाले बिरामी परेमा अस्पतालले भर्ना लिन नमान्ने, सामाजिक सुरक्षा कोष ९सोक्सो०ले सहयोग नगर्ने तथा इमिग्रेसनले पक्राउ गरेको अवस्थामा करिब तीन महिनासम्म जेल कैद सजाय हुने र जेल सजायपछि डिपोर्ट गरिदिनेछ ।

हामी जुन मुलुकमा छौं त्यस मुलुकको कानुनको पालना गर्नुपर्ने र पालना नगरेको खण्डमा जस्तोसुकै सजाय भोग्न तयार हुनुपर्ने त्यहाँस्थित नेपाली दूतावासका द्वितीय सचिव तथा सूचना अघिकारी प्रेमबहादुर बुढथापा बताउँछन् । साथै, कुनै पनि कानुनको उल्लंघन नगर्न र कुनै कारणवश त्यस्तो भएको खण्डमा दूतावासले सहयोग गर्ने तथा गर्दै आएको समेत उनले बताए ।

पछिल्लो समय मलेसियामा गैरकानुनी कामदारमाथि धडपकड अभियान तीव्र पारेसँगै सयौं नेपाली पक्राउ परेको भन्दै गैरकानुनी भएर नबस्न र यदि बसेको भए आवश्यक पर्ने जरिमाना तिरेर नेपाल फर्कन त्यहाँस्थित दूतावास अनुरोध गर्दै आएको छ । मलेसियामा ५ लाखभन्दा बढी नेपाली विभिन्न क्षेत्रमा कार्यरत रहेका पाइन्छ ।

इन्डियन आइडलबाट आउट हुनबाट जोगिइन् मेनुका, गाउँदा लिरिक्स भुलेपछि यस्तो भयो


काठमाडौं । इन्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी नेपाली गायिका मेनुका पौडेल आउट हुनबाट जोगिएकी छन् । हिजो प्रसारित एपिसोडमा बटम ४ मा परे पनि उनी आउट भइनन् ।

बटम ४ मा मेनुकासहित आद्या, सुखदीप र महिमा परेका थिए । आद्या तेस्रो पटक बटम ४ मा परेकी थिइन् भने मेनुका र महिमा पहिलो पटक । अन्तमा महिमा आउट भइन् । मेनुका जोगिइन् ।

हरेक एपिसोडमा जजहरूको प्रशंसा र स्ट्यान्डिङ ओभेसन पाउँदै आएकी मेनुकाको हिजो प्रस्तुति भने खल्लो भयो । खल्लो हुनुको कारण थियो लिरिक्स भुल्नु । ‘तेरा साया साथ होगा’ बोलको गीतको अन्तरा गाउँदै गर्दा उनले बीचमा लिरिक्स बिर्सिइन् । त्यसपछि उनको तनाव बढ्यो ।

आफूले गाउन नसकेको उनले बताइन् । विशाल डडलानीले अन्तरा फेरि सुरु गर्न सल्लाह दिए । तर, जति प्रयास गर्दा पनि मेनुकाले सकिनन् । अर्की जज श्रेया घोषालले मेनुकालाई सहयोग गर्दै गाएर सुनाइन् । तर, मेनुका गाउन सक्ने अवस्थामा थिइनन् ।

‘म्याम हार्ट बिट हो रहा है’ उनले श्रद्धालाई भनिन् । त्यसपछि म्युजिक बन्द गर्न भनियो । मेनुकाले पानी मगाएर पिइन् । स्टेजमै आएर जजहरू र अतिथि सञ्जय दत्तले उनलाई हौसला दिन खोजे । तर, केही लागेन । अन्ततः मेनुका स्टेजबाटै बाहिरिइन् । स्टेजबाहिर उनलाई चिकित्सकसँग भेटाइयो । चिकित्सकले केही थेरापी गराए । त्यसपछि मेनुका केहीबेरमा स्टेज फर्किइन् । अनि, अधुरो गीतलाई गीतलाई पूरा गरिन् । यद्यपि, आफ्नो नियमित स्पिरिटमा उनले गाउन सकिनन् ।

यो संस्करणमा अहिलेसम्म तीनजना मात्रै आउट भएका छन् । सबैभन्दा पहिले गायत्री, त्यसपछि मैथली र सुरेन्द्र आउट भएका हुन् । इन्डियन आइडलको पछिल्लो तीन एपिसोडमा कोही पनि एलिमिनेट भएका छैनन् । अघिल्लो एपिसोडमा आद्या सबैभन्दा बटममा परेकी थिइन् । तर, जजहरुले ‘पावर कार्ड’ प्रयोग गरेर उनलाई जोगाए । हिजोको एपिसोडमा पनि उनी जोगिइन् ।