खुट्टा दुख्दैन मेरो टाढा टाढाको…………..

खुट्टा दुख्दैन मेरो टाढा टाढाको यात्रा गर्दा पनि 

दिल खुसीले भरिन्छ तिमिलाई देखे पछि 

सधैँ मिलन हुनुपर्छ कहिले छुटिनु हुँदैन

मायाको डोरीले बाँध्नुपर्छ छोड्नु हुँदैन

तिमिलाई सुखी राख्न  यति टाढा बाट आएको छु

मन यो खुसी भएर तिमिलाई भेट्ने आशा गर्छु

आशीर्वाद माग्न जान्छु मनकामना माई सँग

हेरिरहूँ लाग्छ यी नयनले कुरा गर्छन् तिमि सँग  

कसैले रोक्न सक्ने छैन साथ छ सधैँ तिम्रो 

मन सधैँ खुसी हुन्छ तिमि नै हौ मेरो

भेट्न खोजेको छु मैले मेरी प्रिया

जिउनुपर्छ पाएर सधैँ मैले तिम्रो माया

सपनीमा सधैँ देखेको छु भेट हुन्छ आशा गर्छु

मन बाट खुसी भएर तिमि सँग कुरा गर्छु 

सत्ता गठबन्धनमा भागबन्डा टुंगियो, कुन दलले कति उम्मेदवार पायो ?

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनमा भागबन्डा टुंगिएको छ । सत्तारूढ गठबन्धनमा रहेका दलहरूले राष्ट्रिय सभाको निर्वाचनमा संयुक्त उम्मेदवार उठाउने भएका छन्।

कुल १९ सिटमध्ये कांग्रेसले सबैभन्दा बढी १० सिट भाग पाएको छ भने माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा भाग पाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकपछि कांग्रेस नेता रमेश लेखकले गठबन्धनमा भागबन्डा टुंगिएको जानकारी दिँदै पार्टीहरूको आन्तरिक बैठक बसेर अब उम्मेदवार टुंगिने बताए । 

उनका अनुसार कांग्रेसले कोशी प्रदेशमा १, मधेसमा १, बागमतीमा २, गण्डकीमा २ र सुदूरपश्चिममा २ सिट पाउने भएको छ । यस्तै कर्णाली र लुम्बिनीमा कांग्रेसले थप १–१ सिट पाउने सहमति भएको छ । यस्तै माओवादी केन्द्रले कोशीमा १, बागमतीमा १, गण्डकीमा १, लुम्बिनीमा १, कर्णालीमा १ र सुदूरपश्चिममा १ सिट पाउने सहमति भएको छ । 

यस्तै एकीकृत समाजवादी बागमती र कर्णालीमा १–१ सिट पाएको छ । यस्तै जसपाले एक सिटमा मधेसबाट उम्मेदवार खडा गर्नेछ । नेताहरुका अनुसार उम्मेदवारको क्लस्टरबारे पनि दलहरुबीच करिब करिब सहमति जुटिसकेको छ । 

गठबन्धनमा जनमोर्चा र जनमत पार्टीले समेत सिट दाबी गरेपनि उनीहरुलाई छुट्याइएको छैन । 

देउवासँग शेखर र गगन को कुरा नमिलेपछि बोलाए आफू पक्षीय नेताको बैठक

काठमाडौं । राष्ट्रिय सभाका उम्मेदवारका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा ले आफू पक्षीय समूहको बैठक बोलाएको छ ।
कांग्रेस स्रोतका अनुसार गठबन्धनको विहानको बैठक पछि नेता कोइराला र महामन्त्री थापा सभापति देउवासँग छलफल गर्न धुम्बाराही गएका थिए । उक्त बैठकमा संख्या, मापदण्ड, योगदान लगायतका विषयमा छलफल भएको थियो । ‘पार्टीले मापदण्ड लागु गर्ने निर्णय गरेको छ । सभापति देउवा मापदण्ड लागु गर्ने सोंच देखिएन,’ एक नेताले भने,‘आफू अनुकूलका व्यक्तिहरुलाई ल्याउन मापदण्डको ख्याल गरेको देखिएन ।’

बरहथवामा गोली चलाएको आरोपीलाई जिल्ला प्रहरी कार्यालयमा तानिए

सर्लाही। सर्लाहीको बरहथवामा गोली चलाएको आरोप लागेका हवल्दारलाई जिल्ला प्रहरी कार्यालय तानिएका छन् । इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला प्रहरी कार्यालय सर्लाही तानिएका हुन् ।

आन्दोलनकारीले उसैले गोली चलाएको आरोप लगाएपछि उनलाई जिल्ला तानिएर घटनाको छानबिन गरिरहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए । गत शुक्रबार बरहथवा ६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा स्थानीय युवक जयशंकर साहको मृत्यु भएको थियो ।

आन्दोलनकारीले हतियार थुन्ने बेला वरिष्ठ हवल्दार यादवको बन्दुक पड्केर गोली चलेको हुन सक्ने प्रहरीको दाबी छ । मृतक परिवार र आन्दोलनरत पक्षले भने वरिष्ठ हवल्दार यादवले रिसीबी साध्न निर्दोष जयशंकरलाई जानेर गोली दागेर मारेको दाबी गरेको छ ।

एकीकृत समाजवादीले ३ नेतालाई दियो राष्ट्रियसभा उम्मेदवार छान्ने जिम्मा

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपालसहित ३ नेतालाई दिएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले राष्ट्रियसभा सदस्य उम्मेदवार चयनको जिम्मा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसाललाई दिने निर्णय गरेको हो ।

पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार यी तीन नेतालाई राष्ट्रियसभा निर्वाचनका विषयमा सर्वाधिकार दिई गठबन्धनको बैठकमा पठाउने निर्णय भएको छ ।

गाँजाको केक बनाएर अनलाइन डेलिभरी गर्ने पक्राउ

काठमाडौँ । काठमाडौंमा लागू औषध गाँजा मिसाएर केकको व्यापार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौँको घट्टेकुलोबाट विशन मानन्धर नाम गरेका व्यक्तिलाई पक्राउ गरेको हो ।
विशन मानन्धर ती युवकले इन्स्ट्राग्राममार्फत समेत अकाउन्ट बनाउँदै लागूऔषध प्रयोग गरी मुफिन लगायतको केक बनाउँदै बिक्री वितरण गर्ने गरेको प्रहरीको भनाइ छ । यसबारे सूचना प्राप्त भएपछि ब्युरोको टोलीले मानन्धरलाई निजकै घरबाट पक्राउ गरेको हो । प्रहरीले उनको घर–कोठाबाट विभिन्न लागू औषध समेत बरामद गरेको छ।
पक्राउ गरिएका विशन मानन्धरले आफ्नै घरमा विगत १ बर्ष देखि गाँजा मिसावट गरिएका केकका विभिन्न प्रकारहरु बनाई अनलाइन डेलिभरी गर्ने गरेका थिए।
उनीमाथि लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

पुरा भयो हमास र इजरायल युद्धको तीन महिना

लडाकु समूह हमास र इजरायलबीच भइरहेको युद्धको तीन महिना पूरा भएको छ ।
गएको अक्टोबर ७ तारिखमा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण शुरु गरेको थियो । त्यसबेला १० जना नेपालीसहित केहीले ज्यान गुमाएका थिए । हमासले नेपालका विपीन जोशीसहित २ सय ५० जनालाई बन्धक बनाएको थियो ।२२ गते विपिन जोशीको जन्मदिनको अवसरमा उसका साथीभाई
र बहिनीले प्रतिक्षा गर्दैछु भनेर फेसबुकमा पोस्ट गरेका थिए। जन्मदिनको अवसर पारेर युवाहरुले सरकारसंग विपिन जोशीको रिहाको माग गर्दै
ललितपुर वसपार्कमा शान्तिपूर्ण आन्दोलन गरेका छन पछि अस्थायी युद्धविरामका क्रममा केहीलाई मुक्त गरे पनि विपीनसहित एक सय ३२ जना अझै हमासको नियन्त्रणमा रहेका अनुमान छ ।
नेपालले यो बीचमा कञ्चनपुरको भीमदत्त नगरपालिका–३ घर भएका जोशीको रिहाइका लागि केही प्रयास गरे पनि अवस्था अझै थाहा हुन सकेको छैन । परराष्ट्रमन्त्री एनपी साउदले जोशीको रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताउँदै आउनुभएको छ । इजरायल सरकारसँग अनि प्यालेस्टाइनसँग राम्रो सम्बन्ध रहेको कतारसँग पटक–पटक आग्रह रअनुरोध गरिएको उहाँको भनाइ छ ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयकाअनुसार अक्टोबर ७ तारिखमा लडाइँ शुरु भएयता इजरायलबाट झण्डै २२ हजार ७ सयभन्दा धेरै मानिस मारिएका छन् । इजरायलको आक्रमणबाट विस्थापित हुनेहरुको सङ्ख्या पनि बढ्दै गएको छ ।हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयकाअनुसार अक्टोबर ७ तारिखमा लडाइँ शुरु भएयता इजरायलबाट झण्डै २२ हजार ७ सयभन्दा धेरै मानिस मारिएका छन् । इजरायलको आक्रमणबाट विस्थापित हुनेहरुको सङ्ख्या पनि बढ्दै गएको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सूचीसहित) 

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

आइतबार अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३५ पैसा कायम गरिएको छ । यो मूल्य शुक्रबारको तुलनामा १३ पैसाले घटेको हो । शुक्रबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ८८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४८ पैसामा कारोबार भएको थियो ।

यस्तै युरोपियन युरो ७१ पैसाले घटेको छ । आज युरो एकको खरिदमा १४४ रूपैयाँ ८६ पैसा र बिक्रीमा १४५ रूपैयाँ ५१ पैसा तोकिएको छ । शुक्रबार युरो एकको खरिद मूल्य १४५ रूपैयाँ ५७ पैसा र बिक्रीमूल्य १४६ रूपैयाँ २३ पैसा तोकिएको थियो ।

त्यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आइतबार १६७ रूपैयाँ ९८ पैसा र बिक्रीदर १६८ रूपैयाँ ७३ पैसा तोकिएको छ । बेलायती पाउण्ड स्टर्लिङको शुक्रबारको तुलनामा ८४ पैसाले घटेको हो । शुक्रबार पाउण्ड एकको खरिददर १६८ रूपैयाँ ८२ पैसा र बिक्रीदर १६९ रूपैयाँ ५९ पैसा कायम गरिएको थियो ।

यस्तो छ तपाईंको आजको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन राम्रो छ। बोलीको प्रभावले धेरै काम बन्नेछन्। लामो यात्रा नगर्नु राम्रो हुन्छ। उत्तरको यात्रा गर्दै नगर्नुहोला। परिवारिक सम्बन्ध रमाइलो हुनाले खर्च बढ्ने योग रहेको छ।

वृष :  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दिन राम्रो छ। सामाजिक क्षेत्रमा कुरा काट्ने धेरै छन्। न्यायको पक्षमा बोल्नु उपयुक्त हुन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारलाई बढी विश्वास गर्दा धोका हुने योग रहेको छ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा)  आजको दैनिकी सामान्य छ। राम्रो काममा हिम्मत गर्नुभयो भने फाइदा हुनेछ। जग्गाको कारोबारमा फाइदा हुनेछ। शैक्षिक क्षेत्रमा उन्नति हुने देखिन्छ। परिवारमा भने खटपटी हुनसक्छ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो हरेक क्षेत्र सबल छन्। अचानक सम्पत्ति खर्च हुने योग रहेको छ। साथीसँगको सम्बन्ध बिग्रिन सक्छ। रोजगारीमा बढुवा हुने योग छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  दिन सामान्य छ। आर्थिक, सामाजिक र वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। पुरानो रोगको प्रकोप बढ्ने देखिन्छ। वैदेशिक रोजगारीको क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

कन्या :  (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) राम्रो खबर सुन्न पाइने छ। स्वास्थ्य राम्रो हुनेछ। स्वदेशमै लगानी गर्ने विषयमा मन उत्साहित हुनेछ। समाजसेवा र परोपकारमा मन जानेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला :  (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) दिन राम्रो छ। राम्रो कुरा सोच्नु भएको भए इच्छा पुरा हुनेछ। देशको उन्नतिका लागि काम गर्नु राम्रो हुन्छ। परोपरकार गर्न खोज्नुभयो भने परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दैनिकी सामान्य छ। हरेक क्षेत्रमा बाधा र विरोध रहे पनि शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उल्लेखनीय लाभ प्राप्त हुनेछ। पारिवारिक साथ र सहयोग हुनाले मनमा शान्ति मिल्नेछ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आजको दिन सामान्य राम्रो छ। सोचेर बोल्नु राम्रो हुन्छ। बोलीकै कारण समस्या आइपर्ने हुनाले विवेक प्रयोग गर्नु उपयुक्त हुन्छ। समाजमा झुटो आरोप लाग्नसक्छ। परिवारमा खटपटी बढ्ने देखिन्छ। परेवालाई दाना दिनुभयो भने धेरै संकट टर्नेछ।

मकर : (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दिन राम्रो छ। खानपानमा ख्याल गर्नु राम्रो हुन्छ। आजको दिनमा माछा र मासुबाट अलग रहनु। शिक्षाको क्षेत्रमा उन्नति हुने योग छ। परिवारबाट असहयोग हुनसक्छ।

कुम्भ :  (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दिन सामान्य छ। हरेक क्षेत्रमा विरोध हुनसक्छ। मन बलियो पारे थालेको काम सफल हुनेछ। पिपलको दर्शन गर्नुभयो भने संकट टर्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दिन राम्रो छ। आर्थिक र सामाजिक क्षेत्र सबल छन्। घर वा डेरा सर्ने चटारो हुनेछ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २२ हजार ७२२ पुग्यो

एजेन्सी । गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या बढेर २२ हाजर ७२२ पुगेको छ ।

गाजास्थित स्वास्थ्य मन्त्रालयले शनिबार जनाए अनुसार इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा १२२ प्यालेस्टाइनीको ज्यान गएको छ भने २५६ जना घाइते भएका छन् । गत अक्टोबर ७ गतेको आक्रमण यता मृत्यु हुनेको कुल सङ्ख्या २२ हजार ७२२ पुगेको छ भने घाइतेहरूको सङ्ख्या ५८ हजार १६६ पुगेको छ ।

यसै बीच इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले शनिबार सेनाले गाजा शहरको एउटा क्षेत्रमा छापा मारेको बताएका छन् ।

आद्रेईका अनुसार सेनाले प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघ एजेन्सीसँग सम्बन्धित क्लिनिक झोलाभित्र हमासले लुकाएका शङ्कास्पद सैन्य सामग्री र विस्फोटक पदार्थ भेटिएको बताएका छन् ।

बरहथवा घटनामा ज्यान गुमाएका परिवारलाई सरकारले १० लाख दिने, गृहले बनायो छानबिन समिति

काठमाडौँ । गृह मन्त्रालयले सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको घटनाको छानबिन गर्न तीन सदस्यीय समिति बनाएको छ ।

सरकारले सर्लाही जिल्लाको बरहथवामा भएको झडपमा ज्यान गुमाएका युवाका परिवारलाई १० लाख रुपैयाँ दिने भएको छ। सर्लाहीको बरहथवामा नगर अस्पतालको विषयलाई लिएर शुक्रबार भएको प्रदर्शनमा बरहथवा नगरपालिका– ६ का जयशंकर साहको मृत्यु भएको थियो। प्रदर्शनको क्रममा प्रहरी र स्थानीयबीच भएको झडपमा प्रहरीको गोलि लागेर उनको मृत्यु भएको हो। मृतक साहको शव अहिलेसम्म घटनास्थलमै छ । 

उक्त घटनाबारे गृह मन्त्रालयले गृह सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। समितिमा प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेका छन्। साे क्षेत्रमा स्थानीय प्रशासनले भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा लगाएकाे छ । 

अवैध लाइसेन्स वितरणमा लाखौं रुपियाको चलखेल

काठमाडौं । देशका विभिन्न यातायात कार्यालयमार्फत वितरण भएकामध्ये झन्डै १ लाख लाइसेन्स ‘फ्रड’ अवैध किसिमले बनाएर वितरण भएको पाइएको छ।

यातायात व्यवस्था विभाग र विभिन्न यातायात कार्यालयको मिलेमतोमा वितरण भएका झन्डै १ लाख शंकास्पद स्मार्ट लाइसेन्समध्ये ३० हजार लाइसेन्स खारेजीको सूचीमा परेका छन्। बाँकी ७० हजार पनि छानबिनपछि खारेज हुन सक्ने यातायात व्यवस्था विभागका अधिकारीहरुले बताएका छन् । सरकारले २०७२ सालदेखि स्मार्ट लाइसेन्स वितरण थालेको थियो। त्यस यता हालसम्म विभिन्न समूहका गरी ३५ लाख स्मार्ट कार्ड वितरण भइसकेका छन्। त्यसरी वितरण भएकामध्ये १ लाख लाइसेन्स अवैध (फ्रड) भएको हुन सक्ने देखिएको छ।

अवैध लाइसेन्स विवरणमा सन्दिग्ध भनेर आरोप लागेका विभागको आईटी शाखा प्रमुख मुकेश रेग्मीकै नेतृत्वमा छानबिन गर्दा समेत ३० हजार लाइसेन्स अवैध रहेको पुष्टि भएको छ भने थप ६५ हजार लाइसेन्स शंकास्पद रहेको रेग्मी स्वयंले बताए ।

पाँच सदस्यीय छानबिन समितिमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रहरी नायब उपरीक्षक तपनकुमार दाहाल समेत सदस्य छन् ।

रेग्मीका विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसम्म उजुरी परे पनि उनी भने आफूले एक महिनादेखि यस विषयमा छानबिन गरिरहेको बताउँछन् । तर, विभागकै अर्का एक कर्मचारीले अवैध लाइसेन्स बाँडिएको प्रमाण नष्ट गर्नका लागि छानबिनको नाटक गरिएको दाबी गरे ।

सोर्सफोर्स लगाउन नसक्ने र पैसा खुवाउन नसक्ने लाखौं सर्वसाधारण वर्षौंदेखि लाइसेन्सको प्रतीक्षामा भौंतारिइरहनुपरेको छ तर सोर्सफोर्सधारी र पैसा खुवाउनेहरुले भने बिचौलिया र कर्मचारीसँग मिलेमतो गरी अवैध रुपमा लाइसेन्स निकाल्न सफल भएका छन्। सर्वसाधारणले यस्तो अपराधपूर्ण कार्यमा संलग्नलाई कडा कारबाही गर्न माग गरेका छन्।

यातायात व्यवस्था विभागका आईटी शाखा प्रमुख उपसचिव मुकेश रेग्मीको संयोजकत्वमा गठन भएको छानबिन टोलीले २०७२ साल यता वितरण भएका ३५ लाख लाइसेन्समध्ये १ लाख लाइसेन्स शंकास्पद देखिएकाले तिनका बारेमा थप छानबिन पछि खारेज गर्न सिफारिस गरेको छ।

सो छानबिन समितिले वितरण भएकामध्ये ३० हजार लाइसेन्स अवैध रहेकाले त्यसलाई भने तत्काल खारेज गर्न सिफारिस गरेको हो । हाल १४ लाख लाइसेन्स वितरण गर्नुपर्ने भए पनि छपाइको काम हुन बाँकी छ। यस क्रममा पनि ठूलो अनियमितता हुन सक्ने आशंका छानबिन समितिले गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले छानबिन समितिको प्रतिवेदन कार्यान्वयनसँगै यातायात क्षेत्रमा हलचल पैदा हुने बताउनुभयो।

महानिर्देशक रिजालले प्रतिवेदनमा खारेज गर्न प्रस्ताव गरिएका ३० हजार अवैध लाइसेन्स तत्काल खारेज गरिने दृढता व्यक्त गर्नुभयो। विगतमा भएका बदमासीहरु अन्त्य गर्ने किसिमले अघि बढेका छौं, अवरोधहरु धेरै आइरहेका छन्, तर पनि सुधार गरेरै छाड्छौं’ । उहाँले सीआईबीको समेत संलग्नतामा छानबिन गरिएकाले धेरै तथ्यहरु पत्ता लागेको बताउनुभयो।

यद्यपि छानबिन समितिका संयोजक रेग्मीमाथि नै अनियमित किसिमले काम गरिरहेको र अवैध लाइसेन्स वितरणमा भूमिका खेलिरहेको आरोप लागेको छ।तर रेग्मीले सो आरोपमा कुनै सत्यता नरहेको र आफूले सुधार गर्न खोज्दा आफूमाथि प्रहार भएको दाबी गर्दै आइरहनुभएको छ।

तपाईंबाटै अनियमितता भइरहेको भन्ने आरोप छ नि भन्ने संचारकर्मीको प्रश्नमा आईटी प्रमुख रेग्मीले आफूले विगतमा भएका अनियमितता छानबिन गर्न खोज्दा आफू माथि उल्टो प्रहार भएको दाबी गर्नुभयो। ‘सुधार गर्न खोज्दा धेरै प्रहार भइरहेको छ, ममाथिको आरोप प्रमाणित गर्न चुनौती छ’ । विभाग स्रोतका अनुसार अवैध किसिमले लाइसेन्स लिने ३५ हजारले विनापरीक्षा र ट्रायल नै लाइसेन्स हत्याउन सफल भएका थिए।

यातायात कार्यालयका कर्मचारी र बिचौलियासँगको सेटिङमा अवैध लाइसेन्स धमाधम रुपमा वितरण हुँदै आएको छ। अवैध लाइसेन्स जारी गरिदिएबापत कर्मचारीले बिचौलियामार्फत लाखौं रुपियाँ असुल्दै आएका थिए। यातायात कार्यालयकै कर्मचारीको मिलेमतोमा अवैध लाइसेन्स जारी गर्दा ठूलो परिमाणमा राजस्वसमेत छली हुँदै आइरहेको छ ।

यातायात व्यवस्था विभागमै स्मार्ट लाइसेन्स छपाइ गर्दा अनियमितता हुने गरेको आरोप छ। विशेष गरी सिस्टम कन्ट्रोल गर्ने आईटी शाखाका कर्मचारीकै मिलेमतोमा बढी अनियमितता हुने गरेको विभाग स्रोतको दाबी छ।

यसपटक भने विभागले आईटी प्रमुख निर्देशक मुकेश रेग्मीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन टोली बनाएर अनियमित किसिमले वितरण भएको लाइसेन्स र सिस्टमको बारेमा छानबिन गरेको हो। सो छानबिनमा सीआईबीका डीएसपी डा. तपन दाहाल, विभागकै शाखा अधिृकत अर्जुन अधिकारी, कम्प्युटर इन्जिनियर बोधराज बराललगायत सदस्य छन्। सो छानबिन समितिले अवैध रुपमा लाइसेन्स वितरण गर्दा विगतमा विभागकै उच्च पदस्थ अधिकारीहरुको समेत संलग्नता रहेको औंल्याएको छ।

समितिका अनुसार अवैध रुपमा लाइसेन्स वितरण गर्ने पहिलो कार्यालयको रुपमा यातायात कार्यालय पोखरा रहेको पाइएको छ । यसै गरी दोस्रोमा यातायात कार्यालय वीरगन्ज, तेस्रोमा कावासोती कार्यालय रहेको छ।

यस्तै लुम्बिनी यातायात कार्यालय, नारायणयी यातायात कार्यालय पनि बढी अवैध लाइसेन्स जारी गर्ने कार्यालयमा परेका छन्। विभागद्वारा गठित छानबिन समितिले अवैध लाइसेन्स जारी गर्ने कार्यालयमाथि थप छानबिन गर्न समेत सिफारिस गरेको छ। शंकास्पद देखिएका ७० हजार लाइसेन्स के कसरी उपलब्ध गराइयो भन्नेबारेमा सम्बन्धित कार्यालयसँग थप जानकारी माग्नसमेत छानबिन समितिले सिफारिस गरेको छ।

यसै गरी छानबिन समितिले सम्पूर्ण प्रतिवेदन र अवैध लाइसेन्सका बारेमा थप छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई जिम्मेवारी दिन समेत सिफारिस गरेको छ।यातायात कार्यालयहरुले विभागसँग सेटिङ मिलाएर अवैध लाइसेन्स जारी गर्न सफल भएको छानबिन समितिले जनाएको छ। उता आईटी प्रमुख रेग्मीले आफ्नो अनियमितता ढाकछोप गर्न छानबिनको नाटक रचेको दाबी विभागकै केही कर्मचारीको छ।

यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ। रेग्मीकैविरुद्ध अख्तियारमा उजुरी हालिएको हो। रेग्मीले भने विभागमा वषौंदेखि हालीमुहाली गरेर अनियमित धन्दा सञ्चालन गर्दै आइरहेकाहरुको धन्दा बन्द हुने भएकाले आफूविरुद्ध उजुरी हालेको हुन सक्ने बताउनुभयो ।

पछिल्ला केही दिन यता पनि गलत किसिमले लाइसेन्स जारी गर्ने गरिएको र छपाइ भइरहेको दाबी विभागका केही कर्मचारीको छ। कर्मचारीका अनुसार आईटी शाखाकै मिलेमतोमा जगातीलगायतका कार्यालयमा हलुका सवारी चालक अनुमति–पत्र वितरणमा अनियमितता भएको आरोप छ भने चावहिल कार्यालयमा ट्रायल पासको रिजल्ट अपलोड गर्नेबितिकै राजस्व नतिरिकनै जारी भएको पाइएको छ। यसले राजस्व छली हुन पुगेको दाबी .विभाग स्रोतको छ । साथै हालको आईटी शाखाले योमरीको पुरानो सिस्टम हेर्न नमिल्ने बनाएर मनोमानी गरेको आरोप छ।

अख्तियारद्वारा छानबिन शुरु

अवैध लाइसेन्स वितरणमा लाखौं रुपिया चलखेल भएको र राजस्वसमेत छली भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि गम्भीररुपमा छानबिन थालेको छ। अख्तियार स्रोतका अनुसार यातायातमा भएको अनियमितता सम्बन्धमा शुक्रबारदेखि नै प्रारम्भिक छानबिन थालिएको छ। ‘अनियमितता भएको विषयलाई गम्भीरतापूर्वक लिएर प्रारम्भिक छानबिन थालिएको छ, अनुसन्धान अधिकृतहरुले आवश्यकताअनुसार कागजात लिएर छानबिन अघि बढाउनेछन्’ ।

यही विषयलाई लिएर केही दिनअघि मात्रै छानबिनको माग गर्दै अख्तियारमा उजुरी परेको थियो । उजुरी र विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारका आधारमा लाइसेन्स वितरणमा भएका अनियमितता बारेमा छानबिन थालिएको अख्तियारले जनाएको छ।

प्रधानमन्त्रीको चासो, यातायात मन्त्रीलाई जानकारी छैन !

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यस विषयमा ब्रिफिङ भइसकेको र उनको चासो रहेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए ।

यस विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयभित्रै छानबिन चलिरहे पनि मन्त्री प्रकाश ज्वाला भने आफूलाई केही थाहा नभएको भनेर पन्छिएका छन् । ‘यातायात व्यवस्था विभाग सँग बुझ्नुस् । डीजीलाई सोध्नुस्, यो विषयमा म जानकार छैन ।

प्रचण्ड र प्रभु साह बीच भन्सार बिरुद्द आन्दोलन बारे छलफल, पर्यटन बोर्ड खारेज हुनुपर्ने

रौतहट २० पुस। ४५ प्रतिशत पुरस्कारको ब्यवस्था बिरुद्द तिनसाता देखि जारी आन्दोलनको सम्बन्धमा प्रधानमन्त्री प्रचण्ड र आमजनता पार्टी अध्यक्ष प्रभु साह बिच छलफल भएको छ।
शुक्रवार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र आम जनता पार्टी का अध्यक्ष प्रभु साहबीच सिंह दरवारमा भेटवार्ता भएको हो। भन्सार कमिसन खारेजीको माग सहित आम जनता पार्टीले गर्दै आएको आन्दोलनको विषयमा भेटका क्रममा छलफल भएको बताइएको छ ।
सिंहदरबारमा प्रचण्डसँग आफूहरुको आन्दोलनको मागको विषयमा करिब आधा घण्टा कुराकानी भएको पूर्व मन्त्री साहले जानकारी दिएका छन। छलफलका क्रममा प्रचण्डले आइतबारसम्म यस विषयमा आफूले निकास निकाल्ने आश्वासन दिएका छन् ।
‘छलफलका क्रममा मैले प्रधानमन्त्रीलाई पार्टीले गर्दै आएको आन्दोलनको विषयमा ध्यानाकर्षण गराएँ उनले बताए। आन्दोलनको माग सम्बोधन नभएको विषय राख्दा आफूले समाधान खोज्ने भन्नु भएको छ’, साहले भने, ‘आइतबारसम्मा निकास निकाल्छु भनेर प्रधानमन्त्रीले भन्नुभएको छ ।’
भन्सार कानूनमा रहेको ४५ प्रतिशत कमिसन वापतको पुरस्कारको प्रावधान हटाउन माग गर्दै आजपाले लगातार भन्सार विभाग घेराउ गर्दै आएको छ । आम सम्पर्क मञ्चको अगुवाइमा भन्सार विभाग घेराउ गर्दै आएको आजपाले माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताएको छ ।
यसैबीच आमजनता पार्टीले सर्लाहीको बरहथवामा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । न्याय प्राप्तिका लागि हुने विभिन्न शान्तिपूर्ण संघर्षहरुमा पटक पटक राज्य पक्षद्वारा भईरहेको दमनकारी हर्कतहरुले सरकार निरंकुशताको पथमा अग्रसर रहेको पुष्टि हुने आजपाको भनाइ छ ।
यसै बीच प्रभु साहले पर्यटन बोर्डमाथि आक्रोश पोखेका छन् । मुलुकको पर्यटन प्रवर्द्धनका खातिर देश–विदेशमा प्रचारप्रसार गर्नका लागि, मुलुकभित्रका पर्यटन गन्तव्य तथा धर्म संस्कृतिको समान विकास एवम् उत्थान गर्नका लागि भनेर निजी सरकारी साझेदारी (पीपीपी) मोडलमा पर्यटन बोर्डको स्थापना गरिए पनि सो अनुसारको काम हुन नसकेको भन्दै सांसद साहले आक्रोश पोखेका हुन् ।
सङ्घीय संसद् अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले बोर्डको काम कारबाही र पर्यटन क्षेत्रको विकासको मुद्दामा बिहीबार समितिको बैठक डाकेको थियो । उक्त समितिका सदस्य समेत रहेका सांसद साहले पछिल्लो समय बोर्डले उद्देश्यअनुसार काम नै गर्न नसकेको दाबी गरे ।
‘जुन उद्देश्य र लक्ष्यका साथ २०५३ सालमा बोर्डको स्थापना गरिएको थियो, त्यो अनुसारको उपलब्धि पाउनै सकिएन । बोर्डभित्रकै कर्मचारीहरू स्वार्थमा लाग्दा कसले कुन प्रोजेक्ट लिने र कुन पाउने भन्नेमै भागबन्डामा बोर्ड रुमलियो । सन् २०२३ मा १० लाख पर्यटक भित्रिए त भनियो, तर कसको इफोर्टले यति पर्यटक भित्रिएको हो ?’ प्रश्न गर्दै सांसद साहले भने– ‘बोर्डको गतिविधिले त पर्यटक भित्रिएका होइनन् । ल स्पष्टसँग भन्न सक्नुहुन्छ, नियमित पर्यटक यति हो र बोर्डको पहलमा यति पर्यटक थपिए ? सक्नुहुन्न ।’
बोर्डको वार्षिक बजेटको कम्तीमा ६० प्रतिशत खर्च अन्तर्राष्ट्रिय सम्बन्ध, नेपालको प्रचारप्रसार र मार्केटिङमा खर्च गर्नुपर्ने प्रावधान भए पनि बोर्ड सानातिना राजनीतिक तथा व्यक्तिगत स्वार्थमा लागेको उनले आरोप लगाए । बोर्डले बढीभन्दा बढी अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसारमा खर्च गर्नुपर्ने भए पनि आजभोलि गाउँ गाउँका साना पाटी पौवा र मन्दिर बनाउने कार्यमा मात्र केन्द्रित भएको उनले बताए ।
थप पर्यटन बोर्डले देशभित्रका सबै भाषा, धर्म, संस्कृति र कलालाई समान हैसियतमा विकास गर्न सहयोग गर्नुपर्नेमा असमान रूपमा आफू अनुकूल विभेदको काम गरिरहेको उनले आरोप लगाए । खास गरी मधेस प्रदेश, जनकपुर, मिथिला, लुम्बिनीको क्षेत्रमा काम गर्न बोर्डले कन्चुस्याई गर्ने गरेको उनले आरोप लगाए ।
‘कि त पर्यटन बोर्ड खारेज हुनुपर्‍यो कि त बोर्ड । एउटै प्रकृतिको समान दुई संस्था राख्नु उचित हुँदैन’ सांसद साहले भने, ‘दुईवटा संस्था राखेर खर्च बढाउने भन्दा बढीभन्दा बढी काम गर्ने एउटै संस्था चाहिएको छ ।’ सञ्जय मिश्रा

तलबको मागगर्दै तेस्रोदिन धर्नाजारी, शिक्षक संघको ऐक्यवद्धता

रौतहट २१ पुस। रौतहटको फतुवा विजयपुर नगरपालिकामा कार्यरत शिक्षक कर्मचारी तलबको माग गर्दै तेस्रो दिन पनि धर्नामा जारी राखेका छन। जनप्रतिनिधि बिच आपसी विवादका कारण गत साउन देखि तलब पाउन नसकेका शिक्षक कर्मचारी नगरपालिकाको अगाडी बुधबार देखि धर्ना सुरु गरेका हुन। तेस्रो दिन आज नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष रामकृपाल यादव धर्नास्थल पुगेर ऐक्यबद्धता जनाएका छन। कुनै पनि बहानामा शिक्षक तथा कर्मचारीको तलब रोकिनु नहुने तथा समयमा पाउनु पर्ने विचार अध्यक्ष यादवले राखेका थिए।
नगरक्षेत्र अन्तर्गतका प्रत्येक माबि बाट ३ जना, निमाबी बाट २ जना प्राबि बाट १ जनागरी आजदेखि पालोपालो गरी धर्ना सुरुभएको हो। समस्या समाधान नभएसम्म पहिलो चरणको आन्दोलन स्वरूप दैनिक बिहान ११ बजेदेखि ४ बजेसम्म धर्ना जारिरहने तथा दोस्रो चारणमा सम्पूर्ण बिद्यालय बन्द गरी सडक आन्दोलनमा उत्रने सहभागि माबी दुधिअवाका शिक्षक रञ्जन खरेलले चेतावनी दिएका छन्।
तत्कालीन मेयर गोपाल राय यादव बिशेष अदालत बाट दण्डित भएर निलम्बित भए संगै कार्यवाहक मेयर खातुन र अन्य जनप्रतिनिधि बीच बिवाद उत्पन्न भएको हो।
मन्त्रालयको निर्देशनमा फतुवामा केहीसमय अघि प्रशासकिय अधिकृतको रूपमा आएका उपसचिव सुरेन्द्र प्रधान र मेयर खातुनको प्रयासमा अघिल्लो महिनामा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो।
मेयर खातुनको निर्देशनमा नगरसभाको लागि पटकपटक बैठक बोलाउँदा कांग्रेसका वडा अध्यक्षहरु संगै कार्यपालिका बोर्डका सदस्य जनप्रतिनिधिहरु बिभिन्न आरोप लगाउँदै बैठकमा उपस्थित भएका छैनन्।
असार १० गते भित्र हुनुपर्ने नगर परिषद जनप्रतिनिधि बीच आपसी तालमेल नमिलेको कारण हालसम्म पनि हुन नसक्दा नगरपालिकाको सम्पूर्ण आर्थिक गतिविधि सुन्य भएको छ।
नगरभित्रका शिक्षक लगायत ३५० को हाराहारीमा कर्मचारीले तलब पाउन सकेका छैनन् । कार्यपालिका बोर्ड बैठक बसेर नगरसभाको दिन तोक्न तीनपटक लिखित सूचना पठाउँदा मेयर बाहेक काँग्रेस समर्थित जनप्रतिनिधि वडा अध्यक्षहरु पत्र नै नबुझ्ने गरेकाले अवस्था अन्यौल बनेको उपसचिव प्रधानले गुनासो गरेका छन्।
कांग्रेस पार्टीका एकजना वडा अध्यक्ष राकेश यादवले कार्यवाहक मेयर खातुन एकोहोरो गरेको र उनी पनि कांग्रेस पार्टीकै भएकाले पहिले पार्टीभित्र आएर आत्म आलोचना गरेपछि मात्र बैठकमा सहभागि हुने अडान राखेका छन्। कांग्रेस समर्थित जनप्रतिनिधिको कारण नगरपालिकाको कामकाज प्रभावित बनाईरहेको कार्यवाहक मेयर अम्बेया खातुनले बताएकी छन्।
यस अघि मेयर खातुन एमालेका ३ जना र जसपाका १ गरी ४ जना वडा अध्यक्षहरुले शिक्षक कर्मचारीको धर्नामा ऐक्यब्धता जनाएका थिए।
लालबकैया नदीको टेन्डरको मुद्दामा अख्तिारद्वारा दोषी ठहर भएर तत्कालीन मेयर गोपाल राय यादव लाई तीन वर्ष कैद र १५ लाख जरिबानाको फैसला बिशेष अदालत बाट भएपछि उनको पद गएको थियो। उनी निलम्बित भएपछि उपमेयर खातुन कार्यवाहकको जिम्मेवारी पाएको थियो। निलम्बित मेयर यादव र कार्यवाहक खातुन कांग्रेस पार्टीकै हुन्।

गरुडा नगरपालिकामा तालाबन्दी संगै धर्ना

रौतहट २१ पुस। रौतहटको मध्यभाग गरुडा नगरपालिकामा तालाबन्दी गरिएको छ।
बिभिन्न सुविधाको माग गर्दै उपमेयर पुनम चौधरीको नेतृत्वमा गएको टोलीले नगरपालिका भवनको मूल गेटमा तालाबन्दी गरेको हो। उपमेयर चौधरी सहित केही वडा अध्यक्षहरुको टोलीले नगरका कर्मचारी लाई बाहिर निकालेर तालाबन्दी गरेको छ। मेयर कन्थमनि जैसवालले उपमेयर चौधरी लगायत वडा अध्यक्षहरु लाई सरकारले तोके बमोजिमको सुबिधा नदिएको तथा करारका कर्मचारी लाई तलब नदिएको उपमेयर चौधरीले बताईन। शुक्रवार साँझ नगरपालिका अगाडी पत्रकार सम्मेलनको आयोजना गरी मेयर जैसवालले आफूखुसी गरिरहेकाले तालाबन्दी गरेको उपमेयर चौधरीले बताईन। मेयर जैसवाल बार्ता गरी कार्वान्यानको बाताबरण नबनाए सम्म तालाबन्दी जारी रहने बताएकी थिइन्। पत्रकार सम्मेलनमा उपमेयर चौधरी संगै ६ जना वडा अध्यक्षहरुको सहभागिता रहेको थियो। बक्यौता रहेको तलब दिनुपर्ने, कार्यपालिकाको नियमित बैठक बोलाउनु पर्ने, नगरसभाका निर्णयहरु कार्यपालिका बैठकमा सार्वजनिक गर्नुपर्ने, गत आर्थिक वर्ष र यस चालू आर्थिक वर्षको सम्पुर्ण खर्चहरु कार्यपालिका बैठकमा पेश गर्नुपर्ने, जथाभाबी नियुक्त गरिएका करारका कर्मचारी खारेज गर्नुपर्ने र प्रत्येक वडामा समान स्तर बजेट बिनियोजन गर्नुपर्ने उनिहरुको माग छ ।
उता मेयर जैसवालले नगरसभाको निर्णय अनुसार नगरको विकास निर्माण देखि सम्पूर्ण काम गर्दै आएको बताउँदै केही गलत तत्वको उक्साहटमा तालाबन्दी भएकाले सहमतीमै ताला खुलाउने प्रयास भईरहेको जानकारी दिएका छन्। गरुडा नगरपालिकामा तालाबन्दी, प्रहरीले सहयोग नगरेको मेयर जयसवालको गुनासो ।