त्रिभुवन विमानस्थलबाट आधा केजी सुनसहित एकजना पक्राउ

काठमाडौं ।  त्रिभुवन विमानस्थलबाट करिब आधा केजी सुनसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका २३ वर्षीय खगेन्द्र दर्जी रहेको प्रहरीले जनाएको छ ।

विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेकाअनुसार दर्जी ४९९ ग्राम सुनसहित पक्राउ परेका हुन् ।

उनी हिमालय एयरलाइन्सको उडानमा दोहाबाट काठमाडौं आएका हुन् । थप अनुसन्धानका लागि भन्सार सुरक्षार्थ एपीएफ परिचालित भएको छ ।

नेविसंघको प्रदर्शनमा प्रहरी दमन, दर्जन बढी विद्यार्थी बढी पक्राउ

काठमाडौ‌ । प्रदर्शनमा उत्रिएका नेविसंघका नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । माइतीघरमा जारी निषेधाज्ञा खारेज गर्ने मागसहित प्रदर्शनमा उत्रिएको सत्तारूढ दल नेपाली कांग्रेसको भातृ संगठन, नेपाल विद्यार्थी संघ समर्थित बिद्यार्थीहरूलाई आज प्रहरीले पक्राउ गरेको छ।

नेविसंघ काठमाडौ जिल्ला कार्य समितीले आज माइतीघरको निषेधाज्ञा खुलाउनुपर्ने मागसहित प्रदर्शनमा उत्रिएको हो। प्रदर्शनमा उत्रिएका डेढ दर्जन बढीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका बिद्यार्थीहरुलाई प्रहरी बृत सिंहदरबार राखिएको छ।

सरकारले मंसिर ४ गतेदेखि लागू हुनेगरी माइतीघर लगायतका आसपासका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

जनकपुरबाट अयोध्या जाने रेललाई भारतले दिएन अनुमति

जनकपुरधाम । जनकपुरबाट अयोध्या जाने भनिएको रेललाई भारतले यात्रा अनुमति दिएन । सुरक्षाको कारण देखाउँदै भारतले अनुमति नदिएपछि यात्रा रद्द भएको छ ।

शनिबार बिहान नेपाल रेल्वे कम्पनीका प्रबन्धक निरञ्जन झाले सम्बन्धित निकायबाट स्वीकृति लिएर प्राण प्रतिष्ठामा जनकपुरबाट भारतीय २० बोगीको रेल जाने व्यवस्था मिलाएको जानकारी दिएका थिए । उनका अनुसार शनिबार अपराह ४ बजेदेखि टिकट बुकिङ खुला गरिएको थियो । उक्त रेल आज (आइतबार) बिहान ६ बजे अयोध्या प्रस्थान गर्ने कार्यक्रम थियो ।

तर शनिबार साँझ रेल्वे कम्पनीले भारत सरकारले अनुमति नदिएकाले विशेष रेल सेवा रद्द भएको जानकारी गराएको छ ।

जनकपुर रेलवेका प्रमुख प्रशासन सहायक रञ्जित ठाकुरले सुरक्षाको कारण देखाउँदै भारतले अनुमति नदिँदा अयोध्या जाने रेल सेवा रद्द गरिएको जनकारी दिए ।

नवलपुरमा एक गर्भवती महिलाको हत्या, श्रीमान् पक्राउ 

चितवन । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका– ६ बिरुखर्कमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।

जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नं. ६ बिरुखर्कका ३३ वर्षका शेरबहादुर लम्कामगरले ३४ वर्षीया श्रीमती चनिसरा लम्कामगरको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज बिहान एक बजे शेरबहादुरले घरमै सुतिरहेकी श्रीमती चनिसरालाई कोदालो र खुर्पा प्रहार गरेर हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार चनिसरा ८ महिनाकी गर्भवती थिइन् । श्रीमतीको हत्या गर्ने शेर बहादुरलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको छ ।

हत्याको कारण खुलेको छैन । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

चीनको छात्रावासमा आगलागी हुँदा १३ जना बालबालिकाको मृत्यु

बेइजिङ । चीनको एक स्कुलमा आगलागी हुदाँ १३ विद्यार्थीको मृत्यु भएको छ । मध्य चीनको एक बोर्डिङ स्कुलको छात्रावासमा आगलागी हुँदा १३ विद्यार्थीको मृत्यु भएको हो ।

 चिनियाँ सञ्चारमाध्यमका अनुसार हेनान प्रान्तको यान्सानपु गाउँको यिङकाई विद्यालयमा आगलागी हुँदा एक विद्यार्थी घाइते भएको छन् ।

 घाइते हुनेमा प्राथमिक विद्यालय तेस्रो कक्षाका विद्यार्थी रहेको बताइएको छ । ती सबै नौ र १० वर्षका एउटै कक्षामा अध्ययनरत बिधार्थी रहेको हेबेई डेलीले जनाएको छ ।

 फायर फाइटरहरूले आगोलाई तुरुन्तै निभाउन सफल भएका छन, जुन शुक्रबार राति ११ बजे सुरू भएको थियो ।अधिकारीहरूले सो आगलागीको कारणको अनुसन्धान गरिरहेको र  विद्यालयका प्रमुखलाई हिरासतमा लिइएको छ ।

 चाइना नेशनल रेडियोले विद्यालयको छात्रावासको भवनका केही झ्यालहरू भाँचिएको र प्रहरीले नजिकैको इलाकालाई घेराबन्दी गरेको देखाएको तस्बिरहरू प्रकाशित गरेको बताएको छ। करिब एक करोड जनसंख्या भएको सहर नान्याङको बाहिरी भागमा रहेको यान्सापु गाउँमा यो घटना भएको हो ।

आजदेखि काठमाडौँका यी स्थानमा छ दिनसम्म विजुली जाने (तालिकासहित)

काठमाडौँ । काठमाडौँमा आज (आइतबार)देखि विभिन्न स्थानमा ७ दिन विद्युत् सेवा आपूर्ति नहुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।

नेपाल विद्युत् प्राधिकरण, महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

आज (माघ ७ गते) महाराजगन्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्र, माघ ८ गते चपली घुम्ती चोकदेखि बुढानीलकण्ठसम्मको क्षेत्र, माघ ९ गते गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्र माघ १० गते चपली घुम्ती चोक, पासीकोट क्षेत्रहरूमा विद्युत् आपूर्ति हुने छैन ।

माघ ११ गते चपली भंगाल, चपली घुम्ती चोकदेखि भद्रकाली स्कुलसम्मको क्षेत्र, माघ १२ गते गोल्फु टारदेखि ह्याम्स हस्पिटलसम्म र माघ १३ गते गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्रसम्म विद्युत् सेवा बन्द हुने प्राधिकरणको भनाई छ ।

नक्कली लाइसेन्स छानबिनमाअख्तियारको अनुसन्धान थप पेचिलो बन्दै

काठमाडौं । यातायात व्यवस्था विभागबाट पछिल्लो चार महिनामा वितरणको निर्णय भएका ३० देखि ३५ हजार लाइसेन्स बर्तमान नेतृत्व महानिर्देशक समेत आइटी टिम नै अख्तियारको शंकाको घेरामा परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिला वितरण भएका र शंकास्पद भनिएका १ लाख र विगत चार महिनामा वितरण गर्न निर्णय गरिएका ३५ हजार लाइसेन्स गरी दुवै प्रकारका लाइसेन्समा भएको अनियमितताका बारेमा एकैपटक छानबिन थालेको हो।

विभागले पछिल्लो समय आइटी निर्देशक मुकेश रेग्मीको नेतृत्वमा छानबिन समिति बनाएर पुराना लाइसेन्सको बारेमा छानबिन गरेको थियो।

त्यसरी छानबिन गर्दा १ लाख लाइसेन्स शंकाको घेरामा रहेको छानबिन समितिको प्रतिवेदनले औंल्याएको थियो। तर, विभागमा पछिल्लो चार महिनामा वितरण गर्न निर्णय भएका भनिएका ३५ हजार लाइसेन्सको अवस्थाका बारेमा भने विभागको छानबिन समितिले तथ्य लुकाएपछि अख्तियारले त्यस सम्बन्धमा पनि छानबिन थालेको हो।

‘विभागको छानबिन समितिले पुराना लाइसेन्सको बारेमा मात्रै छानबिन गरेर पछिल्लो चार महिनामा वितरणको निर्णय भएका ३० देखि ३५ हजार लाइसेन्सको बारेमा तथ्य लुकाएको भन्ने विषयहरू पनि आइरहेका बताइन्छ ।

अख्तियार स्रोतका अनुसार विभागमा यस अघि रहेका आइटी निर्देशकहरू र हालका आइटी निर्देशक मुख्य रूपमा छानबिनको घेरामा पर्ने भएको छ।

लाइसेन्स छपाइसम्बन्धी सबै प्रणलीको मुख्य नेतृत्वकर्ता विभागका आईटी निर्देशक हुने भएकाले सबैखाले अनियमिताको मुख्य जिम्मेवार आईटी निर्देशक नै हुने देखिएको छ।

त्यसैले, यस अघिका सबै आईटी निर्देशक र हालका आईटी निर्देशकमाथि मुख्य रूपमा छानबिन केन्द्रित हुने बताइएको छ।

स्रोतका अनुसार विगत चार महिनामा हालका आईटी प्रमुख मुकेश रेग्मीलगायतको समूहले ३० देखि ३५ हजार लाइसेन्स वितरण गर्दा व्यापक अनियमितता गरेको र त्यसलाई ढाकछोप गर्न त्यसअघि भएका सबैखाले अनियमितताका विषयलाई छानबिन समिति बनाएर बाहिर ल्याइएको हो।

अख्तियारको प्रारम्भिक अनुसन्धानका क्रममा पनि पुराना र नयाँ गरी दुवै समयमा गलत किसिमले काम भएकाले विभागको पुरानो नेतृत्व र हालको नेतृत्व गरी दुवै पक्षमाथि अनुसन्धान जारी राखिएको बताइएको छ।

पहिला वितरण गरिएका १ लाख लाइसेन्स शंकास्पद भनेर निक्र्यौल गर्ने छानबिन समितिले पछिल्लो चार महिनामा वितरण गर्न निर्णय गरिएका भनिएका ३० देखि ३५ हजार लाइसेन्सको बारेमा वास्तविक तथ्य ल्याउन नसक्नु शंकास्पद रहेको टिप्पणी गर्दै अख्तियार स्रोतले भन्यो– ‘त्यसैले नयाँ र पुराना दुवैखाले लाइसेन्समा गडबडी भएको देखिन्छ। ’

विभागले छानबिन गर्दा पछिल्लो समय वितरण गर्न निर्णय भएका लाइसेन्सको बारेमा मौन बसेपछि अख्तियारले विभागको हालको नेतृत्व र छानबिन समितिमाथि समेत विशेष निगरानी राखेको बताइएको छ।

विभागकै केही कर्मचारीले हालका महानिर्देशक र आईटी प्रमुखले पछिल्ला चार महिनामा गरेका गलत निर्णय लुकाउन पुराना बद्मासीको छानबिन गरी नाटक प्रर्दशन गरेको दाबी गर्दै आइरहेका छन्। विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले भने यातायात क्षेत्रमा रहेको विकृति अन्त्य गर्न छानबिन गरिएको प्रयोजित प्रचार भएको उहालाई सन्चारकर्मिले सम्पर्क गर्दा निश्चित सन्चारमाध्यम बाहेक सम्पर्कमा न आउनुले नै उहाको संलग्नता बढी देखिन्छ भन्ने अनुसन्धानको सुइ महानिर्देशक रिजाल तिरै तेर्सिनु स्वभाबिक रहेको बताइन्छ।

अख्तियारको छानबिनको क्रममा विभागका पूर्व महानिर्देशक र स्वयं उहाँमाथि समेत केन्द्रित रहेको बताइएको छ। अख्तियारले चार महिनायताको निर्णय र पुराना निर्णयको आधारमा भएका लाइसेन्स वितरणको छानबिन एकैसाथ गरेकाले छानबिन सकिएपछि मात्रै वास्तविक सत्यतथ्य पत्ता बताइए पनि यो बिषय थप पेचिलो बन्दै गएको छ।

पछिल्लो चार महिनामा भएका निर्णयलाई महानिर्देशक रिजाल र आईटी प्रमुख रेग्मीले लुकाएको भन्दै उहाँहरूमाथि समेत छानबिन गर्न अख्तियारमा थप दबाब परेपछि अख्तियारले उहाँहरूमाथि समेत छानबिन केन्द्रित गरेको समाचार श्रोत बताउँछ ।

साथै अख्तियारले यस प्रकरणमा विभागमा विभिन्न समयमा आएका पूर्व महानिर्देशकहरूमाथि समेत छानबिन गर्दै आइरहेको छ। स्रोतका अनुसार विभागको लाइसेन्स छपाईसम्बन्धी मास्टर आईडी आईटी निर्देशकसँग मात्रै हुन्छ।

त्यसैले हालका निर्देशक रेग्मीले पछिल्लो समयमा भएका सेटिङ्का तथ्यहरू नष्ट गरेको आरोप उहाँमाथि लागेको बताइन्छ । तर, रेग्मीले पछिल्लो समयमा आफूहरूबाट त्यस्तो कुनै गलत काम नभएको दाबी गर्दै आइरहनुभएको छ।

स्रोतका अनुसार विभागको हालको नेतृत्वमा रहेका महानिर्देशक र आईटी निर्देशकले विगतमा १० वर्षसम्म स्वीकृत नगरेको ओए (अप्रेसनल एसेप्टेन्स) दिएर बद्मासी गरेको आरोपसमेत उहाँहरूमाथि लागेको छ।

अख्तियारले यस सम्बन्धमा समेत छानबिन थालेको जनाइएको छ। साथै अख्तियारले ‘रियल टाइम डाटाबेस’का बारेमा समेत आवश्यक छानबिन गरिरहेको बताइएको छ।

रेलमा बढ्दो व्यापार घाटा

काठमाडाैं । यहाँ कुरा आयो, रेल त आवश्यकता छ । तर त्यो धेरै खर्चिलो हुन्छ । अहिले हाम्रो व्यापार घाटा बढेको बढ्यै छ, यस्तोमा हामी आफैँले  रेल्वे निर्माण गर्न सक्ने अवस्था छैन । फेरि त्यो एकदमै महँगो हुन्छ,’ ‘त्यसैले यसमा ध्यान पुर्‍याउनुपर्ने अवस्था छ । नत्र कुनै दातृ राष्ट्रको अनुदान वा सस्तो ब्याजदरमा ऋण लिन सक्ने हो भने मात्र  रेल्वे बनाउन सकिन्छ । त्यो भयो भने मात्रै फाइदाजनक हुनसक्छ ।’

नागरिकका आधारभूत आवश्यकतामा सरकारले व्यापारभन्दा सेवा गर्ने नीति राख्नुपर्छ। जनताको आवश्यकताकै वस्तु तथा सेवाको व्यापारबाट नाफा कमाउनु कल्याणकारी राज्यको धर्म हुन सक्दैन। उदार पुँजीवादी मुलुकमा समेत सार्वजनिक यातायातलाई नागरिकको आधारभूत आवश्यकता माने रै राज्यले सेवा दिइरहेको हुन्छ।

विकसित देशमा सहरमा नगर बस र रेलहरू चल्छन्, तर ती राज्यको लगानीका हुन्छ। छिमेकी भारतमै पनि रेल सेवामा मात्रै होइन, सहर–सहरमा सार्वजनिक बस सेवामा सरकारी लगानी छ। हाम्रो देशको एउटामात्रै रेल सेवा जुन जनकपुरबाट भारतसम्म पुग्छ, त्यो सरकारी लगानीकै हो। नागरिकको सेवाका खातिर रेल सञ्चालन हुनु त सुखदै हो, तर सुरु भएको धेरै समय नबित्दै यसले पनि नेपाल सरकार मातहतका संस्थाको उही नियति व्यहोरेको छ– घाटैघाटा।

कतिपय सेवा यस्ता हुन्छन्, जसमा सरकारले लगानी गर्‍यो भन्दैमा नाफै गर्नुपर्छ भन्ने हुँदैन। तर, नेपालमा भने उदेकलाग्दो के हुन्छ भने सरकारले कुनै सेवा र उत्पादनमूलक उद्यम व्यवसाय गर्‍यो कि घाटै हुन्छ। नाफा तै साह्रै बिरलैमात्रै। जनकपुर—जयनगर रेलसेवा पनि अपवाद बन्न सकेन। महिनाको आम्दानी ८९ लाख, खर्च दोब्बर। भारतीय समाजमा चल्तीको उखान– आम्दानी अठनी, खर्च रुपैयाँ। जो चरितार्थ भएको छ। भारतीय कर्मचारीको भरमा १ अर्बभन्दा बढी आफ्नो लगानीको रेलसेवा सरकारले चलाइरहेको छ। भारतीयहरूको महँगो तलब छ। २० नाम उनीहरूले मासिक ७० लाख लिन्छन्, जब कि महाप्रबन्धकदेखि १ सय २६ जनाको संख्याका नेपाली कर्मचारीको तलब १७ लाख छ।

रेल सेवा सुरु गरेको दुई वर्ष बितिसक्दा पनि स्वदेशी मानवसंशाधनलाई रेल सञ्चालनको मुख्य जिम्मेवारी सुम्पिन नसक्नु नै घाटाको एउटा मुख्य कारण हो। अर्काेचाहिँ भारतमै पनि यात्रुवाहक रेलसेवाले होइन कि मालबाहक साधनले कमाइ गर्छ। हाम्रोमा चाहिँ यात्रुबाहकमा मात्रै सीमित गरिएको छ रेलसेवालाई। मर्मत, सम्भारदेखि सबै कामका लागि भारतमै भर पर्नुपरेको छ। रेल सेवालाई ३५ किलोमिटरभन्दा बढी क्षेत्रमा विस्तार गर्न सकिएको छैन।

रेलसेवा विस्तार र यसको सेवालाई पनि यात्रुदेखि मालबाहकसम्म पुर्‍याउन आवश्यक छ। र, भारतीय मानवसंसाधनको निर्भरताबाट पनि मुक्ति दिलाउनुपर्छ। तबमात्रै रेलसेवा घाटामा जाँदैन। 
 

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सूचीसहित) 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । 

आज अमेरिकी डलर एकको खरिद दर १३२.६१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.२१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.४० रुपैयाँ रहेको छ भने बिक्री दर १४५.०५ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.२२ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.९८ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.४६ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.८५ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनएकाे छ । 

यस्ताे छ ७ माघ २०८० आज तपाईंको राशिफल

मेष : दिन सामान्य राम्रो छ। आफूलाई चिनेर व्यवहार गरेमा सफलता मिल्नेछ । पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ। विदेशमा गरेको लगानीबाट फाइदा हुन्छ । हरेक काममा परिवारको साथ मिल्नेछ।

वृष : चन्द्रमा उदय भएकाले दिन राम्रो छ। साथीबाट सहयोग मिल्नेछ। अचानक पेट सम्बन्धी समस्या हुनसक्छ। खानपानमा सचेत हुनु फाइदा हुन्छ। परिवारबाट राम्रो साथ मिल्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुन्छ ।

मिथुन : दिन राम्रो छ। नयाँ ठाउँको घुमघाम रमाइलो हुनेछ। धर्ममा मन जानेछ। मिठो खान पाइने छ। नयाँ साथीसँगको आनन्द अनुभूति हुनसक्छ। व्यापारी साथी सकारात्मक छन्। परिवारसँगको सम्बन्ध सुमधुर देखिन्छ।

कर्कट : दिन सामान्य छ। हरेक क्षेत्रमा तनाव हुनसक्छ। राम्रा कामको जस अरुले लिनेछन्। बिहानै उठेर वर र पिपलको दर्शन गरेर कामको सुरुवात गरे दिन राम्रो हुन्छ । विश्वास गरेका व्यक्तिबाट धोखा हुने देखिन्छ।

सिंह : दिन राम्रो छ। वैदेशिक क्षेत्रमा लगानीबाट राम्रो हुनेछ। शिक्षा भन्दा राजनीतिक क्षेत्रमा मान प्राप्त हुनेछ । परिवारसँगको सम्बन्धमा तनाव बढ्ने छ। कर्म क्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ ।

कन्या : दिन राम्रो छ । कर्म क्षेत्रमा राम्रो प्रभाव रहने छ। व्यापार व्यवसायबाट लाभ हुनेछ। अचानक रोगको प्रभाव देखिन्छ। खानपानमा ख्याल गर्नु राम्रो हुन्छ । परिवारको साथ र सहयोग रहनेछ।

तुला : दिन राम्रो छ । शिक्षा र रोजगारीका क्षेत्रमा लाभ हुनेछ। परिवारको साथ मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा आलोचना हुनेछ।

वृश्चिक : दिन सामान्य राम्रो छ । आफ्नो क्षेत्रमा बोलीको प्रभाव रहने छ। सहकर्मी विरोध गर्न जुटेका छन्। सहकर्मीसँग सचेत हुनु राम्रो हुन्छ। परिवारको साथ र सहयोग राम्रो रहने छ।

धनु : दिन राम्रो छ । कर्मको फल प्राप्त गर्न सहज हुनेछ । बोलीको प्रभाव रहने छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने देखिन्छ। परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर : समय सामान्य छ। अचानक खर्च बढ्ने योग रहेको छ। आफ्नाले कुरा काट्ने छन्। माथिल्लो निकायबाट साथ रहने छ। परिवारको साथ मिल्नेछ।

कुम्भ : समय राम्रो छैन । अचानक पुरानो रोगले दुःख दिन्छ। आफूले कमाएको धनमा अरुको आँखा लाग्न सक्छ। परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध राम्रो हुने दिन छ ।

मीन : समय राम्रो छ। तपाईं धन्यवादको पात्र बन्नुहुन्छ। झुक्याउने साथीसँग सचेत हुनुपर्छ। सहयोग गर्ने साथीको संख्या बढी भएकाले डराउनु आवश्यक छैन। परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ।

रौतहटमा अधिवेशन नजिकदै गर्दा नेता कार्यकर्ताहरुमा चहलपहल

रौतहट,६ माघ । नेकपा एमालेको रौतहट जिल्ला अधिवेशन नजिकदै गर्दा नेता कार्यकर्ताहरुमा चहलपहल बढेको छ । आउदो माघ २५ र २६ गते हुने जिल्ला अधिवेशनको लागी नेताहरु गाउ गाउ मा सकृय छन् ।
माघ ४ गते बसेको जिल्ला कमिटी सचिवालय वैठकले अधिवेशनलाइ भब्य र सब्य बनाउन बिभिन्न निर्णयहरु गरेको नेकपा एमाले रौतहटका जिल्ला इन्चार्ज पुरुषोतम पौडेलले जानकारी दिएका छन्।
बैठकले जिल्ला अधिवेशन सफल पार्न माघ ७ गते देखी १२ गते सम्म सवै पालिका कमिटीहरु र सवै जनसंगठन हरुको वैठकको आयोजना गर्ने निर्णय गरेको इन्चार्ज पौडेलले बताए ।
माघ १३ गते रौतहटको १८ वटै स्थानिय तहमा एकदैदिन प्रतिनिधि चयन गर्ने समेत निर्णय गरेको छ ।
माघ १८ गते जिल्ला अधिवेशन तयारी भेला आयोजना गर्ने,भेलामा वडाकमिटीका पदाधिकारीहरु, पालिका कमिटीका सदस्य तथा पदाधिकारीहरु, जिल्ला प्रदेश र केन्द्रीय स्तरका सवै र जनसंगठनका केन्द्र देखी पालिका कमिटिका पदाधिकारी सहभागी हुने नेकपा एमालेका केन्द्रिय सदस्य उद्धब रेग्मीले जानकारी दिएका छन् ।
नेकपा एमाले रौतहट जिल्ला कमिटिका संयोजक सचितानन्द साहको अध्यक्षतामा बसेको बैठकमा इन्चार्ज पुरुषोतम पौडेल,केन्द्रिय सदस्य उद्दव रेग्मी,केन्द्रिय सदस्य अजय कुमार गुप्ता,रेखा झा,लेखा आयोगका केन्द्रिय सदस्य राजकिशोर यादब लगायत सचिवालय सदस्यहरुको सहभागिता रहेको नेकपा एमाले रौतहटका प्रचार बिभाग प्रमुख रुपेश कुमार पटेलले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी द्वारा झण्डै ६ लाख रुपैयाँ सहित एकजना पक्राउ

रौतहट, ६ माघ । रौतहट स्थित सशस्त्र प्रहरीले स्रोत नखुलेको झण्डै ६ लाख नेपाली रुपैयाँ सहित एक जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बंकुलका प्रमुख इन्स्पेक्टर नरेन्द्र कुमार पाटामगर नेतृत्वको टोलीले पाँचलाख ९४ हजार रुपैयाँ सहित परोहा नगरपालिका ८ का दिनेश प्रसाद कुष्वाहालाई पक्राउ गरेको हो।

बौधीमाई नगरपालिका–७ छोटी बंकुल हुँदै भारत तर्फ गई रहेको बागतमी प्रदेश ०२–०३८ प.–५८६७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा एक हजार दरको ३४२ र पाँच सय दरका ५०४ थानगरी कुल पाँच लाख ९४ हजार रुपैयाँ बरामद भएको इन्स्पेक्टर पाटा मगरले बताएका छन्। बरामद रुपैया, मोटरसाईकल सहित ४५ वर्षीय कुशवाहालाई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। सञ्जय मिश्रा

गृहमन्त्रालयका केदार सर भए कोशी प्रदेशको प्रमुख सचिब

काठमाडौं । सरकारले गृह मन्त्रालयमा कार्यरत वरिष्ठ सहसचिव केदारनाथ शर्मालाई कोशी प्रदेश सरकारको निमित्ति प्रमुख सचिवको जिम्मेवारी दिएको छ ।

मन्त्रालयमा प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सरल स्वभावका धनी सहसचिव शर्मालाई केहि महिनादेखि रिक्त रहेको कोशी प्रदेश सरकारको निमित्त प्रमुख सचिवको जिम्मेवारी दिएको हो ।

कोशी प्रदेश सरकारका तत्कालिन प्रमुख सचिव डा.दिपक काफ्लेको एक महिना अघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएपछि कोशी प्रदेश प्रमुख सचिवको पद रिक्त भएको थियो । काफ्लेले गत चैत २० गतेदेखि गत पुष दुई गतेसम्म गरेर आठ महिना प्रदेश प्रमुख सचिवको जिम्मेवारी सम्हालेका थिए ।

कोशी प्रदेशको निमित्त प्रमुख सचिव पदमा सरुवा भएका शर्मा सचिव बढुवाको लाइनमा रहेका छन् । उनी भन्दा अघि सचिवमा बढुवा हुने लाइनको पहिलो नम्बरमा रहेका वरिष्ठ सहसचिव चुणामणी शर्मा कर्णाली प्रदेश सरकारको कायमुकायम प्रमुख सचिवको जिम्मेवारीमा छन् भने दोस्रो नम्बरमा रहेका डा.हरी लम्साल सुदूरपश्चिम प्रदेश सरकारको कायममुकायम प्रमुख सचिवको जिम्मेवारीमा छन् । कोशी प्रदेशको निमित्त प्रमुख सचिवको जिम्मेवारीमा सरुवा भएका शर्मा सचिव बढुवाको तेस्रो नम्बरमा रहेका छन् ।

यो संगै सात वटा प्रदेश सरकारमध्ये तीन वटा प्रदेश सरकारमा निमित्त तथा कामु सचिवको जिम्मेवारी बरिष्ठ सहसचिवले पाएका छन् । सहसचिवबाट सचिवमा बढुवा भएकाको प्रदेश प्रमुख सचिव पदमा पदस्थापन हुने गरेको छ ।सरकारले एयरपोर्टमा डरलाग्दो सुन प्रकरणमा जोडिएका झलक राम अधिकारीलाई समेत नयाँ जिम्मेवारी दिएको समाचारले भने सरकार थप आलोचित भन्ने भएको बताइन्छ ।
२९ जना सहसचिवलाई नयाँ जिम्मेवारी
मन्त्री परिषदको बैठकले २९ जना सहसचिवको सरुवा गरेको हो। को कहाँ गए नयाँ जिम्मेवारीमा सुची सहित

राम मन्दिरमा प्राणप्रतिष्ठाको दिन रौतहटको अधिकांश ठाउँमा मासु मदिरा प्रतिबंधित

रौतहट ६ माघ। भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको प्रत्यक्ष निगरानीमा जनवरी २२ तारिक अर्थात यही माघ ८ गते अयोध्यामा नवनिर्मित राममन्दिरमा प्राणप्रतिष्ठा हुँदैछ । राम मन्दिरमा हुनलागेको प्राण प्रतिष्ठा भारत र नेपालको लागी मात्र नभई पुरै संसारको लागी चासोको बिषय बनेको छ।
उक्त एतिहासिक दिन रौतहटको सदरमुकाम गौर, कटहरिया, परोहा, राजदेवी, गरुडा, देवाहि गोनाहि, मौलापुर फतुवा विजयपुर सहित कैयौं नगरपालिकाले छुटाछुटै सूचना जारिगर्दै जनवरी २२ अर्थात माघ ८ गते सोमवारका दिन आआफ्नो नगरक्षेत्र भित्र बिभिन्न देवी देवताको प्राण प्रतिष्ठा , पूजा ,हुने भएकाले जीवजन्तु हत्या,मासु,माछा, मदिरा बिक्री बितरण माथि रोक लगाएको छ।
रौतहटको १८ वटै नगरपालिका भित्र आगामी माघ ८ गते मासु माछा, तथा मदिरा बिक्रि बितरण माथि प्रतिबन्ध लगाइएको छ। नगरालिकाका हरुले छुट्टाछुट्टै सूचना प्रकाशित गरी ८ गरेका दिन छिमेकी मुलुक भारतको अयोध्यामा राम मन्दिरमा प्राण प्रतिष्ठाको कार्यक्रम हुने भएकाले त्यस दिन आआफ्नो घरमा रही भगवानको भक्तिभाव गर्न अनुरोध गरिएको छ।
उक्त दिन कुनै पनि जीवजन्तुको हत्या नगर्न समेत सूचना मार्फत वडा बासीलाई आग्रह गरिएको छ। सूचनाको बेवास्ता गर्ने लाई कारवाही हुने समेत चेतावनी दिइएको छ। फतुवा विजयपुर नगरपालिकाकी मेयर अम्बेया खातुनले त्यसदिन मासु माछा विक्री तथा मदिरा बिक्री गरेको पाइएमा ५० हजार जरिवाना गर्ने निर्णय भएको महमद सेराजले बताएका छन्।

उपेन्द्र यादवले गरे करैयामाई पुलको उदघाटन

बारा ६ माघ। जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा पर्ने करैयामाई गाउँपालिका वडा नं. ८ स्थित ईटहर बेलाही तियर नदिमा निर्मित पुलको उद्वघाटन गर्नुभएको छ।
पूर्व उपप्रधानमन्त्री तथा बारा क्षे.न.२ का प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवको प्रमुख अतिथ्य सम्पन्न भएको कार्यक्रममा बिशिस्ट अतिथि मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादव रहेका थिए। कार्यक्रममा जसपा नेपालका राजनीति समिति सदस्यहरू आत्माराम साह, प्रमोद गुप्ता, रामकिशोर यादव, रामवावु यादव (वकिल), उमरावती देवि यादव, जसपा नेपालका मधेश प्रदेश समितिका अध्यक्ष रामवावु कुमार यादव, विधायक श्रद्धाशंकर साह कलवार, बच्चा प्रसाद यादव, जसपा नेपाल बारा जिल्ला अध्यक्ष रामवावु यादव लगायत केन्द्रीय समितिका सदस्यहरू, प्रदेश समितिका सदस्यहरू, जिल्ला समितिका पदाअधिकारीहरू लगायत सदस्यहरूको उपस्थित रहेको थियो।
कार्यक्रममा क्षेत्रीय अध्यक्ष लालवावु सिंह, ईन्चार्ज महेन्द्र यादव, वडाअध्यक्षहरू सहित पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तकसहित आम जनसधारणहरूको गरिमामय सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता करैयामाई गापाका अध्यक्ष श्री शम्भु प्रसाद यादवज्युको रहेको थियो भने संचालन करैयामाई पार्टी गाउँपालिका ईन्चार्ज सुरेन्द्र प्रसाद साहले गरेको थियो ।