प्रचण्ड र केपी ओलीबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार बिहान सिंहदरबारमा भेटवार्ता भएको छ।

भेटवार्ताका क्रममा दुई नेताबीच सदन सञ्चालन र कानुन निर्माणबारे छलफल भएको बुझिएको छ। माघ २२ गतेबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ।

४३ अधिकृत उपसचिव बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौँ ।बढुवा सिफारिस समितिले एकै टिक ४३ जना अधिकृतलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयस्थित बढुवा समितिको सचिवालयले बढुवा सिफारिस समितिले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा राजपत्राङ्कित तृतीय श्रेणी(शाखा अधिकृत)लाई राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)मा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस गरिएकाहरूमा सामान्य प्रशासन समूहका ३४ र लेखा समूहका ९ जना गरी ४३ जना छन् ।

उद्योगपति एवं संसद बिनोद चौधरीका भाइ अरुण पक्राउ

काठमाडौं । ब्यापारी अरुणकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चौधरीलाई बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो ।

नेपाली कांग्रेसका सांसद बिनोद चौधरीका भाइ अरुण चौधरीलाई बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी भन्दा बढी जग्गा अतिक्रमण गरेको आरोपमा पक्राउ गरिएको सीआईबीले जनाएको छ । चौधरीलाई सीआईबीमा पुर्याइसकिएको छ ।

बिनोद चौधरी र अरुण चौधरीले बाँसबासी छाला जुत्ता कारखाना हाल गंगालाल मुटुरोग अस्पतालको १० रोपनी जग्गा कब्जा गरी चाँदबाग स्कुल बनाएका छन् ।

विनोद चोधरीको मेजर सेयर रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रालिले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा अतिक्रमण गरेको भए पनि उनलाई छाडेर उनका भाइ अरुणलाई सीआइबीले पक्राउ गरेको छ ।

अरुणकुमार चौधरी सीजी होल्डिङ्स्‌का अध्यक्ष तथा प्रबन्ध सञ्चालक हुन् । उनी हंगेरीका अवैतनिक महाबाणिज्यदूत पनि हुन् ।

चौधरी ग्रुपले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा अतिक्रमण गरी चाँदबाग स्कुल बनाएको बिषयमा मिडियाले यसअघि नै उजागर गरिसकेका छन् ।देशमा अबैध ढंगले कमाएका बिनोद चौधरी पनि पक्राउ पर्नुपर्ने आवाज उठेको छ।

घुससहित समातिएका अमिनविरुद्ध मुद्दा दायर

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघात सुस्ता पश्चिम) मा कार्यरत अमिन गोविन्द ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  आयोगले आज उनीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । ढकालले जग्गा नापजाँच गरी लालपूर्जा दिलाउने प्रयोनार्थ सेवाग्राहीसँग ४ हजार घुस लिएका थिए ।

गत पुस ११ गते आयोगको बुटवलबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग चार हजार रुपैयाँ घुस लिएको अवस्थामा फेला पारेको थियो । अनुसन्धानको क्रममा जग्गा नापजाँच गरी लालपूर्जा दिने प्रयोजनका लागि उनले सेवाग्राहीसँग घुस लिएको खुल्न आएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। बताएको छ । 

ढकाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुरमा बिगो ४ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी गरि आरोप पत्र दायर भएको अख्तियारले जनाएको छ।

रौतहटमा करोडौंको सामान बरामद , तस्करी र अपराधमा न्यूनिकरण भएको प्रहरीको दाबी

रौतहट, १८ माघ ।रौतहट प्रहरीले प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले यस आर्थिक बर्षको ६ महिनाको अवधिमा झण्डै ३ करोड रुपैयाँ मूल्य बराबरको अबैध सामान,मालसामान ढुवानी गर्ने दर्जनौं सवारी साधन नियन्त्रणमा लिएको बताएका छन् । विगत बर्षको तुलनामा जिल्लामा तस्करी देखि आपराधिक गतिविधि समेत न्यून भएको एसपी श्रेष्ठले दाबी गरेका छन्। गत साउन देखि पुस मसान्त सम्म जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटहरुले तस्करीको माध्यम बाट भारत बाट अबैध रुपमा भित्रीएको दुई करोड ९५ लाख ३१ हजार ३३१ मूल्य बराबरको मालसामान बरामद गरी आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा दाखिला गरिएको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटले मंगलवार एक सूचना जारिगर्दै पछिल्लो ६ महिनाको प्रगती विवरण सार्वजनिक गरेको छ।
नक्कली नेपाली नोटको मुद्दामा प्रहरीले दुई महिना सम्म सुक्ष्म अुनसन्धान गरी ४ वटा मुद्दा दर्ता गरिएको, ९ जनालाई नियन्त्रणमा लिएर १८ लाख ७० हजार चार सय नक्कली नोट बरामद गरिएको जनाएको छ।
अनलाईन स्क्यान गर्ने मामिलामा तिनजना मानिसलाई पक्राउ गरी २४ लाख ३७ हजार ८६५ रुपैया पीडितलाई फिर्ता गराएको,फिरौती माग गर्ने १ जनालाई पक्राउ गरी मुद्दा चलाइएको, ५०८ विभिन्न मुद्दा दर्ता भएको जसमा २९० मुद्दा फर्छयौट भईसकेको २१८ मुद्दा अनुसन्धानको क्रममा रहेको जसमा ३४३ मानिसलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरी द्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ। अदालतबाट कसुर ठहर भई फरार रहेका २६९ प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा पेस गरिएको छ। उक्त प्रतिवादी बाट ४४ बर्ष २ महिना १५ दिन कैद असुली कार्वान्यन तथा १२ लाख ५ हजार ७१२ रुपैया राजस्व असुली गराइएको सूचनामा उल्लेख छ।
६ महिनाको अवधिमा कर्तब्य ज्यान सम्बन्धी ९ वटा मुद्दा दर्ता गरिएकोमा ४ वटा मुद्दा फर्छयौट भईसकेको ५ वटा मुद्दाको अनुसन्धान जारी रहेको छ ।
उक्त मुद्दामा ९ जना मानिसलाई समातेर जिल्ला अदालत समक्ष पेश गरिएको जनाइएको छ ।महिला बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धी तर्फ ३९ वटा मुद्दा दर्ता भएकोमा २७ वटा मुद्दा फर्छयौट भईसकेको र १२ वटा मुद्दाको अनुसन्धान जारी रहेको छ ।
सवारी ज्यान मुद्दा अन्तर्गत रौतहटमा २४ वटा मुद्दा दर्ता भएको १८ फर्छयौट भईसकेको र ६ वटाको अनुसन्धान जारी रहेका छन् । लागुऔषध तर्फ ११ वटा मुद्दा दर्ता गरिएको जसमध्ये ९ वटा फर्छयौट भईसकेको २ मुद्दाको अनुसन्धान भईरहेको तथा १५ जना मानिसलाई पक्राउ गरिएको सूचनामा उल्लेख गरिएको छ।
विद्युतिय कारोवार साइवर अपराध तर्फ ५ वटा मुद्दा दर्ता भएकोमा सवैको फर्छयौट भईसकेको छ । चोरीडाका तर्फ ३४ मुद्दा दर्ता गरिएको ३३ वटाको फर्छयौट भई १ वटा मुद्दाको अनुसन्धान भईरहेको छ । उक्त मुद्दामा ५० जना मानिसलाई पक्राउ गरिएको थियो । त्यसैगरी जिल्ला स्थित मुद्दा चलाउने अख्तियारी रहेको जिल्ला प्रहरी कार्यालय गौर, इलाका प्रहरी कार्यालय गरुडा, इलाका प्रहरी कार्यालय चन्द्रपुर र इलाका प्रहरी कार्यालय विजयपुर लक्षमिनियामा रहेका हिरासत कक्षमा थुनवाहरुको मानसिक अवस्थामा परिवर्तन गर्न पुस्तकालयको स्थापना गरिएको पनि सूचनामा उल्लेख गरिएको छ।
एसपी महेन्द्र कुमार श्रेष्ठले जिल्लाको कमाण्ड लिएपछि बिगतको तुलनामा रौतहटमा तस्करी देखि बिभिन्न किसिमका आपराधिक क्रियाकलापमा समेत कमी आएको प्रवक्ता तथा डिएसपी एलिजा गिरी द्वारा जारी सूचनामा उल्लेख गरिएको छ। सञ्जय मिश्रा

ललितपुर महानगरका नगर प्रमुखद्वारा एलएमसी अलर्ट मोबाइल एपकाे सुभारम्भ

काठमाडौँ । ललितपुर महानगरपालिकाले महानगरको मोबाइल एप सुरु गरेको छ। बिहीबार एक कार्यक्रम गरी महानगरप्रमुख चिरिबाबु महर्जनले एलएमसी अलर्ट मोबाइल एपको शुभारम्भ गरेका हुन्।

एलर्ट मोबाइल एप छिटो र कम समयमा ललितपुर नगर प्रहरीलाई अलर्ट राख्न तथा गुनासो पठाउनका लागि बनाइएको बताइएको छ। यस एपमार्फत २१ वटा एलर्ट तथा गुनासो पठाउन सकिने नगरप्रमुख महर्जनले जानकारी दिए।

ललितपुर महानगरपालिका क्षेत्रभित्र कुनैपनि समस्या, विपत्ति वा गुनासो भएमा एपमार्फत आफ्नो सन्देश नगर प्रहरीको कन्ट्रोल रुमसम्म पठाउन सकिने जनाइएको छ। गुनासोहरूलाई इन्टरनेट सुविधा नभएको अवस्थामा अफलाइन मोडमा समेत पठाउन सकिने प्रवन्ध गरिएको छ । त्यस्तै, सन्देश पठाउँदा आफ्नो सम्पर्क नम्बर गोप्य राख्ने सुविधा पनि एपमा समावेश गरिएको जानकारी दिइएको छ।

नगरप्रमुख महर्जनले भने, ‘आज शुभारम्भ गर्‍यौं। यसले एकदम राम्रो सेवा प्रदान गर्छ भन्ने हाम्रो आशा छ। काम गर्दै जाँदा कुनै किसिमको ढिलोपन अथवा समयमै सम्बोधन गर्न नसकेको किसिमको वातावरण सिर्जना भयो भने हामी त्यसलाई समयमै सम्बोधन गरेर त्यसलाई सुधार गर्छाैं। तर हाम्रो ठम्याइ त्यसले राम्रोसँग सेवा प्रवाह गर्छ। यसको लागि पूर्वाधारको व्यवस्थापन गर्नुपर्छ। पूर्वाधार तयार गर्ने सन्दर्भमा हामी लागि परेका छौं। तर सबै पूरा भइसकेको छैन। त्यसका निम्ति रातो पुस्तिकामै बजेटको व्यवस्थापन गरेर अगाडी बढिरहेका छौं।’

एलर्टमा दमकल सेवा, एम्बुलेन्स सेवा, ढल निकास, शववाहन, फोहोर मैला, अनधिकृत पार्किङसँग सम्बन्धित गुनासो राख्न सकिन्छ। त्यस्तै, बिना स्वीकृति संरचना, लैंगिक हिंसा, शैक्षिक संस्थामा हुने समस्या, सम्पदा संरक्षण, बोट बिरुवा क्षति, फुटपाथ, सडकबत्ती, अनधिकृत विज्ञापन र सडक खनेको विषयमा पनि गुनासो राख्ने व्यवस्था गरिएको छ। त्यसैगरी, विपद्, सडक मानव, कालो बजारी, सार्वजनिक जग्गा अतिक्रमण, बाढी र पहिलो तथा छाडा गाईवस्तु गरी २१ वटा विषयमा अलर्ट गर्न सकिने महानगरपालिकाले जनाएको छ।

बाँसबारी छाला जुत्ता कारखानाका तत्‍कालीन अध्यक्ष अजितनारायण सिंह थापा पक्राउ

काठमाडौं- बाँसबारी छाला जुत्ता कारखाना प्रकरणमा बाँसबारी छाला जुत्ता कारखानाका तत्‍कालीन अध्यक्ष अजितनारायण सिंह थापा पनि पक्राउ परेका छन्।

कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी भएको घटनामा अनुसन्धानका लागि उनलाई काठमाडौँको बत्तीसपुतलीबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।

सीआईबीले बिहीबार नै यसै घटनामा अनुसन्धानका लागि व्यवसायी अरुण चौधरीलाई पनि पक्राउ गरेको छ ।

आइपीओ जारी गर्ने प्रस्तावसहित सिउरी न्यादी पावरले बोलायो साधारणसभा

काठमाडौं । सिउरी न्यादी पावर लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित फागुन ९ गते बार्षिक साधारण सभा बोलाएको छ । 

कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित लिसारा पार्टी प्यालेस नक्साल, काठमाडौंमा ९ गते बिहान १० बजेबाट सुरु हुनेगरी सभाको बैठक आह्वान गरेको हो । सभाले आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । 

उल्लेखित प्रस्तावसहित कम्पनीको ठेगाना परिवर्तन र गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्तीको विषय समेत टङ्ग्याउनेछ ।

नेप्से परिसूचक र कारोबार दुबै घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज नेप्से ३०.९२ अंकले घटेर दुई हजार ६७ दशमलव ०१ विन्दुमा बन्द भएको हो ।                                         

नेप्से परिसूचकसंगै कारोबार रकम पनि घटेको छ । आज ४ अर्ब १८ करोड ६ लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ५ अर्ब २९ करोड ५६ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।  

आज कारोबार भएका कम्पनीमध्ये १८ वटाको बढेको छ भने २२७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यी कम्पनीहरुमध्ये समाज लघुवित्त वित्रीय संस्था लिमिटेडको शेयरमूल्य ६.१० प्रतिशतले बढेर प्रतिकित्ता ५८२.९० रुपैयाँ पुगेको छ । 

त्यस्तै, सामलिङ पावर कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ९.४२ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको ५४ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।                

१३ उपसमूहमध्ये यस दिन वित्त उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक ०.२१ प्रतिशत बढेको छ। कारोबारमा आएको जलविद्युत र अन्य उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ काराेबार ?

काठमाडौँ। नेपाली बजारमा लगातार आज चौथो दिन पनि सुनको मूल्य बढेको छ। अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार ५ सय रुपैयाँले बढ्दै १ लाख १९ हजार २ सय रुपैयाँ पुगेको हो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तर यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो ।

योजना आयोगको सदस्यमा उमाशंकर नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा रौतहटका उमाशंकर प्रसादलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उमाशंकरलाई योजना आयोगको सदस्य नियुक्त गरेको हो ।

सिपाही……

म देशको सिपाही भएको छु
म देशलाई बनाउँछु
सबैको आँखाको आशाको किरण बनेको छु
यो देशको झन्डा माथि उठाएको छु
 
मेरो नयाँ दिन आयो, देश बनाउनेछु
 म देशको शान हुँ
हामी एक हौँ, हामी सबैले एक हुनु छ
मन खुसी बनाउनु छ, धर्तीमा खुसी ल्याउनु छ
 
देशको इज्जत जोगाउन बलिदान हुनु छ
देशको माटोमा हाम्रो माया छरिएको छ
हामीले यो देशलाई चाहनामा राख्नु छ
देशभक्तिको धारा प्रत्येक नशामा बग्छ
 
मेरो देश एकताले बाँधिएको छ
मेरो यो देश हाँसोले भरिएको छ
हामी आफ्नो जीवन आफ्नो हातमा राख्छौँ
सबै देशवासीको आवाज बनेर आउने छौ
 
म देशको सिपाही भएको छु
म देशलाई बनाउँछु
सबैको आँखाको आशाको किरण बनेको छु
यो देशको झन्डा माथि उठाएको छु

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो ।

आज राती १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ तथा डिजेल मट्टितेलको साविक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाइएको निगमले जनाएको छ। 

एलपि ग्यासको खुद्रा बिक्री मूल्यमाप्रति सिलिण्डर १५ रुपैयाँ बढाइएको छ।

यस्तो छ तपाईंको १८ माघ २०८०, बिहीबार आजको राशिफल

मेष : दिन राम्रो छ। बोलीमा नम्रता र शब्दमा मधुरता पाइन्छ। सबै मित्रसँग भेट्ने योग छ। विदेशको यात्रामा सफलता मिल्नेछ। परिवारको साथ र सहयोग राम्रो रहने छ।

वृष : समय राम्रो छ। धर्म, अर्थ, ज्ञान र विज्ञानको विवेचना हुनेछ। मनमा उत्साह बढ्नेछ। लगानीका क्षेत्र सबल छन्। परिवारबाट साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध मजबुत बन्नेछ।

मिथुन : दैनिकी राम्रो छ। वैदेशिक क्षेत्रको लगानीले राम्रो परिणाम दिनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षा र आर्थिक क्षेत्र भने विवादित छन्।

कर्कट : झुटा आरोप लाग्ने देखिन्छ। आफन्तको फुट देख्नुपर्ने हुनसक्छ। परिवारबाट सहयोग निरन्तर प्राप्त हुनेछ। जागिरको खोजीमा हुनुहुन्छ भने नयाँ अवसर मिल्नेछ।

सिंह : दैनिकी राम्रो छ। कर्म क्षेत्र सबल छ। मनमा उत्साह र उमंग छाउने छ। बाहिरबाट प्रशंसा भए पनि परिवारमा विश्वासको संकट देखिन्छ। यसले विभिन्न काममा झन्झटको सामना गर्नुपर्नेछ।

कन्या : आम्दानी राम्रो हुनेछ। आफन्तको साथ मिल्नेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानबाट सचेत हुनुपर्ने देखिन्छ।

तुला : दिन सामान्य राम्रो छ। अरुले राम्रो देखे पनि मन खुशी हुने देखिँदैन। मनमा त्रास रहन्छ। हनुमानको चिन्तन गरेमा मन शान्त हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : समय सामान्य छ। यो संघर्ष गरेर देखाउने समय हो। न्याय प्राप्त गर्न प्रतिवाद गर्नुपर्नेछ। सत्यको न्याय हुने भएकाले तपाईंको जित निश्चित छ। परिवारको सहयोग मिल्नेछ।

धनु : दैनिकी राम्रो छ। परिवारको आग्रहमा नयाँ ठाउँमा घुम्ने अवसर मिल्नेछ। संगतले मनमा उत्साह बढ्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मकर : समय सामान्य राम्रो छ। गलत आरोप लाग्ने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्छ। शिक्षाको क्षेत्र सबल छ। परिवारको साथ मिल्नेछ।

कुम्भ : दिन सामान्य छ। कम बोल्नु राम्रो हुन्छ। धेरै बोल्दा विवाद हुनेछ। पिपलको दर्शन गर्नुभयो भने हरेक क्षेत्र सफल बन्नेछन्। वैदेशिक क्षेत्रको लगानीले फाइदा हुनेछ। परिवारले शंका गर्ने योग छ।

मीन : दिन राम्रो छ। धर्म र अर्थका क्षेत्र सबल छन्। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। राजनीतिलाई सेवा गर्ने क्षेत्र हो भनेर व्याख्या गर्ने क्षमता प्राप्त हुनेछ। बौद्धिक परिवारबाट सहयोग प्राप्त हुनेछ।

कहिले हुन्छ मन्त्रीमण्डल हेरफेर ? मन्त्री हेरफेर गर्ने स्पष्ट संकेत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक महिनाअघि नै मन्त्री हेरफेर गर्ने पक्षमा रहेका भए पनि अहिलेसम्म सफल हुन सकेका छैनन् । प्रधानमन्त्री प्रचण्डले पुसमै मन्त्री हेरफेर गर्ने चाहना राखे पनि कांग्रेस सभापति देउवाले फागुनअघि गर्न नसकिने अडान लिएपछि ढिलाइ भएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित सत्तारूढ दलका शीर्ष नेताहरूबीच मन्त्री हेरफेर गर्ने विषयमा सहमति जुटिसकेको छ । तर पनि शीर्ष नेताहरू ‘पर्ख र हेर’कै अवस्थामा छन् ।मन्त्रीमण्डल हेरफेर गर्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्रीले तत्काल हेरफेर नहुने बताएका छन् । उनले भने, ‘योबारे त सरकार गठन भएदेखि नै चर्चा चलिरहेकै छ । तर, तत्काल केही हुनेवाला छैन । गृहमन्त्री श्रेष्ठले समेत मन्त्री हेरफेर नहुने भन्दै अहिलेकै सबै मन्त्री रहने बताउँदै आएका छन् ।

फागुन दोस्रो सातापछि मन्त्रीहरू हेरफेर हुने सम्भावना छ । ११ माघको राष्ट्रिय सभा सदस्य निर्वाचन र ७ फागुनमा बस्ने कांग्रेसको महासमिति बैठकका कारण मन्त्रिपरिषद् हेरफेरमा ढिलाइ भएको भनेर भनिँदै आएको छ । कांग्रेसको महासमिति बैठकपछि मात्रै मन्त्रिपरिषद् हेरफेर हुने कांग्रेस स्रोतको दाबी छ । कार्यसम्पादनमा केही मन्त्रीको काम फितलो भएको र काम प्रभावकारी नभएको बताउँदै मन्त्री हेरफेर गर्ने उद्घोष प्रधानमन्त्री प्रचण्डले यसअघि नै गरिसकेका थिए ।

प्रधानमन्त्री प्रचण्डले पुसमै मन्त्री हेरफेर गर्ने चाहना राखे पनि कांग्रेस सभापति देउवाले फागुनअघि गर्न नसकिने अडान लिएपछि ढिलाइ भएको हो । तर, केही मन्त्रीले मन्त्री हेरफेर नहुने बताउँदै आएका छन् । सरकारमा सहभागी प्रायःजसो मन्त्रीहरू हेरफेरको विरुद्धमा रहेका छन् । प्रधानमन्त्री प्रचण्डले माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितका मन्त्रीलाई हटाएर नयाँलाई ल्याउन खोजेका छन् ।

गृहमन्त्री श्रेष्ठले समेत मन्त्री हेरफेर नहुने भन्दै अहिलेकै सबै मन्त्री रहने बताउँदै आएका छन् । एक सार्वजनिक कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् हेरफेरको सम्भावना नरहेको दाबी गरेका छन् । कांग्रेस उपसभापतिसमेत रहेका मन्त्री गुरुङले बुधबार बुटवलमा आयोजित एक कार्यक्रममा तत्काल मन्त्रीहरू परिवर्तन हुने अवस्था नरहेको दाबी गरे ।

सत्तारूढ दलका नेताहरूबीच तत्काललाई अहिलेकै मन्त्रिमण्डल सही रहेकाले परिवर्तन गरिरहन आवश्यक नपर्ने सहमति भएको दाबी मन्त्री गुरुङको छ । तर, माओवादी केन्द्रबाट मन्त्री भएकालाई सोही पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, कांग्रेसबाट मन्त्री भएकालाई सभापति देउवा र एकीकृत समाजवादीबाट मन्त्री भएकालाई अध्यक्ष नेपालले हटाएर नयाँलाई अवसर दिन खोजेका बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो एक वर्षे कार्यकाल पूरा गर्दै यस वर्षमा सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्री हेरफेर गरेर अगाडि बढ्न खोजेका छन् ।