अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औ स्थापना दिवसको अवसरमा प्रमुख आयुक्त राई ले व्यक्त गर्नुभएको मन्तव्य

काठमाडौँ I “सुधारौँ सोच, संस्कार र व्यवहारः नियन्त्रण हुन्छ भ्रष्टाचार” भन्ने नाराका साथ आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवस मनाइरहेका छौँ । 

यस दिवसले सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धताका साथ अगाडि बढ्ने सङ्कल्पलाई अझ बलियो बनाएको छ । आयोगले आफ्नो स्थापनाकालदेखि नै प्राप्त गुनासो र उजुरीउपर अनुसन्धान गरी भ्रष्टाचार भएको देखिएमा विशेष अदालतमा मुद्दा दायर गर्ने आफ्नो प्रमुख संवैधानिक जिम्मेवारी निर्वाह गर्दै राष्ट्रको आर्थिक र सामाजिक विकासमा निरन्तर योगदान पुर्याउदै आइरहेको छ । यसका बावजुद देशमा सुशासनको अवस्थामा अपेक्षित सुधार हुन नसकेको गुनासो जनताको तहमा व्याप्त छ । भ्रष्टाचारविरुद्धको लडाई आयोग एक्लैको मात्र होइन, यो एक बहुआयामिक विषय भएको हुँदा यसका लागि सामूहिक प्रयासको खाँचो छ । सुशासन स्थापनाका लागि हरेक नागरिक परिवर्तनको अभियन्ता बन्न सक्नुपर्दछ ।

सङ्घीयता कार्यान्वयनपश्चात् हालसम्मको अवधिमा तीनै तहका सरकारमा हुने विकास निर्माण, बजेट विनियोजन, अनुदान वितरण, सेवा प्रवाहजस्ता कार्यमा सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गर्ने, घुस-रिसवत लेनदेन गर्ने, गैरकानुनी लाभ लिने बदनियत राखेर काम गर्ने र गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी उल्लेख्य सङ्ख्यामा उजुरीहरू आयोगमा पर्ने गरेका छन् । सार्वजनिक खरिद तथा निर्माणको सन्दर्भमा प्रतिस्पर्धा सीमित गर्ने, बिना प्रतिस्पर्धा सोझै खरिद गर्ने, आयोजनामा पूर्व सम्भाव्यता अध्ययन, आवश्यकता र औचित्यताको पहिचान नगरी बजेट विनियोजन गर्ने, खरिद योजनाबिना नै खरिद कार्य गर्ने प्रवृत्ति रहेको  छ । त्यसै गरी बजेट तथा कार्यक्रम तर्जुमा गर्दा अबण्डा रकम राखी आर्थिक वर्षको बिचमा बाँडफाँड गर्ने, मिलेमतोमा आयोजना छनोट गर्ने, कार्यक्रम सञ्चालन नगरी भुक्तानी लिने-दिने, प्राकृतिक स्रोतसाधनको उपयोगमा मापदण्डको पालना नगरी दररेट तोक्ने, वातावरणीय प्रभाव मूल्याङ्कन र प्रारम्भिक वातावरणीय परीक्षणमा निर्दिष्ट परिमाणभन्दा बढी अनियन्त्रित उत्खनन तथा दोहन गर्ने, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पशुपन्छीलगायतका विषयगत क्षेत्रमा अनुदानको दुरुपयोग गर्ने, नियम, कानुन, कार्यविधि, मापदण्ड र नागरिक बडापत्रको पालना नगर्ने, सेवा प्रवाहमा बिचौलियाहरू प्रवेश गराई, सेवा अवरुद्ध गराई मिलेमतोमा अनियमितता गर्ने, आफूलाई तोकिएको कार्य समयमै पूरा नगर्ने, जिम्मेवारी र जबाफदेहिता नलिने, निर्णय नगरी थन्काएर राख्ने जस्ता प्रवृत्तिहरू देखिएका छन् ।

यसै गरी कर्मचारी नियुक्तिमा मिलेमतो गर्ने, बिना आधार र मापदण्ड बढुवा गर्ने, सरकारी सवारीसाधन र इन्धनको दुरुपयोग गर्ने, पूर्ण वा आंशिक स्वामित्व भएका निकाय वा सङ्गठित संस्थाको नियमित लेखा परीक्षण नगराउने, असुलउपर र नियमित गर्नुपर्नेमा आलटाल गर्ने जस्ता प्रवृत्तिहरू समेत आयोगमा पर्ने उजुरीहरूबाट देखिएको छ । आयोगमा प्राप्त भूमि र जग्गासम्बन्धी उजुरीको छानबिन गर्दा निश्चित व्यक्ति र समूहलाई फाइदा हुने गरी कौडीको भाउमा सार्वजनिक, सरकारी र वन क्षेत्रको जग्गा ८९ वर्षसम्म व्यापारिक प्रयोजनका लागि लिजमा दिएको, हदबन्दी भन्दा बढी जग्गा जफत गर्नुपर्ने कानुनी व्यवस्था लामो समयसम्म कार्यान्वयनमा नआएको, सार्वजनिक, सरकारी, गुठी र वन क्षेत्रको जग्गा विभिन्न व्यक्ति, क्लब र स्वार्थ समूहले अतिक्रमण र कब्जा गरी निजी प्रयोजनका लागि उपयोग गरेकोमा जिम्मेवार निकायबाट अतिक्रमण रोक्ने कार्यमा अति उदासीनता देखाइएकोको छ । यसले सार्वजनिक र सरकारी सम्पत्ति संरक्षण हुन नसकेको, विद्यालय र स्थानीय तहहरूले आफूखुसी गैरकानुनी तवरले सरकारी, सार्वजनिक जग्गा निजी प्रयोजनमा विक्री गर्ने प्रवृत्ति बढेको र सरकारी जग्गा गैर–कानुनी रूपमा व्यक्तिका नाममा दाखिल खारेज भएकोमा सो जग्गाको दुष्कृति सच्याउने काम हुन नसकेकोले सम्बद्ध जिम्मेवार निकाय र पदाधिकारी सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने कानुनी दायित्व निर्वाह गर्ने कार्यमा थप जिम्मेवार बन्नुपर्ने देखिएको छ ।

सार्वजनिक सेवालाई प्रविधिमैत्री बनाउने नाममा नीति, कानुन, संरचना, जनशक्तिलगायतका आधारभूत पूर्वाधारसमेत तयार नगरी प्रतिस्पर्धा सीमित गरी सूचना प्रविधि र उपकरण खरिद गर्दा ठुलो लगानीको दुरुपयोग भएको भनी आयोगमा उजुरीहरू आइरहेका छन् । निर्मित पूर्वाधार तथा भौतिक संरचनाको समयोचित उपयोग, यस्ता पूर्वाधार निर्माणमा गुणस्तरको प्रत्याभूतिलगायतका विषयहरूको छानबिनको दायरालाई विस्तार गरी आफ्नो काम कारबाहीलाई अझ सक्रिय बनाउन आयोग गम्भीरतापूर्वक अघि बढिरहेको छ । आयोगमा प्राप्त उजुरीको छानबिन गर्दा सम्बन्धित मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट नियुक्त हुने सार्वजनिक संस्थाका केही पदाधिकारी विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएका, अन्तिम अदालतबाट कसुरदार ठहरिई फरार सूचीमा रहेका, कानुन र मापदण्डबमोजिम तोकिएको योग्यता र अनुभव नभएका, किर्ते गरी अनुभवको प्रमाण पेस गरेका, सार्वजनिक छवि कमजोर भएका व्यक्तिलाई छनौट गरी नियुक्ति दिएको पाइएको छ । कतिपय सार्वजनिक निकायमा निश्चित व्यक्तिलाई नियुक्ति दिनकै लागि व्यक्ति लक्षित गरी प्रतिस्पर्धा सीमित हुने गरी नियुक्ति सम्बन्धी मापदण्ड र कार्यविधि संशोधन गर्ने प्रवृत्ति पनि बढ्दो क्रममा देखिएको छ ।

सार्वजनिक संस्थाको कार्यसम्पादन सुधार गर्न स्वच्छ प्रतिस्पर्धाको माध्यमबाट बजारमा उपलब्ध योग्य व्यक्ति वा समूहलाई व्यावसायिक क्षमता योग्यता र सुधार योजनाको आधारमा छनोट गरी सोही अनुरूपको कार्य वातावरण सिर्जना गरिदिनु जरुरी हुन्छ । नियुक्ति हुने व्यक्तिमा उच्च नैतिक चरित्र रहेको, स्वार्थको द्वन्द्व हुने अवस्था नरहेको र जबाफदेहिता र जिम्मेवारी पूरा गर्न सक्ने क्षमता रहेको विषयमा सरकार विश्वस्त हुनु पर्दछ तर सो अनुरूपको छनोट हुन सकेको छैन । यसरी नियुक्त भएका सार्वजनिक संस्थाका पदाधिकारीबाट भएका अधिकांश निर्णय, खरिद कार्य र काम कारबाहीहरूका विषयमा आयोगमा पर्ने उजुरी छानबिन गर्दा यस्ता उजुरीहरू सत्यतामा आधारित भएका तथा यस्ता पदाधिकारीका काम कारबाहीहरूबाट निश्चित स्वार्थ समूहलाई लाभ हुने र सार्वजनिक संस्थालाई गम्भीर हानी,नोक्सानी हुने किसिमले कार्य गरेको देखिएको छ। सार्वजनिक निकायमा देखिएका यस्ता विकृति र विसङ्गति तत्काल अन्त्य गरी मुलुकमा सुशासन प्रवर्द्धन तथा सरकारप्रतिको नागरिकको भरोसा अभिवृद्धि गर्न आयोग सबैमा अनुरोध गर्दछ ।

मुलुकको आर्थिक समृद्धि र स्थायित्वका लागि अझ बढी काम गर्नुपर्नेमा बिना आधार, कारण भन्सार र राजस्वमा छुट दिने, राजस्व चुहावट गर्ने, चोरी निकासी पैठारी गर्ने, न्यून विजकीकरण गरी राजस्व छली गर्ने जस्ता क्रियाकलापहरू नियन्त्रण  गर्ने जिम्मेवारी लिएका निकाय र पदाधिकारीले आफ्नो कर्तव्य निर्वाह गर्न चुकेको अवस्था देखिन्छ । कानुन विपरीतका यस्ता क्रियाकलापमा संलग्न अधिकारीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आयोग थप सशक्त रूपमा अघि बढ्ने नै छ । तीनै तहका सरकारबाट स्रोतको सुनिश्चितता र पर्याप्त पूर्वतयारी बिना ठेक्का लगाइएका कतिपय महत्त्वपूर्ण आयोजना तोकिएको समय र गुणस्तरमा सम्पन्न नहुने, आयोजना अलपत्र पर्ने तथा लागत र समय बढ्ने गरेको अवस्थामा समेत जिम्मेवार पदाधिकारी मुकदर्शक भएर बस्ने गरेको हुँदा समयमा नै किन काम पूरा भएन भन्नेसमेतका आधारमा त्यस्ता विषयमाथि अनुसन्धान अघि बढाइएको छ ।

आवश्यकताको पहिचान बिना, लाभ–लागत विश्लेषण नगरी, सञ्चालन योजना समेत नबनाई अनावश्यक रूपमा संरचना निर्माण गर्ने, सामग्री, सफ्टवेयर, कच्चा पदार्थ, मालसामान, सवारीसाधन, यन्त्र उपकरण लगायत खरिद गर्ने, यस्ता वस्तुहरू प्रयोगविहीन अवस्थामा राख्ने र पुनः नयाँ खरिद तिर लाग्ने कार्य गर्दा यसबाट राज्य कोषमाथि अनावश्यक आर्थिक व्ययभार थपिने र स्रोतको दुरुपयोग समेत हुने गर्दछ । त्यसैले निर्माण र खरिद गर्नु पूर्व संरचना र उपकरणको सञ्चालन र उपयोगको सुनिश्चित हुने गरी सञ्चालन योजना तयार गरेर मात्र खरिद कार्य गर्न सम्बद्ध सरकारी निकायहरूले ध्यान दिन जरुरी छ । आयोजनाको विस्तृत अध्ययन गरी-गराई आर्थिक तथा वित्तीय, प्राविधिक र वातावरणीय दृष्टिले उपयुक्त देखिएका र कानुनी प्रक्रिया पूरा भएका आयोजना मात्र आयोजना बैङ्कमा प्रविष्टि गर्ने, आयोजना बैङ्क व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट आयोजनामा मात्र बजेट विनियोजन गर्ने, मध्यमकालीन खर्च संरचना र बजेटको तालमेल मिलाउने तथा तोकिएका कानुन, कार्यविधि र मापदण्डको पालना गर्ने विषयमा तीनै तहका सरकारहरू अझ गम्भीर हुनुपर्ने देखिएको छ।

उजुरीमा ठेक्का व्यवस्थापनको विषय छानबिन गर्दा पुष्टयाइँ बिना ठेक्काको म्याद थप गर्ने, सम्झौता बमोजिम गर्नुपर्ने पत्राचार समयमा नगर्ने, निर्णयमा ढिलाई गर्ने, कामको स्थलगत प्रगति अभिलेख र प्रतिवेदन नगर्ने, निर्माण व्यवसायीलाई समय–समयमा दिनुपर्ने निर्देशन नदिने, परामर्शदाता वा निर्माण व्यवसायीको कारण आयोजनामा हुने ढिलाइको अभिलेख उपयुक्त तरिकाले नराख्ने जस्ता कमजोरीका कारण ठेकेदारको तर्फबाट क्षतिपूर्तिको लागि दाबी पेस गर्दा राज्यले ठूलो नोक्सानी बेहोरिरहेको देखिएको छ । ठेक्का व्यवस्थापनलाई प्रभावकारी बनाई राज्यलाई क्षति हुने अवस्था आउन नदिन सम्बन्धित सार्वजनिक निकायको प्रमुख, आयोजना प्रमुख, ठेकेदार र परामर्शदातालाई कानून बमोजिम जिम्मेवार बनाउनुपर्ने हुन्छ ।

बहुवर्षीय आयोजनामा न्यून बजेट विनियोजन गर्ने र न्यूनतम मापदण्ड नै नपुगेका आयोजनामा जथाभाबी स्रोत सुनिश्चितता प्रदान गर्ने प्रवृत्तिले तीनै तहका सरकारहरूमा असीमित बजेटरी दायित्व सिर्जना भएको, अबण्डामा बजेट राखी बिना आधार कारण अनुत्पादक क्षेत्रमा खर्च गर्ने लगायतका विकृतिहरूका कारण समग्र वित्तीय सुशासन कमजोर भएको छ । अनुत्पादक क्षेत्रमा बजेट विनियोजन गर्ने तथा अनुदान वितरण गर्दा लाभग्राही पहिचान नगर्ने जस्ता कार्यहरू सार्वजनिक स्रोतको उपयोगमा अनुशासन, नियमितता र प्रतिफलसमेतको दृष्टिकोणबाट त्रुटिपूर्ण हुने हुँदा विधि र मापदण्डको पालनाका साथसाथै मितव्ययिता र उत्पादकत्वलाई समेत आधार मानी यस्ता कार्यलाई आयोगले गम्भीरतापूर्वक अनुसन्धानको दायरामा ल्याएको छ । पछिल्लो समय सूचना प्रविधिको उपयोगको विस्तार गरी सेवा प्रवाहलाई अनुमानयोग्य, सरल, सुलभ र व्यवस्थित बनाउने सरकारको प्रयासका बाबजुद यातायात, मालपोत, नापी, राहदानी, वैदेशिक रोजगार, अध्यागमन लगायतका सेवा क्षेत्रमा अझै पनि व्यापक जनगुनासो रहेको र आयोगमा यी विषयसँग सम्बन्धित उजुरी बढ्दो क्रममा रहेका छन् । आयोगले यी विषयहरूमा निगरानी तथा छानबिन गरिरहेको छ । 

तीनै तहका सरकारबाट कानुनबमोजिम मन्त्रालय, विभाग, सचिवालय र विभिन्न प्रशासनिक तहबाटै निर्णय हुनुपर्ने प्रशासनिक कार्यहरूलाई समेत नीतिगत विषय भनी मन्त्रिपरिषद्बाट निर्णय गराउने विषयमा आयोगले धेरै पटक सम्बन्धित सरोकार निकायलाई सुझाव दिइसकेको छ । कानुनले जुन निकाय वा पदाधिकारीबाट निर्णय हुनुपर्ने व्यवस्था गरेको छ, सोही निकाय वा पदाधिकारीबाट नै उक्त निर्णयहरू हुने व्यवस्था मिलाउने सन्दर्भमा तीनै तहका सरकारले सुझबुझका साथ उपयुक्त नीति, विधि र पद्दतिको अवलम्बन गर्नुपर्छ । भ्रष्टाचार नियन्त्रण र सदाचार संस्कृति प्रवर्द्धनका लागि आयोगले उपचारात्मक रणनीतिका अतिरिक्त निरोधात्मक र प्रवर्द्धनात्मक रणनीतिसमेत अवलम्बन गरेको छ । आयोगले तीनै तहका सरकार, नागरिक समाज, नागरिक निगरानी संस्था, विद्यालय र सञ्चार जगतसँगको सहकार्यमा भ्रष्टाचारविरुद्धको सचेतना कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । 

आयोगले आफ्नो चौथो संस्थागत रणनीतिक योजना (२०७६/७७–२०८०/८१) को समीक्षाबाट पहिचान भएका सुधार गर्नुपर्ने विषय सम्बोधन गर्ने गरी पाँचौँ संस्थागत रणनीतिक योजना तर्जुमा गरिरहेको छ । आयोगबाट मुलुकको सीमित स्रोत र साधनको अधिकतम परिचालन गरी उच्च नतिजा हासिल गर्न योजना छनौट, प्राथमिकीकरण तथा वर्गीकरण र बजेट तर्जुमाको कार्य वस्तुनिष्ठ, वैज्ञानिक र यथार्थपरक बनाउन, बजेट कार्यान्वयनको क्रममा गरिने सार्वजनिक खरिद कार्यलाई पारदर्शी,  प्रतिस्पर्धी र गुणस्तरीय बनाउन २२ बुँदे सुझावहरू दिइएको छ । विद्यमान ऐन, कानुन, नियम, कार्यविधि, मापदण्ड र निर्देशिकाहरूको पालना गर्नु सरकारका सम्बन्धित सबै निकाय र पदाधिकारीहरूको दायित्व हो । जिम्मेवार व्यक्तिहरूले आयोगको सुझाव देखाई आफ्नो जिम्मेवारी पन्छाउने, निर्णय नगर्ने,  तोकिएको काम नगर्ने र कानुनी उत्तरदायित्व पुरा नगर्ने अवस्था आउनु हुँदैन । कर्मचारी र पदाधिकारीले कार्यसम्पादन गर्दा अनिवार्य रूपमा पालना गर्नुपर्ने कानुनी प्रावधानहरू पूर्ण परिपालना हुन नसकेको तथ्यलाई मध्यनजर गरी कमी कमजोरी सच्याउन कानुनी व्यवस्थाहरू पुनःस्मरण गराउने उद्देश्यले दिइएका उक्त सुझावहरूबाट विकास निर्माण, सेवा प्रवाह र सुशासनमा बाधा पुग्ने नभई सुशासन कायम गरी विकास निर्माणलाई थप नतिजामुखी बनाउन सकिने कुरामा आयोग विश्वस्त छ ।

आयोगले छानबिन र अनुसन्धानको नाममा बाधा उत्पन्न गराएको, सक्कल कागजात नियन्त्रणमा लिएको, काम रोक्न आदेश दिएको जस्ता तथ्यहीन तर्कहरू आयोगका पदाधिकारीहरू सहभागी हुने गरेका विभिन्न छलफल र अन्तरक्रियामा उठेको विषयमा पनि आयोगको ध्यानाकर्षण भएको छ । आयोगले कुनै पनि उजुरीको छानबिनका क्रममा सक्कल कागजात मगाउने, काम रोक्का राख्न आदेश दिने, आयोजनामा बाधा पुर्‍याउने कार्य नगरेको र आगामी दिनमा समेत यस्तो कार्य हुने छैन । 

नेपाल भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको पक्ष राष्ट्र रहेको छ । यससम्बन्धी राष्ट्रिय रणनीति र कार्य योजना एवम् सम्पत्ति शुद्धीकरण तथा आतंकवादविरुद्धको वित्तीय लगानी निवारण सम्बन्धी रणनीति र कार्य योजना कार्यान्वयनमा समेत रहेका छन् । पारस्परिक कानुनी सहायता ऐन र सपुर्दगी ऐन जस्ता कानुन कार्यान्वयन भएपनि सम्बन्धित देशहरूसँग द्विपक्षीय सम्झौता हुन नसक्दा मुलुकबाहिर हुने भ्रष्टाचारजन्य लेनदेनका विषयमा पारस्परिक कानुनी सहायतामार्फत आवश्यक तथ्य र सूचना सङ्कलन गर्न समस्या देखिएकोले यथाशीघ्र  आवश्यक मुलुकहरूसँग द्विपक्षीय सम्झौता गर्नुपर्ने देखिएको छ । भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिका प्रावधान र सङ्घीयतासमेतको सन्दर्भ समेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐनको संशोधन विधेयक लामो समयदेखि संसदमा विचाराधीन रहेकोमा उक्त विधेयकहरू यथाशीघ्र पारित हुन आवश्यक छ ।  

ट्रान्सपरेन्सी इन्टरनेशनलको हालै प्रकाशित भ्रष्टाचार अनुभूति सूचकाङ्कमा गतवर्षभन्दा एक अङ्क बढेर नेपालको अवस्थामा सामान्य सुधार भएको छ । ५० भन्दा कम अङ्क प्राप्त गर्ने मुलुक भ्रष्टाचारको उच्च जोखिमयुक्त मुलुकमा गणना हुनेमा नेपालको अङ्क ३५ मात्र हुनुले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा नेपालले अझै निकै सङ्घर्ष गर्नुपर्ने देखिएको छ । तीनै तहका सरकारमा कार्यकारी भूमिकामा रहने राजनैतिक पदाधिकारी, राष्ट्रसेवक कर्मचारी र आम नागरिकमा यसप्रतिको दायित्वबोध नहुन्जेल भ्रष्टाचार नियन्त्रणमा आशातीत सफलता हासिल गर्न सकिने छैन । 

आयोगमा प्राप्त हुने उजुरीलाई तथ्य र प्रमाणका आधारमा छानबिन अनुसन्धान गरी अभियोजनसम्म गर्न कार्यालय स्वचालन प्रणाली प्रयोग गरिएको छ । भ्रष्टाचार नियन्त्रणका लागि प्रत्येक सचेत नागरिकले पनि भ्रष्टाचारको विषयमा तथ्यपरक सूचना उपलब्ध गराई भ्रष्टाचार नियन्त्रणमा सहयोग पुर्‍याउनु पर्दछ । सदाचार पद्दतिको विकास र भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको नीतिलाई मूर्त रूप दिनका लागि सबैको सहकार्य, साझेदारी, समन्वय, सक्रियता र सहयोग रहने विश्वास छ । सम्पादित अंश

सरकारी जग्गाको अतिक्रमण बढेको भन्दै संरक्षणमा सरकारको ध्यानाकर्षण

काठमाडौँ I राष्ट्रियसभाका सांसदहरूले देशभर रहेका सरकारी जग्गाको अतिक्रमण बढेको भन्दै संरक्षणमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको विशेष समयमा बोल्दै उहाँहरूले बाँसबारी छालाजुत्ता, ललिता निवास, टिकापुरलगायत अतिक्रमित सरकारी जग्गाको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

सांसद महेशकुमार महराले सामाजिक न्याय र सुशासनका लागि सबैले एक भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले द्वन्द्वका घाइतेको अझै उपचार हुन नसकेको उल्लेख गर्दै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई चाडै निष्कर्षमा पुर्‍याउनुपर्ने बताउनुभयो । सांसद रामचन्द्र राईले निजामती ऐन नबन्दा राज्यको सङ्घीय तथा सुशासन कायम हुन नसकेको बताउनुभयो । उहाँले सुशासनलाई व्यवस्थित गर्न सरकारले महालेखा परीक्षक तत्काल नियुक्ति गर्नुपर्ने बताउँदै सरकारले आर्थिक मन्दी घटाउन पुँजीगत खर्च बढाउनुपर्ने उल्लेख गर्नुभयो । 

सांसद राईले सरकारी कामकाजको प्रक्रिया झन्झटिलो भएको हुनाले भ्रष्टाचार मौलाएको उल्लेख गर्दै जनताको हित र सुविधालाई ध्यानमा राखेर सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद अनिता देवकोटाले नेपाल संस्कृत विश्वविद्यालयको चार सय आठ  बिघा जमिन अहिले पनि विश्वविद्यालयले नपाएको जनाउँदै जमिन उपभोगका लागि सरकारले पहल गर्नुपर्ने माग गर्नुभयो । उहाँले दाङलाई शैक्षिक हब बनाउने योजना सफल पार्न सरकारको ध्यानाकर्षण गराउँदै लुम्बिनी प्रदेशको राजधानी दाङको विमानस्थल स्तरोन्नतिका लागि ध्यानाकर्षण गराउनुभयो ।

सांसद उदयबहादुर बोहराले गत कात्तिक १७ गते गएको पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोटलगायत धेरै जिल्लामा ठूलो धनजनको क्षति भएको बताउँदै अहिले पनि पुनः स्थापना कार्य प्रभावकारी हुन नसकेको जानकारी गराउनुभयो । उहाँले भूकम्पपीडित जाडोले कठ्याङ्ग्रिएर निमोनियालगायतका रोगको शिकार भएकाले तत्काल उचित राहत र पुन:थापनाका काम गर्न आग्रह गर्नुभयो । 

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला ४ कारोबार दिनदेखि उकालो लागिरहेको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

आइतबार नेप्से परिसूचक १०.५० अंक घटेर २०८५.८२ विन्दुमा झरेको छ। नेप्से सूचक २०८५.८२ अंकमा झरेको हो । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.८९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अंक घटेको छ। कारोबार रकम भने अघिल्लो कारोबार दिनभन्दा झण्डै पौने अर्ब रुपैयाँले बढेको छ । आज नेप्सेमा ४ अर्ब ८ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

आज कारोबार भएका कम्पनीमध्ये ९१ वटाको बढेको छ भने १४८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ८ कम्पनीको शेयरमूल्य स्थिर छ । नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिकित्ता शेयरमूल्यमा ९२ रुपैयाँ ३० पैसा र कुथेली बुथेली हाइड्रोपावर कम्पनी लिमिटेडको ९० रुपैयाँ र ९० पैसा वृद्धि भएको हो ।

त्यस्तै, आज एनआइसी एसिया ग्रोथ फण्ड-२ का लगानीकर्ताहरुले सर्वाधिक १० प्रतिशत गुमाएका छन् । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको ६२ करोड ४७ रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.८८ प्रतिशत घटेको छ भने होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढी घटेको छ।

भ्रष्टाचार गर्ने जो कोहि होस नछाड्नु : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको नैतिक धरातल नै कमजोर बनाउने बताएका छन् । उनले भ्रष्टाचार गर्ने जो कोहि होस नछाड्न अख्तियरलाई सचेत गराए।
महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा हरेक वर्ष बेरुजू बढ्दै जानु दुःखद भएको भन्दै त्यस्तो विचलनलाई समयमै नियन्त्रण गर्न राज्य संयन्त्र सतर्क हुनुपर्ने बताए ।

राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै

आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकको आर्थिक संमृद्धि र सामाजिक न्याय हासिल गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य शर्त भएको बताए । ‘आर्थिक संमृद्धि र सामाजिक न्याय हासिल गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य शर्त हो । हाम्रो अन्तर्राष्ट्रिय प्रतिबद्धता, संवैधानिक दायित्व र नागरिकको अपेक्षाका लागि लोकतन्त्रको मूल्यमान्यताका अनुरुप सबैले आफ्नो जीवनशैलीलाई सरल, इमान्दार र पारदर्शी बनाउन आवश्यक छ,’ उनले भने ।

राष्ट्रपति पौडेलले अख्तियारले साना प्रकृतिका कसुरदारलाई मात्रै प्राथमिकतामा राखेको र ठूलो भ्रष्टाचारमा मुछिएकाहरु भने उम्किरहेको भन्ने नागरिकको गुनासो सम्बोधन हुने गरी काम गर्न आग्रह गरे । भ्रष्ट प्रवृत्तिले मुलुकको विकासमात्रै नरोकिएर बरु नैतिक धरातल नै गिरेर जाने उनको भनाइ छ ।

‘भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको उन्नतिमा अवरोध सिर्जना गर्ने मात्रै होइन, राष्ट्रको नैतिक धरातल नै कमजोर बनाउन सक्छ । तसर्थ भ्रष्टाचार नियन्त्रणकालागि दृढ राजनीतिक प्रतिबद्धता पहिलो प्रस्थान विन्दु हो,’ उनले भने, ‘शासन प्रणाली जति पारदर्शी र जवाफदेही हुन्छ, भ्रष्टाचारको सम्भावना त्यति नै कम हुन्छ ।
सुशासन कायम गराउने सन्दर्भमा सरकारको अख्तियारलाइ सहयोग हुन्छ: ’प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारमुक्त समाज निर्माण नभएसम्म देशको विकास नहुने दाबी गरेका छन् । उनले त्यसकालागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकार, राजनीतिक दल, नागरिक समाजसहित सबैको भूमिका हुनुपर्ने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भ्रष्टाचारजन्य घटना छानविन र अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहेको बताए । ‘भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रतिवद्ध छ । भ्रष्टाचारविरुद्ध निर्ममतापूर्ण ढंगले कारबाही गर्नैपर्ने हुन्छ,’ प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘भ्रष्टाचारमुक्त समाज निर्माण नभएसम्म देश बन्दैन ।’उनले विभिन्न कालखण्डमा घटेका सबै साना-ठूला घटनामा आयोगले भ्रष्टाचार न्यूनीकरण र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । ‘माथिल्लो तहदेखि तल्लो तहसम्म गलत कार्य गर्ने, भ्रष्टाचार गर्ने जो कोही व्यक्ति, कर्मचारी वा पदाधिकारीलाई छानबिन र कारवाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ,’ उनले भने, ‘जो सुकै व्यक्ति भ्रष्टाचारको कसूरमा समातिन्छ भने उसलाई कारबाही हुनुपर्छ । यसमा सरकारले कुनै हस्तक्षेप गर्दैन ।’

उनले विकास संमृद्धिको दिर्घकालीन लक्ष्य हासिल गर्नका लागि मुलुकमा सुशासन कायम हुनु आवश्यक रहेको बताए ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन तहकै सरकारमा गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी उल्लेख्य सङ्ख्यामा उजुरी परेको जनाएको छ। संघीयता कार्यान्वयनपछि गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी उल्लेख्य सङ्ख्यामा उजुरी परेको बताए ।

अख्तियारको अभियानलाई साथ दिन सबै पक्ष समक्ष प्रमुख आयुक्त राई को आग्रह

“सुधारौ सोच ,संस्कार र व्यबहार : नियन्त्रण हुन्छ भ्रष्टाचार ” भन्ने नाराका साथ अख्तियारले आफनो ३३ औ स्थापना दिवस मनाउने क्रममा बोल्दै आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले देशमा सुशासनको अवस्थामा अपेक्षित सुधार हुन नसकेको गुनासो जनताको तहमा व्याप्त रहेको बताएका हुन्। प्रमुख आयुक्त राईले संघीयता कार्यान्वयनपश्चात हालसम्मको अवधिमा तीनै तहका सरकारमा हुने विकास निर्माण, बजेट विनियोजन, अनुदान वितरण, सेवा प्रवाहजस्ता कार्यमा सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गर्ने, घुस र रिसवत लेनदेन गर्ने, गैरकानूनी लाभ लिने बदनियत राखेर काम गर्ने र गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी उल्लेख्य सङ्ख्यामा उजुरीहरू आयोगमा पर्ने गरेको बताए।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त राईले आयोगको ३३ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहमा आफ्नो मन्तव्य व्यक्त गर्नुहुँदै

उनले सार्वजनिक खरिद तथा निर्माणको सन्दर्भमा प्रतिस्पर्धा सीमित गर्ने, बिना प्रतिस्पर्धा सोझै खरिद गर्ने, आयोजनामा पूर्वसम्भाव्यता अध्ययन, आवश्यकता र औचित्यताको पहिचान नगरी बजेट विनियोजन गर्ने, खरिद योजनाबिना नै खरिद कार्य गर्ने प्रवृत्ति रहेको बताए। उनले बजेट तथा कार्यक्रम तर्जुमा गर्दा अबण्डा रकम राखी आर्थिक वर्षको बीचमा बाँडफाँड गर्ने, मिलेमतोमा आयोजना छनौट गर्ने, कार्यक्रम सञ्चालन नगरी भुक्तानी लिने/दिने, प्राकृतिक स्रोतसाधनको उपयोगमा मापदण्डको पालना नगरी दररेट तोक्ने, वातावरणीय प्रभाव मूल्याङ्कन र प्रारम्भिक वातावरणीय परीक्षणमा निर्दिष्ट परिमाणभन्दा बढी अनियन्त्रित उत्खनन तथा दोहन गर्ने, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पशुपंक्षी लगायतका विषयगत क्षेत्रमा अनुदानको दुरुपयोग गर्ने, नियम, कानून, कार्यविधि, मापदण्ड र नागरिक बडापत्रको पालना नगर्ने, सेवा प्रवाहमा बिचौलियाहरू प्रवेश गराई, सेवा अवरुद्ध गराई मिलेमतोमा अनियमितता गर्ने, आफूलाई तोकिएको कार्य समयमै पूरा नगर्ने, जिम्मेवारी र जबाफदेहिता नलिने, निर्णय नगरी थन्काएर राख्ने जस्ता प्रवृत्तिहरू देखिएको पनि बताए।

कर्मचारी नियुक्तिमा मिलेमतो गर्ने, बिना आधार र मापदण्ड बढुवा गर्ने, सरकारी सवारीसाधन र इन्धनको दुरुपयोग गर्ने, पूर्ण वा आंशिक स्वामित्व भएका निकाय वा सङ्गठित संस्थाको नियमित लेखा परीक्षण नगराउने, असुलउपर र नियमित गर्नुपर्नेमा आलटाल गर्ने जस्ता प्रवृत्तिहरू समेत देखिएको बताए।त्यसैगरी प्रमुख आयुक्त राइले सुशासन कायम गराउन लागिपरेको अख्तियारलाई सबै क्षेत्र बाट सहयोग आबश्यक रहेको बताए।

अख्तियारका तीन कर्मचारी समेत पुरस्कृत

त्यसैगरी अनुसन्धानका काममा उत्कृष्ट र काबिल कर्मचारीलाई मनोबल बढाउन अख्तियारले तीन कर्मचारीलाई पुरस्कृत गरेको छ। जसमा सीडीई राजेकुमार दास र प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकी र उपन्यायाधिवक्ता निरञ्जन स्थापितलाई पनि पुरस्कृत गर्‍यो ।

कार्यक्रममा चार सचारकर्मी पुरस्कृत


अख्तियारको ३३ औ स्थापना दिवसको अवसरमा तीन संचारकर्मी पुरस्कृत भएका छन्। कान्तिपुरका मात्रीका दाहाल लोकान्तर अनलाइनका अजय अनुरागी रातोपटीका सुभास गोतामे सुदर्शन आचार्य लगायतका लाई प्रधानमन्त्री दाहालले पुरस्कार दिएका थिए।
कार्यक्रम अख्तियारका सहसचिव पुजा खत्रीले संचालन गरेकि थिइन।
कार्यक्रममा उपप्रधानमन्त्रीहरु नारायणकाजी श्रेष्ठ ,पुर्णबहादुर खडका संबैधानिक निकायका प्रमुख हरु नेपाल सरकारका सचिबहरु अख्तियारका पुर्व प्रमुखहरु अख्तियरका आयुक्तहरु सचिब रामेश्वर दङ्गाल लगायतका उच्च तहका कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो।

अरुण चौधरीलाई अदालतले रिहा गरेकोमा गृहमन्त्री असन्तुष्ट

काठमाडौँ । उद्योगी अरुण चौधरीलाई अदालतले ‘हाजिर जमानी’ मा छाड्न आदेश गरेकोमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार संसद्को राज्य व्यवस्था समितिको बैठकमा जवाफ दिँदै श्रेष्ठले त्यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको सोमबारको इजलासले व्यवसायी चौधरीसहित संजय ठाकुर र अजितनारायण सिंह थापालाई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्न भनी प्रहरीका नाममा आदेश दिएको थियो। 

पहुँचवाला व्यवसायी मुछिएको केसमा अनुसन्धान भइरहँदा अदालतले अनुसन्धानको घेरालाई साँघुरो बनाउने गरी आदेश दिएको भन्दै चौतर्फी विरोध भइरहेको छ। सामाजिक सञ्जालमा समेत काठमाडौं जिल्ला अदालतको उक्त आदेशको विरोध भइरहेको छ। 

‘अदालतले दुई दिनभित्र अनुसन्धान सकेर छाड्नु भनेर आदेश गरेको थियो यस्तो आदेश इतिहासमा कुनै अदालतले पनि गरेको थिएन’ बैठकमा उनले भने– ‘तर, हामी मान्छौँ ।’ बाँसबारीको १० रोपनी जग्गा घोटाला प्रकरणका आरोपीलाई छाडे पनि सरकारले मुद्दा नछाडेको श्रेष्ठले बताए । उनले भने– ‘आरोपी बाहिर भए पनि अनुसन्धान चलिरहेको छ ।’

दुर्गा प्रसाईंका राजनीतिक गतिविधिमा राप्रपा नेपालको समर्थन

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले साथ दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले व्यवसायी दुर्गा प्रसाईंका पछिल्लो गतिविधिलाई पार्टीले सकारात्मक रुपमा लिएको टिप्पणी गरेका छन्। 

थापाले आज देशमा गणतन्त्र हटाएर पुनः राजसंस्था स्थापना गर्नुपर्ने माग राख्दै विभिन्न खालका आन्दोलन गर्दै आएका प्रसाईंका पछिल्लो गतिविधिलाई पार्टीले सकारात्मक रुपमा लिएको टिप्पणी गरेका हुन् । हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाएकाले प्रसाईंका पछिल्लो गतिविधिलाई आफूहरुले सकारात्मक रुपमा लिएको उनको भनाई थियो । शनिवार जनकपुरका सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष थापाले आफ्नो पार्टीले संविधान र संसदको मातहतमा रहने राजसंस्थाको परिकल्पना गरेको पनि स्पष्ट पारे ।

उनले भने–‘हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाउनुभएको छ । त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं । बिल्कुल सेरेमोनियल । संविधान र संसदको नियन्त्रणमा रहने राजसंस्थाको हामीले परिकल्पना गरेका हौँ । हामीले परिकल्पना गरेको प्रजातान्त्रिक व्यवस्थामा राजादेखि माओवादी सबै अटाउन सक्छ । हामीले केवल राजसंस्था फर्काउने मात्रै कुरा गरेका छैनौं ।’

उनले गणतन्त्रवादीहरुलाई पनि चित्त बुझ्ने खालको राजतन्त्र मुलुकमा हुनुपर्छ भन्ने मान्यतामा आफूहरु रहेको जिकिर समेत गरे । अध्यक्ष थापाले राजसंस्था मुलुकमा कार्यकारी हुनुपर्छ भन्ने पक्षमा आफूहरु नरहेको बताए ।

राजविराज कारागारमा १९ वर्षिय युवा मृत भेटिए


सप्तरी । राजविराज कारागारमा एकजना युवा मृत भेटिएका छन् । बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका १९ वर्षीय देवेन्द्र मण्डल मृत अवस्थामा फेला परेका हुन् ।

कारागारको शौचालयमा झुण्डिएको अवस्थामा मण्डललाई बिहान फेला पारेको राजविराज कारागार प्रशासनले जनाएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ का मण्डल गत भदौ ११ गतेदेखि कारागारमा थिए । १५ वर्षीया बालिकालाई गत साउन १३ गते राति अपहरण गरी बलात्कार गरेको आरोपमा उनी कारागारमा थिए ।

भ्रष्ट प्रवृत्तिले राष्ट्रको नैतिक धरातल नै कमजोर बनाउँछ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको नैतिक धरातल नै कमजोर बनाउने बताएका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन उनले भने भ्रष्टाचार न्यूनिकरणका लागि सार्वजनिक निकायमा पारदर्शीता जरुरी रहेको उल्लेख गरे । उनले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा हरेक वर्ष बेरुजू बढ्दै जानु दुःखद भएको भन्दै त्यस्तो विचलनलाई समयमै नियन्त्रण गर्न राज्य संयन्त्र सतर्क हुनुपर्ने बताए ।

‘शासन प्रणाली जति पारदर्शी र जवाफदेही हुन्छ भ्रष्टाचार न्यूनीकरणको सम्भावना त्यति नै हुने भएकाले सार्वजनिक निकायका हरेक काम, कारबाही र निर्णय पारदर्शी हुनुपर्छ भन्ने कुरामा सबैको ध्यानाकर्षण गराउन चाहन्छु,’, उनले भने, ‘नेपाली जनताको ठूलो बलिदान र सङ्घर्षबाट ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावना पनि यही हो ।’

भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको विकास र उन्नतिमा अवरोध सृजना गर्ने उनको भनाइ थियो । उनले भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको नैतिक धरातल भासिदै जाने र राष्ट्रियता नै कमजोर बन्न पुग्नेमा चिन्ता पनि प्रकट गरे ।

विद्यमान कार्य संस्कृतिमा परिवर्तन पनि भ्रष्टाचार नियन्त्रण गर्ने एउटा प्रभावकारी पक्ष हुन सक्ने उनको सुझाव थियो । राष्ट्रपति पौडेलले अख्तियारले अनुसन्धान र मुद्दा दायर गर्दा आग्रह पूर्वाग्रहरहित भएको सन्देश प्रवाह हुनुपर्नेमा जोड दिए ।

जनमुखी विकासबाट नागरिकमा सकारात्मक सन्देश जाने र प्रशासनिक क्षेत्रलाई पनि सोहीअनुरुप चुस्त र दुरुस्तरुपले अघि बढ्न मद्दत मिल्ने बताए । प्रकृति मानिसका आवश्यकता पूरा गर्न सक्षम छ तर मानिसको लोभ पूरा गर्न सक्षम छैन भन्ने पूर्वीय दर्शनको मान्यतालाई अनुसरण गर्नु आजको आवश्यकता भएकोमा उनले जोड दिए ।

सुशासन लोकतन्त्रको प्राणवायु हो भन्दै मुलुकमा उपलब्ध प्राकृतिक, मानवीय र सांस्कृतिक सम्पदाहरूको उपयोग र सुदृढीकरण गर्दै आर्थिक समृद्धि तथा सामाजिक न्याय हासिल गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको बताए । हाम्रो अन्तर्राष्ट्रिय प्रतिबद्धता, संवैधानिक दायित्व, आयोगले तयार गरेको संस्थागत रणनीतिक योजना र नागरिकको अपेक्षाका लागि लोकतन्त्रको मूल्यमान्यताअनुरुप हामी सबैले मुलुकको हित र कल्याण तथा अन्तर्राष्ट्रिय छविको लागि आफ्नो जीवनशैलीलाई सरल, इमान्दार, पारदर्शी र सदाचारयुक्त बनाउन आवश्यक छ,’ उनले भने ।

उनले मुलुकमा भ्रष्टाचारविरुद्ध जागरण आउनेछ र विश्वस्तरीय भ्रष्टाचार सूचकाङ्कमा नेपालकोस्तरमा क्रमशः सुधार हुने विश्वास व्यक्त गरे । साथै, तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक समाज, सञ्चारजगतलगायत प्रत्येक नागरिकलाई भ्रष्टाचारविरुद्धको अभियानमा सक्रियतापूर्वक सहभागी भई हातेमालो गर्नसमेत उनले आव्हान गरे । ‘मुलुकको नीति र कानुन निर्माण, विकास व्यवस्थापन र नागरिकको आधारभूत सेवा प्रवाहमा संलग्न अख्तियार प्राप्त अधिकारीलाई प्रचलित नीति र कानुनबोजिम निर्धक्कसाथ विवकेशील निर्णय र कार्यसम्पादन गर्न अनुकूल वातावरणको सृजना गर्नुपर्ने चुनौतीसमेत यस आयोग तथा सम्बन्धित निकायका सामु देखापरेको छ,’ राष्ट्रपति पौडेलले भने ।

पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको सुनुवाइ आजदेखि हुने

काठमाडौं । लामो अन्योलपछि रौतहट जिल्ला अदालतले आजबाट नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्धको मुद्दामा पेसी तोकेको छ ।

आइतबारदेखि निरन्तर सुनुवाइ हुने बताइएको छ। ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरलगायतका आरोपमा आलमसहित ११ जनाविरुद्ध दायर रिटको सुनुवाइ हुन थालेको हो।

यसअघि गत २२ कात्तिकमा न्यायाधीश बाबुकाजी बानियाको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो। त्यसपछि वादी तथा प्रतिवादी दुवै पक्षका कानुन व्यवसायीले बहस नोट बुझाइसकेका छन्। १८ कात्तिक २०७६ रौतहट जिल्ला अदालतमा उनीहरुविरुद्ध मुद्दा दर्ता भएको थियो।

पहिलो संविधानसभाको निर्वाचनको अघिल्लो दिन २०६४ साल चैत २७ गते रौतहट गाविसको राजपुर फरहदवा वडा नम्बर ४ मा रहेको प्रतिवादी आलमका काका शेख इद्रिसको गोठमा बम विस्फोट भएको र सो क्रममा घाइते भएकालाई आफ्नै इँटा भट्टाको चिम्नीमा जलाएर मारेको आरोप आलममाथि लगाइएको छ। तर, आलमले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन्।

यातायातको सफ्टवेयर बिग्रार्ने उपसचिवलाई गाडी उपहार

काठमाडौं । नक्कली लाइसेन्स बनाउने गिरोहले यातायात ब्यबस्था बिभागको सूचना प्रबिधिको प्रणाली नै बिग्रार्दिन लगाएर सो काम गरे बापत गाडी उपहार दिएको रहस्य खुलेको छ। एक ब्यक्तिले स्मार्ट लाईसेन्सको सफ्टवेयर हत्याउन गाडी उपहार दिएको पाइएको हो ।नक्कली प्रकरण मोडन महानिर्देशक उद्दब रिजाल र उपसचिव रेग्मी विभिन्न फण्डा तयार गरेर बिषय अन्त मोडन जतिसुकै नाटक मन्चन गरेपनि यी दुई भाइ मुख्य दोषी देखिन आएका छ्न्।
प्राप्त जानकारी अनुसार एक ब्यक्तिले यातायात व्यवस्था विभागका आईटी प्रमुख मुकेश रेग्मीलाइ बा. १७ च ११ नम्बरको कोरियन ‘स्योङ्याङ’ कम्पनीको गाडी उपहार स्वरुप घुस दिएको पाईएको हो । उक्त गाडी नेपालमा आइएमएस मोटर्सले आयात गर्दै आएको छ । दिपक मल्होत्राको स्वामित्वमा रहेको यो कम्पनीबाट एक ब्यक्तिले पैसा समेत नदिई मागेर उपहार स्वरुप घुसमा यो गाडी दिएका हुन् ।

ती ब्यक्तिले मुकेस रेग्मीलाई गाडी घुस दिनुको कारण भने लाइसेन्स वितरणको लागि प्रयोगमा ल्याइएको सफ्टवेयरले काम नगरेको, सिस्टममै समस्या भएको देखाई दिन आईटी प्रमुखलाई गाडी घुस दिइएको हो । विभागले फर्जी लाईसेन्स वितरणको विषयमा अनुसन्धानसमेत गरेको थियो । उक्त अनुसन्धानमा गाडी दिईएको खुलेको हो । तर अनुसन्धानमा भनिएको छ, केही समयको लागि हामीले गाडी एक ब्यक्ति लाई दिएका थियौ तर अहिले यो गाडी यातायातका आईटी प्रमुखलाई घुसपो दिईएको रहेछ ।

यसै विषयलाइ लिएर गतपुस ५ गते काठमाडौं अपराध अनुसन्धान महाशाखाले राजकुमार थापा नाम गरेका स्थायी ठेगाना पर्वतका एजेन्टलाई पक्राउ गरेको थियो । थापाले यातायातका आईटीका टिमसँग ‘सेटिङ’ मिलाई कार, जिप (बी)को ट्रायल पासनै नभएकाहरुको पास भएको भन्दै लाईसेन्स बनाउने काम गरेका थिए ।

एजेन्ट थापाले पछिल्लो समय यातायातका आईटीसँग सेटिङ मिलाई (०८ लुम्बिनीको कोर्ड) बेलबहादुर देवकोटाको नाममा ०१–०८–८८९९०४३१ नम्बरको लाईसेन्स बनाएका थिए । यातायातमा यस अघि लाईसेन्सको ०१–०१५००००० नम्बरमा चलिरहेको छ । एक्कासी लाईसेन्सको नम्बर (८८९९०४३१) आठ करोड पुगेको देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीले अनुसन्धान अघि बढाएपछि यातायात विभागले छानविन अगाडी नबढाउन भन्दै अनुरोध गरेका थियो । प्रहरीले अनुसन्धान नगरे यातायातले ट्राफिक प्रहरीलाई एकै पटक चालकहरुसँग पाँचहजार सम्मको जरिवाना गर्न सक्ने अनुमति दिन्छौं भनिएको थियो । यातायातको ५ हजारको प्रलोभनमा परि प्रहरीले अनुसन्धानलाई किर्ते मुदामा मात्रै सिमित गरि यो फाईल बन्द गरिदिएको छ । यसै अनुसन्धानलाई प्रभावमा परि यातायातका विभागीय प्रमुखहरुले २०७२ सालदेखिका महानिर्देशकको जिम्मेवारीमा रहेका लाईसेन्सहरुलाई छानविन गरिने भनियो ।
ट्रायल नै नदिई बनाइएको नक्कली लाइसेन्सहरुको नम्बर अब खारेज गर्ने भनेर यो विषयलाई अन्तै मोड्ने प्रयार वा प्रचारबाजी समेत विभागीय र प्रहरीले गरेको पाईन्छ । यो लाईसेन्स प्रकरणलाई पुराना महानिर्देशकहरुको पालामा भएको भन्दै अनावश्यक प्रचार गराइएको थियो । यसका प्रमुख योजनाकार हुन् यातायात शाखा आईटी प्रमुख मुकेश रोग्मी गाडी उपहार लिएर प्रयोग भएको समाचार श्रोत बताउछ।उपसचिव रेग्मी जहाँ जहाँ जान्छन् त्यहाँको सफ्टवेयर बिगारेर सेटिङ मै रमाउने उनको पुरानो बानी भएको सार्वजनिक खरिद कार्यालयका कर्मचारी नै बताउछ्न।

पछिल्लो समय मुकेश रेग्मीले कस्ता खालका काम गरेका छन् । दशैँपछि अनधिकृतरूपमा यातायातको मुख्य सिस्टमको भित्र छिरेर ‘डाटा इडिट’ गरेर नक्कली लाइसेन्स बनाएका नौवटा लाइसेन्स गंगा कार्की ०१–०८–१४५६७५३६ चितवन, रुद्रप्रसाद खतिवडा ०१–०८–८८९८८००४, चितवन मनिस केसी ०१–११–८८९९०१५७, प्रकाश पौडेल ०१–०८–८८९९२१५५ पाल्पा, धिरज खत्री क्षेत्री ०१–०८–८८९९०३३८ पाल्पा, सिम्रन थापा ०१–१०–८८९९०६९१ पाल्पा, सुरज भुगै ०१–०८–८८९९१६२६ पाल्पा, विजय अधिकारी ०१–०८–८८९९२२५२ चितवन र आकाश श्रेष्ठ ०१–०८–८८९९०४०५ हुन् ।

यसको विषयमा यातायात कार्यालयसँग मिलेर प्रहरीले अनुसन्धानलाई ओझेलमा पारेको प्रस्ट हुन्छ । प्रहरी पाँचहजारको चिट काट्न पाएपछि घुस लिएको काण्ड र नक्कली लाईसेन्सको काण्डलाई सामान्य भएको जनाउँदै अनुसन्धान गर्ने प्रहरी कोल्टे फर्किएर हिडेको हो कि आशका बढाएको छ।
मिडिया र प्रहरीको संरक्षमा प्रदेशका आईटी र केन्द्रका आईटीप्रमुखहरूको मिलेमतोमा नक्कली लाइसेन्समार्फत भएको भ्रष्टाचारमा महानिर्देशक रिजालले संरक्षण गर्नेगरेको स्रोतको दाबी छ । महानिर्देशक रिजाल चाडै धनी बन्न मन्त्री प्रकाश ज्वालालाई प्रति महिना दाम बुझाउने शर्तमा यातायात भित्रिएको बुझिन्छ। नक्कली लाइसेन्स काण्डमा महानिर्देशक रिजाल र उपसचिव रेग्मीलाई अख्तियारले यथासक्दो चाडै हतकडी लगाउनु पर्ने आवाज समेत उठेको छ।

नेपाल प्रहरीका १६ एसएसपीको सरुवा (सूचीसहित) 

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले १६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालयले उपप्रधानमन्त्री एवं गृहमन्त्री स्तरको निर्णय अनुसार १६ जना एसएसपीको सरुवा गरेको हो ।मानव बेचबिखन अनुसन्धान ब्युरोमा ओमबहादुर रानाको सरुवा भएको छ । त्यस्तै, पोखरा तालिम केन्द्रमा मुकुन्द मरासिनी, दुधौली तालिम केन्द्रमा प्रवीण पोखरेल, धनुषा तालिम केन्द्रमा गोपालचन्द्र भट्टराई, सुर्खेत तालिम केन्द्रमा राजेन्द्रप्रसाद भट्ट र दीपायल तालिम केन्द्रमा कृष्णबहादुर पल्ली मगरको सरुवा भएको छ ।

‘राष्ट्रिय सदाचार नीति’ तर्जुमा गरी कार्यान्वयनमा ल्याइन्छः प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक तथा निजी क्षेत्रमा सदाचारिताको आधार विकास गर्न ‘राष्ट्रिय सदाचार नीति’ तर्जुमा गरी कार्यान्वयनमा ल्याइने बताएका छन् । उनले त्यसकालागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकार, राजनीतिक दल, नागरिक समाजसहित सबैको भूमिका हुनुपर्ने बताए । 

आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भ्रष्टाचारजन्य घटना छानविन र अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहेको बताए । ‘भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रतिवद्ध छ । भ्रष्टाचारविरुद्ध निर्ममतापूर्ण ढंगले कारबाही गर्नैपर्ने हुन्छ,’ प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘भ्रष्टाचारमुक्त समाज निर्माण नभएसम्म देश बन्दैन ।’

उनले विभिन्न कालखण्डमा घटेका सबै साना-ठूला घटनामा आयोगले भ्रष्टाचार न्यूनीकरण र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । ‘माथिल्लो तहदेखि तल्लो तहसम्म गलत कार्य गर्ने, भ्रष्टाचार गर्ने जो कोही व्यक्ति, कर्मचारी वा पदाधिकारीलाई छानबिन र कारवाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ,’ उनले भने, ‘जो सुकै व्यक्ति भ्रष्टाचारको कसूरमा समातिन्छ भने उसलाई कारबाही हुनुपर्छ । यसमा सरकारले कुनै हस्तक्षेप गर्दैन ।’

“मूलतः जनतासँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ जस्ता आधारभूत सेवादेखि राष्ट्रिय परिचयपत्र, नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र, लगायत प्रशासनिक सेवामा सरलता, शीघ्रता, सुलभता र पारदर्शिता कायम गर्न सरकार निकै संवेदनशील भई क्रियाशील छ”, प्रधानमन्त्री प्रचण्डले अगाडि भने, “सरकारले ठूला भ्रष्टाचारका घटनालाई छानबिन तथा अनुसन्धानको दायरामा ल्याइरहेको छ, ल्याउँछ ।”

सार्वजनिक सेवा प्रवाहमा देखिएका विकृति, विसंगति, ढिलाइ, अनियमितता नियन्त्रण गरी जनताले भोग्नुपरेको सास्ती हटाउन सरकार लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारी जग्गा हडप्ने, व्यक्तिगत नाममा कायम गर्नेहरूलाई छानबिन अनुसन्धान गरिरहेकोसमेत बताएका छन् । उनले क्रिप्टो करेन्सी कारोबारी, हुन्डी कारोबारी, सुन तस्कर र सहकारीलगायत क्षेत्रमा भएका ठगीलाई कारबाहीको दायरामा ल्याएको जानकारी दिए ।​

ट्रान्सपरेन्सी इन्टरनेशनलको सन् २०२३ को वार्षिक प्रतिवेदनले समेत गत वर्षभन्दा भ्रष्टाचार सूचकाङ्कमा दुई स्थानले सुधार भएको देखाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासनका क्षेत्रमा गरिरहेको सक्रियता र प्रतिबद्धता व्यावहारमा देखिएको बताएका छन् ।

“भ्रष्टाचार देशको विकासको बाधक बनेको छ । यसले सामाजिक संरचनामा वर्गीय खाडल पैदा गरेको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसको निराकरणका लागि राज्यका जिम्मेवार निकायहरूको निष्पक्ष क्रियाशीलता, अग्रसरता र जनतामा भ्रष्टाचारविरोधी साझा चेतनाको विकास हुन जरुरी छ ।”भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँदै सुशासन कायम गर्न सार्वजनिक सेवा प्रवाहमा सुधारमार्फत नागरिकका आवश्यकतालाई सर्वोपरि ठानी सार्वजनिक पदाधिकारी तथा राष्ट्रसेवक कर्मचारीहरूले आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । 

दिगो शान्ति, विकास, सुशासन र समृद्धिको राष्ट्रिय आकांक्षा हासिल गर्नका लागि सबैले सभ्य समाज निर्माणमा योगदान पुर्‍याउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले थप ऊर्जा र क्रियाशीलताका साथ भ्रष्टाचार विरूद्ध सक्रिय रहन सबैलाई अपिल गरेका छन् ।

यस्तो छ तपाईंको २८ माघ २०८०, आईतवार आजको राशिफल

मेष : दैनिकी राम्रो छ। साथीभाइले साथ दिनेछन्। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रबाट राम्रो नतिजा प्राप्त हुने योग छ। स्वास्थ्यमा सुधारका संकेत देखिन्छन्। परिवारसँगको सम्बन्धमा समस्या हुनसक्छ।

वृष : दैनिकी राम्रो छ। परिवारको सहयोग मिल्नेछ। स्वदेश वा विदेशमा ठुलो लगानी नगर्नु राम्रो हुन्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ।

मिथुन : दिन सामान्य राम्रो छ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट राम्रो नतिजा प्राप्त हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : समय सामान्य छ। विवाद बढ्ने देखिन्छ। बोलीमा नम्रता आवश्यक छ। सानो अंश भए पनि दान गरेमा फाइदा हुनेछ। परिवारबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन सामान्य राम्रो छ। शिक्षा क्षेत्रको लगानीमा अब्बल बन्नुहुनेछ । परिवारलाई समय दिन नसक्दा अविश्वास बढ्नेछ। विदेशमा गरेको लगानीबाट लाभ हुनेछ।

कन्या : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध आनन्दमय बन्नेछ। विदेशतर्फ आकर्षण बढ्नेछ। विदेशमा गरेको लगानीबाट लाभ हुनेछ। स्वास्थ्यमा समस्या हुने देखिन्छ। शाहकारी भोजनलाई प्राथमिकता दिनु राम्रो हुन्छ।

तुला : समय राम्रो छ। विपक्षीलेसमेत साथ दिनेछन्। पेटको दुखाई बढ्ने देखिन्छ। शिक्षामा गरेको श्रमबाट नाम र दाम मिल्नेछ। परिवारको सहयोग मिल्नेछ। स्वदेशमा भएको लगानीबाट उत्साह मिल्नेछ।

वृश्चिक : दैनिकी राम्रो छ। परिवारको साथ रहनेछ। विरोधका आवाज सुन्नुपरे पनि निर्णय आफ्नो पक्षमै हुनेछ। आज बाहिरको खानपान त्याग गर्नु राम्रो हुन्छ। शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ।

धनु : दिन राम्रो छ। मित्र र परिवारको साथ मिल्नेछ। रोगमुक्त हुने योग छ। शिक्षाको क्षेत्रमा नाम र मान बढ्ने योग छ। स्वदेशमै लगानीको सम्भावना देखिन्छ।

मकर : समय सामान्य छ। साथीले दु :ख दिने भएकाले सचेत हुनु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा समस्या हुनेछ। वैदेशिक क्षेत्रमा लाभ हुनेछ।

कुम्भ : व्यापारमा लाभ हुनेछ। शिक्षामा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा भने झन्झट आइलाग्ने देखिन्छ। परिवारबाट साथ र सहयोग मिल्नेछ। वैदेशिक क्षेत्रमा ठुलो लगानी नगर्नु राम्रो हुन्छ।

मीन : समय राम्रो छ। आफन्तबाट साथ र सहयोग मिल्नेछ। सञ्चित धन खर्च हुने देखिन्छ। एक पटक सोचेर काम गर्नु फाइदाजनक हुनेछ। वैदेशिक क्षेत्रमा लाभ मिल्नेछ। शिक्षातर्फबाट राम्रो नतिजा मिल्नेछ।

जादाजादै महानिर्देशक मैनालीले दुई हजार फर्म छानबिनमा परेको बताए

काठमाडौ । उपलब्धि आन्तरिक राजस्व विभागले करिब १० अर्ब रुपैयाँ कर छलीको आंशकामा दुई हजार फर्ममाथि छानबिन अघि बढाएको छ । झुटा तथा नक्कली बिलबिजक प्रयोग गरी मूल्य अभिवृद्धि कर छलेको देखिएपछि करदाताको अभिलेख तयार पारेर अनुसन्धान अघि बढाइएको हो । विभिन्न प्रकारका साना–ठूला कम्पनीको ‘मूल्य अभिवृद्धि करतर्फ देखाएको खरिद र सो कर बिजकबाट लिएको करकट्टी’सम्बन्धी अनुसन्धान गर्दा बिल नक्कली भएको देखिएको हो । यसरी नक्कली बिल जारी तथा खरिद गर्ने गरी कर छली गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको विभागका एक उच्च अधिकारीले बताए ।

विभागले अनुसन्धानका लागि मातहतका कार्यालयलाई निर्देशन दिएको छ । एक हजार नौ सय ८६ वटा फर्मको कारोबार शंकास्पद देखेपछि प्रारम्भिक अनुसन्धान गर्दा कैफियत भेटिएका कारण विभागको निर्देशनअनुसार ठूला र मध्यमस्तरीय करदाताका साथै कर निर्धारण गर्ने ४५ वटै कार्यालयले अनुसन्धान गरिरहेका छन् । ती फर्मको नौ अर्ब ८३ करोड रकमको कारोबारमाथि अनुसन्धान भइरहेको छ ।

हालसम्म करिब तीन सय फर्मबाट ८० करोड रुपैयाँ थप कर निर्धारण भइसकेको विभागका एक उच्च अधिकारीले जानकारी दिए । ‘हामीले राजस्व चुहावट नियन्त्रणअन्तर्गत चालू आर्थिक वर्षको सुरुदेखि नै नयाँ–पुराना कारोबार र तिनका बिलबिजकलाई अनुसन्धान गर्‍यौँ, कतिपय शंका र कतिपय नमुनाका रूपमा अनुसन्धान गर्‍यौँ,’ उनले भने, ‘प्रारम्भिक अनुसन्धानबाट नक्कली बिल बनाएर भ्याट छली गरेकोे पाएपछि सम्बन्धित कर कार्यालयलाई थप अनुसन्धान गरी कर निर्धारण गर्न निर्देशन दियौँ ।’ आगामी चैत मसान्तसम्ममा अनुसन्धान टुंग्याएर कर निर्धारण गर्ने गरी निर्देशन दिइएको उनले बताए । विभागका नवनियुक्त महानिर्देशक भूपाल बरालले यस विषयमा विस्तृत जानकारी लिन बाँकी रहेको बताए । यद्यपि, विभागमातहतका कार्यालयलाई अनुसन्धानका लागि पत्राचार भएको र सोहीअनुसार बिलबिजक तथा कर परीक्षण भइरहेको उनले बताए ।

‘नक्कली बिल खरिद–बिक्री कर छलेको विषयमा कर कार्यालयले अनुसन्धान गरिरहेका छन्, यसको के–कति थप कर निर्धारण भयो भन्नेचाहिँ यकिन विवरण मैले लिइसकेको छैन,’ उनले भने, ‘तर, राजस्व चुहावट नियन्त्रणका यस्ता अनुसन्धान र काम हामी नियमित गर्छौँ ।’

विभागका निवर्तमान महानिर्देशक दीर्घराज मैनालीले विभागबाट सरुवा भएपछि जारी गरेको धन्यवाद ज्ञापनपत्रमा समेत झुटा तथा नक्कली बिल प्रयोग गरी कर छली भएको विषयमा अनुसन्धान भइरहेको उल्लेख गरेका छन् । हाल सार्वजनिक ऋण व्यवस्थापन कार्यालय प्रमुखको जिम्मेवारीमा सरुवा भएका मैनालीले आफू महानिर्देशक हुँदा सुरु गरिएको उक्त छानबिनलाई उपलब्धिकै रूपमा उल्लेख गरेका हुन् ।

प्रारम्भिक अनुसन्धानबाट खासगरी आपूर्ति गर्ने सरकारी कार्यालयमा आपूर्ति गर्ने कम्पनीले झुटा तथा नक्कली बिल प्रयोग गर्ने गरेको देखिएको छ । त्यसबाहेक साना–ठूला कम्पनी, सुपरमार्केट, आपूर्तिकर्ता, अस्पताललगायतले पनि कर छली गरेको पाइएको छ ।

ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक जनकराज शर्माले झुटा तथा नक्कली बिल प्रयोग गरी कर छलेको आशंकामा तीन दर्जनभन्दा बढी फर्ममाथि अनुसन्धान भइरहेको बताए । ‘विभागले कर छलीको आशंका गरेपछि अनुसन्धानका लागि कर निर्धारण गर्ने अरू कार्यालयसँगै ठूला करदाता कार्यालयलाई पनि पत्राचार गरेको थियो,’ उनले भने, ‘करिब ४२ वटा करदाताको फाइल हामीले अनुसन्धान गरिसकेका छौँ, त्यसमध्ये आधाको अनुसन्धान सकिएको छ, थुप्रैमा कैफियत भेटिएको छ ।’

मध्यमस्तरीय करदाता कार्यालयका प्रमुख कर प्रशासक अमृत लम्सालले नक्कली बिल प्रयोग गरी कर छलेको विषयमा अनुसन्धान भइरहेको बताए । विभागको निर्देशनअनुसार आफ्नो क्षेत्राधिकार पर्ने अर्थात् मध्यमस्तरका करदातामाथि अनुसन्धान भइरहेको उनले जानकारी दिए । तर, के–कस्ता कम्पनीले भन्ने विषय भने उनले खुलाउन चाहेनन् । ‘विभागले उनीहरूको प्रारम्भिक अनुसन्धान गरेर कार्यालयलाई थप अनुसन्धान गरी कर निर्धारण गर्न दिएको हो, सोहीअनुसार अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘अनुसन्धान भइरहेको विषय भएकाले थप विस्तृत भन्न मिल्दैन ।’चरम बेथिति बढेको गुनासो सगै पछिल्ला दिनमा आन्तरिक राजस्व बिभागको सक्रियता बढेको देखिन्छ ।

फेसबुक लाइभका क्रममा भारतका एक नेतामाथि गाेली प्रहार

एजेन्सी। फेसबुक लाइभका क्रममा भारतका एक नेतामाथि गाेली प्रहार भएकाे छ । गए राति मुम्बईको दहिसर क्षेत्रमा शिवसेनाका नेता तथा पूर्व पार्षद अभिषेक घोषालकरको गोली हानी हत्या गरिएको थियो । फेसबुक लाइभमा छलफल गरिरहँदा अभिषेकमाथि गोली प्रहार भएको थियो ।

हाल फसबुक लाइभकाे उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । फेसबुक लाइभका क्रममा पहिले माेरिस उठेर निस्किएकाे देखिन्छ। त्यसपछि, अभिषेक उठेर बाहिर निस्केको पनि देखिन्छ । सो क्रममा मोरिसले उनीमाथि ४–५ राउण्ड गाेली फायर गरेका थिए । त्यसपछि उनले आत्महत्या गरे । अभिषेकलाई अस्पताल लगिए पनि उपचारका क्रममा उनको मृत्यु भएको थियाे ।

अभिषेक घोषालकर पूर्व शिव सेना (उद्धव गुट) विधायक विनोद घोशालकरका छोरा थिए। मोरिसले फेसबुक लाइभको बहानामा अभिषेकलाई आफ्नो कार्यालयमा बोलाएका थिए । यस घटनामा प्रहरीले मेहुल पारिख नामका व्यक्तिलाई पक्राउ गरेको छ । भारतीय संचारमाध्यमका अनुसार मोरिस र मेहुलले गोली चलाउनुअघि भेटेका थिए। प्रहरीले उनीसँग सोधपुछ गरिरहेको छ ।

घटनाको विषयमा मुम्बई प्रहरीले मोरिसलाई मुम्बई प्रहरीले कुनै हतियार लाइसेन्स जारी गरेको थिएन। त्यसैले, मोरिसले गोली चलाएको हतियार अवैध भएको आशंका गरिएको छ। शिव सेना नेताको हत्या र आक्रमणकारीको आत्महत्याको सम्बन्धमा दुई अलग-अलग एफआईआर दर्ता गरिएको छ। मुम्बई प्रहरीले घटनाको अनुसन्धान अपराध शाखालाई सुम्पेको छ ।

संचारमाध्यमका अनुसार अभिषेक र मोरिसबीच केही मनमुटाव भएकाे थियो । तर, हालै यी दुईबीच सम्झौता भएको छ । जसका कारण घोषालकर उनको फोनमा बिहीबार राति मोरिसको कार्यालयमा आएका थिए । लाइभको क्रममा अभिषेकले मोरिससँग देख्दा मानिसहरु छक्क पर्ने पनि बताउँछन् ।

मोरिस नोरोन्हा नागरिकहरूमाझ मोरिस भाइको रूपमा प्रसिद्ध थिए। सामाजिक सञ्जालमा उनले आफूलाई सामाजिक कार्यकर्ता र कोभिड योद्धाको रुपमा व्याख्या गरेका थिए । उनले फेब्रुअरी १० मा नासिकको शिशु जीसस चर्चमा तीर्थयात्रा आयोजना गरेका थिए। यस बारेमा शिवसेना (यूबीटी) नेता अभिषेक घोसालकरले फेसबुक लाइभमा उल्लेख गरेका थिए।

जनवरी २९ मा मोरिसले आफ्नो इन्स्टाग्राम पेजमा यस्तो लेखेका थिए – “दुख, हानि, अपमान र प्रतिक्रियाको वास्ता नगर्ने व्यक्तिलाई तपाईँले हराउन सक्नुहुन्न।” सन् २०२२ मा प्रहरीले मोरिस नोरोन्हा विरुद्ध लुकआउट नोटिस जारी गरेको थियो । मोरिसमाथि ४८ वर्षीया महिलालाई ब्ल्याकमेल गर्ने, बलात्कार गरेको, धोका दिएको र धम्की दिएको आरोप लागेको थियो । यद्यपि आरोपहरू २०१४ को हो, उजुरी २०२२ मा दायर गरिएको थियो, जसले मोरिसलाई मुद्दाको सम्बन्धमा गिरफ्तार गरेको थियाे ।