एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

जनकपुरधाम । एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार धनुषाको मिथिला नगरपालिका– ३ हरिहरपुरका अन्दाजी २२ वर्षीय जिते महतो रहेको प्रहरीले जनाएको छ । सोही ठाउँका २५ वर्षीय सरोजकुमार महतो गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार सोमबार साँझ साढे ६ बजे जनकपुर ढल्केवर सडक खण्ड अन्तर्गत मिथिला नगरपालिका २ नक्टाझिजमा जनकपुर तर्फबाट ढल्केवरतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ च ०५१२०७१२ नम्बरको एम्बुलेन्सले बाटो काट्दै गरेको ज ११ प १९९ मोटरसाइकललाई ठक्कर दिएको थियो ।

एम्बुलेन्स र मोटरसाइकल तीव्र गतिमा रहेकै कारण दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाइ छ । त्यस क्रममा मोटरसाइकलमा सवार दुबैजना गम्भीर घाइते भएका थिए । जितेको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा साँझ साढे ७ बजे चिकित्सकले मृत घोषणा गरेको थियाे । एम्बुलेन्स चालक फरार रहेको र खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यस्तो छ तपाईंको १३ चैत्र २०८०, मंगलवार  आजको राशिफल

मेष : दिन राम्रो छ। शुभकार्यको चर्चा चल्नेछ। पुनर्मिलनको योग छ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। आफ्नो प्रबल इच्छाशक्तिको कारणले लक्ष्यमा पुर्‍याउन सहयोग गर्नेछ तर साथीहरूले अनावश्यक रूपमा अलमल्याउन सक्छन्।

वृष : समय राम्रो छ। श्रमको मूल्य प्राप्त हुनेछ। शेयरमा लगानी भए फाइदा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट लाभ हुनेछ। खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ। परिवारबाट सहयोग मिल्नेछ।

मिथुन : दैनिकी राम्रो छ। नयाँ ठाउँको यात्रा गर्ने योग रहेको छ। धर्ममा मन जानेछ। साथी सकारात्मक छन्। लगानीका क्षेत्रमा खोखिम बढ्नसक्छ। परिवारको साथ र सहयोग रहनेछ।

कर्कट : दैनिकी राम्रो छ। एक साथ दोहोरो लाभ मिल्नेछ। परोपकारको मौका मिल्नेछ। परिवारमा व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। साथी र बन्धुले साथ दिनेछन्।

सिंह : आजको दैनिकी राम्रो छ। आर्थिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा खर्च गरेको धनबाट फाइदा हुनेछ। परिवारको माया निरन्तर प्राप्त हुनेछ। बौद्धिक व्यक्तिसँग संगत हुनेछ।

कन्या : समय सामान्य छ। लाभ र हानी बराबर जस्तै हुने दिन छ। समस्या विस्तारै किनारा लाग्नेछन्। शिक्षामा गरेको लगानीको प्रतिफल मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : आजको दिन राम्रो छ। आफूलाई केन्द्रमा राखेर काम गर्नु राम्रो हुन्छ। पुरानो गल्तीले दुःख दिन योग भने कायमै देखिन्छ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए सचेत हुनुपर्ने दिन छ। परिवारको साथ र सहयोग निरन्तर मिल्नेछ।

वृश्चिक : दैनिकी राम्रो छ। मनमा शान्ति मिल्नेछ सामाजिक क्षेत्रमा गरेको लगानीले उचाई बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उपलब्धि हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दैनिकी राम्रो छ। सामाजिक क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। परोपकार गर्ने मौका मिल्नेछ। अरुलाई प्रभावित पार्नसक्ने क्षमता देखिने छ। शिक्षा क्षेत्रको लगानी फस्टाउने योग छ। आफन्त र परिवारको साथ रहनेछ।

मकर : दिन राम्रो छ। बिना प्रतिस्पर्धा फाइदा होला। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानी सन्तोषजनक नहुनसक्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : सचेत भएर काम गर्नुपर्ने दिन छ। निर्णय लिन नसक्दा घाटा हुनेछ। आर्थिक र सामाजिक क्षेत्र अब्बल छन्। स्वदेशमै रोजगारीको अवसर सिर्जना हुनेछ।

मीन : समय राम्रो छ। रोकिएको काम बन्नेछ। आर्थिक क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। सञ्चित धन खर्च गर्नुपर्ने हुनसक्छ। सिर्जनात्मक क्षेत्रमा मन जानेछ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

शर्मिला वाइबालाई धरौटीमा छोड्न आदेश

काठमाडौँ ।आफूलाई अभियन्ता दाबी गर्ने शर्मिला वाइबालाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएको छ ।

कुटपिट र विद्युतीय कारोबारको मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेकी वाइबालाई अदालतले छोड्ने आदेश दिएको हो ।

केही समयअघि वाइबाले आफूलाई कुटपिट र ब्ल्याकमेलिङ गरेको भन्दै म्याकुरीले महाराजगञ्ज प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीपछि उनलालाई पक्राउ गरेकाे थियाे ।

चार जना असइसहित २३ जना प्रहरीलाई सात दिनभित्र हाजिर हुन आउन अनुराेध

काठमाडाै । नेपाल प्रहरीले चार जना असइ (प्रहरी सहायक निरीक्षक)सहित २३ जना कर्मचारी लामाे समयसम्म सम्पर्कमा नआएपछि सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन अनुराेध गरेकाे छ ।

सूचना जारी गरी खोजतलास गर्दा पनि सम्पर्कमा नआएपछि पुन सात दिनकाे सूचना जारी गर्नुपरेकाे प्रहरी प्रधान कार्यालयलले जनाएको छ ।

सूचना जारी भएकाे सात दिनभित्र पनि उपस्थित नभएमा सेवाबाट हटाइने र कानुनबमाेजिम कारबाही हुने सूचनामा उल्लेख गरेकाे छ ।

महालक्ष्मी विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

काठमाडौं । महालक्ष्मी विकास बैंकले सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी शाखा तथा प्रादेशिक कार्यालयमार्फत वित्तीय साक्षरता, र्‍याली तथा सचेतना कार्यक्रमहरु सञ्चालन गरिएको बैंकले जनाएको छ ।

ग्लोबल मनी विक–२०२४ को अवसरमा विद्यार्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सिप र मनोवृत्ति विकास गराउने उद्धेश्यका साथ वित्तीय साक्षरता, प्रभातफेरि लगायतका कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा विद्यार्थी, स्थानीय युवा, किसान, लघु, साना तथा मझौला उद्यमी, विप्रेषण प्रापक लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमबाट करिब एक हजार जना व्यक्तिहरूलाई बचत, कर्जा, लगानी, सफा नोट, विद्युतीय वित्तीय सेवा, विप्रेषण, गुनासो सुनुवाइ, वित्तीय सेवा प्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी र वित्तीय अनुशासन सम्बन्धी विषयवस्तुमा जानकारी गराइएको थियो ।

कति पुग्याे डलरकाे भाउ ?

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बै‌कका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया १९ पैसा र बिक्री दर १३३ रुपैया ७९ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ १४ पैसा र बिक्री दर १४४ रुपैयाँ ७९ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९८ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४८ रुपैयाँ ३० पैसा र बिक्री दर १४८ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ०३ पैसा र बिक्री दर ८७ रुपैयाँ ४३ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ०१ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ४५ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ८० पैसा र बिक्री दर ८ रुपैयाँ ८४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४६ पैसा र बिक्री दर १८ रुपैयाँ ४५ पैसा रहेको छ ।

लिखु तामाकोशी गाउँपालिका पूर्व अध्यक्ष खड्कासहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ । रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्व अध्यक्ष गोविन्दबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेकाे हाे। अदालतले उनीसहित अन्य पाँच जनालाई दोषी ठहर गरेको छ ।

दाेषी ठहर हुनेहरुमा राजु प्रसाद न्यौपाने, टंकप्रसाद चौलागाई, दुर्गा बहादुर तामाङ र नोर्बु लामा रहेका छन् । अदालतले खड्कालाई १ करोड ९९ लाख जरिवाना र ६ महिना कैद सजाय सुनाइएको छ ।

न्यौपाने र चौलागाईलाई जनही ३ महिना कैद र ६३ लाख जरिवाना हुने भएको छ भने तामाङ र लामाको हकमा जनही ३ महिना कैद र रु ३१ लाख सजय हुने भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय गर्दा भ्रष्टाचार भएको भन्दै २७ जनालाई मुद्दा चलाएकामा पाँच जना दोषी ठहर भएका हुन् । अन्य २२ जनाले भने सफाइ पाएका छन् ।

पाँच खेलाडीलाई सफाइ

काठमाडौ । जिल्ला अदालत काठमाडौँले म्याच फिक्सिङ (खेल मिलोमतो) को आरोप लागेका अलराउन्डर आदिल अन्सारी र क्रिकेट राष्ट्रिय टिमका पूर्वखेलाडी महबुब आलमसहित पाँच जनालाई सफाइ दिने आदेश गरेको छ ।

न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले पाँच जनामाथि म्याच फिक्सिङको अभियोगमा नेपाल सरकारको दाबी नपुग्ने उल्लेख गर्दै सफाइ दिने आदेश गरेको हो । जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार पाँच खेलाडीलाई लगाएको अभियोगमा नेपाल सरकारको दाबी नपुगेपछि अदालतले सफाइ दिएको हो ।
गत वर्ष काठमाडौँमा भएको नेपाल टी–२० लिगमा म्याच फिक्सिङ गरेको आरोपमा पक्राउ परेका खेलाडी गतवर्ष नै रू तीन लाख धरौटीमा छुटेका थिए ।

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलनका अध्यक्ष हुनिनबीच भेटमा के भयाे कुराकानी ?

बेइजिङ (चीन) । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी समिति सदस्य एवं चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का केन्द्रीय अध्यक्ष वान हुनिनबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

बेइजिङस्थित स्टेट गेस्ट हाउसमा आज अपराह्न भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय हितका साथै आर्थिक र सामाजिक विकासका विविध आयामबारे छलफल भएको थियो । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले चीन र नेपाल सदियौँदेखि असल मित्रका रुपमा रहिआएको उल्लेख गर्दै नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको दोहोर्याए । 

नेपाल राजनीतिक परिवर्तन पछाडि आर्थिक विकासमा केन्द्रित भएको जनाउँदै उपप्रधानमन्त्री श्रेष्ठले नेपालको आर्थिक समृद्धिको यात्रामा चिनियाँ सहयोग महत्वपूर्ण हुने बताए । चीनले नेपालको विकासमा पु¥याउँदै आएको सहयोगको सरहाना गर्दै उपप्रधानमन्त्री श्रेष्ठले आगामी दिन चिनियाँ सहयोग अभिवृद्धि हुने अपेक्षा गरे । “अबको एक मात्रै एजेण्डा आर्थिक विकास हो, यसमा चिनियाँ सहयोग महत्वपूर्ण हुनसक्छ”, उनले भने ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल–चीन सीमामा रहेका १४ वटा परम्परागत नाकालाई पुनः सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्दै उनले पोखरा विमानस्थलमा चीनका विभिन्न सहरबाट नियमित हवाई उडान गर्न अनुरोध गरे । नेपालले चिनियाँ पर्यटकलाई प्रवेशाज्ञा (भिसा)मा सहजीकरण गरेको स्मरण गराउँदै उनले नेपाली नागरिकलाई पनि चीन प्रवेशमा सहज व्यवस्था मिलाउन आग्रह गरे । 

सो अवसरमा स्थायी समिति सदस्य हुनिनले चीन र नेपाल हिमालय र नदीले जोडिएको मुलुक मात्र नभई एउटै परिवारका सदस्यका रुपमा रहेको बताए। उनले दुवै देशका तर्फबाट भएका उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको बताए । 

चीनले नेपालको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगर्ने स्पष्ट पार्दै सिपिपिसिसीका अध्यक्ष हुनिनले नेपालले आफ्नो मुलुकको समृद्धिका लागि लिने निर्णयप्रति चीनको दृढ समर्थन रहनेछ बताए। चीन र नेपाल दुवै आर्थिक समृद्धिको दिशामा सँगसँगै अघि बढ्नुपर्छ भन्दै उनले नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकका रुपमा लैजान चिनियाँ सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल सन् २०२६ मा अतिकम विकसिकत मुलुकबाट स्तरोन्नति हुने चरणमा रहेको उल्लेख गर्दै उनले त्यसका लागि सहयोग गर्न चीन तयार रहेको बताए । भेटवार्तामा नेपाली प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री श्रेष्ठ, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण ढकाल, उपप्रधानमन्त्रीका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, नायब शिष्टाचार महापाल उत्तमकुमार शाही, बेइजिङस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन सुरेन्द्र यादवलगायत सहभागी थिए । चिनियाँ प्रतिनिधिमण्डलमा स्थायी समिति सदस्य हुनिनसहित चिनियाँ कम्युनिष्ट पार्टीका उच्च तहका पदाधिकारीको सहभागिता थियो । 

नेपालले आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दै

काठमाडाै‌ । नेपालले दुई टी-२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दैछ ।

खेल दिउँसो १ बजे टी-यु क्रिकेट मैदानमा हुनेछ । सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले हराएको थियो ।

आजकाे खेलमा नेपालकाे तर्फबाट रोहित पौडेल र आयरल्यान्डकाे तर्फबाट निल रकले कप्तानी गर्दैछन् ।

नेपालकाे टाेलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी, अभिनाश बोहरा र आकाश चन्द छन् ।

आयरल्यान्ड ए को टोलीकाे टाेलीमा निल रक (कप्तान), पिटर मुर, रस आदिर,केड कार्माइकल, ग्यारेथ डेलानी, स्टीफन डोहेनी, म्याथ्यु फस्टर, फिन हृयान्ड, गेभिन होई, म्याथ्यू हम्फ्रेज, थोसम मेयस, लियाम म्याककार्थी, जेम्श म्याकुलम, मोर्गन टोप्पिङ र बेन हृवाइट छन् ।

कस्ताे रहला आजकाे माैसम ?

काठमाडाै‌ । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

जसकाे प्रभावले आज कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस, बागमती  र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

म‌गलबार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ। 

गृहमन्त्री लामिछाने र राजदूत गोदरबीच भेटवार्ता , के के विषयमा भयाे छलफल ?

काठमाडौ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र नेपालका लागि इजरायलका राजदूत हनान गोदरबीच भेटवार्ता भएको छ ।

आज गृह मन्त्रालयमा भएको भेटवार्तामा राजदूत हनान गोदरले गृहमन्त्री नियुक्त भएकोमा लामिछानेलाई बधाई ज्ञापन गरेकाे
लामिछानेको सचिवालयले जनाएको छ । उनीहरुबीच नेपाली नागरिकको इजरायलमा हालको अवस्था, नेपाली विद्यार्थीका लागि छात्रवृत्ति, विपिन जोशीको सुरक्षित नेपाल फिर्तालगायतका विविध विषयमा छलफल भएको थियो ।

जोशीको अवस्थाबारे इजरायल सरकार पनि चिन्तित रहेको बताउँदै राजदूत गोदरले उनीसहित ज्यान गुमाउने १० जना नेपालीको परिवारलाई इजरायल सरकारका तर्फबाट राहत स्वरुप भत्ता उपलब्ध गराउन थालेको जानकारी दिए ।

गृहमन्त्री लामिछानेले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वको शान्तिपूर्ण समाधान होस् भन्ने कामना गरे । राजदूतले त्यहाँको अवस्थाको मूल्याङ्कनका आधारमा परिवारको पुनःमिलन र भ्रमणका लागि सहजीकरण गरिने विषयमा छलफल गरी ठोस कदम चालिने कुरा व्यक्त गरे ।

उनीहरुबीच कृषि, सूचना प्रविधि, रोजगारी सिर्जनालगायत क्षेत्रमा सहकार्य र नेपाल–इजरायलको सम्बन्ध विस्तार एवं सुदृढीकरणका लागि थप सहकार्यबारे पनि छलफल भएको थियो ।

सेवानिवृत्त १२ सचिवकाे बिदाइ

काठमाडौँ । लामाे समय राष्ट्र सेवामा संलग्न भई विभिन्न समयमा सेवा निवृत्त (अवकाश) पाएका सचिवहरूलाई सरकारले बिदाइ गरेको छ ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोसल्ला ओढाएर सम्मान गर्दै बिदाइ गरेका हुन् ।

सेवा निवृत्त हुने सचिवहरूमा यादवप्रसाद कोइराला, रामप्रसाद थपलिया, धनराज ज्ञवाली, गोपीकृष्ण खनाल, डा. दामोदर रेग्मी, दिनेशकुमार घिमिरे, देवकुमारी गुरागाइँ, केवलप्रसाद भण्डारी, महेश्वर काफ्ले लगायत छन् ।

सार्वजनिक विद्यालयमा शुल्क नलिन र निजी विद्यालयमा मापदण्ड लागू गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी भर्नालगायतका कुनै पनि शुल्क नलिन र निजी लगानीका विद्यालयमा शुल्कसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहहरूलाई आग्रह गरेको छ ।

मन्त्रालयले वेवसाइटमार्फत सूचना प्रकाशन गरी सार्वजनिक विद्यालयमा अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी नियमावली, २०७७ को नियम ५ मा उल्लेख भए बमोजिम भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क र पाठ्यपुस्तक बापत कुनै पनि शीर्षकमा शुल्क लिन नपाउने व्यवस्थालाई सोही बमोजिम कार्यान्वयन गर्न/गराउन आग्रह गरेको हो ।

संविधानमा भएको निःशुल्क र अनिवार्य शिक्षाको मौलिक हकको व्यवस्थालाई प्रभावकारी कार्यान्वयनका लागि शिक्षामन्त्री सुमना श्रेष्ठको निर्देशनमा उक्त आग्रह गरिएको हो।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) मा गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार अन्तर्गत निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन सम्वन्धमा व्यवस्था छ। सोही बमोजिम स्थानीय तहबाट स्वीकृत कानुन (मापदण्ड वा निर्देशिका वा कार्यविधि वा अन्य) समेतका आधारमा सार्वजनिक विद्यालयमा निःशुल्क शिक्षा र निजी लगानीका विद्यालयमा शुल्क निर्धारण एवं छात्रवृत्ति वितरणसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न÷गराउनु आग्रह गरिएको  मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए।

यस्तै अनिवार्य तथा निःशुल्क शिक्षा सम्वन्धी ऐन, २०७५ को दफा २७ को उपदफा (३) मा उल्लेख भए बमोजिम प्रत्येक निजी लगानीका विद्यालय र सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित विद्यालयले प्रारम्भिक बालबिकास तथा शिक्षादेखि १२ कक्षासम्मका पाँच सय जनासम्म विद्यार्थी भएका विद्यालयले कम्तीमा दश प्रतिशत, पाँच सयदेखि आठ सय जनासम्म विद्यार्थी भएका विालयले कम्तीमा १२ प्रतिशत र आठ सयभन्दा बढी विद्यार्थी भएका विद्यालयले कम्तीमा १५ प्रतिशत विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्न स्थान आरक्षण गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न पनि मन्त्रालयले स्मरण गराएको हो।

नियमावलीको नियम ११ र १२ मा उल्लेख भए अनुसार स्थानीय तहका अध्यक्ष वा प्रमुखको अध्यक्षतामा छात्रवृत्ति व्यवस्थापन समिति गठन र तोकिए बमोजिमको प्रक्रिया पूरा गरी नियमानुसार प्रदान गरिने छात्रवृत्ति र विशेष व्यवस्था तथा अवसर प्राप्त गर्ने बालबालिकाको पहिचान, छनौट तथा वितरणको उचित व्यवस्थापन र सोको अनुगमन गर्ने गराउने व्यवस्था हुन  पनि मन्त्रालयलको आग्रह रहेको छ।

यसैगरी शिक्षा नियमावली, २०५९ को नियम १४७ को उपनियम २ सँग सम्बन्धित अनुसूची २२ को खण्ड (ख) ले तोकेका शुल्क निर्धारणका आधारहरुको प्रयोग गरी नियम १४७ को उपनियम (२), (३), (४) र (५) अनुसार निजी लगानीका (संस्थागत) विद्यालयको शुल्क निर्धारण गर्ने गराउने व्यवस्था हुन सङ्घीय सरकारले आग्रह गरेको छ।  

विद्यालयलाई मासिक पढाइ, वार्षिक, भर्ना, परीक्षा, कम्प्यूटर, स्थानान्तरण प्रमाणपत्र, विशेष प्रशिक्षण, आवास शुल्क, परिवहन र भोजन शुल्कबाहेक शुल्क लिन नपाइने हुँदा नियम १४६ का साथै संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ को दफा १४ (१) अनुसार शुल्कको अधिकतम सीमा, कायम गरी तोकिए बमोजिम शुल्क निर्धारण गर्ने गराउने ब्यवस्था कार्यान्वयन हुन आग्रह गरिएको छ।

यसैगरी विद्यालयहरुले आफ्ना विद्यार्थीलाई विद्यालय परिसरभित्रै वा विद्यालयले तोकेको स्थान र पसलबाट पुस्तक, स्टेसनरी, पोशाकलगायतका सामग्री खरिद गर्न अनिवार्य गर्ने गरेको जनगुनासो प्राप्त हुन आएकाले यस खालको कार्य अविलम्व बन्द गरी अभिभावकलाई खुला बजारबाट खरिद गर्ने अवसर प्रदान गर्ने गराउने ब्यवस्थाका लागि आवश्यक सहजीकरण गर्न आह्वानमा  निएको छ।

नियत सफा राखेर काम गर्नुस्, कुनै समस्या आए म छु : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्रसेवक कर्मचारीमाथि समस्या पर्न नदिने बताएका छन् । सुशासन आफ्नो पहिलो प्राथमिकताको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘म आफू पनि राष्ट्र र कानुन विपरीतको कुनै पनि काम गर्दिन र तपाईँहरू पनि यस्तो कार्यमा लाग्नु हुने छैन भन्ने मैले विश्वास लिएको छु ।’

प्रधानमन्त्री कार्यालयमा आज भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री प्रचण्डले निर्दोषलाई समस्या भएमा त्यसको जिम्मेवारी आफूले लिने बताएका हुन् । कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्नुहोला, कानुनबमोजिम काम गर्न डराउनुपर्दैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘असल नियतले काम गरेको विषयमा निर्दोष मानिसलाई कहीँ कतै समस्या भएमा त्यसको जिम्मेवारी मैले लिनेछु ।

नयाँ समीकरणको सरकार थप ऊर्जा, नयाँ सोच, उद्देश्य, कार्यसूची र कार्ययोजनाका साथ आएको बताउँदै प्रधानमन्त्री प्रचण्डले सोहीअनुरूप अगाडि बढ्न निर्देशन दिए । ‘राजनीति र प्रशासक सरकारका अभिन्न अङ्ग हुन्,’ प्रधानमन्त्रीले भने, ‘हालसम्म यहाँहरूबाट सहयोग प्राप्त हुँदै आएको छ । अझै थप जाँगर र जोसका साथ काम गर्नु हुनेछ भन्ने विश्वास लिएको छु ।’

जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवाप्रवाह गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले शिक्षा, स्वास्थ्य, यातायातजस्ता आधारभूत सेवा, राहदानी, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र वितरण तथा मालपोत करदस्तुर बुझाउनेजस्ता सेवा लिन नागरिकले बेहोरेका सास्ती हटाउने काम तत्काल प्राथमिकतामा राख्न निर्देशन दिए ।

तेस्रो त्रैमासिकको लगभग अन्त्यसम्म आइपुग्दा समेत पूँजीगत खर्च सन्तोषजनक नभएको बताउँदै प्रधानमन्त्री प्रचण्डले आयोजना अधुरा रहनु तथा काम सम्पन्न भइसकेका आयोजनाको पनि भुक्तानी हुन नसक्नु सुखद पक्ष नभएको बताए ।