टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिक डाटा प्रयोग गर्न सकिने

काठमाडौं । नेपाल टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिक रुपमा मोबाइल डाटा प्रयोग गर्न सकिने भएको छ ।

एफटीटीएच (फाइबर टु द होम) प्रविधिमा आधारित एनटी फाइबरका विभिन्न प्याकेज लिँदा त्यसै अनुसारको मोबाइल डाटा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न प्याकेज मध्ये वार्षिक एफटीटीएच कम्बो प्याकेज र एफटीटीएच डाटा प्याकेज प्रयोग गर्ने प्रयोगकर्ताहरुले यो सुविधा उपयोग गर्न सकिने कम्पनीको भनाइ छ ।

वार्षिक एफटीटीएच कम्बो प्याकेज अन्तर्गत ५० एमबीपीएस र १०० एमबीपीएस डाटाका साथै १ एनटीटीभी र १ टेलिफोन प्रयोग गर्ने सेवाग्राहीले दैनिक रुपमा आफ्नो मोबाइलमा क्रमशः ६०० एमबी र ८०० एमबी डाटा प्रयोग गर्न सक्नेछन् ।

एफटीटीएच डाटा प्याकेज प्रयोग गर्ने सेवाग्राहीलाई पनि त्यसै अनुसार मोबाइलमा समेत डाटा प्रयोग गर्न सकिने सुविधा उपलब्ध छ ।

यस अनुसार ५० एमबीपीएस, ७५ एमबीपीएस र १०० एमबीपीएस डाटा प्रयोगकर्ताले दैनिक रुपमा क्रमशः ६०० एमबी, ७०० एमबी र ८०० एमबी डाटा प्रयोग गर्न सक्नेछन् भने १५० एमबीपीएस र २०० एमबीपीएस डाटा प्रयोगकर्ताले दैनिक रुपमा क्रमशः ९०० एमबी र १००० एमबी डाटा प्रयोग गर्न सक्ने छन् ।

आफूलाई आवश्यकता अनुसार उपयुक्त स्पिडको इन्टरनेट चलाउन, टेलिफोन गर्न, टेलिभिजन हेर्न र मोबाइलमा डाटा समेत चलाउन सकिने भएकाले नेपाल टेलिकमले उपलब्ध गराइरहेको एनटी फाइबर सेवा हाल लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ ।

एनटी फाइबर सेवा प्राप्त गर्न चाहने सेवाग्राहीहरुले १९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिने छ । सो पश्चात कम्पनीका प्रतिनिधिले आवश्यक जानकारी दिने व्यवस्था मिलाइएको कम्पनीको भनाइ छ ।

कथाकार परशु प्रधानको निधनप्रति सभामुखद्वारा दुःख व्यक्त

काठमाडौ । सभामुख देवराज घिमिरेले कथाकार परशु प्रधानको निधनको खबरले आफू मर्माहत भएको उल्लेख गर्दै उनको असमयिक निधन भएकामा दुःख व्यक्त गरेका छन् ।

“कथाकार परशु प्रधानको निधनको खबरले मर्माहत भएको छु”, सभामुखले भनेका छन्, “नेपाली साहित्य क्षेत्रमा कथाकार प्रधानले पुर्याउनुभएको योगदानको उच्च सम्मान गर्दछु, स्वर्गीय प्रधानप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दछु ।”

शुक्लाफाँटाका वेरोजगारलाई सय दिनको रोजगारी

कञ्चनपुर । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत शुक्लाफाँटा नगरपालिकामा ५९ जनालाई सय दिनको रोजगारी उपलब्ध गराइएको छ । कार्यक्रमअन्तर्गत रोजगारीका लागि तीन सय ९० महिला र ७३ पुरुष गरी चार सय ६३ जना सूचीकृत भएका छन् । सूचीकृत भएकामध्ये ५९ जनालाई रोजगारीमा संलग्न गराइएको हो ।

नगरपालिकाको रोजगार शाखाका प्रमुख कृष्ण भट्टका अनुसार युवा रोजगारीका लागि रूपान्तरण पहलअन्तर्गत ३४ र कामका लागि परिश्रममा आधारित सामुदायिक आयोजनाअन्तर्गत २५ जनालाई रोजगारी उपलब्ध गराइएको छ । रोजगारीमा संलग्न ५९ जनामा ९५ प्रतिशत महिला छन् । चालु आर्थिक वर्षका स्वीकृत ६० वटा आयोजनामध्ये १८ आयोजनालाई कार्यान्वयनमा ल्याई नगरपालिकाका बेरोजगारहरूलाई रोजगारीमा संलग्न गराइएको शाखा प्रमुख भट्टले बताए ।

‘कार्यक्रमको मापदण्डअनुरूप दैनिक रु छ सय २८ न्यूनतम पारिश्रमिक दिने गरी सय दिनको रोजगारी उपलब्ध गराएका छौँ’, उनले भने, ‘रोजगारीका लागि सूचीकृत भएकामध्ये दलित, आदिवासी जनजाति, गरिबीको रेखामुनि रहेका व्यक्तिलाई छनोट गरी रोजगारीमा संलग्न गराएका छौँ ।’

रोजगारीमा संलग्नलाई सम्बन्धित वडा कार्यालयको साझेदारीमा भू क्षय हुँदै गरेका क्षेत्रमा जैविक तटबन्ध निर्माण, बगैँचा निर्माण तथा वृक्षारोपण, नाली सरसफाइ तथा खोदान र नयाँ सडकको ट्रयाक खोल्ने कार्यमा लगाइएको नगरपालिकाको रोजगार शाखाका प्राविधिक सहायक धिरज ऐरले बताए ।

‘आर्थिक अवस्था कमजोर हुँदा मजदुरी खोज्दै हिँड्नुपर्ने अवस्था थियो’, नगरपालिकाको वडा नं ९ का दुर्गादेवी तिरुवाले भने,’नगरपालिकाका बेरोजगारलाई सूचीकृत गर्न सूचना टाँस गरिएको देखेपछि निवेदन दियौँ, सूचीकृत भएको जानकारी पायौँ, त्यसको केही महिनामा रोजगारीमा छनोट भएको जानकारी पाइयो ।’

अहिले सय दिनको रोजगारीमा संलग्न भई काम गर्दै आएकाले अरु क्षेत्रमा मजदुरी खोज्न जानु नपरेको उनले बताए। ‘बाह्य क्षेत्रमा कामदारलाई दैनिक ज्यालाबापत रु पाँच सय मात्रै उपलब्ध हुने गरेको छ’, उनले भने, ‘महिला भएपछि सबैले मजदुरी दिँदैनन्, सहजरूपमा कार्यक्रमअन्तर्गत दैनिक ज्याला रु छ सय २८ पाइन थालेको छ, रोजगारी पाउँदा घर खर्च सहजरूपमा चल्न थालेपछि निकै खुसी छौँ ।’

गत आर्थिक वर्षमा नगरपालिकामा पाँच सय ७७ जना प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएकामा ८९ जनालाई छनोट गरी रोजगारीमा संलग्न गराइएको थियो ।

‘कार्यक्रमको मापदण्डअनुरूप दैनिक रु छ सय २८ न्यूनतम पारिश्रमिक दिने गरी सय दिनको रोजगारी उपलब्ध गराएका छौँ’, उनले भने, ‘रोजगारीका लागि सूचीकृत भएकामध्ये दलित, आदिवासी जनजाति, गरिबीको रेखामुनि रहेका व्यक्तिलाई छनोट गरी रोजगारीमा संलग्न गराएका छौँ ।’

रोजगारीमा संलग्नलाई सम्बन्धित वडा कार्यालयको साझेदारीमा भू क्षय हुँदै गरेका क्षेत्रमा जैविक तटबन्ध निर्माण, बगैँचा निर्माण तथा वृक्षारोपण, नाली सरसफाइ तथा खोदान र नयाँ सडकको ट्रयाक खोल्ने कार्यमा लगाइएको नगरपालिकाको रोजगार शाखाका प्राविधिक सहायक धिरज ऐरले बताए । 

‘आर्थिक अवस्था कमजोर हुँदा मजदुरी खोज्दै हिँड्नुपर्ने अवस्था थियो’, नगरपालिकाको वडा नं ९ का दुर्गादेवी तिरुवाले भने,’नगरपालिकाका बेरोजगारलाई सूचीकृत गर्न सूचना टाँस गरिएको देखेपछि निवेदन दियौँ, सूचीकृत भएको जानकारी पायौँ, त्यसको केही महिनामा रोजगारीमा छनोट भएको जानकारी पाइयो ।’

अहिले सय दिनको रोजगारीमा संलग्न भई काम गर्दै आएकाले अरु क्षेत्रमा मजदुरी खोज्न जानु नपरेको उनले बताए। ‘बाह्य क्षेत्रमा कामदारलाई दैनिक ज्यालाबापत रु पाँच सय मात्रै उपलब्ध हुने गरेको छ’, उनले भने, ‘महिला भएपछि सबैले मजदुरी दिँदैनन्, सहजरूपमा कार्यक्रमअन्तर्गत दैनिक ज्याला रु छ सय २८ पाइन थालेको छ, रोजगारी पाउँदा घर खर्च सहजरूपमा चल्न थालेपछि निकै खुसी छौँ ।’

गत आर्थिक वर्षमा नगरपालिकामा पाँच सय ७७ जना प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएकामा ८९ जनालाई छनोट गरी रोजगारीमा संलग्न गराइएको थियो ।

कति पुग्याे डलरकाे भाउ ?

काठमाडाै । नेपाल राष्ट्र बैंकले आज म‌‌गलबारकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बै‌कका अनुसार म‌‌गलबारकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया ३६ पैसा र बिक्री दर १३२ रुपैया ९६ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ ३३ पैसा र बिक्री दर १४४ रुपैयाँ ९८ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६८ रुपैयाँ ६१ पैसा र बिक्री दर १६९ रुपैयाँ ६८ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४९ रुपैयाँ ९८ पैसा र बिक्री दर १५० रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९० पैसा र बिक्री दर ८७ रुपैयाँ ३८ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ७८ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ २२ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ८८ पैसा र बिक्री दर ८ रुपैयाँ ९२ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३९ पैसा र बिक्री दर १८ रुपैयाँ ४७ पैसा रहेको छ ।

पुल्चोक मन्त्री क्वार्टर अब न्यायाधीशनिवास

काठमाडाै‌ । मन्त्री क्वार्टर भैँसेपाटी स्थानान्तरण गरेर सरकारले पुल्चोकमा रहेको क्वार्टरलाई सर्वोच्च अदालतका न्यायाधीशहरूको निवास बनाउने तयारी थालेको छ । सर्वोच्च अदालतले सरकारसँग न्यायाधीशका लागि क्वार्टर माग गरेपछि मन्त्री क्वार्टरलाई न्यायाधीशहरूको निवास बनाउने प्रक्रिया अगाडि बढाएको हो ।सहरी विकास मन्त्रालयले आगामी असारसम्म भैँसेपाटीको नयाँ क्वार्टरमा मन्त्रीहरूलाई सार्ने तयारी गरिरहेको छ । त्यसलगत्तै पुल्चोकमा सर्वोच्चका न्यायाधीशहरूलाई राखिनेछ । न्यायाधीशहरूलाई एकै क्षेत्रमा राख्दा न्याय सम्पादनमा सहज तथा स्वतन्त्र वातावरण हुने, सुरक्षामा सहजता हुने र बाहिरी व्यक्तिसँग अनावश्यक सम्पर्क पनि नहुने सरकारको विश्वास छ ।

 गत १० फागुन ०७९ मा मन्त्रिपरिषद् बैठकले पुल्चोकबाट मन्त्रीहरू भैँसेपाटी क्वार्टर सरेपछि सो क्वार्टर सर्वोच्चका न्यायाधीश र मुख्य रजिस्ट्रारलाई दिने निर्णय गरेको थियो । हाल सर्वोच्चका न्यायाधीशले आवासको व्यवस्था आफैँ गरेका छन् ।संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका इन्जिनियर उमेशकुमार चौधरीका अनुसार मन्त्रीहरू भैँसेपाटीमा सरेपछि सरसफाइ गरेर र मर्मत–सम्भार गरी न्यायाधीशलाई यही क्वार्टर उपलब्ध गराइनेछ । हाल पुल्चोकस्थित मन्त्री क्वार्टर क्षेत्रमा १९ वटा ब्लक (घर) छन् । प्रधानन्यायाधीशसहित सर्वोच्चमा २१ जना न्यायाधीशको दरबन्दी छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ। 

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडाै‌ । सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएकाे छ ।

बैठकमा सोमबार पक्राउ परेका उपाध्यक्ष कृष्ण बहादुर महराका विषयमा छलफल हुने बताइएको छ ।

शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ ।

हालैको मन्त्रीस्तरीय निर्णयबाट शिक्षक सरुवालाई व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउन मापदण्ड तयार गरी र आयोगका हाल जारी परीक्षा सम्पन्न भएपछि मात्रै अन्तरजिल्ला सरुवा फुकुवा गर्ने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए ।

साहित्यकार तथा कथाकार परशु प्रधानको निधन

काठमाडौं । साहित्यकार तथा कथाकार परशु प्रधानको निधन भएको छ । उनकाे ८० वर्षको उमेरमा बानेश्वरस्थित निवासमा निधन भएकाे हाे ।

स्वर्गीय प्रधानका दुई छोरा र दुई छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।

वि.सं. २००० मा भोजपुरमा जन्मिएका प्रधानले गद्य अर्थात् कथा तथा उपन्यास विधामा कलम चलाउँथे। पी.आर. प्रधान नामले समेत चिनिने प्रधानको पहिलो रचना – वि.सं. २०१६ मा विराटनगरबाट प्रकाशित हुने छहारी मा “हाँसेकी ती चन्द्रमा” शीर्षकमा प्रकाशित भएको थियो।

निसीखोला बस दुर्घटना : ९ जनाको मृत्यु, २८ घाइते

ढोरपाटन (बागलुङ) । बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको छ । पूर्वीरुकुमबाट काठमाडौँतर्फ प्रस्थान गरेको बागमती प्रदेश०१-००६ख३८७९ नम्बरको बस मङ्गलरबार बागलुङको निसीखोला गाउँपालिका-६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।

दुर्घटनामा २८ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २७ जनालाई बागलुङस्थित धवलागिरि अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुनमगर, पश्चिमरुकुम मुसिकोट-१ का २७ वर्षीया बिनिता केसी, रुकुमपश्चिम मुसिकोट नगरपालिका-२ रातामाटाका सवारी धनी बबिददेल नेपाली, मुसिकोट नगरपालिका-४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका-३ साँखकी कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवास गौतम भनिने मानसिंह विक, गोर्खा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्ने गाउँपालिका-५ रुमालबाराका २५ वर्षीय विक्रम परियारको मृत्यु भएको सूचना अधिकारी केसीले बताए ।

बस सडकबाट एक सय ५० मिटर तल खसेको थियो । सात जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए। दुर्घटनामा ज्यान गुमाएका अधिकांश रुकुमका हुन् । घटनास्थलमै मृत्यु भएका सात जनाको शव सोमबार राति नै रुकुम पठाएको उनले बताए। दुई जनाको शव भने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ । बुर्तिबाङमा सबै घाइतेको उपचार सम्भव नभएपछि धवलागिरि अस्पताल बागलुङमा ‘रेफर’ गरिएको थियो ।

दुर्घटनामा रुकुमपश्चिम मुसिकोट नगरपालिका-१ का ५२ वर्षीय दशरथ नेपाली, सोही ठाउँका ३० वर्षीय छकेन्द्रजङ्ग सेन, आठबिसकोट नगरपालिका-१ का २६ वर्षीय पुष्कर बुढा, गुल्मी मदाने गाउँपालिका-१ का २४ वर्षीय गोविन्द बोहरा, रुकुमपश्चिम मुसिकोट नपा-३ का ६५ वर्षीय हर्कबहादुर केसी, बोतलिवाङ-७ का ३५ वर्षीय हिमबहादुर पाण्डे, गुल्मी मालिका गाउँपालिका-१ का ५० वर्षीय बलबहादुर पुन, सुर्खेत पञ्चपुरी नगरपालिका-८ का २६ वर्षीय लक्ष्मण बोगटी, रुकुमपश्चिमका २२ वर्षीय टीकाराम विक, सोही ठाउँकी लक्ष्मी पुनमगर, बोतलिवाङ-११ की २२ वर्षीया सविना पुनमगर, रुकुमपश्चिमका ३८ वर्षीय हेमराज केसी घाइते भएका छन् ।

यसैगरी, रुकुमपश्चिमको मुसिकोट नगरपालिका-३ का २४ वर्षीय गणेश खड्का, काठमाडौँ टोखा नगरपालिका-३ की २३ वर्षीय सृष्टि गैरे, डोल्पा त्रिपुरासुन्दरी नगरपालिका-३ का २८ वर्षीय आविष्कार धराला, रुकुमपश्चिम मुसिकोट-३ का २७ वर्षीया सरिता खड्का, सोही ठाउँकी ज्ञानु ढकाल, ललितपुर महानगरपालिका-१४ का २४ वर्षीया अनुज्ञा भट्टराई, मुसिकोट-४ की ४६ वर्षीया बिना शर्मा, सोही ठाउँकी ४४ वर्षीया कमला केसी, २० वर्षीया लक्ष्मी पुनमगर, ५५ वर्षीया लीला केसी, ३० वर्षीय सशिराम खड्का, १८ वर्षीया सपना वली, मुसिकोट नगरपालिका-३ का ६० वर्षीय हर्कबहादुर जिसी, सानोभेरी गाउँपालिका-१ का २६ वर्षीय दिनेश खड्का, त्रिवेणी गाउँपालिका-१ का २८ वर्षीय हेमराज केसी र सिन्धुपाल्चोकको जुगाल गाउँपालिका-२ का २६ वर्षीय देवेन्द्र रिजाल घाइते भएका प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिए ।

आजकाे माैसम : यी स्थानमा वर्षा र हल्का हिमपातकाे सम्भावना

काठमाडाै‌ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

महाशाखाका अनुसार आज देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो मधेस प्रदेश र कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिँदै

काठमाडाै‌ । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार पारेको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने भएकाे छ ।

पाँच राजनीतिक दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प आज सार्वजनिक गर्ने भएकाे हाे ।

सत्ता गठबन्धन कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाइसकेको छ । ५ राजनीतिक दलका तर्फबाट साझा न्यूनतम कार्यक्रम बनाउन १० सदस्यीय कार्यदल गठन गरिएको थियो।

निसीखोला बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या आठ पुग्यो

ढोरपाटन (बागलुङ) । बागलुङको निसीखोलामा आज साँझ भएको बस दुर्घटनाको घाइते २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकका अनुसार दुर्घटनामा मृत्यु भएका सातजनाको शव सङ्कलन भइरहेको छ । मृतकमध्ये चारजना पुरुष र चार महिला रहेको बताइएको छ ।

मृतकको सनाखत हुन नसकेको उहाँको भनाइ छ । रुकुम पूर्वबाट काठमाडौँका जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस आज साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको थियो ।

घाइतेमध्ये २३ जनाको अवस्था गम्भीर रहेको जनाउँदै दुईजनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक विकले जानकारी दिए । बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ । प्रहरी निरीक्षक विकले भने, “घाइते र मृत्यु भएकामध्ये कसैको पनि पहिचान हुन सकेको छैन, घाइतेकोे उद्धार गरेर अस्पताल पठाइएका छाैँ, अहिले हामीहरु घटनास्थलमै छौँ, शव सङ्कलन गर्ने क्रममा छौँ, घाइतेमध्ये अधिकांश अवस्था ‘क्रिटिकल’ छ ।”

कृषि विकास बैंकले मनायाे ग्लोबल मनि विक

काठमाडाै‌ । कृषि विकास बैंकले एक कार्यक्रम गरी ग्लोबल मनि विक मनाएको छ । बै‌कले बागमती प्रदेश कार्यालयायमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी ग्लोबल मनि विक मनाएको हो ।

पहिलाे दिन बै‌कले बैंकको शाखा कार्यालय पाँचखालले पाँचखाल नगरपालिकामा रहेको सर्वमङ्गला माध्यमिक विद्यालयमा ग्लोबल मनि विकको वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हाे ।

कार्यक्रममा वित्तीय साक्षरताका सम्बन्धमा बैंक, बैंकका सेवाहरू, विद्युतीय बैंकिंङ सेवा, कर्जा, निक्षेप, एजेन्सी सेवालगायत अन्य विषयका सम्बन्धमा बैंकका उप महाप्रबन्धक यज्ञ प्रकाश न्यौपानेले प्रकाश पारेका थिए ।

त्यस्तै विद्यालयका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थिहरुलाई बैंक खाताको महत्त्व, खाताबाट कारोबार गर्दा हुने फाइदा, विद्युतीय कारोबार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारिक खर्चको लेखा पालन जस्ता विषयका सम्बन्धमा जानकारी गराएका थिए ।

बैंक तथा वित्तीय संस्था मार्फत अनलाइन कारोबार गरी नगद रहित समाजको सृजना गर्दै हरित मुद्राका माध्यमबाट वातावरण संरक्षणमा योगदान दिने यस कार्यक्रमको उद्देश्य रहेको बै‌कले जनाएकाे छ ।

कार्यक्रम सर्वमङ्गला माध्यमिक विद्यालयका प्रधानाध्यापक जयराम अधिकारीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा बैंकका प्रदेश निर्देशक गिरिधारी पौडेल, पाँचखाल नगरपालिका शिक्षा शाखा प्रमुख उदय प्रसाद कोइराला लगायतले बैंक मार्फत कारोबार गर्नुको फाइदाका सम्बन्धमा प्रकाश पारेका थिए ।

बागमती प्रदेश कार्यालयका वरिष्ठ शाखा अधिकृत मधुसूदन खकुरेलले सञ्चालन गरेको कार्यक्रममा शाखा कार्यालय पाँचखालका प्रबन्धक विनोद कोइरालाले स्वागत मन्तव्य राखे

सन् ०१२ देखी सञ्चालन हुँदै आएको यस कार्यक्रमबाट सन् २०२३ मा मात्र विश्वभरिका १७६ मुलुकका ४० हजार संस्थाहरूको संलग्नता मार्फत १२ करोड जनसङ्ख्या यस कार्यक्रमबाट लाभान्वित भएका छन् ।

मधेश सरकारमा एमाले सहभागी : सरोज यादवले लिए भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी


जनकपुर । एमाले प्रदेशका संसदीय दलका नेता सरोजकुमार यादव मन्त्री पदको शपथ लिएका छन्।

सोमबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले यादवलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्।

यादवलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ। नेपाली कांग्रेसका कृष्णप्रसाद यादवलाई हटाएर मुख्यमन्त्री सरोजकुमार यादवले एमालेका यादवलाई मन्त्री बनाएका हुन्।

मुख्यमन्त्री यादवले कांग्रेसका तीनै मन्त्रीलाई हटाएका हुन्।

पुनका सल्लाहकार गुरुङ १५ लाख धरौटीमा रिहा

काठमाडौं । सुन तस्करी छानबिनका लागि पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ धरौटीमा रिहा भएका छन् ।

उनलाई जिल्ला अदालत काठमाडौंले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हुन् ।

उनी प्लाटिनम कलेजका सञ्चालकसमेत हुन् । उनलाई सीआईबीले १४ फागुनमा पक्राउ गरेको थियो ।