राष्ट्रिय विकास परिषदको बैठक आज

काठमाडौं । राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको अल्पकालीन, दीर्घकालीन वा आवधिक विकास योजना छलफलका लागि राष्ट्रिय विकास परिषदको बैठक आज बस्दै छ । बैठकले सरकारको १६ औं योजनालाई अन्तिम रूप दिनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बस्ने बैठक आज बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म होटल याक एण्ड यतीमा हुने छ । बैठकलाई आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसहित पूर्वप्रधानमन्त्रीहरु र राजनीतिक दलका शीर्ष नेतासम्मले सम्बोधन गर्ने छन् ।

बैठकको उदघाटन सत्रमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले सोह्रौं योजनाको मस्यौदा प्रस्तुत गर्ने छन् । त्यसपछि बैठकमा सहभागीहरुले आफ्नो मन्तव्यसहित मस्यौदा माथिको छलफलमा भाग लिने छन् ।

बैठकमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गर्ने छन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् गृहमन्त्री रवि लामिछाने, जसपा अध्यक्ष एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवम् पूर्वमन्त्री रन्जिता श्रेष्ठले पनि सम्बोधन गर्ने छन् ।

त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश

काठमाडौ । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानुनी सल्लाहकार एवं अधिवक्ता नारायण खनाललाई तत्कालका लागि कुनै कारबाही नगर्न अल्पकालीन आदेश दिएको छ ।

न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले बुधबार त्रिविका कानुनी सल्लाहकार खनाललाई कुनै पनि कारबाही नगर्न सरकार एवं त्रिभुवन विश्वविद्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । शिक्षा मन्त्रालयले केही दिनअघि चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्दै त्यसमा नाम जोडिएकालाई कारबाही गर्न निर्देशन दिएको थियो । 

त्रिविका कानुनी सल्लाहकार खनालले बिना प्रमाण र अनाहकमा आफूमाथि कारबाहीको सिफारिस गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उक्त निवेदनमाथिको सुनुवाइपछि अदालतले कारबाही नगर्न आदेश दिएको हो ।

–––

उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने

काठमाडौ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार गए रातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ ।

निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि वैशाख १२ गते राति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको छ । आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने व्यवस्थासमेत मिलाइसकेको छ ।

निर्वाचन आचारसंहिताबमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी लगायत गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक सञ्जालबाट समेत मत माग्न निषेध छ ।

निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने, सञ्चार माध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रकाशन तथा प्रसारण जस्ता कार्य नगरी निर्वाचनको स्वच्छता र निष्पक्षता कायम गर्न आयोगले आज जानकारी गराएको छ ।

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न÷गराउन प्रचारप्रसार निषेध अवधिको अनुगमन र निगरानी गरी सोको जानकारी आयोगलाई गराउन सम्बन्धित निकायलाई निर्देश गरिएको आयोगका उपसचिव एवं सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।

आजकाे माैसम : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । कोशी, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशका केही स्थान अन्य प्रदेशका छिटपुट ठाउँमा हुरीबतासको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । गण्डकी प्रदेशका उच्च पहाडी भागका तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक जेल चलान

काठमाडौँ । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल जेल चलान भएका छन् । अवैध सम्पत्ति आर्जनसम्बन्धि मुद्दामा बिशेष अदालतले उनलाई थुनामा पठाउने आदेश दिएको हो ।

न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अवैध सम्पत्ति आर्जनमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

अख्तियारले पौडेलविरुद्ध ९ वैशाखमा गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको थियो । सरकारी सेवामा रहेको अवधिमा उनले आर्जन गरेको सम्पत्तिमध्ये २३ करोड ७५ लाखको स्रोत नखुलेको अख्तियारको दाबी थियो ।

विशेष अदालतको आदेशपछि पौडेललाई डिल्लीबजार कारागारमा लगिएको नेपाल प्रहरी स्रोतले जनाएको छ । पौडेललाई नेशनल पेमेन्ट गेटवेको प्रणाली खरिदमा पनि विशेष अदालतले दोषी ठहर गरेको थियो ।

उपनिर्वाचनको मौन अवधि आज रातिदेखि

काठमाडौ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार आज रातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ ।

निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि वैशाख १२ गते राति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको छ । आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने व्यवस्थासमेत मिलाइसकेको छ ।

निर्वाचन आचारसंहिताबमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी लगायत गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक सञ्जालबाट समेत मत माग्न निषेध छ ।

निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने, सञ्चार माध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रकाशन तथा प्रसारण जस्ता कार्य नगरी निर्वाचनको स्वच्छता र निष्पक्षता कायम गर्न आयोगले आज जानकारी गराएको छ ।

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न÷गराउन प्रचारप्रसार निषेध अवधिको अनुगमन र निगरानी गरी सोको जानकारी आयोगलाई गराउन सम्बन्धित निकायलाई निर्देश गरिएको आयोगका उपसचिव एवं सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।

श्रममन्त्रीले गराए एचआरडी कोरिया, इपिएस शाखा र कोरिया रिटर्नी बीच त्रिपक्षिय छलफल

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मानव शंसाधन विकास सेवा (एचआरडि) कोरिया, इपिएस शाखा र कोरिया रिटर्नी बीच त्रिपक्षिय छलफल गराएको छ । बुधबार श्रममन्त्री डोल प्रसाद अर्यालको उपस्थितीमा तिनै पक्षबीच मन्त्रालयमा नै छलफल भएको हो ।

छलफलमा कोरिया रिटर्नीका प्रतिनिधिले एचआरडी कोरिया र इपिएस शाखासँग विभिन्न जिज्ञासा तथा प्रश्न राखेका थिए । कोरिया रिटर्नीको जिज्ञासालाई एचआरडी कोरियाको परिक्षा शाखा निर्देशक साङहयून क्वाकले स्पष्ट पारे ।

छलफल पछि श्रममन्त्री अर्यालले कोरिया रिटर्नीको जिज्ञासालाई स्पष्ट पारेकोमा एचआरडी कोरियाका प्रतिनिधिलाई धन्यवाद दिए । ‘एक पटक कोरिया पुगेर आउनु भएका नेपाली युवामा इपिएस प्रक्रियाको विषयमा नै शंका थियो । उहाँहरुलाई एचआरडीले विभेद गरेको गुनासो छ । त्यसैले यो गुनासोलाई मेटाउन दुवै पक्षलाई आमने सामने गराइएको हो । शायद यो छलफल पछि दुबै पक्षको जिज्ञासा मेटियो भन्नेमा म विश्वस्त छु,’ उनले भने ।

कोरिया रिटर्नीको गुनासोलाई सम्बोधन गर्न श्रममन्त्री अर्यालले तिनै पक्षलाई नै मन्त्रालयमा बोलाएर छलफल गरेका हुन । यस्तो खालको छलफल मन्त्रालयले पहिलो पटक गरेको हो । श्रमिकको गुनासो सिधै सम्बन्धित निकाय समक्ष राख्न छलफल गराइएको श्रम सचिव घनश्याम उपाध्ययले बताए ।

छलफलमा कोरिया रिटर्नीले एचआरडी कोरियाले श्रमिक छनौटमा विभेद गरेको, कोरिया रिटर्नीको फाइल रोजगारदातामा नपुराएको, महिला श्रमिकलाई छनौट नगरेको लगायतका गुनासो गरेका थिए । त्यस्तै, नयाँलाई मात्रै प्राथमिता दिएको गुनासो गरेका थिए ।

कोरिया रिटर्नीको गुनासोलाई सम्बोधन गर्दै एचआरडी कोरियाको छनौट विभागका निर्देशक क्वाकले कोरिया जाने श्रमिकको छनौटको पूर्ण अधिकार रोजगारदातामा निहित हुने बताए । एचआरडी कोरियाले नेपाल कोरिया बीच भएको सम्झौता अनुसार श्रमिक छनौट गरी रोष्टरमा मात्रै राख्ने काम गर्छ । तर, श्रमिकको फाइल पठाउने वा श्रमिक छनौट गर्ने प्रक्रियामा भने कुनै पनि निकायको संलग्नता नहुने स्पष्ट पारे । ‘हामीले अनलाइन मार्फत पारदर्शी रुपमा नै परिक्षा लिन्छौ । उर्तिण भएका श्रमिकलाई रोष्टरमा सुचीकृत गर्छौ । तर, श्रमिकको छनौट रोजगारदाताले नै गर्छ,’उनले भने ।

कोरियन रोजगारदाताले अनलाइन मार्फत नै श्रमिकको माग गर्छन् । रोजगारदाता र रोष्टरमा रहेका श्रमिक बीच समन्वय गर्ने काम कोरिया स्थित जव सेन्टर गर्छ । जव सेन्टर कोरियाको श्रम मन्त्रालय अन्तर्गत छन् । रोजगारदाताले तोकेको मापदण्ड अनुसार जव सेन्टरले श्रमिकको सुची पठाउँछ । जव सेन्टरले पठाएको सुचीको आधारमा रोजगारदाताले श्रमिक छनौट गर्ने उनले बताए । तर, जव सेन्टरले पठाएको सुचीमध्ये कति श्रमिक छनौटमा पर्छ भन्ने सुनिश्चितता नहुने उनले बताए । ‘रोजगारदातालाई मन परेमा छनौट गर्न पनि सक्छ नगर्न पनि सक्छ,’उनले भने ।

नेपाली युवामा श्रमिक छनौट गर्ने प्रक्रियाको बिषयमा गलत सुचना फैलिएको प्रति उनले दुख व्यक्त गरे । ‘कोरियाका रोजगारदाताले श्रमिक छनौट गर्ने प्रक्रिया र नेपाली रोजगारदाताले श्रमिक छनौट गर्ने प्रक्रिया एउटै हो । नेपालमा पनि एक कर्मचारी चाहियो भने दर्जनौले आवेदन दिन्छन् । तर, रोजगारदाताले आफुले चाहेको एक जना मात्रै छनौट गर्छ । त्यसैगरी कोरियन रोजगारदाताले पनि रोष्टरमा सुचीकृत हजारौ संख्याका श्रमिकमध्ये केहीलाई मात्रै छनौट गर्र्छ,’उनले भने । त्यसैले गलत सुचनामा नपर्न पनि उनले आग्रह गरे ।

त्यस्तै, कोरियन रोजगारदाताले नेपाली श्रमिकलाई अति नै रुचाएको पनि उनले बताए । कोरियामा नेपाली इमान्दार र मिजासिला हुन्छन् भन्ने विश्वास छ । त्यसैले कोरिया र नेपाल बिचको सुमुधुर सम्बन्धलाई यथावत राखी श्रमिक जाने वातावरण बनाउन पनि उनले आग्रह गरे । सन् २०२३ मा नेपालबाट करिब १९ हजार ६८९ नेपाली श्रमिक कोरिया पुगेका थिए । नेपालले सबैभन्दा धेरै श्रमिक पठाउन सफल भएको कोरियाले पुरस्कृत पनि गरेको थियो ।

कोरिया र नेपाल बिच इपिएस मार्फत कोरिया रोजगारीको लागि सन् २००७ मा सम्झौता भएको हो । सन् २००८ देखि नेपाली श्रमिक कोरिया रोजगारीमा जान थालेका हुन् । पहिलो चरणमा ५५ जना नेपाली श्रमिक ईपिएस मार्फत कोरिया पुगेका थिए । कोरियाले सन् २०२३ सम्ममा कृषि तथा पशुपालन तथा उत्पादन क्षेत्रमा नेपाली श्रमिक लैजादै आएकोमा अहिले सिप विल्डिगं क्षेत्रमा पनि लैजान थालेको छ ।

श्रमिक छनौटको प्रक्रिया के छ ?

कोरिया सरकारको इपिएस (रोजगार अनुमती प्रणाली) मार्फत विश्वका विभिन्न १६ वटा मुलुकबाट आप्रवासी श्रमिक कोरिया भित्राउदै आएको छ । आप्रवासी श्रमिक छनौटका लागि कोरियाले एचआरडी कोरियालाई जिम्मेवारी दिएको छ । एचआरडीको मुख्यालय कोरियामा छ भने यसले नेपालमा इपिएस सेन्टर भनेर कार्यलय खोलेको छ ।

एचआरडी कोरियाको माग अनुसार वैदेशिक रोजगार विभाग अन्र्तगत रहेको इपिएस शाखाले भाषा परिक्षाको लागि आवेदन माग गर्छ । आवेदन दिएकाको छनौट प्रक्रिया एचआरडी कोरिया इपिएस सेन्टरले गर्छ । कोरिया सरकारले नै नियुक्त गरेका कोरियाली अधिकारीले नै परिक्षा लिन्छन् । तत्काल रिजल्ट निकाल्छन् । परिक्षामा उर्तिण भएका श्रमिकलाई इपिएस शाखाबाट रोजागरीको लागि फराम भराइ विद्युतीय माध्यमबाट एचआरडी कोरिया पठाइन्छ । एचआरडी कोरियाबाट विवरण ठीक भएपछि एप्रुभ गरी रोष्टरमा सुचीकृत गरिन्छ ।

त्यस्तै, कोरियाको रोजगारदातालाई श्रमिकको आवश्यकता परेमा अनलाइन मार्फत जव सेन्टरमा श्रमिकको माग गर्छन् । जव सेन्टरले रोजगारदाताले तोकेको मापदण्ड पुगेका श्रमिकको सुची पठाउँछन् । यसरी जव सेन्टरले श्रमिकको सुची पठाउँदा तीन गुणा बढी बढाउँछ । जस्तै, कुनै रोजगारदाताले १०० जना श्रमिकको माग गरेमा जव सेन्टरले ३०० जनाको सुची पठाउँछ । यसरी जव सेन्टरले पठाएको सुचीबाट रोजगारदाताले श्रमिक छनौट गर्छ । श्रमिक छनौट गर्ने पूर्ण अधिकार रोजगारदातामा नै हुन्छ । यसमा कुनै पनि निकाय वा व्यक्तिको संलग्नता नहुने इपिएस सेन्टर र इपिएस शाखाको दाबी छ ।

त्यस्तै, नेपाल र कोरियाबीचको सम्झौता अनुसार श्रमिकको माग भन्दा तीन गुणा बढी रोष्टरमा सुचीकृत हुनुपर्ने प्रावधान नै छ । तर, कोरियाले गत फेब्रुअरी देखि नयाँ व्यवस्था गरेको छ । रोष्टरमा सुचीकृत हुने श्रमिकको तीन गुणा हुन आउने संख्या बराबरको मात्रै भाषा परिक्षाको लागि आवेदन लिनुपर्ने व्यवस्था गरेको छ ।

हालसम्म कति गए कोरिया

विगत १५ बर्षको अवधिमा इपिएस प्रणाली मार्फत नेपालबाट एक लाख एक हजार ५५६ जना नेपाली श्रमिक कोरिया पुगेका छन् । जसमध्ये महिलाको संख्या ६ हजार ७१२ छ भने पुरुषको ९४ हजार ५५६ छ ।

सन् २००८ मा दुई हजार ८१४ नेपाली श्रमिक कोरिया गएका थिए । २००९ मा एक हजार ९११, सन् २०१० मा दुई हजार ३३९, सन् २०११ मा तीन हजार ९८३, सन् २०१२ मा ६ हजार ३३२, सन् २०१३ मा पाँच हजार ४६, सन् २०१४ मा ६ हजार २८, सन् २०१५ मा पाँच हजार ८६६ कोरिया गएको तथ्यांक छ । त्यस्तै, सन् २०१६ मा ८ हजार ७९, सन् २०१७ मा सात हजार ८००, सन् २०१८ मा ८ हजार ५११, सन् २०१९ मा सात हजार १३६, सन् २०२० मा एक हजार २७, सन् २०२१ मा ३८७, सन् २०२२ मा १४ हजार ३११, सन् २०१३ मा १९ हजार ६८९ नेपाली युवा कोरिया गएका छन् ।

मठिहानीमा भीषण आगलागी हुँदा १०० घर जलेर नष्ट


जनकपुरधाम । महोत्तरीको मठिहानी नगरपालिका वडा नम्बर ६ मा भीषण आगलागी भएको छ । मदरसा टोलमा बुधबार दिउँसो १ बजे सल्केको आगोबाट अहिलेसम्म १०० भन्दा बढी घर जलेर नष्ट भएको छ ।

त्यहाँ १० वटा बारुणयन्त्र, ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन भएको छ । आगो नियन्त्रणको प्रयास भइरहेको महोत्तरीका डीएसपी सन्तुलाल जयसवारले बताए ।

प्रहरीले दुई थान ट्याक्टरहित समात्यो झण्डै १६ लाखको अबैध सामान

कञ्चनपुर । कञ्चनपुर प्रहरीले दुई थान ट्याक्टरसहित झण्डै १६ लाख मुल्यको अबैध सामान आफ्नो नियन्त्रणमा लिएको छ।

हिजो र आज गरेर १५ लाख ९७ हजार ९३० मुल्यको अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको हो। मंगलबार इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले टोलीले बेलौरी नगरपालिका–८ बाट १४ लाख ६२ हजार मुल्यको भन्सार छलीको सामान बरामद गरेको छ।

त्यस्तै अस्थायी प्रहरी पोष्ट सुकासालबाट खटिएको प्रहरी टोलीले ५४ हजार ७३० मुल्यको अबैध सामान बरामद गरेको छ। अस्थायी प्रहरी पोष्ट मझगाउँबाट खटिएको प्रहरी टोलीले पनि १० हजार र आज ९बुधबार० इलाका प्रहरी कार्यालय गड्डाचोकीबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–११ बाट ७१ हजार दुई सय मुल्यको अबैध सामान बरामद गरेको छ।

दुई थान ट्याक्टर, एक थान साइकल, गहुँ, डिउ, चिनी, सुट, कुर्ती, लेडिज टि–सर्ट, धोती, मिश्री, तेल, प्याज, बिडी, सुर्ती, बिस्कुट, जिरा, गम्छा लगायतका अबैध सामान प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालय पठाएको छ। प्रहरीले अबैध सामान आयातमा संलग्न व्यक्तिलाइ भने नियन्त्रणमा लिन सकेको छैन्।

रुपन्देहीमा डढेलो निभाउन गएको दमकल नै जलेर ध्वस्त

रुपन्देही । रुपन्देहीमा डढेलो निभाउन गएको एउटा दमकल नै जलेर ध्वस्त भएको छ । तिलोत्तमा नगरपालिकाको लु १ ग ३४९ नम्बरको दमकल बुधवार दिउँसो गणेशनगरको डढेलो निभाउन जाँदा डढेर ध्वस्त भएको हो । तिलोत्तमा–८ गणेशनगरको जंगलमा डढेलो निभाउन गएको दमकलमा हावासँगै एक्कासि आगलागी भएको थियो । दमकलको इन्जिनसहितको भाग पूर्णरूपमा जलेको छ । घटनामा मानवीय क्षति भने नभएको प्रहरी चौकी मंगलापुरले जनाएको छ ।

एसइईको उत्तर पुस्तिका परीक्षण शिक्षकहरूले नै रोकेपछि…

काठमाडौँ । काठमाडौँ र ललितपुरको परीक्षण केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तर पुस्तिका परीक्षण कार्य रोकिएको छ । शिक्षकहरूले पारिश्रमिक कम भएको भन्दै उत्तर पुस्तिका परीक्षण रोकेका हुन् ।

प्रमुख तीन दल निकटका शिक्षक सङ्गठनले एक विज्ञप्ति जारी गर्दै पारिश्रमिक नबढाएसम्म उत्तर पुस्तिका परीक्षण गर्न नसक्ने बताएका छन् ।

नियमअनुसार एसइई परीक्षाको उत्तर पुस्तिका परीक्षणमा सहभागी हुन चाहने शिक्षकका लागि सरकारले आह्वान गर्छ । सूचनाका आधारमा सम्पर्कमा आएकाहरूबाट विषयगत शिक्षकहरू छनोट गरिन्छ र एक दिनको अभिमुखीकरण तालिमपछि परीक्षणको काम सुरु हुन्छ ।

सोही अनुसार गत आइतबार ललितपुर र सोमबार काठमाडौँका शिक्षकहरूको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो । मङ्गलवारबाट पुस्तिका जाँच गर्ने कार्य सुरु हुन पर्ने थियो । तर त्यसो हुन सकेन । तालिम लिएर कापी जाँच हुनुपर्ने ठाउँमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, नेपाल शिक्षक संघ, अखिल नेपाल शिक्षक सङ्गठन र प्रधान र प्रगतिशील शिक्षक सङ्गठन विज्ञप्ति निकालेर पारिश्रमिक नबढाएसम्म उत्तर पुस्तिका परीक्षण गर्न नसक्ने घोषणा गरेका छन् ।

कक्षा १२ को उत्तर पुस्तिका परीक्षणका लागि दिइने समान अर्थात् ९प्रतिउत्तर पुस्तिका० ३० रुपैयाँ पाउनुपर्ने उनीहरूको माग छ । हाल एसइईको उत्तर पुस्तिका परीक्षणको २४ र सम्परीक्षणको ६ रुपैयाँ पारिश्रमिक तोकिएको छ । कर कट्टा गर्दा एउटा उत्तर पुस्तिका परीक्षणको २० रुपैयाँ जति शिक्षकको खल्तीमा पर्छ ।

नवनियुक्त शिक्षामन्त्रीले राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाइरहेको बेलामा उनलाई अप्ठेरो पार्न दलनिकट सङ्गठनले यस्तो अडान लिएको अनुमान छ । उत्तर पुस्तिका जाँच गर्ने चाहना प्रकट गरेर तालिमसमेत लिएपछि अन्तिम घडीमा आएर पैसा नबढाए कापी नजाँच्ने अडान लिइएको हो ।

त्रिभुवन विश्वविद्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानूनी सल्लाहकार नारायण खनाललाई तत्कालका लागि कुनै कारबाही नगर्न सरकार एवं त्रिभुवन विश्वविद्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले कानूनी सल्लाहकार खनाललाई तत्कालका लागि कुनै कारबाही नगर्न आदेश दिंदै दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।

शिक्षा मन्त्रालयले केही दिनअघि चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्दै त्यसमा नाम जोडिएकाहरूलाई कारबाही गर्न निर्देशन दिएको थियो ।

विना प्रमाण र अनाहकमा आफूमाथि कारबाहीको सिफारिस भएको भन्दै त्रिविका कानूनी सल्लाहका एवं अधिवक्ता खनाल सर्वोच्च अदालत पुगेका थिए । उनको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

आफूमाथिको कारबाही प्रक्रिया रोकिनुपर्ने भन्दै उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालय लगायत १८ निकायलाई विपक्षी बनाएका थिए ।

खनालमाथि चिकित्सा शिक्षा आयोगले कानून विपरीत सम्बन्धन दिलाउने काममा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूलाई गलत राय दिएको आरोप लगाउँदै उनीमाथि भविष्यमा कुनै सरकारी र संवैधानिक नियुक्ति पाउन नदिन सिफारिस गरेको थियो ।

शेयर बजार परिसूचक नेप्से आज सामान्य बढ्यो

काठमाण्डौ । शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर एक हजार नौ सय ६९ दशमलव १७ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, फाइनान्स, उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको शेयर घटेकोमा बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज पोखरा फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । सामान्य बजार बढेको दिन माई खोला हाइड्रोपावर कम्पनीको शेयर भने सबैभन्दा धेरै साढे सात प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज तीन सय १३ वटा कम्पनीको ७२ लाख ८४ हजार कित्ता शेयर दुई अर्ब ५३ करोड रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल रिइन्सुरेन्स कम्पनीको ६३ करोड ३० लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढ्यो

काठमाण्डौ । आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख ३६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ३५ हजार पाँच सय रुपैयाँ रहेको थियो । हिजो एकैदिन सुनको भाउ तोलामा दुई हजार सात सय रुपैयाँले घटेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर एक हजार छ सय ७० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार छ सय ६० रुपैयाँ रहेको थियो ।

गौर हत्याकाण्डसम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले गौर हत्याकाण्डसम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले उक्त आदेश जारी गरेको हो ।

वि.सं. २०६४ चैत २७ गते तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबिचको झडपमा २८ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो । जसलाई गौर हत्याकाण्डले चिनिन्छ ।

यस हत्याकाण्डविरुद्ध पीडित परिवारका तर्फबाट २०८० जेठ २१ गते त्रिभुवन साहले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए ।