शिशु जन्मिएको डेढ घण्टापछि आमाको मृत्यु   

सिमकोट (हुम्ला) । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक जना महिलाको मृत्यु भएको छ ।

स्वास्थ्यचौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रिता देवकोटाको आइतबार राति १२ : ३० बजे रोडिकोट स्वास्थ्यचौकीमा मृत्यु भएको हो ।

देवकोटाले बच्चालाई जन्म दिएको १ : ३० घण्टा पछि मृत्यु भएको हो । मृतक देवकोटालाई शुक्रबारदेखि पानी बग्ने समस्या देखिए पनि आफन्तले ढिला आइतबार बिहान ११ बजे मात्रै स्वास्थ्यचौकी पुर्‍याउँदा समस्या उत्पन्न भएको स्वास्थ्यचौकीका इञ्चार्ज टिका बोहराको भनाइ छ ।

इञ्चार्ज बोहराका अनुसार, आफन्तले भूतप्रेत लागेको भन्दै सुत्केरी ब्यथाले च्यापेको एक दिनपछि मात्रै स्वास्थ्यचौकीमा ल्याउँदा समस्या भएको हो । रोडिकोट स्वास्थ्यचौकीमा कार्यरत अनमी लगायत सबै स्वास्थ्यकर्मी लागि परेर रातिको १० : ३० बजे बच्चा जन्माउन सफल भए पनि त्यसको केही समयपछि देवकोटाको मृत्यु भये ।

‘बच्चा जन्माउनु अगाडि रगत बग्ने समस्या थियो । बच्चा जन्माएपछि रगत बग्न रोकिए पनि त्यसको केही समयपछि मृत्यु भयो’, इन्चार्ज बोहराको भनाइ छ ।

मृतक देवकोटाको उद्धारका लागि खबर गर्न रात परिसकेको, गाउँपालिका स्वास्थ्य शाखालाई खबर गर्न फोन गर्दा फोन नउठेपछि जिल्ला अस्पतालका वरिष्ठ अनमी सरिता बोहरासँग परामर्श लिएर बच्चा सकुशल जन्माएको स्वास्थ्य चौकी इन्चार्ज बोहराको भनाइ छ । तर आमाको मृत्यु भयो ।

देवकोटाले पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी थिइन् । दुर्गम हुम्लाका अधिकांश महिलाले कहिले उद्धार त कहिले उपकरणका साथै विज्ञ स्वास्थ्यकर्मीबाट सेवा नपाउँदा अकालमै ज्यान गुमाउनु परेको छ ।

अर्थसचिव मरासिनीको स्वागत र पुस्करको बिदाई एकैसाथ

काठमाडौँ । अर्थ मन्त्रालयबाट सरुवा भएका सचिव कृष्णहरि पुस्कर कर्णको बिदाई र सचिवको जिम्मेवारी सम्हाल्न आएका सचिव मधु मरासिनीको स्वागत गरिएको छ ।

अर्थमन्त्री वर्षमान पुन अनन्त, राजश्वसचिव डा.रामप्रसाद घिमिरेसहित मन्त्रालय तथा मातहत निकायमा कार्यरत सहसचिव, उपसचिव र शाखा अधिृकतभन्दा माथिका अधिकांश कर्मचारी स्वागत तथा बिदाई कार्यक्रममा सहभागी थिए ।
मन्त्रिपरिषदको सोमबारको बैठकले मरासिनीलाई अर्थमा र पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो । मरासिनी यसअघि पनि अर्थसचिव थिए । कार्यक्रममा मन्त्री पुनले लामो सरकारी सेवाका क्रममा जिम्मेवारी हेरफेर हुनुलाई सामान्य रुपमा लिनुपर्ने बताए ।

यस्तै उनले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए । असलनियतका साथ गरिएका काम र निर्णयमा समस्या परे कर्मचारीको संरक्षण राजनीतिक नेतृत्वले गर्ने उनको प्रतिबद्धता थियो । ‘राजनीतिज्ञ, प्रशासक वा सार्वजनिक जीवनमा भएका मानिसहरुमाथि आरोप वा टिकाटिप्पणी हुन सक्छन्’, मन्त्री पुनले भने, ‘असल नियतका साथ गरिएको काममा समस्या आइपरे राजनीतिक नेतृत्वको तर्फबाट संरक्षण हुने कुराको ग्यारेण्टी गर्छु ।’

उनले निजी क्षेत्रको विश्वास जितेर लगानीको वातावरण निर्माणलाई सरकारले प्राथमिकतामा राखेको भन्दै सोहीअनुसार काम गर्न कर्मचारीलाई आग्रह गरे । ‘निजी क्षेत्रको मनोबल उठाउनुपर्ने छ । बजेटमा हाम्रा नीतिहरु पक्कै पनि त्यसमा केन्द्रित हुनेछन्’, मन्त्री पुनले भने, ‘सिर्जित दायित्वअन्तर्गत खर्च भएका आयोनाको निकाशा दिन र अन्तरमन्त्रालय समन्वयमा ध्यान दिएर खर्च बढाउन मेरो सबैलाई आग्रह छ ।’ मन्त्री पुनले टिममा काम गरेर नतिजा दिनुपर्ने समयमा आफूहरु रहेको बताउ ।
कार्यक्रममा सचिवद्वय पुस्कर र मरासिनीले सरकारले दिएको नयाँ जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने बताए । आफूहरु विगतमा पनि सँगै काम गरेको स्मरण गर्दै उनीहरुले कार्यक्रममा एकअर्काप्रति सौहार्दता प्रकट गरे । सचिव मरासिनीले बजेट निर्माणको पूर्वसन्ध्यामा रहेकाले अर्थमन्त्रीको नीतिअनुसार काम गर्न आफ्नो टिम प्रतिबद्ध रहेको बताए ।

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाज भित्र खानाको अनिवार्य व्यवस्था गर्न श्रममन्त्रीको आग्रह

काठमाडाै । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाज भित्र अनिवार्य रुपमा खानाको व्यवस्था गर्न आग्रह गरेका छन् । सोमबार वैदेशिक रोजगारी व्यवसायी संघ र मन्त्रालयबीच मन्त्रालयमा नै भएको छलफलमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर व्यवसायी मार्फत रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजको टिकटमा अनिवार्य रुपमा खानाको व्यवस्था गर्न मन्त्री अर्यालले आग्रह गरेका हुन् ।

मध्यपूर्व तथा मलेसिया जाने श्रमिकले औसत चार घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ । यात्रा गर्नुपूर्व तीन घण्टा अगाडी नै विमानस्थल पुग्नुपर्ने हुन्छ । गन्तब्य मुलुक पुगेपछि पनि श्रमिकले समयमा नै खाना खान पाउँदैनन् । यसरी वैदेशिक रोजगारीमा जादा घण्टौसम्म भोक भोकै बस्नु पर्ने अवस्था छ । त्यसैले हवाई जहाजको टिकटमा नै खानाको व्यवस्था गरी दिन मन्त्री अर्यालले आग्रह गरेका हुन् । “मुलुक भित्रै अवसरमा नपाएर युवाहरु विदेशिछिन् । विदेशिदै गर्दा पनि हामी श्रमिकलाई घण्टौसम्म भोकै राख्छौ,”उनले भने । कम्तिमा पनि जहाज भित्र पानी र एक पटकको खानाको व्यवस्था गरिदिनुस ।

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खाना दिनुपर्ने बिषयमा व्यवसायीहरु पनि सकरात्मक रहेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए । “यस बिषयमा हामीहरु पनि गम्भिर छौ । एयरलाईन्स कम्पनीहरुले व्यवसायिक फाईदालाई मात्रै हेर्ने हुँदा श्रमिकहरु भोकै रहनुपर्ने अवस्था आएको हो,” उनले भने । त्यसैले नेपाल नागरिक उडड्यन प्राधिकरणले नै एयरलाईन्सलाई अनिवार्य रुपमा खाना उपलब्ध गराउनु पर्ने नियम बनाईदिनुपर्नै उनले बताए ।

नेपालबाट औसत एक हजार ५०० युवा दैनिक रोजगारीका लागि मलेसिया तथा मध्यपूर्वका विभिन्न मुलुकमा जाने गरेका छन् । यि मुलुकहरुमा विभिन्न एयरलाईन्स उडान भर्दै आएका छन् । नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स, मालिन्दो एयरलाइन्स, मलेसियन एयरलाइन्सले नेपाल देखि मलेसियाका उडान भर्दै आएका छन् । हिमालयन एयरलाइन्स, नेपाल एयरलाइन्स, कतार एयरलाइन्सले नेपाल र कतार लागि उडान भर्दै आएका छन् । त्यस्तै, नेपाल देखि साउदी अरेयिबाका लागि हिमालयन एयरलाइन्सले मात्रै सिधै उडान भर्दै आएको भने एयर अरेयिबा, फ्लाई दुबई, कतार एयरलाइन्स, जजिरा एयरलाइन्स, कुवेत एयरलाइन्स, सलाम एयर, इन्डिगो एयरलाइन्स, एयर जजिरा, एयर इण्डियाले ट्रान्जिट उडान भर्दै आएका छन् ।

सलाम एयरलाइन्सले ओमान र नेपाल बिच सिधै उडान भर्दै आएको छ भने फलाई दुबई, एयर जजिरा, एयर अरेयिबा, कतार एयरवेजले ट्रान्जिट उडान भर्दै आएका छन् । युएईका लागि भने हिमालयन एयरलाइन्स, नेपाल एयरलाइन्स, फलाई दुबई, एयर अरेबियाले सिधै उडान भर्दै आएका छन् भने एयर जजिरा, इन्डिगो, एयर इण्डिया, कुवेत एयरवेज, सलाम एयरवेजले ट्रान्जिटबाट उडान भर्दै आएका छन् । कुवेतका लागि कुवेत एयरवेज र एयर जजिराले उडान भर्दै आएका छन् । तर, नेपाल एयरलाइन्स लगायत अन्य चार वटा एयरलाइन्सले मात्रै अनिवार्य रुपले खाना दिने गरेको व्यवसायीहरु बताउछन् ।

छलफलमा वैदेशिक रोजगारीमा जाने श्रमिकको सेवा शुल्क, मागपत्र प्रमाणीकरण लगायतका बिषयलाई व्यवहारिक बनाउन व्यवसायीले आग्रह गरेका थिए ।

परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत कुमारी बैंकद्वारा १० लाख रुपैयाँ बीमा रकम भुक्तानी

काठमाडौं । कुमारी बैंक लिमिटेडले १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।

परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत कावासोती नगरपालिका वडा नम्बर २ का लक्ष्मी पाण्डे र उनका श्रीमान विश्वनाथ पाण्डेलाई खातावाला परिवारको तर्फबाट सो रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ । उक्त रकम कुमारी बैंक लिमिटेडको कावासोती शाखाबाट हस्तान्तरण गरिएको हो ।

नेको इन्स्योरेन्स लिमिटेडबाट बीमा दाबी रकम प्राप्त भई कुमारी बैंक लिमिटेड मार्फत सो रकम भुक्तानी गरिएको थियो ।

कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावालासहित परिवारका चार जना सदस्यले २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सकिन्छ ।

बैंकका अनुसार सो खातामा आकस्मिक दुर्घटना, मृत्यु, पूर्ण शारीरिक अशक्तता, चिकित्सा उपचार र घातक रोगका लागि बीमा सुविधा प्रदान गरिन्छ ।

रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक जना महिलाको मृत्यु

सिमकोट । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक जना महिलाको मृत्यु भएको छ । स्वास्थ्यचौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रिता देवकोटाको आइतबार राति १२ः३० बजे रोडिकोट स्वास्थ्य चौकीमा मृत्यु भएको हो ।

देवकोटाले बच्चालाई जन्म दिएको १ः३० घण्टा पछि मृत्यु भएको हो । मृतक देवकोटालाई शुक्रबारदेखि पानी बग्ने समस्या देखिए पनि आफन्तले ढिला आइतबार बिहान ११ बजे मात्रै स्वास्थ्यचौकी पुर्‍याउँदा समस्या उत्पन्न भएको स्वास्थ्यचौकीका इञ्चार्ज टिका बोहराले बताए ।

इञ्चार्ज बोहराका अनुसार, आफन्तले भूतप्रेत लागेको भन्दै सुत्केरी ब्यथाले च्यापेको एक दिनपछि मात्रै स्वास्थ्यचौकीमा ल्याउँदा समस्या भएको हो । रोडिकोट स्वास्थ्यचौकीमा कार्यरत अनमी लगायत सबै स्वास्थ्यकर्मी लागि परेर रातिको १०ः३० बजे बच्चा जन्माउन सफल भए पनि त्यसको केही समयपछि देवकोटाको मृत्यु भएको उनले बताए ।

बच्चा जन्माउनु अगाडि रगत बग्ने समस्या थियो । बच्चा जन्माएपछि रगत बग्न रोकिए पनि त्यसको केही समयपछि मृत्यु भयो, उनले भने । मृतक देवकोटाको उद्धारका लागि खबर गर्न रात परिसकेको हुनाले थप समस्या निम्तिएको उनको भनाइ छ ।

गाउँपालिका स्वास्थ्य शाखालाई खबर गर्न फोन गर्दा फोन नउठेको उनको भनाई छ । यता जिल्ला अस्पतालका वरिष्ठ अनमी सरिता बोहरासँग परामर्श लिएर बच्चा सकुशल जन्माएको उनले बताए। तर दुर्भाग्यबस आमाको मृत्यु भयो । यसअघि देवकोटालाई सर्केगाड स्वास्थ्य शाखामा उपचार गराउँदा समस्या रहेको बताउँदा घरपरिवारले कुनै चासो नराखेको उनको भनाइ छ । रासस

सशस्त्र प्रहरी निरीक्षक चन्द र शिक्षक कानुविरुद्ध नक्कली प्रमाणपत्रको आरोप

काठमाडौँ । पर्साको धोबिनी गाउँपालिकास्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरीमा कार्यरत शिक्षक जनार्दन प्रसाद कानुको अध्यापन अनुमति पत्र नक्कली भएको आरोप लागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेकाअनुसार प्राथमिक तहका शिक्षक कानुले नियुक्ति लिएको देखिएबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा ऐन अनुसारको कैद र जरिवाना सजायको मागदाबी लिई सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको छ ।

यसैगरी, सशस्त्र प्रहरी बल, नेपाल नं. ३६ गण हेडक्वाटर डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्दले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कुल एण्ड इण्डरमिडीएट एजुकेसन युपीबाट जारी भएको हाइस्कुल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको आरोप लागेको छ ।

चन्दविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको मागदाबी लिई सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

मुख्यमन्त्री अधिकारीविरूद्धको मुद्दापनि हेर्दाहेर्दैमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरूद्धको मुद्दापनि सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ।

सोमबार गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्ति बदर माग गर्दै सर्वोच्चमा दायर रिट न्यायाधीशद्वय सपना मल्ल प्रधान र शारंगा सुवेदीको इजलासले हेर्दाहेर्दैमा राखेको हो।

मुख्यमन्त्री अधिकारीविरूद्ध पूर्वमुख्यमन्त्री सुरेन्द्र पाण्डेले गत चैत्र २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए।

सर्वोच्चले यस अगाडि मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर नपर्ने कुनै निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो।

सुदूरपश्चिमः सरकारविरुद्ध परेको रिटमा सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश अस्वीकार

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

नागरिक उन्मुक्ति पार्टी (नउपा) का लक्ष्मणकिशोर चौधरीले दायर गरेको रिटमा प्रारम्भकि सुनवाई गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले अन्तरिम आदेश नदिएको हो ।

साथै एकीकृत समाजवादीका दीर्घ सोडरीलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णयसहित कागजातको सक्कल प्रति समेत राखेर लिखित जवाफ पेश गर्न विपक्षीको नाममा आदेश दिएको छ । साथै रिटलाई अग्रताधिकार दिएर २३ वैशाखका लागि पेशी तोकिएको छ ।

दोहोरो अङ्कले बढेको शेयर बजार घट्यो

काठमाण्डौ । हिजो आइतवार दोहोरो अङ्कले बढेको शेयर बजार आज सोमवार दोहोरै अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४१ अङ्कले घटेर एक हजार नौ सय ६९ दशमलव शून्य दुई विन्दुमा झरेको छ ।

आज म्युचुअल फन्ड समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर घटेको छ । सबैभन्दा धेरै दोल्ती पावर कम्पनी र एनआईसी एसिया लघुवित्तको शेयर झन्डै साढे सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन पिपुल्स पावर कम्पनीको शेयर झन्डै सात प्रतिशतले बढेको छ ।

आज ५६ लाख ५६ हजार कित्ता शेयर दुई अर्ब पाँच करोड आठ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको ११ करोड ५४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

सुनचाँदीको मूल्य आज घट्यो

काठमाण्डौ । सुनचाँदीको मूल्य आज घटेको छ । हिजो तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँ यथावत् रहेको सुनको भाउ आज तोलामा एक हजार एक सय रुपैयाँले घटेर एक लाख ३८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको शुक्रवार सुनको भाउ तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो । आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार सात सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।

काठमाडौँका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण हुने भएको छ । महानगरपालिका भित्र स्थायी बसोबास गर्ने ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकको बिहान ७ बजेदेखि ९ बजेसम्म निजामती कर्मचारी अस्पतालमा निःशुल्क स्वास्थ्य परीक्षण हुने भएको हो ।
महानगरपालिकाले सबै वडा कार्यालयहरुलाई परिपत्र गर्दै आ–आफ्नो वडावासी ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन भनेको छ ।
‘चालु आ.व २०८०-८१ को ‘ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्ने’ कार्यक्रम अन्तर्गत मिति २०८० बैशाख २७ गते काठमाडौँ महानगरपालिका र निजामती कर्मचारी अस्पतालबिच सम्झौता भइसकेको हुँदा ज्येष्ठ नागरिक प्याकेजमा निःशुल्क स्वास्थ्य जाँच गर्न आ–आफ्ना वडावासी ज्येष्ठ नागरिकहरूलाई पठाइदिनु हुन अनुरोध गर्दछु,’ सामाजिक विकास विभागका निमित्त विभागीय प्रमुख विमला कोइरालाद्वारा जारी परिपत्रमा जनाईएको छ ।

सचिवको सरुवा, अर्थ मन्त्रालयको सचिवमा मरासिनीलाई सरुवा गर्ने निर्णय

काठमाडौँ । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले दुई सचिवको सरुवा गरेको छ । बैठकले अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ । हाल अर्थ सचिव रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि मरासिनी निलम्बनमा परेका थिए ।

केही दिनअघि अदालतले सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो ।

रौतहटबाट सुरु भएको “जन्मदिनलाई सत्कर्मसंग जोडौँ” अभियान बिश्वसंग जोड्दै

दैशकै पहिलो धार्मिक तथा पर्यटकीय स्थल पशुपतिनाथ मन्दिरको मृगस्थली श्लेसमानतक बनमा नेपाल सरकारका गृहसचिव एकनारायण आर्यालको प्रमुख आतिथ्यतामा बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो ।

उक्त अभियानको कार्यक्रममा बोल्दै नेपाल सरकारका गृहसचिव आर्यालले नेपालको नयाँ र पहिलो यो अभियानमा समेल हुने अवसर पाएको प्रति खुसी ब्यक्त गर्दै भने– “हामी सबै सकारात्मक सोचका साथ यो कार्यक्रममा उपस्थित भएका छौँ । पछिल्लो समयमा समाजमा फैलिएको बिकृती बिसंगतीलाई अन्त्य गर्ने उदेश्यदले समाजमा आफ्नो संस्कारलाई ब्यहारमा लागु गर्न समाजमा सकारात्मक सन्देश पनि दिईरहेका छौँ । समाजमा रहेका बिभिन्न बर्ग तथा समुदायका ब्यक्तिहरुलाई समाजका अगुवाहरुले जनचेतना फैलाउन आवश्यक छ । प्रत्तेक नेपालीहरुले आ–आफ्नो जन्मदिनमा एक–एक बिरुवा रोपण गर्ने खालको सन्देश समाजमा फैलाउनु थियो त्यो आज भएको छ ” । आयोजक संस्थाका अध्यक्ष तथा अभियानका संयोजक चौलागाई प्रति आभार प्रकट गर्दे यो अभियानलाई देशका ७७ ओटै जिल्ला र ७ सय ५३ ओटै स्थानिय तहसम्म पुर्याउन आवश्यक रहेको पनि उनले बताए ।

अर्थमन्त्रालयकी सहसचिव सेवाभावकी धनी पार्वर्ती शर्मा काफ्लेले यो अभियानले समाजमा सहयोगी भावना उत्पन्न गराउने र राष्टलाई समृद्ध बनाउन मद्दत हुने बताईन् । मन्त्रालयका सचिव कृष्णहरी पुस्करको समेत एक्यवद्दता सहितको शुभकामना रहेको सहसचिव काफ्लेले कार्यक्रमा जानकारी गराईन् । यो अभियानमा अर्थ मन्त्रालयबाट हुन सक्ने भरपुर सहयोग रहने बताईन् ।


तराई बिकास तथा संञ्चार केन्द्र नेपालद्धारा आयोजित रौतहटबाट सुरु भएको “जन्मदिनलाई सत्कर्मसंग जोडौँ” अभियान अन्तर्गत सहभागगी सबैले आ–आफ्नो जन्मदिन सम्झिएर रुद्राक्ष, पिपल, चंन्दन लगायतका बिरुवाको रोपण गरिएको अभियानका संयोजक तथा आयोजक संस्थाका अध्यक्ष गोबिन्दप्रसाद चौलागाईले बताए । उनले यो अभियानलाई बिश्वभर फैलाउन हरेक संघसंस्थाका कर्मचारी कलाकार, पत्रकार तथा समाजका अगुवा सबैजनाले आ–आफ्नो क्षेत्रबाट अगाडी बढाउन लागि पर्न उनले आग्रह गरे ।

अध्यक्ष चौलागाईले जन्मदिनलाई सत्कर्मसँग जोडेर परिबेश अनुसार फरक-फरक कार्यक्रमहरु गरेर यो अभियानलाई अगाडी बढाउने बताउदै उनले भने– “यो नेपालकै नौलो अभियान हो । यो अभियान एउटा बृक्षारोपणसंग मात्र सम्बन्धित नभएर हरेक क्षेत्रहरुसंग सम्बन्धित रहेको छ । खासगरी बेसाहराको साहार बन्ने हिसाबले हामी यो अभियान अन्तर्गत अगाडी बढिरहेका छौँ । आम नेपाली नागरीकको सहयोगी भावनालाई उजार गर्नका निम्ती हामीले यो अभियानको आयोजना गरेका छौँ । हामीले आफ्नो संस्कार र सभ्यताको परिचय दिन आफैबाट सुरुवात गर्नुपर्ने हो । कुनैपनि ब्यक्तिले कुनै ब्यक्तिको कामको आलोचना नगरी नतिजा दिने गरी काम गर्न आग्रह गरे । नेपालको नौलो तथा पहिलो यो अभियानमा कुनै ब्यक्ति तथा संस्थाबाट कुनै प्रकारको आर्थिक सहयोग नमागेको र नलिएको पनि उनले बताए । यो अभियान काठमाण्डौँमा मात्र नभई देशभर नै फैलाउनमा सरोकारवाला सबैले लागिपर्नुपर्ने आवश्यक रहेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । अबको नेपाली समाजलाई सभ्यता अनुसार अगाडी बढाउन सत्कर्म आवश्यक रहेको उनको भनाई छ ।

जन्मदिनलाई सत्कर्मसंग जोडेर बिदेशी नागरीकले पनि यहाँकोे सिको गर्न सक्ने खालको सकारात्मक नतिजा दिन हरेक ब्यक्तिले आ–आफ्नो तर्फबाट यो अभियानसंग जोडिएर लागिपर्न पनि आयोजक संस्थाका अध्यक्ष तथा संयोजक चौलागाईले अनुरोध गरे । सो अभियानमा उपस्थित भएर बिरुवा रोपण गर्न पाउँदा आफुलाई खुसी लागेको नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । अब यो अभियानलाई देशब्यापी हुँदै बिश्वब्यापी रुपमा अगाडी बढाउनुपर्नेमा जोडदिए ।

कार्यक्रममा सहभागी भएर आफुले यो अभियानसंग जोडिएर आफ्नो तर्फबाट बिरुवा रोपण गर्न पाउदा ज्यादै हर्षित भएको बरिष्ठ मुटु रोग बिशेषज्ञ डा. ओम मुर्तिले बताए । “हरियो बन नेपालको धन” भन्ने नारालाई सबैले ब्यहारमा उतार्न पनि उनले जोडदिए ।

यस्तै, कार्यक्रममा कलाकारहरुको तर्फबाट बोल्दै चर्चित अभिनेत्री, निर्देशक तथा निर्माता दीपाश्री निरौलाले यो अभियान समाज तथा राष्ट्र हुँदै बिश्वकै लागि एकदमै सकारात्मक भएको बताईन् । कलाकारहरुको तर्फबाट हुनसक्ने गर्न सकिने पहल तथा सहयोग आफुहरुले गर्ने जानकारी गराउदै उनले भनिन्– “वर्तमान समाजमा भईरहेका नकारात्मक क्रियाकलापहरुलाई हटाउदै सभ्य समाज निर्माण गर्न जन्मदिनको अवसरमा सत्कर्मको थालनी गर्न आवश्यक छ । यो अभियान निकै स्वागत योग्य छ” ।
कार्यक्रममा अभिनेत्री तथा निर्माता केकी अधिकारी, अभिनेत्री रजनी केसी, अभिनेत्री तथा मोडल मालिका महत, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बल, रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी, फिल्म निर्देशक तथा चलचित्र बिकास बोर्डका पूर्वअध्यक्ष दयाराम दाहाल, हालका चर्तित गायक युवराज चौलागाई, काठमाण्डौँका प्रमुख जिल्ला बन अधिकृत पुस्पराज बतौला, बरिष्ठ पत्रकार जीबराम भण्डारी, बरिष्ठ अधिबक्ताहरु स्वागत नेपाल, उद्धव चौलागाई, गोपाल श्रेष्ठ, बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठ, समाजसेबी पवन अग्रवाल, समाचारपत्र दैनिकका प्रधान सम्पादक सागर पण्डित, प्रशासन डटकमका प्रधान सम्पादक एसआर उपाध्यय, चलचित्र पत्रकार,निर्देशक तथा निर्माता लक्ष्मण सुवेदी लगायत बिभिन्न संस्थाका कर्मचारी तथा प्रमुख एवम् प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

यस अघि सोही अभियान अन्तर्गत काठमाण्डौँको तिनकुने र ललितपुरको लाकुरी भन्ज्याङमा पनि जन्मदिनमा यो अभियानले बृक्षारोपण गरिएको थियो ।

तस्बिरहरुः

प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान

काठमाडौँ । नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौं नेपालका प्रमुख प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा संचालन हुने १९औं ‘हेड अफ एनसिबी कन्फरेन्स’मा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

हेड अफ एनसिबी कन्फरेन्समा इन्टरपोलका सम्पूर्ण १९६ सदस्य राष्ट्रहरूका एनसीबी प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारी बिच समन्वय एवम् सहकार्यको विषयहरूमा छलफल हुनेछ । साथै सहभागिताको क्रममा समसामयिक घटना, अपराध अनुसन्धानको विषय तथा सम्बद्ध प्रहरी कर्मचारीको क्षमता अभिवृद्धिका विषयहरूमा छलफलको लागि मित्रराष्ट्रहरू भारत, चीन, जापान र मलेसियाका प्रतिनिधिहरूसँग द्विपक्षीय बैठक गर्ने कार्यक्रम समेत रहेको छ ।

हरेक वर्ष हुने हेड अफ एनसिबी कन्फरेन्स यस वर्ष वैशाख ११ देखि १३ गते सम्म फ्रान्सको लियोनमा सम्पन्न हुनेछ । कन्फरेन्समा प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह समेत सहभागी हुनेछन् ।

प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन् ।

सन्दीप लामिछानेविरुद्धको मुद्दामा पेशी आज

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा पेसी तोकिएको छ ।

काठमाडौँ । अघिल्लो पटक गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएर फैसला टारिदिएका लामिछाने पक्षको बुझाई छ । त्यसबेला अदालतले गौशाला २६ ले जन्म दर्तामा जन्म मिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो । साथै, जन्ममितिसम्वन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको थियो ।

न्यायाधीशले मुद्दा आफूबाट पन्छाउने चेष्टा नगरेमा यसै साता फैसला आउन सक्ने बताइएको छ । जिल्ला अदालत काठमाडौँले गत पुस १३ गते नै लामिछानेले गौशाला २६ लाई जबरजस्ती करणी गरेको भन्दै दोषी ठहर गरेको थियो भने २५ फागुनमा जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ८ वर्ष जेल सजाय र ५ लाख रुपैयाँ जरिवाना गर्ने सजाय निर्धारण गरेको थियो ।

अदालतले परिवर्तित नाम गौशाला २६ (६) (१) ०७९/०८० को उमेर, प्रतिवादी लामिछानेको उमेर, घटना हुँदाको अवस्था प्रतिवादीको सामाजिक हैसियत, पीडितलाई परेको मानसिक असर समेतलाई विचार गर्दै सजाय तोकेको थियो ।