काठमाडौं । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ ।
आम्दानीको तुलनामा अस्वाभाविक आर्जन देखिएको भन्दै अख्तियारले अकूत सम्पत्ति कमाएको निष्कर्ष निकालेको हो । गैरकानूनी सम्पत्ति आर्जन गरेको उजुरीमाथि अनुसन्धानका लागि भन्दै अख्तियारले उनलाई १० माघमा पक्राउ गरेर हिरासतमा राखेको छ ।
‘गत शुक्रबार नै अदालतमा म्याद थप गर्नुपर्ने थियो, तर आइतबार नै मुद्दा लैजान सकिने अवस्था भएपछि त्यही अनुसारको तयारी गरेका हौं’ अख्तियार स्रोतले भन्यो, ‘आयोगबाट निर्णय भइसकेको छ । आज अपराह्नसम्म विशेष अदालतमा सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुनेछ ।’
आइतबार नै अख्तियारले उनीसँगै पक्राउ परेका विकल पौडेलविरुद्ध आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पदमा पुगी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । विकल पनि १० माघमा सुनिल पौडेलसँगै पक्राउ परेका हुन् । उनीविरुद्धको अनुसन्धान बाँकी रहेको भन्दै अख्तियारले गत शुक्रबार २१ दिनका लागि विशेष अदालतबाट म्याद थप गरेको हो ।
सुनिल पौडेलविरुद्ध अख्तियारले दायर गर्न लागेको यो दोस्रो भ्रष्टाचार मुद्दा हो । गत असोजमा दायर पेमेन्ट गेटवेको मुद्दामा उनलाई विशेष अदालतले शुक्रबार मात्रै दोषी ठहर गरेको छ । विशेष अदालतले कसुर निर्धारणका लागि २५ वैशाखमा पेशी तोकेको छ ।
Month: February 2022
नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा रैथाने ज्ञान उत्सव शृङ्खला सुरु
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले रैथाने ज्ञान उत्सव शृङ्खला सुरु गरेको छ । प्रतिष्ठानको संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास विभागको आयोजनामा शुक्रवार र शनिवार चितवनको भरतपुरमा विभिन्न दुई कार्यक्रम सम्पन्न भएका छन् ।
कुमाल सेवा समाज चितवनको स्थानीय संयोजनमा आयोजित ‘कुमाल जातिको सांस्कृतिक संवाद’ तथा थारू कल्याणकारिणी सभा जिल्ला कार्यसमिति चितवनको स्थानीय संयोजनमा आयोजित ‘थारू जातिको सांस्कृतिक संवाद’ को उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति भूपाल राईले शृङ्खलाको शुभारम्भ गर्नुभएको हो । विभिन्न जाति र परम्परामा भएको रैथाने ज्ञानलाई प्रवर्धन गर्ने उद्देश्यले यस्तो कार्यक्रम सुरु गरिएको उनले बताए ।
लिखित इतिहास नभएका सीमान्तकृत जातिभित्रको ज्ञानलाई मौखिक माध्यमबाट अभिव्यक्त हुने गरी प्रज्ञा–प्रतिष्ठानले सहजीकरण गर्ने उनको भनाइ थियो । प्रज्ञा—प्रतिष्ठानका गतिविधिलाई विभिन्न भाषाभाषी, जाति र संस्कृतिसम्म पु¥याउने योजनाअन्तर्गत चितवनबाट कार्यक्रम सुरु गरिएको र आगामी दिनमा पनि निरन्तरता दिँदै जाने प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा। धनप्रसाद सुवेदीले बताए ।
कुमाल सेवा समाजका केन्द्रीय अध्यक्ष विशाल कुमालको अध्यक्षतामा भएको कार्यक्रममा तिलकबहादुर कुमालले उक्त जातिको भाषा तथा संस्कृतिका विषयमा प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि छलफल गरिएको थियो । साथै सो अवसरमा कुमाल जातिको भाषा र संस्कृतिको संवर्धनका लागि आगामी दिनमा गर्न सकिने विषयमा समूह छलफलसमेत गरिएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य डा। बालाकृष्ण अधिकारीले सहजीकरण गर्नुभएको उक्त समूह छलफलमा बहस गर्दै कुमाल सेवा समाजका केन्द्रीय अध्यक्ष विशाल लामा, भरतपुर महानगरपालिका वडा नं. २८ का वडा सदस्य शेरबहादुर कुमाल तथा साहित्यकार भूपिन खड्काले जनप्रतिनिधि, जातीय समुदायका अगुवा र बौद्धिक वर्गले खेल्नुपर्ने भूमिकाबारे चर्चा गर्नुभयो ।
त्यस्तै थारू कल्याणकारिणी सभा जिल्ला कार्यसमिति चितवनका अध्यक्ष ललितकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा अनुसन्धाता डी।आर पोखरेलले प्रस्तुत गर्नुभएको ‘चितवनका थारू जातिको सांस्कृतिक सम्पदाः संरक्षण र परिष्कारको आवश्यकता’ विषयक कार्यपत्रमाथि छलफल गरिएको थियो । त्यसपछि आयोजित समूह छलफलमा राजनीतिशास्त्री डा। सञ्जय चौधरी, अनुसन्धाता सत्यनारायण चौधरी, अधिवक्ता सञ्जय चौधरी र कवि तथा समालोचक रमेश प्रभातले बहस गर्नुभएको थियो । उक्त कार्यक्रमको सहजीकरण पत्रकार शान्तकुमार चौधरीले गर्नुभएको थियो । कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य रामहरि श्रेष्ठ, भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मीलगायत थारू समुदायका अगुवा र स्रष्टाहरूले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाली सेनाले विभिन्न पदका लागि माग्यो २५ सय बढी कर्मचारी
काठमाडौँ । नेपाली सेनाले विभिन्न पदका लागि दुई हजार पाँच सय ७४ जना कर्मचारी माग गरेको छ । देशैभरका कार्यालयहरूका लागि आवश्यक रहेका सूचना प्रकाशन गर्दै नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स ब.का.सि., सूचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकार पद भर्ना आव्हान गरेको हो ।
नेपाली सेना भर्ना छनौट निर्देशनालयले शुक्रवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दे जेठ १२ गतेसम्म दरखास्त दिने अन्तिम मिति तोकेको छ । दरखास्तका लागि कक्षा ८ उर्तिण गरेका महिला तथा पुरुष हुनु पर्ने र १८ वर्ष पुरा भई २२ वर्ष ननाघेको हुनु पर्ने समेत सूचनामा उल्लेख गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणः १० जनाको रिटमा सुनुवाई हुँदै
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १० जनाले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि आज सुनुवाई हुँदैछ ।
पुर्पक्षका लागि थुनामा रहेका रायमाझीसहित १० जनाले सर्वोच्चमा दायर गरेको रिट निवेदनमाथि आज सुनुवाई हुँदैछ ।
सर्वोच्चका न्यायाधीशद्धय टेकप्रसाद ढुंगाना र कुमार रेग्मीको संयुक्त इजलासमा गत सातादेखि भईरहेको सुनुवाई हेर्दाहेर्दैमा राखिएको थियो। सो मुद्दामा आजपनि सुनुवाइ हुन लागिएको हो ।
काठमाडौँ जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको हो। जिल्ला अदालतको आदेशलाई चुनौती दिँदै उच्च अदालत पाटनमा पुनरावेदन गरेका उनीहरूलाई पाटनले पनि पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको थियो ।
भारतद्धारा नेपाली चियाको निर्यातमा रोक
झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया उद्यमीहरूले यसबाट गम्भीर सङ्कट निम्तिने बताएका छन् ।
पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया आज भारतले रोकेको हो । चिया निर्यातको अनुमति नपाएर रोकिएका ती ट्रकहरू पानीटङ्कीको सडकमा असुरक्षित अवस्थामा रहेको चिया व्यवसायी एवम् भन्सार प्रतिनिधि रोशन अग्रवालले जानकारी दिए ।
मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले भारतीय भन्सारमा नेपाली चिया रोकिएको स्वीकार गर्दै त्यसलाई खुलाउन स्थानीय र केन्द्रीय तहबाट प्रयास भइरहेको बताए । भारतीय नाकामा नेपाली चिया रोकिएको जानकारी आएपछि पानीटङ्कीस्थल भन्सार कार्यालयका समकक्षीसँग आजै भेटेर समस्या समाधानका लागि आग्रह गरेको भन्सार प्रमुख रेग्मीले बताए ।
मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेमराज प्रसाईँले नेपाली चियाको निर्यात रोक्न भारत सरकारले गुणस्तर परीक्षणको नयाँ बखेडा झिकेको प्रतिक्रिया दिए । तत्काल यसको समाधान नखोजिए नेपाली चिया उद्योग सङ्कटमा फस्ने उनको भनाइ छ ।
चिया व्यवसायी एवम् भन्सार प्रतिनिधि अग्रवालका अनुसार पानीटङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयले हरेक ट्रकमा नेपाली चियाको अलग–अलग गुणस्तर परीक्षण गरिनुपर्ने नयाँ नियम लगाएर निर्यातमा रोक लगाएको हो ।
“यसअघि एउटा कम्पनीले एउटा नमूनाको गुणस्तर जाँचपास गराएको ‘रिपोर्ट’ले १५ दिनसम्म चिया निर्यात गर्दा पनि मान्यता पाउँथ्यो,” व्यवसायी अग्रवालले भने, “अहिले पानीटङ्कीको भारतीय भन्सारले हरेक गाडीको छुट्टाछुट्टै नमूनाको गुणस्तर जाँचपास रिपोर्ट ल्याउनुपर्ने अड्को थापेको छ ।”
पानीटङ्की भन्सारमा गोदामको सुविधा नभएकाले नेपालबाट चिया ‘लोड’ भएर गएका १७ वटा ट्रक खुला सडकमा अलपत्र परेको उनले बताए । त्रिपालले छोपेर सडकमा अलपत्र अवस्थामा चिया राखिएको ट्रकमा राति चोरी हुनसक्ने जोखिम छ । अलपत्र ट्रकहरुमध्ये नेपाल चिया विकास निगमको छवटा ट्रक छन् भने अन्य सामान हिमालयन रेञ्जलगायत चिया उद्योगका हुन् ।
सिटिसी र अर्थोडक्स गरी दुवै प्रकारका चिया भारत निर्यात हुँदै आएको छ । नेपाली चियाको ९० प्रतिशत निर्यात भारतमै हुने गरेको छ । निर्यात हुने चियाको ९२ प्रतिशत काँकडभिट्टा नाका भएर भारत जाने गरेको छ । चिया व्यवसायीका अनुसार भारतले नेपालमा गरिएको गुणस्तर जाँचको रिपोर्टलाई मान्यता दिएको छैन ।
भारतको पानीटङ्की भन्सारमा समेत गुणस्तर जाँच्ने प्रयोगशाला छैन । भारतको कोलकाता, दिल्ली, पटनालगायत स्थानका प्रयोगशालामा गरिएको गुणस्तर जाँचपासलाई भारतीय भन्सारले मान्यता दिने हुँदा यसबाट नेपाली चिया निर्यातमा संलग्न व्यवसायीले झन्झट भोग्दै आएका छन् । रासस
एकैदिन देशका तीन सय २७ ठाउँको जङ्गलमा डढेलो
काठमाण्डौ । एकैदिन देशका तीन सय २७ ठाउँको जङ्गलमा डढेलो लागेको छ । वन तथा भू–संरक्षण विभागको वन डढेलो अनुगमन प्रणालीको तथ्याङ्कअनुसार हिजो (शनिबार) एकैदिन तीन सय २७ ठाउँको जङ्गलमा डढेलो लागेको हो ।
अहिले पनि देशका दुई सय एक ठाउँमा सक्रिय डढेलो देखिएको छ । अहिले सुर्खेतको २६, बाँकेको २०, सल्यान, दाङ र डडेल्धुराको १८र१८ ठाउँसहित देशका २८ वटा जिल्लाका दुई सय एक ठाउँमा सक्रिय डढेलो रहेको हो । अहिले विशेषगरी लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा डढेलो धेरै देखिएको छ ।
डढेलोका कारण देशभरको वायु प्रदुषण पनि बढेको छ । कतिपय ठाउँमा डढेलो बस्तीमा पुगेको छ । हावाहुरीका कारण डढेलो तिब्र गतिमा फैलिएको छ । दक्ष जनशक्तिको अभाव र आधुनिक उपकरण नहुँदा नेपालमा डढेलो निभाउन समस्या हुने गरेको छ ।
स्थानीयबासिन्दा र सुरक्षाकर्मीले डढेलो बस्तीमा पस्नबाट जोगाउने प्रयास गरे पनि डढेलो निभाउन मुस्किल छ ।
प्यूठानः मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
दाङ । प्यूठानमा मोटरसाइकल दुर्घटना हुँदा दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ का २७ वर्षीय बिमल डाँगीको मृत्यु भएको छ । रा ५ प १५२८ नम्बरको मोटरसाइकल प्यूठानको माण्डवी गाउँपालिका वडा नम्बर १ मुर्कुटी चौरमा अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका डाँगीको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनालाई थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।
वैशाख १६ गतेदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने तयारी
काठमाडौँ । सरकारले यही वैशाख १६ गतेदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने भएको छ। सरकारले सातवटा जिल्लामा सञ्चालन गर्ने भनिएको राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम यही वैशाख १६ गतेदेखि सुरु हुने भएको हो।
हात्तीपाइले रोग निवारणका लागि जोखिम समूहमा रहेका झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी छ।
त्यहीअनुसार धनुषाको मिथिला नगरपालिकाले आम औषधि सेवन अभियान सम्बन्धी पालिकास्तरीय योजना तथा बहुनिकाय गोष्ठी सञ्चालन गरेर हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रमलाई पूर्ण सफल बनाउन तयारी सुरु गरेको छ।
काठमाडौँ महानगरपालिकाले माग्याे दुई जना कृषि विज्ञ
महानगरले आज एक सूचना जारी गर्दै इच्छुक विज्ञलाई सात दिनभित्र महानगरपालिकाको श्रम बैङ्कमा आबद्ध भई कृषि तथा पशुपन्छी विभागमा जानकारी गराउन आग्रह गरिएको छ ।
एफएकप : चेल्सीलाई पन्छाउँदै सिटी फाइनलमा
लन्डन — बर्नाडो सिल्भाले गरेको एक मात्र गोलको मद्दतले म्यानचेस्टर सिटीले शनिबार चेल्सीलाई १–० ले पराजित गर्दै एफएकपको फाइनल यात्रा तय गरेको छ । खेल सकिन छ मिनेट अगाडि सिल्भाले निर्णायक गोल गरेका हुन् ।
सिटी यसअघि मध्य साता युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडको हातबाट पराजित भएको थियो । तर अब डिफेन्डिङ च्याम्पियन सिटीसामु घरेलु कप उपाधि जित्ने अवसर हुनेछ ।
उपाधि भिडन्तमा उसको प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेड र कभेन्ट्रीबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग हुनेछ । सिटी १३ औं पल्ट एफएकपको फाइनल खेल्दैछ । गत सिजन सिटीले फाइनलमा युनाइटेडलाई हराएको थियो ।
कति पुग्याे डलरकाे भाउ
काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । बैकका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३३ रुपैया २६ पैसा र बिक्री दर १३३ रुपैया ८६ पैसा कायम भएकाे छ ।
युरोपियन यूरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६५ रुपैयाँ ७३ पैसा र बिक्री दर १६६ रुपैयाँ ४७ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४६ रुपैयाँ ५८ पैसा र बिक्री दर १४७ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ४२ पैसा र बिक्री दर ८५ रुपैयाँ ८० पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ७८ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ २१ पैसा छ ।
राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ६२ पैसा र बिक्री दर ८ रुपैयाँ ६६ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४२ पैसा र बिक्री दर १८ रुपैयाँ ५१ पैसा रहेको छ ।
नेपाल प्रहरीका १३५ जना प्रहरी हवल्दारमा बढुवा सिफारिस (सूचीसहित)
काठमाडौँ । नेपाल प्रहरीका १३५ जना प्रहरी हवल्दारमा बढुवा सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकले प्रहरी हवल्दारमा बढुवा भएकाको सूची प्रकाशित गरेको हो ।
प्रहरीमा प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह, सञ्चार तर्फको ६५ जना प्रहरी हवल्दार र प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा भएपश्चात् रिक्त हुन आउने ७० प्रहरी हवल्दार गरी कुल रिक्त हुन आउने पद सङ्ख्याको पदपूर्ति गरिएको जनाइएको छ ।
प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उप-समूह, सञ्चारतर्फका प्रहरी सहायक हवल्दारलाई सोही समूह, उप–समूहतर्फको प्रहरी हवल्दार पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) को प्रावधान अनुसार भएको जनाएको छ ।
धार्मिक सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छः राष्ट्रपति
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने बताएका छन् ।
२६२३औँ महावीर जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणका लागि गर्नुभएको मार्गदर्शनको परिपालन गर्न आग्रह पनि गरे ।
“सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास छ”, राष्ट्रपति पौडेलद्वारा जारी शुभकामनामा भनिएको छ । उनले सम्पूर्ण नेपाली जैन धर्मावलम्बीहरूमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।
हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीद्वारा विभिन्न कार्यक्रमहरू आयोजना गरी महावीर जन्मजयन्ती मनाउने गरिन्छ । महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचारी र अपरिग्रहका सिद्धान्तहरू परिपालन गरेका थिए । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ ।
आदेखि हनुमानगढीमा हनुमान जयन्ती महोत्सव सुरु
काठमाडाै । हनुमान जयन्तीका अवसरमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित हनुमानगढीमा तीनदिने हनुमान जयन्ती महोत्सव हुने भएको छ । आजदेखि सुरु हुने उक्त महोत्सवको पुर्व सन्ध्यामा आज मन्दिरको बृहत सरसफाई गरिएको छ ।
भारतको अयोध्याबाट आएको १२ जनाको टोलीले विशेष झाँकी, श्रीराम भजन, ताण्डव नृत्यलगायत कथा प्रवचन गर्ने र भारतको दिल्लीस्थित मोन्टी नटराज ग्रुपद्वारा विभिन्न कार्यक्रम गरिने हनुमानगढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका सचिव विश्वजित तिवारीले बताए।
महोत्सवमा काठमाडौँ, विराटनगर, बुटवल, सुर्खेत, सल्यान भारतको बहराइच, श्रावस्ती गोण्डालगायतका क्षेत्रबाट भक्तजनको सहभागिता रहने आयोजक सुन्दर काण्ड मित्रमण्डलका अध्यक्ष जितेन्द्र सिंहले जानकारी दिए ।
आइतबारदेखि सुरु हुने हनुमान महोत्सवमा अखण्ड रामायण पाठ, अण्टयाम सङ्कीर्तन एवं निशान पूजन, बालाजीको रात्रि जागरण एवं झाँकी, सुन्दरकाण्ड एवं भजनकीर्तन र महाआरती, रथयात्रा, शोभायात्रा हुने समितिले जनाएको छ ।
यस्ताे छ आजकाे माैसम
काठमाडौँ । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा पानी र हिउँ पर्ने सम्भावना छ ।
लुम्बिनी र कोशी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले ती क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।
त्यसैगरी, आज राति कोशी, मधेस,बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली हुने तथा बाँकी भागका मौसम सफा रहने छ । मधेस तथा कोशी प्रदेशका तराई भेगका एक–दुई स्थानमा हुरीबतासको सम्भावना छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।
मधेस तथा कोशी प्रदेशका तराई भेगका एक–दुई स्थान र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही ठाउँमा हुरीबतासको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।