सिंहदरबारमा प्रचण्ड, ओली र रविबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच सिंहदबारमा भेटवार्ता भएको छ ।

जारी भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, संसदको हिजोको असामान्य परिस्थिति, कांग्रेसद्वारा निरन्तर जारी सदन अवरोध र सत्ता गठबन्धनको अबको रणनीति तयारीबारे छलफल भइरहेको बताइएको छ ।

सिंहदरबारमा सत्तारुढ शीर्ष नेताको छलफल चलिरहँदा नेपाली कांग्रेसले भने सरकारविरुद्ध विपक्षी मोर्चा कस्न संसदका प्रतिपक्षी दलका नेतासँग बानेश्वर संसद भवनको ल्होत्से हलमा छलफल गरिरहेको छ । कांग्रेस संसदीय दलको आजै बिहान बसेको बैठकले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने निर्णय गरेको छ ।

संसद ११ बजेदेखि बोलाइएपनि दलका नेताहरू बैठक र संवादमा रहँदा कतिखेरबाट सुरू हुने निश्चित छैन ।

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा खरिद बिक्री भएको छ । बिहीबार सुनको मूल्य १ लाख ४० हजार रुपैयाँमा खरिद बिक्री भएको थियो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघको अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा खरिद बिक्री भएको छ भने अघिल्लो दिन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसतै, चाँदीको मूल्य आज प्रतितोला ५ रुपैयाँले सस्तिएको छ । शुक्रबार चाँदीके मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः जेठ ७ गते विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्री दाहालले यही जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न सङ्घीय संसद् सचिवालयलाई पत्र पठाउनुभएको सभामुखको सचिवालयले जनाएको छ ।

सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा ९२० बमोजिमको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिन लाग्नुभएको हो ।

प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा ९२० अनुसार विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष दाहाल नेतृत्वको वर्तमान सरकारलाई नेपाल कम्युनिष्ट पार्टी ९एमाले०, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी लगायत दलको समर्थन छ । रासस

यस्तो छ तपाईंको ४ जेष्ठ २०८१, शुक्रबार आजको राशिफल

मेष : प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।

वृष : सङ्घर्षको दिन छ। वैदेशिक क्षेत्रबाट फाइदा मिल्नेछ। स्वदेशी क्षेत्रमा लगानी नगर्नु राम्रो । परिवारको सहमतिमा हरेक योजनामा हात लगाउनु राम्रो हुन्छ।

मिथुन : अधुरा काम पूरा हुनेछन्। लगानी गर्ने क्षेत्र प्रशस्त छन् छनोट गरेर गर्नुपर्ने हुन्छ । पारिवारिक सहयोग मिल्नेछ । सामाजिक क्षेत्रमा सेवा गरिनेछ।

कर्कट : सानो कुराले ठूलो हल्ला हुन सक्छ । विपक्षी सक्रिय छन् । रोग बढ्नेछ । परिवारको सहयोग मिल्नेछ । व्यपार व्यवसायमा फाइदा मिल्नेछ ।

सिंह : उमङ्ग, प्रशन्न मिल्नेछ । शिक्षामा सफलता, स्वास्थ्यमा लाभ र वैदेशिक क्षेत्रमा नाफा हुने योग छ । पारिवारिक सफलता मिल्नेछ ।

कन्या:परिवारमा मनमुटाव हुन सक्छ । ठूलो लगानी नगर्नु राम्रो । वादविवाद बढ्ने योग छ । वैदेशिक लगानीमा फाइदा र परिवारमा सहयोग मिल्नेछ ।

तुला : धोका मिल्नेछ । परिश्रम गर्नुपर्नेछ । स्वास्थ्य र कृषिमा लगानी गरे उन्नती हुने दिन छ । परिवारबाट सन्तोष मिल्नेछ ।

वृश्चिक : धर्मकर्ममा मन जानेछ । शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ । परिवारमा मेलमिलाप हुनेछ । सामाजिक क्षेत्रमा सेवा गर्ने अवसर प्राप्त हुनेछ ।

धनु : आज गरेको लगानीबाट फाइदा मिल्नेछ । शिक्षामा गरेको लगानीबाट सफलता, स्वास्थ्यमा लाभ, वैदेशिक क्षेत्रबाट फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा रमाइलो भेटघाट हुने योग छ । परिवारमा मेलमिलाप हुनेछ ।

मकर : संघर्ष गर्नुपर्नेछ । लाभ मिल्नेछ । कुरा काट्नेहरू बढ्नेछन् । ठूलो लगानी नगरेको राम्रो । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ ।

कुम्भ : मन प्रसन्न रहने योग छ । शिक्षा, स्वास्थ्यमा सहजता रहला । पारिवारिक शान्ति कायम हुनेछ ।

मीन : आलस्य बढ्नेछ । आरोप प्रत्यारोपको सामना गर्नुपर्नेछ । काम बढी र कम बोल्नु राम्रो । शिक्षा र स्वास्थ्यमा सफलता मिल्नेछ । पारिवारिक सहयोग मिल्नेछ ।

सिटिजन्स बैंक र दुसित प्रिन्सेस काठमाडौं बीच समझदारी

काठमाडौं । बिगत सत्र वर्षदेखि आम नेपाली सर्वसाधरण ग्राहकवर्गहरुको घरदैलोमा सर्वसुलभ बैंकिङ्ग सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंकोस्थित दुसित प्रिन्सेस काठमाडौंबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले दुसित प्रिन्सेस काठमाडौंमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको जानकारी सभामुख देवराज घिमिरेलाई गराइसकेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संघीय संसद सचिवालयमा पत्र पनि लेखेर प्रतिनिधि सभाको ७ जेठको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन भनेको छ ।

यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर सार्वजनिक

काठमाडाै । नेपाल राष्ट्र बै‌कले विदेशी मुद्राकाे विनियमदर सार्वजनिक गरेकाे छ । बै‌कका अनुसार अमेरेकी डलर एकको दर अधिकतम १३३ रुपैया ३१ पैसा र बिक्री दर १३३ रुपैया ९१ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ ८५ पैसा र बिक्री दर १४५ रुपैयाँ ५० पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६८ रुपैयाँ ७२ पैसा र बिक्री दर १६९ रुपैयाँ ४८ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४७ रुपैयाँ ५३ पैसा र बिक्री दर १४८ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ९४ पैसा र बिक्री दर ८९ रुपैयाँ ३४ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ७८ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ २२ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ६१ पैसा र बिक्री दर ८ रुपैयाँ ६४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४७ पैसा र बिक्री दर १८ रुपैयाँ ५५ पैसा रहेको छ ।

कांग्रेसले संसदीय दल र कार्यसमितिको बैठक बस्दै

काठमाडौ । नेपाली कांग्रेसले संसदीय दल र कार्यसमितिको बैठक बस्दैछ । कांग्रेसले आज बिहान साढे ८ बजे संसद् भवन परिसरमा बस्ने गरी दलको कार्यसमिति र ९ बजे दलको बैठक बोलाएको हो ।

 बैठक नया बानेश्वरस्थित संसदभवनमा बस्दै छ ।


गायक रवि ओड धरौटीमा रिहा

काठमाडाै‌ । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा भएका छन् ।

कञ्चनपुर जिल्ला अदालतले उनलाई ५ लाख धरौटीमा छाेड्न आदेश दिएका हुन् ।

नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।

पर्सालाई पूर्ण खोप युक्त जिल्ला घोषणा

वीरगञ्ज (पर्सा) । पर्सा जिल्लालाई पूर्ण खोप युक्त जिल्ला घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय पर्साले राष्ट्रिय खोप तालिकामा समावेश एका १५ महिना उमेर भित्रमा पाउनुपर्ने सबै खोपहरि सबै बालबालिकाहरूले पूर्ण रूपमा लिएको सुनिश्चितता गरेसँगै सो घोषणा गरिएको हो ।

मधेस प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव प्रमोदकुमार यादवले बिहीबार वीरगञ्ज आयोजित कार्यक्रममा पर्सा जिल्लालाई पूर्ण खोप युक्त जिल्ला घोषणा गरेका थिए ।

उनले पूर्णखोप युक्त जिल्लाको प्रमाणपत्र पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, जिल्ला खोप समन्वय समितिका अध्यक्ष नीरञ्जनप्रसाद सोनार र स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्तिनारायण साहलाई संयुक्त रूपमा प्रदान गरेका थिए ।

पूर्ण खोप युक्त जिल्ला घोषणा गर्ने अभियान २०७४-सालमै सुरु भए पनि विविध कारणले ढिलो भएको थियो । स्वास्थ्य कार्यालय पर्साका प्रमुख साहले राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेरभित्रमा पाउनुपर्ने सबै खोपहरि सबै बालबालिकाले पूर्ण रूपमा लिएसँगै पूर्ण खोप जिल्ला घोषणा गर्न सफल भएको बताए । ‘‘पर्सा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्न निकै कसरत गर्नुपर्‍यो । सबैको साथ सहयोगको कारणले मात्रै यो घोषणा गर्न सकिएको हो’’, उनले भने, ‘‘मधेस प्रदेशमा पूर्ण खोप जिल्ला घोषणा गर्न चार जिल्ला मात्रै थियो । आज हामीले पूर्ण खोप जिल्ला घोषणा गरेर नयाँ यात्राको सुरुवात गरेका छौँ ।’’

पर्साको पोखरिया नगरपालिकालाई २०७४ वैशाख २७ गते पूर्ण खोप नगरपालिका घोषणा गरिएको थियो । तर, पकहामैन्पुर गाउँपालिका, विन्ध्वासिनी गाउँपालिका, धोबिनी गाउँपालिका र कालिकामाई गाउँपालिकालाई भने माघको अन्तिम सातामात्रै पूर्ण खोप गाउँपालिका घोषणा गरिएको थियो ।

मधेस प्रदेशका धनुषा, रौतहट र महोत्तरी जिल्लालाई अझै पनि पूर्ण खोप जिल्ला घोषणा गर्नै बाँकी छ । मधेश प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव यादवले मधेश प्रदेशमा पूर्ण खोप घोषणा गर्न चार जिल्ला बाँकी रहेकोमध्ये पर्साले पूर्ण खोप जिल्ला घोषणा गरेर सकारात्मक सुरुवात गरेको बताए । ‘‘पर्सा जिल्ला आजबाट पूर्णखोप जिल्ला घोषणा भएको छ । पक्कै पनि यसले सबै ठाउँमा सकारात्मक सन्देश दिने काम गरेको छ ।

यो धेरै खुसीको कुरा हो ।’’ उनले भने, ‘‘पूर्ण खोप घोषणा गर्न लागेका अन्य जिल्लालाई पनि आवश्यक समन्वय गरेर अघि बढ्न अनुरोध गर्दछु ।’’ सचिव यादवले प्रदेश सरकारले एक वर्ष अघि महत्वाकांक्षी लक्ष्य राखेर चार वटै जिल्लाई पूर्णखोप जिल्ला बनाउने अभियान थालेको बताए । पर्साका प्रमुख जिल्ला अधिकारी भुसालले पूर्णखोप जिल्ला घोषणा गरे पनि अझै पनि चुनौती कायमै रहेको बताए । ‘‘पूर्ण खोप जिल्ला घोषणा गरेर मात्रै पुग्दैन । पूर्ण खोपपछिका चुनौतीलाई पनि सशक्त ढङ्गले योजनाबद्ध अघि बढ्न जरुरी छ’’, उनले भने, ‘‘पूर्ण खोप घोषणापछि आवश्यक पर्ने स्रोत तथा बजेट उपलब्ध गराइदिन सरकारसँग अनुरोध गर्दछु ।’’ जिल्ला खोप समन्वय समितिका अध्यक्ष सोनारले सबैको साथ र सद्भावकै कारणले पर्सा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्न सकिएको बताए ।

एमाले अध्यक्ष ओलीमाथि कांग्रेस उपसभापति धनराज गुरुङकाे अभद्र व्यवहार

काठमाडाै । सत्तापक्ष र प्रतिपक्षबीच सदनमा भनाभन हुँदा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीमाथि अभद्र व्यवहार भएको छ । सत्तापक्षको बेन्चमै आएर कांग्रेस उपसभापति धनराज गुरुङले उनीमाथि औँला ठड्याउँदै मर्यादाविपरीत आचरण देखाएका छन् ।

नाराबाजी गर्ने क्रममा गुरुङ उपसभामुख बस्ने सिटमै अढेस लाएर उभिएपछि पछाडि बसेकी सञ्चारमन्त्री रेखा शर्माले ‘यो उपसभामुखको ठाउँ हो, किन पस्नुभएको हो’ भनेकी थिइन् । तर, गुरुङले वास्तै गरेनन् । त्यसपछि छेउकै सत्तापक्षको पहिलो सिटमा बसेका एमाले अध्यक्ष केपी ओलीले उठेर गुरुङसँग भने, ‘यहाँ किन पस्नुभएको, तपाईं यता पस्नुभएन । यो पस्ने ठाउँ होइन । यतातिर होइन उतातिर (सभामुख आसनको अगाडि) गर्नू ।’

त्यसपछि गुरुङ थप आक्रामक बने । ओलीलाई औँला ठड्याउँदै प्रतिवाद गरे । वेलमा रहेका कांग्रेसका महिला सांसद पनि दौडिँदै त्यहीँ आएर नाराबाजी गरे । एमाले सांसद महेश बर्ताैला, ठाकुर गैरेलगायतले ओलीको प्रतिरक्षा गरेका थिए । दुवै पक्षबीच केहीबेर धकेलाधकेल भयो ।

‘हाम्रो अध्यक्षले नम्रतापूर्वक तपाईंहरू वेलतिरै गएर विरोध गर्नुस्, यो विरोध गर्ने ठाउँ होइन भन्नुभो । तर, उल्टै अध्यक्षमाथि अपशब्द प्रयोग गर्ने, दुर्व्यवहार गर्ने, झम्टने प्रयास भयो । त्यो संसदीय मर्यादा र लोकतान्त्रिक चरित्रविपरीतको अशोभनीय गतिविधि हो,’ सांसद गैरेले भने । गुरुङले भने आफूले मर्यादाविपरीत गतिविधि नगरेको, बरु एमालेसहितका सत्तापक्षका सांसदहरूले घटनालाई अतिरञ्जित गरेको दाबी गरे । – नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बस्ने तय भएकाे छ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । त्यस्तै प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न माननीय सदस्यहरूको मनोनयन गर्ने कार्यसूची रहेकाे छ ।

यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने, सभामुखले राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने लगायतका कार्यसूची तय भएको छ ।

पेन्सन र सामाजिक सुरक्षा भत्ता लिन अब राष्ट्रिय परिचयपत्र अनिवार्य

चितवन । आगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता लिने हरेक नागरिकलाई भत्ता सुविधा दिँदा अनिवार्य राष्ट्रिय परिचयपत्र देखाउनुपर्ने भएको छ ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका निर्देशक मुकेशकुमार केशरीले सोको लागि आगामी साउन १ गतेबाट लागू हुने गरी राजपत्रमा प्रकाशन गर्ने तयारी रहेको बताए ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय चितवनमा आयोजित अन्तरक्रियामा उनले भने, “अब सामाजिक सुरक्षा भत्ता मात्र नभई नागरिकता देखाएर पाइने गरेको सबै सेवा राष्ट्रिय परिचयपत्रको आधारमा दिने सरकारको तयारी छ ।” उनले सामाजिक सुरक्षा भत्ता लिने सम्पूर्ण लाभग्राहीको विवरण सङ्कलन तीव्र पारिएको भन्दै राष्ट्रिय परिचयपत्रमा बायोमेट्रिक प्रणाली हुने हुँदा भत्ता वितरणमा भएको अनियमितता अन्त्य हुने विश्वास व्यक्त गरे ।

विभागका अनुसार राष्ट्रिय परिचयपत्रमा नागरिकको वैयिक्तक तथा जैविक विवरण हुन्छ । आँखाको पर्दा स्क्यान गरी त्यसको विवरण परिचयपत्रमा राखिनुका साथै बायोमेट्रिक नमुना लिइएको हुन्छ । हाल ई–पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य छ ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले व्यक्तिको परिचय प्रमाणीकरण गर्न राष्ट्रिय परिचयपत्र महत्वपूर्ण रहेको उल्लेख गरे । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले क्रमशः सबै नागरिकले परिचयपत्र हात पार्ने बताए । नयाँ प्रविधि प्रयोग हुन थालेको अवस्थामा सरकारले प्रत्येक नेपाली नागरिकको परिचय खुल्ने गरी विद्युतीय अभिलेख राख्ने उद्देश्यसहित राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन सुरु गरेको उनले बताए।

चितवनमा हालसम्म वडा तहबाट तीन लाख २५ हजार चार सय ७० र जिल्ला प्रशासन कार्यालयबाट एक लाख १५ हजार सात सय ६१ जनाले राष्ट्रिय परिचयपत्रको फारम भरेका छन् । जिल्लामा हालसम्म २१ हजार कार्ड आइसकेकामा जम्मा पाँच हजार पाँच सय ९६ जनाले कार्ड लगेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कस्ताे रहला दिनभरकाे माैसम ?

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसकााे प्रभावले कोशी प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक बदली रही तराई भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै दिउँसो कोशी र मधेस प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

शिक्षा मन्त्रालयद्वारा दलमा लागेका शिक्षकमाथि भएको कारबाहीको विवरण माग

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यसमितिमा रहेका शिक्षक र विद्यालय कर्मचारीमाथि भएको कारबाहीको विवरण माग गरेको छ ।

केन्द्रले बुधबार सबै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार राजनीतिक दलको कार्यसमितिका रहेका र महाधिवेशन प्रतिनिधि रहेका शिक्षक कर्मचारीमाथि के कस्तो कारबाही प्रक्रिया अगाडि बढाइएको छ भन्दै १५ दिनभित्र विवरण पेश गर्न भनेको हो ।