काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमण जानुअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रचण्डलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।
अध्यक्ष ओली आइतबार केही बेर अगाडि बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भारत भ्रमणबारे छलफल गरिरहेका छन्
भारतमा तेस्रो पटक प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ‘प्रचण्ड’ आज अपरान्ह भारत भ्रमण जाने तयारी गरिरहेका छन् ।
भारत भ्रमणमा प्रधानमन्त्री ‘प्रचण्ड’ सँगै उनकी छोरी गंङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायतको टोली जाँदैछ ।
Month: February 2022
कोशी प्रदेशः सरकारविरुद्धको मुद्दाको सुनुवाइ स्थगित
काठमाडौँ । कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको सुनुवाइ आजका लागि स्थगित भएको छ । आइतबार न्यायाधीश सुनिलकुमार पोखरेलले यसअघि कोशीकै विवादमा फैसला गरिसकेकाले उनले हेर्न अस्वीकार गरेसँगै सुनुवाइ स्थगित भएको हो ।
इजलासमा मुख्यमन्त्री हिक्मतकुमार कार्की पक्षका अधिवक्ता टीकाराम भट्टराईले पोखरेलले मुद्दा हेर्न मिल्ने कि नमिल्ने भनेर प्रश्न उठाएपछि उनले अन्य न्यायाधीशहरुसँगको छलफलपछि अलग हुने निर्णय लिएका हुन् ।
कोशी प्रदेश सरकारविरुद्धको रिट आइतबार पूर्ण इजलासमा सुनुवाइको पेशी तोकिएको थियो । जसअनुसार पोखरेलसहित न्यायाधीशहरू प्रकाशकुमार ढुङ्गाना र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा पेशी तोकिएको थियो ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गएको बुधवार पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।
सामुदायिक विद्यालयमा शैक्षिकस्तर सुधार अभियान
ताप्लेजुङ । जिल्लाका सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार गर्ने उद्देश्यले आठराई त्रिवेणी गाउँपालिकाले १३ बुँदे शैक्षिक घोषणापत्र जारी गरेर अभियान सुरु गरेको छ ।
पालिकाले शैक्षिक भेला गरी समुदायिक विद्यालयहरूको शैक्षिकस्तर सुधार अभियान सुरु गरेको गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमुले जानकारी दिए। शिक्षाको गुणस्तर सुधार्न शिक्षक, विद्यार्थी र अभिभावकसमेतलाई जिम्मेवार बनाउने विषय घोषणापत्रमा समावेश गरिएको छ ।
गाउँपालिकाले जारी गरेको घोषणापत्रमा शिक्षणमा कार्यरत सम्पूर्ण प्रधानाध्यापक, शिक्षक, बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरु ९५ प्रतिशत भन्दामाथि हाजिर भई पठनपाठनमा संलग्न भएमा शिक्षक दिवसका अवसरमा प्रोत्साहन गरिने उल्लेख छ । विद्यालय हाताभित्र राजनीति गतिविधिमा प्रतिबन्ध लगाइएको तथा हाल कायम रहेको गाउँ शिक्षा ऐन, नियमावली, कार्यविधि र निर्देशिका समयानुकूल परिमार्जन गरिने छ ।
प्रधानाध्यापकको छनोट प्रचलित कानुन, ऐन तथा नियमावलीबमोजिम गर्ने, शैक्षिक गुणस्तर वृद्धिका लागि योग्य, विषयगत र प्रविधिमा दक्खल राख्ने शिक्षकको छनोट गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सङ्घलाई विद्यालयको प्रभावकारी अनुगमन तथा सुपरीवेक्षणका लागि आवश्यक तालिम दिइने भएको छ । यसैगरी विद्यालयको भौतिक पूर्वाधारलाई बालमैत्री बनाइने छभने शैक्षिक, सामाजिक र आर्थिक पक्षलाई सुदृढ बनाइने तथा अभिभावक शिक्षा तथा सचेतना कार्यक्रम सञ्चालन गरिने छ । रासस
कोशी प्रदेशः सरकार गठनको मुद्दामा आज पूर्ण इजलासमा सुनुवाइ हुँदै
काठमाडौँ । कोशी प्रदेश सरकारविरुद्धको रिट आज पूर्ण इजलासमा सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गएको बुधबार पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।
एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधान विपरीत अर्को मुख्यमन्त्रीको नियुक्ति भएको भन्दै केदार कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश माग गरिएको छ ।
कोशी प्रदेशका संविधानको धारा १६८को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई संसद्को सङ्कल्प प्रस्ताव, मुख्यमन्त्री बनाउँदा समर्थन दिएका एमालेका सांसदहरूले समर्थन नरहेको भनी प्रदेश प्रमुखलाई गराएको जानकारी र विश्वासको मत नलिएको आधारमा हटाइएको थियो ।
उनलाई हटाएर नयाँ मुख्यमन्त्रीको रूपमा एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री संविधानको धारा १६८को उपधारा ५ अनुसार नै शपथ गराइएको थियो । त्यस विरुद्ध कार्कीले हिक्मत कार्कीको नियुक्ति असंवैधानिक भएको भन्दै दाबी गर्दै आफू मुख्यमन्त्रीमा फर्कनुपर्ने आदेशको माग गरेका छन् ।
आजदेखि हुने अन्तिम सुनुवाइले कार्कीको पक्षमा फैसला सुनाए उनी मुख्यमन्त्रीमा फर्कने छन् भने रिट खारेज गरेमा हिम्मत कार्की नै मुख्यमन्त्रीमा निरन्तर हुने छन् ।
आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक दुई दिनका लागि स्थगित
काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो ।
आइतबारदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची रहेको थियो । २९ गतेदेखि नियमित छलफल हुने जनाइएको छ ।
विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययन गर्न दलहरूले समय मागेकाले बैठक स्थगित गर्नु परेको बताइएको छ ।
सभामुख देवराज घिमिरेले बोलाउनुभएको बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली काँग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीको उपस्थिति थियो ।
प्रतिशोधका झूठा मुद्दाले रौतहटका जनप्रतिनिधि अख्तियारको डरै डरले भयभीत भएको गुनासो
रौतहट । पछिल्लो समय रौतहटको स्थानीयतहमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगको नाउँमा आतंक फैलिएको जनप्रतिनिधिहरुले गुनासो गरेका छन्।
रौतहटको दुर्गा भगवती गाउँपालिका स्थित आयोजित कार्यक्रममा शुक्रवार अधिकांस जनप्रतिनिधिले त्यस्तो गुनासो गरेका हुन्।
कार्यक्रममा अख्तियार दूरुपयोग अनुसन्धान हेटौंडाको कार्यक्षेत्र अन्तर्गत सबै भन्दा बढी मुद्दा पर्ने दोस्रो जिल्लाको रुपमा रौतहट रहेको बताईएको छ। अख्तियार हेटौंडा अन्तर्गत १२ जिल्ला मध्ये सब भन्दा बढी मुद्दा पर्ने जिल्लाको रुपमा बारा रहेको छ भने रौतहट दोस्रो स्थानमा रहेको छ।
तराई विकास तथा सञ्चार केन्द्र नेपाल काठमाडौंको आयोजना तथा जिल्ला प्रशासन कार्यालय रौतहटको समन्वयमा र दुर्गा भगवती गाउँपालिकाको सहकार्यमा शुक्रवार आयोजित “सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भुमिका” विषयक कार्यक्रममा उक्त कुरा प्रकाशमा आएको हो।
कार्यक्रमका प्रमुख अतिथि महालेखापरिक्षक कार्यालयका उप-महालेखा परिक्षक पदमराज पौडेलले विश्व आर्थिक मन्दीबाट गुज्रिरहेको अवस्थामा सबैले आ-आफ्नो दायित्व सम्झेर राज्यको उद्देश्य पुरागर्नु पर्ने जिम्मेवारी बोध गराएका छन्।
स्थानीय तहका राम्राकार्यहरु प्रचार प्रसारमा ल्याउनुपर्ने बताएका थिए। देशमा हाल ११ खरब रुपैया बेरुजु रहेको छ । देशको बजेट बराबरको बेरुजु फर्छयौंट गर्नुपर्नेमा त्यसो नहुँदा उनले चिन्ता ब्यक्त गरेका थिए । ७५३ स्थानीयतह मध्ये ७४८ स्थानीय तहमा ३१ अरब रुपैया बेरुजु रहेको बताए। देशको ४८ स्थानीयतहले बार्षिक बजेट ऐन कानुन पारित नगरेरै चलाउदै आएको जिकिर गरेका थिए।
२८० स्थानीय तहले गत आर्थिक बर्षको बक्यौंता रकम दिएर चालु आर्थिक बर्षको बजेट सकाएको उपमहा लेखापरिक्षक पौडेलले बताए।मधेश प्रदेशमा ६५ अरब रुपैया बेरुजु रहेको उनले जानकारी गराएका थिए।
४० हजार दरबन्दीमा हाल १४ हजार पद रिक्त रहेकले अधिकाँश स्थानिय तहमा करार कर्मचारीकै भरमा सेवा प्रवाह भैरहेको छ
दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष शम्भुकुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष सिंहले दुर्गा भगवती गाउपालिकाले गरेका महत्वपुर्ण काम मध्ये कृषि क्षेत्रको बिकास ,स्वास्थ ,पुर्वाधार बिकासमा भएका उपलब्धिलाई सबैका सामु जानकारी गराएका थिए।
कार्यक्रममा गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले स्थानीय तहमा काम गर्ने कर्मचारीहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे भय व्याप्त रहेको हुँदा समयमा काम गराउन यहाँ निकै चुनौतीपूर्ण रहेको बताए । अनावश्यक रुपमा उजुरी गर्ने परिपाटीबाट विकास निर्माणको कार्यमा शिथिलता आएको समेत गुनासो गरे ।
गरुडा नगरपालिकामा मेयर कन्थमणि जैसवालले जिल्ला र पालिकाको लागि यो कार्यक्रम ऐतिहासिक भएको बताउँदै रौतहटमा गलत लाई गलत भन्न नसक्ने जनभावना अनुसारको काम गर्दा पनि उजुरी दिएर हैरान पारेको बताए।, मेयरलाई तनाब दिएर राम्रो काम गर्न रोक्ने असफल गराउन लाग्ने मात्रै हाेइन नियतवश सही काम गर्नेलाई जानीजानी दुःख दिनेलाई पनि अब अख्तियार लगायतका सराेकारबाला निकायले समात्नु पर्ने माग गरेका थिए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले राज्यद्धारा प्रदत गरिएका हक अधिकारको सहि रुपमा प्रयोग गरेर आम सेवाग्राहीलाई निष्पक्ष रुपमा सेवाप्रवाह गर्नुपर्नेमा जोड दिए । गलत गर्नेलाई निरुत्साहित गर्ने निकायहरु छदैछन् तर पाएको जिम्मेवारीलाई सहि रुपमा बहन गर्दा उजुरीबाट केही फरक नपर्ने स्पष्ट पारे ।
अख्तियार दूरपयोग अनुसन्धान आयोग हेटौंडाका उपसचिव सुरेन्द्र घिमिरेले १२ जिल्ला मध्ये सबै भन्दा बढी बारा जिल्लाको ७४४ मुद्दा परेको छ भने दोस्रो स्थानमा रहेको रौतहटको ६२८ मुद्दा परेको बताएका छन्।
आयोगको कार्यालयमा गत बैशाख मसान्त सम्म कुल २७ सय ७१ मुदा परेको जस मध्ये १५९९ छानबिन भएर फर्छ्यौट भईसकेको तथा ११७२ मुदा बाकी रहेको उपसचिव घिमिरेले बताएका थिए।
त्यस्तै रौतहटको ६२८ मुद्दा मध्ये २५० फर्छ्यौट भईसकेको उनले जानकारी दिएका थिए।
आयोगमा उजुरी पर्दा छानबिन दाबी सत्य हो कि होईन स्थलगत निरीक्षण गरी प्रमाण को आधारमा छानबिन गरिन्छ। तथ्यलाई टेकेर कार्यालय प्रमुखको सल्लाह अनुसार मुद्दा अघि बढाउन बिशेष अदालतमा आरोपपत्र दर्ता गर्ने र बिशेष अदालतको फैसला अनुसार हुनेगरेको उपसचिव घिमिरेले बताए।
मुद्दाको अन्तिम सुनुवाई सर्वोच्च अदालतमा हुनेगरेको ब्यबस्था गरिएको छ। अख्तियारले गुण र दोष लाई केलाउने भएका कारण गल्ती नगर्नेहरु अख्तियार संग भयभित हुन नहुने बताउदै राम्रो काम गर्नेलाई आफनो सस्थाले साथ दिने बताए।
कार्यक्रममा दुर्गा भगवती गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत परमानन्द पाठकले सहभागीलाई स्वागत गर्दै गाउँपालिकाले हाल सम्म गरेका मुख्य-मुख्य प्रगति विवरण जानकारी गराएका थिए।
कार्यक्रममा जिल्लाका वरिष्ठ पत्रकार प्रभातकुमार झाले नागरिक समाजको अगुवाका तर्फबाट सम्बोधन गर्दै गाउँ पालिकाले जनपक्षीय काम गर्न सफल भएको बताउदै स्थानीय तहमा अधिकार आएको धेरै नभएकाले हरेक नागरिकले सकारात्मक सोचाइ राखेर अगाडि बढनुको विकल्प नरहेको बताए ।
जिल्लामा सुशासनको अवस्था कस्तो छ र दुर्गा भगवती गाउपालिकाले गरेका राम्रा काम सरोकारवाला निकायलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको तराई विकास तथा सञ्चार केन्द्रका अध्यक्ष गोबिन्दप्रसाद चौलागाई जानकारी गराए ।
कार्यक्रममा दुर्गा भगवती गाउँपालिकाका उपाध्यक्ष शिला देवी, डिभिजन बन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्र,प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, इशनाथको प्रमुख प्रशासकीय अधिकृत रबीन्द्र झा, बौधीमाईको प्रमुख प्रशासकीय अधिकृत प्रमोद यादव, कटहरियाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, अधिकृत देवनाथ यादव, सहित नेपाल प्रहरीका एसपी दिलिप घिमिरे, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाई, अख्तियार दूरुपयोग अनुसन्धान हेटौंडाका ई. रोशन बुढाथोकी लगायतका सुरक्षा निकायका प्रतिनिधि सहित विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा नेपाल पत्रकार महासघ रौतहटका उपाध्यक्ष प्रबिणकुमार शर्मा वरिष्ठ पत्रकार संजयकुमार मिश्रा,चन्चल झा, गोरखापत्र दैनिकका सन्जय मिश्र लगायतका सन्चारकर्मिहरुको बाक्लो उपस्थितिमा भएको कार्यक्रममा दुर्गा भगवती ५ ओटै वडाका अध्यक्षहरु प्रधुम्न चौधरी ,सुरेश चौधरी ,धर्मेन्द्रकुमार झा,रामानन्द यादब ,धर्मनाथ चौधरी पालिकासदस्यहरु रामानाथ साह,रिंकु दास सिकिन्द्र जयसवाल, बिणा देबि जुडिया देबि शान्तिदेबि दास लगायत स्थानीय नागरिक समाजका अगुवा देखी रौतहट जिल्लाका प्रतिष्ठित ब्याक्तित्वहरुले कार्यक्रममा भागलिएको सो प्रशिक्षणमुलक एवं संदेशमुलक कार्यक्रममा तीन ओटा पेपर प्रस्तुत गरिएको थियो ।सो कार्यक्रममा बिहान देखि सचालन भएको थियो ।
आजपाको सम्पन्न महोत्तरी जिल्ला भेलाबाट अध्यक्षमा साह र सचिवमा भण्डारी
महोत्तरी । आम जनता पार्टी (आजपा) को महोत्तरी जिल्ला भेला सम्पन्न भएको छ । सम्पन्न सो जिल्ला भेलाले अरविन्द साहको अध्यक्षतामा ७५ सदस्यीय पार्टीको जिल्ला कमिटी गठन भएको छ ।
आजपा स्थायी कमिटीका सदस्य एवं महोत्तरी जिल्ला ईन्चार्ज राधेश्याम साहका अनुसार भेलाबाट पार्टीको जिल्ला उपाध्यक्षमा धनपत साह र सदिक नदाफ, सचिवमा रमेश भण्डारी, सहसचिवमा पंकज सिंह, रामहित राउत, रञ्जन साह र कोषाध्यक्षमा बबिता देवी पासवान रहेका छन् ।
यसैगरी सोही भेलाबाट आजपा निकटको आईटी आर्मीको महोत्तरी जिल्ला कमिटी समेत गठन भएको छ । सुबोध ठाकुरको अध्यक्षतामा गठन भएको आईटी आर्मी महोत्तरी जिल्ला कमिटीको उपाध्यक्षमा सुनिल ठाकुर, सचिवमा नितेश साह र कोषाध्यक्षमा राकेश भण्डारी रहेका छन् । १०१ सदस्यीय जिल्ला कमिटी रहेको छ ।
यस्तै आजपा निकटको आम महिला मोर्चाको महोत्तरी जिल्ला कमिटी ५१ सदस्यीय गठन भएको छ । कमिटीको अध्यक्षमा बबिता देवी, उपाध्यक्षमा मिना साह, सचिवमा रंगिना देवी र कोषाध्यक्षमा सावित्री देवी रहेका छन् ।
महोत्तरीको जलेश्वर स्थित अग्रवाल पार्टी प्यालेसमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विद्यार्थीको अनुपात र विषयगत शिक्षकको व्यवस्था हुनुपर्ने बताए । मधेसका बिद्यालयहरुमा विद्यार्थीको अनुपात र विषयगत शिक्षक नहुँदा यहाँको पठनपाठनमा समस्या हुनुका साथै मानव सूचांकमा मधेस पछाडी परेको छ ।
आजपा निकटको आम विद्यार्थी मोर्चाले विद्यार्थीको अनुपात र बिषयगत शिक्षकको माग गर्दै आन्दोलन गर्दै आएको छ । विद्यार्थी मोर्चाका अध्यक्ष बिबेक साहले आफूहरुको माग पुरा नभएसम्म आन्दोलनका साथै संघर्षका कार्यक्रम जारी रहने जनाएका छन् ।
एमालेको ६३ जिल्ला अधिवशेनबाट नयाँ नेतृत्व चयन
काठमाडौं । सत्तारुढ नेकपा (एमाले) पार्टीको हालसम्म ६३ जिल्ला अधिवशेनबाट नयाँ नेतृत्व चयन भएका छन्। यही जेठभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्न एमाले केन्द्रीय कार्यालयले जिल्लालाई निर्देशन दिएको थियो।
एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले इलाममा हालै उपनिर्वाचन सम्पन्न भएकाले हाल अधिवेशन नभएको, तेह्रथुममा आन्तरिक विवाद भई सङ्गठन विभागले अध्ययन गरिरहेको र मोरङमा आयोजक कमिटी भर्खरै गठन गरिएको जानकारी दिए।
शुक्रबार मात्रै रुपन्देही र नुवाकोटको जिल्ला अधिवेशन सम्पन्न भएको छ। मधेस प्रदेशको सिराहा, सप्तरी, धनुषाको जिल्ला अधिवेशनको मिति तोक्न बाँकी छ। गण्डकी प्रदेशको मनाङ, कर्णाली प्रदेशको डोल्पा र सुदूरपश्चिम प्रदेशको अछाम, बझाङ र डोटी जिल्ला अधिवेशनको मिति तोक्न बाँकी रहेको एमालेले जनाएको छ।
रौतहटको दुर्गा भगवतीमा बृक्षरोपण
काठमाण्डौँ । रौतहटको दुर्गा भगवती गाउँपालिकामा “जन्मदिनलाई सत्कर्ममा जोडौँ” अभियान अन्तर्गत शुक्रबार बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।
समाजमा सकारात्मक प्रभाव फैलाउन तथा ब्यक्तिका जन्मदिनलाई सत्कर्मसंग जोड्ने उदेश्यले एक कार्यक्रमको आयोजा गरी उपस्थित सम्पुर्णले आ–आफ्नो जन्मदिन सम्झिएर सार्वजनिक स्थलमा बृक्षरोपण गरी कार्यक्रम सम्पन्न भएको हो ।
बर्तमान समाजमा जन्मदिनको दिन केक काट्ने, रक्सी पिउने लगायतका बिदेशी रितीरिवाजलाई अन्त्य गर्दे जन्मदिनलाई कुनै पनि सत्कर्ममा जोडेर नेपालीहरुको छुट्टै महिमा स्थापित गर्ने उदेश्यले बृक्षरोपण कार्यक्रमको आयोजना गरिएको तराई बिकास तथा संञ्चार केन्द्र नेपालका अध्यक्ष तथा सो अभियानका संयोजक गोबिन्दप्रसाद चौलागाईले सम्पत्ति न्यूजलाई बताएका छन् ।
कार्यक्रममा महालेखापरीक्षक कार्यलयका उपमहालेखा परिक्षक पदमराज पौडेल गाउँपालिका अध्यक्ष शम्भु सिंह, उपाध्यक्ष शिला देबि, रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयका सुरेन्द्र घिमिरे, रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरे, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक बिक्रम हुमागाइ, प्रमुख जिल्ला वन अधिकृत शैलेन्द्रकुमार मिश्र, लगायतको उपस्थितिमा विभिन्न जातका बिरुवा रोपिएको छ ।
सो कार्यक्रममा दुर्गा भगवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठक र उनकी धर्मपत्नी अर्चना पाठकले आफ्नो २६ औँ बिवाह बर्षगाँठको उपलक्ष्मा समेत बृक्षरोपण गरेका थिए ।
तराई बिकास तथा संञ्चार केन्द्र नेपालले रौतहटको सिन्दुरेघारीबाट पहिलो पटक सुरुवात गरेको यो अभियान अहिले देशकै नयाँ र नमुना अभियान बनेको छ ।
नेपालमा वृक्षारोपण कार्यका लागि अन्तर्गका निकायहरू र समुदायमा आधारित वन उपभोक्ता समुहहरु, निजी वन धनी र आम नागरिक कार्यरत रहेका छन् । तर खासमा सरकारले चाँसो राख्नुपर्ने यो बिषयमा सरकार भने मौन छ ।
युवा तथा खेलकुद मन्त्रालय र राखेप बिच आवश्यक समन्वय नहुँदा प्रदेश र स्थानीय तहको बजेट कटौती
काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बीच बजेट निर्माणमा आवश्यक सहयोग तथा समन्वय नहुँदा खेलकुद पूर्वाधार निर्माणका लागि प्रदेश र स्थानीय तहमा जाने सशर्त अनुदान गुम्न पुगेको छ ।
अर्थ मन्त्रालयद्वारा तोकिएको समयसीमाभित्र योजना छनोट गरी पठाउनुपर्नेमा मन्त्रालय र परिषद्बीचको द्वन्द्वका कारण ती कार्यक्रम प्रभावित भएका हुन् । प्रदेश र स्थानीय तहको खेल पूर्वाधार निर्माणसम्बन्धी सशर्त अनुदान प्रस्ताव गरी अर्थ मन्त्रालय पठाइएकामा बजेट वक्तव्यपछि प्राप्त सूचनामा त्यस शीर्षकमा अनुदान रकम शून्य रहेको भनी लेखी आएको युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता शिवप्रसाद रेग्मीले जानकारी दिए ।
मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि खेलकुद पूर्वाधार निर्माण गर्न स्थानीय तहलाई रु ६१ करोड र प्रदेशलाई रु ५० करोड बजेट माग गर्ने निर्णय गरेको थियो । प्रवक्ता रेग्मीले भने, “प्रदेशगतरुपमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएकाले अहिले नै क्रमिकरुपमा खेल पूर्वाधारमा लगानी नगर्ने हो भने पछि एकै पटक गर्न खोज्दा हतारो हुन्छ । गुणस्तर गुम्न सक्छ ।”
नेपाल सरकारको प्रदेश–स्थानीय तह समन्वय परिषद्को सुझाव साना योजना प्रदेश र स्थानीय तहले आफै छनोट गरुन् भनी खेलपूर्वाधार निर्माण गर्न विगतको जस्तै यस पटक पनि मन्त्रालयले बजेटका लागि योजनासहित प्रस्ताव गरेको थियो । ‘एक पालिका, एक खेलकुद’को अवधारणाअनुसार विगत तीन आवदेखि उक्त कार्यक्रमका लागि बजेट विनियोजन हुँदै आएको थियो । थोरै बजेट आउने गरेकाले त्यो कार्यक्रम सबै पालिकामा पुग्न सकेको थिएन । उक्त बजेटबाट सात सय ५३ स्थानीय तहमध्ये विगतमा नसमेटिएका चार सय पालिकालाई सहयोग गर्ने मन्त्रालयको योजना थियो ।
मन्त्रालय र परिषद्बीचको द्वन्द्वले मन्त्रालयगत बजेट प्रविष्ट प्रणालीमा योजना समावेश गर्न ढिलाइ हुँदा त्यो कार्यक्रम प्रभावित भएको हो । मन्त्रालयले यस पटक स्थानीय तहलाई आफै योजना तोक्न दिने र त्यसका लागि कम्तीमा रु १२ लाख ५० हजारभन्दा बढी उपलब्ध गराउने निर्णय गरेको थियो । रासस
टी–२० विश्वकपः बंगलादेशको विजयी सुरु, श्रीलंकाले बुधबार नेपालसँग खेल्ने
बंगलादेशले आईसीसी टी-२० विश्वकप २०२४ मा श्रीलंकालाई २ विकेटले हराउँदै विजयी सुरुआत गरेको छ । बंगलादेशले समूह डी मा २ महत्वपूर्ण अंक जोडेको हो ।
१२५ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । तौव्हीद ह्दोयले २० बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४० रन बनाए । लिटन दासले ३८ बलमा २ चौका र १ छक्कासहित ३६ रन बनाए । महमुदूल्लाह रियाद १३ बलमा १ छक्कासहित १६ रनमा नट आउट रहे । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।
श्रीलंकाका तीव्र गतिका बलर नुवान थुषाराले ४ ओभरमाच १८ रन खर्चेर ४ विकेट लिएपनि जित दिलाउन सकेनन् । वानिन्दु हसरंगाले २, धनन्जय डि सिल्भा र मथिशा पाथिरानाले १–१ विकेट लिए ।
त्यसअघि डालस स्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरका ९ विकेट गुमाउँदै १२४ रन बनाएको थियो ।
ओपनर पाथुम निसांकाले २८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४७ रन बनाए । कुशल मेन्डिस १०, कामिन्दु मेन्डिस ४, धनन्जय डि सिल्भा २१, चरिथ असलंका १९ र दासुन शानकाले ३ रन बनाए । एन्जिलो म्याथ्युजले १९ बलमा १६ रन बनाए ।
बंगलादेशको जितमा लेग स्पिनर रिशाद हसनले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । मुश्ताफिजुर रहमानले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । तस्किन अहमदले २ र तान्जिम हसन सकिबले १ विकेट लिए ।समूह डी मा को श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित भएको थियो । श्रीलंकाले बुधबार नेपालसँग खेल्नेछ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।
चार सय केभीको तेस्रो ठुलो सब स्टेसन हेटौँडामा निर्माण
काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्याङमा ४०० केभी हेटौँडा सब स्टेसन निर्माण सम्पन्न भएको छ । ग्याँस इन्सुलेटेड प्रणाली ृजिआइएसे प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठुलो ४०० केभी हेटौँडा सब स्टेसन निर्माण सम्पन्न गरी शुक्रवारबाट सञ्चालन (चार्ज) मा ल्याइएको छ । यसै गरी, नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभर्याङमानै २२० र १३२-११ केभी क्षमताका सब स्टेसन निर्माण सम्पन्न गरी शुक्रबारनै चार्ज गरिएको छ ।
मुलुकभित्रको पूर्व–पश्चिम विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माण गरिएको जिआइएस प्रविधियुक्त स्वचालित ढल्केबर मुलुककै पहिलो, इनरुवा दोस्रो र हेटौँडा तेस्रो ठुलो सब स्टेसन हो ।
हेटौँडा सब स्टेसनको निर्माण सम्पन्न भएसँगै करिब ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पूर्वाधार संरचना तयार भएको छ । हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भएपछि ढल्केबरबाट पूर्व–पश्चिम ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिने हुँदा आन्तरिक रूपमा विद्युत् आपूर्ति थप सुदृढ हुने र भारतसँगको विद्युत् व्यापार थप विस्तार हुने छ । आयोजनाअन्तर्गत ढल्केबर–इनरुवा खण्ड निर्माण अन्तिम चरणमा छ भने हेटौँडा–ढल्केबर खण्ड निर्माणाधीन छ । हेटौँडा उपमहानगरपालिकाका १५, १६, १७ र ११ नम्बर वडाहरूमा स्थानीयहरूको अवरोधका कारण प्रसारण लाइन निर्माण सम्पन्न हुन सकिरहेको छैन । अवरोध नभएका ठाउँमा निर्माण भइरहेको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हेटौँडा सब स्टेसनबाट स्थानीय रूपमा पनि विद्युत् आपूर्ति गरिने हुँदा हेटौडा, भरतपुर, सिमरा तथा वीरगन्ज क्षेत्रको विद्युत् आपूर्तिलाई थप भरपर्दो र गुणस्तरीय बनाउन सहयोग पुग्ने बताए।
कार्यकारी निर्देशक घिसिङले भने, ‘नेपालका मध्य क्षेत्रका नदी कोरिडोरका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा प्रवाह गरी देशभित्र खपत गरी बचत भएको विद्युत् हेटौडा– ढल्केबर ४०० केभी प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गर्न थप सहज हुने छ, सबस्टेसनले हेटौँडाबाट भरतपुर बर्दघाट हुँदै नयाँ बुटवल सब स्टेसनसम्म विद्युत् प्रवाहका लागि सहजता प्रदान गर्ने छ ।’
हेटौँडा सवस्टेसनलाई आवश्यकता अनुसार भविष्यमा थप विस्तार गर्दै जान मिल्ने गरी निर्माण गरिएको आयोजना प्रमुख शुक्र देवकोटाले बताए । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसीेबाट नुवाकोटको रातमाटेबाट निर्माण हुने ४०० केभीको डबल सर्किट प्रसारण लाइन हेटौँडा सबस्टेसनमा ल्याएर जोडिने छ । यसका लागि हेटौँडा सबस्टेसनमा आवश्यक पूर्वाधार संरचना निर्माण गरिसकिएको आयोजना प्रमुख देवकोटाले उल्लेख गरे ।
राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत सरकार र प्राधिकरणको संयुक्त लगानीमा हेटाडा, ढल्केबर इनरुवा ४०० केभी सवस्टेसन विस्तार आयोजना सुरु गरिएको थियो । आयोजनाअन्तर्गतका तीन वटै सब स्टेसन निर्माण सम्पन्न भएका छन् ।
हेटौडा ४०० केभी सवस्टेसन निर्माणका लागि डिसेम्बर २०१८ ठेक्का सम्झौता गएको थियो । सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलियतपूर्ण ऋणमा नेपाल भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट निर्माण गरिएको २२०-१३२-१ १ केभी हेटौडा सवस्टेसन निर्माणका लागि डिसेम्बर २०१८मा ठेक्का सम्झौता भएको थियो । ४००, २२० र १३२ केभी हेटौँडा सब स्टेसनको अनुमानित लागत तीन अर्ब रुपैयाँ रहेको छ ।
विश्वव्यापी फैलिएको कोरोना महामारी र त्यसको नियन्त्रण तथा रोकथामका लागि लागू गरिएको बन्दाबन्दीले निर्माण प्रभावित भएको थियो । कोरोना महामारीको कारणले सवस्टेसन जडान हुने विभिन्न उपकरणहरू र प्राविधिकहरू पूर्व निर्धारित समयमा नै आयोजना स्थलसम्म आई नपुगेको तथा अन्य कारणले आयोजनाको निर्माणमा केही ढिलाइ भएको थियो । गोरखापत्रबाट
देशका ६९ जिल्लामा फैलियो डेंगु
काठमाडौँ । देशका ६९ वटा जिल्लाबाट एक हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्रअन्तर्गतका किटजन्य शाखाका प्रमुख डा।गोकर्ण दाहालले सन् २०२४ यता ६९ जिल्लाबाट एक हजार १०५ जनामा डेंगु पुष्टि भएको जानकारी दिए ।
डेंगु सङ्क्रमण सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ । बागमतीमा प्रदेशमा ३८९, कोशी प्रदेशमा २६४ जनामा पुष्टि भएको छ ।
त्यसैगरी, मधेश प्रदेशमा २९, गण्डकी प्रदेशमा १७०, लुम्बिनी प्रदेशमा १२९ कर्णली प्रदेशमा १५ र सुदूरपश्चिममा ११३ जनामा डेंगु पुष्टि भएको डा. दाहालले बताए ।
जिल्लाअन्तर्गत काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । काठमाडौँमा ११२, झापामा १०९ जनामा डेंगु पुष्टि भएको छ । त्यसैगरी, चितवनमा ७३, मकवानपुरमा ५८, सिन्धुपाल्चोकमा ४४, तनहुँ ३९, ओखलढुङ्गामा ३८, रुपन्देहीमा २८, डोटीमा ३० र भक्तपुरमा २७ जनामा डेंगु पुष्टि भएको छ । गत वर्ष ५२ हजार ७९० जनामा डेंगु पुष्टि भएको थियो ।
लामखुट्टेको टोकाइबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन डा. दाहालको सुझाव छ ।
नेपाल पशु चिकित्सा परिषद्ले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पायो
काठमाडौँ । नेपाल पशु चिकित्सा परिषद्ले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ः२०१५ प्राप्त गरेको छ ।
परिषद्ले व्यवस्थापकीय राम्रो भएको आधारमा आइएसओ ९००१ः२०१५ गुणस्तरको अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गर्न सफल भएको हो ।
परिषद्का रजिस्ट्रार डा. मनोज कुमार शाहीले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत पहिलो र सार्वजनिक संस्थानहरूमध्ये पनि पहिलो आइएसओ ९००१ः२०१५ प्राप्त गरेको बताए ।
आईएसओ प्राप्त भएसँगै परिषद्को नागरिक पत्र मार्फत दिइने सबै सेवाहरू र कार्यालय व्यवस्थापन एक अन्तर्राष्ट्रिय स्तरको भएको प्रमाणित भएको छ ।
नेपाल पशु चिकित्सा परिषद्ले विशेष गरी नेपालका पशु चिकित्सकहरूको लाइसेन्सिङ परीक्षा लिने, नाम दर्ता गर्ने, भेटेरिनरी पढाई हुने शैक्षिक संस्थाको नियमन गर्ने, पशु चिकित्सकहरूको क्षमता विकासका लागि निरन्तर शिक्षा तथा तालिम प्रदान गर्ने, भेटेरिनरी सेवाको गुणस्तरका लागि जनशक्तिहरूको आचारसंहिता कार्यान्वयन गर्ने लगायतका कार्य गर्दै आएको छ ।
पछिल्लो समय आधुनिकतालाई मध्यनजर गर्दै परिषद् पूर्णरुपमा ‘डिजिटलाइज’ भएको छ शाहीले बताए । ‘सबै सेवाग्राहीहरुले आफू बसेको ठाउँबाटै द्रुत गतिमा सबै सेवा लिने प्रणालीको विकास भएको छ,’ उनले भने ।
मधेश प्रदेशः मुख्यमन्त्री सतिशकुमारले शपथ लिए
काठमाडौँ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले शपथ लिएका छन् ।
जनमत पार्टीका सिंहलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ गराइन् । पण्डितले खोजेको शुभमुहूर्तको समयमा उनले शपथ गरे ।
मुख्यमन्त्री सिंहलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थन छ ।
सप्तरी क्षेत्र नम्बर २ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित सिंह तिलाठी गोइलाठी गाउँपालिका ४ स्थायी बासिन्दा हुन् । लोसपाबाट राष्ट्रियसभा सदस्य रहेका बुवा शेखरकुमार सिंह पनि शपथ ग्रहण समारोहमा उपस्थित थिए ।