अन्तरिक राजस्व बिभागको सक्रियताले राजस्वमा वृद्धि

काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको छ । चालु आवको ११ महिनामा रु ४१ अर्ब १९ करोड राजस्व सङ्कलन भएको छ ।
आन्तरिक राजस्व विभागका अनुसार गत वर्ष सोही अवधिमा रु ३७ अर्ब सङ्कलन भएको थियो । यो वृद्धि ११ दशमलव ३० प्रतिशतले बढी हो । चालु आवको जेठ मसान्तसम्म रु चार खर्ब ४८ अर्ब राजस्व सङ्कलन भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा नौ दशमलव ६४ प्रतिशतले बढी हो ।
गत वर्ष जेठ मसान्तसम्मको राजस्व असुली रु चार खर्ब आठ अर्ब थियो । गत वर्षभन्दा चालु आवको यो अवधिसम्म रु ४० अर्बले राजस्व सङ्कलनमा वृद्धि भएको विभागका महानिर्देशक शिवलाल तिवारीले जानकारी गराएका छ्न।
आयकर (भाडा र ब्याजसमेत) बाट रु दुई खर्ब ३२ अर्ब, मूल्य अभिवृद्धिकर (आन्तरिक)बाट रु एक खर्ब १२ अर्ब र अन्तःशुल्कबाट रु ९५ अर्ब सङ्कलन भएको छ । महानिर्देशक तिवारीका अनुसार स्वास्थ्य सेवा, शिक्षा र अन्यबाट रु आठ अर्ब राजस्व उठेको छ । हालसम्म लक्ष्यको ७८ दशमलव पाँच प्रतिशत रकम असुली भएको छ ।
गत वर्षको सोही अवधिको तुलनामा राजस्व सङ्कलनमा वृद्धि भए पनि सरकारले चालु आवमा निर्धारण गरेको लक्ष्यमा भने पुग्न सकेको छैन । राजस्व योगदानमा करदाता कार्यालयहरूमध्येको ठूला करदाता कार्यालयको हिस्सा करिब ४० प्रतिशत छ । यो कार्यालयले रु एक खर्ब ७५ अर्ब सङ्कलन गरेको छ । ठूला करदाता कार्यालयको राजस्व असुली लक्ष्य रु दुई खर्ब ३८ अर्ब थियो ।
वार्षिक एक अर्बभन्दा बढीको कारोबार गर्ने करदाताबाट ठूला करदाता कार्यालयले कर सङ्कलन गर्दै आएको छ । एक अर्बभन्दा बढीको कारोबार गर्ने करदाता सङ्ख्या पाँच सय ४५ छन् । कोरोना महामारीलगायत विविध कारणले केही वर्षयता अर्थतन्त्रमा आएको सुस्तताका कारण राजस्व सङ्कलनमा कमी आए पनि चालु आवको उत्तराद्र्धमा अर्थतन्त्रमा भएको सुधारले राजस्व सङ्कलनमा वृद्धि भएको महानिर्देशक तिवारी बताउँछन् ।

अन्तःशुल्कमा बढाइएको निगरानी, धितोपत्र बजार र घरजग्गा व्यवसाय कारोबारमा भएको वृद्धि तथा पुँजीगत खर्चमा भएको वृद्धिले पनि राजस्व सङ्कलनमा सकारात्मक प्रभाव परेको उनी बताउँछन् । बिभागमा योजनाबद्द ढंगले काम अगाडि बढाउन लागि परेका महानिर्देशक तिवारीलाई सघाउने काबिल प्रशासक उपमहानिर्देशक पार्वती शर्मा काफ्ले जस्ता अनुभवी राष्ट्रसेवकको अथक मेहनतका कारण पनि राजस्वमा सुधार आएको बिभाग नियाल्नेहरुको भनाई छ।

दुग्धमा मिसावट गराउने कर्मचारी गिरोहका कारण थलिदै गएको दुग्ध बिकास सस्थान

काठमाडौ ।तोकिएको दिन किसानले भुक्तानी पाउन छाडेको बर्षौ भयो भने बेलाबेलामा दुग्ध पदार्थमा मिसावट भयो भन्ने गुनासो भित्रको रहस्य मुख्य मतियार सस्थान भित्र कार्यरत कर्मचारी नै भएको तथ्य बिस्तारै बाहिरिएको छ।

बजारमा दुग्ध माफियाको सेटिङ्गमा सस्थान भित्र बसेर चलखेल गर्ने अशोक जैसवाल प्रवृत्तिबाट सस्थान थङथिलो बन्दै गएको छ।पाचौं तहमा कार्यरत कर्मचारीले त घर मात्रै बनाएका छैनन राजधानीमा निजि जग्गा ठाउँ ठाउँमा जोड्ने तर सस्थान भने घाटामा गैरहने यस्को खोजी गर्नेपर्ने जरुरी देखिन्छ।बालाजु आयोजनामा कार्यरत जैसवालले बदमासी गरे सगै छानबिनका निम्ति तीन सदस्यीय समिती बनाउनु परेको यथार्थ एकातिर छ प्राप्त जानकारी अनुसार दोषी आरोपित अशोक जयसवाल सहायक कर्मचारी पाँचौ तह बालाजुमा कार्यरत हुन ।

उनको धन्धा भनेको तोकिएको काम नगर्ने हाकिम लाई तथानाम गाली गर्ने किर्ते उजुरी तयार गर्ने र सस्थाका इमानदार कर्मचारी लाई भडकाउने जस्ता काम गर्ने गरेका थिए।उनले किसानको दुध खरिदमा हिनामिना गरेको काण्डमा अख्तियारमा उजुरी पर्दा सम्म उनि गलेका देखिदैनन । बजारमा दुधका बेचौलिया सग जम्मा गरेको रकमले श्रीमतीको नाममा एउटा अनलाइन खोलेर पछिल्ला दिनमा आफू कार्यरत सस्थाका माथिल्ला कर्मचारीका बारेमा तथानाम ,कपोलकल्पित भ्रामक कुरा प्रचारप्रसार गराइएको तर्फ कतिपय कर्मचारीले प्रेस काउन्सिल लाई गुहारी सकेको समाचार छ।

सार्वजनिक सस्थामा जागिर खाएर श्रीमतीको नाममा मिडिया खोलेर त्यही सस्था धरासही बनाउने लाई कस्तो कार्वाही हुन्छ त्यस बिषयमा समेत बहस शुरु भएको बताइएको छ। किसानले बेच्न दुध खरिदबिक्रीमा घोटाला गर्ने यस्ता मतियार लाई उक्साउने सरस्वती जोशी ,मनहरी किन तिनलाई साथ दिइरहन्छ्न अख्तियारले थप अनुसन्धान गहिराईमा पुगेर गर्नुपर्ने देखिन्छ।

– युवराज झा बाट

३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौं । अर्घाखाँची सन्धिखर्क नगरपालिका–६ फुदवाङदेखि गुल्मी रेसुङ्‍गा नगरपालिका–७ उनायचौर (तम्घास) सम्मको १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सकिएको छ ।

त्यसैगरी सोही प्रसारण लाइनअन्तर्गत उनायचौरमा १३२ केभी तम्घास सबस्टेसन पनि निर्माण पूरा भएको छ । नेपाल विद्युत् प्राधिकरणले सन्धिखर्क–तम्घास करिब १६ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन र १३२ केभी तम्घास सबस्टेसन पूरा गरी बुधबारबाट सञ्चालनमा ल्याएको हो ।

उक्त सबस्टेसनमा १३२/३३ केभी, ३० एमभीए र ३३/११ केभी, १६ एमभीए क्षमताका पावर ट्रान्सफर्मर छन् । प्रसारण लाइनबाट करिब २ सय मेगावाट विद्युत् प्रवाह हुन सक्छ ।

सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्ति गर्न तीन वटा ३३ केभीका र चार ११ केभीका फिडर निर्माण गरिएका छन् । त्यसमध्ये ३३ /११ केभीका दुईरदुई फिडर सञ्चालनमा ल्याई स्थानीय रूपमा विद्युत् आपूर्ति गरिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि मुख्यगरी गुल्मीको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनुका साथै प्राविधिक चुहावट पनि कम हुने बताए ।

तारकेश्वरमा ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियान अन्तर्गत बृक्षरोपण र निशुल्क दन्त शिविर

काठमाण्डौँ । तार्केश्वर नगरपालिका–४ नागार्जुन जंगल क्षेत्रमा बृहत बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायको प्रमुख आथित्यतामा आज (बिहीबार) वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सचिव उपाध्यायले समाज र राष्ट्रकै वातावरणको हितका लागि नौलो र पहिलो अभियानमा सामेल हुने अवसर पाएकोमा खुसी व्यक्त गर्दे आयोजक संस्था प्रति आभार समेत प्रकट गरे ।
उनले यो अभियानलाई देशव्यापाी बनाउन सकिएमा प्रकृतिको संरक्षणमा ठुलो योगदान पुग्ने बताए । विश्वमा जलवायू परिवर्तनका कारण विभिन्न समस्याहरु देखिएको चर्चा गर्दै उनले जलवायू परिवर्तनको असर रोक्न वृक्षरोपण जस्ता कार्यक्रमले प्रभावकारी भुमिका निर्वाह गर्ने भएकाले यस्ता अभियानमा सबै पक्ष जोडिनुपर्ने आवश्यकता औल्याए । उनले यस्ता अभियानलाई सफल बनाउन सरकारी स्तरबाट पनि सक्दो पहल गर्ने प्रतिवद्धता जनाए ।
तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा आयोजित रौतहटबाट पहिलोपटक सुरुवात गरिएको ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियान अन्तर्गत सहभागी सबैले आ–आफ्नो जन्मदिन सम्झिएर लालुपाते, जाईफुल, अम्बा,कागती लगायतका बिरुवा रोपिएको अभियानका संयोजक तथा आयोजक संस्थाका अध्यक्ष गोविन्दप्रसाद चौलागाईले सम्पत्ति न्यूजलाई बताए । उनले यो अभियानलाई बिश्वभर पुर्याएर नेपाल र नेपालीको गौरव गर्न लायकको अभियान बनाई जन्मदिन लगायत शुभकार्यहरुमा सत्कर्म गर्न आग्रह गरे ।
अभियानको बृक्षारोपण कार्यक्रममा उपस्थित बिशिष्ट अतिथी तथा सुचना तथा प्रशारण बिभागका महानिर्देशक बलराम रिज्यालले सबै नेपालीले आफ्नो जन्मोत्सवमा बिकृतीजन्य गतिबिधीहरु नगरी स्मरण योग्य कार्य गरी एकअर्कामा स्वागतयोग्य सत्कर्मको थालनी गर्नुपर्ने बताएका छन् ।
यसैगरि तारकेश्वर नगरपालिका वार्ड नं ४ का अध्यक्ष नरेन्द्र दास श्रेष्ठले वृक्षरोप जस्तो पवित्र कार्यमा जोडिन पाउदा अत्यन्तै खुशी लागेको र यस्तो कार्यलाई नगरपालिका र वार्ड कार्यालयहरुले पनि अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए ।
ओम समाज डेन्टल अस्पतालका अध्यक्ष वरिष्ठ डा. सुभाष घिमिरेले सरकर्मको अभियानले समाज रुपान्तरण गर्न मद्दत पुग्नेभएकाले सबैले यो अभियानमा जोडिन आग्रह गर्नुभयो । ॐसमाज डेन्टल अस्पताल चाहबिलले आयोजना गरिएको निशुल्क दन्त शिबिर उदघाटनका क्रममा डाक्टर घिमिरेले भन्नुभयो आज बाट तारकेश्वर ४ बाट शुरु गरेको शुभ दिनलाई अवसर पारेर वडाका सबै नागरिकलाई दन्त उपचारका निम्ति विशेष छुटको योजना वडा सग सम्झौता नै गर्न आग्रह गर्नुभयो ।, नेपाल सरकारका उपसचिव नवराज अधिकारीले यस्ता सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह हुने भन्दै आफनो जन्म दिनमा पनि सतकर्ममा जोडिने एक्यवद्धता जनाउनुभयो।
कार्यक्रममा पत्रकार पुकार तिमल्सिना, राष्ट्रसेवक कर्मचारी मनोज थापा, सृजनशील महिला समाजकी अध्यक्ष सुष्मा रेग्मी,योग साधना केन्द्रका राधिका महर्जन, सुवास थापा,४ नं वडाका सदस्यहरु अर्जुन घिमिरे, विन्दु थापा,आशिया ठाकुर, राजेन्द्र घिमिरे, वडाका अग्रज जेष्ठ सदस्य लगायत कार्यक्रममा उपस्थित सम्पुर्णले जनता, समाज र राष्ट्रकै हितका लागि समर्पित यो अभियानमा जोडिएर बृक्षरोपण गरी सत्कर्म गर्न पाउँदा ज्यादै हर्षित भएको बताएका छन् ।
सो अभियानको बृक्षारोपण कार्यक्रमका एक्यवद्धता जनाउदै बिशिष्ट अतिथी तथा समाचारपत्र राष्ट्रिय दैनिकका प्रधान सम्पादक सागर पण्डितले नागार्जुन क्षेत्रमा वृक्षरोपण गरी आफनो जन्मदिन मनाएका हुन् । जन्मदिनको उपलक्ष्यमा गुरु रमेश नेपालको रचना र स्वरको शुभजन्मोत्सवको गीतसँगै कार्यक्रममा उपस्थित सम्पुर्णले शुभकामना सहित बृक्षरोपण गरी साथ दिएका थिए ।
वृक्षरोपण कार्यक्रम सम्पन्न भएलगत्तै जन्मदिनलाई सत्कर्मसँग जोडौ अभियान अन्तर्गत तारकेश्वर ४ को वडा कार्यालयमा वृहत निशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको थियो । सो शिविरमा ओम समाज डेण्टल अस्पतालका वरिष्ट दन्त विशेषज्ञ डा.शुभाष घिमिरे नेतृत्वको चिकित्सकको टोलीले स्थानीय १ सय जना भन्दा बढिको निशुल्क उपचार र दाँत परिक्षण गरेको थियो ।
गत सोमबार पशुपतिनाथको मन्दिर मृगस्थलीमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाल, डा. भगवान कोईराला नायिका पुजा शर्मा पुर्व मिस नेपाल सुगारिका केसी लगायत देशैकै चर्चित कलाकारहरुले यो अभियानमा एक्यवद्धता जनाउदै बृक्षरोपण गरेका थिए ।

जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानमा एक्यवद्धता जनाउदै कार्यक्रममा प्रमुख अतिथी रहेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायले आफ्नो जन्मदिनको स्मरण गरी बृक्षरोपण गर्दे
जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानमा एक्यवद्धता जनाउदै सुचना तथा प्रशारण बिभागका महानिर्देशक बलराम रिज्यालले आफ्नो जन्मदिन स्मरण गरी बृक्षरोपण गर्दे
जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानमा ओम समाज डेन्टल अस्पतालले आयोजना गरेको निशुल्क दाँतको उपचार गर्न प्रतिक्षामा वडा नम्बर ४ का सर्वसाधारण
जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानमा एक्यवद्धता जनाउदै उत्साहका साथ बृक्षरोपण गर्दे
जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानमा एक्यवद्धता जनाउदै आफ्नो जन्मदिनको अवसरमा बृक्षरोपण गर्दे सम्पादक सागर पण्डित
जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानमा एक्यवद्धता जनाउदै आफ्नो जन्मदिनमा बृक्षरोपण गरे पश्चात वरिष्ठ डा.सुभाष घिमिरेद्धारा दाँतको उपचार गराउदै सम्पादक सागर पण्डित

सातवटै प्रदेशको बजेट सार्वजनिकः कृषि, पूर्वाधार, पर्यटन र सूचना प्रविधि क्षेत्रमा प्राथमिकता

काठमाण्डौ । सातवटै प्रदेशले आउँदो आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छन् । सबै प्रदेशको बजेटमा कृषि, पूर्वाधार, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्र प्राथमिकतामा परेको छ । सबै प्रदेशको गरी कुल दुई खर्ब ७८ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक भएको छ । जुन चालू आर्थिक वर्षको तुलनामा झन्डै दुई अर्ब रुपियाँले कम हो ।

आन्तरिक स्रोत परिचालनमार्फत राजस्व सङ्कलन बढ्ने अवस्था नदेखिएको र संघले कतिपय शीर्षकका अनुदान कटाएपछि प्रदेशमा बजेटको आकार घटेको हो । कोशी प्रदेशले चालू आर्थिक वर्षको तुलनामा ८६ करोड घटाएर आउँदो आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

मधेस प्रदेशले चालू आर्थिक वर्षकोभन्दा करिब २२ करोड रुपैयाँ घटाएर ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको छ । बाग्मती प्रदेशले चालू आर्थिको वर्षको तुलनामा झन्डै दुई अर्ब रुपैयाँ बढाएर आउँदो आर्थिक वर्षका लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएको छ ।

गण्डकी प्रदेशले पनि चालू आर्थिक वर्षको तुलनामा करिब एक अर्ब रुपैयाँ घटाएर ३२ अर्ब ९६ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेशले चालू आर्थिक वर्षको तुलनामा डेढ अर्बले घटाएर ३८ अर्ब ९५ करोड ९५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

कर्णाली सरकारले चालू आर्थिक वर्षको तुलनामा दुई अर्ब रुपैयाँले ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । सुदूरपश्चिम सरकारले दुई अर्ब रुपैयाँ बढाएर ३१ अर्ब ६२ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको छ ।

दर्जनभन्दा बढी सहकारी ठगीको आरोप लागेका जीबी राई मलेसियामा

चितवन । दर्जनभन्दा बढी सहकारी ठगीको आरोप लागेका जीबी राई मलेसियामा भएको पत्ता लागेको गृहमन्त्री रवि लामिछानेले बताएका छन् ।

श्री एयरलाइन्सको परीक्षण उडानका लागि भरतपुर आएका लामिछानेले पत्रकारसँग कुराकानी गर्दै राईको लोकेसन पत्ता लागेको र उनलाई नेपाल ल्याउने विषयमा पहल थालिएको बताए । मन्त्री लामिछानेले राईको मलेसियास्थित लोकेसन कन्फर्म गरिएको दाबी गरे ।

‘उनी कहाँ छन् भन्ने कुरा जानकारी भइसक्यो,’ गृहमन्त्री लामिछानेले भने, ‘मलेसियाको गृहमन्त्रीसँग पनि मेरो कुराकानी भएको छ ।’

राई ग्लालेक्सी टिभीको अध्यक्ष रहँदा लामिछाने प्रवन्ध निर्देशक भएर काम गरेका थिए । सहकारी ठगीको मुद्दामा राईसँगै लामिछाने पनि आलोचित छन् ।

पशुपति मन्दिरको भेटी चोरी गर्ने पाँच जना पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । पशुपति मन्दिरको भेटी चोरी आरोपमा पक्राउ परेका पाँच पुर्पक्षका लागि कारागार चलान भएका छन् । एक जना धरौटीमा छुटेका छन् । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश कपिमणि गौतमको इजलासले पाँच जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।

अदालतको आदेशपछि चोरी आरोपमा पक्राउ परेका पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी र मन्दिरका ब्राह्मण नवराज घिमिरेसहित सञ्जय कपाली, कुमार दमाई र अनिल परियार कारागार चलान भएका हुन् ।

उनीहरुलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको प्रहरी वृत्त गौशालाका डीएसपी केशवकुमार थेबेले बताए । त्यसैगरी पक्राउ मुद्दा चलाइएका मध्ये सत्यनारायण जोशी भने रिहा भएका छन् । उनलाई ३ लाख धरौटीमा छाड्नु भन्ने आदेश आएपछि धरौटी तिरेर हिरा भएको उनले बताए ।

६ जनाविरुद्ध २ करोड ३० लाख १ हजार बिगो मागदाबी गर्दै चोरीको कसुरमा मुद्दा चलाइएको थियो ।

राजनीतिक परिवर्तनमा महिलाहरूको ठुलो योगदान छः सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राजनीतिक परिवर्तनमा महिलाहरूको ठुलो योगदान रहेको बताएका छन् । आज काठमाडौँमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला सङ्घको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले आगामी दिनमा नेतृत्व विकासमा पनि महिलाहरूको अग्रणी भूमिका रहेको खण्डमा नेपालको राजनीतिक नेतृत्व अझ अघि बढ्न सक्ने बताए ।

उनले महिलाहरूलाई अहिले समावेशी, समानुपातिकको रूपमा महिलाहरूलाई ठाउँ दिइएको उल्लेख गर्दै महिलाहरूको भूमिका अझ बढी र प्रभावकारी, सशक्त हुने विश्वास व्यक्त गरे । नेपाली कांग्रेस भित्र महिलाहरुमा अन्तर्घातको रोग रहेको जिकिर गर्दै उनले पार्टीमा अन्तर्घातको रोगबाट मुक्त गरेको खण्डमा महिलाहरूलाई अझ बढी मौका मिल्ने विश्वास व्यक्त गरे । उनले अहिले संसारभर नै महिलाहरूको अधिकार, समावेशीकरण, समानुपातिक विकासका लागि आवाज उठिरहेको र नेपालमा महिला राष्ट्रपति विद्यादेवी भण्डारी भइसकेको उल्लेख गर्दै उनी जस्तै योग्य बन्न आग्रह गरे ।

निर्वाचनमा पार्टीबाट महिलालाई सिटको व्यवस्था गर्न आफूसँग कुरा गरेको उल्लेख गर्दै नेपाली कांग्रेसले उठाएका उम्मेदवारहरू चुनावमा पराजय हुने भएकाले पराजय हुने कुरालाई कसरी जित दिलाउने भन्नेतर्फ सोच्न उनले आग्रह गरे । सभापति देउवाले महिला सशक्तीकरणको अभियानलाई अघि बढाउन आग्रह गरे ।

चीनको सिचुवान प्रान्तका भ्वाइस गभर्नर र गृह सचिव अर्यालबीच भेटवार्ता, यी विषयमा छलफल

काठमाडौँ । गृह सचिव एकनारायण अर्याल र चीनको सिचुवान प्रान्तका भ्वाइस गभर्नर तथा सिचुवान प्रान्तको सार्वजनिक सुरक्षा विभागका कमिस्नर ये हान्बिङबीच भेटवार्ता भएको छ ।

गृह सचिव अर्यालको निमन्त्रणमा हान्बिङको नेतृत्वमा आएको पाँच सदस्यीय चिनियाँ टोलीले गृह सचिव अर्याल नेतृत्वको प्रतिनिधिमण्डलसँग द्विपक्षीय छलफल गरेको छ ।

बुधवार दिउँसो गृह मन्त्रालयमा भएको भेटघाटको सुरुवात गर्दै गृह सचिव अर्यालले नेपाल सरकार र सिचुवान प्रान्तीय सरकारबिच मैत्रीपूर्ण सम्बन्ध रहेको बताउँदै सीमा सुरक्षा लगायत दुवै देशको सामाजिक, आर्थिक एवं पारस्परिक हितका विषयमा जोड दिए ।

सीमा सुरक्षामा समन्वय एवं सहकार्यमा जोड दिँदै गृह सचिव अर्यालले पूर्वाधार विकासमा चीनको सहयोगको उच्च प्रशंसा गरे । सचिव अर्यालले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण तथा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा नेपाल सरकार र चीनबिच भएको विपद् जोखिम न्यूनीकरण र आपत्कालीन प्रतिकार्यमा सहयोगसम्बन्धी समझदारी पत्र कार्यान्वयनमा ध्यानाकर्षण गराउँदै थप सहयोगको अपेक्षा रहेको बताए ।

गृह सचिव अर्यालले सीमापार अपराध नियन्त्रणका लागि सीमा क्षेत्रमा खटिने दुवै देशका सुरक्षा अधिकारीहरूको बीचमा सहकार्य हुनुपर्ने धारणा राखे । उनले विपद् बाट हुने क्षति नियन्त्रणका लागि पूर्व सूचना प्रणालीको आवश्यकता माथि जोड दिए। यसका साथै विपद् पूर्व सूचना तथा प्रतिकार्यका लागि प्रविधि तथा उपकरणको सहयोगको अपेक्षा रहेको बताए । नेपाली सुरक्षा निकायको क्षमता अभिवृद्धि र आधुनिकीकरणमा निरन्तर सहयोग गर्न उनको आग्रह थियो ।

सिचुवान प्रान्तका भ्वाइस गभर्नर तथा सिचुवान प्रान्तको सार्वजनिक सुरक्षा विभागका कमिस्नर ये हान्बिङले सीमामा अवैध गतिविधि नियन्त्रण र व्यवस्थापन, सीमापार अपराध नियन्त्रण, नेपालमा चिनियाँ लगानीको संरक्षण र विशेष गरी सीमावर्ती क्षेत्रमा वन्यजन्तु अपराध नियन्त्रणमा कानुन कार्यान्वयनमा जोड दिए ।

चिनिया प्रतिनिधि मण्डलले गृहमन्त्री लामिछाने सँगसमेत भेट गरेको छ । भेटमा सुरक्षा सम्बन्धलाई सुदृढ गर्ने र द्विपक्षीय सहयोग प्रवर्द्धन गर्ने विषयमा छलफल भएको छ । विपद् व्यवस्थापन सम्झौता कार्यान्वयन, नेपाली सुरक्षा निकायलाई सहयोग र सीमा व्यवस्थापन लगायतका विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ ।

गृह सचिव अर्यालले हान्बिङ र चिनियाँ प्रतिनिधिहरूको सम्मानमा दिउँसो दिवा भोजको आयोजना गरेका थिए ।

डीडीसींले रकम भुक्तानी नगरेको भन्दै दुग्ध किसानको प्रदर्शन जारी

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसीं) ले रकम भुक्तानी नगरेको भन्दै आन्दोलनरत दुग्ध किसानहरु आज धर्नामा बसेका छन् । उनीहरु लैनचौरस्थित डीडीसी कार्यालय नजिक धर्नामा बसेका हुन् । उनीहरुले बुधबार डीडीसीको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका थिए ।

बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएको छलफल निष्कर्षविहीन भएपछि किसानहरुले आन्दोलनलाई जारी राखेका छन् । यो विषयमा मन्त्री ज्वाला कुमारी साहले अर्थमन्त्रीसँग पनि छलफल गर्ने तयारी गरेकी छन् ।

सरकारले विगतमा सहमति गरे पनि ७ महिनादेखि दूधको भुक्तानी नगरेको भन्दै किसानहरु आन्दोलित भएका हुन् । केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरका अनुसार गत वैशाखमा रकम थोरै भुक्तानी भए पनि लगातार भुक्तानी नहुँदा समस्या परेको बताए । उनका अनुसार किसानले अझै ४ अर्ब रुपैयाँभन्दा धेरै भुक्तानी पाउन बाँकी छ ।

किसानहरुले बुधबार डीडीसीको कार्यालयमा तालाबन्दीको प्रयास गरेका थिए । त्यसपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित ७ जनालाई भ्रष्टाचार मुद्दा

काठमाडौँ । विशेष अदालतले मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित ७ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेषले उनीहरूलाई जनही २ देखि ८ वर्षसम्म कैद पनि निर्धारण गरेको हो।

यसअघि जेठ १८ गते दोषी ठहर गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० कात्तिक २० गते दायर गरेको मुद्दामा अन्तिम निर्णय सुनाउँदै विशेष अदालतले ७ जना अधिकृतहरूलाई भ्रष्टाचारी ठहर गरेको थियो ।

मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूपबहादुर बोगटी, गोपाल ढुंगाना, पदम प्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी, किरणप्रसाद उपाध्याय र कम्प्युटर अधिकृत कुमोद भण्डारीलाई भ्रष्टाचारी ठहर गरेको थियो ।

विशेषले मालपोत अधिकृत मिश्रलाई ८ वर्ष, बोगटीलाई ८ वर्ष, ढुङ्गानालाई ४ वर्ष, अर्याललाई २ वर्ष र तिवारीलाई ८ वर्ष कैदको सजाय निर्धारण गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायण राई र रामबहादुर थापाको इजलासले उनीहरूलाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो । राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध विशेष अदालतले दोषी ठहर गर्ने क्रममा जेल सजाय जरिवाना सुनाएको छ ।

उता मिश्र र बोगटीले जनही १ करोड २५ लाख ११ हजार ९९ सय ९० बिगो तिर्नुपर्ने भएको छ । त्यस्तै ढुंगानाले ३५ लाख ४५ हजार ९५०, अर्यालले १६ लाख ८१ हजार ६०० र तिवारीले १ करोड २५ लाख ११ हजार १९० रुपैयाँ बिगो तिर्नुपर्ने भएको छ ।

अर्का प्रतिवादी चन्द्रप्रसाद भण्डारीको हकमा विशेषले ६ महिना कैद र बिगोको दोब्बर ४ लाख ८८ हजार ९०० जरिवाना तिर्नुपर्ने भएको छ ।

प्रतिनिधिसभा बैठकमा खर्च कटौतीका विभिन्न चार प्रस्ताव प्रस्तुत गरिए

काठमाडौँ । प्रतिनिधि सभाको बुधबारको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलका क्रममा खर्च कटौतीका विभिन्न चार प्रस्ताव प्रस्तुत गरिएका छन् ।

जारी बैठकमा सांसदहरू पुष्पबहादुर शाह, डा अमरेशकुमार सिंह र ध्रुवबहादुर प्रधानले ‘विनियोजन विधेयक, २०८१ अन्तरगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाएर एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीका छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गरेका हुन् ।

यसैगरी सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८१ अन्तरगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस्‘ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे ।

आजको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथि छलफल भइरहेको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै डेङ्गु सङ्क्रमित

कञ्चनपुर । लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ । तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेङ्गुलगायत रोगको सङ्क्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको देखिएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले पहाडी जिल्लामा लामखुट्टे बढेसँगै पछिल्लो समय डेङ्गुको सङ्क्रमण पनि बढ्दै गएको बताए । उनका अनुसार गत माघ यता सुदूरपश्चिममा एक सय ४० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी डोटी जिल्लामा ४७ जना सङ्क्रमित फेला परेका उनले जानकारी दिए ।

निर्देशनालयको तथ्याङ्कअनुसार अछाममा २६, कञ्चनपुरमा २४, बाजुरामा १५, दार्चुलामा १०, कैलालीमा नौ, बझाङमा चार, डडेल्धुरामा तीन र बैतडीमा दुईजनामा सङ्क्रमण देखिएको छ ।

‘पानी पर्न थालेपछि तराईमा समेत सङ्क्रमण बढ्ने जोखिम रहन्छ’, जोशीले भने, ‘अहिले तराईमा अत्यधिक गर्मीका कारण लामखुट्टे मरेका छन् । पानी परेर केही चिसो हुन थालेपछि सङ्क्रमणको जोखिम बढ्ने छ ।’ उनले पछिल्ला केही वर्षयता सुदूरपश्चिमका पहाडीका साथै तराईका जिल्लामा एकैसाथ सङ्क्रमण देखिन थालेको बताए ।

डेङ्गु नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले किट र औषधि व्यवस्थापन, चिकित्सकसहित स्वास्थ्यकर्मीको क्षमता विकास एवं प्रशिक्षणका साथै यहाँका अस्पतालहरुमा सङ्क्रमति बिरामीका लागि छुट्टै वार्ड र शय्याको व्यवस्थापन गरेको निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत जोशीले जानकारी दिए । स्थानीय तहले लामखुट्टेको लार्भा भएका ठाउँको पहिचान गरी ‘खोप र नष्ट गर’ सञ्चालन गरिरहेका उनको भनाइ छ ।

निर्देशनालयका अनुसार सन् २०२३ मा सुदूरपश्चिममा एक हजार एक सय ९४ जनामा डेङ्गु सङ्क्रमण देखिनाका साथै चारजनाको मृत्यु भएको थियो ।

नेपालका कप्तान रोहितसँग आक्रामक भएका बंगलादेशी बलरलाई जरिवाना

काठमाडौं । नेपालका कप्तान रोहित पौडेलसँग आक्रमक व्यवहार देखाएका बंगलादेशका बलर तान्जिम हसन सकिबलाई म्याच फिसको १५ प्रतिशत जरिवाना गरिएको छ।

जारी टी-२० विश्वकपअन्तर्गतको खेलका क्रममा आइसीसीले सकिबले आइसीसीको नियम विपरित व्यवहार गरेको भन्दै म्याच फिसको १५ प्रतिशत जरिवाना गरेको हो।

नेपाल र बंगलादेशविरुद्धको खेलमा बलिङ गर्ने क्रममा सकिबले खेलको तेस्रो ओभरपछि आक्रामक हुँदै भनाभन गरेका थिए।

आइसीसीले सकिबले खेलको तेस्रो ओभरपछि नेपालका कप्तान रोहित पौडेलको नजिक गएर आक्रामक व्यवहार देखाउँदै गलत तरिकाले फिजिकल सम्पर्क गरेको उल्लेख गरेको छ।

त्यसपछि दुवै खेलाडी बीच भनाभन भएको र एम्पायरले दुवैलाई अलग गरेका थिए। सकिबको गलत व्यवहार बारे एम्पायरले सोहि समयमा बंगलादेशका कप्तान नाजमुल होसैन शन्तोलाई जानकारी गराएका थिए।

आइसीसीले जरिवानाको अलावा सकिबलाई एक डिमेरिट अंकसमेत दिएको छ।

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा १७ जनाबीच प्रतिस्पर्धा हुने

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा १७ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रालयले २२ जेठ दरखास्त आह्वान गरेको थियो । अन्तिम म्याद दिइएको मंगलबारसम्म १७ जनाले आवेदन दिएका हुन् ।

यसअघिका प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध १५ असोज २०८०मा नेसनल पेमेन्ट गेटवे प्रकरणमा भ्रष्टचारको मुद्दा चलेपछि उनी निलम्बनमा परेका थिए । त्यसपछि टेलिकमकी उपमहाप्रबन्धक संगीता पहाडी अर्यालले निमित्त महाप्रबन्धकको जिम्मेवारीमा छिन् ।

७ वैशाखमा पौडेललाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेसँगै टेलिकममा नयाँ प्रबन्ध निर्देशक नियुक्तिको प्रक्रिया सुरु भएको थियो । तर, दरखास्त आह्वान गर्नुअघि नै प्रधानमन्त्री प्रचण्ड र सञ्चारमन्त्री शर्माले आफूअनुकूलका पात्रका लागि नियुक्तिको निर्देशिका नै हेरफेर गराइसकेका छन् ।

यो दरखास्त आह्वान गर्नुअघि टेलिकमका प्रबन्धक डा। विमल आचार्य र हाल जनक शिक्षा समाग्री केन्द्रका महाप्रबन्धक रहेका अनिलकुमार झालाई पायक पर्ने गरी नेपाल ‘दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधा सम्बन्धी निर्देशिका २०७८मा पहिलो संशोधन’ गरिएको थियो ।