आजको विदेशी मुद्राको विनिमयदर


काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.५७ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.१७ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.३१ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.९६ रुपैयाँ रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.५९ रुपैयाँ रहेको छ भने बिक्री दर १७३.३६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९.२६ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.६७ रुपैयाँ रहेको छ । 
साउदी रियाल एकको खरिद दर ३५.६१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.४९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६२ रुपैयाँ रहेको छ ।

आज संसद्मा प्रधानमन्त्री केपी ओलीसंग प्रश्नउत्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सांसदबीच सोमबार प्रश्नोत्तर हुँदैछ। दिउँसो १ बजे सुरु हुने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सांसदले उठाएका प्रश्नको जबाफ दिनेछन्। प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर व्यवस्था छ। नियमावलीमा प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको एक घण्टा प्रश्नोत्तर हुने व्यवस्था छ।

प्रतिनिधिसभामा प्रश्नका लागि वर्णानुक्रम अनुसार सदस्यहरूको समूह विभाजन गरेको छ। समूहका सदस्यले मात्र प्रश्न गर्न पाउँछन्। संसद्मा प्रधानमन्त्रीको यो पहिलो प्रश्नोत्तर हो। गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका उनले आइतबार मात्र संसदमा विश्वासको मत लिएका थिए।

प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले राष्ट्रिय सभामा उत्पति भएको विधायनसम्बन्धी विधेयक २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची पनि छ।

आज साउनको पहिलो सोमबार: देशभरका शिवालयमा घुइँचो

काठमाडौं । आज साउन महिनाको पहिलो सोमवार, देशभरका शिवालयहरुमा भक्तजनहरुको भीड लागेको छ । आज बिहानैदेखि देशभरका शिव मन्दिरमा भक्तालु जनहरुको पूजा, अर्चनाका लागि भीड लागेको हो । काठमाडौंको पशुपति नाथको मन्दिरमा पनि भक्तजनहरुको उल्लेख्य भीड रहेको छ । साउन महिना विशेष गरेर आशुतोष भगवान (महादेव) को प्रिय महिना भएकोले साउनको सोमवार विशेष पूजा आराधना गर्ने गरिन्छ ।

सोमवारका दिन पूजा आराधना र अर्चना गर्नाले मनोवाञ्छित कामना सिद्ध हुने विश्वास रही आएको छ । यो वर्ष साउनमा ५ वटा सोमवार परेका छन् । पहिलोपटक व्रत लिनेहरुले ५ वटा सोमवार परेको वर्षमा व्रत बस्नु उचित हुने शास्त्रोक्त कथन छ । हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीमा भगवान विष्णु क्षीर सागरमा सुतेपछि हरिबोधिनी एकादशीसम्म भगवान शिवले श्रृष्टि सञ्चालनको जिम्मा लिन्ने शास्त्रोक्त कथन छ । सात्विक खानपान र हरियाली चुरा पोते जस्ता सौभाग्यको साथमा मनाइने साउने सोमवार आजबाट शुरु भएको छ ।

सूर्य दक्षिणायनपछि विशेष चार्डपर्वको शुरुवातको संकेत गर्ने पूर्वीय संस्कृतिमा साउने सोमवार आफैँमा विशेष महत्वको महिना हो । पार्वतीले साउन महिनाभर निराहार रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको शास्त्रमा वर्णित भएकोले महिलाहरूले यसलाई बढी महत्व दिन्छन् । महिनाको अरू दिन नसके पनि सोमवार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुशी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । साउने सोमवारका दिन भगवान शिवको विशेष पूजाआराधना गर्ने परम्परा छ ।

ज्योतिष शास्त्रानुसार सोमवारको स्वामी भगवान शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ । अझ यो महिनाको सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ । यस दिन आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ । हस्ता नक्षत्रयुक्त सोमवारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ । साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ । आज काठमाडौं उपत्यकाका प्रमुख शिवालय, पशुपति नाथ, किराँतेश्वर, गोकर्णेश्वर, सन्तानेश्वर लगायतका शिव मन्दिरहरुमा दिनभर नै भक्तजनको भीड लाग्ने गर्छ ।

साउनमा हरियो, पहेँलो पहिरन, चुरा र मेहेन्दी लगाउने फेसन नै चलेको छ । खस आर्य समुदायका महिलाबाट सुरु भएको फेसन अहिले अरु समुदायका महिलाहरुमा समेत फैलिएको छ । यससँगै श्रृङ्गारका सामग्रीको व्यापार गर्ने कस्मेटिक व्यवसायीको व्यापार पनि बढेको छ । केही वर्षयता साउन महिनामा विवाहित होस् या अविवाहित महिलाले हातमा हरियो, चुरा हत्केलामा र खुट्टामा मेहेन्दी लगाउने गरेका छन् । यही कारणले पनि कस्मेटिक पसलहरुमा व्यापार व्यवसाय बढेको छ । संस्कृतिविद्हरुका अनुसार साउन महिनालाई धर्म र संस्कृतिको पवित्र महिनाका रूपमा लिइन्छ ।

आजको राशिफल: हेर्नुहोस् तपाईंको ग्रह फल

मेष

कर्तव्यप्रति सचेत हुने तथा जिम्मेबारी बोध हुने राम्रो दिन छ, सरकारी कामका माध्यमबाट लाभ लिन सकिने छ, अझ समाजसेवा वा राजनीति नै कार्यक्षेत्र हो भने मानसम्मान पाउन सक्नुहुन्छ । समुचित योजनाका साथ आफ्ना जिम्मेबारी र दायित्वलाई कार्यान्वयन गर्नुपर्छ । रामरमाइलोमा आकर्षण देखिंदैन, बरु कार्यस्थलमा बोझ बढ्ने सम्भावना छ । भेटघाटको समयमा व्यक्तिगत उन्नति/प्रगति वा पदप्रतिष्ठाको चर्चा नगर्नु होला, नत्र सम्बन्धमा खाडल सिर्जना हुने तथा तनाव बढ्ने समय हो । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ सेतो/घिउरङ र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शशिशेखराय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष

मनको बोझ दबाएर राख्ने परिस्थिति छ, कुनै समस्या छ भने अभिभावक वा सिनियर्सलाई बताएमा निकास पाउन सकिन्छ । धार्मिक स्थलको यात्राबाट शान्ति प्राप्त हुनेछ । हाँके/ताकेको लक्ष्यमा पुग्न सफल भइने छ, नयाँ कार्यको थालनी हुने वा सानो प्रयत्नले नै ठूलो सफलता मिल्नसक्ने समय छ । सामाजिक कार्यमा प्रतिष्ठा र सम्मान मिल्ने तथा माङ्गलिक कर्मप्रति अभिरुचि जाग्ने राम्रो दिन छ । भ्रम, चिन्ता वा शङ्काको निवारण हुनेछ । आज ७५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ नीलो/कालो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन

वातावरण तपाईंको विपक्षमा भएको दिन हो, आफ्नो कर्तव्य र दायित्वप्रति सचेत भई पठनपाठनमा अझ लगाव देखाउनु ठीक हुन्छ । मित्र र परिवारसँग सम्बन्धित भावनाले तपाईलाई चिन्तित बनाउन सक्छ, त्यस्तै अप्ठ्यारो र झञ्झटिलो मार्गमा अघि बढ्ने समय हो, तर जोखिम र सङ्कट मोल लिएर गरेको कामको परिणाम लाभदायी हुनसक्छ । बुद्धि र विवेकको प्रयोग गर्न नसक्दा जुनसुकै काममा झमेला आउनसक्छ, अवगाल र अपजस पाउने दिन भएकाले हरेक काममा सिनियरको मद्दत लिएको जाती हुन्छ । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ सेतो/पहेंलो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट

मस्ती गर्ने समय हो, पार्टनरको भावनालाई कदर गर्दै आज कतै रेस्टुरेन्ट वा भोजनालयमा गएर समय बिताउनु राम्रो हुन्छ । कसैलाई पनि आँखा चिम्लिएर झट्ट विश्वास गर्नुहुँदैन, कार्यक्षेत्र वा व्यवसायमा पनि केही चुनौतीको सामना गर्नुपर्ने हुन्छ । प्रविधिको प्रयोग गरेर वा अनलाइन गतिविधिमार्फत अतिरिक्त लाभ हुनसक्छ । ढुवानी र आयातनिर्यातको काममा संयमता अपनाउनु ठीक हुन्छ । आज ७० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सों सोमाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह  

दैनिक कामहरू सजिलै सम्पन्न हुनेछन्, होचोहेला गर्ने र कुरा काट्नेहरू आफै चुप लाग्नेछन्, तथापि झगडा र कलहबाट टाढिएको जाती हुन्छ । निराशा र कुण्ठा बढ्ने समय हो, नबुझेको कुनै कुरा छ भने एकान्तमा बसेर दोहोर्याएर प्रयत्न गर्नुपर्छ, नयाँ बाटो पहिल्याउन सकिन्छ । आफूलाई अरुभन्दा फरक साबित गर्न प्रयास गर्ने दिन हो, मनोद्वेग र रिसराग बढ्ने समय भएकाले घरव्यवहारमा आफूलाई संयमित ढंगले प्रस्तुत गनुपर्छ, तर्क वा बहसमा विजय प्राप्त हुनेछ । आज ५५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ सेतो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ अश्विनीकुमाराभ्यां नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या

सीपमूलक शिक्षा र प्राविधिक विषयमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, परिश्रमी र लगनशील भएमा मात्र भाग्यले समेत साथ दिनेछ । भावुक र संवेदनशील बन्न सकिन्छ तर पनि बौद्धिक क्षमता वा सीप बढाउने प्रयत्न गर्नुपर्छ, जस्तै चुनौतीपूणर् काम भए पनि सफलता मिल्नेछ, परीक्षा र प्रतिस्पर्द्धामा विजय प्राप्त हुने दिन हो । थोरै मिहिनेत गर्दासमेत ठूलो सफलता पाउने समय हो, ज्ञान बढाउने प्रयास गर्नुहोस्, तारिफयोग्य काम गर्दै भविष्य सुधार्ने मौका पाइने छ । आज १० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ऐं सरस्वत्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला  

तनाव र दबाबले मुक्त भएर आफ्नो काममा मस्त रहने समय हो । घरबाट शुभ समाचार आउने छ, भाइबहिनी वा सन्तानको चाहना पूरा गर्ने दिन हो । अचल सम्पत्ति, शेयर कारोबार, घरेलु प्रयोजनका वा भोगविलासका सामाग्रीमा फाइदा हुनेछ, आजको केही समय घरपरिवारमा खर्च गरेको जाती हुन्छ । घरायसी बन्दोबस्तीमा समय दिन पाइँदैन, परिवारका सदस्यहरूले पनि खिन्नता प्रकट गर्नेछन्, त्यस्तै पराइसँग व्यवहार गर्दा निश्चित दूरी कायम राख्नु ठीक हुन्छ । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ घिउरङ र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ श्रां श्रीं श्रौं सः चन्द्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक

धार्मिक र सामाजिक प्रयोजनका काममा चासो बढ्ने समय छ, रमाइला गतिविधिमा आजको दिन व्यतीत हुनेछ, प्रतिभा र सीपको कदर हुनेछ । महत्वपूणर् कार्य सम्पन्न हुनाले आत्मविश्वास बढ्नेछ । बढुवा हुने वा थप जिम्मेवारी प्राप्त हुने राम्रो दिन छ, आज आफन्त वा नातागोताको काममा समेत सघाउनुपर्ने परिस्थिति बन्नसक्छ । एकआपसका सुखदुःख एवं चाहना बुझी कार्य गर्ने प्रयास गर्नुपर्छ, एकअर्काका त्रुटिप्रति सचेत हुने र माफ गरी अघि बढेमा सम्बन्ध मजबुत हुनेछ । आज २५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भालचन्द्राय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु

मुखका माध्यमले नै महत्त्वपूणर् काम बन्नसक्ने राम्रो समय छ, सिनियर कर्मचारी वा वरिष्ठ कर्मचारीलाई खुसी पारेर आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ । सकेसम्म समुचित कार्यका लागि कम बोलेको ठीक हुन्छ, तर बोल्न नपाए पनि हाउभाउ र सङ्केतका आधारमा काम निकाल्न सकिने छ । सामाजिक गतिविधिमा खट्ने दिन हो, धार्मिक वा सांस्कृतिक काममा सहभागी बन्नाले प्रतिष्ठा र पहिचान प्राप्त हुनेछ । आज ५५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ घिउ रङ र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ चं चन्द्रमसे नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर

कृषिक्षेत्र, बनबुट्यान, काठपात र औषधी व्यवसायीका लागि राम्रो दिन छ, नयाँ काममा हात हाल्ने वा स्थिर काममा थप लगानी गर्ने समय हो । आफन्त र प्रियजनसँग भेटघाट हुनाले आनन्दित भइने छ, जीवनसाथीलाई प्रसन्न तुल्याउने प्रयास गर्नुहोस्, प्रसन्नतामा अझ बृद्धि हुनेछ । नयाँ कुरा पढ्ने वा सिक्ने रहर जागेर आउने छ । नजानेको विषयवस्तुप्रति केन्द्रित हुन सकेमा उपलब्धि लिन सक्नुहुन्छ । आज २० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ नीलो/कालो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शं सूर्यात्मजाय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ

कारोबारमा झट्ट अर्काको विश्वास गर्ने दिन होइन, सहयोगीमाथि पनि पूणर् भरोसा गर्ने दिन छैन, नत्र आकस्मिक रूपमा नोक्सानी व्यहोर्नुपर्ने हुन्छ । परिस्थितिलाई बुझेर चल्न जान्नुपर्छ, किनकि सोचेभन्दा बढी खर्च हुनाले बजेट सन्तुलनमा नरहन सक्छ, आपसी सम्बन्धमा पनि मनोमालिन्य बढ्ने दिन हो । अल्छीपना देखिन्छ, शरीर भारी भएकाले कुनै पनि काम पूरा नहुन सक्छन्, मानसिक शान्ति र विश्रामप्रति आकर्षित बन्दा राम्रो हुन्छ । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमःपशुपतये यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन

बुद्धिको उपयोग गर्नाले लक्ष्यप्राप्ति हुने समय हो । विवेक र सुझबुझको प्रयोग गरेमा रोकिएको कामले निकास पाउन सक्छ । एकअर्काका भावना बुझेर चल्नुपर्ने दिन हो, सहकर्मी वा सहपाठीका बीचमा प्रेम सम्बन्ध रहेको छ भने आजको दिन विशेष दिन बन्नसक्छ । गोप्य शत्रुहरूबाट सजग रहनु होला, त्यस्ता व्यक्ति तपाईंका अन्तरङ्ग साथीका रूपमा पनि हुनसक्छन् । नयाँ रोजगारीका लागि प्रयासरत हुनुहुन्छ भने गरेको प्रयासमा सफलता मिल्नेछ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ घिउ रङ/सेतो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सुधाकराय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौं । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश अमिक शेरचनले आह्वान गरेका छन् । शेरचनले सोमबार साँझ ६ः३० बजेसम्मको समय दिएर दाबी पेस गर्न आह्वान गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रधानमन्त्री नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश

काठमाडौं । नयाँ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा पठाउन सर्वोच्च अदालतले आदेश दिएको । संविधानको गलत धारा प्रयोग भएको उल्लेख गर्दै दायर गरिएको रिट निवेदन संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो ।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज रिट निवेदनमा उठाइएको विषयवस्तु गम्भीर संवैधानिक व्याख्याको प्रश्न भएकाले उक्त विवाद संवैधानिक इजलासले सुनुवाइ गर्न उपयुक्त हुने ठहर गरेको हो ।

आदेशमा भनिएको छ, “प्रस्तुत रिट निवेदनमा उठाइएको विषयवस्तु गम्भीर संवैधानिक व्याख्याको प्रश्न सन्निहित रहेकाले सोको निरुपण संवैधानिक इजलासबाट हुनुपर्ने प्रकृतिको देखिँदा सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२ को नियम १७ (२) क बमोजिम प्रधानन्यायाधीशसमक्ष पेस गर्नु ।” संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित पाँच न्यायाधीश रहने व्यवस्था छ ।

बागमतीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख शर्माको आह्वान

काठमाडौं । बागमतीमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार मिलिजुली सरकार गठनको आह्वान गरेका छन् । आज आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको पहल गरेको हो ।

नयाँ सरकार गठनको आह्वान भएसँगै कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् ।

१ सय १० सदस्यीय प्रदेशसभामा सरकार निर्माणका लागि ५६ मत आवश्यक पर्छ । प्रदेशमा कांग्रेस र एमालेको सहजै बहुमत पुग्ने अवस्था छ । प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, माओवादीका २१, राप्रपाका १३, नेकपा (एस)का ७ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।

प्रधानमन्त्री ओलीले पाए दुई तिहाई विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १८८ मतसहित विश्वासको मत पाएका छन् । जुन हाल संसद्मा कायम रहेको सदस्य संख्याको दुई तिहाई मत हो ।

आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको पक्षमा १८८ मत परेको हो ।

कुल २७५ सदस्यीय प्रतिनिधि सभाको आजको बैठकमा २६३ जना सांसदको उपस्थिति रहेको थियो । जसमध्ये १८८ पक्ष र ७४ जना विपक्षमा र एक सांसद तटस्थ बसेका हुन् ।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओली गत असार ३१ गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री ओलीले विशवासको मत लिएका हुन् ।

अचानक गठवन्धन किन तोडियो ? : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एउटा गठबन्धन तोडेर अर्को गठबन्धन समिकरण के का लागि जरुरी भयो भन्दै प्रश्न गरेका छन् ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत माग्ने प्रयोजनको बैठकमा सम्बोधन गर्दे अध्यक्ष नेपालले एउटा गठबन्धन तुरुन्त तोडेर अर्को समिकरण निर्माण केका लागि जरुरी थियो भन्दै प्रश्न गरेका हुन् ।

उनले भने– ‘हामीलाई अचम्म लागेको छ । एउटा गठबन्धन तुरुन्त तोडेर अर्को समिकरण निर्माण केका लागि जरुरी थियो ? त्यसमा पनि पाँच वर्ष स्वर्ग गए पनि सँगै, नर्क गए पनि सँगै भनेर बचन दिएको पनि सुन्नमा आएको छ । तर, आफू स्वर्गतिर लाग्यो अर्कोलाई लात्ति हिर्काएर नर्कतिर । अचानक गठवन्धन किन तोडियो ? किन फेरियो ? यो कतैबाट पनि उचित हो भनेर पुष्टि गर्न सकिन्न । स्वर्ग र नर्क सँगै जाने कसमको भुलभुलैया सिर्जना गरेर अघिल्लो रातिसम्म ओत लागेको गठवन्धन सरकार भोलिपल्ट मिर्मिरे अगाडि ढालेर पिटिएको डंकाको औचित्य छैन ।

आजपनि नेप्सेमा उछाल, १५ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ( नेप्से ) आज एकै दिन ६१.६१ अंकले बढेको छ । आज १५ अर्ब बढीको भएसँगै नेप्सेमा उछाल आएको हो ।

आइतबार नेप्से २.५४ प्रतिशतले बढेर २४८८५.९४ विन्दुमा पुगेको छ । आज नेप्सेमा उछाल आउँदा वाणिज्य बैंक, होटल एण्ठ टुरिजम र ट्रेडिङ समूहमा उछाल आएको छ ।

आज वाणिज्य बैंक समूहको शेयर ३.८६ प्रतिशतले बढेको छ भने ट्रेडिङ समूहको शेयर ६.८० प्रतिशतले बढेको छ । होटल एण्ड टुरिजमको शेयर ४.२१ प्रतिशतले बढेको छ ।

त्यस्तै इन्भेष्मेन्ट समूहको शेयर २.६८ प्रतिशतले, उत्पादन समूहको २.९७ प्रतिशत र अन्य समूहको ३.३८ प्रतिशतले शेयर बढेको छ । आज १३ वटा समूहमध्ये सबै समूहको शेयर मूल्यमा वृद्धि भएको छ ।

बंगलादेशको सर्वोच्च अदालतले गरिदियो कोटा प्रणाली खारेज

काठमाडौं । बंगलादेशमा सरकारी जागिरमा भएको कोटा सिस्टमा विरोधमा आन्दोलन जारी छ ।

यहाँ कम्तिमा आन्दोलनमा कम्तिमा १५० जनाको हाराहारीमा आन्दोलनकारीको मृत्यु भइसेको छ ।

आन्दोललन उग्र बन्दै गएपछि बंगलादेशको सर्वोच्च अदालतले कोटा प्रणाली खारेज गरेको छ ।

अब सरकारी जागिरमा ९३ प्रतिशत भर्ना योग्यता र प्रतिस्पर्धाको आधारमा हुने आदेश भएको अलजजिराले उल्लेख गरेको छ ।

बंगलादेशमा यस अगाडि ५६ प्रतिशत कोटा प्रणालीबाट जागिरमा भर्ना हुने प्रचलन थियो । त्यसैको विरोधमा आन्दोलन सुरु भएको थियो । बंगलादेशको उच्च अदालतले जुन ५ मा सरकारले गरेको कोटा खारेजी गैरकानूनी भनेसँगै आन्दोलन चर्किएको थियो ।

विश्वासको मत मागेपछि कता गए प्रधानमन्त्री ओली ? भयो खोजी

काठमाडौं । जारी प्रतिनिधिसभा बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा प्रधानमन्त्रीको खोजी गरेका छन् ।

विश्वासको मत माग्ने प्रयोजनका निम्ति बसेको संसद बैठकमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन बोल्दा नै प्रधानमन्त्री हिँडिसकेका थिए। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बोलेका थिए । त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बोलेका थिए उनले बोल्दै भनेका थिए – ‘प्रधानमन्त्रीले कतैबाट सुनिरहनुभएको होला, उहाँलाई बधाई दिन चाहन्छु’ भन्दै कटाक्ष गरेका थिए।

त्यसपछि अध्यक्ष नेपाल बोल्नै बेलामा पनि प्रधानमन्त्री थिएनन्। प्रधानमन्त्री नभएपछि नेपालले प्रधानमन्त्रीको खोजी गरेका थिए । नेपालले भने –‘सर्वप्रथम त प्रधानमन्त्री नियुक्त हुनुभएकोमा केपी शर्मा ओलीलाई औपचारिकरूपमा बधाई ज्ञापन गर्न चाहन्छु। मैले प्रधानमन्त्रीज्यूलाई देखिरहेको छैन। उहाँले आफ्नो विश्वासको निम्ति मत मागिरहनुभएको छ। तर उहाँ यो हलबाट बेपत्ता हुनुहुन्छ। उहाँले संसदलाई महत्त्व नदिएको लाग्यो। उहाँका लागि महत्त्वपूर्ण कुरा भनेको आजको सदनमा आजको पूरा समय उपस्थिति आवश्यक थियो। सबैका विचार, धारणाहरू सुन्ने धैर्य राख्नुपर्छ,’ उनले भने।

स्थिर र मजबुत सरकारका लागि कांग्रेस-एमाले गठबन्धनः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसमा सभापति शेर बहादुर देउवाले स्थिर र मजबुत सरकारका लागि कांग्रेस–एमालेको गठबन्धन भएको दाबी गरेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले देश विकासको लागि सबैभन्दा पहिला स्थिर र मजबुत सरकार निर्माण गर्नु जरुरी रहेको भन्दै स्थिर सरकारका लागि संसदको पहिलो र दोस्रो ठूला दल मिली सरकार गठन गरेको बताएका हुन् ।

उनले भने , ‘प्रगति हासिल गर्नाका साथै निराशालाई आशामा बदल्ने प्रयासमा हुनेछौं । सरकारले जनतामा आशा र भरोसा जागृत गर्नेछ भन्ने मैले विश्वास लिएको छु । देश विकासको लागि सबैभन्दा पहिला स्थिर र मजबुत सरकार निर्माण गर्नु जरुरी छ । आजको संसदको संरचनालाई हेर्दा स्थिर सरकारका लागि संसदको पहिलो र दोस्रो ठूला दल मिली सरकार गठन भएको छ ।’

सभापति देउवाले गरेको सम्बोधन

सम्माननीय सभामुख महोदय,
सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूले आज नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नका लागि प्रस्ताव राख्नुभएको छ । आम नेपाली जनताको अपेक्षा स्थिर सरकार, तीव्र आर्थिक विकास, रोजगारीको सिर्जना, भौतिक संरचनाको शीघ्र निर्माण नै हो । हामीले यस दिशामा प्रगति हासिल गर्नाका साथै आज देखिएको निराशा आशामा बदलिने छ । वर्तमान सरकारले यो दिशामा तीव्रताका साथ काम अगाडि बढाउँदै जनतामा आशा र भरोसा जागृत गर्ने छ भन्ने मैले विश्वास लिएको छु । देश विकासको लागि सबैभन्दा पहिला स्थिर र मजबुत सरकार निर्माण गर्नु जरुरी छ । आजको संसदको संरचनालाई हेर्दा स्थिर सरकारका लागि संसदको पहिलो र दोस्रो ठूला दल मिली सरकार गठन भएको छ ।
वर्तमान सरकारले मुलुकमा देखिएको आर्थिक शिथिलतालाई चिर्दै अर्थतन्त्रलाई चलायमान बनाउने छ, मुलुकमा दिगो शान्ति कायम गर्दै गतिशिल अर्थतन्त्रका माध्यमबाट देशभित्रै रोजगारीका अवसरहरु सिर्जना गर्ने छ । यसबाट राजश्वमा थप वृद्धि भइ जनचाहना अनुसारका विकास निर्माणका काम गर्न पनि सकिने छ ।
भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकलाई 
सुशासनतर्फ अग्रसर गराउन आवश्यक छ । संविधान प्रारम्भ भएको आठ वर्ष पुरा भएको छ । यसका सवल तथा दुर्वल पक्ष एवं जटिलताको समीक्षा गरी संविधानमा आवश्यक परिमार्जन गर्नु लोकतन्त्रको स्वभाविक अभ्यास हो । संविधान संसोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समाबेशीतालाई थप सुदृढ गरिने छ । संविधान संसोेधन गर्दा नेपालमा क्रियाशिल सबै राजनीतिक दलहरु बीच सम्बाद र सहमतिबाट गर्न उचित हुन्छ भन्ने विषयमा हामी स्पष्ट छौं । गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेका बिचमा सहमति भएको अवगत नै छ । सोही अनुसार नेकपा एमालेका नेता के.पी.शर्मा ओली नेपाली कांग्रेस समेतको समर्थनमा संविधानको धारा ७६ कोे २ अनुसार असार ३१ गते प्रधानमन्त्रीमा नियुक्त भइ विश्वासको मतका लागि प्रतिनिधि सभामा प्रस्तुत हुनु भएको छ ।
सम्माननीय प्रधानमन्त्री के.पी.शर्मा ओलीको नेतृत्वको वर्तमान सरकारले जनचाहना बमोजिम राष्ट्रिय हित अनुकुलको सुशासनयुक्त सरकार सञ्चालन गर्ने नै छ । वर्तमान सरकारले विधिको शासन, संविधानको पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुनहरुको निर्माण, लगानीको उचित वातावरण तयार पार्दै आज देखिएको आर्थिक शिथिलतालाई गतिशिल बनाउँदै रोजगारीका थप अवसरहरुको सिर्जना र एउटा चलायमान अर्थतन्त्रको निर्माणमा ठोस योगदान दिने मैले विश्वास लिएको छु । सम्माननीय प्रधानमन्त्री अत्यन्त मेहनति, अध्ययनशिल र अनुभवी हुनुहुन्छ । उहाँको मन्त्रिमण्डलमा रहेका साथीहरु पनि योग्य र सक्षम हुनुहुन्छ । उहाँको नेतृत्वमा मुलुकले उन्नतिको नयाँ बाटो समात्ने छ भन्ने मैले विश्वास लिएको छु । राजनीतिलाई स्थिरताको बाटोतर्फ उन्मुख गराउनका लागि गठन भएको वर्तमान सरकार सफल हुने मैले विश्वास लिएको छु । तसर्थ असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सात बुँदे सहमतिको कार्यान्वयन प्रति नेपाली कांग्रेस दृढ छ, दृढ रहिरहने छ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु । साथै नेकपा एमाले पनि यस कुरामा दृढ रहने छ भन्ने कुरामा म पूर्ण रुपले विश्वस्त छु । त्यसैले नेपाली कांग्रेसले सम्माननीय प्रधानमन्त्रीले माग्नु भएको विश्वासको मतको पक्षमा मतदान गर्ने छ । साथै अन्य दलहरुलाई सम्माननीय प्र्रधानमन्त्रीज्यूले राख्नु भएको विश्वासको मतको पक्षमा मतदान गर्न अपील समेत गर्दछु ।
धन्यवाद !
जय नेपाल !

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

काठमाडौं । केन्द्रमा कांग्रेस–एमालेको नयाँ गठबन्धन बनेपछि बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज राजीनामा दिएका छन् ।

अब, बागमती प्रदेशमा नयाँ सरकार गठनको लागि बाटो खुला भएको छ । आइतबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गरेर कट्टेलले राजीनामा दिएका हुन् ।

यसअघि विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराए पनि उनले राजीनामा दिएका हुन् । आजै बसेको माओवादीको बागमती प्रदेश संसदीय दलको बैठकले उनलाई राजीनामा दिन सुझाएको थियो ।

तपाईँहरुले ३४ वर्षमा गरेको काम देखेका छौँः सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले कांग्रेस र एमाले प्रति आक्रोस पोखेका छन् ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि लागि बसेको संसद बैठकमा बोल्दै उनले अहिले बनेको नेपाली कांग्रेस र एमालेबीचको गठबन्धनले यथेष्ठ परिणाम दिन नसक्ने भन्दै कटाक्ष गरेका हुन् ।

देशमा लोकतन्त्र आएपछिको ३४ वर्षको अवधिमा केही नगरेको भन्दै त्यसको जिम्मेवारी लिन समेत आग्रह गरे । आफूहरु छोटो समयमा नै लामो समय सरकार बसेको बताउँदै आफूहरुले सरकारमा बसेको समयको दोष जिम्मा लिने बताए ।

त्यस्तै उपसभामुख इन्दिरा रानामाथि वर्तमान गठबन्धनले नियोजित ढंगले हेरेको बताए ।