बंगलादेशबाट आज १७ जना नेपाली विद्यार्थी फार्काइँदै

काठमाडौं । बंगलादेशमा जारी आन्दोलनका कारण नेपाली विद्यार्थी असुरक्षित महसुस गरेपछि सरकारले स्वदेश फर्कान थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज १७ जना विद्यार्थी नेपाल फर्काउन लागिएको आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।

उनीहरूलाई आइतबार बिहान ढाका एयरपोर्ट हुँदै काठमाडौं ल्याउन लागिएको जानकारी ओलीले सामाजिक सञ्जालमा दिएका छन् ।

उनले लेखेका छन्, ‘परिवारको मागबमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीहरूलाई भोलि बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौँ फर्काउने प्रबन्ध गरिएको छ।’ विद्यार्थीका परिवारले शनिबार प्रधानमन्त्रीसँग भेट गरी विद्यार्थी फर्काउन आग्रह गरेका थिए।

नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरेको छ। बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले असुरक्षित भएको बताइरहेका छन्।

बंगलादेशका विभिन्न सहरमा विद्यार्थीको प्रदर्शनको कारण बढ्दै गएको नागरिक अशान्तिलाई नियन्त्रण गर्न शनिबार सेनाले गस्ती थालेको एएफपीले जनाएको छ।

महिला एसिया कप क्रिकेटः नेपालले आज पाकिस्तानको सामना गर्दै

काठमाडौं । श्रीलंकामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ। नेपाल र पाकिस्तानबीचको खेल श्रीलंकाको डम्बुला मैदानमा आइतबार साँझ ७ः१५ बजे सुरु हुनेछ।

नेपाल पहिलो जितले उत्साह साथ बलियो प्रतिद्वन्द्वीविरुद्ध मैदानमा हुनेछ। पाकिस्तान नेपालसँगको प्रतिस्पर्धामा पहिलो जितको खोजीमा हुनेछ।

नेपालले प्रतियोगिताको उद्घाटन खेलमा चिरपरिचत प्रतिस्पर्धी संयुक्त अरब इमिरेट्स (यूएई)लाई ६ विकेटले हराउँदै एसिया कपमा पहिलो ऐतिहासिक जित निकालेको थियो। यएई नेपालभन्दा बलियो टिम मानिन्छ। तर नेपालले सहज जित निकाल्यो। नेपालले पाकिस्तानमाथि पनि जितको आशा राखेको छ।

ब्याटिङ र बलिङले साथ दिएमा जित हुने अनुमान छ। यसअघिको खेलमा नेपालका ब्याटर सम्झना खड्काबाहेक अन्य चल्न सकेनन्। अन्य ब्याटरले साथ दिएमा जित निकाल्ने दाउमा नेपाली टिम हुनेछ। यता पाकिस्तान भने भारतसँग हार व्यहोरेको टिम हो। पहिलो खेलमा भारतसँग ७ विकेटको जित निकालेको थियो।

नेकपा एसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले प्रतिनिधिसभामा आज आइतबार प्रस्तुत हुन गइरहेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्नो दलका सांसदलाई सो पार्टीले ह्विप जारी गरेको छ ।

नेता मेटमणि चौधरीका अनुसार, सरकारमा सहभागी दलको साझा नीति तथा कार्यक्रमका आधारमा पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने छ । पार्टीले प्रतिपक्षमा रहेर सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्नेछ ।
राष्ट्रिय पार्टी बन्न नसकेको प्रतिनिधिसभामा नेकपा एसका १० सांसद छन् ।

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य थपघट भएको छैन। अर्थात् हिजो जुन मूल्यमा कारोबार भएको थियो आज पनि सोही मूल्यमा कारोबार हुनेछ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रुपैयाँ १७ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी यही मूल्यमा कारोबार भएको थियो।

अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक उच्च हो। त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४६ रुपैयाँ १२ पैसा निर्धारण भएको छ। बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ।

अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ। आजको लागि कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ।

बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ३४ र बिक्रीदर ३५५ रुपैयाँ ९४ पैसा निर्धारण भएको छ।

प्रधानमन्त्री ओलेले आज विश्वासको मत लिदै, लगभग दुईतिहाइ समर्थन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत लिदैछन् । नेकपा (एमाले)ले आफ्ना सबै सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन र पक्षमा मतदान गर्न ह्व्पि जारी गरिसकेको छ ।

एमालेले संसद्मा प्रतिनिधित्व गर्ने दलदेखि स्वतन्त्र सांसदहरुलाई समेत विश्वासको मत दिन आग्रह गरेको हो । सत्ता गठबन्धनको अर्को ठूलो दल नेपाली कांग्रेसले आजै संसदीय दलको बैठकबाट प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गर्दैछ । प्रधानमन्त्री ओलीले आइतबार दिउँसो १ बजे विश्वासको मत लिँदै छन् । त्यसअघि दिउँसो १२ बजे बस्नेगरी कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ । गत असार १७ गते कांग्रेस र एमालेबीच मिलेर नयाँ सरकार बनाउने समझदारी भएसँगै एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसपछि असार २८ मा तत्कालीन प्रचण्डले पेस गरेको विश्वासको मतको पक्षमा जम्मा ६३ मत परेको थियो भने विपक्षमा १९४ मत परेको थियो ।

प्रधानमन्त्री ओलीको पक्षमा अहिलेसम्म कांग्रेसका ८८, एमालेका ७७, जसपाका ७ जनमतका ६, जसपा नेपालका ५, लोसपाका ४ र नागरिक उन्मुक्तिका ४ तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंह गरी १९२ सांसद छन् ।

माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादी भने विपक्षमा छन् । माओवादी केन्द्रको ३२, रास्वपा २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ र एकीकृत समाजवादीका १० तथा राष्ट्रिय जनमोर्चा र आमजनता पार्टी एक–एक गरी ७९ मत विपक्षमा हुने निश्चित भएको छ । एक सांसद रहेको नेमकिपाले भने अहिलेसम्म निर्णय गरेको छैन ।

आजको राशिफलः कस्तो छ आज तपाईको दिन ?

मेष

नोकरीमा बढुवा हुने वा कार्यक्षेत्रमा विस्तार हुने राम्रो दिन छ । सिनियर स्टाफको सहयोग र सद्भावले सन्तुष्टि मिल्नेछ । सामाजिक र राजनैतिक हैसियत निर्माणका दिशामा केही लगानी गर्नुपर्ने हुन्छ । प्रशासनिक वा सरकारसम्बद्ध कुनै काम सुल्झाउन उपयोगी समय छ । निकै धपेडी गर्ने वेला छ, काम गर्दा अनेकानेक बाधा हुनसक्छन्, तथापि दोहोर्याएर प्रयास गरेमा सबै काम सम्पन्न हुने दिन हो । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ कलेजीरगाढा रातो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ घृणि सूर्याय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष

मानसिक रूपमा सबल र परिपक्व बन्ने समय हो, आज पठनपाठनका क्रममा सहपाठी र शिक्षकहरूबाट सहयोग जुटाउन सकिने छ । नयाँ जानकारी र समाचारहरू प्राप्त गरी अपडेट हुने समय हो, कार्यस्थलमा विशेष भूमिका निर्वाह गर्ने समय छ, हाँकेरताकेका काममा भाग्यले साथ दिनुका साथै डिजिटल माध्यमबाट पनि जनसम्पर्कको दायरा बढ्नेछ । कुनै नौलो विषयको अनुभव प्राप्त हुनेछ, जसले तपाईंको कार्यशैलीमा सुधार गर्नेछ । वरिष्ठ कर्मचारीको मद्दतले नसुल्झिएको गुत्थी सुल्झाउन सकिने छ । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ नीलोरकालो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ छायापुत्राय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन

चित्त व्याकुल हुनुका साथै गुनासो र गनगन बढ्ने दिन हो, तेस्रो व्यक्तिको प्रवेशले आपसी सम्बन्धमा समेत कमजोरी देखा पर्नसक्छ । लामो समयदेखि मनमा उठेका विषयवस्तुको परिपूर्ति गर्ने दिन हो । कुनै विशेष ठाउँमा अन्तर्वार्ता दिने हो भने आजको प्रयास फलदायी बन्नेछ । चुनौतीका बीचमा सम्भावनाका बाटाहरू फेला पर्नेछन् । नयाँ काम गर्नु छ भने कानूनी पाटो ख्याल गरी सुरु गर्नु उचित हुनेछ । आज २५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ हं हनुमते नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट

गृहस्थी जीवन र पारिवारिक सुखको आत्मिक अनुभूति प्राप्त हुनेछ । पतिपत्नीले एकआपसमा एउटा सुखद अनुभूति साझा गर्ने दिन हो । खेलवाड र मनोरञ्जनमा अलमलिएर सजिलै दिन बित्ने परिस्थिति छ, तर उज्ज्वल भविष्य र राम्रो रिजल्टका लागि अझ धेरै मिहिनेत गर्नुहोला । कल्पनाशील र भावुक बन्ने दिन हो, फाल्तु कुरामा समय बिताउनुभन्दा काममा ध्यान दिने समय हो । थालेको कामलाई पूणर् गर्ने प्रयास गर्नुपर्छ, नत्र तपाईंका अपेक्षाहरूमा कमी आउनसक्छ । आज ४५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ लक्ष्मीनारायणाभ्यां नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह

निरङ्कुशता, घमण्ड र अहङ्कारलाई त्यागेर प्रगतिपथमा लम्कने समय हो, आजको कुनै एउटा राम्रो निणर्य तपाईंको सुखद अनुभवको कारक बन्नेछ । अर्काका कुरा सुनेर पार्टनरको जीवनचर्या र व्यवहारमा शङ्का नगर्नु होला, बरु लोङ टुरको कुनै कार्यक्रममा सँगै जाने वातावरण बनाउनु ठीक हुन्छ । मनोरञ्जनात्मक समय हो, पतिपत्नी वा प्रेमीरप्रेमिकाका बीचमा सम्बन्धरसम्पर्क बढ्नेछ । साझेदारीको कुनै काम छ भने त्यसमा समेत लाभ हुनेछ । आज ८० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ पहेंलो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ह्रां ह्रीं ह्रौं सः सूर्याय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या

इच्छा पूरा हुने दिन हो, लवमेटसित भेटघाट एवं गफगाफ गर्ने मौका जुर्नेछ, त्यस्तै अपेक्षित माया, सहयोग एवं समझदारी कायम हुनेछ । परीक्षा वा प्रतिस्पर्द्धामा सफल भइने छ, तर आज आवेग, रिस र घमण्डमाथि नियन्त्रण गर्नुपर्छ । पूर्वअनुभव र सीपप्रति आशावादी बन्ने दिन हो, कर्मप्रति समर्पित हुनुपर्छ, आइपर्ने विघ्नबाधा र अवरोधमाथि समेत नजर राख्न नबिर्सनु होला । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ कलेजीरगाढा रातो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ हिरण्यगर्भाय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला

पारिवारिक तनावका कारण पढाइ विचलित हुनसक्ने समय छ । अध्ययनका साथसाथ व्यवहारिक कामको सन्तुलन कायम राख्नुपर्छ । शरीर त स्वस्थ रहने छ, तर चिन्तामा बृद्धि हुने दिन हो । आफन्तको व्यवहार देखेर दिक्क लाग्नसक्छ, तथापि नौला व्यक्तिहरूसँग सम्पर्क बढ्ने र लाभ पाउन सकिने समय छ । पुराना वा तामेलीमा परेका काम दोहोर्याएर गर्ने परिस्थिति छ । अतिरिक्त आम्दानी हुनाले घरायसी सुखसुविधाका वस्तुहरूको किनमेल हुने सङ्केत छ । आज ५० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमश्चण्डिकायै यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक

व्यवसाय वा नोकरीको सन्दर्भमा कतै भ्रमणको कार्यक्रम बन्नसक्छ । घरमा सम्पर्क राखी चलिरहेको परिस्थितिका बारेमा अपडेट हुनुपर्छ । कतिपय आर्थिक समस्या सञ्चारसम्पर्कबाट नै हल गर्न सकिने छ । सञ्चार क्षेत्र, वित्तीय कारोवार, यातायात, ढुवानी र मार्केटिङको व्यवसायमा विशेष लाभ देखिन्छ । बाल्यावस्थाको स्मृतिमा वा कुनै पुरानो कुरामा मन अलमलिन सक्छ । पुराना विषयले तनाव बढाउने दिन हो, त्यसैले आफूलाई सम्हालेको जाती हुन्छ । आज ४५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ विघ्नविनाशिने नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु

कामबाट फाइदा हुनेछ, रकम व्यवस्थापनका लागि गरिएका प्रयासहरू सफल हुनेछन्, तर नातागोता र करकुटुम्बका काममा खट्नुपर्दा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ । जीवनसाथी र परिवारका सदस्यहरूबाट अपेक्षित सहयोग एवं सद्भाव मिल्नेछ, कुनै आर्थिक समस्या छ भने प्रयास गरेमा हल हुने समय हो । बोलीमा विशेष बल छ, मौखिक अभिव्यक्ति वा कलाको क्षेत्रमा अझ सफल भइने छ । सानो प्रयासले भाग्य र भविष्य सपार्न सकिन्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतोरउज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर

नयाँ उत्साह र उमङ्ग जाग्ने समय हो, खुसी र प्रसन्नताको सीमा हुनेछैन । विजय र सफलताले जताततै पछ्याउन सक्छ तर रिसराग, घमण्ड र अहङ्कारबाट टाढा रहनु ठीक हुन्छ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइने छ । अनुभवको प्रयोग गरेमा ठोस उपलब्धि प्राप्त हुनेछ, प्रतिष्ठित जिम्मेवारी हातलागी हुने समय हो । घुमघाममा जाने वा मस्ती गर्ने योजना बनाउन सक्नुहुन्छ । तर जिद र हठलाई त्याग्नु होला, नत्र ससाना कुरामा विवाद हुनसक्छ । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ नीलोरकालो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शं शनैश्चराय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ

परिबन्द र बाध्यताका काममा रुमल्लिनु पर्ने हुन्छ, नियमित र व्यवहारिक खर्च बढ्न सक्छ, तर वैदेशिक प्रयोजनको कामबाट मनग्ये लाभ हुनेछ, विदेशी सम्पत्तिको उपयोग गरी फाइदा बटुल्ने समय हो । महत्त्वाकाङ्क्षा राख्नुहुँदैन, नत्र व्यावहारिक समस्या र अपजस खेप्नुपर्ने समय छ । कतिपय स्थितिमा थालेको काम पनि बीचमा नै छाड्नुपर्ने हुन्छ । छलछाम र हेलचक्र्याइँ नगर्नु होला, पार्टनरलाई सारा गोपनीय कुरा खुलाएमा र विश्वास जित्न सकेमा मात्र प्रेम सफल बन्नेछ । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ महाकालाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन

सरकारी कामका माध्यमबाट धनार्जन गर्न सकिने छ, कुनै प्रतिष्ठान वा कार्यालयको बाँकीबक्यौता उठाउनु छ भने प्रयास गर्नुहोला । सुखसुविधा वा सजावटका सामान वा भाँडाकुडा खरिद गर्न अनुकूल समय छ, तर घरव्यवहार र दैनिक कामधन्दामा निकै खट्नुपर्ने परिस्थिति छ । आफूभन्दा कमजोर भाइबहिनी वा साथीहरूलाई अर्तिबुद्धि दिन मन लाग्छ वा संस्कार र संस्कृतिका बारेमा समेत सिकाउने समय हो । आज ९० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ कलेजी र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भास्कराय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मौसमः थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ ।

हाल देशभर साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षा हुनुको साथै कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी र बागमती प्रदेशका पहाडी भू-भाग लगायत गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज गुरु पूर्णिमाः शिक्षा र ज्ञान दिने गुरुको सम्मान गरी मनाइँदै

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ।‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराईले बताए।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ ।

गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः।।

माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरुपूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवं सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन्।

व्यास जयन्ती

आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ।

आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो । व्यासले पुराण र उपपुराणका माध्यमबाट यस्तो सन्देश दिन खोजेका छन्–

‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम्।
परोपकार पुण्याय, पापाय परपीडनम्’।।

अर्थात् अरुको उपकार गरे धर्म हुन्छ एवं अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिएका छन्। पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका हुन्। आज देशभरका विभिन्न गुरुकुल, शिक्षालय एवं सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी गुरुपूर्णिमा मनाउँदैछन्।

मुलुकमा ठूलो अनिस्टको संकेत ! दोलखाको भिमशेनको शिलामा पसिना आयो

काठमाडौं । दोलखामा रहेको भिमेश्वर मन्दिरमा भिमशेनको शिलामा पसिना अएको छ । शनिवार दिउसा १ बजेर ४७ मिनेटको समयदेखि शिलामा पसिना अइरहेको हो ।

भिमेश्वर गुठी तथा पूजा व्यवस्थापन समितिका अनुसार शिलाको बाँयापट्टी निरन्तर पसिना आइरहेको छ ।

शिलामा पसिना आउँदा मुलुकमा ठूलो अनिस्ट हुने विश्वास गरिँदै आएको छ भने शिलालाई साक्षात भविष्य सूचक मानिदै आएको छ ।

बंगलादेशमा आन्देलानः हालसम्म कम्तिमा १५० जनाको मृत्यु, आन्दोलन दबाउन देशभर शैन्य कर्फ्यु

काठमाडौं । बंगलादेशमा सरकारी जागिरमा कोटा सिस्टमकोविरुद्ध भइरहेको आन्दोलनमा हालसम्म कम्तिमा १५० जनाको मृत्यु भएको छ । सरकारले आन्दोलन दबाउन इन्टरनेट र इन्टरनेटबाट सञ्चालन हुने म्यासेजिङ सेवाहरु पनि बन्द गरिएको छ । शुक्रबार प्रदर्शनकारीहरुले एक जेल तोडेर ८५० कैदी निकालेर आगो लगाएका थिए ।

सरकारी टेलिभिजनको समाचारसँग असन्तुष्ट समूहले बिहीबार टेलिभिजनमा आगजनी पनि गरेका थिए । बंगलादेशमा लागू भएको ५६ प्रतिशत कोटा घटाएर १० प्रतिशतमा झार्नुपर्ने भन्दै अहिले आन्दोलन चर्किएको छ ।

प्रदर्शन दबाउन सेनाले कर्फ्यु जारी गरेको छ । जर्मनीको विश्व च्यानल डीडब्ल्यूका अनुसार आइतबार बिहान १० बजेसम्म यस्तो उर्दी जारी गरिएको छ ।

‘कांग्रेस र एमाले मिलेर माओवादीलाई घुस खान सिकाए’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले कांग्रेस र एमालेले माओवादीलाई घुस खान सिकाएको टिप्पणी गरेका छन् ।

आज काठमाडौंमा आयोजित ‘बाबुरामः एक दुरदर्शी विद्रोही’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै कांग्रेसले राजाबाट एमालेले कांग्रेसबाट घुस खान सिकेको र माओवादीले दुइवटै पार्टीबाट घुस खान सिकेको आरोप लगाएका हुन् ।

उनले भने– राजाले घुस खान कतैबाट सिके होलान । तर कांग्रेसले राजाबाट सिक्यो संस्थागत रुपमै, हामी एमाले भएर कांग्रेसबाट सिक्यौं, उनीहरुसँग संगत बढ्दै जाँदा सिक्यौं । दुइवटै पार्टी मिलेर माओवादीलाई घुस खान सिकाएका हौं ।’

खुला सिमानाले गर्दा भारतसँग प्रतिस्पर्धा गर्नै सकिदैन्ः बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले खुला सिमानाले गर्दा भारतसँग प्रतिस्पर्धा गर्न नसकिने बताएका छन् । आज डा. मुक्ति रिजालद्धारा लिखित ‘बाबुरामः एक दुरदर्शी विद्रोही’ नामक पुस्तक विमोचन कार्यक्रममा उनले भारतसँगको असमान सम्बन्ध नसच्याएसम्म नेपालको विकास हुन नसक्ने भन्दै यसलाई तथ्यको आधारमा नयाँ पुस्ताले अघि बढाउनुपर्ने बताए ।

उनले भने– ‘भारतको अर्थतन्त्र ठूलो छ, हाम्रो सानो छ । खुला सिमानाले गर्दा प्रतिस्पर्धा गर्नै सकिदैन्, त्यसले गर्दा भारतसँगको जुन असमान सम्बन्ध बन्यो, त्यसलाई नसच्याएसम्म नेपालको विकास हुँदैन ।’

बीस हजार युवा दस्ता तयार पार्दै राप्रपा, आन्दोलन र संगठन विस्तारको रणनीतिक कार्यक्रम सुरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आन्दोलन र संगठन विस्तारको रणनीतिक कार्यक्रम काठमाडौं उपत्यकामा आरम्भ गरेको छ । राप्रपाले आन्दोलनका लागि देशभरीका वडाबाट बीस हजार युवा दस्ता तयार गर्ने योजना राखेको छ ।

‘संगठन आन्दोलनको निम्ति, संगठन निर्वाचनको निम्ति, यही रणनीति र उद्देश्य लिएर राप्रपा अघि बढेको छ । जनताले राप्रपाको एजेण्डालाई मन पराएका छन्, राप्रपाप्रति आशावादी छन् । त्यसैले देशमा विद्यमान विकृति, विसंगति, भ्रष्टाचार लगायतका वेथिति अन्त्य गरेर जनताको अपेक्षा पूरा गर्न राप्रपा वडा तहसम्मको संगठन मजबुत बनाउन लागीपरेको छ,’ राप्रपाका महामन्त्री तथा संगठन विभाग प्रमुख डा धवलशम्सेर राणाले शनिबार भने ।

‘काठमाडौं उपत्यकाभित्रका वडाबाट कम्तिमा दश युवा र अन्यत्र वडाबाट कम्तिमा तीनजना युवा दस्ता तयार गर्ने लक्ष्य कार्यान्वयनमा गइसकेको छ,’ भन्दै महामन्त्री राणाले यसै रणनीतिक कार्ययोजना मनन् गरेर वडा र नगर तहमा सक्रियपूर्वक अघि बढ्न पार्टीका चाँगुनारायण नगर समिति र अन्तर्गत वडा समितिहरुलाई निर्देशन दिए ।

महामन्त्री कुन्ती शाहीले राप्रपाले निर्णायक आन्दोलन गरेर राजा सहितको प्रजातन्त्रको लक्ष्य प्राप्त गर्ने बताइन् । ‘वडासम्म गएर युवा दस्ता तयार गर्ने, प्रशिक्षित तुल्याउने भनेको निर्णायक आन्दोलनकै तयारी नै हो, आन्दोलनकै एक क्रम हो,’ उनले भनिन् ।

प्रवक्ता तथा संगठन विभागका सदस्य सचिव सगुन सुन्दर लावतीले विश्वको बदलिँदो शक्ति सन्तुलन, देशको आन्तरिक परिस्थिति, जनताको चाहना सबैबाट नेपालमा परिवर्तन निश्चित देखिएको बताए । ‘विगत १५ वर्षमा १४ पटक सरकार परिवर्तन भएर नेपालले विश्व किर्तिमान राखेको छ । फेरि देशमा स्थीरता दिन्छु भन्ने कांग्रेस–एमाले गठबन्धन स्वयमले आलोपालो सरकारको सहमति गरेर सरकार परिवर्तन र अस्थिरिताको उद्घोष गरिसकेको छ । यस्ता अन्तरविरोधबाट देश र समाजले उन्मुक्ति चाहेको छ,’ लावतीले भने ।

चाँगुनारायण नगर समिति अध्यक्ष रमेश अधिकारीको अध्यक्षतामा सम्पन्न संगठन विस्तार कार्यक्रममा सहमहामन्त्री रवीन्द्रप्रताप शाहले पात्र र प्रणालीमा देखिएका समस्याको जड सम्बोधन गरेर युवाहरु विदेशीने क्रम सम्बोधन गर्नुपर्ने बताए । भक्तपुर जिल्ला अध्यक्ष अर्जुन कार्कीले पार्टीको निर्देशनअनुसार आन्दोलनमा होमिन तयार रहेको तर केन्द्रले जिल्ला र स्थानीय तहको सल्लाह सुझाव मनन् गर्नुपर्ने बताए ।

राप्रपाले बीस हजार युवा दस्तालाई भूपू सेना र प्रहरीबाट आन्दोलनकेन्द्रीत विशेष प्रशिक्षण दिने तयारी गरेको छ । नगर समिति अध्यक्षको नेतृत्वमा नगरस्तरीय आन्दोलन परिचालन समिति निर्माण गर्ने निर्णय गरेको छ ।

भोलिको संसदमा अनिवार्य उपस्थित हुन एमालेको ह्विप

काठमाडौं । भोलि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिदैछन् । विश्वासको मत लिने उदेश्यले बस्न लागेको बैठकम नेकपा (एमाले)ले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।

एमालेले भोलि (आइतबार) बस्ने प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित भएर विश्वासको पक्षमा मत आफ्ना सांसदहरूमा ह्विप जारी गरेको हो ।

दल सम्बन्धी ऐन, २०७३ को दफा २०२८ र नेकपा एमाले संघीय संसदीय दलको विधान, २०७७ को धारा २४ बमोजिम एमालेले सो ह्वीप जारी गरेको छ।

चौथो पटक प्रधानमन्त्री बनेका ओलीले आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन् । कांग्रेस एमालेसहित ४ दलको नयाँ सरकार गठन भएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्रीलाई राप्रपाले विश्वासको मत नदिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । संविधान संसोधनको मुद्दामा सघाउन भने राप्रपा तयार रहेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

सत्ता टिकाउन आफुहरुको मत आवश्यक नभएको भन्दै सरकाका पछिल्ला गतिविधिहरूले आशंका गर्ने धेरै ठाउँ देखाएको लिङ्देनले बताए ।

राप्रपाले सरकारका कामकारबाही हेरेर आगामी दिनमा थप निर्णय लिने उनको भनाइ छ ।