आगामी चुनावमा माओवादीलाई साथमा नलिने सर्तमा कांग्रेस–एमालेको समिकरणः इश्वर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा माओवादीलाई साथ नलिने सर्तमा कांग्रेसएमालेको सरकार बनेको खुलासा गरेका छन् ।

शुक्रबार दोहामा भएको प्रवासी मञ्चको सातौ अधिवेशनलाई संबोधन गर्दै पोखरेलले त्यस्तो खुलासा गरेका हुन ।

पोखरेलले राजनितीक स्थायीत्वको लागी कांग्रेस एमाले सरकार बनेको बताए । यो देशमा हुँदा हुँदा २० सिटेलाई प्रधानमन्त्री बन्ने अवस्था आएकाले जनताको अभिमत प्राप्तहरूले नयाँ सरकार गठन गरेको बताए । सम्बोधनकै क्रममा उनले प्रचण्डले चुलबुल गर्दा हुँदाखाँदाको सरकार ढलेको टिप्पणीसमेत गरे ।

कोरोना बीमाको बक्यौता रकम भुक्तानी गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले कारोना बीमाको बक्यौता रकम भुत्तानी गर्ने तयारी गरेको छ । बीमा प्राधिकरणले २०१९ मा कोरोना महामारी फैलिएपछि यसको प्रभावलाई नहेरी बिमा गरेको थियो ।

उपप्रधान तथा अर्थमनत्री विष्णु पौडेलले कोरोना बिमाको रकम भुत्तानी गर्न लागिएको बताएका छन् । नयाँ सरकार गठन हुने वित्तिकै यस्तो प्रकृया सुरु भएको पौडेलले पुष्टि गरेका छन् ।

अर्थ मन्त्रालयको तथ्यांकअनुसार १ लाख २९ हजार ४६४ जनाको बीमा दाबी भुक्तानी गर्न बाँकी छ ।

ती व्यक्तिको ११ अर्ब ३२ करोड रुपैयाँ दाबी भुक्तानी बाँकी रहेको अर्थमन्त्री पौडेलको भनाई छ ।

सिमलताल घटनाः हराएको बस र यात्रुको खोजीका लागि भारतको रेस्पोन्स फोर्स नेपाल आइपुग्यो

काठमाडौं । मिलतालमा पहिरोसँगै त्रिशुलीमा खसेको दुई बस र यात्रुको खोजीका लागि भारतको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) घटना स्थल आइपुगेको छ । नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पर्ने उक्त स्थानमा एनडिआरएफ को १२ सदस्यीय टोली घटनाको खोज तथा उद्धारका लागि नेपाल आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

टोली गएराति सुनौली नाका हुँदै नेपाल भित्रिएको भैरहवामा बसेर आज बिहानै घटना स्थलमा आएको हो । टोलीले आजैदेखि काम थाल्ने छ ।

पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेटसहित उनीहरु आएका हुन् । उनीहरुले तीन वटा अत्याधुनिक सोनार उपकरण पनि ल्याएका बताइएको छ । उनीहरु सशस्त्र प्रहरीको एक टोलीका साथ घटनास्थल पुग्दै छन् । कार्यकारी प्रमुख पोखरेलका अनुसार नेपालको स्रोतसाधनले बसको अवस्था पत्ता लगाउन नसकेपछि सरकारले खोजीका लागि अन्तर्राष्ट्रिय उद्धार टोली मगाएको हो । गृह मन्त्रालयले परराष्ट्रमार्फत भारतीय उद्धार टोली मगाएको थियो ।

शिक्षा क्षेत्रको धज्जी उडाईयो : राहत शिक्षक दुईवटा विद्यालयको प्रधानाध्यापक !

काठमाडौं । रौतहटको दुई विद्यालयले एकै जना प्रधानाध्यापक राखेको खुलासा भएको छ । रौतहटको फतुवा नगरपालिकाको दुई वटा विद्यालयको जिम्मा एक राहत शिक्षकलाई दिएर शिक्षा क्षेत्रको धज्जी उडाइएको छ ।

विद्यालयलेसमेत यस्तो चरम लापरवाही गरेपछि यहाँका सरोकारवालहरु पनि आश्चर्यमा परेका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले आर्थिक चलखेलका आधारमा स्थायी शिक्षक हुँदा हुँदै पनि राहत शिक्षक सुबोध यादवलाई त्यहाँ माथि दुई वटा विद्यालयका प्रधानाध्यापक नियुक्त गरेको बुझिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत प्रधानले सरस्वती प्राथमिक विद्यालय विजयपुरका प्रधानाध्यापक राहत शिक्षक सुवोध यादवलाई २०८० साल माघ २९ गतेदेखि प्राथमिक विद्यालय सन्तपुर दोस्तियाका पनि आर्थिक प्रशासनिक समेत हेर्ने गरी जिम्मा दिएका थिए । यो बारेमा यादवलाई सोधपुछ गर्दा आफुले दुईवटा विद्यालयको जिम्मेवारी पाउको स्विकार गरेका छन् । उनले दुवै विद्यालयमा समय मिलाएर दिदै गरेका बताए ।

नगरपालिकाका शिक्षा शाखा प्रमुखले यसबारे आफुलाई थाहा नभएको बताएका छन् ।

कटहरीया र फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रधान आफुले दुईवटा पालिका हेरे जस्तै प्रधानाध्यापक पनि दुई तिर नियुक्त गरेको हुनसक्ने बुझिएको छ ।

मोतीलक्ष्मी उपासिका क्रान्तिकारी तथा प्रेरणादायी नारी साहित्यकार !

काठमाडौं। नेपाल प्रज्ञा– प्रतिष्ठान र नेपाल भाषा मिसा खलस्को सहकार्यमा नेपालभाषाका साहित्यिक सर्जक तथा अभियन्ता मोतीलक्ष्मी उपासिकाको ११५ओैँ जन्मजयन्ती मनाइएको थियोे।

नेपालभाषा–साहित्यका अध्येता प्रा.प्रेमशान्ति तुलाधरले नेपालभाषा साहित्यका एक सशक्त नारी हस्ताक्षर मोतीलक्ष्मी उपासिकाुविषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा भाषा आयोगका सदस्य सुरेश किरणले पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन गरेका थिए । उनले मोतीलक्ष्मी उपासिका अग्रगामी नारी चेतना भएकी एक क्रान्तिकारी र जुझारु लेखिका भएको बताएका छन् । नेपाली र नेपालभाषाकी साहित्य सर्जक ,साङ्गठनिक , साहित्यिक अभियन्ता र सबै मातृभाषाका लागि प्रेरणाको स्रोत भएको उनले बताए ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले मोतीलक्ष्मी उपासिकाले नेपालभाषा र साहित्यमा पु¥याएको योगदानबाट कोही पनि विमूख रहनु हुँदैन ।उनका बारेमा गहिरो खोजअनुसन्धान हुनुपर्नेमा जोडदिनु हुँदै एउटा भाषा हरायो भने राष्ट्रको ठुलो अङ्ग हराउँछ भन्ने चेतना स्वयम् राज्यको हुनुपर्ने धारणा राखेका थिए ।

प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा अनुवाद विभाग प्रमुख हंसावती कुर्मी हंसाले मोतीलक्ष्मी उपासिकाले साहित्यिक क्षेत्रमा पुर्याएको योगदानलाई नयाँ पुस्तासम्म पुर्याउन यस कार्यक्रमले महत्त्वपूर्ण देन रहने कुरा स्वागत मनतव्यमा बताइन् ।

कार्यक्रमका सभाध्यक्ष,प्रज्ञा(प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा भाषा(मातृभाषा कोष तथा व्याकरण ) विभाग प्रमुख त्रैलोक्यमान बनेपाली ‘अगिव’ ले साहित्यमा विशिष्ट योगदान गरेकी मोतीलक्ष्मी उपासिका नेपालभाषा (साहित्य मात्र नभई सिङ्गो नेपाली साहित्यकी प्रेरणादायी एक क्रान्तिकारी नारी हस्ताक्षर रहेको दाबी गरे । एक सर्जक, सङ्गठक र अभियन्ता रहेकी उपासिकाको व्यक्तित्वलाई उजागर गर्न अझै बाँकी रहेको उनले बताए ।

उक्त कार्यपत्र प्रस्तुत गर्दै प्रा.प्रेमशान्ति तुलाधरले नेपालभाषाका विशिष्ट प्रतिभा चितधर ुहृदयु जस्ता साहित्यिक महारथीहरूको प्रशिक्षण र प्रेरणा पाएर कलम चलाएकी मोतीलक्ष्मी उपासिकाले राणाकालीन कालरात्रीमा पनि देशकाल परिस्थितिसँग जुधेर नेपालभाषाको संरक्षण र संवर्द्वनका निमित्त आगाडि बढ्नु भएको चर्चा गरेका थिए । साथै जेलमा परेकाआफ्नो दाजु चित्तधरलाई अनेकौँ जुक्तिले जेलभित्र आवश्यक सामाग्री जुटाई साहित्य सिर्जनामा अभिप्रेरित गर्ने र जेलकृत रचनालाई गुप्त रूपमा ल्याएर सुरक्षित राख्ने मोतीलक्ष्मी त्याग र बलिदानकी प्रतिमूर्ति भएको बताए ।

नेपालभाषाका क्षेत्रमा पहिलो आधुनिक कथाकार तथा नेपाली भाषाको प्रथम महिला कथाकारका रूपमा परिचित रहेको बारे उल्लेख गर्दै मोतीलक्ष्मीलाई नीति, उपदेशमूलक, दार्शनिक तथा स्वच्छन्दतावादी दृष्टिकोण व्यक्त गर्ने नेपालभाषाको आधुनिक गद्य साहित्यका लागि विशुद्ध सेतुको रूपमा कार्यपत्र प्रस्तोता तुलाधरले चित्रण गरेका थिए । महिलाहरूको सहभागितासहित (नेपालभाषा मिसा खलः) जस्ता संस्था खोलेर मोतीलक्ष्मी नेपालभाषाको श्रीवृद्धिका साथै मातृभाषाको उन्नायनमा प्रेरक व्यक्तित्व बनेको बारे उल्लेख गरे ।

उक्त कार्यपत्रमाथि प्राज्ञद्वय चेतनाथ धमला र सूर्यप्रसाद यादव ,सहभागीका तर्फबाट तिलकप्रकाश कायस्थ , शाक्य सुरेन र हरिशरण राज उपाध्याय शर्माले आआफ्नो जिज्ञासासहित टिप्पणी राखे । कार्यक्रममा ‘मोतीलक्ष्मी उपासिका’ शीर्षकको आफ्नो कविता लोककवि राजभाइ जकमीले वाचन गरेका थिए ।

समाजसेवी तथा साहित्यकार कृष्णलाल प्रधान र नेवा देय् गुठीका अध्यक्ष पवित्रा बज्राचार्यले उनको योगदानबारे आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा नेपालभाषा मिसा खलस्का अध्यक्ष धर्मशोभा तुलाधरले धन्यवादज्ञापन तथा संस्थाका सहसचिव पद्मलक्ष्मी ताम्राकारले आयोजकका तर्फबाट खादा लगाएर स्वागत गरेका थिए ।

उक्त कुरा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले बताए । कार्यक्रमको उद्घोषण भने पूर्णिमा शाक्यले गरेकी थिइन् ।

कस्तो छ आजको मौसम पूर्वाअनुमान

काठमाडौं । आज आंशिक देखि साधरणतया बदली रहेने भएको छ । अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

विदेशी मुद्राहरूको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य बढ्दा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रुपैयाँ १७ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १३४ रुपैयाँ १५ पैसा थियो।युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४६ रुपैयाँ १२ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६४ पैसा थियो।

बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७४ रुपैयाँ १५ पैसा थियो। अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९० रुपैयाँ ३० पैसा थियो।

कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ०९ पैसा थियो। बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ३४ र बिक्रीदर ३५५ रुपैयाँ ९४ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ २९ र बिक्रीदर ३५५ रुपैयाँ ८८ पैसा थियो।

७७ वटै जिल्लाका सिडिओहरुलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्का बेला आफ्नो सक्रियता बढाउन प्रमुख जिल्ला अधिकारीहरू तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई निर्देशन दिएका छन्।

भर्चुअल माध्यमबाट शुक्रबार बेलुका उनले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई मनसुनजन्य विपद्बाट प्रभावित भएका नागरिकलाई राहत दिन तथा उद्धार गर्न राज्यका तर्फबाट कुनै कसर बाँकी नराखी काम गर्न निर्देशन दिए। गृहमन्त्री लेखकले सीमित स्रोत साधनका बाबजुद पनि विपद् व्यवस्थापनमा धेरै काम गर्नुपरेको उल्लेख गरे।

उनले भने, ‘राज्य छ भन्ने अनुभूति दिने काम प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायको हो, अनुभूति हुने ढंगले काम गर्नुपर्छ।’ विपद् व्यवस्थापन गर्न आवश्यक प्रविधिको उपलब्धताका लागि मन्त्रालयले पहल गरिरहेको उनको भनाइ थियो।

विपद् व्यवस्थापनका साथै जिल्लाको शान्ति सुरक्षा, लागूऔषध नियन्त्रण, आपराधिक गतिविधि नियन्त्रणलगायत विषयमा सक्रिय हुन मन्त्री लेखकले सो अवसरमा निर्देशन दिए।

‘वर्षात्बाट उत्पन्न जटिल परिस्थितिका कारण ७७ वटै जिल्ला प्रभावित भएका छन्, विपद्को सामना तथा जनधनको क्षति न्यूनीकरणका लागि तीनवटै (संघ, प्रदेश र स्थानीय) तहबीच समन्वय आवश्यक छ, संघीय सरकारको तर्फबाट पहल गर्ने काम प्रमुख जिल्ला अधिकारी हो’, उनले भने। अवाञ्छनिय गतिविधि तथा भ्रष्टाचार गर्ने छुट कसैलाई पनि नभएको मन्त्री लेखकको भनाइ थियो। भर्चुअल बैठकमा गृह सचिव एकनारायण अर्यालले विपद्को सुरुआती दिनमै यस पटक देशभर धेरै जनधनको क्षति भएको बताए।

प्रति नेपालीको भागमा ८३ हजार ऋण

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा राष्ट्रको सार्वजनिक ऋण थप वृद्धि भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत वर्ष मात्र एक खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँ सार्वजनिक ऋण थपिँदै २४ खर्ब ३३ अर्ब २३ करोड ९४ लाख रुपैयाँ पुगेको हो ।

समीक्षा अवधिमा बाँकी बक्यौता सार्वजनिकलाई कूल जनसंख्याले भाग लगाउने हो भने प्रति नेपालीको भागमा ८३ हजार ४३१ रुपैयाँ ३१ पैसा पर्ने देखिन्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।

२०८० असार मसान्तसम्म नेपालको सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब रहेको थियो । समीक्षा अवधिमा कायम कूल ऋणमध्ये ४८.५३ प्रतिशत अर्थात् ११ खर्ब ८० अर्ब ९० करोड १८ लाख रुपैयाँ आन्तरिक ऋण रहेको छ भने ५१.४७ प्रतिशत अर्थात् १२ खर्ब ५३ अर्ब १३ करोड ४७ लाख रुपैयाँ बाह्य ऋण रहेको छ ।

आजको राशिफलः २०८१ साउन ५ गते शनिबार

मेष

विशेष गरी जो निरन्तर मिहिनेत गर्दछन् र केही नयाँ सिक्ने मनसाय राख्दछन्, तिनको प्रयास सफल हुने तथा प्रशंसा पाउने समय हो । शान्त र स्थिर मतिको उदय हुनेछ, परोपकारी समय हो, प्रेम र भाइचारालाई समेत जीवन्त तुल्याउन सकिने छ । ठूलाबडाको सहयोग लिन सके नबन्ने काम पनि बन्नसक्छ । मान्यजन वा उच्चपदस्थ अधिकारीहरूले हृदयदेखि नै प्रशंसा गर्नेछन्, त्यस्तै अर्काको सहयोग गर्न पाउँदा सन्तोषको अनुभूति हुने समय छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ गुं गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष

मनमा चिन्ता र निराशा बढ्ने दिन हो, त्यस्ता चालचलन र व्यवहारप्रति आफूलाई सजग राख्नुपर्छ, जसले लवमेटको गुनासो बढ्ने गर्दछ । आफन्त वा मित्रवर्गमा विरोधाभास र मतभेद बढ्ने समय हो । बल प्रदर्शन गर्ने र तुजुक देखाउने काममा पछि हट्नु ठीक हुन्छ । अस्वस्थ हुनुहुन्छ भने समय निकालेर आराम गर्नु ठीक हुन्छ । खनिज पदार्थ र पुरातात्त्विक चिजबीजको व्यवसायमा फाइदा देखिन्छ । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ नीलोरकालो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शं शनैश्चराय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन

रूपसौन्दर्य र गहनागुरियामा आकर्षण बढ्नेछ, सिर्जनात्मक काम गीतसङ्गीत, नृत्यरअभिनय वा कला र साहित्यका विषयमा रुचि जाग्ने समय हो । रमणीयता र भावुकतामा भुलिने हुँदा कुनै महत्त्वपूणर् पाठमा कमजोरी र कसर देखिने डर छ, त्यसैले लक्ष्य प्राप्त गर्न कडा मिहिनेत गर्नुपर्छ । सबैको सहयोग प्राप्त हुनाले ताकेको कामबाट छिट्टै फुर्सद पाइने छ र नयाँ काममा हात हाल्ने मानसिकतासमेत बन्नसक्छ । यो रचनात्मक उर्जाले भरिपूणर् समय हो, प्रियजनसँगको भेटघाटले वातावरण रमाइलो बन्नेछ । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कामाक्षीदेव्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट

कमजोरीलाई माध्यम बनाएर शत्रु हाबी हुने समय छ, विश्वासिलो साथी वा सहयोगी कर्मचारीले नै समस्या बल्झाउन सक्छन्, सचेत हुनुपर्छ । पार्टनरसँग दूरी बढ्दामात्र उसको महत्त्व कति छ भन्ने आभास हुने दिन हो, स्वास्थ्यगत कमजोरीले पनि रोमान्टिक जीवन प्रभावित बन्नसक्छ । ससाना कुराका कारण विवाद बढ्ने सम्भावना छ । महत्त्वहीन र बेकारका काममा आफ्नो शक्ति र समयको खर्च हुनेछ । आज ८५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ ध्वाँसेरकालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ रां राहवे नमः यस मन्त्रलाई कम्तीमा १८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह

सन्तान वा सहयोगी कामदारको सहयोग लिएर व्यवस्थापन पक्षको लथालिङ्गलाई मिलाउन प्रयास गरिने छ, बुद्धिकौशल तथा समझदारीले कमीकमजोरी हटाउन सकिने छ । प्रेमभाव, शान्त वातावरण, खुसी र सद्भाव कायम रहने राम्रो दिन छ । कनिष्ठ नातेदार वा छोराछोरीका तर्फबाट थप प्रसन्नता पाउन सक्नुहुन्छ । प्रयास गरेको कुनै पनि साधनाले पूणर्ता प्राप्त गर्नेछ । नजानेर अड्किएका विषयमा आज पुनः प्रयास गर्नु राम्रो हुन्छ । आज ५० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ज्ञानमुद्रायै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या

घरपरिवारमा राम्रो देखिन्छ, विभिन्न कुराको लाभ पाउने समय हो, तर कुरा काट्ने र खिसीट्युरी गर्नेहरूको क्रियाकलाप देखेर खिन्न बन्न सक्नुहुन्छ । कुनै समस्या छ भने अभिभावकसँग प्रष्टसँग राख्ने प्रयास गर्नुहोला । घरबाहिर हुनुहुन्छ भने मन मिल्ने साथीलाई बताउनु ठीक हुन्छ । आवेगहरूमा नियन्त्रण गर्न नसक्नाले निराशा र खिन्नताको अनुभूति हुनसक्छ, अतः आफ्ना लागि समय प्रदान गर्नु र चिन्तन गरी वर्तमान समस्याको हल गर्ने प्रयास गर्नु उपयोगी हुनेछ । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ चामुण्डाभगवत्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला

साथीसंगीसित रमाइलो भेटघाट हुनेछ, एकआपसका गुनासा सुन्ने दिन हो, देखिएका चुनौती पन्छाएर पनि परिस्थिति अनुकूल बनाउन सकिने छ । पेसागत र व्यवसायिक परिस्थतिमा सुधार हुनेछ । नयाँ सवारी साधन किन्ने वा साटफेर गर्न योजना बनाउने दिन हो । कामप्रतिको समर्पण भावका माध्यमबाट ठूलो लाभ मिल्ने समय छ, साथै बोली र व्यवहारका बलमा सेवाग्राहीलाई आकर्षित तुल्याउन सकिने छ । आज ८० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ वायुपुत्राय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक

मिहिनेत र बुद्धिकौशलको प्रयोग गरी आज सँगीसाथीका बीचमा विद्वान् र चङ्ख साबित हुने दिन हो, गुरुजनबाट स्याबासी पाउन सक्नुहुन्छ । सञ्चार वा नेटवर्किङका विभिन्न माध्यमले अल्मल्याउन सक्छन् । पराईसँग व्यवहार गर्दा शब्दहरूको चयन र प्रस्तुतिमा ध्यान दिनुहोला । धनको सहजता देखिए पनि खर्च गर्नुपर्दा होस राखेर चल्नुपर्ने समय छ । कठोर शब्द र खरो बोलीका कारण सेवाग्राही असन्तुष्ट र रुष्ट हुनसक्ने समय हो, तर सहकर्मी साथी र हाकिमको साथसहयोग मिल्नेछ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतोरउज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सर्वकामप्रदायै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु

महत्त्वाकाङ्क्षा र अदम्य उत्साह जाग्ने दिन हो । अल्छीपन बढ्न सक्छ, तर याद गर्नुहोला, कल्पना गरेरमात्र केही पनि हुँदैन, प्रतिफल प्राप्त गर्न मज्जाले खट्नुपर्ने हुन्छ । चिताएका काम सम्पादन हुनेछन्, हाकिम वा जानकार व्यक्तिको सहयोग र सहानुभूति प्राप्त हुनेछ । सेवाग्राहीलाई प्रभावित पारेर सम्मान पाउने समय हो । चिन्ता र शङ्कालाई त्यागेर अब नयाँ ढंगले अघि बढ्ने प्रयास गर्नुहोस्, ब्रेक नै भएको छ भने पनि पुनः सम्बन्ध कायम हुनेछ । आज ८० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर

कार्यक्षेत्रमा बोझ बढ्ने र धेरै मिहिनेत गर्नुपर्ने दिन छ । आर्थिक दृष्टिले कमजोर दिन भएकाले अनावश्यक खर्चमा नियन्त्रण गर्नु जायज हुन्छ । हिसाबकिताब र लेनदेनमा सतर्कता अपनाउनु होला, गल्ला र सेफको सुरक्षामा समेत ध्यान दिनुपर्छ । नयाँ लगानी हो भने सोचेर कदम चाल्नुहोला । हिसाबकिताब बिग्रनाले तनाव बढ्ने समय छ, अझ आफन्त नै भए पनि साक्षीजमानी बस्नु वा लेनदेनको काम गर्नु ठीक हुँदैन । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ नीलोरकालो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ

उच्चकोटिको पारिवारिक सुख मिल्नेछ, लामो समयदेखि सम्पर्क भएको छैन भने आजको केही समय घरपरिवार र आफन्तलाई पनि छुट्याउनु होला । थालेको काम बीचमा नै अवरुद्ध भएको छ भने फेरि पनि प्रयास गर्ने समय हो, खर्च बढे पनि विगतको लगानी हातलागी हुनेछ । पारिवारिक सुखमा अभिबृद्धि हुने तथा छोराछोरीबाट सन्तोष मिल्ने समय छ । ज्ञान वा अनुभवको प्रयोग गरी कुनै महत्त्वपूणर् विषयमा लाभ लिन सकिने छ । आज ८५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ नीलोरकालो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ छायापुत्राय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन

प्रतिष्ठा बढ्ने दिन हो, वंश, कुल र पितृपक्षका विषयमा आकर्षण देखिने छ, कार्यक्षेत्रमा पनि वरिष्ठ कर्मचारी प्रसन्न रहनेछन् । अझ बृद्धबृद्धा वा मान्यजनको सेवाचाकरी गरेमा भाग्यबल बढाउन सकिने छ । बहुप्रतीक्षित महत्त्वाकाङ्क्षा सिद्ध हुने दिन हो, दिमागलाई सही फ्रेममा राख्नुहोस्, सबै विवाद र समस्याहरूलाई सकारात्मक ढंगले समाधान गर्न सकिने छ । व्यवसायिक कामको चाप बढ्नसक्छ अथवा कुनै कामका लागि टाढा जानुपर्ने बाध्यता हुनेछ, यद्यपि एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । आज ८५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ नीलोरकालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शं सूर्यात्मजाय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

जनमत पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

पार्टीको आजको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए ।

उनका अनुसार नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेबीच भएको साझेदारीमा गठन भएको वर्तमान सरकारले मधेश प्रदेशमा आफ्नो पार्टी नेतृत्वको सरकारलाई समर्थन गरेकाले सङ्घीय सरकारका प्रधानमन्त्रीलाई विश्वातको मत दिने निर्णय गरिएको हो ।

जनमतको नेतृत्वमा कांग्रेस, एमाले, लोकतान्त्रिक समाजवादी ९लोसपा०सहित मधेस प्रदेश सरकारले बिहीबार पूर्णता पाइसकेको छ । ‘हाम्रो पार्टीको सुरुदेखिनै प्राथमिकतामा मधेस प्रदेश सरकार थियो । प्रदेशमा जनमतको नेतृत्वलाई कांग्रेस र एमालेले समर्थन गरेकाले सङघीय सरकारलाई समर्थन गरेर जाने पार्टीको स्पष्ट नीति छ,’ प्रवक्ता यादवले भने ।

प्रतिनिधिसभामा जनमत पार्टीका छ सांसद रहेका छन्।

प्रधानमन्त्रीलाई एमालेको बुझाव

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने विषयबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

शुक्रबार प्रधानमन्त्री कार्यालयमा एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री ओलीलाई सुझावपत्र बुझाएको हो ।

पार्टीका २७ वटा विभागले दिएका सुझावलाई समेटिएको सुझाव बुझाइएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार आगामी तीन वर्षभित्रमा गर्न सकिने बढीमा १० वटा ठोस कार्यक्रम, यसै वर्षको बजेटको दायराभित्र सञ्चालन गर्न सकिने कार्यक्रमहरू, सम्बन्धित मन्त्रालयमा गर्नु पर्ने नीतिगत र कानुनी सुधारहरू, हाल संसदमा विचाराधीन सम्बद्ध मन्त्रालयसँग सम्बन्धित विधेयकको अवस्था र त्यस सम्बन्धी दृष्टिकोण, निर्वाचन घोषणापत्र २०७९ मा त्यस क्षेत्रसँग सम्बन्धित पार्टीका मुख्य प्रतिबद्धताहरू रहेका छन् ।

उक्त सुझावमा सहकारी समस्या समाधानदेखि खेलकुदको विकाससम्मका विषयलाई समेटिएको छ ।

कांग्रेस–एमाले समिकरणकाविरुद्ध संघर्ष गर्ने चार दलको तयारी

काठमाडौं । मेधेश केन्द्रत चार वटा दलले कांग्रेस–एमालेबीचको समिकरणविरुद्ध संघर्ष गर्ने चेतावनी दिएको छ ।

तमलोपा, एकीकृत समाजवादी पार्टी, मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल र नेपाल सद्भावना पार्टीको संयुक्त मधेश संघर्ष समितिले गठबन्धनले एकात्मक शासन व्यवस्थालाई स्थापित गर्न खोजेको भन्दै संघर्ष गर्ने तयारी गरेका हुन् ।

संघर्ष समितिले एक विज्ञप्ति जारी गर्दै वर्तमान संविधानको संशोधनलाई प्राथमिकतामा राखेको समाचारहरूमा देखा परे पनि जनयुद्ध, संयुक्त जनआन्दोलन र मधेश आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई समाप्त गरी एकात्मक शासन व्यवस्थालाई स्थापित गर्न खोजेको आरोप समितिले लगाएको छ ।

समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधि सभाबाट समानुपातिक समावेशी प्रतिनिधित्व समाप्त गर्ने, संघीय संसदमा प्रदेश र स्थानीय तहको प्रतिनिधि सदन राष्ट्रिय सभाको वर्तमान भूमिका खत्तम गर्ने, अनुचित थ्रेसहोल्डमा झन् वृ‌द्धि गरेर बहुदलीय लोकतन्त्रको स्वरूप सिध्याएर दुई दलीय स्वरूपमा लैजाने जस्ता षडयन्त्रहरू देखा परेका छन् ।’

किन रोकियो आज ल्याउने भनिएको मौद्रिक नीति ?

काठमाडौं । आज ल्याउने तयारी भएको मोद्रिक नीति एकाएक रोकिएको छ । आज बिहान राष्ट्र बैंक सञ्चालक समिति बसेर नीति पारित गर्ने तयारी गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडालाई नियुक्त गरेपछि मौद्रिक नीतिबारे परामर्श गर्न खोजेकोले रोकिएको पनि जनाइएको छ ।

समय अपर्याप्त भएको र नीतिबारे केही छलफल गर्न बाँकी रहेकाले रोकिएको स्रोतको भनाई छ ।

जसपा नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने, संविधान संशोधनको पक्षमा उभियो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकार बाहिरै बसेर आफूहरूले ओली नेतृत्वको सरकारलाई सघाउने र विश्वासको मत दिने बताएका छन् ।

उनले ओली नेतृत्वको सरकारले संविधान संसोधनको मुद्दा अघि बढाएकाले आफुहरुले बाहिरै बसेर साथ दिन लागेको बताएका हुन् ।

काँग्रेस एमालेको मिलनबारे उनले थपे, ‘संविधान संशोधनको एजेण्डा हाम्रो हो। उहाँहरूले अहिले समेट्नुभएको छ। त्यसैले अब हामी बाहिर बसेर काम हेर्छौँ। संविधान संशोधन गर्नुपर्छ भनेर हामीले घोषणा भएदेखि भन्दै आएका हौँ।’

काँग्रेस एमाले सरकारको काम गरेर सरकारमा जाने नजाने पछि निर्णय हुनसक्ने बताए।