आजको राशिफलः साउन ३० गते २०८१

मेष

मन आनन्दप्राप्तिका लागि आकर्षित बन्ने समय हो, तर काम बाँकी राखी अल्छी गरेमा आफैंलाई लोड बढ्नेछ भनी होस राख्नुपर्छ । गोपनीय र रहस्यात्मक विषयको जानकारी बटुल्ने दिन हो, तर आज बारम्बार नकारात्मक धारणामात्र आइरहने छ, कसैको असम्भव आशामा वा बहकाउमा नफँस्नु होला । स्वास्थ्यस्थिति कमजोर हुने दिन हो । खानपानमा पनि अरुचि हुनसक्छ । आफ्ना कुरा छाडी आफन्त र खासगरी जीवनसाथीको भावना बुझिदिनु, कुरा सुन्नु अनि आफू व्यवहारिक बन्नु राम्रो हुनेछ । आज २० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ सेतोरपहेंलो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सर्वमृत्युनिवारकाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष

पेसागत सफलताका लागि प्रयास गरिने छ, त्यसबाहेक पारिवारिक जीवन, वैवाहिक सुख र प्रेम जीवनका निमित्त केही समय छुट्याउनु पर्ने दिन हो । घरपरिवारको आँखा छलेर पार्टनरलाई समय छुट्याउन अप्ठ्यारो पर्नसक्छ, तर कसोकसो भेटघाट, मनोरञ्जन र घुमघामको मेसो मिल्ने दिन हो । आज राम्रा र नयाँ डिजाइनका लुगाफाटा पहिरने सौख जाग्नेछ, आफ्नै लागि वा जीवनसाथीका लागि वस्त्र वा आभूषणादि खरीद गर्ने मनसाय बन्नसक्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कुलपूजितायै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन

कुनै आधिकारिक वार्तालाप वा व्यापारिक बैठकका बारेमा उत्सुकता बढ्ने समय हो, नयाँ करार वा समझौताको सम्भावना पनि देखिन्छ । घमण्ड र क्रोधमा बृद्धि हुनसक्छ, तर पनि व्यक्तिगत कार्य र पारिवारिक जिम्मेबारीका बीच तालमेल मिलाउन सकेमा विवाद एवं अपजसबाट बच्न सकिन्छ । एकोहोरिएर घोरिंदा स्वास्थ्यस्थिति बिग्रने डर हुन्छ, त्यसैले परिश्रम र आरामको सन्तुलनमा ध्यान दिई पठनपाठनमा जुट्नुपर्छ, बहस वा तर्कवितर्कमा विजयी भइने छ । आज २५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सर्वरोगहराय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट

अनुभव वा ज्ञानको कमीलाई हटाउन सकिने छ, आर्थिक शुभताको विशेष समाचार प्राप्त हुनेछ । केही समय घरपरिवार र सन्ततिको जिम्मेबारीमा बित्नसक्छ । सम्झौता वा करार गर्न अनुकूल समय छ । बुद्धिकौशल अर्थात् ट्रिकको प्रयोग गरी सफलता कमाउने दिन हो, समस्यामूलक कुनै काम छन् भने सिनियर स्टाफको होइन, जुनियर साथीको सहयोग लिनुपर्छ । मनको कुरो खुलस्त पार्ने दिन हो, पार्टनरसँग असन्तुष्टि र निराशाका बारेमा बताउनुहोला, एकअर्काको मनोभाव बुझी काम गर्नसके सम्बन्धमा दृढता आउनेछ । आज ७५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह

हाकिम वा सिनियर कर्मचारीसँग सुमधुर सम्बन्ध कायम हुने दिन हो । आज सानो प्रयासले उच्च स्तरमा पहुँच र स्थान पक्का गर्न सक्नुहुन्छ । कारोबारलाई नयाँ गति दिने प्रयत्न हुनेछ । आशाका पछि लाग्नु स्वाभाविक हो, तर पनि आज कसैको आश्वासन वा लोभमा भुलिनु हुँदैन । आराम गर्ने फुर्सद पाइँदैन, शरीर अस्वस्थ भए पनि घरायसी बन्दोबस्तीका लागि खट्नैपर्ने परिस्थिति छ, तर घरपरिवारका सदस्यको सहयोग जुटाउन सकिने छ । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बगलामुखीदेव्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या

कार्ययोजना र व्यवस्थापन पक्षमा समन्वय गरी अघि बढ्दा थप लाभ हुनेछ, अर्काको जिम्मामा काम छाडेर अन्त भुलिने हुँदा काम बिग्रन सक्छ । माइतीपक्ष वा दिदीबहिनीका बारेमा कुनै शुभ समाचार प्राप्त हुनेछ । धार्मिक प्रयोजनको काम वा सामाजिक क्रियाकलापमा पनि दौडधूप गर्नुपर्ने दिन हो । अरुका समस्यामा दौडधूप गर्नुपर्ने समय छ, यसरी सहयोग गर्ने हुँदा अध्ययनमा बाधा पुग्नसक्छ, तर पनि सन्तुष्टि प्राप्त हुने दिन हो । आज ५५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बक्रतुण्डाय हुम् यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला

उपहार वा धन प्राप्त हुने दिन हो, त्यस्तै सिनियर कर्मचारी वा हाकिमसमेत खुसी हुनेछन् । कुनै काम फुत्काउनु छ भने प्रयास गर्नुहोला । एक्लै हुनुहुन्छ भने अब निराश हुनुपर्दैन, आज त्यस्तो व्यक्तिसँग चिनजान हुनेछ, जसले तपाईंको मनभित्रको उजाड फूलबारीलाई रङ्गीन बनाउन सक्छ । बोलीमा विशेष सामर्थ्य भएको राम्रो दिन छ । आज आफ्नो रूपविन्यास र साजसज्जाका निमित्त केही धनराशि खर्च गर्ने समय छ । आज ६५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ पहेंलो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ग्रां ग्रीं ग्रौं सः गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक

जीवनसाथी र परिवारका सदस्यहरूको पूणर् सहयोग रहने दिन छ । तर तपाईंको हठ र जिद गर्ने बानी छ भने समस्या निम्तिनसक्ने समय हो । प्रयास गर्दा उपलब्धि पाउने दिन हो, उच्चशिक्षाका तथा अनुसन्धान गरिरहेका शिक्षार्थीका लागि राम्रो समय छ, तर स्कूले विद्यार्थीमा उच्छृङ्खलता बढ्न सक्छ । मिहिनेत र लगनशीलता नै तपाईंको पहिचान हो भन्ने बुझी यसलाई जारी राख्नु ठीक हुन्छ । आफ्नो करियरसँग सम्बन्धित विषयहरू खास गरी महत्वाकाङ्क्षी प्रयासहरूमा थप जोड दिने समय हो । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ सिन्दूरे रातो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भूमिनन्दनाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु

पठनपाठनमा बाधा र अवरोध हुने नकारात्मक दिन हो, त्यस्तै तपाईंमा दिकदारी र चिडचिडेपन पनि हाबी हुनसक्छ । बजेटलाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ, कुनै योजनामा लगानी गर्ने मनस्थितिमा हुनुहुन्छ भने त्यसका सबल र दुर्बल पक्षमा पनि चिन्तन गर्नुहोला, नसोचिकन काम गरेमा षड्यन्त्रको खाडलमा पनि पर्न सकिन्छ । सेवाग्राही वा सिनियरसँग कुनै पनि बहसमा नअलमलिनु होला, नत्र सामान्य मानेको कुराले नै पछि तनाव बढाउने खतरा देखिन्छ । आज ३० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ छिरबिरेररङ्गीबिरङ्गी र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ गुं गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर

भावना साटासाट गर्न पाइने र एकान्तमा रमाउन पाउँदा प्रेमसम्बन्ध अझ प्रगाढ बन्दै जाने समय देखिन्छ, प्रेमीबाट कुनै उपहार प्राप्त हुनेछ । प्रेमी वा जीवनसाथीसँग लामो समयसम्म कुराकानी गरी समय बिताउन सक्नुहुन्छ । पारिवारिक सम्बन्ध, आत्मीयता र प्रेमभावले नयाँ रूप लिने दिन हो । सरकारी ठेक्कापट्टा, गृहनिर्माण, फर्निचर र साजसज्जाका सामाग्री, बालबालिकाका सरसामाग्री, खानपीनका सुख्खा सामाग्री, गरगहना र सुनको कारोबारमा लाभ पाउन सकिन्छ । आज ७५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ पहेंलो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ देवपुजिताय गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ

व्यक्तित्व विकासका दृष्टिले राम्रो दिन छ, सकेसम्म आफ्नो कुरा एवं विचारलाई तर्कसङ्गत रूपले राख्न सकेमा पार्टनरले तपाईंको मनोभाव र विचारको कदर गर्नेछन् । कुटनैतिक क्षमताको उपयोग गर्नाले सम्मान र प्रशंसा पाइने छ, अझ मौखिक अभिव्यक्ति वा कलात्मक कामका माध्यमबाट धनरकमसमेत जुटाउन सक्नुहुन्छ । कारोबारमा राम्रै प्रतिफल प्राप्त हुनेछ, कुनै नयाँ प्रस्ताव वा योजना छ भने साझेदार र प्रतिस्पर्द्धीसँग अन्तक्र्रिया गरी अनुभव बटुल्नु महत्त्वपूणर् मानिन्छ । आज २५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ सेतोरसेतो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कर्माधिष्ठातृदेवेभ्यो नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन

मानसिक रूपमा सबल र परिपक्व बन्ने समय हो, आज पठनपाठनका क्रममा सहपाठी र शिक्षकहरूबाट सहयोग जुटाउन सकिने छ । अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिने तथा चुनौतीका माझमा प्रतिष्ठा कायम राख्न सकिने सुन्दर दिन छ, कार्यपद्धतिमा सुधार गरी अघि बढेमा भाग्यबल बढ्नुका साथै ठूलाबडालाई खुसी तुल्याउन सकिने छ । अचानक परिस्थिति फेरिएर इच्छाएको जिम्मेबारी प्राप्त हुनेछ । वैकल्पिक आम्दानीका निमित्त कुनै नयाँ कारोबारप्रति आकर्षण देखाएमा समेत लाभ पाउन सकिने छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ सिन्दूरे रातो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ वाचस्पतये नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बाढी, पहिरो अपडेट : हालसम्म १२४ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसोसम्म १ सय २४ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी जम्मा १ सय २४ जनाको मृत्यु भएको हो । 
काठमाडौं उपत्यकामा ८ जना, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ३३ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ४० जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

महेश बर्तौला सत्त्ता पक्षको मुख्य सचेतक नियुक्त

काठमाडौं । सत्तारुढ दलको मुख्य सचेतकमा एमालेका सांसद महेश बर्तौला नियुक्त भएका छन् ।

प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई बुधवार मुख्य सचेतक पदमा मनोनयन गरेका हुन् ।

नेकपा एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा पाउने गरी बर्तौलालाई प्रतिनिधि सभामा मुख्य सचेतक पदमा साउन २ गतेबाट लागू हुनेगरी मनोनयन गरिएको बताइएको छ ।

पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द वीर अस्पताल भर्ना

काठमाडौं । डेंगु संक्रमण भएपछि पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द अस्पताल भर्ना भएका छन् ।

ज्वरो र जिउ गल्ने समस्या भएपछि चन्द बुधबार दिउँसो अस्पताल भर्ना भएका अस्पतालले जनाएको छ ।

चन्दको अस्पतालको भीआईपी कक्षमा उपचार भइरहेको छ ।

चन्द्रागिरिमा केवलकार अड्कियो

काठमाडौं । विद्युतमा समस्या भएपछि चन्द्रागिरिको केवलकार दुईघण्टापछि फेरि सञ्चालनमा आएको । विद्युतमा समस्या हुँदा ८ वटा डिब्बा अड्कीएको थियो । उक्त डिब्बामा ७५ जना यात्रु थिए ।

महानगरीय प्रहरी बृत्त थानकोटका अनुसार केवलकारमा अड्किएकालाई झार्न कम्पनीले जेनेरेटर चलाउन खोजिएको थियो ।

तर कम्पनीले जेनेरेटर पनि चलाउन नसकेपछि प्रहरीको सहयोगमा हातैले केवलकारका डोरी तानेर तत्लो स्टेशनमा झारिएको हो ।

प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते विश्वासको मत लिने भएका छन् ।

आज बुधबार केही मन्त्री र सत्तापक्षका सचेतकहरुसँगको छलफलपछि प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिने तय भएको हो ।

नेकपा एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले त्यस दिन प्रधानमन्त्री ओलीले विश्वासको मत लिने बताए ।

संविधानतः प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले ३१ गते विश्वासको मत लिएका थिए ।

शेयर बजारमा आजपनि हरियाली

काठमाडौं । आज नेप्से उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५४ दशमलव शून्य चार अङ्कले बढेर दुई हजार तीन सय ६४ दशमलव ६३ विन्दुमा पुगेको छ ।

आज सेन्ट्रल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै पाँच वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन सिटिजन्स म्युचल फन्ड–२ को शेयर भने झन्डै १० प्रतिशतले घटेको छ ।

आज तीन सय छ कम्पनीको तीन करोड २० लाख ९५ हजार नौ सय ३७ किता शेयर एक लाख ४९ हजार छ सय ८१ पटक खरिदबिक्री हुँदा रु १२ अर्ब पाँच करोड ९२ लाख ६६ हजार एक सय १३ बराबरको कारोबार भएको हो ।
सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको सबैभन्दा धेरै २३ करोड ५५ लाख ८१ हजार बराबरको कारोबार भएको छ ।

बडाल महान्यायाधिवक्तामा नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ताको कार्यालय मा नियुक्त गरिएको छ । बुधबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै उनलाई नियुक्त गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
यसअघि केपी ओलीको पालामै चैत्र ६ गते महान्यायाधिवक्तामा बडाल नियुक्त भएका थिए ।

बंगलादेशमा नेपाली दूतावासको निर्देशन- अत्यावश्यक बाहेक बाहिर ननिस्कनु

राजदूतावा

काठमाडौं । बंगलादेशमा सरकारी जागिरमा रहेको कोटाको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । आन्दोलनका कारण ६ जनाको मृत्यु भएको छ ।

ढाकास्थित नेपाली राजदूतावासले अत्यावश्यक कामबाहेक आफू बसेको स्थान र होस्टेलबाट बाहिर ननिस्कन नेपाली विद्यार्थीहरूलाई अनुरोध गरेको छ ।

राजदूतावासले कारणवश कलेज प्रशासनले होस्टेलबाट सुरक्षित स्थानमा जान वा आफू बसेको स्थान प्रतिकूल भएमा दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

राजदूतावासले नेपाली विद्यार्थी अध्ययनरत कलेजसँग निरन्तर सम्पर्कमा रहेको पनि जनाएको छ ।

अर्को सूचना जारी नभएसम्मका लागि बंगलादेशका विद्यालय र विश्वविद्यालय बन्द गरिएको छ ।

विशेष गरी मेडिकल शिक्षाका लागि नेपाली विद्यार्थी बंगलादेश जाने गरेका छन् ।

अख्तियारको फन्दामा ५२० जना राष्ट्रसेवक, २ जना मन्त्री

काठमाडौं । भ्रष्टचारकाविरुद्ध व्यापक अध्ययन थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको गत एक वर्षमा २६ हजार ६ सय १६ उजुरीको फस्र्यौट गरेको छ । आर्थिक वर्ष २०८०/८१ को अवधिमा भने १५ सय १६ जनाविरुद्ध मुद्दा चलाएर कानुनी कार्वाही गरेको छ ।

भ्रष्टचारविरुद्ध अभियानलाई व्यापक बनाएको अख्तियारले गत एक वर्षको अवधिमा अख्तियारमा ३५ हजार ३ सय ७२ वटा उजुरी परेकोमा २६ हजार ६ सय १६ उजुरीको फस्र्यौट गरेको हो । पछिल्ला दिनमा अख्तियारले केन्द्रीय सरकारका पूर्व मन्त्रीहरू, बहालवाला मुख्य सचिव तथा प्रदेश सरकारका बहालवाला मन्त्रीलाई समेत भ्रष्टाचारमा छानबिन गरी मुद्दा दायर गर्दै आएको छ ।

अख्तियारले विभिन्न अनियमितताका १९८ वटा मुद्दा दायर गरेको छ । त्यसमा ५२० जना राष्ट्रसेवक कर्मचारी परेका छन् । अख्तियारले नयाँ प्रविधिको प्रयोग गरेर अनुसन्धानलाई छिटो छरीतो बनाउने गरि अनुसन्धान प्रभावकारी बनाएको छ ।
अख्तियारले सचिव स्तरका १२ जना र उच्च तहका मानिने सहसचिवस्तरका २५ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको छ । सरकारका उपसचिवस्तरका ७२ जना, शाखा अधिकृतस्तरका १६७, लेखापालस्तरका ५४, नायबसुब्बा स्तरका १४४, खरिदार स्तरका ३१ र कार्यालय सहयोगी २ जनालाई मुद्दा चलाएको छ ।

अख्तियारले दिएको विवरण अनुसार गत एक वर्षको अवधिमा अख्तियारले सबैभन्दा बढी स्थानीय तहमा भएको अनियमितता सम्बन्धमा मुद्दा दायर गरेको छ ।

अख्तिायारले स्थानीय तहसँग सम्बन्धित अनियमितताका ८० वटा मुद्दा दायर गरेको छ । सो मुद्दामा जोडिएका ४ सय ३३ जनालाई भ्रष्टाचार मुद्दा दायर गरिएको छ । जसमा नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वार्ड अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य गरी १ सय १ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार यस अवधिमा स्थानीय तहमा मनोनीत १८१ जनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ । यस्तै, सरकारी अधिकारीहरूसँग मिलेमतो गरी भ्रष्टाचार गर्ने ९१ जना व्यवसायीहरूविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
पछिल्लो समय अख्तियारले भ्रष्टचारमा मुद्दामा अनुसन्धान गर्न कुनैपनि कसर छाडेको छैन । अख्तिायरले निर्मम भएर काम गरिरहेको आयोगमा प्रवत्ता नरहरी घिमिरेले बताएका छन् । उनले आगामि दिनमा भ्रष्टचारविरुद्ध निर्मम भएर अख्तियार लाग्ने बताए ।

सरकारी सेवामा रहेका कर्मचारीहरु
विशिष्ट श्रेणीः १२
सहसचिवः २५
उपसचिवः ७२
शाखा अधिकृतः १६७
लेखापालः ५४
नासुः १४४
खरिदारः ३१
कार्यालय सहयोगीः २
बक्समा २

जनप्रतिनिधिहरु
मन्त्रीः २
जिल्ला समन्वय प्रमुखः १
नगरपालिका मेयरः १६
नगरपालिका उपमेयरः ११
गाउँपालिका अध्यक्षः ७
गाउँपालिका उपाध्यक्षः ८
वडाअध्यक्षः ४२
कार्यपालिका सदस्यः ७
वडा सदस्यः ७
मनोनीत सदस्य जम्माः १८१
लेखापढी व्यवसायीः २
बिचौलियाः २
व्यवसायीः ९१
अन्यः ६१९

डिजिटल माध्यम मार्फत शुभकामना र बधाई दिन प्रधानमन्त्रीको अनुरोध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना र बधाई दिदा डिजिटल माध्यमको प्रयोग गर्न अनुरोध गरेका छन् । उनले विभिन्न माध्यमबाट शुभकामना आइरहेको हुँदा समयको बचतका लागि डिजिटल माध्यक अपनाउन अनुरोध गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै भनेका छन् – विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्। प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरुको समयको पनि बचत हुन्छ। शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादारमाला प्रयोग नगर्न अनुरोध गर्छु।

सिमलताल घटनाः गृहमन्त्रालयद्वारा गठित कार्यदलले थाल्यो काम

काठमाडौं । गएको असार २८ मा नारायनगण–मुग्लीन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर वेपत्ता भएको घटनाको अध्ययन गर्न बनेको कार्यदलले काम थालेको छ ।

गृहमन्त्रालयद्वारा गठित कार्यदलले आजबाट काम सुरु गरेको हो । गृहमन्त्री रमेश लेखकले पद बहालीका क्रममा उक्त घटना अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेका थिए । दश दिनको कार्यादेश दिइएको कार्यदलले आज घटनास्थल पुगेर अध्ययन थालेको कार्यदलका सदस्य नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए । उनका अनुसार अहिले घटनास्थलको अध्ययन भइरहेको छ ।

रिजाल संयोजक रहेको कार्यदलमा प्रहरी वरिष्ठ उपरीक्षक खत्रीसहित सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक शङ्कर खनाल, विपद् प्राधिकरणबाट सन्ध्या सिग्देल, यातायात व्यवसायी सरोज सिटौला र भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधिका रूपमा प्रकाश भण्डारी रहेका छन् ।

आवश्यक घटनास्थल अध्ययन, प्रत्यक्षदर्शी, बाँचेका व्यक्ति, उद्धार टोली, स्थानीय प्रशासनलगायतसँग छलफल गरेर प्रतिवेदन तयार पार्ने कार्यदलले जनाएको छ । बसमा सवार ६५ जनामध्ये तीनजना बाँच्न सफल भएका थिए भने अरु सबै बेपत्ता भएका थिए । अहिलेसम्म १७ जनाको शव फेला परेको छ । अन्य यात्रुको अवस्था अज्ञात छ ।

कृषि मन्त्रालयका कर्मचारीका कर्मचारीको धर्ना स्थगन

काठमाडौं । असार १६ गतेदेखि धर्ना बस्दै आएका कृषि प्राविधिकहरुको धर्ना स्थगन भएको छ । नवनियसक्त कृषिमन्त्री रामनाथ अधिकारीले आश्वासन दिएपछि कर्मचारीले आन्दोलन स्थगन गरेका हुन् ।

आन्दोलन स्थगन गरेपनि आफ्ना माग पुरा नहुन्जेल काममा नफर्कने उनीहरुले बताएका छन् ।

आज पनि बाढ्यो सुन, कसरी कारोबार हुँदैछ ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले फेरि रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ हजार रूपैयाँले बढेको छ ।

मंगलबार प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ हजार रूपैयाँले बढेर १ लाख ४९ हजार ८ सय रूपैयाँमा कारोबार भैइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४९ हजार १ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मुगुको धर्मा आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । मुगुमा बुधबार बिहान भूकम्प महशुस गरिएको छ। बिहान ४ बजेर ४० मिनेटमा ३.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार मुगुको धर्मा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो। यसअघि सिन्धुपाल्चोकको हेलम्बु आसपास केन्द्रविन्दु बनाएर गत असार १५ गते भूकम्प गएको थियो।