मौसमः मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । अहिले साधारणतया बदली रहि मधेश, बागमती, गण्डकी प्रदेशका केही र कोशी प्रदेशको थोरै स्थानरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा मधेश, कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको एक९दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती, गण्डकी र सुदूर पश्चिम प्रदेशका एक९दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आजको राशिफलः कस्तो छ आजको तपाईको भाग्यफल

मेष

आम्दानीका दृष्टिले कमजोर समय छैन, तर मन भावुक र चञ्चल बन्नसक्छ, त्यस्तै पारिवारिक प्रयोजनमा पनि केही समय खर्च हुनसक्छ । हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर कुनै काम निकाल्नु छ भने प्रयास गर्ने दिन हो । रमणीयता र भावुकतामा भुलिने हुँदा कुनै महत्त्वपूणर् पाठमा कमजोरी र कसर देखिने डर छ, त्यसैले लक्ष्य प्राप्त गर्न कडा मिहिनेत गर्नुपर्छ । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष

लोकप्रियता बढ्ने तथा साझेदारी व्यवसायमा लाभ पाउने समय हो, तथापि अधिकार प्राप्ति वा भविष्यको चिन्ताले सताउन सक्छ, पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्, तापनि चुनौती चिर्दै काम बनाउन सकिने छ । गल्ती र कमजोरीलाई माध्यम बनाएर प्रतिद्वन्द्वीले होच्याउने र खिसिट्युरी गर्ने परिस्थिति भएकाले काम गर्दा गल्ती हुन्छ कि भनी चनाखो हुनुपर्छ । एकान्तमा बस्न पाउने तथा दुःखसुख सेयर गरी आत्मिक आनन्दमा रमाउने दिन हो, तर कुनैकुनै कुरामा तपाईंको हठ र जिदले नरमाइलो गर्नसक्छ । आज ६० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ क्रां क्रीं क्रौं सः भौमाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन

महत्त्वपूणर् कामलाई स्थगित नगर्नु होला, बरु अतिरिक्त समय वा कामदारको व्यवस्थापन गरी थालेको काम पूरा गर्नु ठीक हुन्छ । नयाँ कारोबारप्रतिको आकर्षण बढ्नेछ । परिस्थिति आफ्नो पक्षमा नरहे पनि बुद्धि र ट्रिकको प्रयोग गरी लक्ष्यमा पुग्न सकिने दिन हो । पारिवारिक वातावरण सुखमय रहनुका साथै पतिपत्नीका बीचमा राम्रो समझदारी कायम हुनेछ । छोराछोरीको खुसीका निमित्त केही काम लुकाएर गर्नुपर्ने हुन्छ । आज ८० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शारदादेव्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट

कुनै समस्या छ भने अभिभावकसँग प्रष्टसँग राख्ने प्रयास गर्नुहोला । घरबाहिर हुनुहुन्छ भने मन मिल्ने साथीलाई बताउनु ठीक हुन्छ । यो जीवनको त्यस्तो चरण हो, जसमा कार्यक्षेत्र र पारिवारिक समस्यालाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ । दूरदराजको यात्रा वा वैदेशिक प्रयोजनको कामका लागि प्रयास गर्न अनुकूल समय रहेको छ । सिनियर कर्मचारीको आदेशलाई बेवास्ता गर्नु हुँदैन । थकानको अनुभूति हुने अथवा घरायसी विषय वा प्रेमसम्बन्धको तनावले कार्यक्षेत्रमा प्रभाव पर्नसक्ने दिन हो । आज ०५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भ्रामरीदेव्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह

इष्टमित्र र नातेदारसँग भेटघाट हुनेछ, पार्टनरले आफूलाई कति ब्याकअप गर्छ भन्ने थाहा पाउँदा एउटा नौलो अनुभूति र रोमाञ्चकता देखापर्ने दिन हो । पूणर्रूपेण तन्मय भएर काममा खट्ने दिन हो, तर आजको थकित दिन पनि साँझमा एउटा रोमान्टिक पलका रूपमा परिणत हुनसक्छ । कारोबारमा मन्दी देखिएको छ भने थप मिहिनेत गर्नुहोस्, लगनशील बन्नसके विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिक आम्दानीमा परिवर्तन आउनसक्छ । आज ४५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भूमिनन्दनाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या

रुचिको क्षेत्रमा गरेको प्रयासमा सफलता मिल्ने दिन हो, थप धनार्जन गर्ने विषयमा चिन्ता गर्न सक्नुहुन्छ, साझेदारीमा आधारित व्यापारबाट राम्रो लाभ हुनेछ । सोचेभन्दा बढी धन कमाउने चाँजो मिल्नेछ, तर इज्जत धान्न वा आडम्बर देखाउने क्रममा धन खर्च गर्नसमेत मन हौसिने परिस्थिति छ । ताजगी र स्फूर्ति बढ्नेछ, नयाँ परिकार बनाएर खाने र खुवाउने विषयमा मन केन्द्रित हुनसक्छ । दिदीबहिनी वा माइतीपक्षसँग सम्बन्धरसम्पर्क गर्ने दिन हो । आज ६० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतोरउज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ श्रियै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला

मनमा उत्साह र शरीरमा स्फूर्तिको उदय हुनेछ । सबैले व्यक्तित्व र कार्यशैलीको प्रशंसा गर्नेछन्, खुट्टा तान्ने र कुरा काट्नेहरू अब आफैं तर्किएर हिंड्ने समय आएको छ । आफूलाई ऊर्जावान् र जीवन्त महसुस गर्ने दिन हो । व्यक्तित्व निर्माणका साथै शारीरिक सुगठन र रूप संरचनातर्फ ध्यान केन्द्रित हुनसक्छ । पार्टनरबाट कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ, कुनै व्यक्तिगत समस्या छ भने पनि बताएमा सही निकास पाउन सक्नुहुन्छ । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ सेतोरखरानी र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ दैत्यगुरवे नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक

तरल पदार्थको कारोवार, खाद्य पदार्थ, सौन्दर्य प्रसाधनका वस्तुहरू र फलफूलरतरकारीको व्यवसायमा विशेष लाभ हुने दिन हो । धनमालको सुरक्षाका लागि सतर्कता अपनाउने समय हो, अझ घरबाहिर निस्कने काम छ भने तालसाँचो बलियो बनाउनुका साथै बहुमूल्य गरगहना नलगाएको जाती हुन्छ । पठनपाठनमा ध्यान केन्द्रित हुँदैन, चित्तमा शान्ति होस् र मन स्थिर होस् भन्ने उद्देश्यले मेडिटेसन, योग र ध्यानतर्फ आकर्षित हुनुपर्छ । आज १० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धरणीसुताय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु

परिवारमा कुनै माङ्गलिक कार्य सम्पन्न हुने वा उक्त कार्यको योजना बनाउने दिन हो । आज चिल्लोचापिल्लो र चटपटे खानेकुराप्रति रुचि जागृत हुनेछ । परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता छ भने प्रतियोगी बलिया छन् भन्ने बुझी अझ धेरै मिहिनेत र प्रयास गर्नुपर्ने दिन हो । नयाँ योजना कार्यान्वयन गर्ने दिन हो, दीर्घ प्रयोजनको लाभमूलक काम अघि सार्ने हो भने योजना बनाउने, साझेदार र मतियारका बीचमा छलफल गर्ने र प्रशासनिक तौरतरिका बुझ्ने समय आएको छ । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो र उज्यालो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धनदाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर

सिनियर स्टाफलाई रिझाउन सकिने छ । व्यक्तित्व विकासको योजना बनाउने र पदोन्नति वा थप अध्ययनका लागि प्रयास गर्ने दिन हो । व्यक्तिगत कार्यक्षेत्रमा बोझ बढ्ने दिन हो, निजी काममा खट्नुपर्दा अधिकांश समय बित्नसक्छ, पार्टनरको चाहनाअनुसार समय निकाल्न सकिंदैन र अनावश्यक तनाव व्यहोर्नुपर्ने समय छ । पेसागत स्थितिमा सुधार गर्नुछ भने योजना बनाएर काम थाल्न आजको दिन अनुकूल हुनेछ । अन्य दिनका तुलनामा धेरै खट्नुपर्ने समय हो । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धरात्मजाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ

कार्यक्षेत्रमा गज्जबले समय व्यतीत हुनेछ, अझ राम्रो होस् भन्ने उद्देश्यले कुनै दुःखीलाई सहयोग गर्नु वा कुनै धार्मिक क्षेत्रमा दान गर्नु राम्रो हुन्छ । त्यस्तो सुनौलो पल र समय बित्नेछ, जसले गर्दा प्रेमीप्रेमिकाको सामीप्य अझ नजिकिने तथा प्रेमसम्बन्ध गाढा बन्ने अनुकूलता मिल्नेछ । ठूलाबडाको सरसहयोग र सहानुभूति मिल्नेछ । पारिवारिक वातावरण पनि अनुकूल हुनेछ । नयाँ ठाउँको भ्रमण वा अवलोकन हुने समय हो । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ सेतोरखरानी र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन

पारिवारिक वातावरण सामान्य रहने छ, घरायसी प्रबन्ध वा बन्दोबस्तीमा व्यस्त भइने छ । भावना र इच्छाहरूको कदर हुँदैन र मन अशान्त बन्नसक्छ । तन्त्रमन्त्र, साधना एवं कुनै रहस्यात्मक विषयमा रुचि बढ्न सक्छ । आज कडा मिहिनेत गरी नसुल्झिएको समस्यालाई हल गर्न सक्नुहुन्छ । बढ्दो ऋणभार र खर्चबृद्धिले तनावमा राख्नसक्छ, आज सकेसम्म आफैलाई रिफ्रेस गर्ने र बाधाहरूबाट बाहिर निकाल्ने समय हो । अल्छी गर्ने होइन, विपरीत परिस्थितिलाई जितेर अघि बढ्ने प्रयास गर्नुहोला । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ हं हनुमते रुद्रात्मकाय हुं फट् यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

आज देशभर साउने संक्रान्ति मनाइँदै, घरघरमा लुतो फालिँदै

काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ।

सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ।

साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ।

अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषिकर्ममा व्यस्त हुन्छन्। त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउँछन्।

एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन्। परम्पराअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ।

लुतो फाल्दा आआफ्नो कूल परम्पराअनुसार नांलो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ। साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाउने महिनाका रुपमा पनि लिइन्छ।

महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि उनले बताए। साउन महिनामा विशेषगरी हरियो कपडा र चुरा बढी बिक्री हुने गरेको छ। यो महिनामा धेरै महिलाले हरियो र रातो पहिरन लगाउने गर्छन्।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेर १ मिनेटदेखि लागू हुने गरी निगमले पेट्रोलको प्रतिलिटर ४ र डिजेलको ३ रुपैयाँ बढाएको हो ।

जसअनुसार अब काठमाडौँमा पेट्रोलको मूल्य १७१ र डिजेलको मूल्य १६० पर्ने भएको छ ।

एकै जिल्लाले पायो तीन मन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा पर्सा जिल्लाबाट तीन जना मन्त्री बनेका छन् । पर्साबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित तीन जना सांसदहरु मन्त्री बन्न सफल भएका छन् ।

पर्साको प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ निर्वाचित सांसद प्रदीप यादव खानेपानीमन्त्री बनेका छन् ।

त्यस्तै, क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ निर्वाचित हभएका सांसद अजयकुमार चौरसिया कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त भएका हुन् ।

निर्वाचन क्षेत्र नं ३ बाट प्रत्यक्षतर्फ निर्वाचित राजकुमार गुप्ताले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको नियुक्त भएका छन् ।

पर्सामा चार निर्वाचन क्षेत्र छन् । तीमध्ये क्षेत्र नं १, २ र ३ मा छुट्टाछुट्टै दलबाट सांसद बनेका तीनजना मन्त्री बनेका हुन् ।

सांसद यादव जनता समाजवादी पार्टीको तर्फबाट, सांसद चौरसिया नेपाली कांग्रेस र सांसद गुप्ता नेकपा (एमाले)को तर्फबाट सांसद बनेका हुन् ।

तीनैजना मन्त्री बनेपछि पर्सामा पूर्वाधार विकास तथा निर्माणले गति लिने जनअपेक्षा छ ।

नेपाली कांग्रेसबाट पहिलो पटक मुगुबाट मन्त्री बने ‘ऐनबहादुर’

काठमाडौं । नयाँ समिकरणमा गठन भएको सरकारमा मुगुबाट पनि पहिलो पटक मन्त्री बनेका छन् । नयाँ सरकारमा मुगुका ऐनबहादुर शाही वन तथा वातावरणमन्त्री बनेका छन् ।

मुगुमा लोकप्रिय नेताका रुपमा परिचित शाही नेपाली कांग्रेसबाट पहिलो पटक मुगुबाट मन्त्री बनेका हुन् ।

शाही कर्णाली प्रदेशबाट मन्त्री बन्ने उनी एकल व्यक्ति समेत हुन् ।

आम नागरिकसँगै पार्टीभित्र र अन्य पार्टीका कार्यकर्तासँग पनि राम्रो सम्बन्ध बनाएका शाहीसँग मुगुवासीले ठूलो अपेक्षा राखेका छन् ।

शाही हाल मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् । उनी वहालवाला मुगुका जिल्ला पार्टी सभापती पनि हुन् ।

को हुन मन्त्री शाही

मुगुको अति विकट मानिएको सोरु गाउँपालिका–२ मा २०२६ सालमा विपन्न परिवारमा जन्मिएका हुन शाही । २०४५ सालबाट विद्यार्थी आन्दोलनबाट उनले राजनीति सुरु गरेका हुन् ।

बहुदलीय व्यवस्था पछि कांग्रेस जिल्ला पार्टी सदस्य हुँदै २०६८ मा शाही मुगु जिल्ला सभापतिमा निर्वाचित भएका थिए ।

२०७० मा पहिलो पटक संविधान सभा सदस्यको उम्मेदवार बनेका शाही झिनो मतान्तरले पराजित हुन पुगेका थिए । शाही फेरी दोस्रो पटक २०७८ मा कांग्रेस मुगु सभापति बनेका थिए ।

उनी २०७९ को आम निर्वाचनमा दोस्रो पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए ।

स्वास्थ्य मन्त्रीको प्रतिबद्धता – अस्पतालहरूमा लाइन बस्नु नपर्ने गरि व्यवस्थापन गरिने

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहरण गरेका छन् । सपथ लिएपछि स्वास्थ्य मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।

पथभार ग्रहण गर्दे पौडेलले क्यान्सर रोगबाट धेरै नागरिकहरु पीडित भएको स्थिति भएको र रोग लागेकाहरुलाई सुविधा दिने कुरा आफैमा जरुरी छ । उनले भने–‘ रोग लाग्न नदिनु अर्को जरुरी कुरा हो । क्यान्सर रोगको उपचारका लागि एकरुपता कायम गर्ने गरी हामीले त्यसको प्रणाली विकास गर्ने छौं । र उपचार सेवा प्रदान गर्नका लागि हामीले विशेष कार्यक्रमहरु ल्याउने छौ । ’

पदभार ग्रहण गर्दै मन्त्री पौडेलले क्यान्सर रोगीहरूको उपचारका लागि एकरुपता कायम गर्ने गरी उपचार प्रणाली विकास गर्ने प्रतिवद्धता जनाए ।

उनले एक महिनाभित्र संघीय अस्पतालहरूमा लाइन बस्नु नपर्ने व्यवस्था गर्ने पनि प्रविद्धता जनाए ।

आन्दोलनको ‘मुड’मा यातायात व्यावसायी

काठमाडौं । तीन वटा यातायात मजदुर संगठन यतिवेला आन्दोलनको ‘मुड’मा पुगेका छन् । काठमाडौं महानगरपालिकाले गोरखापत्रमा समाचार प्रकाशन र माइकिङ्ग गरेर काठमाडौं चक्रपथ आसपासका टिकट काउन्टर तत्काल हटाउन भनेपनि मजदुर संगठनले भने तत्काल नहटाउन आग्रह गरेको छ ।

महानगरले साउन १ गतेदेखि बसपार्क बाहेकका टिकट काउन्टर हटाइने भन्दै सूचना गरिरहेको छ । निरंकुश शैलीले समस्याको समाधान नहुने भन्दै सरोकारवालाहरुसँगको छलफल र सहकार्यमा मात्रै अघि बढ्न महानगरलाई मजदुर संगठनका नेताहरुले आग्रह गरेका छन् ।

आज ती संगठनहरुले एक विज्ञप्ती जारी गर्दे टिकट काउन्टर हटाइने निर्णयलाई रोक्दै महानगरको नेतृत्वमा बनेको कार्यदलको तत्काल बैठक राखेर समस्याको हल खोज्न महानगरलाई अपिल गरेका छन् ।

‘महानगरले कार्यदल गठन गरेर टिकट काउन्टरको मापदण्ड तयार गरिसकेको र कार्यदलको सदस्यका रुपमा तीनवटै ट्रेड युनियनहरुको महत्वपूर्ण योगदान छ । हामी चाहन्छौं लामो मेहनत गरेर तयार पारिएको त्यो मापदण्ड व्यवहारीक परिमार्जन गरेर गर्नुपर्छ । र इमान्दारीताका साथ कार्यन्वयन गर्नुपर्छ । निरकुश शैली र शीक्तको प्रयोग गरेर ठिक लगाउँछु भन्ने महानगरको दम्भले सडक द्धन्द निम्त्याने निश्चित छ । तसर्थ साउन १ गतेदेखि बसपार्क बाहिरका टिकट काउन्टर हटाइने निर्णयलाई रोक्दै तत्काल कार्यदलको बैठकमार्फत समस्याको हल खोज्न अपिल गर्दछौं ।’ –विज्ञप्तीमा भनिएको छ ।

नवनियुक्त गृहमन्त्री भन्छन् – भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने काम सरकारको प्राथमिकता

काठमाडौं । नवनियुक्त गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने काम सरकारको प्राथमिकतामा रहेको छ ।

सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि उनले अर्थतन्त्रमा शिथिलता र संकुचन देखिएको भन्दै अर्थतन्त्रलाई चलायनमान बनाएर उकास्ने र संविधानका मूल तत्वहरुलाई बलियो बनाउन संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने सरकारको प्राथमिकता रहेको बताए ।

उनले भने, ‘राजनीतिक स्थिरता र भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने, अर्थतन्त्रमा शिथिलता संकुचन जुन देखिएको छ अर्थतन्त्रलाई चलायनमान बनाएर उकास्ने, संविधानको समीक्षा र मुल्यांकन गर्ने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीता जुन संविधानका मूल तत्वहरु छन् त्यसलाई बलियो बनाउने सरकारको प्राथमिकता हुन् ।’

ओलीको क्याविनेटमा दलित शुन्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलको क्याविनेटमा २२ जनाको भएको छ । उनको मन्त्रीपरिषद्मा १० जना नयाँ मन्त्रीहरुको अनुहार देखिएको छ तर दलित समूदायबाट एक जना पनि मन्त्री बन्न सकेनन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको भागमा परेका १० ओटा मन्त्रालयमा ६ जना नयाँ अनुहारलाई मौका दिएका छन् ।

कांग्रेसबाट मन्त्री बनेका आरजु राणा देउवा, तेजुलाल चौधरी, प्रदीप पौडेल, बद्री पाण्डे, रामनाथ अधिकारी र ऐनबहादुर शाही पहिलो पटक मन्त्री बनेका हुन् । राणा परराष्ट्र, चौधरी युवा तथा खेलकुद, पौडेल स्वास्थ्य तथा जनसंख्या, पाण्डे पर्यटन, अधिकारी कृषि र शाही वन तथा वातावरण मन्त्री बनेका छन् ।

एमालेबाट मन्त्री बनेका देवेन्द्र दाहाल, विद्या भट्टराई, मानवीर राई र राजकुमार गुप्ता नयाँ अनुहार हुन् । उनीहरु पहिलो पटक मन्त्री बनेका हुन् । दाहाल भौतिक पूर्वाधार तथा यातायात, भट्टराई शिक्षा, राई रक्षा र गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् ।

बीपीको शालिकमा माल्यार्पण गरेपछि मात्र कांग्रेसका मन्त्रीहरु सिंहदरबार छिरे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको २२ सदस्यीय मन्त्रिपरिषद्मा सामेल भएका कांग्रेसका मन्त्रीहरुले सिंहदरबार छिर्नुअघि पार्टी कार्यालय सानेपामा पुगेर बीपी कोइरालाको शालिकमा माल्यार्पण गरेका छन् ।

उपप्रधान एवम शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालगायतले रत्नपार्कको शान्तिवाटीकामा पुगेर गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेका हुन् ।

मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गरेकाहरुलाई राष्ट्रपति पौडेलले आइतबार नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा, ७६ (२)बमोजिम नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रधानमन्त्री ओलीको २२ सदस्यीय मन्त्रीमण्डल, को–को छन् (सूची)

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रीपरिषद् २२ जनाको बनाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् ।

यास्तो छ ओलीको मन्त्री मण्डल

केपी शर्मा ओली, प्रधानमन्त्री

प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास

विष्णु पौडेल, उपप्रधान तथा अर्थ

पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय

रमेश लेखक, गृह

शरतसिंह भण्डारी, श्रम तथा रोजगार

आरजु राणा देउवा, परराष्ट्र

नवलकिशोर साह सुडी, महिला बालबालिका

देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात

तेजुलाल चौधरी, युवा तथा खेलकुद

प्रदीप यादव, खानेपानी

प्रदीप पौडेल, स्वास्थ्य

अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला

बद्री प्रसाद पाण्डे, पर्यटन

रामनाथ अधिकारी, कृषि

विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि

मानवीर राई, रक्षा

दीपक खड्का, जलस्रोत तथा ऊर्जा

राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य

ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण

ओलीले लिए ४५ औँ प्रधानमन्त्रीका रूपमा शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियतको सपथ लिएका छन् । आज शीतल निवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुत्तः प्रधानमन्त्री ओलीलाई सपथ गराएका हुन् ।

प्रधानमन्त्री ओलीले देशको ४५ औँ प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् ।

शपथग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, सांसद, कूटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

कांग्रेसबाट को-को मन्त्री बन्दैछन् ?

काठमाडौं । नेपाली कांग्रेसबाट मन्त्री हुनेको नाम टुंगिएको छ। सभापति शेरबहादुर देउवा पक्षबाट सात जना र इतरपक्षबाट तीनजनाको नाम टुंगिएको कांग्रेस स्रोतले जनाएको छ।

देउवाले प्रकाशमान सिंह, रमेश लेखक, आरजु राणा देउवा, अजय चौरासिया, दिपक खड्का, तेजुलाल चौधरी र ऐनबहादुर शाहीको नाम टुंग्याएका हुन्। इतरपक्षबाट प्रदीप पौडेल, बद्री पाण्डे र रामनाथ अधिकारी मन्त्री बन्ने भएका छन्।

सिंहले उपप्रधानसहित सहरी विकास, लेखकले गृह, आरजु राणा देउवाले परराष्ट्र, चौरसियाले कानुन, खड्काले ऊर्जा, तेजुलाल चौधरीले खेलकुद र ऐनबहादुर शाहीले वनमन्त्रालयको नेतृत्व सम्हाल्ने छन्। इतरपक्षबाट पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएका छन्।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा सहमहामन्त्री पाण्डे जाने भएका छन्। अधिकारी कृषिमन्त्री बन्नेछन्।

कांग्रेस संस्थापन इतरबाट मन्त्री बन्नेको नाम फाइनल

काठमाडौं । नेपाली कांग्रेसको शेखर–गगन समूहले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । संस्थापनइतर भनेर चिनिने सो समूहले चार जना मन्त्रीको नाम पार्टी सभापति शेरबहादुर देउवालाई पठाएको हो ।

सो समूहले सांसदहरू बद्री पाण्डे, प्रदीप पौडेल, रामनाथ अधिकारी र तेजुलाल चौधरीको नाम मन्त्रीका लागि पठाएको हो ।
पाण्डे पर्यटन तथा नागरिक उड्ययन मन्त्री, पौडेल स्वास्थ्य तथा जनसंख्या, अधिकारी कृषि मन्त्री र चौधरी युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन् ।

सो समूहले चार वटा मन्त्री माग्दै आएको थियो । अब बन्न लागिरहेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसको भागमा ९ मन्त्रालय परेको थियो ।