सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेसँगै नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २ सय रूपैयाँले बढेको हो ।

आइतबार प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ४६ हजार ९ सय रूपैयाँमा कारोबार भैइरहेको छ ।

आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार २ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नयाँ प्रधानमन्त्री नियुक्तिविरुद्ध रिट दायर

काठमाडौं । नयाँ प्रधानमन्त्री नियुक्त र सपथविरुद्ध सर्वोच्चमा आज रिट परेको छ । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकार ढलेपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गरेका थिए ।

सोहि नियुक्ति र शपथ विरुद्ध सर्वोच्च अदालतमा खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले बदरको माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

उनीहरुले प्रधानमन्त्री नियुक्ति बदर गर्दै ३ अनुसार नयाँ नियुक्ति गर्न माग गरेका छन् ।

आजको मौसमः भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भोलि मंगलबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेश र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तो छ आजको विदेशी मुद्रोको विनिमया दर

काठमाडौं । आज नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.३६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.९६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.४६ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.१२ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७३.२९ रुपैयाँ रहेको छ भने बिक्री दर १७४.०७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.४७ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.८८ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.५६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७२ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.५६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६९ रुपैयाँ रहेको छ ।

प्रधानमन्त्री ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्। आज बिहान ११ बजेका लागि पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। उनलाई राष्ट्रपति पौडेलले संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन्।

२८ असारमा प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए। त्यसै दिन राष्ट्रपति पौडेलले दुई दिनको समय दिएर प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए भने एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेससहितका दलको सांसदहरुको समर्थन आफूलाई रहेको भन्दै दाबी पेस गरेका थिए।

चौथो पटक लग्यो स्पेनले युरो कपको उपाधि

काठमाडौं । इंग्ल्यान्डलाई हराउँदै स्पेनले युरो २०२४ को उपाधि जितेको छ। इंग्ल्यान्डलाई २-१ ले पछि पार्दै स्पेन उपाधि हत्याएको हो। निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी छँदा मिकेल ओयार्जाबालले निर्णायक गोल गर्दै स्पेनलाई जित दिलाए। मार्क कुकुरेलाले उनलाई गोलको अवसर सिर्जना गरेका थिए।

यसअघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको सुरुवातमा नै लामिन यामालको पासमा निको विलियम्सले स्पेनलाई अग्रता दिलाए। ७३ औँ मिनेटमा जुड बेलिङह्यामको पासमा कोल पाल्मरले गोल गर्दै १(१ को बराबरी बनाएर खेलमा फर्काएका थिए।

स्पेनले युरोकपको उपाधि जितेको यो चौथोपटक हो। स्पेनले सन् १९६४ मा आफ्नो पहिलो सहभागितामै युरोकपको उपाधि जितेको थियो। त्यतिबेला स्पेनले फाइनलमा तत्कालीन सोभियत संघलाई २–१ गोलले हराएको थियो। त्यसपछि स्पेनले सन् २००८ मा दोस्रो पटक युरोकपको उपाधि चुमेको थियो। त्यतिबेला स्पेनले फाइनलमा जर्मनीलाई १–० गोलले पराजित गरेको थियो।

त्यसलगत्तै स्पेनले सन् २०१२ मा पनि युरोकपको उपाधि जितेको थियो। त्यतिबेला स्पेनले फाइनलमा इटालीलाई ४–० गोलले हराएको थियो। स्पेन लगातार दुईपटक युरोकपको उपाधि जित्ने एकमात्र राष्ट्र पनि हो। यता इंग्ल्यान्ड भने फेरि एकपटक युरोकपको उपाधि जित्नबाट वञ्चित बनेको छ। इंग्ल्यान्ड युरोकपको साबिक उप–विजेता पनि थियो। इंग्ल्यान्डको टोली सन् २०२० मा सम्पन्न युरोकपको फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित भएको थियो।

असार ३१ गतेको राशिफल, कस्तो छ तपाईको आज ?

मेष

आनन्द र रमणीयताका लागि समय छुट्याइने छ, घुमघाम, भ्रमण र पर्यटनको मनसाय पनि बन्नसक्छ र जीवनसाथी वा प्रेयसीको भावनाको कदर गर्दै केही धनरकम मौजमज्जामा खर्च गर्ने परिस्थिति छ । कार्यालयमा नौलो कामको जिम्मा लिएर मज्जाले खट्नुपर्ने समय छ, तर आज घरपरिवार र जीवनसाथीको चाहनालाई मनन गरी समय दिनुपर्ने परिस्थिति सिर्जना हुनेछ । घुमघाममा निस्कने वा एकान्तमा बसेर रमाउन पाइने सुन्दर दिन छ, लवमेटको खोजीमा हुनुहुन्छ भने नयाँ प्रस्ताव आउने छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ साम्बसदाशिवाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष

फाइदा हुने र लाभमूलक क्षेत्रमा मनको आकर्षण रहनेछ । शरीर स्वस्थ रहनुका साथै गरेको कर्मफलका रूपमा धनको वर्षा नै हुने सङ्केत देखिन्छ । खेलकुद, उपहार सामाग्री, स्वास्थ्य र सरसफाइको व्यवसायमा राम्रै देखिन्छ, तर सँगीसाथी र साझेदारको क्रियाकलाप चित्तबुझ्दो नलाग्न सक्छ । पारिवारिक वातावरण सुखशान्तिले भरिपूणर् देखिन्छ, पतिपत्नीका बीचमा उचित तालमेल कायम हुनेछ । यद्यपि एकअर्काको भावनाको कदर गर्नु समुचित हुनेछ । आज ६० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ सेतो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ अश्विनीकुमाराभ्यां नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन

परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता आदिको तैयारीमा हुनुहुन्छ भने अझ कस्सिएर प्रयास गर्नुहोला, मिहिनेत अनुसार राम्रो रिजल्ट निकाल्न सकिने छ । अनुयायी, जुनियर स्टाफ र सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बनाउन सकिने तथा नयाँ काम सुरु गर्ने समय हो । उद्यमी र लगनशील व्यक्तिले अझ धेरै फाइदा बटुल्नेछन् । तालिम वा ज्ञान बढाउने विषयमा सरिक हुने र लाभ पाउने समय हो, जुनियर स्टाफ वा छोराछोरीका माध्यमबाट पनि लाभ हुनेछ । आज ८० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ऐं सरस्वत्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट

भेटघाट र कुराकानीका निमित्त समय र स्थान छनौट गर्न निकै गोपनीयता अपनाउनु होला, किनभने आज चियोचर्चो गर्नेले तनावमा बृद्धि गर्नेछन् । कार्यक्षेत्रमा सन्तोषजनक परिस्थिति नै देखिन्छ, तर घरपरिवारमा कुनै स्वास्थ्यगत समस्या देखा पर्नसक्छ, सम्पर्क राखी खैखबर बटुल्नु ठीक हुन्छ । हाँकेरताकेको कुनै काम रोक्नुपर्ने हुन्छ । नयाँ लगानीका लागि उपयुक्त समय होइन, बरु वातावरण र परिस्थितिमा केन्द्रित हुनुपर्ने समय हो । आज २५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ घिउरङ र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सों सोमाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह

दाम्पत्य जीवनमा नयाँ आयाम थपिने छ, पुराना साथीभाइ र सहयोगीहरूसँग अप्रत्यासित भेटघाट हुनसक्छ । बहुप्रतीक्षित अभिलाषाको पूर्ति हुने समय छ । सहकार्यको भावना विकसित हुनेछ, पुराना साथीभाइसित भेटघाट हुने तथा पढाइरलेखाइ र उन्नत भविष्यका बारेमा छलफल हुने समय छ । परिश्रमको प्रतिफल पाउने समय हो, यसबाट तपाईंको शक्ति र प्रतिष्ठामा बृद्धि हुनसक्छ । आफ्नो आन्तरिक ऊर्जा र मानसिक क्षमतालाई उपयोग गर्नुहोस्, कुनै पनि समस्यालाई सजिलै समाधान गर्न सक्नुहुन्छ । आज ५० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भालचन्द्राय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या

विद्वान् र गुरुजनको सामीप्य र प्रेरणा पाउने समय हो । आन्तरिक प्रतिभाको उपयोग गरी वा अतिरिक्त क्रियाकलापद्वारा नाम चम्काउन सक्नुहुन्छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने दिन हो, सेयरमा रुचि छ भने अनुभवीको राय लिएर लगानी गर्न सक्नुहुन्छ, साथै स्थिर प्रयोजनको धनमा समेत लगानी बढाउने दिन हो । आनन्द र प्रसन्नताका साथमा नै नियमित काम सम्पन्न हुनेछन्, आयको नयाँ स्रोत फेला पर्नुका साथै कमाएको धन सञ्चित गर्न सकिने छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ घिउ रङ र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ श्रां श्रीं श्रौं सः चन्द्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला

शीघ्र धनार्जन गर्ने उपाय अवलम्बन गर्दा विचार पुर्याउनु राम्रो हुन्छ । प्रत्यक्ष अनुभूतिमा आधारित कुरामा मात्र विश्वास गर्नुपर्ने दिन हो । नयाँ अनुभवका साथ कसरी अघि बढ्ने भन्ने चिन्तामा केन्द्रित भइने छ, हिसाबकिताबको लेखाजोखा र व्यवस्थापकीय जिम्मेबारीका लागि समय छुट्याउनु पर्ने हुन्छ । नयाँ ठाउँमा घुम्न जाने वा कुनै नयाँ काम प्रारम्भ गर्ने समय छ, घरैमा बसे पनि भविष्यमा चाहिने वस्तुको जोहो गरिने छ । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ सेतोरखरानी र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भार्गवाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक

कामधाममा भन्दा पनि कल्पना र भावनामा केन्द्रित भइने छ । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी बोक्नुपर्ने हुन्छ, बढी खर्च हुने परिस्थिति छ, त्यसैले आर्थिक कारोबारमा सतर्कता अपनाउनु पर्छ । विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धन लाभ भए पनि आत्मसम्मानमा बाधा पर्न सक्छ । बाध्यात्मक काममा सञ्चित धनको उपयोग हुनेछ । तालमेल र पारदर्शिता राखेर सम्बन्ध राख्नु ठीक हुनेछ, ससाना कुरा पनि लुकाउने वा छल्ने काम गर्नु हुँदैन, नत्र विश्वासको सङ्कट हुनसक्छ । आज ०५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमःपशुपतये यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु

रोकिएको काम बन्ने र पदीय दायित्वमा बृद्धि हुने दिन छ, खोजी गर्दा आम्दानीको नयाँ स्रोत पहिल्याउन सकिने छ । व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका लागि केही समय छुट्याएको राम्रो हुन्छ, लवमेटसँग सम्पर्क राखी बढिरहेको ग्यापलाई हटाउने प्रयास गर्नुपर्छ । विशिष्ट व्यक्तिको सामीप्य पाउन सकिने छ, रोकिएको काम बन्ने तथा जिम्मेवारीसमेत बढ्ने दिन हो । आयको मार्ग सबल बन्नाले थप हौसला प्राप्त हुनेछ । आज ६० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ घिउ रङरसेतो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ चं चन्द्रमसे नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर

कारोबारबाट राम्रै फाइदा हुने दिन छ, फलाम, कोइला, पेट्रोलियम पदार्थ आदि नै तपाईंको व्यापार हो भने अझ राम्रो प्रतिफल पाइने छ । कामको चटारो परेको समय छ, ससाना कुरामा पनि आफै नखटी पार लाग्दैन, आत्मसम्मान झल्कने दिन हो, नेतृत्व र निणर्य फलदायी हुनेछन् । क्यारियर र पेसाप्रतिको सोच सल्बलाउन सक्छ, लगनशीलता र परिश्रमका माध्यमबाट जस्तै समस्या भए पनि गहिराइमा पुग्न सकिने छ । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ सेतोरघिउरङ र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शशिशेखराय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ

जग्गाजमिन, ढुवानी, निर्माण सामाग्री आदि व्यवसाय छ भने राम्रो हुन्छ । आज कारोबारका अतिरिक्त धार्मिकरपारम्परिक काममा पनि संलग्न हुन सक्नुहुन्छ । धार्मिकरसामाजिक काममा खट्नुपर्दा घरायसी कामको बोझ बढ्ने दिन हो, तर पनि सबैको प्रशंसा बटुल्न पाउँदा आनन्दित र सन्तुष्ट बन्ने समय छ । भाग्यले साथ दिन समय हो, कुनै प्रदर्शन वा प्रतिस्पर्द्धामा सरिक हुँदै हुनुहुन्छ भने आज गरेको प्रयासमा सफलता र स्याबासी मिल्ने देखिन्छ । आज ६० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ सेतोरखरानी र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शुं शुक्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन

हाकिमको कचकच बढ्नेछ, अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने बाध्यता हुनेछ, तापनि प्रयत्न गर्दा लाभमूलक क्षेत्रको पहिचान गर्न सकिने छ । ससाना कुरामा मन आत्तिने दिन हो, उता समय एवं परिस्थिति अनुकूल भए पनि बाध्यतामा खुम्चनु पर्दा इच्छा पूरा हुन सक्दैन । विश्वस्त व्यक्ति वा आफन्तले नै विश्वासघात गर्ने दिन हो, अझ भ्रमका पछि कुद्ने हुँदा तनाव र झञ्झट बढ्नसक्ने अनि बलजफ्ती गर्नेहुँदा चोटपटक नै लाग्नसक्ने दिन हो । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ सेतोरपहेंलो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

चौथो पटक प्रधानमन्त्री बने एमाले अध्यक्ष केपी ओली

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेपछि राष्ट्रपति पौडेलले आज ५ बजे सम्मका लागि नयाँप्रधानमन्त्रीका लागि दाबी पेश आह्वान गरेका थिए । अध्यक्ष ओलीले १६६ जना सांसदहरुको समर्थनमा शुक्रबार नै प्रधानमन्त्रीका लागि दाबी पेश गरेका थिए ।

जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टी कांग्रेस–एमाले गठबन्धनमै भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

प्रधानमन्त्रीको शपथ ग्रहणको कार्यक्रम भोली ११ बजे हुने छ । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको नियुक्ति अघि नै सांसदहरूलाई प्रधानमन्त्रीको शपथमा सहभागी हुन निम्तोसमेत दिइसकेको छ ।

ओली चौथो पटक प्रधानमन्त्री

ओली पहिलोपटक २०७२ साल असोज २५ गते प्रधानमन्त्री बनेका थिए। उनले २०७३ साल साउन १९ गतेसम्म प्रधानमन्त्रीको पहिलो कार्यकाल चलाए। यसअघि विसं २०७४ फागुन ३ गते ओली दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएका थिए। उनले २०७८ साल वैशाख ३० गतेसम्म दोस्रो कार्यकाल चलाए।

सोही दिन पुनः उनलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन्। त्यसपछि उनी २०७८ साल असार २९ गतेसम्म पदमा रहे।

चावहिलमा वृक्षारोपण

काठमाडौं । काठमाडौं महानगरपालिका–७ चाबहिल गणेशस्थान क्षेत्रमा वृक्षरोपण गरिएको छ ।

आइतबार बिहान भएको वृक्षरोपण कार्यक्रममा चाबहिल गणेशस्थानदेखि भत्केको पुल सम्ममा करिव २ सय बिरुवा रोपन गरिएको बताइएको छ ।

मैनादेवी फाउण्डेसन र विभिन्न सङ्घ संस्थाहरुको सक्रियतामा वृक्षरोपण गरिएको हो । कार्यक्रममा बोल्दै फाउण्डेसनका अध्यक्ष केपी खनालले पर्यावरण दिवसको सन्दर्भ पारेर फाउण्डेसनले यस वर्षमात्रै १३ हजार बिरुवा रोपन गरेको बताए ।

उनले भने फाउण्डेसनको सक्रियतामा गत साल १५ हजार बिरुवा काठमाण्डौमा र देशभर ३५ हजार बिरुवा रोपन गरिएको थियो भने यस वर्ष एक लाख वढी बिरुवा रोपन गर्ने लक्ष रहेको बताए ।

उनले काठमाण्डौ महानगरपालिका आफूहरू जस्तै युवा भएको भन्दै युवाहरूले थालेका राम्रा काममा साथ सहयोग गर्दै आएको बताए । कार्यक्रममा काठमाण्डौ महानगरपालिका वडा नं. ७ का वडा सदस्य उज्वल अर्याल ,सुरेश शाही र हरीगोपाल कक्षपतीले काठमाण्डौ शहरमा अक्सिजनको अभावलाई केही मात्रै भए पनि पूर्ति गर्ने प्रयास स्वरुप युवाहरूले चालेका यस्ता अभियानमा सवैको साथ र सहयोग ह्नुपर्ने धारणा राखेका थिए ।

रोपिएका बिरुवाहरूको संरक्षण गर्नु आम नागरिकको समेत दायित्व र कर्तव्य हुने भन्दै वडा अध्यक्ष तथा मिरमिरे टोलका सभापति हरीगोपाल कक्षपतीले नेपाल दूरसञ्चार संस्थान , मैनादेवी फाउन्डेसन, एभरेस्ट कलेज र उपस्थित सम्पूर्ण महानुभावहरूलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा वडा सदस्य कल्पना सुन्दास , क्रिकेटर ललित राजवंशी र अर्जुन साउद आव्हान समुहका सचिव रवि ढुङ्गेल लगायतको उपस्थिति रहेको थियो ।

नयाँ सरकारका लागि कांग्रेस-एमालेले टुङ्ग्याए भागबण्डा

काठमाडौं । नयाँ सरकारका लागि एमाले र कांग्रेसले मन्त्रालयको भागबण्डा टुङ्ग्याएका छन् । प्राप्त जानकारी अनुसार नेपाली कांग्रेसले ९ वटा र नेकपा(एमाले)ले ८ वटा मन्त्रालय राख्ने भएको छ । बाँकी अन्य मन्त्रालय साना दललाई दिने बुझिएको छ ।

कांग्रेसले गृह, रक्षा, स्वास्थ्य, सहरी ऊर्जा, विकास, पर्यटन, कानुन, कृषि र वन मन्त्रालयको नेतृत्व लिने स्रोत बताउछ । त्यस्तै एमालेले अर्थसहित ८ एमालेले अर्थ, भौतिक योजना, सञ्चार, शिक्षा, उद्योग, सामान्य प्रशासन र भूमिसुधार मन्त्रालयको नेतृत्व गर्नेछ ।

संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री दाबी गरेको एकाले अध्यक्ष केपी ओलीलाई आज राष्ट्रिपति रामचन्द्र पौडेलले नियुक्त गर्दैछन् । प्रधानमन्त्रीको भोली ११ बजेलाई सपथ ग्रहणको कार्यक्रम राखिएको छ ।

त्रिशूलीमा बस बेपत्ताः पाँच जनाको शव भेटियो, दुई जनाको पहिचान हुन बाँकी

काठमाडौं । त्रिशूली नदिमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ ।

गत शुक्रबार बिहान पहिरोले बगाएर दुईवटा बस त्रिशूलीमा बेपत्ता भएका थिए । फेला परेको शव मध्ये तीन जनाको शव पहिचान भएको र आन्य दुई जनाको पहिचान हुन सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो। भेटिएका मध्ये दुईजनाको परिचय खुल्न बाँकी छ।

गौरतर्फ गइरहेको बसमा ३८ जना र काठमाडौँतर्फ गइरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए।

काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए।

निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान नजिकः गृहमन्त्री लामिछाने

काठमाडौं । काम चलाउ सरकारका गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको हत्याराबारे अनुसन्धान नजिक पुगेको बताएका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आज मन्त्रालयबाट बिदाई लिदै आफु निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान नजिक पुगेको बताएका हुन् ।

उनले भने– ‘निर्मला पन्तको विषयमा नजिक पुगेका छौँ हामी, बारम्बार सोधेपनि रिजल्ट आएपछि मात्रै भन्ने भनेर मैले नबोलेको हुँ । सुरक्षा निकायलाई राम्रोसँग थाहा छ । मलाई क्रेडिट जाँदैन । कुनै नेता र मन्त्रीले नपाओस्, प्रहरी सक्षम छ ।’

आज सुनचाँदीको मूल्य कति छ ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

आइतबार सुनको तोलाको एक लाख ४६ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सबधिक मुल्य हो ।

यस अघि शुक्रबार पनि सुनको मुल्य तोलाको १ लाख ४६ हजार ७ सय रहेको थियो ।

चार मन्त्री माग्ने शेखर-गगन समूहको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आफुहरुका भागमा चार मन्त्री हुनुपर्ने निर्णय गरेको छ ।

विशालनगरस्थित शेखर कोइरालाको सचिवालयमा बसेको बैठकले आफ्नो पार्टीले पाउने कुल मन्त्रीमध्ये
आफ्नो समूहले चार मन्त्री पाउनुपर्ने माग गर्ने निर्णय गरेको हो ।

एमालेसँगको समझदारीअनुसार कांग्रेसले १० मन्त्रालय पाउने भएको छ ।

मन्त्रीको चयन गर्ने अधिकार शेखर कोइराला, गगन थापा र धनराज गुरुङलाई दिइएको छ ।

स्वर्णीम वाग्लेको सचिवालबाट म माथि भौतिक आक्रमणको धम्की आयोः मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतत्रन्त्र पार्टी(रास्वपा)ले बर्खास्त गरेका महामन्त्री डा. मुकुल ढकालले आफूलाई पार्टी भित्रबाट भौतिक अमक्रमणको धम्की आएको बताएका छन् ।

ढकालले आफूलाई पार्टी उपसभापति डा। स्वर्णिम वाग्लेको सचिवालयबाट भौतिक आक्रमणको धम्की आएको आरोप लगाएका हुन्।

डा. ढकालले वाग्लेको सचिवालयबाट शनिबार राति आफूलाई फोन गरी ‘कुट्ने, नछाड्ने’ धम्की आएको भन्दै आफूले सुरक्षाका लागि प्रहरीलाई अनुरोधसमेत गरिसकेको बताएका छन् ।

उनले आइतबार बिहान फेसबुकमा लेखेका छन्, ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटकपटक फोन गरे, फोन उठाइनँ । मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिनँ’ लगायत अनेक भनेकाले हिजै राति इलाकाको डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।’

शनिबार राति एक टेलिभिजनसँगको अन्तर्वार्तामा डा. मुकुलले ‘नेपाललाई भारतकै एउटा राज्य बनाउने प्रस्ताव राख्ने र रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने समझदारी गर्न आफूलाई खटाइएको’ दाबीसमेत गरेका थिए । टेलिजिभन अन्तर्वार्तामा उनले रवि लामोछाने, स्वर्णिम वाग्ले, शिशिर खनाल र आफूसमेतले काठमाडौंको एक होटलमा भारतीय राजदूतसँग भेट गरेको र सोही भेट सकेर फर्कने क्रममा लिफ्टमा स्वर्णिमले त्यस्तो प्रस्ताव गरेको जिकिर गरेका छन् ।