ठमेलबाट ठूलो परिणाममा कोकिनसहित मलेसियन नागरिक पक्राउ

काठमाडौं । ठूलो परिणाममा कोकिनसहित एक जना मलेसियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं सिटी होटलमा लागूऔषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा परिचालन भएको जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मलेसियाकी ४७ वर्षीया बाथुमालाई भाडिभालु रहेको प्रहरीले जनाएको छ ।

ती महिला बस्ने कोठा खानतलासी गर्दा ५ किलो ८२० ग्राम कोकिन बरामद भएको हो । ६ वटा स्कुल ब्यागमा फल्स बटम बनाएर कोकिन राखिएको थियो । बरामद कोकिनको बजार मूल्य २० करोड ३६ लाख रुपैयाँ हुन आउने प्रहरीको भनाइ छ ।

कांग्रेसमा खैलाबैलाः नेता चन्द्र भण्डारी मन्त्री बनाईदिन भन्दै बालकोटमा !

काठमाडौं । नेपाली कांग्रेसले योगदान, योग्यता, समावेशिता र प्रादेशिक सन्तुलनलाई मुख्य आधार बनाएर सरकारमा सहभागी हुने मन्त्रीहरू चयन गर्ने निर्णय लिएपछि मन्त्रीका आकांक्षीहरु नेताको घरदैलोमा पुग्न थालेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री चयनका लागि योगदान र योग्यतामा आधारित मापदण्ड तय गरेपछि नेताहरु आफू निकटका नेताकामा मात्र नभइ ओली निवासमै पुगेका छन् । कांग्रेसकै नेताहरु मन्त्री बनाइदिन आग्रह गर्दै ओली निवास बालकोट नै पुगेपछि कांग्रेसबृत्तमा खैलाबैला मच्चिएको छ ।

कांग्रेस नेता डा।शेखर कोइराला, महामन्त्री गगन थापा टीमबाट मन्त्री बन्नका लागि बद्री पाण्डे, जीवन परियार, प्रदीप पौडेल,डाक्टर चन्द भण्डारी हृदयराम थानी, प्रतिमा गौतम, लिला बोखिम, रामनाथ अधिकारी, संजय गौतम, लगायतको नाम चर्चामा छ । त्यस्तै सभापति शेरबहादुर देउवा टीमबाट प्रकाशमान सिंह, रमेश लेखक, आरजु राणा देउवा, ऐनबहादुर शाही, किशोर सिंह राठोर, विनोद चौधरी, उदय शमशेर राणालगायतको नाम चर्चामा छ ।

ओली नेतृत्वको सरकारमा कांग्रेसको भागमा ९ मन्त्रालय पर्ने मोटामोटी सहमति भएको छ । तर आफ्नो गुटबाट मन्त्री बन्ने संभावना कम भएपछि कांग्रेस नेता चन्द्र भण्डारी ओली निवास बाल्कोटमै पुगेर देउवालाई फोन गर्न लगाएको चर्चा बाहिरिएको छ । ओली सचिवालय स्रोतले भन्यो,‘भण्डारीजी आउनुभएको थियो । एक पटक मन्त्री बनेर राजनीतिबाट विश्राम लिने इच्छा जाहेर गर्नुभयो । शारीरिक रुपमा अशक्त भएको साथै आफ्नो टिमबाट नाम सिफारिस हुने संभावना न्यून रहेको दुखेसो गर्नुभयो । अध्यक्षज्यूसँग लामै गफगाफ भयो । त्यसपछि अध्यक्षज्यू र देउवाबीच संवाद भएको छ ।’

डा.भण्डारी २०६४, २०७० र २०७४ को राष्ट्रिय निर्वाचनमा गुल्मी–२ बाट उम्मेदवार भएका थिए । ०७० मा विजयी भएका थिए भने गुल्मी क्षेत्र नम्बर १ बाट ०७९ को निर्वाचनमा गठबन्धनकातर्फबाट विजयी भएका थिए । आगामी निर्वाचनमा एमालेका प्रदीप ज्ञवालीलाई सहज बनाइदिन एक पटक मन्त्री बनेर राजनीतिक विश्राम लिनका लागि ओलीको शरणमा पुगेको हुनसक्ने कांग्रेस नेताहरुबीच चर्चा छ ।

वि.स. २०४८ सालमा तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई (किशुनजी) काठमाडौं–१ बाट चुनाव लड्दा मदन भण्डारीसँग मिलेर काङ्ग्रेस लाई हराउन भुमिका खेलेको आरोप लागेका भण्डारी अहिलेसम्म पनि त्यो आरोप बाट चोखिएका छैनन्। भट्टराईलाई हराउन सक्रिय भूमिका खेलेको आरोप लाग्दै आएका भण्डारी ओली निवासमा पुगेर देउवासँग संवाद बढाएको घट्नाले कांग्रेसभित्र अनुशासनविहीनताको अवस्था आएको भन्दै नेताहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । सभापति देउवा समेत झस्केको बताइन्छ ।

नेता भण्डारी बालकोट नगएको भन्दै भण्डारी सचिवालय बाट समाचारको खण्डन गरेको छ । सम्पत्ति न्युजमा आज प्रकाशित समाचारको बारेमा नेता भण्डारीको सचिवालयका नेबिसघ केन्द्रिय सदस्य भुवन भट्टले खण्डन गरेका छन् । समाचारमा कुनै सत्यता नभएको र भण्डारी कतै नगएको भट्टले बताए ।

आजको मौसमः एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । आज बिहान कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्य प्रदेशमा आन्शिक देखि मुख्यतया सफा रही एक वा दुई स्थानमा हल्का वर्षा भैरहेको महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

कोशी प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ।

शनिबार राति देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड अस्ट्रेलियन डलर, कुवेती दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य यथावत छ। अर्थात् शनिबार कारोबार भएकै मूल्यमा आज पनि धेरैजसो विदेशी मुद्राको कारोबार हुने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। आजको लागि युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ २४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ३३ पैसा र बिक्रीदर ९० रुपैयाँ ७४ पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ४१ पैसा निर्धारण भएको छ।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ।

आजको राशीफलः कस्तो छ तपाईंको भाग्यफल

मेष

मायाप्रीति र सामीप्य बढ्ने तथा मित्रता र प्रेमको बन्धन कसिने वेला हो । कुनै भोजरपार्टीमा अतिथिका रूपमा सत्कार पाउन सकिन्छ । कुशल नेतृत्व र व्यवस्थापकीय क्षमताको उपयोग हुनेछ, पारिवारिक जीवन र आत्मिक आनन्दका लागिसमेत उत्कृष्ट समय रहेको छ । पारिवारिक भ्रमणमा निस्कनुपर्ने हुन्छ, अथवा भविष्यमा हुने कुनै यात्राको योजना बनाउन सकिन्छ । तपाईंको प्रस्तावमा छोराछोरीको पूणर् समर्थन रहनेछ । आज ९० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ लक्ष्मीनारायणाभ्यां नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष

आइपरेका चुनौती र परीक्षाहरूमा खरो उत्रेर अघि बढ्ने समय हो, आजको दिनअध्ययनप्रति मात्र होइन, स्वास्थ्यस्थिति एवं आहाररविहारप्रति पनि ध्यान दिनु ठीक हुन्छ । आफूलाई अरुभन्दा फरक साबित गर्न प्रयास गर्ने दिन हो, मनोद्वेग र रिसराग बढ्ने समय भएकाले घरव्यवहारमा आफूलाई संयमित ढंगले प्रस्तुत गनुपर्छ, तर्क वा बहसमा विजय प्राप्त हुनेछ । कामको बोझ बढ्नेछ, तथापि हरेक क्रियाकलापमा हतार गर्नुहुँदैन । जुनसुकै काममा प्रशासनिक समस्या र कानुनी पक्षबारे चिन्तन गर्नु ठीक हुन्छ । आज ६० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ पहेंलो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धन्वन्तरीदेवाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन

व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका निम्ति समय निस्कनेछ । आफ्नो अनुकूलता हेरी सबै कार्य सहज ढंगले गरिँदै जानेछन् । बुद्धि र विवेकको सन्तुलन कायम राख्न नसकिने पेचिलो समय छ, कुनै कुरामा दुविधा उत्पन्न भएमा सिनियर स्टाफको सल्लाह लिनु बेस हुन्छ । सांसारिक सुखप्रतिको झुकाव बढ्नेछ । जुनियर स्टाफको अभावमा कारोवार प्रभावित बन्नसक्छ, तर घरका कनिष्ठ नातेदारको सहयोग लिन सकिने छ । आज ५५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ कलेजीरगाढा रातो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ह्रां ह्रीं ह्रौं सः सूर्याय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट

दाम्पत्यजीवन सुखद रहने एवं परिवारमा सुखशान्ति र सम्मृद्धि छाउने राम्रो समय छ, तर बुढाबुढी र बुजुर्ग सदस्यको भावनाको कदर गर्नुहोला । अध्ययनरअध्यापनका दृष्टिले कमजोर समय छैन, मिहिनेतको उत्कृष्ट नतिजा मिल्नेछ, तर पनि गेम र इन्टरनेटमा झुम्मिने हुँदा पढाइ बिथोलिन सक्छ । आक्रामक व्यवहारका कारण आफन्त वा शुभचिन्तकमा गलत प्रभाव पर्नसक्छ, मित्रहरूद्वारा समेत तपाईंको क्रियाकलापको आलोचना हुनसक्छ । त्यसैले क्रोध र उद्वेगमा नियन्त्रण गर्दै व्यवहारिक र अनुशासित छवि प्रस्तुत गर्नुहोला । आज १० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमश्चण्डिकायै यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह

सहकर्मी वा मित्रको सहयोगबाट कुनै महत्त्वपूणर् काम सम्पन्न हुनाले मन प्रसन्न रहने छ । बहुप्रतीक्षित आकाङ्क्षाले पूणर्ता पाउने समय हो । एकआपसका सुखदुःख एवं चाहना बुझी कार्य गर्ने प्रयास गर्नुपर्छ, एकअर्काका त्रुटिप्रति सचेत हुने र माफ गरी अघि बढेमा सम्बन्ध मजबुत हुनेछ । मनमा उत्साह र साहसी प्रवृत्ति देखा पर्नेछ । यात्राबाट लाभ मिल्नेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । आज ५५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ घृणि सूर्याय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या

सकेसम्म समुचित कार्यका लागि कम बोलेको ठीक हुन्छ, तर बोल्न नपाए पनि हाउभाउ र सङ्केतका आधारमा काम निकाल्न सकिने छ । बाध्यतामा खुम्चनुपर्ने समय हो, आर्थिक दृष्टिले पनि कमजोर समय देखिन्छ । कुनै लाभमूलक काम छ भने लापरवाही गर्नु हुँदैन । सागसब्जी र चिसोजन्य कारोबारीहरूले राम्रो गर्न सक्नुहुन्छ, आम्दानीको पाटो सहज नै देखिन्छ, तर पनि फुइँ लाउने क्रममा मोटै रकम खर्च हुनेछ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतोरउज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला

आफ्नो रुचिको विषयमा अगाडि बढ्ने थुप्रै अवसरहरू देखा पर्नेछन् । प्रयास गरेमा खूबी र क्षमताको पहिचान हुने समय छ । निणर्य क्षमतामा निखार आउनुका साथै कार्यक्षेत्रमा सहजता आउने तथा मनमा रचनात्मक क्षमताको विकास हुने राम्रो दिन छ, पहिचान दिलाउन तथा कलात्मक भावनालाई प्रस्फुटन गर्न समय अनुकूल देखिन्छ । व्यक्तित्व विकासको राम्रो अवसर प्राप्त हुनेछ, कुनै यस्तो व्यक्तित्वसित चिनजान वा मित्रता हुनेछ, जसबाट तपाईंले आत्मबल र प्रेरणा जुटाउन सक्नुहुन्छ । आज ३५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ सेतोरखरानी र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक

सहयोगीहरूसँग केही असमझदारी बढ्नेछ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा गर्न सक्दैनन्, तापनि मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । दौडधूप गर्नुपर्ने काम, ढुवानीरयातायात वा मार्केटिङमा राम्रो छ, तर काममा आफू स्वयं उपस्थित भएमा मात्र लाभ पाइने दिन हो । आर्थिक दृष्टिले कमजोर समय भएकाले हरेक काममा तौलेर खर्च गर्ने दिन हो, आज कुनै योजना कार्यान्वयन गर्न वा नयाँ कुरा किन्न अनुकूल समय देखिंदैन । आज १५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ महाकालाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु

सरकारी ठेक्कापट्टा, गृहनिर्माण, फर्निचर र साजसज्जाका सामाग्री, बालबालिकाका सरसामाग्री, खानपीनका सुख्खा सामाग्री, गरगहना र सुनको कारोबारमा लाभ पाउन सकिन्छ । दाजुभाइ र दिदीबहिनीसँग सहायता आदानरप्रदान गर्ने समय हो । काम छैन भने पनि माइतीपक्षसँग सम्पर्क गरी खैखबर बटुल्नु राम्रो हुन्छ । बौद्धिक र ज्ञानमूलक क्षेत्रमा थप मिहिनेत गर्ने दिन हो, सहयोगी र मित्रवर्गको साथ जुटाउनसके महत्त्वपूणर् उपलब्धि लिन सकिने छ । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ कलेजी र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ हिरण्यगर्भाय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर

कर्तव्यप्रति सचेत हुने तथा जिम्मेबारी बोध हुने राम्रो दिन छ, सरकारी कामका माध्यमबाट लाभ लिन सकिने छ, अझ समाजसेवा वा राजनीति नै कार्यक्षेत्र हो भने मानसम्मान पाउन सक्नुहुन्छ । सानो प्रयासले रोकिएको काम बनाउन सकिने र लाभ पाउने दिन हो, तर कुनैकुनै काम केवल सिनियर्सको सन्तुष्टिका लागि गर्नुपर्ने हुन्छ । भेटघाटको समयमा व्यक्तिगत उन्नतिरप्रगति वा पदप्रतिष्ठाको चर्चा नगर्नु होला, नत्र सम्बन्धमा खाडल सिर्जना हुने तथा तनाव बढ्ने समय हो । आज २० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ कलेजीरगाढा रातो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भास्कराय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ

घरपरिवार, आफन्त र साथीभाइको सहयोग गर्न तत्परता देखाउने समय हो, तर पनि आफू त्यत्ति हलुका बन्नुहुँदैन, जसबाट उनीहरूले तपाईंको कमजोरी र उदार स्वभावको अनावश्यक फाइदा उठाउन सकून् । अचानक खुसी हुने कुनै समाचार सुन्न पाइने छ । कामविशेषले देशरपरदेशको यात्रा हुने वा घर छाड्नुपर्ने परिस्थिति पनि बन्नसक्छ । पारिवारिक बाध्यता वा कुनै सामाजिक व्यस्तताका कारण बेफुर्सदिलो भइने समय छ, तर अचानक पार्टनरसँग भेटघाट हुँदा मन फुरुङ्ग बन्नेछ । आज १५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ सेतोरखरानी र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ दैत्यगुरवे नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन

सहयोगीको साथ पाइँदैन, एैनमौकामा बन्नै लागेको काम पनि बिग्रनसक्छ, उता शरीरमा पनि कमजोरी देखिने छ, तथापि कारोबारमा आफैं खटेको जाती हुन्छ । जीवनसाथी वा परिवारका सदस्यसँग ठास्सठुस्स र मतभेद बढ्ने समय हो । आज यात्राको कार्यक्रम छ भने यथासम्भव रोक्नु ठीक हुन्छ । किताब, प्राक्टीकल र ल्यापटपमा मात्र घोरिएर दिमाग भारी हुने समय छ, एकाग्रताका लागि ध्यान, मेडिटेशन र योग गर्नु राम्रो हुन्छ । आज १० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ हं हनुमते नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

आज नयाँ प्रधानमन्त्रीमा केपी ओली नियुक्त हुँदै

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकार ढलसँगै आज नयाँ प्रधानमन्त्रीको रुपमा राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गर्दैछन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज साँझ ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान गरेका थिए ।

ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरिसकेका छन् ।

उनले नयाँ सरकार गठनका लागि तोकेको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउने बुझिएको छ । आज प्रधानमन्त्री नियुक्त गर्ने र सोमबार (भोली) सपथ ग्रहणको कार्यक्रम रहने छ ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि चुनाबी र्यालीका समयमा गोली प्रहार भएको छ ।

हाल अमेरिकी राष्ट्रपति पदका उम्मेदवारसमेत रहेका ट्रपमाथी पेन्सिल्भेनियाको बटलरमा शनिबार भएको एक र्‍यालीमा गोली प्रहार भएको हो ।

यो घटनापछि डोनाल्ड ट्रम्प आफ्नो दाहिने कानमा हात राखेको देख्न सकिन्छ । ट्रम्पको र्‍यालीमा धेरै पटक गोली चलेको आवाज सुनिएको थियो ।

पूर्व राष्ट्रपति ट्रम्पले आफूलाई मेरो दाहिने कानको माथिल्लो भागमा गोली लागेको बताएका छन् । चुनावी र्‍यालीलाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको हो ।

‘जन्मदिनलाई सत्कर्ममा जोडौं’ अभियान अन्तरगत मृगस्थलीमा वृक्षारोपण

काठमाडौं । ‘जन्मदिनलाई सत्कर्मसंग जोडौं’ अभियान अन्तरगत आज पशुपतिनाथ परिसरकोको मृगस्थलीमा वृक्षारोपण कार्यक्रम गरिएको छ ।
तराई बिकास तथा संञ्चार केन्द्र नेपाल मार्फत रौतहटबाट पहिलोपटक सुरुआत भएको उक्त अभियान अन्तरगत आदिकवी भानुभक्त आचार्यको जन्मजयन्तीको अवसर बनाएर शनिवार बृक्षारोपण गरिएको आयोजक संस्थाका संयोजक गोविन्द चौलागाईले बताएका छन् ।

वृक्षारोपणकार्यक्रममा नेपाल सरकारका सहसचिव चुडाराज ढकाल, बरिस्ठ पत्रकार टिकाराम यात्री, बरिस्ठ पत्रकार हरि बहादुर थापा, नेपाल सरकारका उपसचिव नारायणदत्त भण्डारीको उपस्थितिमा वृक्षारोपण कार्यक्रम गरिएको चौलागाईंले बताए ।
वृक्षारोपण कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार टिकाराम यात्रीलेअभियानले दिने सन्देश असाध्यै गहिरो रहेकोे बताएका छन् । उनले भने– ‘जन्मदिनमा केक काट्नु भन्दा वृक्ष रोपेर आफु दिवगंत हुँदा पनि कृति चै वृक्षको रुपमा फैलिन्छ, यो असाध्यै पावन काम हो ।’

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शन्तराम बिडारी, गौशाला प्रहरी कार्यालयका डिएसपी केशवराज थेवे, चलचित्र निर्माता निर्देशक लक्ष्मण सुबेदी, चर्चित गायक यूवराज चौलागाईं, दिब्या कलेजका संचालक उदय मास्के लगायतले कार्यक्रममा उपस्थित हुँदै ऐक्यवद्धता जनाएका छन् ।

कार्यक्रमलाई एैक्यबद्धता जनाउदै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शन्तराम बिडारीले जन्मदिनमा वृक्षारोपण काम गर्नु महान भएको बताएका छन् । उनले भने–‘यो पवित्रकाम मा हामि जोडिएका छौं । यो सत्कर्मलाई अभियानका रुपमा सबैतिर फैलाउनु पर्छ । संसार विग्रेको विनासको कारण हो । पृथ्वीको भविष्य संकटमा छ । त्यसैले वृक्षारोपण कार्यक्रम गर्नुपर्छ । ’
बिकास सँग सँगै भएको विनासलाई रोकेर उनरउत्थान गर्ने र सन्ततिहरुलाई स्वच्छ पृथ्वी हस्तान्तरण गर्ने लक्षका साथ हामी सबै बृक्षारोपणमा लाग्नु पर्ने नेपाल सरकारका सहसचिव चुडाराज ढकालले बताए । उनले यस अभियानलाई खिसिटिउरी भन्दा पनि सबैको सहकार्य आवश्यक भएको बताए । यस अभियानले देशको अर्थतन्त्रमासमेत टेवा पुग्ने ढकालको भनाई छ ।

अभियानका संयोजक गोविन्द चौलागाईंले आफुहरु भन्ने भन्दा काम गर्ने अभियानमा लागेको बताएका छन् । उनले यो अभियान देशै भर फलदै गएको बताए । अभियान सञ्चालन गरेको थोरै समयमा पनि धेरै प्रगति भएको उनको भनाई छ ।

नेपाल प्रहरीका एआइजी दिपक थापाको जन्मदिन परेको र आफु विरामि भएको अवस्थामा आफ्नो जन्मदिनमा वृक्षारोपण गरिदिन आग्रह गरेपछि पशुपतिमा विभिन्न जातका विरुवा रोपिएको हो । थापा वेड रेस्टमै रहेकाले उनको प्रतिनिधित्व गर्दै डिएसपी केशवकुमार थेबेले अभियानमा सामेल भै बिरुवा रोपिदिई जन्मउत्सव मनाई दिएका छन् ।

नेपाल पत्रकार महासघका केन्द्रिय सदस्य शन्तराम बिडारी र असार २० गते जन्मदिन परेका संस्कार चौलागाईंलेसमेत बृक्षरोपण गरि आफनो जन्मउत्सव मनाएका छन् । कार्यक्रममा चर्चित गायक युवराज चौलागाईंले गीतसमेत गाएका थिए । नेपाल सरकारका सहसचिव ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

जन्मदिनलाई सत्कर्ममा जोडौँ अभियान कार्यक्रमम आन्तरगत शनिबार पशुपतिको मृगस्थलीका बृक्षारोपण गर्नुहुँदै वरिष्ठ पत्रका टिकाराम यात्री । तस्वीरः सम्पति न्यूज ।
जन्मदिनलाई सत्कर्ममा जोडौँ अभियान कार्यक्रमम आन्तरगत शनिबार पशुपतिको मृगस्थलीका बृक्षारोपण गर्नुहुँदै नेपाल सरकारका सहसचिव चुडाराज ढकाल । तस्वीरः सम्पति न्यूज ।
जन्मदिनलाई सत्कर्ममा जोडौँ अभियान कार्यक्रमम आन्तरगत शनिबार पशुपतिको मृगस्थलीका बृक्षारोपण कार्यक्रममा सहभागी हुनुहुँदै वरिस्ठ पत्रकार हरि बहादुर थापा। तस्वीरः सम्पति न्यूज ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीको तत्काल राजीनामा माग

काठमाडौं । दूरपश्चिमका तीन राजनीतिक दलद्वारा मुख्यमन्त्री दीर्घबहादुर सोडारीको तत्काल राजीनामा माग गरेका छन् । उनीहरूले मुख्यमन्त्रीलाई राजीनामा दिएर नयाँ सरकार गठनको प्रक्रियामा सहजीकरण गर्न आग्रह गरेका छन् ।

शनिबार संसद सचिवालयमा नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका नेताहरूले संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै एकीकृत समाजवादी संसदीय दलका नेता एवम् मुख्यमन्त्री सोडारीलाई सरकार गठन र बजेट माथिको छलफलका लागि राजीनामा दिएर सहजीकरण गरिदिन आग्रह गरेका हुन् ।

पत्रकार सम्मेलनमा एमाले संसदीय दलका उपनेता सन्तोष थापा (शर्मा) प्रमुख सचेतक वीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धनश्याम चौधरी, पूर्वमन्त्री रामेश्वर चौधरी लगायतको सहभागिता थियो । केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेपछि सुदूरपश्चिममा नेकपा एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

‘प्रचण्ड’को मुटु चस्काउने त्यो दिन !

काठमाडौं । गएको असार १८ गते एका विहानै पत्रपत्रिकामा खबर आयो की अब, नयाँ सत्ता सकिरण बन्ने भयो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने विभिन्न पत्रपत्रिकामा खबर आएको थियो । जुन समिकरण १७ गते मध्यराति सहमति भएको थियो ।

एकाविहानै उठ्ने वित्तिकैको त्यो खबर नै हो कामचलाउ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मुटु चस्काउने खबर । दुई दिनअघि एमाले अध्यक्ष ओली र नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवाबीच आरजु राणालाई साक्षी राखेर बालकोटमा भएको संवादले सत्ता समिकरण बदल्ने विषय पुरै फैलिएको थियो । असार १६ गते दिउसो कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु राणा केपीओलीसँग संवाद गर्न बालकोट गए । त्यहि बेला नै एक खालको सहमति भएको थियो की नयाँ सरकार बनाउने र पहिलो चरणमा ओली प्रधानमनत्री बन्ने । २०८४ को चुनाबी सरकारको नेतृत् देउवाले गर्ने ।

उक्त हल्ला सुनेपछि प्रचण्डले असार १७ गते सोमबार बालुवाटारमै केपी ओलीलाई बोलाएर करिव साढे तीन घण्टा लामो सम्बाद गरे । सम्बादका क्रममा केपी ओलीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि प्रकट गर्दै सुध्रिनुपर्ने धारणा राखेका थिए ।
प्रचण्डले पनि आफ्ना गल्ती तथा कमजोरी सच्याएर अब सल्लाह गरेरमात्र अघि बढ्ने प्रतिवद्धता ओली समक्ष जनाएका थिए । प्रचण्डले ‘हाम्रा असमझदारीकै कारण सत्ता समिकरण बदल्नु पर्दैन, म प्रधानमन्त्री छोड्न तयार छु, तपाईं प्रधानमन्त्री बन्नुहोस्’ भनेर केपीलाई फकाउने काम भयो र केपीले पनि आफू फकिएको जस्तो स्वाङ पारेका थिए । अब नेपाली काङ्ग्रेसलाई पनि साथसाथै लिएर जाने, सरकारका काम कारवाही प्रभावकारी बनाउने भन्दै दुवै नेता सहमतिमा पुगेर बैठक सकिएको थियो । यही सरकारालाई निरन्तरता दिने, नेपाली काङ्ग्रेसलाई पनि स्पेस दिएर अघि बढ्ने र सरकारलाई अझै प्रभावकारी बनाउनेजस्ता तीन वटा बुदामा उनीहरुबीच सहमति भएको थियो ।

सोहि बेला प्रचण्डले नराम्रोसँग फ्लप खाइसकेका थिए । ओलीसँगको सम्बादमा ढुक्क भएका प्रचण्डले आफ्ना पार्टीका नेताहरुलाई पनि सरकार पाँचै वर्ष चल्ने विषय ओलीसँग भएको भन्दै सुनाएका थिए । आफ्नो नेतृत्वमा भएको सरकार बचाउन सफल भएका प्रचण्ड त्यो रात ढुक्कसँग निदाएका थिए । तर, बिहान साढे ४ बजे उठ्दा सत्ता समिकरण बदलिसकेको थियो । आफूलाई राजनीतिको ठूलो खेलाडी ठान्ने प्रचण्ड यसपटक केपीबाट नराम्रोसँग फ्लप खाए ।

उक्त समिकरणका विषय आउनु भन्दा पहिले पाँचै वर्ष सरकार टिक्ने विश्वास गरेका प्रचण्डले आफु हुँदासम्म उथलपुथल गर्ने र ३२ को जादुमयी नम्बर घुमाइरहने घोषणा समेत गरेका थिए । तर, उनको उक्त अभिव्यक्ति धेरै दिन टिक्न पाएन ।

मध्यपहाडी लोकमार्ग पूर्णरुपमा अवरुद्ध

ढोरपाटन । अविरल वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । आज बिहान लोकमार्गको गलकोट नगरपालिका–१ झाँक्रीस्थानमा पहिरो खस्दा लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा पश्चिम बागलुङबाट जिल्ला सदरमुकामसम्म सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । पोखरा, काठमाडौँसहित ठूला सहरबाट बागलुङको बुर्तिबाङसहित रुकुम-पूर्व, जाजरकोट, रुकुम–पश्चिम सञ्चालन हुने सवारीसाधान ठप्प हुँदा यात्री बीच सडकका अलपत्र परेका हुन् ।

प्रहरी र स्थानीयको सक्रियतामा पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । वर्षा हुँदा वित्तिकै सडक माथिदेखि लेदोसहितको पहिरो खस्दा लोकमार्गको उक्त खण्ड अवरुद्ध हुँदै आएको उनले बताए ।

“लोकमार्ग बिहानैदेखि अवरुद्ध छ, अहिले खुलाउने प्रयास भइरहेको छ । सडक अवरुद्ध हुँदा लामो तथा छोटो दूरीमा सञ्चालन हुने यातायताका साधान ठप्प भएका छन्, यहाँ वर्षा हुँदा वित्तिकै पहिरो खस्ने समस्या भएकाले यात्रीले सास्ती खेप्नुपरेको छ”, प्रहरी उपरीक्षक कँडेलले भने । लोकमार्गको निसीखोला गाउँपालिका–४ कालापैरामा पनि लेदोसहितको पहिरो झर्दा सडक अवरुद्ध हुँदै आएको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

दिउँसो २ बजे बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई आमन्त्रण गरिएको छ ।

बैठकमा बदलिँदो पछिल्लो राजनीतिक अवस्था तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

चितवनको गोलाघाटको नदीबीचमा एक व्यक्तिको शव भेटियो

काठमाडौं । हिजो चितवनको नारायणगढ-मुग्लिन सडक खण्डमा बगाएको दुईवटा वस र यात्रु खोज्ने क्रममा गोलाघाटको नदीबीचमा एक व्यक्तिको शव फेला परेको छ ।

मृत भेटिएका व्यक्तिको पर्सबाट ग्लोबल आइएमइ बैँकको ऋषि पल साह नामको एटीएम कार्ड पनि भेटिएको प्रहरीले जनाएको छ ।

करिब ३०–३५ वर्ष जतिको एक पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।

शव दुर्घटनामा मृत्यु भएका व्यक्तिको हो होइन यकिन भइसकेको छैन ।

कर्णाली करिडोर अवरुद्ध

काठमाडौं । आज बिहान आएको पहिरोका कारण कर्णाली करिडोर अवरुद्ध भएको छ । कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा बजारमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक अर्जुन केसीले जानकारी दिए । “लाफा बजारनजिक लगातार पहिरो खसिरहेको छ”, उनले भने । कर्णाली करिडोरमा पहिरोका कारण सवारीसाधन नियमित रुपमा चल्न नसकेको उनले बताए ।

यसैगरी कर्णाली करिडोरअन्तर्गत हुम्ला सडकखण्ड नौ दिनदेखि अवरुद्ध छ । सिमकोट–हिल्सा सडकखण्डको नाम्खा र सिमकोट गाउँपालिकाको सिमाना हेक्पा खोलामा निर्माण गरिएको काठेपुल बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो ।

आइतबार मात्र केपी ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले संयुक्तरूपमा शुक्रबार राति प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नाम पेस गरेका छन्।

संसद्का ठूला दुई दलसहित जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीले ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएका थिए। राष्ट्रपतिलाई दलहरूले १६६ सांसदको हस्ताक्षर राष्ट्रपतिकहाँ बुझाएका छन्।

शुक्रबार नै पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्बाट विश्वासको मत नपाएपछि राष्ट्रपतिले अर्को सरकार गठनको प्रक्रिया सुरु गरेका थिए। संविधानको धारा (७६) को उपधारा २ अन्तर्गत ओलीलाई प्रधानमन्त्री बनाउन दलहरू लागेका हुन्। राष्ट्रपतिले आउँदो आइतबार ५ बजेसम्मका लागि प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न अनुरोध गरेका थिए।

तर, दलहरूले शुक्रबार राति नै दाबी पेस गरे।

राष्ट्रपतिले आवश्यक अध्ययन गरेर आइतबार मात्रै नियुक्ति गर्ने सचिवालयको भनाइ छ।