रास्वपा केन्द्रीय कमिटीको बैठकको प्रत्यक्ष प्रसारण नभएको भन्दै महामन्त्री ढकालको विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्रीले आज बसेको बैठकको लाइभ नगरिएको भन्दै महामन्त्री मुकुल ढकालले विरोध जनाएका छन् ।

उनले मुखमा टेप टाँसेर विरोध गरेका हुन् ।

केन्द्रीय समिति बैठक लाइभ गर्न केही दिनअघि नै अध्यक्ष रवि लामिछानेसँग माग गरेका थिए ।

मौसम पूर्वानुमानः भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनी प्रभावको कारण हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा, बागमती र मधेस, प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । देशका धेरै स्थानहरूका चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । देशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विनिमय दरः डलर बढ्दा युरो घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राहरूको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, दिनार, पाउन्डसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। तर अस्ट्रेलियन डलर, युरोसहित केही विदेशी मुद्राको मूल्य भने घटेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ।
हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८१ पैसा थियो। आजको लागि युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ९० पैसा र बिक्रीदर १४३ रुपैयाँ ५४ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४३ रुपैयाँ १७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८२ पैसा थियो।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ८० पैसा र बिक्रीदर १६९ रुपैयाँ ५६ पैसा थियो। आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८९ रुपैयाँ २८ पैसा थियो।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ८० पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ५९ पैसा थियो। आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५५ रुपैयाँ २५ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ९४ पैसा थियो।

नेकपा एस महाधिवेशनः आज दस्तावेजमा आएका सुझाव आज पेस

काठमाडौं । नेकपा एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेजमा आएका सुझाव आज पेस हुने भएको छ।

१२ समूह बनाएर गरिएको छलफलबाट आएका सुझाव आज बस्ने बैठकमा पेस गर्ने कार्यसूची छ। सम्बन्धित समूहका टोली नेताले गर्ने प्रस्तुतिपछि दस्तावेज परिमार्जनसहित अनुमोदन गरिनेछ। बैठक बिहान ११ बजे बस्नेछ।

एक हजार ८४९ प्रतिनिधि छनोट गरिएको महाधिवेशनले २९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ।

आजको राशिफलः २०८१ आषाढ १९ गते बुधवार

मेष

आनन्द र प्रसन्नताका साथमा नै नियमित काम सम्पन्न हुनेछन्, आयको नयाँ स्रोत फेला पर्नुका साथै कमाएको धन सञ्चित गर्न सकिने छ । मनले चाहेको व्यक्तिबाट कुनै नौलो कुरा सुन्न पाउँदा अझ हर्षित हुने वा कुनै उपहार प्राप्त गरेर दङ्गपर्ने समय हो । आपसी भेटघाट र मेलमिलापको समय हो, आफन्तसँग फोनमा नै किन नहोस् सम्पर्क गरी भलाकुसारी गरेको राम्रो हुन्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतोरउज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सिद्धिलक्ष्म्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष

व्यवस्थापकीय कमी कमजोरी हटाउन प्रयास गर्ने दिन हो, नयाँ कामको थालनी गर्न कामदार र सहयोगीको सुझाव लाभप्रद रहनेछ । दैनिक जीवन सहजताका साथमा बिते पनि कुनै कारणवश पतिपत्नीमा विचार नमिल्न सक्छ, तथापि समर्पण भाव र मायाप्रीति कायम नै रहने देखिन्छ । नयाँ कुरा पढ्ने वा सिक्ने रहर जागेर आउने छ । नजानेको विषयवस्तुप्रति केन्द्रित हुन सकेमा उपलब्धि लिन सक्नुहुन्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ रङ्गीबिरङ्गी वा छिरबिरेरबुट्टे र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ दैत्यगुरवे नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन

खर्चको मात्रामा अचानक बृद्धि हुनसक्छ, अझ नजिकैको आफन्त वा मनमिल्ने साथीसँगको साझेदारीमा कुनै कारोबार गर्नुछ भने आज सावधानीपूर्वक कदम चाल्नु आवश्यक देखिन्छ, अन्यथा आर्थिक क्षति हुने दिन हो । विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धन लाभ भए पनि आत्मसम्मानमा बाधा पर्न सक्छ । बाध्यात्मक काममा सञ्चित धनको उपयोग हुनेछ । पार्टनरको भावनालाई बेवास्ता नगर्नुहोला, नत्र आनन्द र मनोरञ्जनको वातावरणमा अचानक निराश हुनुपर्ने र तनाव झेल्ने परिस्थिति आइपर्ने दिन हो । आज ६५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ब्रां ब्रीं ब्रौं सः बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट

लगानी गर्नुभएको छ भने आज त्यसको लाभांशरबोनस पाउने दिन हो । तर खर्चको मात्रा बढ्ने समय छ, बजेटलाई सन्तुलनमा राख्ने प्रयास गर्नुहोला । आम्दानीको स्रोतमा बढोत्तरी हुने दिन हो, कुनै नयाँ कारोवारप्रति कुनै आकर्षण छ भने लगानी बढाउँदा फाइदा नै हुनेछ । परिवारमा कुनै माङ्गलिक कार्य सम्पन्न हुने वा उक्त कार्यको योजना बनाउने दिन हो । आज चिल्लोचापिल्लो र चटपटे खानेकुराप्रति रुचि जागृत हुनेछ । आज ९५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ गङ्गाधराय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह

क्षमता र सीपको सही मूल्याङ्कन हुने समय हो । पेसा, व्यवसाय वा क्यारियरका बारेमा चिन्तन गरी पढाइलाई अघि बढाउनु ठीक हुन्छ । व्यक्तिगत प्रतिष्ठा र वर्चस्व स्थापना गर्न सकिने राम्रो समय छ । राजनीति वा समाजसेवा नै तपाईंको कार्यक्षेत्र हो भने त पदप्रतिष्ठा र सम्मानले तपाईंको प्रतीक्षा गरिरहेको परिस्थिति देखिन्छ । पुरस्कार प्राप्त गर्ने ग्रहयोग बनेको छ, त्यसैले आलस्य त्यागेर मिहिनेत गरेमा राम्रो उपलब्धि हासिल हुने दिन हो, प्रतिस्पर्द्धीसमेत सहयोग माग्दै तपाईंसामु आउनसक्छन् । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ हरियो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बुं बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या

भाग्यले साथ दिने समय हो, आफ्नो प्रभावलाई अझ बलियो बनाउन आफ्ना प्रियजन र सहकर्मीहरूलाई प्रोत्साहन गर्नुपर्छ, किनकि विश्वास संसारको सबैभन्दा सुन्दर बिरुवा हो, जुन जमिनमा होइन मुटुमा उम्रन्छ । तारिफयोग्य काम गरेर दङ्गपर्ने दिन हो, तर आज चुनौती र सङ्घर्षका माझमा काम निकालेर इज्जत जोगाउन सकिने समय हो । शरीर हलुका र मन प्रसन्न रहनेछ, लामो समयदेखि एकान्तमा बसेर भलाकुसारी भएको छैन भने अब निराश हुनुपर्दैन, भेटघाटको अनुकूलता मिल्नेछ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ रङ्गीबिरङ्गी वा छिरबिरेरबुट्टे र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ऐं श्रीं श्रीं बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला

सहयोगीको अनुपस्थितिले दैनिक कारोबारमा मन्दी छाउने समय छ, तर पुरानो बाँकी बक्यौता उठाउने प्रयास गर्नुहोला, डुबेको वा गुमेको धन हातपार्न सक्नुहुन्छ । पारिवारिक वातावरण सामान्य रहने छ, घरायसी प्रबन्ध वा बन्दोबस्तीमा व्यस्त भइने छ । भावना र इच्छाहरूको कदर हुँदैन र मन अशान्त बन्नसक्छ । वातावरण तपाईंको विपक्षमा भएको दिन हो, आफ्नो कर्तव्य र दायित्वप्रति सचेत भई पठनपाठनमा अझ लगाव देखाउनु ठीक हुन्छ । आज ४५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सङ्कटाभगवत्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक

कार्यालयमा नौलो कामको जिम्मा लिएर मज्जाले खट्नुपर्ने समय छ, तर आज घरपरिवार र जीवनसाथीको चाहनालाई मनन गरी समय दिनुपर्ने परिस्थिति सिर्जना हुनेछ । प्रेमभाव प्रकट गर्न अनुकूल समय छ, पार्टनरको इच्छानुसार चल्नुपर्दा कार्यक्षेत्रमा समस्या आउने भएकाले महत्त्वपूणर् काम बेलैमा गरिहाल्नु ठीक हुनेछ । अन्तरङ्ग मित्र वा आफन्तसँग भेटघाट हुनेछ । सृजनात्मक, कल्पनाशील र रमणीय दिन छ, व्यस्त दिनचर्या अर्थात् बोरिङ रुटिनबाट राहत पाउने समय हो । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ राधाकृष्णाभ्यां नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु

आडम्बर देखाउनु हुँदैन, नत्र सामान्य मानेको विषयलाई प्रमाणित गर्न गाह्रो हुन्छ र बेकारको तर्कबितर्कमा दिन बित्ने परिस्थिति बन्नेछ । सुनिश्चित सफलताको योग छ, तथापि रिसराग र आवेग बढ्ने समय भएकाले भावनामा बहेर कुनै पनि निणर्य नगर्नु होला । थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने परिस्थिति देखिन्छ । खासगरी इलेक्ट्रिकल, सञ्चार र धातुका कारोबारीको व्यवसाय उत्तम रहनेछ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ रातो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ देवीद्यौराल्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर

पारिवारिक वातावरण सुखमय रहनुका साथै पतिपत्नीका बीचमा राम्रो समझदारी कायम हुनेछ । छोराछोरीको खुसीका निमित्त केही काम लुकाएर गर्नुपर्ने हुन्छ । सीपमूलक शिक्षा र प्राविधिक विषयमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, परिश्रमी र लगनशील भएमा मात्र भाग्यले समेत साथ दिनेछ । सिर्जनात्मक काम गर्नुपर्छ भन्ने भावना विकसित हुने सुन्दर दिनको आगमन भएको छ । हाँकेरताकेका काम बन्नुका साथै ज्ञानमूलक क्रियाकलापमा संलग्नता बढ्ने तथा प्रतिस्पर्द्धा वा परीक्षामा सफल भइने समय हो । आज ४५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ रातोरहरियो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ रोहिणीपुत्राय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ

कुरा काट्नेहरूको सक्रियता बढ्न सक्छ, दिमाग भारी हुनसक्छ, तथापि बुढाबुढी वा परपाहुनाको सेवा र हेरचाह गर्नुपर्ने दिन हो । गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा अनुभवलाई तिखार्ने अवसर मिल्नेछ, सुखको चाहनाले लक्ष्यमा बिलम्ब हुनसक्छ, अनि आमाको आशीर्वादले हरेक काममा सफलता दिलाउनेछ । यो जीवनको त्यस्तो चरण हो, जसमा कार्यक्षेत्र र पारिवारिक समस्यालाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ । दूरदराजको यात्रा वा वैदेशिक प्रयोजनको कामका लागि प्रयास गर्न अनुकूल समय रहेको छ । आज २० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमःभद्रकाल्यै यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन

सामूहिक काम वा सामाजिक क्रियाकलापमा संलग्न हुँदा फुर्सद पाइँदैन र लवमेटलाई छुट्टै समय दिन नपाउनाले वैचारिक मतभेद हुनसक्छ । उदारमना व्यक्तित्व वा हाइ प्रोफाइल व्यक्तिसँग उठबस गर्ने मौका मिल्नेछ, आवश्यक परेमा उहाँहरूको सुझाव प्राप्त हुनाले देखिएका बाधा हट्नसक्छन् । कारोबारमा मन्दी देखिएको छ भने थप मिहिनेत गर्नुहोस्, लगनशील बन्नसके विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिक आम्दानीमा परिवर्तन आउनसक्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ हरियो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सोमजाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

८ वर्षपछि बढ्यो नूनको मूल्य

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लि।ले नूनको मूल्य समायोजन गरेको छ । कर्पोरेसनबाट बिक्री भइरहेको नूनको मूल्य आज राति १२ बजे लागू हुने बढाएको छ ।

कम्पनीले विज्ञप्तिमार्फत समायोजन गरेको मूल्यमा आयोनून एक किलो प्याकेटको रु २३ बाट बढेर रु २६ पुगेको छ ।

न्यू शक्ति नून एक किलोको रु १७ रहेकामा बढेर रु २० कायम भएको छ । यस्तै भानू नून एक किलोको मूल्य रु नौ तोकिएको छ ।

८ वर्षपछि नुनको मुल्य वृद्धि भएको हो । अझै ५ रुपैयाँ घाटा रहेको साल्ट ट्रेडिङले बताएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणः प्रतीक थापालाई थुनामा पठाउने आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले मंगलवार थापालाई थुनामा पठाउन आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सकुन्तला कार्कीको इजलासले थापालाई थुनामा पठाउन आदेश दिएको हो ।
लामो समय फरार रही हालसालै पक्राउ परेका थापा तत्काल प्राप्त प्रमाणबाट निर्दोष नदेखिएको भन्दै थुनामै पठाउन आदेश भएको हो ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी मेलिस बास्कोटाका अनुसार अदालतले थुनामा पठाउन आदेश दिएको भएपनि कुन कारागारमा पठाउने भन्ने टुंगो लागिसकेको छैन ।

थापा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा हुन भने उनी गृहमन्त्रीको सचिवालयमा बसेर काम गर्ने गर्दथे ।

भ्रष्टाचारको फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने भयोः रवि लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रविलामिछानेले भ्रष्टाचारको फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने भयो भनेका छन् ।

आज पत्रकारसँग कुरा गर्दे उनले भ्रष्टाचारको फाइल खुलेपछि सत्ता समीकरण फेरिएको दाबीसमेत गरेका थिए ।

उनले पत्रकारहरुसँग भने– ‘भ्रष्टाचारको फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने भयो, यसलाई के भन्नु र मैले ।

नले भने, ‘तपाईंहरु नै फाइल खोल्नुपर्‍यो भन्नुहुन्थ्यो । रु’

गृहमन्त्रीविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा

काठमाडौं । पदबाट बर्खास्त गर्नुपर्ने माग राखी गृहमन्त्रीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले नियमित सुनुवाइ गरेर टुंग्याउने भएको छ ।

न्याधीशहरू सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राख्ने आदेश गरेको हो ।

एमाले–कांग्रेसको सहकार्य स्वागत योग्यः राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एमाले-कांग्रेसलाई स्वागत योग्य भएको निष्कर्ष निकालेको छ ।

नयाँ समिकरण बन्ने भएपछि पछिल्लो राजनीतिक घटनाक्रमलाई समिक्षा गर्न धुम्वाराहीमा मंगलबार बसेको पदाधिकारी बैठकपछि अध्यक्ष राजेन्द्र लि«्देनले स्वागत योग्य भनेका हुन् ।

उनले संविधान संशोधन गर्ने मूख्य बुँदामा सहमति भएको खबर सुनेको भन्दै त्यसो हो भने नयाँ सहकार्य स्वागतयोग्य रहेको निष्कर्ष निकालेको बताए ।

लिङ्देनले राप्रपाले लामो समयदेखि संविधानमा आमूल परिवर्तन गर्नुपर्ने अडान राखिरहेको अवस्थामा संविधान संशोधनलाई नै आधार बनाएर भएको नयाँ सहमति स्वागतयोग्य रहेको बताए । बै

कांग्रेस र एमालेबिचको समिकरण चरम अवसवादः नेकपा एस

काठमाडौं । एमाले–कांग्रेसको सत्ता समिकरणको विषयमा नेकपा (एकीकृत समाजवादी)ले चरम अवसरवाद भन्दै टिप्पणी गरेको छ ।

सोमबार मध्यराति संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा (एमाले) बिच भएको नयाँ सत्ता समीकरण गर्ने सम्झौता भएपछि प्रचार विभाग प्रमुखसमेत रहेका उपमहासचिव जगन्नाथ खतिवडाले धारणा व्यक्त गरेका हुन् ।

नेकपा (एकीकृत समाजवादी) दशौँ राष्ट्रिय महाधिवेशनमा व्यस्त रहेको छ । महाधिवेशनस्थल कमलादीमा नेता खतिवडाले भने, ‘संसद्का ठुला दुई दल मिलेर सरकार बनाउनु तानाशाही प्रवृत्ति हो । बहुदलीय राजनीतिको अपचलन संस्कृति हो । मुलुकलाई अस्थिरताको चक्रव्यूहमा फसाउने काम मात्र हो ।’

माओवादीको निष्कर्षः संविधान संशोधनको कुरा अग्रगमनभन्दा पनि पश्चगमनतिर उन्मुख

काठमाडौं । नेकपा माओवादी केन्द्रले कांग्रेस र एमाले मिलेर संविधान संसोधन गर्ने विषयमा आक्रोस व्यक्त गरेको छ । बालुवाटारमा बसेको माओवादी पधादिकारी बैठकले संविधान संशोधनको कुरा अग्रगमनभन्दा पनि पश्चगमनतिर उन्मुख निष्कर्ष निकालेको हो ।

माओवादी उपाध्यक्ष तथा प्रवत्ता अग्निप्रसाद सापकोटाले कांग्रेस एमालेको समिकरणको विषयमा अध्ययन भइरहेको बताएका छन् । उनले भने– ‘अप्रत्यासितरूपमा घटनाक्रम अगाडि आएका छन् । यो त्यति स्वाभाविक र संवैधानिक मूल्यमान्यतामा आधारित भएर आएजस्तो लागेको छैन ।’ उनले संविधान संशोधनको कुरा अग्रगमनभन्दा पनि पश्चगमनतिर उन्मुख भएको बताए ।

रास्वपाः मन्त्रीहरु तत्काल फिर्ता नबोलाउने, नयाँ सरकारमा नजाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तत्काल मन्त्रिपरिषद्बाट फिर्ता नहुने निर्णय रेको छ । प्रधानमन्त्रीले पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएसम्म मन्त्रीहरुले पनि राजीनामा नदिने निर्णय गरेको छ ।

त्यस्तै मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले अब बन्ने नयाँ सरकारमा रास्वपा सहभागि नहुने पनि निर्णय भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

उनले नयाँ गठबन्धन देश र जनताको हितमा नरहेको भन्दै यसले देशलाई राजनीतिक स्थायित्व पनि नदिने बैठकले निष्कर्ष निकालेको बताए ।

प्रधानमन्त्रीले पदबाट राजीनामा नदिने, विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्मकमल दाहाले प्रचण्डले सरकारबाट राजीनामा नदिने भएका छन् । आज बालुवाटारमा माओवादी केन्द्रको पदाधिकारी बैठकले राजीनामा नदिने र विश्वासको मत लिने निर्णय गरेको माओवादीका नेताहरुले बताएका छन् ।

माओवादीका एक नेताले भने–‘ ‘प्रधानमन्त्रीले विश्वासको मतको सामाना गर्ने धारणा बनाउनुभएको छ । हामीले पनि पार्टीको तर्फबाट एकमतले समर्थन गरेका छौं । विभिन्न पक्षसँग कुरा गर्छौँ । रास्वपा, कांग्रेस र एमालेका विभिन्न पक्षसँग कुराकानी गरेर अगाडि बढ्ने सहमति भएको छ ।’

नेप्सेमा दोस्रो पटक सर्किट, ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौं । सेयर बजारमा दोस्रोपटक सकारात्मक सर्किट लागेको छ । पहिलो कारोबार खुलेको दुई मिनेटमै सर्किट लागेर बन्द भएको नेप्से दोस्रोपटक कारोबार खुलेको एक मिनेटमै सकारात्मक सर्किट लागेर बन्द भएको छ ।

कारोबार खुलेको पहिलो दुई मिनेटमै नेप्से ४ अंकले बढेर २० मिनेटका लागि बन्द भएको थियो । त्यसपछि ११ः२२ मा कारोबार खुल्दा त्यसको एक मिनेटमै दोस्रो सर्किट लागेर कारोबार बन्द भएको छ । यतिबेला नेप्सेमा ५ प्रतिशतको वृद्धि भई नेप्से २१५६।०७ अंकमा पुगेर रोकिएको छ ।

प्रचण्ड नेतृत्वको सरकार परिवर्तन भई नयाँ सरकार गठन हुने र एमालेको तर्फबाट अर्थमन्त्री बन्ने हल्लासँगै सेयर बजारमा उछाल आएको हो ।

सरकार परिवर्तन हुँदा एमालेको तर्फबाट अर्थमन्त्रीमा विष्णु पौडेल आउन सक्ने हल्लाकाबिच सेयर बजारमा दोस्रोपटक सर्किट लागेको हो ।

अब नेप्से १२ बजेर ३ मिनेटमा खुला हुनेछ । एक दिनमा अधिकतम ६ प्रतिशतसम्म मात्रै नेप्से बढ्न वा घट्न पाउने भएमा अब १ प्रतिशत वृद्धि भई कुल ६ प्रतिशतको वृद्धि भएमा आजको लागि कारोबार बन्द हुनेछ ।

मङ्गलवार नेप्से परिसूचक अधिकतम ६ प्रतिशतले वृद्धि हुँदा १२३ दशमलव २० अंकसम्म वृद्धि हुन सक्नेछ । मङ्गलवार नेप्से ६ प्रतिशतले वृद्धि भएमा २,१७६.५९ अंमा पुगेर बन्द हुनेछ ।