‘संविधान संशोधनमा सहमत दललाई ओली नेतृत्वको सरकारमा सहभागि गराईने’

काठमाडौं । नेपाली कांग्रेस र एमालेबीच सोमबार मध्यराति भएको सहमतिमा सहमत हुने दलहरुलाई अब बन्ने एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको राष्ट्रिय सहमतिको सरकारमा सहभागी गराइने भएको छ ।

कांग्रेस र एमालेबीच सहमति प्रक्रियामा शुरुदेखि काम गरेका एमाले महासचिव शंकर पोखरेलले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् सो जानकारी गराएका हुन् ।

पोखरेलले भनेका छन्, ‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरुपका कानुनसमेत निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा समझदारी । यस प्रकृयामा सहमत दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गरिने ।’

कांग्रेससँगको सहमतिका लागि एमाले अध्यक्ष ओलीले महासचिव पोखरेललाई परिचालन गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले भने एमालेसँगको सहमतिका लागि रमेश लेखकलाई परिचालन गरेका थिए । हिजो सोमबार दिउँसो पुल्चोकस्थित भिभान्त होटलमा उनीहरुले सहमतिको ड्राफ्ट तयार पारेका थिए । राति सवा १२ बजे काठमाडौैंको चपलीहाइटस्थित क्याप्टेन रामेश्वर थापाको निवासमा देउवा र ओलीले हस्ताक्षर गरेका थिए ।

आज कस्तो छ विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । आज असार १८ गते मंगलबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.२१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.१७ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.८२ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.८० रुपैयाँ रहेको छ भने बिक्री दर १६९.५६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.८८ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.२८ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.५१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३९ रुपैयाँ रहेको छ ।

एसईईको मौका परिक्षाको तालिका सार्वजनीक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ ।

रवि लामिछानेविरुद्धको मुद्धामा आज अन्तिम बहस

काठमाडौं । गृहमन्त्री रविलामिछानेलाई निलम्बन माग गरिएको रिटमा आज अन्तिम बहस हुँदैछ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको इजलासमा पेशी रहेको मुद्दामा असार ७ गते बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको थियो।

अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिटमा रिट निवेदक र सरकारी वकिलको मात्र बहस सकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो। मंगलबार लामिछानेका तर्फबाट बहस हुनेछ। ।

जवाफी बहस सकेर फैसला सुनाउने छ।

मौसमः देशैभर धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित वर्षा

काठमाडौँ । आज देशभरको मौसम साधारणतया देखि पूर्णतया बदली रहने पूर्वानुमान भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशैभरका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाको अनुरोध छ ।

कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । मध्यरातमा एकालेसँग मिलेर सरकार बनाउने सहमतिभएसँगै देउवाले छलफलका लागि पदाधिकारी बोलाएका हुन् ।

बिहान नौ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने छ ।

बैठकमा नेकपा एमालेसँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

कांग्रेस-एमालेको नयाँ सरकार बन्ने, मध्यरातमा भयो सहमति

काठमाडौं । नेकपा(एमाले) र नेपाली कांग्रेसबीच नयाँ सरकार गठनको सहमति भएको छ । मध्यरातमा भएको सहमति अनुसार नेपाली कांग्रेसले केपी ओलीलाई प्रधानमन्त्री बनाएर अगाडि सार्ने सहमति भएको स्रोतले बताएको छ ।

सरकार गठनबारे मध्यरातमै राष्ट्रपति रामचन्द्र पौडेलसँग मध्यरातमै छलफल भएको बुझिएको छ । मध्यरातमा एक होटलमा दुई दलका नेताहरूले एक आपसमा बसेर र सामूहिक रूपमा सहमतिलाई अन्तिम रूप दिएको थियो ।

मध्यरातमा भएको सहमतिमा चुनावी सरकारको नेतृत्व कांग्रेसले गरि केपी ओलीलाई प्रधानमन्त्रीमा अघिसारको हो । स्रोतका अनुसार एमालेले प्रधानमन्त्री, अर्थसहितका मन्त्रालय पाउने र कांग्रेसले गृहसहितका मन्त्तालय पाउने बुझिएको छ ।

प्रधानमन्त्रीको ब्रिफिङः यो गठबन्धन लामै जान्छ

काठमाडौं । आज बसेको मन्त्रीपरिषद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बर्तमान सरकार लामै समय जाने ब्रिफिङ गरेका छन् ।

बैठकमा प्रधानमन्त्रीले सत्ता गठबन्धनमा असमझदारी आयो भनेर बाहिर भएको चर्चामा कुनै पनि सत्यता नरहेको बताएका सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

प्रवत्ता शर्माले राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा कुनैपनि छलफल नभएको बताएकी छिन् ।

प्रवत्ता शर्मा भनिन्, ‘प्रधानमन्त्रीले बाहिर चर्चामा आएको विषयको ब्रिफिङ गर्नुभयो । ओली र प्रधानमन्त्रीको छलफल भएको छ । बाहिर असमझदारी बढ्यो भनेर आएका कुरा असत्य हुन् यो गठबन्धन लामै समय जाने जानकारी गराउनुभएको छ ।’

धितोपत्र बोर्डको पुरानै समिति व्युत्याइयो

काठमाडौं । आज बसेको मन्त्रीपरिषद्ले धितोपत्रबार्डको अध्यक्ष चयनका लागि पुरानै समिति गठन गरेको छ । मिनवहादुर श्रेष्ठको अध्यक्षता गठन भएको समितिको मधु मरासिनी र उदय निरौला सदस्य छन् । श्रेष्ठ राष्ट्रिय योजना आयोगका उपाध्य हुन, मरासिनी अर्थमन्त्रालयका सचिव र निरौला प्राध्यापक हुन् ।

यसअघि पनि सोही समितिले काम गरेको थियो ।

नवगठित समितिले मंगलवारबाटै काम गर्ने बताइएको छ ।

नाउपाले दुई मन्त्री फिर्ता बोलायो

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा रहेको नागरिक उन्मुत्ति पार्टी (नाउपा)का दुई मन्त्री फिर्ता भएका छन् । नाउपाका सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले दुवै मन्त्रीलाई सरकारबाट फिर्ता हुन पत्राचार गरेर फिर्ता बोलाएका हुन् ।

नाउपाबाट सुदूरपश्चिम सरकारमा कैलाश चौधरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मन्त्री छन् भने टीका थापाले कृषि तथा भूमि सुधार मन्त्री छिन् ।

दलका नेता घनश्याम चौधरीले उनीहरू दलको निर्णयविरुद्धमा सरकारमा गएकोले फिर्ता हुन पत्राचार गरेको बताए ।

झलनाथ खनाल सम्मानीत नेतामा नै राजी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको १० औं माधिवेशन जारी छ । आजबाट बन्दसत्र समेत सुरु भएको छ । अध्यक्ष बन्नका लागि दौडमा रहेका सम्मानीत नेता अब, दौडबाट बाहिरीएका छन् ।

खनाल अध्यक्ष माधवकुमार नेपालसँगको सहमतिमा सम्माति नेतामा नै राजी भएको खनाल निकट स्रातले बताएको छ ।

‘गिरिबन्धु टि–स्टेटको जग्गा बेचेर अझै खाने दाउ छ ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सासंद ज्ञानेन्द्र बहादुर शाहीले केही नेपाल ऐनलाई शंसोधन गर्न बनेको विधेयक अध्यादेशको नाममा गिरिबन्धु टि–स्टेटको जग्गा बेचेर अझै खाने दाउसहितको अध्यादेश ल्याएको आरोप लगाएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भूमि सुधार ऐनको दफा १२ लाई शंसोधन गरेर गिरिबन्धु टि–स्टेटको जग्गा कब्जा गर्ने नीतिका साथ सदनबाट पारित गर्ने भनेर रणनीति बनिरहेको बताए ।

उनले भने,‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई शंसोधन गर्न बनेको विधेयकको अध्यादेश आयो भनेको त गिरिबन्धु टि–स्टेटको जग्गा बेचेर अझै खाने अध्यादेश आएछ ।

‘मन्त्रीहरुलाई बालकोट बोलाइएको छैन’

काठमाडौं । पछिल्लो समय सरकार र राजनीतिक दलमा आएको हलचलसँगै सरकार परिवर्तनको हल्ला चलिरहेको छ । कांग्रेस सभापति शेरबहादर देउवा र एमाले अध्यक्ष केपीवलीबीच भएको भेटले तरगं समेत पैदा गरेको छ ।

सरकार परिवर्तनको हल्ला चलिरहेको बेला एकाएक एमालेले सरकारमा सामेल मन्त्रीहरुलाई बालोकट बोलाएको भन्ने हल्ला चल्यो ।

तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले सरकारमा सहभागी मन्त्रीहरूलाई बालकोट नबोलाएको प्रस्ट पारेको छ ।

आज राष्ट्रियसभा बैठक बस्दै, विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्नेछ ।

आजको बैठकमा विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षक मध्ये वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विनियोजन शीर्षकहरुमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

यसको साथै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा दुई नेताबिच भेट भएको हो ।

यसअघि आइतबार पनि दुई नेतासहित उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच सिंहदरबारमा छलफल भएको थियो ।

शनिबार अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको भेट पश्चात सत्ता समीकरणबारे उठेका आशंकाबीच दुई नेताको भेटघाट बाक्लिएको हो ।