मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं । आज साझ ५ बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिद्को आकस्मिक बैठक बोलाएका छन् ।

मन्त्रिपरिषद्को बैठकमा जहाज दुर्घटनाबारे जानकारी लिने र छानबिन प्रक्रियालाई अघि बढाउने विषयमा छलफल हुने बताइएको छ ।

विमान दुर्घटनापछि प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

बिहान ११ः११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा १८ जनाको मृत्यु भएको छ ।

सौर्य एयरको जहाज दुर्घटनाः सवार १८ जनाको मृत्यु, पाइलटको जिवितै उद्दार (अपडेट)

काठमाडौं । केहिबेर अघि त्रिभुवन विमान स्थलमा भएको सौर्य एयरको विमान दुर्घटनामा सवार १८ जनाको मृत्यु भएको छ ।

दुर्घटनाग्रस्त जहाजबाट १८ जनाको शव निकालिएको हो ।

जहाजमा पाइलट सहित १९ जना सवार थिए । पाइलट मनिषरत्न शाक्यलाईभने जिवितै उद्दार गरेर अस्पताल लगिएको छ ।

सौर्य एयरको जहाज दुर्घटनाः १९ जना सवार, अधिकांश यात्रु हताहत भएको आशंका (अपडेट)

काठमाडौं । त्रिभुवन विमानस्थलको धावन मार्गबाट उड्न वितिकै भएको सौर्य एयरको जहाज दुर्घटनामा अहिलेसम्म ४ जना यात्रुका मृत्यु भएको पुष्टि भएको छ । अधिकाशं यात्रु हताहत भएको बुझिएको छ ।

विमानमा १९ जना यात्रु सवार रहेका थिए । जहाजमा सर्वसाधारण भने नभएको जनाइएको छ । दुर्घटना भएको जहाजमा सौर्य एयरका कर्मचारी रहेका भएको बुझिएको छ । पाइलटको जिवितै उद्दार भएको छ ।

गृहमन्त्री रमेश लेखक घटना स्थालमा पुगेका छन् ।

उद्दार कार्य जारी रहेका छ।

सौर्य एयरको जहाज दुर्घटनाः गृहमन्त्री लेखक घटनास्थलतर्फ

काठमाडौं । पोखरा उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको स्थानमा अवलोकनका लागि गृहमन्त्री रमेश लेखक घटनास्थल जादै छन् ।

विमान करिब ११ बजेतिर दुर्घटना भएको हो ।

जहाजमा १९ जना सवार रहेको जनाइएको छ ।

चार जनाको शव निकालिएको छ भने पाइलटको जिवितै उद्दार गरिएको छ ।

सौर्य एयरको जहाज दुर्घटनाः चार जनाको शव निकालियो

काठमाडौं । आज त्रिभुवन विमानस्थलको धावनमार्गबाट उड्ने वित्तिकै सौर्य एयरको जहाज दुर्घटना भएको छ ।

अपुष्ट खबर अनुसार दुर्घटनामा चार जनाको शव निकालिएको छ ।

पाइलटलाई जिवितै उद्दार गरिएको र अस्पताल लगिएको जनाईको छ ।

जहाजमा १९ जना यात्रु भएको बुझिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको विमान दुर्घटना

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा केहीबेर अघि सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ ।

बुधबार बिहान करिब ११ बजे पोखराबाट आएको आएको सौर्य एयरको जहाज अवतरण गर्ने क्रममा रनवेबाट चिप्लिएर दुर्घटनामा परेको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर विकले जानकारी दिए ।

दुर्घटनाका कारण विमानमा आगो लागेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

लुम्बिनी प्रदेशः मुख्यमन्त्री नपाएपछि असन्तुष्ट लिला गिरीले दिए संसदीय दलको नेताबाट राजीनामा

काठमाडौं । मुख्यमन्त्री नपाएपछि असन्तुष्ट बनेका नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीले पदबाट राजीनामा दिएका छन्।

दलको नेता छोडेर उपनेतालाई मुख्यमन्त्री बनाउन एमाले केन्द्रबाट निर्देशन आएपछि उनी असन्ष्ट छन्। ‘हो, उहाँले राजीनामा दिइसक्नुभयो। मलाइ पनि भन्नुभयो।’ एमाले लुम्बिनी अध्यक्ष राधाकृष्ण कँडेलले हिमाल प्रेससँग भने।

बुधबार दलको उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएपछि दलको नेता लीला गिरी राजिनामा दिएका हुन्। उनी अन्य पदमा भने यथावत् रहेको कँडेलले जानकारी दिए।
उनी एमालेको पोलिट्ब्युरो सदस्य सदस्य समेत हुन्।

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको भाउ आज प्रतितोला एक हजार एक सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४७ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार सात रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १८ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १७ सय ९० रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो।

‘आश’ लाग्दा ‘कान्छा’ महानिर्देशक

काठमाडौं । खानेपानी तथा ढल व्यवस्थापन विभागमा हालसम्मकै कान्छा उमेरका महानिर्देशक नियुक्त भएका छन् । सोमबार बसेको मन्त्री स्तरीय बैठकले विभागको महानिर्देशकमा ई. रामकुमार श्रेष्ठलाई नियुक्त गरेको छ ।

विभागको ५२ वर्षको इतिहासमा ४१ वर्षको उमेरमा महानिर्देशक बन्ने पहिलो सहसचिवको रुपमा ई.श्रेष्ठले कान्छा महानिर्देशकमा आफ्नो नाम दर्ज गरेका हुन् ।

कुशल प्रशासक ई. श्रेष्ठ

विभागको कान्छा महानिर्देशकमा नियुक्त भएका ई. श्रेष्ठ यसअघि पनि कुशल प्रसाशकका रुपमा आफुलाई परिचित गराउदै आएका छन् । युवा महानिर्देशको नियुक्तिले खानेपानी तथा ढल व्यवस्थापन विभागले पनि उत्कृष्ट कार्यसम्पादनका लागि आश लाग्दो व्यक्ति पाएको छ ।

वि.स. २०७० सालको भदौ बाट सोहि विभागको उप महानिर्देशकको रुपमा रहेका श्रेष्ठ सोमबार महानिर्देशकमा नियुक्त भए ।
२०२९ मंसिरदेखि २०३८ पौषसम्म विभागको पहिलो महानिर्देशक हिरण्यजित मल्ल थिए । २०८० असोज १ गतेदेखि २०८१ साउन ६ सम्म कमल राज श्रेष्ठ महानिर्देशक बनेका थिए । त्यसपछि ई. श्रेष्ठले कार्यभार सम्हालेका छन् ।

गोरखामा जन्मिएका श्रेष्ठ २०६८ सालमा इन्जिनियर पदबाट निजामती सेवामा प्रवेश गरेका थिए । २०७२ सिनियर डिभिजनल इन्जिनियर (सिडीई) हुँदै २०७७ सु ई (सहसचिव) बनेका श्रेष्ठ सबै तहमा खुला प्रतिस्पर्धाबाट छनौट भएका थिए ।

खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग तथा विभिन्न जिल्लाहरूमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका उनले गण्डकी प्रदेशको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको सचिवको रूपमा रहँदा मन्त्रालयको उत्कृष्ट कार्यसम्पादन गरेको चर्चा समेत चलेको थियो ।

मौसमः हल्कादेखि मध्यम वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।

यतिबेला देशभर साधारणतया बदलीको अवस्था छ। बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एकदुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कर्णाली प्रदेशका एकदुई स्थानमा राति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

आजको राशिफः कस्तो छ आज तपाईको दिन ?

मेष

पदोन्नति हुने वा विशेष जिम्मेवारी पाउन सकिने समय हो, कामविशेषले कतै काजमा जाने वा देश–विदेशको यात्रामा निस्कने संयोग जुरेको छ । आन्तरिक सम्बन्ध सुदृढ हुने तथा एकआपसमा राम्रो समझदारी कायम हुने दिन हो, कुरा काट्ने, खिसीट्युरी गर्ने वा प्रतिस्पर्द्धीहरू आफैं तर्किएर हिँड्नेछन् । महत्त्वपूणर् व्यक्तिसित निकटता बढ्नेछ, कार्यक्षेत्रबाट लाभ मिल्नेछ । प्रतिस्पर्द्धामा विजयी भएर आफ्ना शत्रुमाथि दबाब सिर्जना गर्न सकिने छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ गङ्गाधराय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष

नयाँ समझौता वा करारका माध्यमबाट धन बढाउन सकिने छ, जग्गाजमीन, पेट्रोलियम पदार्थ, प्लास्टिकका वस्तुहरू र सञ्चारका सामाग्रीमा लाभ हुनेछ । कामको चटारो परेको समय छ, ससाना कुरामा पनि आफै नखटी पार लाग्दैन, आत्मसम्मान झल्कने दिन हो, नेतृत्व र निणर्य फलदायी हुनेछन् । कुनै नयाँ विषयवस्तु वा प्राविधिक ज्ञानले आकर्षण गरेको समय छ, परिश्रम गर्ने छात्रछात्राले उत्कृष्ट परिणाम प्राप्त गर्नेछन् । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ हरियो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बुं बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन

भाग्यले साथ दिने समय हो, आफ्नो प्रभावलाई अझ बलियो बनाउन आफ्ना प्रियजन र सहकर्मीहरूलाई प्रोत्साहन गर्नुपर्छ, किनकि विश्वास संसारको सबैभन्दा सुन्दर बिरुवा हो, जुन जमिनमा होइन मुटुमा उम्रन्छ । आफ्नो क्षेत्रमा साख र इज्जत कमाउने दिन हो, सहयोगीहरूको समेत साथ पाउनाले आत्मबल र हिम्मत पलाउने राम्रो समय छ । त्यस्तो सुनौलो पल र समय बित्नेछ, जसले गर्दा प्रेमीप्रेमिकाको सामीप्य अझ नजिकिने तथा प्रेमसम्बन्ध गाढा बन्ने अनुकूलता मिल्नेछ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ नीलोरकालो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ब्रां ब्रीं ब्रौं सः बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट

आत्मविश्वासमा अभिबृद्धि हुनाले साहसी र निडर भइने छ । अन्यायका विरुद्धमा जुझारु बन्न सक्नुहुन्छ । शत्रु र प्रतिस्पर्द्धीलाई दमन गर्ने समय हो । लेनदेनका क्रममा दबाबमा हुनुहुन्छ भने पनि समझौता गर्नुहुँदैन, बरु परिस्थिति विपक्षमा छ भने पुनर्विचार गर्नुहोस्, समय बित्दै जाँदा दैनिकीमा सुधार आउने छ । अस्वस्थताका बावजुद काममा जुट्नै पर्ने परिस्थिति छ, सुस्वास्थ्य र आरामका लागि समय छुट्याउनु तथा पौष्टिक आहारामा ध्यान दिनु ठीक हुन्छ । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सङ्कटाभगवत्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह
कला, साहित्य र अभिनयका क्षेत्रमा रुचि बढ्ने दिन हो, तथापि अहिले बाह्य विषयवस्तुमा भन्दा पनि निर्धारित पाठ्यक्रममा ध्यानकेन्द्रित गर्नुपर्ने समय हो । रामरमाइलो र रमझमप्रति मनको आकर्षण रहने सुन्दर दिन छ । मनमा नयाँ उमङ्ग पलाउने छ । विवाहयोग्य उमेर छ र अविवाहित हुनुहुन्छ भने कुनै व्यक्तिप्रति विशेष आकर्षणसमेत बढ्न सक्छ । पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ, सबैले सम्मान गर्नेछन्, समयमै कार्य सम्पन्न हुनाले मन हलुका र आनन्दित बन्नेछ, पारिवारिक सुखको योग बनेको छ । आज ७५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ राधाकृष्णाभ्यां नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या

लोकप्रियता बढ्ने तथा साझेदारी व्यवसायमा लाभ पाउने समय हो, तथापि अधिकार प्राप्ति वा भविष्यको चिन्ताले सताउन सक्छ, पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्, तापनि चुनौती चिर्दै काम बनाउन सकिने छ । स्वार्थका लागि सम्बन्ध गाँसी काम फुत्काउनेहरूसँग सतर्कता अपनाउनु होला, किनभने आज विवादास्पद जिम्मेबारी वहन गर्ने दिन हो । एकान्तमा बस्न पाउने तथा दुःखसुख सेयर गरी आत्मिक आनन्दमा रमाउने दिन हो, तर कुनैकुनै कुरामा तपाईंको हठ र जिदले नरमाइलो गर्नसक्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ रातो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ऐं श्रीं श्रीं बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला

मन्दी र नोक्सानीका बारेमा पुनर्मूल्याङ्कन गरी अघि बढ्ने समय हो, नयाँ कामको प्रस्ताव आउनसक्छ, बुद्धिको प्रयोग गरेमा लाभसमेत पाइने छ । मन फुरुङ्ग हुनुका साथै सृजनात्मक क्षमताको प्रस्फुटन हुनेछ, टाढा रहेका आफन्त वा छोराछोरीबाट राम्रो समाचार सुन्न पाइने छ । लगनशीलता र परिश्रमको प्रतिफल पाउने समय हो, परीक्षा वा प्रतियोगितामा सामेल हुनुछ भने अझ बढी मिहिनेत गर्नु ठीक हुन्छ । आज ५५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ रातोरहरियो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ रोहिणीपुत्राय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक

मनोरञ्जन र खेलवाडले लक्ष्यप्राप्तिमा कठिनाइ उत्पन्न गर्नेछ, आफ्ना विषयवस्तुमा अरुले अधिकार जमाउन सक्छन् । प्रगतिका निमित्त सचेत र संयम हुनु ठीक हुन्छ । इच्छानुसार आत्मीयजनसँग कुराकानी हुनसक्छ, तर घरायसी परिबन्दले भेटघाटको अनुकूलता नमिल्नाले मन एकतमासको हुने र भावुक बन्ने दिन हो । कामधन्दा र बन्दव्यापारमा सफलता प्राप्त हुनेछ । उच्चपदस्थ व्यक्ति र राज्यपक्षबाट रोकिएका काम निर्बाध सम्पन्न हुनेछन् । आज २५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमःभद्रकाल्यै यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु

इष्टमित्र र नातेदारसँग भेटघाट हुनेछ, पार्टनरले आफूलाई कति ब्याकअप गर्छ भन्ने थाहा पाउँदा एउटा नौलो अनुभूति र रोमाञ्चकता देखापर्ने दिन हो । समुचित निणर्य लिन नसक्दा क्षमता र योग्यतामा नराम्रो प्रभाव पर्नसक्छ । अन्धविश्वास र भ्रमले डेरा जमाउने समय छ । सहयोगी र साझेदारहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ । बिजुलीका उपकरण, खेलकुद सामाग्री र फलामसम्बद्ध निर्माणको कामबाट फाइदा लिन सकिने दिन हो । आज ८० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ हरियो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सोमजाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर

मन फुरुङ्ग र हलुका हुने सुन्दर दिन छ, आज कुनै कुनै समयमा तपाईं अरु वेलाभन्दा अलि बढी कठोर भएको महसुस हुनेछ । परीक्षा वा प्रतियोगिताका दृष्टिकोणले अनुकूल दिन छ । कुनै नौलो विषयको जानकारी लिएमा भविष्यमा राम्रो उपलब्धि लिन सकिने छ । अचानक कुनै मित्रसँग भेटघाट हुने अथवा कुनै नयाँ अवसरको उपयोग गर्ने दिन हो, प्रभावशाली कुराकानीका माध्यमबाट तपाईंले आफ्नो अन्तर्वार्ता, प्रजेन्टेसन, र बैठकहरूमा अरुमाथि राम्रो छाप छोड्न सक्नुहुन्छ । आज ७० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतोरउज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सिद्धिलक्ष्म्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ

नयाँ ठाउँमा घुम्न जाने वा कुनै नयाँ काम प्रारम्भ गर्ने समय छ, घरैमा बसे पनि भविष्यमा चाहिने वस्तुको जोहो गरिने छ । क्षमता प्रदर्शन गरी आफूलाई सर्वश्रेष्ठ साबित गर्ने दिन हो, नौलो विषयको जानकारी लिएर प्राज्ञिक क्षमतालाई तिखार्ने अवसर मिल्नेछ । मनमा उत्साह र शरीरमा स्फूर्तिको उदय हुनेछ । सबैले व्यक्तित्व र कार्यशैलीको प्रशंसा गर्नेछन्, खुट्टा तान्ने र कुरा काट्नेहरू अब आफैं तर्किएर हिंड्ने समय आएको छ । आज ९० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ नीलोरकालो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शं सूर्यात्मजाय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन

रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज त्यस्तो व्यक्तिसँग भेट हुनसक्छ, जससँग बाँकी जीवन बिताउन सजिलो हुनेछ । धनसङ्ग्रहमा कठिनाइ हुनेछ । नयाँ व्यवसाय, उद्योगधन्दा र साझेदारीको काममा लगानी गर्नुछ भने बढी हौसिनु ठीक हुँदैन । सानोतिनो यात्रामा जानुपर्दा व्यापारमा ध्यानकेन्द्रित हुनसक्दैन । दण्ड वा जरिवानामा पर्न सकिने वा कुनै कानूनी बाधाअड्चन व्यहोर्नुपर्ने हुन्छ । आज २५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ त्र्यम्बकाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

चोरीका सामान र ताला फोर्न प्रयोग हुने औजारसहित पक्राउ

काठमाडौं । काठमाडौंमा चोरीमा संलग्न तीन जनाको समूह चोरीका सामान र ताला फोर्न प्रयोग हुने औजारसहित पक्राउ परेका छन्।

प्रहरी वृत्त स्वयम्भुको टोलीले तारकेश्वर नगरपालिका–७ टोखा घर भई हाल चमति बस्ने वर्ष १९ को अभय नेपाली, ओखलढुङ्गाको लिखु गाउँपालिका–७ घर भई हाल विजेश्वरी बस्ने वर्ष २४ को निरज खड्का र काभ्रे मङ्गलटार घर भई हाल चमती बस्ने वर्ष २० को सुरेन्द्र तामाङलाई नियन्त्रणमा लिएको हो।

यही साउन ७ गते दिउँसो काठमाडौं महानगरपालिका–१५ चमती स्थित मिलन लम्सालको कोठाको ताला फोडी कोठाभित्र रहेका सुनका गर गहना, नगद, घडी, ल्यापटप लगायतका धनमाल चोरी भएको थियो।
सो खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा घटनामा संलग्न उनीहरूलाई क्षेत्रपाटीबाट पक्राउ गरेको हो।पक्राउ परेका व्यक्तिहरूको साथबाट ताला फोर्न प्रयोग हुने फलामको रड तथा औजार लगायत चोरीका धनमाल बरामद भएको छ।

विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर हालसम्मकै उच्च

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हुँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३४ रुपैयाँ २१ पैसा निर्धारण भएको छ। अमेरिकी डलरको यो मूल्य नेपालमा अहिलेसम्मकै सर्वाधिक महँगो हो। दुई दिनअघि १ को खरिददर १३३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रुपैयाँ १७ पैसा भएर उच्च रेकर्ड बनाएको अमेरिकी डलर हिजो केही घटेको थियो। आज पुनः बढेर अमेरिकी डलरले अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको हो।

हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३४ रुपैयाँ १६ पैसा थियो। त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ १९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ०५ पैसा थियो।

बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७३ रुपैयाँ २५ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५१ पैसा थियो। अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३६ पैसा थियो।

कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४३९ रुपैयाँ निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ९० पैसा थियो। बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ४६ र बिक्रीदर ३५६ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ३१ र बिक्रीदर ३५५ रुपैयाँ ९० पैसा थियो।

बागमतीमा पहिलो पटक कांग्रेसबाट मुख्यमन्त्री

काठमाडौं । बागमतीमा पहिलो पटक नेपाली कांग्रेसको सरकार बनेको छ। यसअघि नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले सरकार बनाए पनि कांग्रेसको सरकार बन्न सकेको थिए। बहादुर सिं लामा मुख्यमन्त्री बनेसँगै कांग्रेसको नेतृत्व बागमतीमा आउने भएको छ। यस्तै बहादुर सिंह नै यस्ता नेता हुन्। उनी बागमतीको बाहुल्यता भएको तामाङ समुदायको पहिलो मुख्यमन्त्री हुन्।

माओवादीले कुनै बेला बागमतीलाई तामासालिङ प्रदेश राखिनुपर्ने एजेन्डा अघि सारेको थियो। तर, माओवादीले मुख्यमन्त्रीमा भने तामाङ अघि सारेन। जुन एजेन्डा अहिले कांग्रेसले पूरा गरिदियो।

नव नियुक्त मुख्यमन्त्री बहादुरसिं लामा तामाङले आज पद तथा गोपनीयताको शपथ आज लिँदै छन्। नवनियुक्त मुख्यमन्त्री लामाले बिहान ११ बजे शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

मुख्यमन्त्री लामाले आजै कांग्रेसबाट सात र एमालेका ६ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको कांग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले बताएका छन्।

एसीसी महिला एसिया कपः अन्तिम खेलमा हार व्यहोरेसँगै सेमिफाइनल सम्भावना सकियो

काठमाडौं । नेपाल एसीसी महिला एसिया कप प्रतियोगिता २०२४ मा समूह चरणको अन्तिम खेलमा हार व्यहोरेसँगै सेमिफाइनल सम्भावना सकिएको छ।

नेपाल भारतसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएसँगै समूह ‘ए’ बाटै बाहिरिएको हो। यो समूहबाट भारतसहित पाकिस्तान सेमिफाइनल पुगेका छन्। नेपालले समूह चरणका तीन खेलमा एक मात्र जित निकाल्यो। यूएईसँग सानदार जित निकाले पनि सेमिफाइनल पुग्न पर्याप्त बनेन।

भारत ३ खेलमा अपराजित रहँदै सेमिफाइनलमा पुग्यो। पाकिस्तान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको है।