‘मैलै १७ हजार मान्छे मारेको हो र ?’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डको नेपाल बंगलादेश र श्रीलंकाजस्तै बन्ने भनेर दिएको चेतावनीको जवाफ फर्काएका छन् । प्रचण्डले नेपाल पनि बंगलादेश र श्रीलंकाजस्तै हुने अभिव्यक्ति दिएपछि ओलीले आफूले १७ हजार मान्छे नमारेको भन्दै खुट्टा नकमाउने बताएका हुन् ।

शनिबार क्याप्टेन रामेश्वर थापाको ‘इन्ट द फायर’ को पुस्तक विमोचन कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् । उनले बेथिति आजको समयमा चलाउन नसकिने तर्क गरेका छन् । बंगलादेशमा केही भयो भनेर नेपालमा त्यहीँ हुने नेपाल कुनै देशको फोटोकपी मेसिन होइन भन्ने उनको प्रश्न थियो ।

प्रधानमन्त्री ओलीले लोकतन्त्र र संविधानको संरक्षणमा आफूले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै भ्रष्टाचार नगर्ने र देशको सम्पत्तिमा लोभ नगर्ने दाबी गरेका छन्। ओलीले आफ्नो प्रधानमन्त्रीको कार्यकाल एक वर्ष १० महिना १५ दिनमात्रै बाँकी रहेको र समयभन्दा अघि नै पद त्याग गर्ने योजना रहेको पनि स्पष्ट गरेका छन् ।

नुवाकोटमा केन्द्रीय काराकार आजबाट सञ्चालन

काठमाडौं । नुवाकोटमा केन्द्रीय काराकार आजबाट सञ्चालनमा आएको छ । कारागारको पहिलो युनिट भवनको नवनिर्मित संरचनाको आज गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेसँगै जिल्ला कारागार नुवाकोटका कैदीबन्दी स्थानान्तरण गरेर कारागार सञ्चालनमा ल्याइएको हो ।

विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्पमा निर्माण गरिएको केन्द्रीय कारागारको भवनलाई औद्योगिक कारागारका रूपमा स्थापित गराउन आवश्यक थप संरचनालाई क्रमशः निर्माण गर्दै अघि बढाइने गृहमन्त्री लेखकले जानकारी दिए। “देशभरमा करिब १३ हजार क्षमताको कारागारमा अहिले २८ हजारलाई राख्दै आएका छौँ,” उनले भने “गृह मन्त्रालयले एक सय दिनमा गर्ने कार्ययोजनाअनुरुप केन्द्रीय कारागार सञ्चालनमा ल्याइएको छ । आवश्यक थप संरचनाको क्रमशः निर्माण अघि बढाउँदै लगिनेछ ।”

कारागारलाई सुधार गृहका रूपमा अघि बढाउन सरकारले विभिन्न योजना बनाए पनि भौतिक पूर्वाधार अभावले समस्या भइरहेको समयमा नुवाकोटको केन्द्रीय कारागारलाई नमूनासहित औद्योगिक कारागार बनाई आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने गृहमन्त्री लेखकको भनाइ छ ।

दुई नाबालिका एकै ठाउँमा मृत अवस्थामा फेला

काठमाडौं । मोरङमा दुई नाबालिका एकै ठाउँमा मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको सुन्दराचौर नगरपालिका–७ केराबगानभित्र एक र तीन वर्षीया बालिकाहरु मृत अवस्थामा फेला परेका हुन् ।

सुन्दराचौरका स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र मृत भेटिएका १ वर्षीया अर्पणा कार्की र ३ वर्षीया आयिका कार्की धनकुटाका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरु रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार अर्जुनकी श्रीमती समेत केही दिनदेखि सम्पर्कविहीन रहेकी छिन् ।

गत शुक्रबार राति अर्जुन र उनकी श्रीमती अस्मिताबीच विवाद भएको थियो । राति नै अस्मिता २ छोरी लिएर घरबाट हिँडेकी थिइन् ।

साथीको हत्या आरोपमा नुवाकोटमा ६५ वर्षिय तामाङ पक्राउ

काठमाडौं । साथीको हत्या आरोपमा नुवाकोटको विदुर नगरपालिका–७ का ६५ वर्षीय लालबहादुर तामाङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

नुवाकोटको म्यागङ गाउँपालिका–३, गोगनेका ६५ वर्षीय चमार तामाङको हत्या गरेको आरोपमा लालबहादुरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

उनका अनुसार, शनिबार छिमेकीको घेवा ९किरिया०बाट फर्कने क्रममा भएको सामान्य विवादमा लालबहादुरले प्रहार गरेको ढुंगा लागेर चमार तामाङको घटनास्थलमा मृत्यु भएको थियो ।

कांग्रेस पदाधिकारी बैठकः जुटेन सहमति, भोली फेरि बस्ने

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बिनानिष्कर्ष सकिएको छ । वर्तमान पदाधिकारीसँगै पूर्व पदाधिकारीहरू सहभागी बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल गरे पनि सहमति जुटाउन नसकेको हो ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा महामन्त्री थापा र शर्माको प्रतिवेदनमाथि छलफल भएको थियो । सहमति खोज्न बैठक भोलि पुनः बस्नेछ ।

यद्यपि, महामन्त्री थापाले प्रस्तुत गरेको प्रतिवेदनलाई परिमार्जनसहित अघि बढाउन बैठक सकारात्मक रहेको बताइएको छ । बैठकपछि कांग्रेस मुख्य सचेतक श्यामकुमार घिमिरेले केन्द्रीय समितिमा प्रतिवेदनलाई परिमार्जन गरेर पारित गर्ने विषयमा छलफल भएको बताए ।

कांग्रेस केन्द्रीय समिति बैठक आइतबार बस्दै छ । बैठकअघि दिउँसो पुनः पदाधिकारी बैठक बसेर आवश्यक छलफल गरिने उनले बताए ।

महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदन भने अहिलेका लागि यथावत राख्ने विषयमा सहमति नजिक पुगिएको नेताहरूले जनाएका छन् । शर्माको प्रतिवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, सांसदलगायतको कार्यकाल तोक्ने गरी संविधान संशोधन हुनुपर्ने उल्लेख छ ।

भ्रष्टचारविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं । ‘अब बोल्छ नेपाल’ नामक संस्थाले भ्रष्टाचार विरुद्ध शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ । संस्थामा आवद्ध युवाहरुले माइतीघर मण्डलामा बृहत् प्रदर्शन गरेका हुन् ।

डा। कमल भुसाल ९निकोलस०को समूहले शनिबार माइतीघर मण्डलामा २२ अर्ब विद्युत बक्यौता रकम असुल गर भन्दै युवा विद्रोह बृहत् आन्दोलन गरेको हो ।

आन्दोलनका क्रममा डा। भुसाल नेतृत्वको समूहले भ्रष्टाचारीहरूको संरक्षण गर्न बन्द गर, गिरिबन्धु जग्गा प्रकरण, भुटानी शरणार्थी प्रकरणलगायत सम्पूर्ण फाइलको छानबिन गरलगायत लेखिएका प्लेकार्ड लिएर आन्दोलन गरेका हुन् ।

अब, गृह मन्त्रालयमा को आउला नयाँ सचिव ?

काठमाडौं । गृह मन्त्रालयका कार्यरत सिनियर सचिव एक नारायण अर्याललाई सरकारले मुख्यसचिव नियुक्त गरेसँगै गृहमा सचिव बन्नका लागि दौढधुप सुरु भएको छ ।

रमेश लेखक अहिले गृहमन्त्री छन् । लेखक कांग्रेसका भएकाले काँग्रेस निकटका सचिवहरुबीच प्रतिष्प्रर्धा रहेको बुझिएको छ । स्रोतका अनुसार गृहसचिव बन्नका लागि आधा दर्जन सचिवहरुको दौडधुप सुरु भएको छ ।

गृह मन्त्रालयको सचिव बन्ने लाइनमा अर्जुन पोखरेल, दीपक काफ्ले, विनोद सिंह, नारायण शर्मा दुवाडी, कृष्णहरि पुष्कर र दिनेश भट्टराईको चर्चा छ ।

स्रोतका अनुसार विनोद सिंह र कृष्णहरी पुष्कर मध्ये एक जनाको प्रवल सम्भावना देखिएको छ । यता अर्जुन पोखरेल पनि बूढानिलकण्ठसँग सम्बन्ध प्रगाढ रहेका कारण सचिव बन्न शक्तिकेन्द्र धाइरहेको बुझिएको छ ।

सचिव सिंह भेगिए हिसावले र सेवा अवधि थोरै भएकाले आफुले पाउनुपर्ने भन्दै शक्ति केन्द्रमा धाउदै छन् । त्यस्तै गृह मन्त्रालयमा आफुनै योग्य भएको र सरकारको अपेक्षा अनुरुप नतिजा दिन सक्ने क्षमता आफुमा भएको दाबी गर्दै पुष्कर पनि गृह सचिव बन्ने चाहाना पोखिरहेका छन् ।

सरकारको मुख्यसचिव छनोट प्रक्रिया हालसम्म कै उत्कृष्ट

काठमाडौं । सरकारले मुख्यसचिव छनोट अहिलेसम्मकै उत्कृष्ट तवरबाट गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकले एकनारायाण अर्याललाई मुख्यसचिव बनाएसँगै अर्याल र सरकारको अहिले चौतर्फि प्रशंसा भएको छ ।

मुलुकको समग्र प्रशासन क्षेत्रको नेतृत्वदायी भूमिका निभाउने पद मुख्यसचिव छनोट गर्दा कर्मचारीको कार्य सम्पादनकै आधारमा निर्भर हुन्छ । मन्त्रिपरिषद्को बैठकले ६ जना सचिवको कार्यसम्पादन मुल्याङ्न मध्ये एक नारायण अर्यालनै पहिलो नम्बरमा परेको मन्त्रिपरिषद्को बैठकका सामेल एक मन्त्रीले सम्पति न्यूजलाई बताए ।

दुईवटा ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले)को संयुक्त सरकारले अब जनतामा सकारात्मक संदेशसहितको कामबाटै नतिजा दिनाका निम्ति पनि मुख्यसचिव छनोट प्रक्रियमा नयाँ अभ्यास थालनी गरेको बताइएको छ ।

मुख्यसचिवको योग्यता पुगेका आधा दर्जन सचिब जहाँ–जहाँ बसे उनीहरुको कार्य सम्पादन तथा नागरिकको तहमा पुगेको योगदानलाई प्राथमिकता राखेर मन्त्रिपरिषद् बैठकमा सहभागी प्रधानमन्त्री , उपप्रधानमन्त्री मन्त्रीहरूसहित क्याबिनेटमा उपस्थित सबैले सामुहिक छलफल गरेको नेपालको इतिहासमा पहिलोपटक भएको हो ।

नव नियुक्त मुख्यसचिवबाट सरकारले उल्लेखनिय काम गर्ने समेत अपेक्षा लिएको छ । सोहि कारण पनि प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिवलाई अर्याललाई बधाई दिदै सरकारले उनीबाट धेरै परिवर्तनका अपेक्षा राखेको समेत बताएका थिए ।

बधाई दिदै ओलीले नागरिकलाई सेवा डेलिभरी दिन, विकास आयोजनालाई अगाडि बढाउन, सुशासन कायम गर्न कर्मचारी प्रशासन चुस्त हुनु पर्ने बताएका छन् । सरकारले नीतिगत नेतृत्व मात्र गर्ने तर कार्यान्वयन प्रभावकारी हुन कर्मचारी प्रशासनको ठूलो भूमिका हुने पनि ओलीले बताएका छन् ।

बिहिवार साझ पाँच बजेबाट छलफल चलेको भएपनि राती ९ बजे मात्र उत्कृष्ट कार्यसम्पादन हेरेर अर्याललाई मुख्यसचिव बनाउने निर्णयमा सबै सहभागि मन्त्रीहरु एकमत भएका हुन् ।

सचिब ज्ञवाली र भट्टराईले दिए राजिनामा

कार्य सम्पादन कमजोर भएका र जहाँ गयो त्यहि विवादास्पत बनेका दुई सिनियर सचिब तोयनारायण ज्ञवाली र दिनेश भट्टराईले राजीनामा दिएका छ्न् । मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णयसँगै उनीहरुले असन्तुष्टि जनाउदै राजीनामा दिएका हुन् ।

उनीहरुको राजीनामालाई स्वभाविक भएको धेरैको भनाई छ । केहीले भने राज्यको सुविधाजनक सेवा लिएर कमजोर कार्यसम्पादन गरेर नतिजा दिन नसक्ने, कार्यसम्पादन मूल्याङ्कनमा कमजोर अंक प्राप्त गर्नेहरुलाई मन्त्रीपरिषदले जिम्मेवारी नदिएर राम्रो गरेको छ। मुल्यांकन यसरी नै सरकारले नै गर्दै जाने हो भने नागरीकको तहमा सकारात्मक संदेश जान सक्ने बताइएको छ ? राज्यको निर्णय बिरुद्ध असन्तुष्ट जनाउनु त्यो पनि लामो समय प्रशासनिक निकायमा रहेर काम गरिसकेका उच्च तह जसले अरुलाइ सिकाउनु पर्ने हो यसर्थ सरकारको निर्णय विरुद्धमा जाने लाई कसरी लिने छलफलको बिषय बनेको छ।
यसैबीच सचिब भट्टराईले त गृह सचिब हुँदा आफनै समकक्षी सचिव पक्राउको सामान्य सूचना नराख्ने कर्मचारीलाई अभिभावकिय भुमिका नदिने जस्ता आरोप निजामती क्षेत्र मै उठेको छ। उहाको कस्तो असन्तुष्टि हाे ? कर्मचारीले नै प्रश्न गरेका छ्न्।
बाणिज्यमा रहदा दुबै सचिबको ब्यापारी सगको उठबसले मुलुकले ठुलो नोक्सानी ब्यहोर्नु परेको चर्चा मुख्यसचिव छनोटका बखत उठेकाले पनि उनीहरुको कार्यसम्पादन कमजोर बन्न पुगेको हो।
त्यसो त सचिब भट्टराईले आफनो राजिनामा फिर्ता लिएका छ्न। काममा नतिजा दिन नसक्नेलाई यसैगरी नसियत दिए नागरिकको तहमा छाउदै गएको निरासा लाई आशावादी बनाउन सकिन्छ एक सहसचिवले सम्पत्ति न्युजलाइ बताए।
ऋषिकुमार यादब बाट

सम्बन्धित समाचार

देशले पायो दख्खल र काविल प्रशासक, के छन् नयाँ मुख्यसचिवले प्राथमिकतामा राख्नुपर्ने विषयहरु ?

नवनियुक्त मुख्यसचिव अर्यालले जिम्मेवारी पत्र बुझे

आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी र अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ। हिजो घटेको अमेरिकी डलरको मूल्य आज थप घटेको हो। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९० पैसा र बिक्रीदर १३४ रुपैयाँ ५० पैसा थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४९ रुपैयाँ २५ पैसा थियो।आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७७ रुपैयाँ २४ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४५ पैसा थियो।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ९१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ४२ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७३ पैसा थियो।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ३३ र बिक्रीदर ४४० रुपैयाँ २९ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ६० र बिक्रीदर ४४० रुपैयाँ ५६ पैसा थियो।त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ८० पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ २४ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ८३ पैसा थियो।

मौसमः आंशिकदेखि साधारणतया बदली

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

हाल कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मूख्यतया सफा छ। कोशी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ। ्आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशको एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक(दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।

आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। कोशी र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक(दुई स्थानमा धेरै भारी वर्षाको पनि रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू९क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ।

मनाङ केन्द्र बनाएर ४ दशमलव २ म्याग्निच्युटको भूकम्प

काठमाडौं । मनाङमा आज बिहान भूकम्प गएको छ। बिहान ३ः४७ बजे मनाङ केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको धक्का लमजुङ, गोरखा र तनहुँसम्म महसुस गरिएको थियो । भूकम्पको गहिराई १० किलोमिटर रहेको केन्द्रले जनाएको छ ।

पर्साका एसपी कुमोद ढुंगेलको संरक्षणमा अभियानका ठगहरु सम्पर्क विहिन (भिडिओ)

काठमाडौं । पर्साका एसपी कुमोद ढुंगेलको संरक्षणमा अभियान डिजिटल वल्ड प्रा.लि. का ठग सञ्चालकहरु दिपेश वर्णवाल, ऋषिकान्त गुप्ता र सुशिल सर्राफ सम्पर्क विहिन भएका छन् ।

अभियान डिजिटलको ठेगाना काठमाडौं भए पनि सञ्चालकहरु दिपेश, ऋषिकान्त र सुशिलले वीरगंजको बसपार्क त्रिशुल चौकमा कार्यालय खोलेर वर्षौ देखि चिठ्ठा खेलाउदै आएका थिए । अभियानको मुख्य सञ्चालक दोलखा निवासी विष्णु प्रसाद काफ्ले रहे पनि वीरगंजका सञ्चालकहरुले ७ हजार ९ सय ९९ जना सदस्यहरु सँग बिगत २६ महिनामा करिब २५ करोड असुली गरी काफ्लेलाई धोखा दिएपछि काफ्लेले चितवनमा दुरदृष्टि डिजिटल प्रा.लि. छुटै कम्पनि खोली चिठ्ठा खेलाउने प्रारम्भ गरेका छन् ।अभियान डिजिटलले कम्पनि रजिष्टारको कार्यालयबाट टिभी एसेम्बलिङ्ग गरी विक्री वितरण गर्ने अनुमति लिए पनि वीरगंजमा प्रहरीको संरक्षणमा चिठ्ठा खेलाउदै आएका छन् ।

बितेको २६ महिनासम्म प्रत्येक महिनामा चिठा खोल्दै कहिले स्कूटी, कहिले मोटरसाईकल, कहिले कुलर, कहिले फ्रिज, कहिले वासिङ्ग मेसिन, कहिले सिलाई मेसिन, कहिले मोबाईल, ल्यापटप र सुनका आकर्षक गरगहनाहरु सदस्यहरुलाई परे पनि प्रायःलाई नदिई हालसम्म अल्झाएर राखेको र केही नपरेको सदस्यहरुलाई अन्तिममा सान्तावना स्वरुप ३२ हजारको टिभी दिने भनिए पनि सो पनि नदिई वीरगंजको कार्यालयमा सञ्चालकहरुले करिब १५ दिन देखि ताला झुण्डयाई सम्पर्क बिहिन हुँदा एजेन्ट र सदस्यहरु आफुहरु ठगिएको पिडा खेप्न बाध्य भएका छन् ।

नेपालमा चिठा खेलाउन बन्देज रहे पनि स्थानिय प्रहरी प्रशासनको मिलोमतोमा अभियानले ठगी गरेको करोडौं रकम दम्पच गरी सदस्यहरुलाई सान्तावना पुरस्कार ३२ हजारको टिभी दिने भनिए पनि केही सदस्यहरुलाई कामै नलाग्ने १३ हजार ५ सयको टिभी थमाउदै गाली खादै हैरान भएका छन् ।

अभियानमा सदस्य बनेकाहरुले सान्तावना पुरस्कार र अन्य पुरस्कार नपाएका सदस्यहरुले करिब १२ दिन देखि दिनहुँ कार्यालयमै पुगी सञ्चालकहरुलाई तथानाम गाली गर्दै आ–आफ्नो पुरस्कार माग्न थाले पछि वीरगंज घडिअर्वा निवासी दिपेश वर्णवाल, नगवा निवासी ऋषिकान्त गुप्ता र रानीघाट निवासी सुशिल सर्राफले विष्णु प्रसाद काफ्लेलाई धोखा दिए जस्तै सदस्यहरुलाई पनि धोखा दिने काम गरिरहेको एक पिडितले सम्पत्ति न्यूजलाई जानकारी दिए ।

कार्यालय बन्द हुँदा दिनहुँ सयकडौं सदस्यहरु हो–हल्ला गर्दै दुःखित भएर फर्किने गरेका छन् । तर पनि पर्साका एसपी ढुंगेलले अभियानका ठगहरुबाट करोडौं असुली लाजशर्म पच्चाएर ठग सञ्चालकहरुलाई संरक्षण गरिरहेको ती पिडितको कथन रहेको छ ।
अभियानकै नाममा एसी प्रोजेक्ट सञ्चालन

अभियान डिजिटलका मुख्य सञ्चालक विष्णु प्रसाद काफ्लेलाई धोखा दिएर वीरगंजका सञ्चालकहरु दिपेश, ऋषिकान्त र सुशिलले करोडौं रकम दम्पच गरे पनि अभियानकै नाममा नयाँ स्किम (एसी प्रोजेक्ट) बितेको जेठ महिना देखि सुरु गरेका छन् ।

यस एसी प्रोजेक्टको नयाँ कार्यक्रम ६ हजार ९ सय ९९ जना सदस्यहरु बनाईएका छन् । प्रत्येक सदस्यहरु सँग प्रति महिना रु. २२५० को दरले मासिक रुपमा १ करोड ५७ लाख ४७ हजार ७५० असुली राखेका छन् । पुरानो स्किमको सदस्यहरुलाई ठगी गरी सञ्चालकहरु सम्पर्क विहिन भए पनि लुकिछिपी एजेन्टहरु मार्फत बितेको जेठ, असार र साउन महिना सम्ममा ४ करोड ७२ लाख ४३ हजार २५० रुपैया उठाई सकेको एक एजेन्टले नाम नछाप्ने शर्तमा बताए ।

ठग सञ्चालकहरुले अभियानको नाममा बुकहरु सदस्यहरुलाई वितरण गरे पनि सदस्यहरुबाट उठाईएको रकम अर्कै कम्पनि अल्ट्रा अभियान डिजिटल एलेक्ट्रा प्रा.लि. र डिजिटल ईलेक्ट्रोनिक्स सप्लायर्सको नाममा गरिमा विकास बैंकमा खाता खोली एजेन्टहरु मार्फत रकम जम्मा गराउने गरेको स्रोतले जनाएको छ । सो खाताहरुमा ठगहरु दिपेश वर्णवाल, ऋषिकान्त गुप्ता र सुशिल सर्राफको संयुक्त हस्ताक्षर रहेको बताईएको छ ।

अभियानमा रहेका सदस्यहरुलाई मात्र युट्युबमा जोडी लुकिछिपी चिठ्ठा खोल्दै गरेका ठगहरु माथि पिडितहरुले लिखित रुपमा उजुरी दिन चाहे पनि केही एजेन्टहरुको दबावमा उजुरी दिन नसकेको जनाईएको छ । किनभने अभियानका सञ्चालकहरुले एजेन्टहरुलाई आफुले बनाएको सदस्यहरुलाई सम्झाई बुझाई गर्ने र सदस्यहरुले नमानी कसैले उजुरी दिएमा कुन एजेन्टले बनाएको सदस्य हो, सो एजेन्ट सँग क्षतिपूर्ती लिने शर्त अनुसार प्रायः एजेन्टहरु सँग सादा चेकमा सही गराई राखिएको स्रोतको भनाई रहेको छ ।

अभियानका ठगहरुको आन्तरिक कडा कानुन अनुसार सदस्य र एजेन्टहरु ठगिदै गएपनि उजुरी दिन नसकेको स्रोतले जनाएको छ । अभियानको काम चिठ्ठा खेलाई ठगी गर्ने र त्यसमा पनि नेपाल सरकारको लाखौं लाखको राजस्व हिनामिना गर्ने तर पनि एसपी कुमोद ढुंगेलको संरक्षणमा अझ पनि कैयौंले कहिलेसम्म ठगिने हुन ? पिडितहरुको लागि चिन्ताको विषय बनेको छ ।

चिट्ठा ऐन २०२५ को दफा २ मा चिट्ठा विक्रि वितरण गर्न र खोल्न नपाउने व्यवस्था रहेको छ । तर दफा ३ मा नेपाल सरकारको स्विकृति लिएर चिट्ठा खोल्न सकिने व्यवस्था पनि रहेको छ । ३ को उपदफा (क) मा कुनै परोपकारी वा सार्वजनिक हित सम्बन्धि कार्यको सहायतार्थ चिट्ठा खोल्दा संस्थाले मात्र खोल्न पाउने छ र त्यसरी चिट्ठा खोल्दा चिट्ठा विक्रि भई प्राप्त भएको कुल रकम मध्येबाट ६० प्रतिशत पुरस्कार बाँडिने छ ।

त्यसपछि बाँकी हुन आएको रकमलाई सम्बन्धित संस्थाले परोपकारी सार्वजनिक हित सम्बन्धि र चिट्ठा सञ्चालन सम्बन्धि काममा लगाउन सक्ने व्यवस्था रहेको उल्लेख छ । तर गैरकानुनी रुपले चिट्ठा खेलाउनेलाई दफा ७ बमोजिम बिगो जफत गरी बिगो बमोजिम जरिवाना वा ६ महिना सम्म कैद वा दुबै सजाय हुन सक्ने व्यवस्था रहेको ऐनमा उल्लेख रहेको छ ।

‘द्वन्दका बेलाका हतियारले कहिले सम्म मान्छे मर्ने ?’

काठमाडौं । कोशी प्रदेशसभामा पाँचथरमा भएको बम विस्फोट र दुई जना स–साना नाबालकले ज्यान गुमाउनु परेको विषय उठान भएको छ ।

कोशी प्रदेश सभा सदस्य मैया श्रेष्ठले पाँचथरको फालेलुङ गाउँपालिका वडा नं. ५ मा बम बिस्फोटबाट मृत्यु भएका दाजु बहिनीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेकी छन् ।

उनले बम विस्फोटबाट घाइते भएका बालबालिकाको उपचार गराउन समेत सरकारको ध्यानाकर्षण गरेकी छन । कोशी प्रदेश सभाको आजको बैठकको शुन्य समयमा बोल्दै उनले टीआरसी विधेयक पास भइ सक्दा पनि द्वन्द्वको बेलाका हतियारमा परेर मृत्यु हुनु गम्भीर कुरा भएको बताइन् ।

उनले द्वन्द्वका बेला प्रयोग गरिएका हतियारको खोजी गरिनु पर्ने पनि बताइन् । ‘द्वन्दका बेलाका हतियारले कहिले सम्म मान्छे मर्ने ?’, उनले प्रश्न गरिन् ।

भ्रष्टाचार सम्बन्धि ५ वर्षे हदम्याद हट्यो

काठमाडौं । सरकारले भ्रष्टाचार निवारण ऐन संशोधन सम्बन्धी विधेयकमा रहेको ५ वर्षे हदम्याद हटाएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबाट भ्रष्टाचारको अनुसन्धानका लागि प्रस्तावित पाँच वर्षे हदम्यादको प्रावधान हटाइएको हो ।

शुक्रबार बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मति रुपमा भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्ने प्रस्तावित व्यवस्थालाई अस्वीकार गर्ने निर्णय लिएको हो ।

गृहमन्त्री रमेश लेखकले समितिमा उपस्थित भएर हदम्याद सम्बन्धी व्यवस्था हटाउने सहमति जनाएपछि समितिले सर्वसम्मत निर्णयबाट हदम्याद सम्बन्धी व्यवस्था हटाएको हो ।

समिति सदस्यहरुले धारणा राखिसकेपछि समिति सभापति रामहरि खतिवडाले भ्रष्टाचारको अनुसन्धानमा पाँच वर्षको हदम्याद रहने सम्बन्धी प्रस्तावित व्यवस्था हटाउने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई समिति सदस्यहरुले सर्वसम्मतिले पास गरेका हुन् ।

नवनियुक्त मुख्यसचिव अर्यालले जिम्मेवारी पत्र बुझे

काठमाडौं । विहीबारको मन्त्रिपरिषद्को बैठकले नयाँ मुख्यसचिव एक नारायणलाई नियुक्त गरेसँगै आज जिम्मेवारी बुझेका छन् ।

मुख्य सचिव लीलादेवी गडतौलाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा नवनियुक्त मुख्य सचिव अर्याललाई नियुक्ति पत्र दिएकी हुन् ।

मुख्य सचिव गडतौला आज राती १२ बजेदेखि अनिवार्य अवकाशमा जाने भएसँगै सरकारले वरिष्ठ सचिवहरुमध्येबाट अर्याललाई मुख्य सचिवमा नियुक्त गरिएको हो ।

नवनियुक्त मुख्य सचिव अर्यालले आउँदो सातादेखि नयाँ जिम्मेवारी सम्हाल्दैछन् । सरकारले अर्याललाई नियुक्ति गरेको खबरसँगै आम प्रशासन क्षेत्रमा उत्साह देखिएको छ।

सम्बन्धित समाचार

देशले पायो दख्खल र काविल प्रशासक, के छन् नयाँ मुख्यसचिवले प्राथमिकतामा राख्नुपर्ने विषयहरु ?