आजको राशिफल(२०८१ भाद्र ६ गते विहिबार)

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज साहसी प्रतिभा देखाउने दिन हो। खेलाडी योद्धा र सैन्य जवानहरुले लाभ लिन सक्नुहुनेछ । नयाँ सम्बन्ध तथा माया प्रेमको प्राप्ति हुनेछ। शत्रु वर्ग शरण पर्न आउनेछ्न। उध्योग र भुमि सम्बन्धी क्षेत्रमा लगानी गरे फाइदा होला।

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
आनन्दमय दिन बित्नेछ। यात्रा गर्नुपर्नेछ। बिछोडिएका आफन्तसँग भेट होला। सरकारी कामकाजमा आफ्नो प्रभाव रहनेछ। शैक्षिक क्षेत्रमा सन्ततिसँग सहकार्य गरि अघि बढे सफलता मिल्नेछ । वैदेशिक क्षेत्रका कामहरु अधुरा रहनेछ्न।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
आजको दिन निक्कै राम्रो रहेको छ।रोकिएका कामहरू बन्नेछन् ।संतानको कार्यसाधना हेतु यात्रा गर्नुपर्ने हुनसक्छ ।ब्राम्हण जातिका मित्रबाट सहयोग मिल्नेछ।दिनको उत्तरार्धमा भने अशुभ समाचार सुन्न पाइने छ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
दिन फलदायी रहने छ। आय आर्जनका नयाँ बाटाहरु खुल्न सक्छन् ।घरदेखी टाढा गएर काम गरेमा सफलता मिल्नेछ। व्यस्त भएर दिन बित्नेछ। छोटा मोटा यात्राहरु गर्नुपर्ला।भावी योजना प्रतिफल हुने कार्यमा लगानी गर्नुहोला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आजको समय मिश्रित फलदाता हो। आय आर्जनमा राम्रै प्रगती होला। विश्वास गरेकाहरुले धोका दिन सक्छ्न।प्रसासनिक झमेला नहोला भन्न मिल्दैन। दिनको उत्तरार्धमा मनोरञ्जनात्मक कार्यमा सहभागी हुन पाइने छ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
आज स्वास्थ्य समस्याले सताउला जस्तो छ। आर्थिक नोक्सानीको योग परेको हुनाले आज कुनै पनि कारोबारमा लगानी नगरेकै राम्रो । भाग्यको भर पर्दा बन्न लागेको काम पनि विग्रन सक्छ। सुर्य एवं शनिको उपासना गर्नु जरुरी देखिन्छ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
आनन्दका साथ दिन बित्नेछ।शैक्षिक क्षेत्रमा सफलता प्राप्त होला। अर्थ वाणिज्य क्षेत्रमा लगानी गर्दा राम्रो हुन्छ।घर परिवारको राम्रो सहयोग प्राप्त होला।वाणीको मधुरताले प्रभाव पार्न सकिनेछ।

वृश्चिक ( तो , ना, नि, नु, ने, नो, या, यि, यु )
सामान्य तवरले दिन बित्ने देखिन्छ। काममा ढिलासुस्ती र अल्झन कायमै रहला।छाला तथा नेत्र विकार सम्बन्धि समस्या संभव छ। पुरानो मित्रको सहयोगले मात्र काम बन्न सक्छ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
मनमा कुराहरु खेलीरहने भएकोले कुनै निर्णय गर्न सकिंदैन । द्वितिय मंगलको कारण सैन्य ससस्त्र प्रहरी जवानहरुका लागि पदोन्नति तथा वैदेशिक क्षेत्रमा अवसर मिल्ने दिन छ।आर्थिक र सरकारी कामकाजमा बाधा व्यवधान हुनेछ।हनुमानको उपासना गरे राम्रो होला।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
कार्यक्षेत्रमा गरेको लगानी नाफामुलक हुनेछ। नोकरीमा सम्मान मिल्नेछ। छोटामोटा यात्रा हुनेछ्न । गुप्त शत्रुबाट भने सचेत रहनुहोस।पढाइमा सपलता मिल्नेछ।

कुम्भ ९ गु, गे, गो, सा, सि, सु, से, सो, द
मध्यम खालको दिन रहेको छ। शत्रुहरु सकृय हुन सक्दछन। खनिज जन्य पदार्थको कारोबार गर्नु राम्रो मानिन्छ। विद्यार्थी वर्गहरुका लागि प्रगतिकारक समय रहेको छ। खर्चमा नियन्त्रण गर्नु राम्रो हुन्छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
आज अपरान्ह देखि नयाँ कार्यको थालनी हुनसक्छ। खर्चको वृद्धि नियन्त्रण गर्नुहोला ।वित्तीय सँस्था र कृषिमा गरेको लगानी फलदायी हुनेछ।पति पत्नीमा समझदारीको खाँचो हुनसक्छ ।देवीको उपासना गर्नु राम्रो होला।

शिक्षकद्वारा १५ वर्षीया छात्रा बलात्कार

फिदिम । पाँचथरको फिदिम नगरपालिका स्थित एक विद्यालयका शिक्षकलले १५ वर्षिय बालिकाको बलात्कार गरेको खुलासा भएको छ ।

बालिका बलात्कार गरेको आरोपमा प्रहरीले फिदिम नगरपालिका १२ स्थित सिद्धदेवी माध्यमिक विद्यालयमा कार्यरत शिक्षक राजकुमार नेम्बाङलाई प्रहरीले पक्राउ गरेको हो ।

बालिका बलात्कार गरेको उजुरी परेपछि पाँचथर प्रहरीले नेम्बाङलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सदरमुकाम फिदिमबजारको सुन्तली चोकमा बस्ने बालीकालार्इ बलात्कार गरेको आरोपमा शिक्षक नेम्बाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पीडित बालिका स्वयंले जाहेरी दर्ता गराएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङले बताए ।

पीडितको जाहेरीका आधारमा नेम्बाङलाई पक्राउ गरी थप अनुसन्धान भइसकेको प्रहरीले जानकारी दिएको छ ।

एमाले कांग्रेसको गठबन्धन धेरै टिक्दैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको एमाले–कांग्रेसको गठबन्धनद्वारा बनेको सरकार धेरै नटिक्ने दाबी गरेका छनन् ।

बुधबार बागमती प्रदेश स्तरीय परामर्श समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरुले सरकारमा जाने विषय प्राथमिकतामा नराखेको समेत बताए ।

तत्काल सरकारमा नजाने बताउँदे उनले वर्तमान गठबन्धन धेरै नटिक्ने जिकिर गरेका हुन् ।

‘अध्यक्ष दाहालले भने– ‘सरकारमा हामी तत्काल जाँदैनौं । सरकारमा जाँदै नजाने भन्ने नीति चाहिँ होइन तर हामीले सरकारलाई प्राथमिकतामा राखेका छैनौं । कांग्रेस एमालेभित्रको अहिलेको छाँटकाँट हेर्दा धेरै अगाडि जाने देखिँदैन ।,’

त्यस्तै उनले बाहिर आएका विषयलाई पन्छाएर पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ११ अंकले बढेर दुई हजार नौ सय ६८ दशमलव ४४ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय ३७ कम्पनीको चार करोड १४ करोड ५४ हजार छ सय ११ कित्ता शेयर दुई लाख १४ हजार तीन सय १९ पटक खरिदबिक्री हुँदा रु। १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार नौ सय ९२ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव ५९, विकास बैंक शून्य दशमलव ७२, वित्त चार दशमलव ९९, लगानी शून्य दशमलव १२ र अन्य समूह शून्य दशमलव १८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । होटल तथा पर्यटन एक दशमलव ०३, जलविद्युत् शून्य दशमलव ७५, जीवन बीमा शून्य दशमलव १९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४१ र लघुवित्त शून्य दशमलव ५४ प्रतिशतले घटेको छ । त्यसैगरी, म्युचुअल फन्ड शून्य दशमलव ६४, निर्जीवन बीमा शून्य दशमलव ६८ र व्यापार समूह दुई दशमलव ०९ प्रतिशतले घटेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, रिलायन्स फाइनान्स लिमिटेड र दोल्ती पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

अझै आफ्नै प्रशासकीय भवनविहीन गाउँपालिका, भाडाको घरबाटै सेवा दिदै

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाले सात वर्षमा पनि प्रशासकीय भवन निर्माण गर्न सकेको छैन । गाउँपालिका हालसम्म प्रशासकीय भवन निर्माण गर्ने स्थानको बिवाद र राजनीतिक सहमति जुट्न नसक्दा आफ्नै प्रशासकीय भवनविहीन बन्न पुगेको हो । २०७४ असारमा निर्वाचित जनप्रतिनिधिले भाडाको कार्यालयबाट पाँच वर्षे कार्यकाल बिताएका थिए । घर भाडामा मात्रै गाउँपालिकाको लाखौं रुपैयाँ खर्च भएको थियो, तर गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य अघि बढ्न सकेन ।

पटक–पटकको जग्गा बिवाद र राजनीतिक खिचातानीकै कारण भवन बन्न नसकेको जनप्रतिनिधि नै स्वीकार गर्छन् । २०७९ बैशाकमा निर्वाचित हालका जनप्रतिनिधिहरुको कार्यकाल पनि दुई वर्ष बितेको छ । तर भवन बन्ने अत्तोपत्तो छैन ।

“सात वर्षदेखि राजनीतिक विवादका नाममा बन्न नसकेको प्रशासकीय भवन दोस्रो कार्यकालका जनप्रतिनिधिले पनि निर्माण गर्लान भन्ने आश मरिसकेको छ,” स्थानीयवासी गणेश काफ्लेले भने, “गाउँपालिकाले वडा नम्बर १ को पृथ्वी मा।वि।को छेउमै निःशुल्क जग्गा दिने दाता पाएको थियो । सो स्थानमा भवन बनाउन सहमति नहुँदा हाल १५ शैयाको अस्पताल निर्माणाधीन अवस्थामा छ । त्यहाँ गाउँपालिकाको भवन निर्माण गर्ने सपना अधुरै रह्यो ।”

दोस्रो कार्यकालका लागि स्थानीय तहको निर्वाचन भइसक्दा पनि प्रशासनिक भवन कहाँ निर्माण गर्ने भन्ने विषयमा टुङ्गोमा नपुग्नु दुखत रहेको कुम्मायक–२ का स्थानीय खिमसेमी सेर्माले बताउनुभयो । ‘आफ्नो भवन समेत बनाउन नसकेपछि अन्य विषयमा के होला ? कस्तो होला ? भन्ने विषय धेरै परको कुरा हो । सेर्माले भने् दोस्रो कार्यकालमा पनि भवन पुरा नभए जनप्रतिनिधि नै असफल हुने छन।”

भौगोलिक एवं राजनीतिक रूपमा स्वार्थ बाझिँदा गाउँपालिकाको भवन निर्माण पेचिलो बन्दै गएको छ । २०७४ सालदेखि २०७८ सालसम्म पाँच वर्ष गाउँपालिकाले भाडाको घरबाट सेवा प्रवाह गरेको थियो । २०७९ देखि २०८१ सम्म आइपुग्दा प्रदेश सरकारले निर्माण गरेको आवाशी भवनबाट कार्यालय सञ्चालन हुँदै आएको छ । गाउँपालिकाले निःशुल्क जग्गा पाउँदा पनि त्यस जग्गामा भवन बनाउन सर्वदलीय सहमति जुटाउन सकेको छैन । पछिल्लो समय भवन निर्माण गर्नको लागि कुम्मायक–४ रानीगाउँ र हाल पालिकाको केन्द्र यासोक बजारको छेउमै दुई वटा जग्गाको टुङ्गो लागेको छ । तर एक पक्षले यासोकमा बनाउनु पर्ने र अर्को पक्षले केन्द्र आसपासको रानीगाउँमा बनाउनु पर्ने विषयमा विवाद छ । तर उक्त विवादको टुङ्गो पालिकाले लगाउन सकेको छैन ।

राजनीतिक खिचातानी मुख्य कारण

पाँचथर जिल्लाका आठ स्थानीय तहमध्ये कुम्मायक गाउँपालिका एक हो । संघीय संरचना अनुसार कुम्मायक साविक यासोक, रानीगाउँ, स्याबरुम्बा र माङजाबुङलाई मिलाएर निर्माण भयो । स्थानीय तहको गठन पश्चात निर्वाचित जनप्रतिनिधिले सुरुवाति समयमा भाडाको घरबाट पालिका सञ्चालन गरे । सुरुमा जग्गाको सुनिश्चित नगरी बजेट बिनियोजन गर्दा आर्थिक वर्ष २०७६÷०७७ सालमा बजेट फ्रिज भयो । भवनका लागि जग्गा तय भए पनि राजनीतिक सहमति नभएपछि पालिकाको भवन निर्माणका लागि बिनियोजन भएको बजेट फ्रिज भयो ।

कुम्मायक गाउँपालिका प्रवक्ता देबेन्द्र कुमार लावतीका अनुसार आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट बिनियोजन गरेर पालिका भवन निर्माण गर्ने प्रकृया अघि बढेको बताउछन् । “हामीले जग्गाको सुनिश्तिता गरेका छौँ । राजनीतिक सहमति जुटेको छ । अब यो आर्थिक वर्षमै भवन निर्माणको प्रकृया अघि बढ्छ”, लावतीले भने । गाउँपालिकाको केन्द्रमा रहेको यासोक बजारमै पालिका भवन बन्ने प्रकृया अघि बढेको भन्दै लावतीले अब कुनै पनि हालतमा भवन निर्माणमा ढिलासुस्ती नहुने बताएका छन् ।

मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निष्कासित महामन्त्री मुकुल ढकाललाई पार्टीबाटै निष्कासन गर्नुभन्दा अघि अन्तिम पटक स्पष्टीकरण सोध्ने भएको छ ।

आज बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई अनुशासन आयोगमार्फत अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

उनलाई साधारण सदस्यबाट निष्कासनअघि ‘किन नगर्ने भनेर अन्तिम पटक स्पष्टीकरण सोध्ने’ निर्णय भएको एक नेताले बताए । यसअघि रास्वपाले उनलाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको थियो । तर, उनको साधारण सदस्य भने कायमै छ ।

२९ कर्मचारीको विभिन्न मुलुकस्थित दूतावास र मिसनमा सरुवा गर्दै परराष्ट्र मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालयले २९ जना परराष्ट्र सेवा भित्रका कर्मचारीलाई विभिन्न मुलुकस्थित दूतावास र मिसनमा सरुवा गरेको छ ।

जसमा सुब्बा तहका कर्मचारी देखि उपसचिव सम्मलाई सरुवा गरेको बुझिएको छ । मन्त्रालयले वर्षमा दुईपटक कर्मचारी सरुवा गर्ने गर्छ । सोहि अनुरुप पहिलो साउनमा २९ जना कर्मचारीको सरुवा गरेको हो । दोस्रो पटक माघमा मन्त्रालयले सरुवा गर्ने गर्छ ।

सरुवा भएर जानेहरुमा उपसचिव तहका चार जना , १२ जना शाखा अधिकृत र १३ जना नायव सुब्बालाई विभिन्न मुलुकस्थित दूतावास र मिसनमा खटाएको छ ।

नेपाली दूतावास लण्डनमा डिसिएम विपिन दुवाडी, साउदी अरेबियाको जेद्दास्थित महावाणिज्य दूतावासमा मन्त्री आरजू राणाकी निजी सचिव श्रृजना अधिकारी, युएईको दुबईस्थित दूतावासमा रञ्जिता दाहाल र दक्षिण अफ्रिकाको जोहानेसबर्गस्थित दूतावासमा पासपोर्टका निर्देशक रमेशकुमार चर्मकारलाई खटाइएको छ ।

यस्तै शाखा अधिकृतहरुमध्ये सार्क सचिवालय, काठमाडौंमा प्रतिज्ञा राई र भुवन पौडेल, न्यूयोर्कमा महेश्वरमणि त्रिपाठी, वासिङ्गटन डिसीस्थित नेपाली दूतावासमा जिना अधिकारी,लण्डनमा उद्धव न्यौपाने, जेनेभास्थित नेपाली नियोगमा ऋचा भट्टराई, नयाँ दिल्लीस्थित दूतावासमा उत्तम न्यौपानेलाई खटाइएको छ ।

नार्कका बैज्ञानिक कर्मचारीले सुरु गरे आन्दोलन, अदालतको परमादेश कार्यान्वयनमा ल्याउन माग

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा कार्यरत कर्मचारीहरुले कार्यालयका अति आवश्यक बाहेकका सबै कामकाज बन्द गर्दै आन्दोलनको सुरु गरेका छन् ।

कर्मचारीहरुले केन्द्रीय कार्यालयमा तालाबन्दी, अन्य कार्यालयमा पेन डाउन, कार्यकालका चार पाङ्ग्रे गाडी प्रयोगमा निषेध लगायतका आन्दोलनका कार्यक्रम घोषणा गर्दै आन्दोलनमा उत्रीएका हुन् ।

वैज्ञानिक कर्मचारीहरूलाई विभेदकारी ढंगबाट कम हुने गरी तलबमान कायम गरिएको भन्दै उनीहरूले पशुपक्षी तथा माछाको दानापानी, बालीनालीमा सिँचाइ, मलखाद र औषधि उपचार बाहेकका सबै कामकाज बन्द गरेका छन् ।

आज पहिलो दिन नार्कका निमित्त कार्यकारी निर्देशक डा. दोज़ राज खनालको कार्यकक्षमा तालाबन्दी गरेर आन्दोलनमा उनीहरु उत्रिएका हुन् ।

वैज्ञानिक तथा प्राविधिक प्रशासनिक समूहका समकक्षी कर्मचारीबिच तलबमान लगायतका सेवा सुविधा विगतमा समान रहे पनि २०५७ साल श्रावण १ गते देखि अन्यायपूर्ण तरिकाले तलबमानमा त्रुटि भएको परिषद्का कर्मचारीले बताउँदै आएका छन् । तलबमानमा गरिएको त्रुटिलाई सच्चाउन परिषद् समक्ष मौखिक र लिखित रूपमा पहल गरे पनि विभिन्न बहाना देखाएर परिषद्ले वैज्ञानिकको पक्षमा कुनै ठोस कदम नचालेको भन्दै गत चैत १५ गते उच्च अदालत पाटन रिट दायर भएको थियो ।

सोही रिटउपर अदालतले जेठ २ गते समान समकक्षी तहका प्राविधिक प्रशासनिक कर्मचारीहरू भन्दा निज रिट निवेदकहरूलाई कम हुने गरी आधारभूत तलबमान कायम हुनु असमान र विभेदकारी भएकोले साउन १ गतेबाट लागू हुने गरी समकक्षी तथा प्राविधिक प्रशासनिक कर्मचारीसँग समान हुने गरी समानताको आधारमा तलबमान निर्धारण गरी कार्यान्वयन गराउन परमादेश दिएको थियो । तर, यो कार्यान्वयन भएको छैन ।

इनार सफा गर्ने क्रममा दुईजनाको ज्यान गयो

दाङ । दाङको तुलसीपुरमा इनार सफा गर्ने क्रममा दुई जनाको ज्यान गएको छ । यहाँको तुलसीपुर उपमहानगरपालिका १३ दमारगाउँमा इनार सफा गर्ने क्रममा दुईजनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय रामबहादुर नेपाली रहेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोख्रेलका अनुसार बिहान करिव १० बजे दुवैजना इनारभित्र पसेका थिए । उनिहरु अचेत भएको देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए।

लगत्तै दमारगाउँ प्रहरी पोष्टबाट प्रहरी सहायक निरीक्षक आनन्द हिताङको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । उनीहरुको उद्धारका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक दामप्रशाद श्रेष्ठको नेतृत्वमा आठ सुरक्षाकर्मी परिचालन गरिएका थिए ।

त्यसपछि नेपाली सेनाको अम्बापुर बेस क्याम्पको टोलीले विक र नेपालीलाई इनारबाट बाहिर निकालेको थियो।

सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान कायम

काठमाडौं । आज नेपालमा सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । अन्तर्राष्ट्रिय बजारसमेतमा उकालो लागेको सुन आज प्रतितोला रु एक लाख ५३ हजार कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन प्रतितोला रु एक लाख ५३ हजारमा कारोबार हुने गरी निर्धारण भएको छ । मङ्गलबार प्रतितोला रु एक लाख ५२ हजार दुई सयमा कारोबार भएको छापावाल सुन आज रु आठ सयले वृद्धि भई नयाँ रेकर्ड कायम गरेको हो।

यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ। मङ्गलबार प्रतितोला रु।एक हजार आठ सय २० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ३५ निर्धारण भएको छ।

भारतमा आरक्षणको विषयमा आन्दोलन सुरु, आज भारत बन्द आह्वान

काठमाडौं । आरक्षणको विषयलाई लिएर भारतका दलित र जनजाती संगठनहरुले आज भारत बन्द आह्वान गरेका छन् । बन्द आह्वानलाई बहुजन समाज पार्टी (बसपा), राष्ट्रिय जनता दल , आजाद समाज पार्टी लगायतका विभिन्न दलहरुले पनि समर्थन गरेका छन् ।

बसपाकी प्रमुख मायावतीले सर्वोच्चको फैसला अनुसार संविधान संशोधनको माग गर्दै आन्दोलनरत पक्षलाई शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न आह्वान गरेकी छन् । मायावतीका भतिजा आकाश आनन्दले भारत बन्दको क्रममा बसपाका कार्यकर्ताहरु पार्टीको झण्डासहित शान्तिपूर्ण रुपमा प्रदर्शनमा सहभागी हुने बताएका छन् ।

बन्दलाई लक्षित गरी राजस्थान, लखनउ, मध्य प्रदेश लगायतका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ । लखनउमा निषेधाज्ञा नै लागू गरिएको छ । मध्यप्रदेश सरकारले पनि सुरक्षाकर्मीलाई अलर्ट राखेको छ । मध्यप्रदेश सरकारले नै जिल्लाहरुमा सबै प्रकारका शिक्षण संस्था बन्द गर्न भनेको छ ।

यसअघि सन् २०१८ को अप्रिल २ मा दलित संगठनहरुले आह्वान गरेको भारत बन्दको क्रममा विभिन्न ठाउँमा हिंसा भएको थियो । मध्यप्रदेशमा ६ जनाको मृत्यु भएको थियो । त्यसैले आजको बन्दमा मध्यप्रदेशमा बढी सुरक्षा सतर्कता अपनाइएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ ।

त्रिविमा गुण्डागर्दी गर्न कसैलाई छुट नभएको भन्दै कारबाही गर्न गृहमन्त्रीलाई शिक्षामन्त्रीको आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा गुण्डा गर्दी गर्न कसेलाई छुट नभएको बताएकी छिन् ।

मन्त्री भट्टराईले पदाधिकारी र प्राध्यापकलाई धम्क्याउनेलाई कारबाही गर्न गृहमन्त्रीलाई अनुरोध गरेकी छिन् ।

सामाजिक सञ्जाल एक्समा भट्टराईले लेखेकी छिन्, ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ। ‘त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु।’

उनले थपेकी छन्, ‘यहाँहरूले मलाई आवश्यक सुझाव दिनु भएकोमा आभारी छु । मैले सार्वजनिक अपिल गर्नुपर्ने भएर नै गरेको हो कुनै आवेगमा आएर लेखेको होइन । मैले ५ दिनदेखि लगातार सम्पर्क र समन्वय गरेको कुरा समेत जानकारी गराउन चाहन्छु ।’

त्रिभुवन विश्वविद्यालयमा पदाधिकारी र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको उनको भनाई छ।

रास्वपाको केन्द्रीय समितिको बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक जारी छ ।

बैठकमा पार्टीले राजधानीमा गर्ने भनेको राष्ट्रिय भेला, कर्णाली विषेश अभियान, संगठन निर्माण सम्बन्धी कार्यविधीबारे छलफल हुने पार्टी सहप्रवक्ता मनिष झाले जानकारी दिए ।

त्यस्तै, बैठकमा रास्वपाले सातवटै प्रदेशको क्लोज क्याम्पको प्रतिवेदन र उपलब्धिबारे छलफल गरिने झाले जानकारी दिए ।

स्थानीय तह उपनिर्वाचन र संविधान दिवसको कार्यक्रम लगायतका विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ ।

सहप्रवक्ता झाका अनुसार बैठकमा भ्रष्टाचार मुद्दाको हदम्याद, वर्तमान सरकारबाट भएको शिक्षामा राजनीतिकरणको निरन्तरताको प्रयास लगायतको विषयमा समेत छलफल हुनेछ ।

६ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज संघीय सांसदअन्तरगत ६ वटा संसदीय समितिको बैठक बस्दै छन् र ।

आज कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, राज्यव्यवस्था तथा सुशासन समिति, विकास समिति, विधायन व्यवस्थापन समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)को बैठक बस्न लागेको हो ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ ।

महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो ३ः४५ बजे बस्नेछ ।

राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्नेछ ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक दिउँसो साढे १ बजे बस्नेछ ।

बैठकमा समितिको कार्यविधि र राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरूका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ । बैठकमा ‘सुशासन’ र यसको प्रवर्द्धन गर्न ‘राष्ट्रिय सदाचार नीति’ जारी गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ ।

विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा उत्तर विधायिकी परीक्षण सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवायले जनाएको छ ।

यी नदीहरुमा जलसतह बढ्ने, सतर्क रहन अनुरोध

काठमाडौं । आज विहानैदेखि देशका विभिन्न ठाउँहरुमा पानी परिरहेको छ । बाढी पूर्वाअनुमान महाशाखाले आज विहान सार्वजनीक गरेको रिपोर्ट अनुसार कोशी, नारायणी, कर्णाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव बढ्दो अवस्थामा रहेको छ ।

महाकाली नदी पारीगाँउमा जलसतह सतर्कता तह नजिक रहेको महाशाखाको रिपोर्टमा उल्लेख छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, कास्की, पर्वत, बाग्लुङ, म्यादी, बर्दिया, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपास भइ बहने अधिकांश स–साना बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बहावको मध्यम जोखिमको पूर्वानुमान छ ।

साथै संखुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, सर्लाही, रौतहट, गोरखा, लमजुङ, रूकुम पश्चिम, जाजरकोट, दार्चुला र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरुमा बहाव बढ्ने पूर्वानुमान छ ।