लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिदै

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदैछन् । विश्वासको मत प्रयोजनका लागि दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।

कांग्रेस–एमालेबीच नयाँ समीकरण बनेपछि गत साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

उनलाई एमाले, कांग्रेससहित नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जसपा, जसपा नेपाल र एक स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।

८७ सदस्यीय प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ४, राप्रपाका ४, लोसपा र जनमतका ३–३, जसपाका २, जसपा नेपाल, एकीकृत समाजवादी, जनमोर्चाका एक–एक तथा एक स्वतन्त्र सांसद छन् ।

मुख्यमन्त्री आचार्यलाई माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले विश्वासको मत नदिने बताइसकेका छन् ।

मौसमः आज देशभर आंशिकदेखि साधारणतया बदली रहने

काठमाडौं । हाल देशभर आंशिकदेखि साधारणतया बदली रही मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले भारी वर्षाको पनि सम्भावना रहेका स्थानमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्रा सस्तिएका छन्। तर, अस्ट्रेलियन डलरको मूल्य भने बढेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९० पैसा र बिक्रीदर १३४ रुपैयाँ ५० पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६१ पैसा थियो। त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४३ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४७ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४५ पैसा थियो।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७३ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७४ रुपैयाँ १३ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७४ रुपैयाँ २५ पैसा थियो।आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९० रुपैयाँ ०४ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७७ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४४० रुपैयाँ निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ४४० रुपैयाँ ७७ पैसा थियो।

आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ २९ र बिक्रीदर ३५६ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ५२ र बिक्रीदर ३५७ रुपैयाँ ११ पैसा थियो।

सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा मृत्यु

काठमाडौं । गाडी दुर्घटनामा घाइते भएका हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की (मुक्ति)को मृत्यु भएको छ ।

सोमबार सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गर्दा उनी सवार कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ मा दुर्घटना भएको थियो ।

उनको नेपालगञ्जमा उपचारको क्रममा आज बिहान करिब २ बजेतिर निधन भएको प्रहरीले जनाएको छ ।

उनी नेकपा माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएका थिए । उनी कर्णाली प्रदेश सभा सदस्य जुम्कित लामा कार्कीका श्रीमान् हुन् ।

आजको राशिफलः (०८१ भाद्र ४ गते मगंलबार)

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
दिन प्रगतिशील देखिन्छ ।आय आर्जनका नयाँ श्रोतहरु मिल्नेछ्न। आज फलफुल अनाज कपडा सम्बन्धी कारोबार गर्ने लेखा सम्बन्धि काम गर्ने मित्रहरूले विशेष लाभ उठाउनु हुनेछ ।नोकरी एवं राजनितिमा अपरान्ह पछि पदिय जिम्मेवारी पुर्वक सम्मान ग्रहण गर्ने अवसर मिल्न सक्छ।

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
आजको दिन फलदायी रहेको छ। गुमेको धन फिर्ता हुनसक्छ । विछोडीएको मित्रसँग भेट हुनसक्छ।पतिपत्नीको सहकार्यमा नयाँ कामको थालनी गर्न आजको दिन राम्रो मानिएको छ। सन्तान वर्गको प्रगतिले मनमा हर्ष होला।भुमी तथा वित्तिय क्षेत्रमा लगानी गर्नु उचित हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
आर्थिक हिसाबले निकै राम्रो समय छ। राजनीतिमा मन जानेछ ।गुमेको सम्पत्ती हात लाग्न सक्छ। परिवार जनसँग भने छुट्टीएर बस्नुपर्ने हुनसक्छ।सन्तानको लागि लागानी गर्ने समय हो।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशी आर्थिक तथा कार्यगत हिसाबले दिन राम्ररी बित्नेछ ।भाग्य बलियो भएकोले अड्किएका कामहरु बन्लान।घर भित्रको काममा सामान्य झमेला सम्भव छ। व्यवसायीक तथा प्रसासनिक काममा भने सुर्यको प्रभावले सफलता मिल्नेछ। शत्रुहरु शरण पर्न आउनेछ्न।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सामान्य तवरले दिन बित्ने देखिन्छ। काममा ढिलासुस्ती र अल्झन कायमै रहला।छाला तथा नेत्र विकार सम्बन्धि समस्या संभव छ। पुरानो मित्रको सहयोगले मात्र काम बन्न सक्छ। ॐ घृणी सुर्याय नमस् यो मन्त्रको २१ पटक जाप गरि दिनको आरम्भ गर्नु राम्रो हुनेछ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
आजको दिन फलदायी रहेको छ। गुमेको धन फिर्ता हुनसक्छ । विछोडीएको मित्रसँग भेट हुनसक्छ।पतिपत्नीको सहकार्यमा नयाँ कामको थालनी गर्न आजको दिन राम्रो मानिएको छ। सन्तान वर्गको प्रगतिले मनमा हर्ष होला।भुमी तथा वित्तिय क्षेत्रमा लगानी गर्नु उचित हुनेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
समय रामो छ। राजनैतिक तथा प्रसासनिक कार्यमा प्रभुत्व रहने छ। कर्मचारी वर्गहरुलाइ स्याबासी मिल्ने दिन रहेको छ। बिद्यार्थी बर्गहरुले सामाजिक कार्यमा योगदान गर्नुपर्ने हुनसक्छ। दिनको उत्तरार्धमा विशिष्ट महानुभावसँग भेटघाटका साथ गौरवशाली कार्यमा योगदान गर्न पाउने अवसर प्रप्त हुन सक्छ।

वृश्चिक ( तो , ना, नि, नु, ने, नो, या, यि, यु )
मनमा कुराहरु खेलीरहने भएकोले कुनै निर्णय गर्न सकिंदैन ।लग्नेष मंगलको कारण सैन्य ससस्त्र प्रहरी जवानहरुका लागि पदोन्नति तथा वैदेशिक क्षेत्रमा अवसर मिल्ने दिन छ।आर्थिक र सरकारी कामकाजमा बाधा व्यवधान हुनेछ।हनुमानको उपासना गरे राम्रो होला।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
मध्यम समय छ शनिमाथी चन्द्रमाको शुभ प्रभाव रहनाले सुख सान्ति र सन्तोष मिल्नेछ । आज धन लाभको राम्रै योग परेको छ। राहुमाथी चन्द्रमाको प्रतिकुल प्रभावका कारण अपरान्ह पछाडी पेट सम्बन्धी स्वास्थ्य समस्या हुन सक्छ। धेरै मेहनतको बाबजुद मात्रै वैदेशिक क्षेत्र सम्बन्धी काममा सफलता मिल्नेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
आजको दिन राम्रै छ। व्यस्तताको बाबजुत समय बित्ने छ। आर्थिक पाटो सामान्य छ।कार्यमा ढिलासुस्ती सम्भव छ।पारिवारिक असहयोगले खिन्नता बढाउन सक्छ। हनुमानको आराधना पुर्वक दिनको आरम्भ गर्नु राम्रो हुनेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
वाणिमा नियन्त्रण गरि कार्य गरेको राम्रो हुनेछ। पशु चौपाय तथा गाडी वाहन सम्बन्धी काम गर्ने महानुभावको दिन फलदायी रहेको छ । कर्मचारी तथा विधार्थी वर्गका लागि भने कार्यालयगत झन्झटले काममा ढिलासुस्ती हुनसक्छ।वैदेशिक कार्यक्षेत्र सम्बन्धी काम गर्ने दिन हो आज। आगो तथा करेन्टबाट सावधान रहनु होला।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
आयेश चतुर्थ भएको कारण शैक्षिक क्षेत्रबाट अर्थलाभ हुने दिन रहेको छ। सरकारी कामकाजमा ढिलासुस्ती हुनेछ। सोचे अनुरुप परिवारको साथ नमिल्न सक्छ। आजको दिन कसैलाइ आर्थिक सहयोग नगरेकै राम्रो। पछि फिर्ता नहुन पनि सक्छ। ॐ गं गणपतये नमस् यो मन्त्र २४ पटक कम से कम वा सो भन्दा बढी जप गर्नुहोला दिन थप उर्जावान बन्नेछ।

परराष्ट्रमन्त्री आरजु राणाले गरिन् भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेकी छिन् । प्रधानमन्त्री केपी ओलीले समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि पठाएको निमन्त्रणा पत्र परराष्ट्रमन्त्री राणाले हस्तान्तरण गरेको नेपाली कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाले जानकारी दिए ।

आरज् र भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करबीच आजै भेटवार्ता थियो । दिल्लीस्थित हैदराबाद हाउसना भएको भेटमा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ ।

इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४० हजार नाघ्यो

एजेन्सी । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४० हजार ९९ पुगेको गाजा–आधारित स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

अक्टोबर २०२३ मा प्यालेस्टाइन–इजरायली द्वन्द्व सुरु भएदेखि गत २४ घण्टामा इजरायली सेनाले २५ जनाको ज्यान लिएको छ भने अन्य ७२ जना घाइते भएका छन् । जसमा कुल मृत्यु हुनेको संख्या ४० हजार ९९ पुगेको छ र घाइतेको संख्या ९२ हजार ६०९ पुगेको छ ।

धेरै पीडितहरू भग्नावशेषमुनि र सडकमा पुरिएका छन् । इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सीमानामार्फत हमासको आक्रमणको बदला लिन गाजापट्टीमा हमासविरुद्ध ठूलो मात्रामा आक्रमण सुरु गरेको थियो ।

मनसुनी विपद्‌मा परेर अहिलेसम्म १९० जनाको ज्यान गयो

काठमाडौं । मनसुनी विपद्‌मा परेर अहिलेसम्म १९० जनाको ज्यान गएको छ ।

भारी वर्षाका कारण आएको बाढी, पहिरो डुबानलगायत मनसुनी विपद्‌मा पछिल्लो २४ घण्टामा मात्रै आठ जनाले ज्यान गुमाएका प्रहरीको केन्द्रीय कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार काठमाडौं उपत्यकामा तीन, कोसी प्रदेशमा २७, मधेस प्रदेशमा आठ, वाग्मती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ जनाको ज्यान गएको छ ।

प्रवक्ता कार्कीकानुसार काठमाडौं उपत्यकामा ११, कोसी प्रदेशमा ३८, मधेस प्रदेशमा १२, वाग्मती प्रदेशमा २३, गण्डकी प्रदेशमा ४५, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा ५७ र सुदूरपश्चिम प्रदेशमा ३४ जना गरी २३८ जना विभिन्न विपद्‌मा परी घाइते भएका छन् । सोही अवधिमा ११४ जनाको उद्धार गरिएको छ ।

बाढीपहिरोमा परी कोसी प्रदेशमा दुई, मधेस प्रदेशमा एक, वाग्मतीमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ४९ जना बेपत्ता रहेका प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश सरकारले ठूलो संख्यामा कर्मचारी सरुवा गर्यो

काठमाडौं । कर्णाली प्रदेश सरकारले सूची अनुसार ,श्रेणीविहिनदेखि अधिकृत आठौं तहसम्मका एकसय बढी कर्मचारीहरुलाई कामकाज सरुवा गरेको छ ।

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अनुसार, सो प्रदेशका श्रेणीविहिन २, सहायक स्तर पाँचौं ११, राजपत्र अनकित द्धितीय एक र प्रथम पाँच गरि एकसय भन्दा बढी कर्मचारी सरुवा गरेको बुझिएको छ ।

अधिकृतस्तर छैंटौं तहका ७२ जना सरुवा भएका छन् । सरुवाको सूची अनुसार, आठौं तहका ६ जना र शाखा अधिकृत तहका ११ जना सरुवा भएका छन् ।

एनपिएल मंसिर १५ गतेबाट हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) आगामी मंसिर १५ गतेदेखि हुने भएको छ । सोमाबार नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार प्रतियोगिताको मिति घोषणा गर्दै लोगो सार्वजनिक गरेको छ ।

प्रतियोगिता १५ मंसिरदेखि हुने र पुस ६ सम्म चल्ने क्यानले जनाएको छ ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले प्रतियोगिताको लोगो सार्वजनिक गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिमिङले प्रतियोगितामा आउने विदेशी खेलाडीहरूलाई सहयोग गर्न छुट्टै डेक्स राख्ने प्रतिबद्धता जनाए ।

शेख हसिनाविरूद्ध विभिन्न कसुरमा १६ वटा मुद्दा दायर

एजेन्सी । बंगलादेशका निवर्तमान प्रधानमन्त्री शेख हसिनाविरूद्ध विभिन्न कसुरमा १६ वटा मुद्दा दायर भएको छ । पूर्वप्रधानमन्त्री हसिनासहित अवामी लिग पार्टीका ६१ जना नेतारकार्यकर्ताविरूद्ध नारायणगन्जमा हत्याको मुद्दा दर्ता भएको हो ।

उनीविरुद्ध १३ वटा हत्याका, एउटा अपहरणको र दुईवटा मानवताविरूद्धको अपराध र नरसंहारसँग सम्बन्धित मुद्धा दर्ता भएको हो । यस्तै, केही मुद्दाबारे अनुसन्धान गर्न बंगलादेशका विभिन्न अदालतले सम्बन्धित प्रहरी कार्यालययाई निर्देशनसमेत दिएको छ ।

आरक्षण सुधारको माग गर्दै विद्यार्थीहरुले चलाएको आन्दोलनमा सयौंको हत्यासँगै स्थिति नियन्त्रण बाहिर पुगेपछि हसिना अगस्ट ५ मा प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेर भारत भागेकी थिइन् । अहिले पनि उनी भारतमै छिन् ।

आन्दोनकै बीच जुलाई २१ मा मोहम्मद मिलनको गोली प्रहार गरी हत्या भएको थियो । त्यस दिन प्रदर्शनरत विद्यार्थी र अवामी लिग पार्टीका कार्यकर्ताबीच झडप हुँदा उनको गोली लागेर मृत्यु भएको थियो ।

उनी विद्यार्थी आन्दोलनमा पनि सहभागी थिएनन् । अवामी लिगका कार्यकर्तासमेत नरहेका उनी त्यस दिन माछा फार्मबाट फर्किँदै गर्दा सुरक्षाकर्मीको गोली लागेर उनको मृत्यु भएको थियो ।

मिलोनकी श्रीमती र उनका परिवारले सोमबार हसिना र ६१ जनालाई विपक्षी बनाएर मुद्दा दायर गरेको द डेली स्टारले जनाएको छ ।

राष्ट्रियसभाबाट विहीबार टीआरसी विधेयक पारित गरिने

काठमाडौं । राष्ट्रिय सभाबाट टीआरसी विधेयक बिहीबार पारित गर्ने तयारी भएको छ ।

आइतबार सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ पेस गरेका थिए ।

राष्ट्रिय सभामा छलफलपछि बिहीबार विधेयक पारित गर्ने तयारी रहेको गृह मन्त्री रमेश लेखकले बताए ।

प्रज्ञा प्रतिष्ठानमा चौपातो नेपालले गरेको कार्यक्रममा उनले भने, ‘१८ वर्षसम्म अलमलमा परेर निष्कर्षमा पुग्न नसकेको शान्ति प्रक्रियाको बाँकी काम टीआरसी विधेयकलाई प्रतिनिधि सभाबाट पारित गरिसकेका छौँ । भाद्र ६ गते त्यो राष्ट्रियसभाबाट पारित गरेर चाँडै सङ्क्रमणकालीन न्यायका विषयहरूलाई सम्बोधन गर्छौँ ।’

टीआरसी विधेयक यसअघि प्रतिनिधि सभाबाट पारित भइसकेको छ । १८ वर्षदेखि सत्ताको दाउपेचको कारणले टुंगिन नसकेको विधेयक काँग्रेस, एमाले र माओवादी केन्द्रले शीर्ष तहमा सहमति जुटाएपछि विधेयक पारित गरेर शान्ति प्रक्रियाको बाँकी काम टुंगोमा पुग्ने भएको हो ।

भारतले नेपालबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने

काठमाडौँ । भारतले नेपालका एक दर्जन जलविद्युत् आयोजनाबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ ।

अन्तरदेशीय व्यापार उद्देश्यले भारतको तोकिएको प्राधिकरणले नेपालका १२ जलविद्युत् आयोजनाबाट उक्त परिमाणमा विद्युत् निर्यातका लागि स्वीकृति दिएको काठमाडौँस्थित भारतीय दूतावासले जनाएको छ ।

नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौता मार्फत विद्युत् निर्यात गर्ने भएको हो ।

यसले कुल स्वीकृत परिमाण ६ सय ९० मेगावाट ९१६ वटा आयोजना पुग्ने छ ।

यो २ सय ५१ मेगावाट स्वीकृत हुनुअघि नै गत आर्थिक वर्ष १६ अर्ब ९३ करोड रुपैयाँ बराबर विद्युत् बिक्री गरी नेपाल खुद विद्युत् निर्यातकर्ता र खुद राजस्व उत्पादनकर्ता बनिसकेको छ ।

सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट ३९ मेगावाट विद्युत् निर्यातका लागि अनुमति दिएको थियो ।

तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणाभन्दा धेरै बढेको छ ।

भीआइपीहरुको मृत्युको कामना गरे यज्ञ गर्ने खतिवडा धरौटीमा रिहा

काठमाडौं । भीआइपीको मृत्युको कामना गरेर यज्ञ गरेको आरोपमा पक्राउ परेका पुष्कर खतिवडा रिहा भएका छन् ।

उनलाई काठमाडौं जिल्ला अदालतले २५ हजार रुपैया धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उनी साउन १४ मा मण्डिखाटारबाट पक्राउ परेका थिए ।

खतिवडाले सामाजिक सञ्जाल फेसबुक मार्फत लाइभ गरेर नेताहरूको मृत्युको कामना गर्न आयोजित यज्ञमा सहभागी हुन सार्वजनिक आह्वान गरेका थिए ।

वालेनको प्रशंसामा गीत गाएकी कर्मचारीको नियमानुसार सरुवा गरेको महानगरको स्पष्टिकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन शाहको प्रशंसामा तिज गीत गाएपछि महिला कर्मचारीलाई सरुवा गरिएको आरोप लागेपछि पोखरा महानगरपालिकाले स्पष्टिकरण दिएको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै महानगरको नियमित सरुवा प्रक्रियालाई अतिरञ्जित गरिएको स्पष्ट पारेको हो । महानगरको सामाजिक विकास महाशाखामा कार्यरत सातौँ तहकी अधिकृत चन्द्रावती वाग्लेले आफूलाई बालेनको प्रशंसामा गीत गाएका कारण सरुवा गरिएको दाबी गरेकी थिइन् ।

उनले एक एक टेलिभिजनमा बालेनको प्रशंसा गर्दै गीत गाउँदा पोखरा महानगरले दुर्गम क्षेत्रमा सरुवा गरेको आरोप लगाएकी थिइन् । कार्यक्रममा थिइन् ।

महानगरले हालै मात्र उनलाई सामाजिक महाशाखाबाट वडा नं. २३ मा सरुवा गरेको छ । वाग्लेले सामाजिक विकास महाशाखामा आएको ३ महिनामै आफूलाई महानगरले बद्‌नियतपूर्वक सरुवा गरेको दाबी गरेकी हुन् । उनले राजश्व धेरै उठ्ने सहरी वडामा छैटौँ तहकै कर्मचारी भए पनि आफूलाई दुर्गम ठाउँमा सरुवा गरेको बताएकी छन् ।

वाग्लेले बालेनको प्रशंसा गरेर गीत गाउँदा सरुवा गरेको आरोप लगाएपछि महानगरले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । महानगरले वाग्लेमात्र नभई नियमानुसार ४२ जना कर्मचारीलाई सरुवा गरिएको जनाएको छ ।

महानगरका प्रवक्ता मोती तिमिल्सिना हस्ताक्षरित उक्त विज्ञप्तिमा कार्यालयले नियमानुसार गरेको कर्मचारी सरुवाको विषयलाई विषयान्तर गरी भइरहेको भ्रामक प्रचार भएको दाबी गरिएको छ ।