आज नेपाली बजारमा सुन चाँदीको मूल्य के छ ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

शुक्रबार सुन तोलामा ९ सयले घटेर तोलाको एक लाख ४९ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि बिहीबार सुनको मूल्य तोलाको १ लाख ५० हजार ५ सय पुगेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज प्रतितोला २० रुपियाँले बढेर १७६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अमेरिकाका उपविदेशमन्त्री आज नेपाल आउदै

काठमाडौं । अमेरिकाका विदेश मन्त्रालयका उप विदेशमन्त्री आज नेपाल आउँदै छन् । प्राप्त जानकारी अनुसार उपविदेशमन्त्री रिचार्ड आर. वर्मा आज नेपाल आउन लागेका हुन् ।

वर्माले नेपालसँग आर्थिक विकास, महिला सशक्तीकरण, ऊर्जालगायतका क्षेत्रमा भएको समझदारीलगायतको विषयमा छलफल गर्ने बुझिएको छ ।

नेपालमा उप विदेशमन्त्री वर्मासहितको प्रतिनिधि मण्डलले वरिष्ठ सरकारी अधिकारी, विकास परियोजनाका प्रतिनिधि तथा व्यापार व्यवसायीका प्रतिनिधिहरूलाई भेट्ने कार्यक्रम रहेको अमेरिकास्थित विदेश मन्त्रालयले जनाएको छ ।

त्यस्तै उनले नेपालमा आज राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा अ‍ोली, परराष्ट्र मन्त्री आरजु राणा देउवालगायत विभिन्न उच्च स्तरीय अधिकारीलाई भेट्ने नेपालस्थित अमेरिकी दूतावास स्रोतले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन सरकारका शक्तिशाली मन्त्रीमध्येका एक हुन् वर्मा ।

विहीबार गठ्ठाघरमा भएको घटना गम्भीरतापूर्वक छानविन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । विहीबार गठ्ठाघरमा भएको घटनाको गम्भीरतापूर्वक छानविन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् ।

गृहमन्त्री लेखकले गम्भीरतापूर्वक दुर्घटनाको कारण खोज्न प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरलाई निर्देशन दिएका हुन् ।

‘गठ्ठाघरको दुर्घटनामा के भएको हो, दुर्घटना हुनुमा कसैको गल्ती छ कि छैन, यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि ? यसको गम्भीरतापूर्वक छानबिन गर्नुहोस्,’ गृहमन्त्री लेखकले भने ।

बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोकनजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो । ना ६ ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सहसचिवहरुको व्यापक सरुवा, कसले कहाँ जिम्मेवारी पाए (सूची)

काठमाडौं । विहीबार बसेको मन्त्रीपरिषद्को बैठकले ६० बढी सहसचिवहरुको सरुवा गरेको बुझिएको छ ।

सरकारले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार ८ जना सहसचिवहरु अर्थ मन्त्रालय पठाइएको छ भने ५ जना लाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा तानिएको छ ।

अर्थ मन्त्रालय को–को आए ?

सहसचिवहरूमा संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका प्रदेश सचिव हरिशरण पुडासैनी

राष्ट्रिय योजना आयोगका महेश भट्टराई

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय९अतिरिक्त०का दीपक लामिछाने

लोक सेवा आयोगका गोपीकृष्ण कोइराला

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकीका यमुना प्रधान

आर्थिक मामिला तथा योजना मन्त्रालय, कोशी प्रदेशका श्याम प्रसाद भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मदन दाहाल

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहकी कविता रेग्मी

महावाणिज्य दूतका लागि परराष्ट्र मन्त्रालयमा को–को ?

कलकत्ता, बेइजिङ, ग्वान्जाओ र ल्हासामा रिक्त महावाणिज्य दूतका लागि

गृह मन्त्रालयका सहसचिव झक्क प्रसाद आचार्य

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव लक्ष्मी प्रसाद निरौला

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय)अतिरिक्त) का विन्देश्वर प्रसाद लेखक

गृह मन्त्रालयकै सहसचिव भरत खनाल

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव चण्डी प्रसाद घिमिरे

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समूह)की सहसचिव कृष्ण कुमारी श्रेष्ठ

राष्ट्रिय योजना आयोगका सहसचिव यमलाल भुषाल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव विनोद बहादुर कुँवर

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुमन दाहाल

अरु कहाँ कहाँ पुगे ?

आन्तरिक राजश्व विभागका महानिर्देशक शिवलाल तिवारीलाई प्रदेश प्रमुखको कार्यालय कर्णाली प्रदेश

भन्सार विभागका महानिर्देशक ढुण्डी प्रसाद निरौलालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

अर्थ मन्त्रालयका नरेन्द्र कुमार रानालाई लोक सेवा आयोग

महालेखा नियन्त्रकको कार्यालयका नारायण प्रसाद सापकोटालाई निर्वाचन आयोग

अर्थ मन्त्रालयका टोक राज पाण्डेलाई गृह मन्त्रालय

रितेश कुमार शाक्य र टंक प्रसाद पाण्डेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा

भन्सार विभागका उपमहानिर्देशक राम कुमार महतोलाई लोक सेवा आयोग

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका बाबुराम गौतमलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश

राष्ट्रपति कार्यालयका कृष्ण प्रसाद लम्साललाई गृह मन्त्रालय

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका खोमराज कोइरालालाई राष्ट्रिय योजना आयोग

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशकी प्रदेश सचिव हुमकला पाण्डेलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

सामाजिक विकास मन्त्रालयका कोशी प्रदेशका प्रदेश सचिव लक्ष्मी प्रसाद भट्टराईको शिक्षा

विज्ञान तथा प्रविधि मन्त्रालय, प्रदेश लोक सेवा आयोग

बागमती प्रदेशकी प्रदेश सचिव नीता पोखरेल अर्यालको निर्वाचन आयोग

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका डा. नारायण प्रसाद रेग्मीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

राजश्व अनुसन्धान विभागका महानिर्देशक चक्र बहादुर बुढाको सुरक्षा परिषद्

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अर्जुन भण्डारीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेश

परराष्ट्रमा हाजिर गरेका नवराज ढुंगानालाई प्रदेश प्रमुखको कार्यालय

सुदूर पश्चिम प्रदेश र नारायण प्रसाद भट्टलाई सतर्कता केन्द्रमा

रक्षा मन्त्रालयका सहसचिव लीला प्रसाद शर्मालाई गृह मन्त्रालय

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव पुष्कर न्यौपानेलाई प्रदेश प्रमुखको कार्यालय कोशी प्रदेश

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका रहेका शंकर नेपाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेश

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव हेमराज तामाङलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेश

पर्यटन विभागका महानिर्देशक रुद्र प्रसाद पण्डितलाई राष्ट्रिय योजना आयोग

वैदेशिक रोजगार कार्यालयका रामकृष्ण लामिछानेलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कमल प्रसाद भट्टराईलाई राष्ट्रिय सूचना आयोग

गृह मन्त्रालयका सूर्य बहादुर खत्रीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी रही राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा काजमा रहेका प्रदीप कुमार कोइरालालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा

परराष्ट्र मन्त्रालयका ईश्वरराज पौडेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशको प्रदेश सचिव

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशका प्रदेश सचिव निराजन घिमिरेलाई राष्ट्रपति कार्यालय

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका पुष्पराज शाहीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेश

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सहसचिव चन्द्रकला पौडेललाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव दीपक नेपाललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका प्रकाश दाहाललाई सोही मन्त्रालय

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका राजेश्वर ज्ञवालीलाई राष्ट्रिय योजना आयोग वा खानेपानी मन्त्रालय

प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशका प्रदेश सचिव ऋषिराम तिवारी गृह मन्त्रालय, निर्वाचन आयोगका सहसचिव रमेश ढकाल गृह मन्त्रालय

गृह मन्त्रालयका भूपेन्द्र थापा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेश

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशका शिवराम पोखरेललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

निर्वाचन आयोगका रघुराम विष्टलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश

हुलाक सेवा विभागका ज्ञानहरि घिमिरेलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते

काठमाडौं । दिपायल सिलगढी नगरपालिका–४ समूहगाडमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना५ख ४४५१ नम्बरको बस आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए।

दुर्घटनामा घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ। बस सडकबाट करिब ३५ मिटर तल खसेको छ।

विपद्मा परि १७५ जनाको मृत्यु, ४ हजार ४ सय ७२ घर परिवार विस्थापित

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बिहीबार दिउँसोसम्म १७५ जनाको मृत्यु भएको छ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेस प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १७५ जनाको मृत्यु भएको हो।

साथै काठमाडौँ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५५ जना र सुदूरपश्चिम प्रदेशमा २८ जना गरी जम्मा २ सय २४ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ।

साथै काठमाडौँ उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय १३ जनाको उद्धार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेस प्रदेशमा १ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ४९ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ।

बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । २८६ वटा घर, १०५ वटा गोठ, ४९ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ८२० वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ४ हजार ४ सय ७२ घर परिवार विस्थापित भएका छन् ।

मौसमः आज देशभर आंशिकदेखि साधारणतया बदली रहने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ।

विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यसैगरी आज राति देशभर साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै पानी पर्ने सम्भावना छ।

आगामी २४ घण्टामा सबै प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने बाढीपहिरोको जोखिमबाट जोगिन विभागले सम्बद्ध सबैमा आग्रह गरेको छ । ती स्थानको दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ। निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले पेट्रोलको प्रतिलिटर ५ तथा डिजेल तथा मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो। घटेको मूल्य बिहीबार मध्यरातिदेखि लागू हुनेछ।

भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगमले पनि आन्तरिक बजारमा मूल्य समायोजन गरेको हो। जसअनुसार अब काठमाडौँमा पेट्रोलको मूल्य १६५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५५ रुपैयाँ पर्ने भएको छ। घटेको मूल्य शुक्रबारदेखि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

हेनुहोस् आजको रराशिफ (२०८१ साउन ३२ गते शुक्रबार)

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मिश्रित फलदाता दिन छ। विपरित लिङ्गका मित्रहरुसँग सहकार्य गरि काम गरेको राम्रो। शत्रुबाट जोगिएर चल्नुहोला। गाडी बाहन निजि साधनबाट चोटपटकको सम्भावना रहन्छ।प्रसासनिक काममा सफलता मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
भाग्यले साथ दिनेछ। रोकिएका कामहरु बन्नेछन।पारिवारिक सर सहयोगमा गरेको काम प्रगतिशील हुनेछ।पानी तथा दुग्ध व्यवसायीहरुलाइ आज निकै फाइदा हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
व्यस्तताका बाबजुद दिन बित्ने देखिन्छ। लामो समयदेखि रोकिएका काम बन्नेछ्न। वैदेशिक कार्यमा सफलता मिल्नेछ। सन्तान र परिवारको लागि खर्च गर्नुपर्ने हुनसक्छ ।भाग्यले राम्रै साथ दिएको अवस्था हो ।सारा कार्यहरु दिनको उत्तरार्धमा फलिभुत हुनेछन् ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
दिन राम्रै छ। भुमी तथा वाहन सम्बन्धी लाभ मिल्नेछ।यात्राकारक दिन रहेको छ। विशिष्ट पाहुनाहरुको आगमन हुनसक्छ। मिष्टान्न भोजनको योग परेको छ।अनावश्यक खर्चबाट बचेर चल्नुहोला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
भाग्यले साथ दिए पनि मन चन्चल हुनाले काम बिग्रन सक्छ।लग्नेष मंगल ग्रहको प्रभावले स्थानान्तरण गराउन सक्छ।आफन्त दाजुभाइ दिदीबहिनीबाट आर्थिक लाभ मिल्नेछ। मजदुर तथा कृषक वर्गको भलाइमा राजकिय कार्य सम्पादन हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
आजको दिन आय आर्जनको दिन रहेको छ ।व्यपार व्यवसाय फस्टाउने, राजकीय पदवी , मानसम्मान मिल्ने,लगानिका नयाँ क्षेत्रहरू मिल्ने अध्ययन अध्यापनमा सफलता प्राप्त हुने देखिन्छ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
आनन्दमय दिन बित्नेछ। यात्रा गर्नुपर्नेछ। बिछोडिएका आफन्तसँग भेट होला। सरकारी कामकाजमा आफ्नो प्रभाव रहनेछ। शैक्षिक क्षेत्रमा सन्ततिसँग सहकार्य गरि अघि बढे सफलता मिल्नेछ । वैदेशिक क्षेत्रका कामहरु अधुरा रहनेछ्न।

वृश्चिक ( तो , ना, नि, नु, ने, नो, या, यि, यु )
आज साहसी प्रतिभा देखाउने दिन हो। खेलाडी योद्धा र सैन्य जवानहरुले लाभ लिन सक्नुहुनेछ । नयाँ सम्बन्ध तथा माया प्रेमको प्राप्ति हुनेछ। शत्रु वर्ग शरण पर्न आउनेछ्न। उध्योग र भुमि सम्बन्धी क्षेत्रमा लगानी गरे फाइदा होला।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
आजको दिन राम्रै छ। व्यस्तताको बाबजुत समय बित्ने छ।आर्थिक पाटो सामान्य छ।कार्यमा ढिलासुस्ती सम्भव छ।पारिवारिक असहयोगले खिन्नता बढाउन सक्छ। हनुमानको आराधना पुर्वक दिनको आरम्भ गर्नु राम्रो हुनेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
मिश्रित खालको दिन रहेको छ। सामान्य झमेलाहरु आइलाग्न सक्छ्न। अपरान्ह पछाडी मंगलको प्रभावले नबनेको काममा सफलता मिल्ला। गुमेको धन फिर्ता हुन सक्छ। पारिवारिक स्वास्थ्यमा सुधार हुनेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
आर्थिक हिसाबले निक्कै राम्रो दिन रहेको छ। भाग्य बलियो भएकोले जग्गा जमिन र बैंकिङ क्षेत्रका कामहरु बन्लान।प्रसासनिक काममा सुर्यको प्रभावले सफलता मिल्नेछ। लग्नेश गुरुको कारण कामको मुल्यांकन हुने तथा स्यावासी मिल्ने देखिन्छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
आजको दिन फलदायी रहेको छ। गुमेको धन फिर्ता हुनसक्छ । विछोडीएको मित्रसँग भेट हुनसक्छ।पतिपत्नीको सहकार्यमा नयाँ कामको थालनी गर्न आजको दिन राम्रो मानिएको छ। सन्तान वर्गको प्रगतिले मनमा हर्ष होला।भुमी तथा वित्तिय क्षेत्रमा लगानी गर्नु उचित हुनेछ ।

लेखा अधिकृत र कम्प्युटर अपरेटरविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा हाल्यो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना लेखा अधिकृत र एक जना कम्प्युटर अपरेटरविरुद्ध मुद्दा चलाएको छ ।

चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत लेखा अधिकृत अमृता कोइराला र यातायात व्यवस्था कार्यालय चालक अनुमतिपत्र एकान्तकुनामा कार्यरत कम्युटर अपरेटरविरुद्ध अख्तियारले भ्रष्टाचार विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

कोइरालाले औषधि आपूर्तिको बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग नगद एक लाख ५० हजार रुपैयाँ र चार लाख ५० हजारको बैंक चेक लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । उनले सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस माग गरी नगद डेढ लाख र साढे चार लाख रुपैयाँको चेक लिएको पुष्टि भएसँगै अख्तियारले आज मुद्धा चलाएको हो ।

त्यस्तै चालक अनुमतिपत्रको अभिलेख नवीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु बीस हजार बराबरको घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको पहिचान खुल्यो

काठमाडौं । भक्तपुर स्थित गठ्ठाघरमा आज दिउसो ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको पहिचान खुलेको छ । ट्राफिकले चेक जाँच गर्ने क्रममा ट्रकको ठक्करबाट मृत्युभएकी महिला दोलाखा मेलुङ–४ की २३ वर्षिय सुस्मा नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दिउसो २ बजेको समयमा ट्रकले नेपालीलाई ठक्कर दिएको थियो । सुस्मा ट्रकको चक्कामुनी परेकी थिइन् । स्थानीयले सुस्मालाई ट्रकले लतारेर ल्याएको र ब्याक गरेर किचेको दाबी गरेका छन् ।

ट्राफिकले स्कुटरलाई चेकजाँच गर्दै गर्दा तीव्र गतिमा आएको ट्रकले घिसारेको बताइएको छ । ना. ६ ख २१७३ नम्बरको मालबहाक ट्रकले बा. ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनापछि ट्रक चालक फरार रहेको प्रहरीले बताएको छ ।

सुस्माको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ ।

दुई वटा समितिको सभापति निर्विरोध

दुई वटा समितिका सभापति निर्विरोध निर्वाचित

काठमाडौं । संघीय संसदका दुई वटा समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् ।

जसमा संसदीय सुनुवाई समितिको सभापतिमा नेपाली काँग्रेसका सांसद इश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा (एमाले)का सांसद ठाकुर गैरे निर्विरोध निर्वाचित भएका हुन् ।
दुबै समितिको दिउसो बसेको छुट्टा छुट्टै बैठकमा दुबै समितिका ज्येष्ठ सदस्यले सभापति निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

सभापतिका लागि एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित दुबै सभापतिले बिहीबार नै सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण गर्ने कार्यक्रम छ ।

पार्टी एकीकरण बारे कुनै कुरा चलेको छैन : अध्यक्ष नेपाल

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कुनै पनि पार्टीसँग आफ्नो पार्टी एकीकरण गर्ने कुरा नचलेको दाबी गरेका छन् । एकीकृत समाजवादी र माओवादी केन्द्रबिच एकताको चर्चाकाबिच शीर्ष नेताहरूको भेटवार्ता बाक्लिँदै गर्दा प्रचार विभाग प्रमुख खतिवडाले स्पष्टीकरण दिएका हुन्

‘नेकपा एकीकृत समाजवादीको कुनै पनि पार्टीसँग एकीकरण गर्ने हाम्रो कुरा चलेको छैन’, खतिवडाले बिहीबार भनेका छन् । त्यस्तै उनले कम्युनिस्ट पार्टीहरूको बिचमा समसामयिक राजनीतिक परिस्थितिका विविध पक्षहरूमा समीक्षा गर्न छलफल चालिरहेकै भने स्वीकारेका छन् ।

‘समाजवादी मोर्चाको गतिविधि बढाइ वामपन्थीहरुको बिचमा न्यूनतम सहकार्य अगाडि बढाउन पहल गरिरहने हाम्रो नीति नै हो’, उनले भनेका छन्, ‘त्यो भन्दा बढी केही छैन ।’ उनले सबै राजनीतिक दलका आ–आफ्ना कार्यनीति हुने र भन्दै त्यसमा बहकिन नहुनेमा जोड गरेका छन् ।

‘हामीले आफ्नो पार्टी सबल बनाउने दिशा समाउने हो । कम्युनिस्ट पार्टीको सबै झन्डा उस्तै हो । त्यो साझा छ । कलम चुनाव चिह्न हाम्रो विशेष परिचय हो यो परिचयलाई मेट्ने गरी पार्टीले कुनै काम गर्दैन’, खतिवडाले भनेका छन् ।

खतिवडाले यस्तो दाबी गरे पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष प्रचण्डबिच यो साता मात्रै दुई पटक पार्टी एकताबारे छलफल भएको स्रोतले जनाएका छन् ।

मधेश प्रदेशमै पहिला म्याथ ल्याव राजदेवीमा स्थापना


रौतहट । शिक्षा क्षेत्रमा अग्रसर रहेको रौतहट राजदेवी नगरपालिकाले एक विद्यालयमा मधेश प्रदेशमै पहिलो पटक म्याथ अर्थात गणित प्रयोगशाला (ल्याव) को स्थापना गरेका छन् ।
बुधवार एक कार्यक्रम गरि राजदेवी नगरपालिका वार्ड नं. २ हजिमिनिया स्थीत रहेको श्री रामनरेश लक्ष्मण माध्यमीक विद्यालयमा मधेश प्रदेशमै पहिलो पटक स्थापना गरिएको म्याथ अर्थात गणित प्रयोगशाला तथा विज्ञान ल्यावको नगर प्रमुख भिखारी प्रसाद यादवले विधिवत रुपमा उदघाटन गरेका हुन ।
पहिलो पटक गणित प्रयोगशाला (ल्याव) को सुरुआत भएकोले विद्यार्थी तथा शिक्षकहरुमा उत्साह देखिएका छन् । म्याथ ल्याव सुनेको थिए तर आफै प्रधानाध्यापक रहेको विद्यालयमा म्याथ अर्थात गणित प्रयोगशाला (ल्याव) को स्थापना गरि विद्यार्थीहरुलाई पठन पाठन गराउन तयारीमा रहदा अत्यधिक उत्साहीत र खुशि भएको प्रधानाध्यपक संजय कुमार यादवले बताए ।
आफ्नो चुनावी घोषणा अनुसार शिक्षामा लगानी गरिएकोले आज नगपालिका भित्रका शैक्षिक संस्थालाई अधुनिकरण गर्न सकिएको राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी प्रसाद यादवले बताउदै, आफुले शिक्षा, स्वास्थ्य र कृषीलाई पहिलो प्राथमिकतामा राख्दै काम गरि रहेको बताए ।
मेयर यादवले, आफुले चुनावमा बाचा गरे अनुसारको काम गर्न नसकिरहेकोले दुःख व्यक्त गर्दै, हर सम्भव वाचा अनुसारको काम गर्ने प्रयास जारी रहेकोले र हाल नगरपालिका क्षेत्रको शैक्षिक संस्थामा भौतीक पूर्वाधार निर्माणको अवस्था राम्रो हुदै गएकोले विद्यार्थी प्रति अभिभावकलाई जिम्मेवार हुन आग्रह गरे ।
बुधवार विद्यालयमा भएको कार्यक्रममा नगरपालकाको लगानीमा निर्माण भएको ४ कोठे भवनको नगर प्रमुख भिखारी प्रसाद यादव र प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले रुपमा उदघटन गरेका थिए ।
श्री रामनरेश लक्ष्मण माध्यमीक विद्यालय राजदेवी २ हजमिनियाका गणित शिक्षक नारायण दासले म्याथ ल्याबका सामग्रीको प्रयोग गरेर देखाउनु भएको थियो । उहाँले नगरपालिकाले स्थापना गरि दिएको एकै प्रकारका सामग्रीले धेरै तरिकाले विद्यार्थीलाई गणित सिकाउन सकिने बताए । त्यस्तै विज्ञान विषयका शिक्षक मनोज कुमार सिंहले, विज्ञान प्रयोगशालाको वारेमा जानकारी गराउदै, माईक्रो स्कोपको प्रयोग वारे बताएका थिए ।
भवन उदघाट तथा गणित प्रयोगशाला, विज्ञान प्रयोगशाला (ल्याव)को उदघाटन कार्यक्रमा वार्ड नं. २ अध्यक्ष सनुप महतो, विभान्न वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जिल्ला हुलाक कार्यलय रौतहटका हुलाक अधिकृत देवनाथ यादव, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, विद्यार्थीहरु तथा संचकर्मीहरुको उपस्थिति रहेको थियो ।

नेप्से हालसम्मकै उच्च कारोबार, तीन हजारको विन्दु कायम

काठमाडौँ । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो कारोबार रकम हालसम्मकै उच्च हो । यसअघि सोमबार कारोबार रकमले २७ अर्ब २४ करोडको उच्च रेकर्ड बनाएको थियो ।

नेप्से परिसूचक पनि ४३ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से ३०००.८१ अंकमा कायम भएको छ । जुन अंक तीन वर्ष (१५ भदौ २०७८) कै उच्च हो । सो बेला भदौ २ गते ३१९८ अंकको उच्चतम रेकर्ड बनाएर बजार घट्दो क्रममा थियो ।

आज १०५ कम्पनीको मूल्य बढ्दा १३७ को घट्यो भने एकको स्थिर रह्यो ।

बैंकिङ क्षेत्रको सूचक सबैभन्दा धेरै ५.६५ प्रतिशत बढ्यो । त्यसबाहेक विकास बैंक १.२८, होटेल तथा पर्यटन ०.३२, हाइड्रोपावर ०.७९, लगानी २.६९, निर्जीवन बीमा ०.९४ तथा व्यापार समूह १.८१ प्रतिशत बढे ।

फाइनान्स ३.०५, जीवन बीमा ०.७३, उत्पादन १.७३ र अन्य समूहको सूचक २.३० प्रतिशत घटे ।

यस दिन बुटवल पावर, राष्ट्रिय बीमा कम्पनी र माउन्टेन इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । नेपाल इन्भेस्टमेन्ट मेगाको ९.६, एनएमबी बैंकको ९.४, ग्लोबल आईएमई बैंकको ९.२, लिबर्टी इनर्जीको ९, कुमारी बैंकको ८.९, मातृभूमि लघुवित्तको ८.७ तथा अपि पावरको ८.२ प्रतिशत मूल्य बढ्यो ।

नेपाल फाइनान्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । विन्ध्यबासिनी हाइड्रोपावरको ७.२, शुभम् पावरको ७.१, मिडसोलु हाइड्रोपावरको ६.२ तथा अपरहेवाखोलाको ५.६ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, सानिमा माइ हाइड्रोपावर, अपि पावर, कुमारी बैंक र निफ्रा क्रमशः अगाडि रहे ।