रास्वपाले मुकुल ढकाललाई सोध्यो २४ घण्टे स्पष्टीकरण, चित्त बुझ्दो जवाफ नआए पार्टीबाटै निष्कासन गर्ने चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निष्कासित महामन्त्री मुकुल ढकाललाई २४ घण्टे स्पष्टिकरण सोधेको छ ।

पार्टीले ढकाललाई २४ घण्टाभित्र चित्त बुज्दो स्पष्टीकरण दिन भनेको छ ।

उनलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन पनि भनिएको छ ।

पार्टीले ढकाललाई चित्त बुझ्दो स्पष्टिकरण नदिए पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गर्ने चेतावनी दिएको छ ।

पार्टीले सोधेको स्पष्टीकरण पत्रमा भनिएको छ – “पार्टीविरुद्ध नियोजित रुपमा निरन्तर सक्रिय तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन निस्कासन नगर्ने ? तपाईंको साधारण सदस्यता किन खारेज नगर्नुपर्ने हो ? आफ्ना आधार प्रमाण तथा भनाइसहित २४ घण्टाभित्र पार्टीमा स्पष्टीकरण पेश गर्नुहुन सुचित गरिन्छ । ,”

विभिन्न सञ्चारमाध्यममा आएका धारणाका आधारमा स्पष्टीकरण सोधिएको छ । रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले काटेको पत्रमा मुकुललाई कोट गर्दै लेखिएको समाचारका लिंकहरुसमेत पठाइएको छ ।

टीआरसी विधेयक टुंगो लाग्न आट्नु सकारात्मक : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रकृयाका बाँकी काम टुंगोमा पुग्नु सकारात्मक भएको बताएका छन् । आज बसेको बसेको प्रतिनिभिसभा बैठककमा टीआरसीका विषयमा बोल्दै संसदीय समितिबाट अझिल्एका विषयमा सर्वसहमति भएको भन्दै आज प्रतिनिधिसभाबाट पारित हुने बताए ।

उनले भने– ‘टीआरसी टुंगो लगाउनुपर्ने थियो । यस सम्बन्धमा हामीले अलिक ढिलो गर्यौं । शान्ति प्रक्रिया ०६३ बाट सुरु भएयता १८ वर्षमा थुप्रै उपलब्धि हासिल गरेका छौँ । अन्तिम टुंगो लागेको थिएन । केही विषय अल्झिएका थिए । तिनको गाँठो फुकाउन जरुरी थियो । अहिले संसदीय समितिबाट सर्वसम्मत आइसकेको छ ।’

उनले पीडितमैत्री रुपमा विधेयकलाई अघि बढाइएको बताए । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक ऐन बनेपछि सरकारको तर्फबाट पूरा सहयोग हुने बताए ।

फेसबुकको माध्यमबाट क्यान्सरपीडितको उपचारमा २७ लाख सङ्कलन

पाँचथर । सामाजिक सञ्जालको उपयोग गरेर यहाँकी एक क्यान्सरपीडित महिलाको उपचारका लागि रु. २७ लाखभन्दा बढी रकम सङ्कलन भएको छ ।

जिल्लाको फालेलुङ गाउँपालिका–६ ओगेम्बाकी ३५ वर्षीया सजिना राई (सुस्मिता)को उपचारका लागि फेसबुकको माध्यमबाट रु. २७ लाख ११ हजार ४२९ सङ्कलन भएको हो ।

स्तनको क्यान्सर भएकी सजिनाको उपचारमा आर्थिक अभाव भएपछि दीप ज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले सामाजिक सञ्जाल फेसबुकमार्फत उपचारमा आर्थिक सहयोग गर्न अपील गरेका थिए । सहयोग सङ्कलनको अभियानमा सामाजिक सञ्जालमार्फत नै देश विदेशमा रहेका मानिसहरु जोडिएका थिए ।

बान्तवाको आव्हानपछि देश तथा विदेशमा रहेका सहयोगीहरुले बैङ्क खातामा रकम जम्मा गरेका थिए । सहयोग रकम जम्मा गर्ने सबैको तस्वीरसहित धन्यवाद ज्ञापन गरिएको फेसबुक स्टाटस पनि हाल्ने गरिएको थियो ।

चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउन थालेकी सजिनाको थप उपचार झापाको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा चलिरहेको छ । उपचारमा मोटो रकम आवश्यक भएको तर विरामीका परिवारसँग प¥याप्त रकम नभएपछि बान्तवाको अगुवाईमा सामाजिक सञ्जाल फेसबुकमा सहयोग सङ्कलनको अभियान चलेको थियो ।

रकम सङ्कलनपश्चात सजिनाको शल्यक्रिया भई जीवन रक्षा गर्न आफूहरु समर्थ भएको अभियन्ता बान्तवाले बताए । “सबैको साझा प्रयासबाट सजिनालाई बचाउन सफल भयौं । त्यही खुशी बाड्न चाहन्छु”, उनले भने ।

बान्तवाको अगुवाईमा यसअघि पनि कमजोर आर्थिक अवस्थाका विरामीहरुको उपचारमा लाखौं रकम सङ्कलन भई धेरैको जीवन रक्षा सम्भव भएको फालेलुङ–६ का पनिता राईको भनाई छ ।

वेचन झाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराधको कसुरमा मुद्दा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धानका लागि पक्राउ परेका वेचन झाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ ।

प्रहरीले तयार पारेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले झाविरुद्ध अदालतमा पूरक अभियोग दर्ता गरेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका क्रममा उनले नेपाल र भारतको दोहोरो नागरिकता लिएको खुलेको छ ।

बेचन झा पक्राउपछि नक्कली भुटानी शरणार्थी प्रकरणबारे थप कुरा खुल्ने र यसले सो प्रकरणबारे थप गहिराइमा पुग्न सहयोग पुग्ने विश्वास गरिएको थियो ।
तर उनले यो विषयमा कुनै कुरा थाहा नभएको बयान दिएका छन् ।

झालाई नेपाल प्रहरीको विशेष टोलीले पक्राउ गरेर १५ असारमा नेपाल ल्याएको थियो ।

ट्रमा सेन्टरमा तत्कालिन प्रमुख बद्री रिजालको बदमासीमाथि सतर्कताको आँखा

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरका तत्कालिन कार्यायल प्रमुख बद्री रिजालले गरेको बदमासिबारे छानविन सुरु भएको छ । रिजाल ट्रमा सेन्टरमा प्रमुख रहेका बेला १५ जना आफ्ना निजी अस्पतालका कर्मचारी भर्ना गरेको विषयमा उनी र उक्त विषयममाथि राष्ट्रिय सतर्कता केन्द्रले छानविन सुरु गरेको हो ।
रिजाल आफैं अस्पतालको सञ्चालकसमेत हुन । सामाखुशीस्थित अल नेपाल अस्पतालका सञ्चालक रहेका उनले आफ्नो अस्पतालमा कार्यरत प्रयोगशालाकर्मीहरुलाई ट्रमाको प्रयोगशालामा नियुक्ति दिलाएको लगायतको उनीमाथि आरोप छ । उनले त्यहा १५ जना कर्मचारी नियुक्त गरेको र उनीहरुलाई चार लाखको दरले रकम असुलेको उनीमाथि आरोप लागेको छ ।
राष्ट्रिय सतर्कता केन्द्रले उक्त नियुक्तिका विषयमा भएका सबै आवश्यक कागजात तीन दिनभित्र पठाउन निर्देशन समेत दिइसेको छ ।
सतर्कताले १५ कर्मचारी भर्ना गरिएको बिषयमा ट्रमा सेन्टरलाई ३ दिनभित्र राय प्रतिक्रिया सहित आवश्यक कागजात उपलव्ध गराउन केन्द्रले ट्रमाका नाममा पत्र काटेको हो ।
मुलुककै पहिलो र ठूलो राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख हुँदा डाक्टर बद्री रिजालले गरेका बदमासीविरुद्ध ट्रमाकै केही कर्मचारीहरु आपत्ति जनाएका थिए । उनीहरु अख्तियारदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अख्तियार, सर्तकता केन्द्रसम्म पुगेका थिए ।
कांग्रेस निकट चिकित्सक संघको पूर्व महासचिव हुँदै बहालवाला उपाध्यक्षको समेत भूमिकामा रहेका रिजालले ट्रमामा रहँदा प्रति कर्मचारी ४ लाखका दरले उठाएर १५ जना भर्ना गरिएको, उक्त सेन्टरमा विरामीका लागि प्रयोग हुने किला काटी, पाता लगायतका स्वास्थ्य सामाग्री आफू निकटका व्यापारीलाई गैरकानुनी रुपमा वेडवेडमा ल्याउन लगाई व्यापार गराएको,प् याथोलोजीमा प्रयोग हुने किट तथा रिएजेन्टहरु आफू अनुकुल मिल्ने स्पेशिफिकेसन बनाइ ३५ लाख लिएर ओम सर्जिकललाई दिलाएको बिषयमा परेको उजुरी उपर केन्द्रले चासो देखाउँदै तीन दिन भित्र कागजात पठाउन भनेको हो ।
उनी पदमा हुँदा बिरामीलाई आफ्नो निजी अस्पतालमा पठाउने गरेको आरोप लाग्दै आएको थियो ।
उजुरी उपर छानविनका लागि सेन्टरका प्रहरी उपरीक्षक राजेन्द्र कुमार पोखरेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएकोले तीन दिनभित्र आवश्यक कागजातसहित राय पेश गर्न भनिएको छ ।

तोलमा तीन सयले घट्यो सूनको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुनको मूल्य तोलामा रु तीन सय घटेको छ । अघिल्लो दिन एक लाख ५० हजार आठ सय रुपैयामा कारोबार भएको सुन आज भने एक लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भएको हो ।

यस्तै आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । मंगलबार तोलामा १ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज भने पाँच रुपैयाँले घटेर तोलामा १ हजार ७३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज कस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ । आज पनि अमेरिकी डलर सर्वाधिक महँगो मूल्यमा स्थिर रहँदा अरू धेरै विदेशी मुद्राको मूल्य घटबढ भएको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।त्यसअघि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ १४ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०६ पैसा थियो।आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७२ रुपैयाँ २० पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८६ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८० पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८७ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ७८ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ५८ पैसा थियो।

आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ६४ र बिक्रीदर ३५७ रुपैयाँ २४ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ६७ र बिक्रीदर ३५७ रुपैयाँ २६ पैसा थियो।

चर्चबइज भुटानको पारो एफसीसँग पराजित

काठमाडौं । चर्च ब्वाइज युनाइटेडविरुद्ध २–१ को जित निकाल्दै भुटानको पारो एफसी एएफसी च्यालेन्ज लिगमा छनोट भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा मंगलबार भएको खेलमा पारोलाई जित दिलाउन किङ्गा वाङ्चुक र विलियम ओपोकुले गोल गरे।

चर्च ब्वाइजका लागि ३९औँ मिनेटमा लाकेन लिम्बुले एक गोल गरेका थिए। मोसेस गाबाले पेनाल्टी बक्समा हेडमार्फत दिएको पासमा लाकेनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

तर चर्च ब्वाइजको अग्रता लामो समयसम्म टिक्न सकेन । त्यसको दुई मिनेटमै अर्थात् ४०औँ मिनेटमा पारोका लागि किङ्गा वाङ्चुकले बराबरी गोल फर्काउँदै खेल बराबरीमा ल्याए । चर्च ब्वाइजका गोलकिपर दीप कार्की अघि बढेको अवस्थामा किङ्गाले गोल गर्न सफल भए ।

नेपालको चर्च ब्वाइज युनाइटेड क्लब सहिद स्मारक ए डिभिजन लिग विजेता हो भने पारो एएफसी भुटानको लिग विजेता हो।

देशभर हैजाका विरामीको संख्या ५० पुग्यो, ललितपुरमा मात्रै ३८ जना सङ्क्रमित

काठमाडौं । स्वास्थ्य सेवा विभाग टेकुले देशभर ५० जनामा हैजा संक्रमण भएको र त्योमध्ये ललितपुरमा मात्रै ३८ जना सङ्क्रमित रहेको जानकारी दिएको छ। विभागका अनुसार काठमाडौँमा दुई, प्युठानमा दुई, कैलालीमा आठ जनामा हैजा सङ्क्रमण भएको छ।

विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश र स्थानीय तहसँग सहकार्य र समन्वयमा हैजा प्रभावित क्षेत्रमा द्रूत प्रतिकार्य टोली परिचालन गरी नियमित बिरामीको खोजी र बिरामीहरूको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिमा लक्षणको निगरानी गर्नेरगराउने कार्य गरिरहेको जानकारी दिएको छ।

प्रभावित प्रदेश, जिल्ला र स्थानीय तहसँगको सहकार्य र समन्वयमा सफाइ र पानीको गुणस्तर परीक्षणसम्बन्धी अभिमुखीकरण प्रदान गरिएको विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ। त्यस्तै द्रूत प्रतिकार्य टोली परिचालन भएको नियमित केस अनुसन्धान भइरहेको विभागले जनाएको छ।

‘प्रभावित क्षेत्रमा थप बिरामीको सक्रिय खोजी भइरहेको छ, प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिमा लक्षणको निगरानी हुनु तथा विभिन्न विज्ञ टिमको बैठक बसी खानेपानी गुणस्तर प्रभावकारी बनाउन सम्बन्धित संघसंस्था तयार सरोकारवाला निकायले आआफ्नो जिम्मेवारी प्रभावकारी रुपले पूरा गर्ने निर्णय गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

आइतबार ललितपुरको महालक्ष्मी नगरपालिकामा सरोकारवालासँग बैठक बसी सबै सरोकारवालामार्फत प्रतिकार्य प्रभावकारी बनाउने निर्णय भएको महाशाखाको भनाइ छ। महाशाखाका अनुसार स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमार्फत स्वास्थ्य शिक्षाका सामग्री तयारगरी प्रसारण गरिएको तथा झाडापखाला तथा हैजाका बिरामीको एक सय ४४ सरकारी तथा निजी अस्पतालबाट निगमित रूपमा निगरानी भइरहेको छ।

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे संसद् भवन बानेश्वरमा बस्नेछ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९’ छलफलका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०८१’ पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

कर्मचारीको तलब समायोजनको तयारी भइरहेको छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको तलब समायोजनको तयारी भइरहेको बताएका छन् ।

सर्वोच्च अदालतको आदेशको सम्मान गर्दै कर्मचारीको तलब समायोजनका विषयमा छलफल भइरहेको प्रधानमन्त्री ओलीले बताएका हुन् ।

२०८१ साउन २९ गते मंगलबार महान्यायाधिवक्ता कार्यालयको अवलोकन भ्रमणका क्रममा आयोजित कार्यक्रममा उनले तलब समायोजनको प्रसंग निकालेका हुन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकमा पनि तलब वृद्धिका विषयमा छलफल भएको थियो । सर्वोच्च अदालतले मर्यादाक्रमअनुसार फरक रहेको तलबमानमा एकरुपता कायम गर्न आदेश दिएको छ। अदालतको आदेश अनुसार साउन १ गतेदेखि नै लागू हुने गरी तलबमान समायोजन गर्ने तयारी सरकारले गरेको छ। समान मर्यादाक्रममा रहेका तर अन्य सरकारी सेवाको भन्दा कम सुरु तलब रहेको कर्मचारीको तलब समायोजन गर्न सर्वोच्चले असार १० गते परमादेश आदेश जरी गरेको थियो।

आदेश अनुसार निजामती सेवाका राजपत्रांकित प्रथम, द्वितीय र तृतीय श्रेणीका कर्मचारीको सुरु तलबमान मर्यादाक्रममा रहेका अन्य सरकारी सेवामा रहेका कर्मचारीसरह हुनेछ।

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर साधारणतया बदली रहेको जनाएको छ । कोशी, मधेस, बागमती, गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

त्यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने बाढीपहिरोको जोखिमबाट जोगिन विभागले सम्बद्ध सबैमा आग्रह गरेको छ। ती स्थानको दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ।

यसैबीच, विभागले विगत छ घण्टामा कोशी प्रदेशको मोरङ, धनकुटा आसपास तथा गण्डकी प्रदेशको लमजुङ आसपास मध्यमदेखि भारी वर्षा भएको जनाएको छ । कोशी प्रदेशको सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गालगायत अन्य भू–भाग, मधेुस प्रदेशको सप्तरी आसपासका क्षेत्रहरूमा, बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, नुवाकोट तथा गण्डकी प्रदेशका गोर्खा, कास्कीलगायत क्षेत्रका साथै लुम्बिनी तथा कर्णाली प्रदेशका केही भागमा पानी परेको थियो।

हेर्नुहोस् आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज साहसी प्रतिभा देखाउने दिन हो। खेलाडी योद्धा र सैन्य जवानहरुले लाभ लिन सक्नुहुनेछ । नयाँ सम्बन्ध तथा माया प्रेमको प्राप्ति हुनेछ। शत्रु वर्ग शरण पर्न आउनेछ्न। उध्योग र भुमि सम्बन्धी क्षेत्रमा लगानी गरे फाइदा होला।

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
आनन्दमय दिन बित्नेछ। यात्रा गर्नुपर्नेछ। बिछोडिएका आफन्तसँग भेट होला। सरकारी कामकाजमा आफ्नो प्रभाव रहनेछ। शैक्षिक क्षेत्रमा सन्ततिसँग सहकार्य गरि अघि बढे सफलता मिल्नेछ । वैदेशिक क्षेत्रका कामहरु अधुरा रहनेछ्न।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
आजको दिन निक्कै राम्रो रहेको छ।रोकिएका कामहरू बन्नेछन् ।संतानको कार्यसाधना हेतु यात्रा गर्नुपर्ने हुनसक्छ ।ब्राम्हण जातिका मित्रबाट सहयोग मिल्नेछ।दिनको उत्तरार्धमा भने अशुभ समाचार सुन्न पाइने छ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
दिन फलदायी रहने छ। आय आर्जनका नयाँ बाटाहरु खुल्न सक्छन् ।घरदेखी टाढा गएर काम गरेमा सफलता मिल्नेछ। व्यस्त भएर दिन बित्नेछ। छोटा मोटा यात्राहरु गर्नुपर्ला।भावी योजना प्रतिफल हुने कार्यमा लगानी गर्नुहोला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आजको समय मिश्रित फलदाता हो। आय आर्जनमा राम्रै प्रगती होला। विश्वास गरेकाहरुले धोका दिन सक्छ्न।प्रसासनिक झमेला नहोला भन्न मिल्दैन। दिनको उत्तरार्धमा मनोरञ्जनात्मक कार्यमा सहभागी हुन पाइने छ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
आज स्वास्थ्य समस्याले सताउला जस्तो छ। आर्थिक नोक्सानीको योग परेको हुनाले आज कुनै पनि कारोबारमा लगानी नगरेकै राम्रो । भाग्यको भर पर्दा बन्न लागेको काम पनि विग्रन सक्छ। सुर्य एवं शनिको उपासना गर्नु जरुरी देखिन्छ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
आनन्दका साथ दिन बित्नेछ।शैक्षिक क्षेत्रमा सफलता प्राप्त होला। अर्थ वाणिज्य क्षेत्रमा लगानी गर्दा राम्रो हुन्छ।घर परिवारको राम्रो सहयोग प्राप्त होला।वाणीको मधुरताले प्रभाव पार्न सकिनेछ।

वृश्चिक ( तो , ना, नि, नु, ने, नो, या, यि, यु )
सामान्य तवरले दिन बित्ने देखिन्छ। काममा ढिलासुस्ती र अल्झन कायमै रहला।छाला तथा नेत्र विकार सम्बन्धि समस्या संभव छ। पुरानो मित्रको सहयोगले मात्र काम बन्न सक्छ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
मनमा कुराहरु खेलीरहने भएकोले कुनै निर्णय गर्न सकिंदैन । द्वितिय मंगलको कारण सैन्य ससस्त्र प्रहरी जवानहरुका लागि पदोन्नति तथा वैदेशिक क्षेत्रमा अवसर मिल्ने दिन छ।आर्थिक र सरकारी कामकाजमा बाधा व्यवधान हुनेछ।हनुमानको उपासना गरे राम्रो होला।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
कार्यक्षेत्रमा गरेको लगानी नाफामुलक हुनेछ। नोकरीमा सम्मान मिल्नेछ। छोटामोटा यात्रा हुनेछ्न । गुप्त शत्रुबाट भने सचेत रहनुहोस।पढाइमा सपलता मिल्नेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
मध्यम खालको दिन रहेको छ। शत्रुहरु सकृय हुन सक्दछन। खनिज जन्य पदार्थको कारोबार गर्नु राम्रो मानिन्छ। विद्यार्थी वर्गहरुका लागि प्रगतिकारक समय रहेको छ। खर्चमा नियन्त्रण गर्नु राम्रो हुन्छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
आज अपरान्ह देखि नयाँ कार्यको थालनी हुनसक्छ। खर्चको वृद्धि नियन्त्रण गर्नुहोला ।वित्तीय सँस्था र कृषिमा गरेको लगानी फलदायी हुनेछ।पति पत्नीमा समझदारीको खाँचो हुनसक्छ ।देवीको उपासना गर्नु राम्रो होला।

रिक्त रहेको स्थानीय तहको उपनिर्वाचन मंसिरको तेस्रो साता गर्न प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन आगामी मंसिरको तेस्रो साता गर्न प्रस्ताव गरेको छ । हालसम्म ३४ वटा स्थानीय रिक्त रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा सोमबार आयोगले उपनिर्वाचनको मिति प्रस्ताव गरेको थियो ।

गत २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात् देशभरबाट विभिन्न कारणले नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी जम्मा ३४ पद रिक्त रहेको आयोगले जनाएको छ ।

टीआरसी विधेयक संसद्मा पेस

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा कानुन न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवदीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गरेकी हुन् ।

विधेयक पेस गर्दै सभापति सुवेदीले तत्कालीन समयको सत्य बाहिर ल्याउन र अपराधमा संलग्नहरुलाई कानुनी कारबाहीका लागि सिफारिस गर्न यो विधेयक निर्माण भएको दाबी गरिन् ।