विदेशी मुद्राको विनिमय दर, डलरको भाउ बढ्दा अरुको के छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलरको मूल्य बढेको छ। मूल्य बढेर अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो बन्दा केही विदेशी मुद्राको मूल्य भने घटेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९८ पैसा थियो।आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८४ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ १० पैसा र बिक्रीदर ८८ रुपैयाँ ४९ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ८४ पैसा थियो।

आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ६७ र बिक्रीदर ३५७ रुपैयाँ २६ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ५४र बिक्रीदर ३५७ रुपैयाँ १४ पैसा थियो।

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे बस्नेछ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ ।
यस्तै सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउनेछन् भने पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०’ पेस गर्ने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची छ ।

यस्तैगरी कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ सदनमा पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

मौसमः यी प्रदेशमा हुँदैछ भारी वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति कोशी,मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आजको राशिफल, कस्तो छ आजको तपाइको दिन (२०८१ साउन २९ गते मगंलबार)

मेषः ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आजको दिन राशी एवं नक्षत्रको हिसाबले निक्कै शुभ बन्ने देखिन्छ। मन संकल्पित काममा सफलता। वैदेशिक व्यापार एवं राजनीतिमा योगदान। विदेशी लगानीकर्तासँग सहकार्यको अवसर। प्रेम एवं वैवाहिक सम्बन्धमा सुमधुरता। शुभ अंक १ शुभ दिशा उत्तर शुभ रंग गुलावि ।

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
मिश्रित फलदाता दिन । निजि व्यवसायमा लगानी गर्दा फाइदा हुने।सामाजिक कार्यक्षेत्रमा समय लगानी गर्नुपर्ने। वैदेशिक लगानीले प्रगतिको गति लिनेछ। घर परिवारमा समय दिन नसकेको गुनासो सुन्नुपर्ने हुनसक्छ।शुभ अंक ५ शुभ रंग कलेजी शुभ दिशा पुर्व।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
आर्थिक हिसाबले शुभ फलदाता दिन रहेको छ। धन संचय हुनेछ। परिवारमा मंगलिक कार्य हुने सुनिश्चित हुनेछ। फलाम तेल औषधीजन्य व्यवसायीहरुको मुनाफा वृद्धि एवं कार्यक्षेत्र विस्ताराको मौका मिल्नेछ।आजको इष्टदेव भैरव हुनुहुन्छ। आराधना पुर्वक दिनको आरम्भ गर्नुहोस।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आर्थिक कारोबारको व्यस्ततामै दिन वित्ने देखिन्छ। खेलाडी ,सैन्य जवान , प्रहरी, र कुटनैतिक क्षेत्रका महानुभावहरुलाइ पदोन्नति तथा मान सम्मान र प्रतिष्ठा मिल्ने योग बनेको छ। यात्राको योग परेको छ। नयाँ सवारी साधनको खरिद तथा घर जग्गाको कारोबारको लागि समेत दिन शुभ मानिन्छ। शुभ अंक ८ शुभ रंग सेतो शुभ दिशा वायव्य ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज विजय प्राप्तिको योग परेको हुँदा निर्णय सदर हुनेछ। मुद्धा मामिलामा जित मिल्नेछ। राजनितिमा सफलता मिल्नेछ।भाग्यले साथ दिएको छ। वित्तीय कारोबार र उर्जा क्षेत्रसँग सम्बन्धित कामबाट मनग्ये लाभ होला। इष्ट देवता गणेश शुभ अंक ४ शुभ रंग रातो शुभ दिशा पुर्व।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
भाग्यले साथ दिएको दिन हो।मनोरथ पूरा होला।वैदेशिक कार्यको लागि सुभ फलदाता नक्षत्र युक्त दिन परेको छ हुनाले लामो यात्राको पहल हुनेछ। ब्राम्हण मान्यजन एवं गुरुदेवको आशीर्वाद प्राप्त हुनेछ।भक्तिमा मन जानेछ।विछोडिएका पति पत्नीको पुनर्मिलको संयोग परेको छ। इष्ट देवता इन्द्रायणी।शुभदिशा आग्नेय शुभ रंग नौनी सेतो शुभ अंक ९ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
दिनको पुर्वार्ध सामान्य ।उत्तरार्ध हर्षबर्धक रहनेछ।भाग्यले साथ दिनेछ।शिक्षा सफल देखिन्छ । नयाँ नोकरी मिल्ने सम्भावना छ।प्रेम सम्बन्ध तथा विवाहको टुंगो लाग्नेछ। दिनको पुर्वार्धमा नसोचेको झमेला तथा मुद्दा मामिलामा फस्नु पर्ने हुनसक्छ परन्तु साथिभाइको सहयोगले समस्याबाट छुटकरा मिल्ला। इष्ट देवता दुर्गा ।शुभ दिशा पश्चिम।शुभ रंग नीलो शुभ अंक ७ ।

वृश्चिक ( तो , ना, नि, नु, ने, नो, या, यि, यु )
कर्म प्रधान दिन रहेको छ। व्यस्त रहनुपर्ला। आफ्नै निर्णयले आफैंलाइ लज्जित बनाउला। शत्रुको योजना सफल हुनसक्छ सचेत रहनुहोला।पती पत्नीको सल्लाह घातक सिद्ध होला ।वैदेशिक यात्रा हुनसक्छ। तेल फलाम ढुङ्गासँग संबंधित कामबाट फाइदा होला। इष्ट देवता सुर्य शुभ दिशा पुर्व शुभ रंग रातो शुभ अंक ५ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
थकित गराउनेवाला दिन। लग्नेश माथी सुर्यको अशुभ प्रभाव ।शत्रुको डटेर सामना गर्नुपर्ने। चोटपटक तथा रोगको कारण खर्च गर्नुपर्ने। भाग्यको बल लामो समयदेखी रोकिएको काम बन्ने। माता पिताको सेवा गर्ने मौका मिल्ने।शैक्षिक क्षेत्रमा गरेको लगानी फलिभुत हुने। इष्ट देवता शिवजी शुभ दिशा इशान शुभ रंग पंहेलो शुभ अंक ११ वा २

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
प्रगतिकारक दिन।सन्तानको कारण मानसम्मान प्राप्ति ।उद्योग कल कारखानामा लगानी गर्नुपर्ने। लगानीले मुनाफाको गति लिने।राजनीति नोक्सान कारक हुनसक्ने। पति पत्नीमा झगडाको स्थिती हुनसक्ने। विपरित लिङ्गका मित्रहरुबाट सचेत रहनुपर्ने। नोकरी चिट्ठा तथा अकस्मात धन प्राप्तिको योग इष्ट देवता कुलदेवता शुभ दिशा दक्षिण शुभ रंग खराने शुभ अंक ७

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
समय राम्रो। गुमेको सम्पत्ती हात लाग्ने । आर्थिक लगानी नगर्नुहोस नोक्सान हुनसक्छ। गुप्त शत्रुबाट सचेत रहनुपर्ने ।विदेशी मित्रहरुसँग सहकार्य गर्ने मौका मिल्ने। संतानको कारण लज्जा बोध होला।गैरसरकारी निकायमा काम गर्ने मौका मिल्न सक्छ। इष्ट देवता कुबेर शुभ दिशा उत्तर शुभ रंग सेतो शुभ अंक ३

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
समय राम्रै। व्यर्थको परिश्रम गर्नुपर्ने। आय र व्ययको सन्तुलन रहने। नेत्र विकार सम्बन्धी स्वास्थ्य समस्या हुनसक्ने।संचित धनमा शत्रुको नजर रहने। प्रशासनिक सहयोग प्राप्त हुने। वाणीमा संयमता अपनाएको राम्रो जग्गा जमिन तथा वैंकिङ लगानीले प्रगतिको गति लिने।इष्ट देवता हनुमान।शुभ दिशा पश्चिम। शुभ रंग सिन्दुरे। शुभ अंक ४ ।

प्रहरीमा ३० वर्षे सेवा अवधि हटाएर एआईजीको पदावधि ४ वर्ष राख्न सुझाव

काठमाडौं । गृह मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्यको नेतृत्वको कार्यदलले अतिरिक्त महानिरीक्षक (एआईजी) को कार्यकाल ४ वर्ष राख्नुपर्ने कार्यदलको अध्ययन निष्कर्ष छ ।

नयाँ प्रहरी ऐनको मस्यौदामा अध्ययन गर्न बनेको कार्यदलले प्रहरीमा विद्यमान ३० वर्षे सेवा अवधि हटाएर एआईजीको पदावधि ४ वर्ष राख्नुपर्ने सुझाव दिएको हो ।

साउन १७ गते कार्यदलले बुझाएको प्रतिवेदन बुझाएको थियो । नयाँ प्रहरी ऐनको मस्यौदामा एआईजीको पदावधि कति वर्ष राख्ने भन्नेबारे ‘विवाद’ छ ।

कार्यदलले ३० वर्षे सेवा अवधि विभिन्न चरणमा हटाउन सुझाएको छ । ३० वर्ष पुरा गरेर अवकाशमा जान लागेका प्रहरी कर्मचारीको सेवा अवधि पहिलोपटक ६ महिनाको दरले बढाउन प्रस्ताव गरिएको कार्यदलका एक जना सदस्यले बताए । ती सदस्यले भने, ‘प्रत्येक आर्थिक वर्षमा ६ महिनाको दरले बढाउँदै लाँदा उपयुक्त हुने हाम्रो निष्कर्ष छ ।’

प्रहरी महानिरीक्षकको पदावधि ३ वर्ष, एआईजीको ४ वर्ष, डीआईजीको ५ वर्ष, एसएसपीको ८ वर्ष र एसपीको हकमा १० वर्ष राख्नुपर्ने प्रस्ताव छ । अवकाशमा जाने उमेर हद आईजीपीको ६०, एआईजी र डीआईजीको ५९ वर्ष, एसएसपीको ५८ वर्ष, एसपी र डीएसपीको ५७ वर्ष बनाउन प्रस्ताव गरिएको छ ।

कार्यदलले प्रहरी र सशस्त्रमा समान पदावधि बनाउन सुझाव दिएको छ ।

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि निवेदन माग

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयको सचिवालयको सिफारिस समितिले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि निवेदन माग गरेको छ ।

आइतबार सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा १२ को उपदफा (५) बमोजिम लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि निवेदन आह्वान गरिएको हो । प्रमुख कार्यकारी अधिकृत पदका लागि नेपाली नागरिक भएको हुनुपर्छ । शैक्षिक योग्यता भने मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानून, इन्जिनियरिङ वा विकाससम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्छ ।

रास्वपाको संसलीय दलको बैठक मंगलबार बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ। मंगलबार बिहान १०ः३० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक आह्वान गरेको हो ।

बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको संक्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे पनि दलको बैठकमा छलफल हुने बुझिएको छ ।

फर्किए भारतीय विदेश सचिव

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएको भारतीय विदेश सचिव विक्रम मिस्री स्वदेश फर्किएका छन् ।

आइतबार बिहान नेपाल आएका भारतीय विदेश सचिव मिस्री सोमबार साँझ स्वदेश फर्किएका हुन् ।

नेपाल भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृह मन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री डा। आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा बखती नियुक्त

काठमाडौं । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा रमेश कुमार बखती नियुक्त भएका छन् ।

सोमबार चार वर्षका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खतीलाई प्रतिष्ठानको कार्यकारी पदमा नियुक्त गरेको हो ।

मन्त्रालयका सहसचिव मदन दहालको संयोजकत्वमा गठन गरिएको समितिले प्रारम्भिक छनौटमा परेका ६ जनामध्येबाट बखतीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । सो पदका लागि ११ जनाको आवेदन परेको थियो ।

सञ्चालक समितिबाट सर्वसम्मत नियुक्तिका लागि सिफारिस गरिए अनुसार सोमबार(आज) नै मन्त्रालयका सचिव स्तरको निर्णयबाट बखतीलाई नियुक्ति दिइएको छ । सञ्चालक समितिको अध्यक्ष मन्त्रालयको सचिव रहने व्यवस्था छ । सचिव मुकुन्द प्रसाद निरौलाबाट शपथ ग्रहणसमेत गरिसकेका कार्यकारी निर्देशक बखतीले बुधवार देखि कार्यभार सम्हाल्दै छन् ।

आज पनि शेयर बजारमा हरियाली, ७०.८१ अंकले बढ्यो


काठमाडौं । दोस्रो कारोबार दिन पनि धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले वृद्धि भएको छ ।
सोमबार शेयर बजार ७० दशमलव ८१ अंकले वृद्धि भइ २ हजार ९ सय ३१ बिन्दुमा बजार रोकिएको हो ।
त्यसो त आज कारोबारमा भने नयाँ रेकर्ड कायम भएको छ ।
आइतबार २५ अर्बको कारोबार भएकोमा आज त्यसको रेडर्क तोड्दै २७ अर्ब बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज २७ अर्ब २४ करोड, २० लाख ३४ हजार ७ सय ६५ रुपैयाँ बराबरको कारोबार भएको हो ।
आज कारोबारमा आएकामध्ये १७१ कम्पनीको शेयरमा वृद्धि, ६८ कम्पनीको शेयरमा गिरावट भएको छ भने ३ कम्पनीको शेयरमा कुनै पनि परिवर्तन भएका छैनन् ।

त्यस्तै आज कारोबारमा आएकामध्ये सूर्यलाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले सबैभन्दा बढी आर्जन गरेका छन् । त्यस्तै हिमालयन लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर कम्पनी, स्वेट गंगा हाइड्रो लगायतका लगानीकर्ताहरुले धेरै कमाएका छन् ।
यसैगरी कुथेली भुकारी स्मल हाइड्रोपावर, लक्ष्मी लघुवित्त कम्पनी, गरिमा डिबेञ्चन २०८५ र कुमारी सवल योजना लगायतका लगानीकर्ताहरुले बढी गुमाएका छन् ।
पछिल्ला दिनहरुमा शेयर बजारमा हरियाली छाइरहेको छ । लामो समय शिथिल अवस्थामा शेयर बजार रहँदा निराश बनेका लगानीकर्ताहरु पछिल्ला दिनहरुमा उत्साहित देखिन थालेका छन् ।

बंगलादेश बैंकका दुई डेपुटी गभर्नरले दिए राजीनामा

ढाका । बंगलादेश बैंकका दुई डेपुटी गभर्नर र फाइनान्सियल इन्टेलिजेन्स युनिटका प्रमुखले अन्ततः विद्यार्थी आन्दोलनको सामना गर्दै सरकारलाई राजीनामा पत्र बुझाएका छन्।

त्यस्तै, राष्ट्र बैंकका एक सल्लाहकारले गभर्नरसमक्ष राजीनामा बुझाएका छन् । अर्थ मन्त्रालयले  दिउँसो १ बजेभित्रै राजीनामा बुझाउनुपर्ने जानकारी दिएको छ ।

उक्त निर्देशनपछि डेपुटी गभर्नर काजी सैदुर रहमान र मोहम्मद खुर्शिद आलमले बिहान राजीनामा पत्र बुझाएका हुन् । बिएफआइयुका प्रमुख मसुद विश्वासले पनि सचिवलाई राजीनामा बुझाएका छन् ।

त्यस्तै, बंगलादेश बैंकका सल्लाहकार अबु फराह मोहम्मद नासेरले गभर्नरलाई राजीनामा बुझाएका छन् ।

शेख हसिना सरकारको पतनपछि आक्रोशित अधिकारी र कर्मचारीहरूको एक समूहले बुधबार विरोध जुलुसमा केन्द्रीय बैंकका गभर्नर, चार डेपुटी गभर्नर, एक सल्लाहकार र बीएफआईयूका प्रमुखको राजीनामा माग गरेका थिए।

एक बिन्दुमा तिनीहरू केन्द्रीय बैंकको मुख्य भवनमा गभर्नरको भुइँमा प्रवेश गरे र एकजना डेपुटी गभर्नरलाई खाली कागजमा हस्ताक्षर गर्न बाध्य पारे। अरूहरू छोड्न बाध्य भए।

त्यसयता उनीहरु बैंक फर्किएका छैनन् । सोमबार उनीहरुले सरकारलाई औपचारिक रुपमा राजीनामा पत्र बुझाएका हुन् ।

बैंकिङ क्षेत्रमा भएको अनियमितता र भ्रष्टाचारमा बंगलादेश बैंकका यी उच्च अधिकारी नै जिम्मेवार रहेको बैंकका आन्दोलित अधिकारीहरुले दाबी गरेका छन् । यी पदाधिकारी आफ्नो पदमा रहिरहँदासम्म बैंकिङ क्षेत्रमा सुशासन कायम नहुने उनीहरुको विश्वास छ ।

प्रधानमन्त्री ओलीलाई क्रसर उद्योग महासङ्घको ज्ञापन



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल क्रसर तथा खानी उद्योग व्यावसायी महासङ्घले आफ्ना उद्योगहरुको नवीकरणमा उत्पन्न समस्याबारे आज ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा महासङ्घका अध्यक्ष सीताराम न्यौपानेसहितका प्रतिनिधिले दर्ता भएको सात सय क्रसर तथा बालुवा उद्योगहरुलाई विगतकै मापदण्डका आधारमा नवीकरण गराउन माग गरेका हुन् । वातावरणसम्बन्धी मापदण्ड, २०५४ र उद्योगका लागि दूरीसम्बन्धी मापदण्ड, २०७१ का आधारमा ती उद्योग सञ्चालन भएकामा २०७७ सालमा संशोधित मापदण्डले नवीकरणमा कठिनाइ भएको महासङ्घको भनाइ छ ।
महासङ्घले उद्योगहरुको नवीकरण नहुँदा करिब रु चार अर्ब लगानी डुुब्ने अवस्थामा रहेकाले विगतमा दर्ता भएका उद्योगलाई कर दस्तुुर लिइ पुरानै मापदण्डका आधारमा नवीकरण गराउन र व्यवहारिक एवं नयाँ मापदण्ड ल्याउन माग गरेको छ ।

एकै दिन एक सय बढी प्रहरीको अवकाश हुँदै

काठमाडौं । आगामी भदौ १५ गतेका दिन करिव एक सय प्रहरीहरुको अवकास हुँदै छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरु सो संख्यामा एकै दिन अवकास हुने भएका हुन् ।

त्यस दिन नेपाल प्रहरीका एक जना नायव महानिरीक्षक (डीआईजी) र सशस्त्र प्रहरीका दुई जना डीआईजी गरी १०८ जना एकसाथ अवकाशमा जाने भएका छन् ।

९० जना नेपाल प्रहरी बाट र १८ जना सशस्त्र प्रहरीका अधिकारीहरुको विदाई हुन लागेको हो ।

नेपाल प्रहरीका बागमती प्रदेशका डीआईजी विष्णुकुमार केसी र सशस्त्र प्रहरीका डीआईजीद्वय अभि खत्री र दुर्गा भट्टराई अवकाशमा जाँदै छन् । डीआईजीत्रय केसी, खत्री र भट्टराईसहित यी १०८ जना २०५१ भदौ १६ मा प्रहरी सहायक निरीक्षक (असई) बाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबैमा उमेरहद, सेवा अवधि र पदावधि जुन पहिले आउँछ, त्यहीअनुसार अवकाश हुने व्यवस्था छ । अहिले सबै जना ३० बर्से सेवा अवधिका कारण अनिवार्य अवकाशमा जान लागेका हुन् । उनीहरुलाई १०५ टोली भनेर पनि चिनिन्छ । असईमा भर्ना भएका उनीहरूले पछि प्रहरी निरीक्षकमा नाम निकालेर डीआईजीसम्म बन्न सफल भएका थिए ।
नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी)पनि अवकाशमा जाने छन् । यस्तै केही डीएसपी पनि अवकाशमा जाने भएका छन् ।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विश्व भट्टराई, एसपीहरु पूर्ण साउद, त्रिभुवन विष्ट, धनबहादुर सिंह, अशोक शाक्य, दीपेन्द्र गिरीलगायतले त्यस दिन अवकाश पाउने भएका छन् । भट्टराई भने सशस्त्र प्रहरीमा स्थानान्तरण भएपछि सिसं २ को सशस्त्र प्रहरी निरीक्षकमा नाम निकाल्न सफल भएका थिए ।

सुनको भाउ घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन तोलामा एक सयले घटेर १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार तोलामा १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुन तोलामा १ लाख ४८ हजार कायम भएको छ । यसैबिच सोमबार चाँदीको मूल्य तोलामा १ हजार ७१५ रुपैयाँ कायम भएको छ ।

मुकुल ढकालले प्रधानमन्त्रीलाई बुझाए १५ पेजको सुझाव, के छन् सुझावमा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ पेजको सुझाव दिएका छन् ।

प्रधानमन्त्री ओलीलाई भेटे ढकालले प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टाचार र बेथिति नियन्त्रण, मिटरब्याज पीडितका समस्या समाधान, खानेपानी, सिँचाइ, मल, बजारको व्यवस्थापन गरी किसानका समस्या समाधान गर्न सुझाव दिएका छन्।

उनले गत जेठ ६ देखि असार ५ गतेसम्म ३८ जिल्ला घुमेर पार्टीमा प्रतिवेदन बुझाएका थिए।

त्यही प्रतिवेदनको अंश पार्टीलाई नबुझाए मिडियामा चुहाएको भन्दै उनलाई स्पष्टीकरण सोध्दै निलम्बन गरिएको थियो।