काठमाडौं । नेपाली सेनामा आफ्नो अवकास हुनुभन्दा एक महिना अगाडिनै प्रधानसेनापतिले आफ्नो कमाण्ड हस्तान्तरण गरेर विदामा बस्ने पुरानै चलन हो । यस पटक पनि प्रधानसेनापति प्रभुराम शर्माले बिहीबार आफ्नो सबै कमाण्डको जिम्मेवारी प्रधानसेनापति अशोकराज सिग्देललाई बुझबुझारथ गरेर विदा भएका छन् ।
उनको अनिवार्य अवकास भने भदौको २५ गते मात्र छ । अवकासको एक महिना अघि उनले विहीबार आफ्नो कार्यकालमा गरेका उपलब्धिको विवरण सार्वजनिक गर्दै कामु प्रधानसेनापति सिग्दललाई बरबुजारथ गरेका हुन् ।
दुई जना उपरथीहरु जागिर नै छोड्न बाध्य
जब शर्माले सेनाको कमाण्ड सम्हाले तब उनी संगठन भित्र निर्मम भए । शर्मा निर्मम बन्दा यसअघि जागिदै आएका दुई जना उपरथीहरुले जागिर नै छोड्न बाध्य भए ।
ति उपरथी थिए ताराध्वज पाण्डे र प्रेमबहादुर शाही । उपरथि पाण्डेले जन्ममितिका कारण जागिरबाट हात धुनु पर्यो भने अर्का उपरथी उमेरकै कारण हिरासातमा नै बस्नु पर्यो र जागिर पनि गयो ।
शर्मापछि प्रधानसेनापति बन्ने लाइनमा रहेका पाण्डेले रथीमा बढुवाको लागि प्रस्ताव गर्दा जागिर चट भएको हो । जन्ममितिका विषयमा विवाद भएपछि प्रधानसेनापति शर्माले छानबिन अगाडि बढाएका थिए । सुरुवाती छानबिनमा उनको जन्ममितिमा कैफियत देखिएपछि उनले कारबाही भोग्नुपहिले नै राजीनामा दिएका थिए ।
अर्का उपरथी प्रेमबहादुर शाहीले त प्रभुरामको कार्यकालमै सैनिक हिरासतसम्म बस्नु प¥यो। उमेर विवादकै कारण शाही र सेनाको लडाइँ सर्वोच्चसम्म पुग्यो।
दुईथरी उमेर रहेका शाहीलाई सेनाले अघिल्लो उमेरका आधारमा अवकाशको पत्र थमायो । तर त्यसविरुद्ध शाही सर्वोच्च पुगे । सर्वोच्चे शाहीको पक्षमा फैसला गर्दै जागिर लम्बिने बाटो खोलिदियो । सर्वोच्चले दिएको जागिर लम्ब्याउने आदेश प्रभुरामले स्वीकार गरेनन्।
५७ वर्षे उमेरहदका कारण २०७९ पुस २० गते उपरथी शाहीलाई अवकाश हुने पत्र थमाइएको थियो । विदा हुनु १५ दिनअघि नै शाहीले पत्र बुझिसकेका थिए । तर आफ्नो जागिर अझै एक वर्ष बाँकी रहेको भन्दै उनी सर्वोच्च पुगेका थिए ।
पछि उपरथी ताराध्वज पाण्डेको नेतृत्वमा उनीमाथि अनुसन्धान गर्न कोर्टमार्सल गठन भयो । पछि आफैँ जन्ममिति विवादमा राजीनामा दिन बाध्य भएका पाण्डेले त्यसअघि शाहीलाई बर्खास्त गर्ने फैसला सुनाएका थिए ।
शर्माले पूर्व प्रधानसेनापतिको निर्णय बनाइदिए भुमिका विहिन
अवकासका लागि घरविदामा बसेका शर्माले आफ्नो कार्यकालमा यस अघिका प्रधानसेनापतिको निर्णयलाई उल्टाएर पुरानै संरचनामा फर्काएका छन् ।
शर्मा भन्दा अगाडिका प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाको संरचना परिवर्तन गरेका थिए । उनले सेनालाई नयाँ संरचनामा लैजान चार वटा भागमा विभाजन गरेका थिए । उक्त संरचनालाई शर्माले भने भुमिका विहीन बनाइदिएका थिए । तत्कालिन प्रधानसेनापति थापाले पृतना नराखि कमाण्डमा लैजाने निर्णय गरेका थिए र उक्त कमाण्ड समय सापेक्ष रहेको दाबी समेत गरेका थिए ।
सेनाका संंरचना पूर्वी, मध्यपूर्वी, उपत्यका, पश्चिम, मध्यपश्चिम, उक्तर पश्चिम र सूदुरपश्चिम गरेर ८ वटा पृतना छन् । थापाले यसलाई परिवर्तन गर्दै पूवी कमान्ड, मध्य कमान्ड, उपत्यका कमान्ड र पश्चिम कमान्ड गरी चार कमान्डको संरचना बनाएका थिए ।