भ्रष्टाचार मुद्दामा दोषी ठहर चूडामणि शर्माको विनोद शर्माको इजलासमा पेशी

काठमाडौं । लोकसेवाका गुरु मानिएका आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मा ढकालको आज सुनुवाई हुँदैछ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर आफैँ आत्मसमर्पण गर्दै डिल्लीबजार कारागारमा पुगेका शर्माले गत शुक्रवार दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेशी तोकिएको छ।

भ्रष्टाचार मुद्दामा विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले सजाय निर्धारण गर्दै उनीसहितका दुई प्रतिवादीसँग दामासाही रूपमा बिगो भराउने फैसला गरेको थियो। बिगो दामासाहीले भाग लगाउँदा हरेकको भागमा २ अर्ब ५ करोड ४६ लाख पर्छ।

बिगोको दोब्बर सजायहुँदा रकम प्रतिव्यक्ति ४ अर्ब १० करोड पुगेको थियो। ३० अर्ब ५२ करोड रुपैंयाको राजस्व फस्यौंट गर्दा ९ अर्ब ५४ करोड रुपैंयामात्रै राज्यकोषमा दाखिला भई अरु रकम अनियमित ढंगले मिनाहा भएको घटनामा शर्मा मुछिएका शर्मालाई विशेषले गत वर्ष शर्मालाई ९ वर्ष कैद सजाय सुनाएको थियो । विशेष अदालतले उनलाई बिगो र जरिवाना गरी ६ अर्ब १५ करोड ७० लाख रुपैयाँ तिराउन आदेश गरेको छ ।

बिगो र जरिवाना वापतको रकम धरौटी राख्न नसकेपछि उनी थुनामा पुगेका हुन् । आफैँ आत्मसमर्पण गरेपछि थुनामा रहेका आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मा ढकालको बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेशी तोकिएको छ।

भारतिय विदेश सचिव मिस्री नेपालमा

काठमाडौं । भारतिय विदेश सचिव विक्रम मिस्री नेपाल आइपुगेका छन् । भ्रमणको क्रममा नेपाल आएका मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम बुझिएको छ ।

परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले स्वागत गरेकी थिइन् ।

लम्सालले भारत भ्रमणमा गएको बेला भारतीय सचिव मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् ।

एक सय दिन भित्र गर्न सकिने कामको योजना बनाई पेश गर्न सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २८ गते भित्र अबका एकसय दिन भित्र सकिने कामहरुको योजना बनाई पेश गर्न सचिवहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गराउने सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रत्येक मन्त्रालयका सचिवहरूलाई पत्राचार गर्दै कार्य योजना बनाई पेश गर्न भनेको हो ।

‘प्रतिनिधिसभामा गरेको सम्बोधन र मन्त्री–सचिवहरूलाई दिएको सामूहिक निर्देशनसमेतका आधारमा प्रत्येक मन्त्रालय तथा केन्द्रिय कार्यालयहरूले सय दिन भित्र गर्न सक्ने कामको कार्य योजनासहित २८ गते भित्र पेश गर्न निर्देशन भएको छ’, प्रशासन सिंहदरवार विशेष स्रोतले भन्यो ।

समृद्ध नेपाल सुखी नेपालीको अभियानकर्तासमेत रहेका प्रधानमन्त्री ओलीले मुलुकमा सुशासन कायम गर्दै सुव्यवस्था दिन लागि परेको बताउँदै आएका छन् ।

‘लिभिङ टुगेदर’मा बसेको केटाले विहे गर्न नमानेको भन्दै आत्महत्या प्रयास

काठमाडौं । राजधानीको माइतीघरमा रहेको राष्ट्रिय झण्डा राखिएको पोलमा चढेर एक महिला हाम फाल्ने प्रयास गरेकी छन् । लामो समयदेखि माइतीघरमा ३५ दिनदेखि धर्ना दिइरहेकी ती महिला शनिबार पोलमा चढेर हामफाल्ने कोशिस गरेकी हुन् ।

दुई वर्षसम्म लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै माइतीघर मण्डलास्थित राष्ट्रिय झण्डा राखेको पोलमा चढेर एक महिलाले आत्महत्याको प्रयास गरेकी हुन् । जुम्ला घर भएकी सहारा शाहीले पोलबाट हामफाल्ने प्रयास गरेकी हुन् ।

धर्नामा बसेकी शाही आज हामफालेर मर्ने भन्दै माइतीघरस्थित पोलमा चढेकी थिइन् । तत्काल उनलाई प्रहरीले उद्धार गरेको छ । यसअघि वैवाहिक बलात्कार मुद्दामा क्षतिपूर्ति नपाएको भन्दै आरती रावल गिरीले पनि यही पोलमा चढेर आत्महत्याको प्रयास गरेकी थिइन् ।

उपेन्द्र यादव नेतृत्वको जसपाको केन्द्रीय समिति बैठक आजबाट

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा( नेपालको नवगठित केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ । आगामी साउन ३० गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल हुने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए।

उनका अनुसार वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, पार्टीको वैचारिक एवं सैद्धान्तिक अवधारण तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल हुनेछ ।

बैठकमा एकताको राष्ट्रिय महाधिवेशनले तय गरेको पार्टीको वैचारिक, सैद्धान्तिक, अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक अवस्थाबारे छलफल हुने जसपा नेपालले जनाएको छ । वर्तमान भूराजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध बैठकको कार्यसूची छ ।

यस्तै, पहिचान र राष्ट्रियरजातीय मुक्तिको सवाल, समाजवादसम्बन्धी अवधारणा जसपा नेपालको आदर्श, वैचारिक एवं सैद्धान्तिक अवधारण तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल हुनेछ । स्थानीय तह, प्रदेशसभा र संसद्मा पार्टीको भूमिका, पार्टी विस्तार तथा सुदृढीकरण कार्ययोजना सम्बन्धमा पनि छलफल हुने जनाइएको छ ।

देशभर आंशिकदेखि साधरणतया बदली रहने सम्भावना

काठमाडौं । आज देशैभर सामाज्यतया बदली रहने पूर्वानुमान गरिएको छ । हाल देशभर हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल बागमती र गण्डकी प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेस प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आजको विदेशी मुद्राको बिक्रि र सटही दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज सबैजसो विदेशी मुद्रको मूल्य तलमाथि भएको छैन। अर्थात् हिजो कारोबार भएकै मूल्यमा आज धेरैजसो विदेशी मुद्राको कारोबार हुने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९९ पैसा निर्धारण भएको छ। आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ८४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ११ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ४४९ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ।

आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ६१ र बिक्रीदर ३५७ रुपैयाँ २० पैसा निर्धारण भएको छ।

गायक प्रकाश तिमिल्सिनाको निधन

काठमाडौं । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ। उनी शनिवार साँझ भैँसेपाटी स्थित डेरामा अचेत अवस्थामा फेला परेका थिए। परिवारका सदस्यहरूले उनलाई तत्काल पाटन अस्पताल पुर्‍याएका थिए । तर चिकित्सकले उनलाई मृत घोषित गरे ।

तिमिल्सीनाको शव आइतबार बिहान ८ बजे सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान नक्साल भगवती बहालमा अन्तिम श्रृद्धान्जलीका लागि राखिने संगीकार चेतन सापकोटाले जानकारी दिए । तिमिल्सिनाको अन्तिम संस्कार आइतबार पशुपति आर्यघाटमा गरिने बताइएको छ।

तिमिल्सिना गायन प्रतियोगिता ‘नेपाली तारा’ मार्फत सङ्गीत क्षेत्रमा उदाएका थिए। भैँसेपाटीमा बस्दै आएका तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका दर्जनौँ गीतले उनलाई नेपाली संगीत प्रेमीहरू माझ एक परिचित र सम्मानित गायकका रूपमा स्थापित गराएको थियो।

गाजाको एक विद्यालयमा इजरायलको हमला, एक सय बढी मानिस हताहत

काठमाडौं । गाजाको एक विद्यालयमा इजरायलले हमला गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छनन् । शनिबार बिहान इजरायलले गरेको हमलामा एक सयभन्दा बढीको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।

हमलामा परि मृत्यु हुनेमा महिला, बालबालिका र वृद्ध छन् । अन्य दर्जनौँ आक्रमण भएको विद्यालयमा धेरैले आश्रय लिइरहेका थिए । बिहानको नमाज पढिरहेका बेला आक्रमण भएको समाचारमा उल्लेख छ ।

स्थानीयका अनुसार विद्यालयमा एकपछि अर्को गरेर तीन रकेट प्रहार गरिएको थियो । उता इजरायली सेनाले भने अल–ताबिन विद्यालय हमासको कार्यालयको रूपमा प्रयोग भएको दाबी गरेको छ । उसले सर्वसाधारणमाथि नभएर हमास आतंकवादीलाई लक्षित गरेर विद्यालयमा आक्रमण गरिएको दाबी गरेको छ ।

बंगलादेशको आन्दोलन : समर्थकलाई उच्च अदालत घेराउ गर्न आह्वान

काठमाडौं । कोटा प्रणालीको भेदभावविरुद्धको विद्यार्थी आन्दोलनका संयोजक आसिफ महमूदले प्रधानन्यायाधीश ओबेदुल हसनको राजीनामा माग गरेका छन् । अन्तरिम सरकारको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका उनले प्रधानन्यायाधीशलाई कुनै प्रकारकको ‘षड्यन्त्र’ नगर्न चेतावनी पनि दिएका छन् ।

उनले शनिबार फेसबुकमा पोस्टमार्फत भनेका छन्,ूफासीवादलाई समर्थन गर्ने र विभिन्न कूकर्ममा संलग्न सर्वोच्च अदालतका प्रधानन्यायाधीशले सरकारसँग परामर्श नगरी अदालतको पूर्ण बैठक बोलाएका छन् । परास्त शक्तिको कुनै पनि षड्यन्त्र सैह्य छैन ।

यसैबीच, आन्दोलनकै अर्को संयोजक हसनत अब्दुल्लाले फेसबुक लाइभमार्फत समर्थकहरूलाई उच्च अदालत घेराउ गर्न आह्वान गरेका छन् ।

उनले उच्च अदालततर्फ मार्चको आह्वान छन् ।

बलात्कार आरोपमा कर्मचारी पक्राउ

काठमाडौं । बलत्कारको आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । प्रहरीले बलत्कारको आरोपमा वैदेशिक रोजगार विभागका करारका कर्मचारीलाई पक्राउ गरेको हो । एक महिलालाई बलात्कार गरेको आरोप कालीमाटीबाट पक्राउ गरिएको हो ।

आजको मौसमः कहाँ–कहाँ हुदैछ वर्षा ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेस र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू र मधेस प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

झापामा डेंगी संक्रमणबाट शिक्षिकाको ज्यान गयो

झापा । झापाको हल्दीबारीमा डेंगी संक्रमणबाट एक शिक्षिकाको ज्यान गएको छ । हल्दीबारी–३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीया शिक्षिका विमला दाहाल पौडेलको उपचारका क्रममा बी एन्ड सी अस्पताल, बिर्तामोडमा निधन भएको हो ।

ती महिला ज्वरो आएर उपचारका लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल पुगेकी थिइन् । तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई बी एन्ड सी अस्पताल लगिएको थियो । पारिवारिक स्रोतका अनुसारको उपचारका क्रममा वी एन्ड सीमै शुक्रबार निधन भएको हो ।

हिन्दुहरुमाथिको हिंसाप्रति राप्रपा नेपालको भत्सर्ना

काठमाडौं । बंलादेशमा जारी हिंसात्मक प्रदर्शनको क्रममा हिन्दुहरू माथि संगठित आक्रमण भइरहेको विषयमा राप्रपा नेपालले घोर भत्सर्ना गरेको छ। आज पार्टीले विज्ञप्ति सार्वजनिक गर्दै धार्मिक आस्थाको आधारमा गरिने हिंसाप्रति सचेत रहनुपर्ने जनाएको छ।

राप्रपा अध्यक्ष थापाले आन्दोलनको बलमा सत्ता परिवर्तन भइसकेपछि हिन्दुहरू माथि अमानवीय र निर्मम आक्रमण हुनु तथा मन्दिरहरुमा तोडफोड गरिनु मानवअधिकारको ठाडो उल्लंघन भएको जनाएका छन्।

हैजा संक्रमितको संख्या ४७ पुग्यो

काठमाडौँ । पछिल्लो विवरण अनुसार देशभर हैजा संक्रममितको संख्या पाँच जिल्लामा पुगेको छ भने ५७ जनामा संक्रमण पसष्ट भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सबैभन्दा बढी ललितपुरमा ३४ जनालाई हैजा देखिएको छ । यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना, प्युठानका २ र रुपन्देहीका १ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ ।

ललितपुर, काठमाडौँ, कैलाली, प्युठान र रुपन्देहीमा हैजा फैलिएको हो ।