कुलमान भन्छन्– ‘चाँडै कुल पुँजीको १० प्रतिशत आइपीओ जारी गर्छों’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब छिटै १० प्रतिशतको आइपिओ जारी गर्ने उद्घोष गरेका छन् ।

आफु प्राधिकरणमा आएको तीन वर्ष पुरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले प्राधिकरणको कुल पुँजीको १० प्रतिशत आईपीओ जारी गर्ने बताएका हुन् ।

आइपिओपाट संकलन भएको रकमले ठूला जलविद्युतमा लगागि गर्ने समेत उनले बताएका छन् । विदुत प्राधिकरणले प्रशारणलाइनमा मात्र लगानी नबढाइ जलविदुत आयोजनामा पनि लगानी बढाएको उनले बताएका छन् । आन्तरिक उत्पादन वृद्धि र अन्य आम्दानी गरी खुद मुनाफा बढेको उनले बताए ।

अहिले विद्यतु चुहावट १२.७३ प्रतिशतमा झारिएको उनको भनाई छ ।

कता गइन् इन्सपेक्टर डा. प्रिति मिश्र ? सम्पर्कमा आउन गृह मन्त्रालयको सूचना

काठमाडौं । गत बैशाख १० गतेबाट १५ दिनका लागि विदामा वसेकी नेपाल प्रहरीको प्राविधिक प्रहरी निरीक्षक (इन्सपेक्टर) डा. प्रिति मिश्र १०५ दिनसम्म कार्यालयको सम्पर्कमा नआएपछि गृह मन्त्रालयले सूचना नै जारी गरि सम्पर्कमा आउन भनेको छ ।

मन्त्रालयले डा मिश्रलाई स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो । शुक्रबार एक सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र आफु गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरणसहित आउन भनेको हो ।

पर्साको साविक हरिहरपुरकी उनी नेपाल प्रहरी अस्पताल, सर्जिकल शाखामा दरबन्दी भई मधेश प्रदेश प्रहरी अस्पताल सप्तरीमा डा. मिश्र बैखाख २५ गते सम्मको विदामा थिइन् ।

बाटेको म्याद बाहे ७ दिन भित्र कार्यालयमा हाजिर हुन सूचना जारी गरिएको हो । अन्यथा प्रहरी नियमावली, २०७१ को नियम ११३ को खण्ड (च)को कसुरमा नियमावलीको नियम १०९ को खण्ड (ख) (१) बमोजिम भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने जारी सूचनामा भनिएको छ ।

२० ठेकेदार कम्पनी कालो सूचिमा थपिए

काठमाडौं । सरकारले थप २० वटा ठेकेदार कम्पनीहरुलाई कालो सूचिमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम २० निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो।

कालो सूचीमा परेको ती कम्पनीहरु अब एक वर्ष देखि तीन वर्ष सम्म कुनै पनि प्रकृयामा भाग लिन नपाउने भएका छन् ।

सम्पति विवरण नबुझाउने व्यक्तिको जरिवाना उठाउन अख्तियारको पत्र

काठमाडौं । सार्वजनिक पद धारण गरेको सम्पत्ति विवरण पेश नगर्ने पदाधिकारीहरुको जरिवाना वापतको रकम लिन नेपाल राष्ट्र बैंकले बैंकहरुलाई पत्र लेखेको छ ।

सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा कर्मचारीले तिर्नुपर्ने जरिवाना संघीय राजस्व खातामै जम्मा गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको हो ।

आर्थिक वर्ष २०७९/०८० को सम्पत्ति विवरण पेश नगरेका सार्वजनिक पदाधिकारी तथा कर्मचारीले जरिवानावापत तिर्नुपर्ने रकम संघीय राजस्व खातामा जम्मा गर्न सकिने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकले सरकारी कारोबार गर्ने वाणिज्य बैंकहरुलाई निर्देशन दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्र बैंकलाई गरेको पत्राचारमा उक्त व्यवस्थाको निम्ति अनुरोध गरेको थियो । सोहीअनुरुप बैंकले पदाधिकारी तथा कर्मचारीले जरिवानावापत तिर्नुपर्ने पाँच हजार रुपैयाँ संघीय राजस्व खाता खुलाई अख्तियारको कोडमा ७७ वटै जिल्लाबाट जम्मा गर्न सकिने व्यवस्था मिलाउन सरकारी वाणिज्य बैंकहरुलाई परिपत्र गरेको हो ।

दरबारमार्ग स्थित टुकुचा नदीमाथि रहेको उक्त सडक भासियो


काठमाडौं । दरबारमार्गस्थित महेन्द्र शालिकबाट काठमाडौं महानगरपालिकाको कार्यालय जाने बाटोमा सडक भासिएको हो ।

गएराति सडक भासिएपछि अहिले आवागमन बन्द भएको छ ।

काठमाडौं महानगरपालिका नगर प्रहरीका अनुसार टुकुचा नदीमाथि रहेको उक्त सडक भासिएको हो ।

बढ्यो सुनको मूल्य

काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा एक हजार पाँच सयले वृद्धि भएको छ । 

बिहीबार प्रतितोला एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन शुक्रबारका लागि एक लाख ४८ हजार एक सय कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला  एक लाख ४७ हजार चार सय निर्धारण भएको छ ।

यसैबीच शुक्रबार चाँदीको मूल्य तोलामा ४० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार छ सय ९० मा कारोबार भएको चाँदी शुक्रबारका लागि भने एक हजार सात सय ३० निर्धारण भएको छ ।

तीन संसदीय समितिको बैठक आज बस्दै

काठमाडौं । आज संघिय संसद अन्तरगत तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।

जसअनुसार बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ ।

बैठकमा नेपालका बाल सुधार गृहमा रहेका बालबालिका र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदनमाथि छलफल हुनेछ ।

बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलश्रोत विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग दफावार छलफल हुने कार्यसूची रहेको छ । बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामा छलफल हुनेछ ।

दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ ।

कुलमान घिसिङले आज पत्रकार सम्मेलन गर्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ्ले आज पत्रकाले सम्मेलन गर्ने भएका छन् । घिसिङले दिउँसो साढे १ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा उनले प्राधिकरणमै पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

लागेको पत्रकार सम्मेलनमा उनले डेडिकेटेड र ट्रंकलाइनको महसुलबारे देखिएको विवादका साथै अन्य समसामयिक विषयमा आफ्नो धारणा राख्ने बताइएको छ ।

मुख्यमन्त्री सिंहले गरे चार सरकारी कार्यालयमा छड्के अनुगमन

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिस सिंहले प्रदेशका केही सरकारी कार्यालयमा छड्के अनुगमन गरेका छन् । सेवाग्राहीबाट व्यापक गुनासो आएपछि उनले ति कार्यालयमा छड्के अनुगमन गरेका हुन् ।

सिंहले बिहीबार एक मन्त्रालय, २ वटा निर्देशनालय र एउटा जिल्ला कार्यालय गरी ४ वटा सरकारी कार्यालयको अनुगमन गरेका हुन् ।

अनुमनका क्रममका कर्मचारीहरुले मापदण्डको पालना नगरेको पाइएको छ ।

बिहीबार बिहान कार्यालय समय सुरु भएपछि मुख्यमन्त्री सिंहले कृषि मन्त्रालय, वन निर्देशनालय, शिक्षा निर्देशनालय र पूर्वाधार विकास कार्यालय धनुषाको निरीक्षण गरेका थिए ।

आदिवासी दिवसको अवसरमा कोशी प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । कोशी प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक विदा दिएको छ ।

आदिवासी दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए।

३० औं अन्तर्राष्ट्रिय आदिवासी दिवसलाई उत्सवका रुपमा मनाउन प्रदेश भित्रका सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको लुइँटेलले जानकारी दिए।

आजको मौसमः मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । आज बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागको भनाइ छ। दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

विभागको भनाइमा कोशी, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ।

आजको राशिफलः चम्कदै छ यी राशि भएका व्यक्तिहरुको भाग्य

मेष : मध्यम समय छ शनिमाथी चन्द्रमाको शुभ प्रभाव रहनाले सुख सान्ति र सन्तोष मिल्नेछ । आज धन लाभको राम्रै योग परेको छ। राहुमाथी चन्द्रमाको प्रतिकुल प्रभावका कारण अपरान्ह पछाडी पेट सम्बन्धी स्वास्थ्य समस्या हुन सक्छ। धेरै मेहनतको बाबजुद मात्रै वैदेशिक क्षेत्र सम्बन्धी काममा सफलता मिल्नेछ

वृष : आजको दिन राम्रै छ। व्यस्तताको बाबजुत समय बित्ने छ।आर्थिक पाटो सामान्य छ।कार्यमा ढिलासुस्ती सम्भव छ।पारिवारिक असहयोगले खिन्नता बढाउन सक्छ। हनुमानको आराधना पुर्वक दिनको आरम्भ गर्नु राम्रो हुनेछ।

मिथुन : वाणिमा नियन्त्रण गरि कार्य गरेको राम्रो हुनेछ। पशु चौपाय तथा गाडी वाहन सम्बन्धी काम गर्ने महानुभावको दिन फलदायी रहेको छ । कर्मचारी तथा विधार्थी वर्गका लागि भने कार्यालयगत झन्झटले काममा ढिलासुस्ती हुनसक्छ।वैदेशिक कार्यक्षेत्र सम्बन्धी काम गर्ने दिन हो आज। आगो तथा करेन्टबाट सावधान रहनु होला।

कर्कट : शैक्षिक क्षेत्रबाट अर्थलाभ हुने दिन रहेको छ। सरकारी कामकाजमा ढिलासुस्ती हुनेछ। सोचे अनुरुप परिवारको साथ नमिल्न सक्छ। आजको दिन कसैलाइ आर्थिक सहयोग नगरेकै राम्रो।पछि फिर्ता नहुन पनि सक्छ। ॐ गं गणपतये नमस् यो मन्त्र २४ पटक कम से कम वा सो भन्दा बढी जप गर्नुहोला दिन थप उर्जावान बन्नेछ।

सिंह : दिन प्रगतिशील देखिन्छ ।आय आर्जनका नयाँ श्रोतहरु मिल्नेछ्न। आज फलफुल अनाज कपडा सम्बन्धी कारोबार गर्ने लेखा सम्बन्धि काम गर्ने मित्रहरूले विशेष लाभ उठाउनु हुनेछ ।नोकरी एवं राजनितिमा अपरान्ह पछि पदिय जिम्मेवारी पुर्वक सम्मान ग्रहण गर्ने अवसर मिल्न सक्छ।

कन्या : आजको दिन फलदायी रहेको छ। गुमेको धन फिर्ता हुनसक्छ । विछोडीएको मित्रसँग भेट हुनसक्छ।पतिपत्नीको सहकार्यमा नयाँ कामको थालनी गर्न आजको दिन राम्रो मानिएको छ। सन्तान वर्गको प्रगतिले मनमा हर्ष होला।भुमी तथा वित्तिय क्षेत्रमा लगानी गर्नु उचित हुनेछ ।

तुला : आर्थिक हिसाबले निकै राम्रो समय छ। राजनीतिमा मन जानेछ ।गुमेको सम्पत्ती हात लाग्न सक्छ। परिवार जनसँग भने छुट्टीएर बस्नुपर्ने हुनसक्छ।सन्तानको लागि लागानी गर्ने समय हो।

वृश्चिक : आर्थिक तथा कार्यगत हिसाबले दिन राम्ररी बित्नेछ ।भाग्य बलियो भएकोले अड्किएका कामहरु बन्लान।घर भित्रको काममा सामान्य झमेला सम्भव छ। व्यवसायीक तथा प्रसासनिक काममा भने सुर्यको प्रभावले सफलता मिल्नेछ।

धनु : सामान्य तवरले दिन बित्ने देखिन्छ। काममा ढिलासुस्ती र अल्झन कायमै रहला।छाला तथा नेत्र विकार सम्बन्धि समस्या संभव छ। पुरानो मित्रको सहयोगले मात्र काम बन्न सक्छ। ॐ घृणी सुर्याय नमस् यो मन्त्रको २१ पटक जाप गरि दिनको आरम्भ गर्नु राम्रो हुनेछ।

मकर : दिन फलदायी रहने छ। आय आर्जनका नयाँ बाटाहरु खुल्न सक्छन् ।घरदेखी टाढा गएर काम गरेमा सफलता मिल्नेछ। व्यस्त भएर दिन बित्नेछ। छोटा मोटा यात्राहरु गर्नुपर्ला। नयाँ सम्बन्धको सुत्रपात हुनसक्छ । आय व्ययको सन्तुलन हुनाले फाइदा भने शून्य नै हुनसक्ला।भावी योजना प्रतिफल हुने कार्यमा लगानी गर्नुहोला।

कुम्भ : समय रामो छ राजनैतिक तथा प्रसासनिक कार्यमा प्रभुत्व रहने छ। कर्मचारी वर्गहरुलाइ स्याबासी मिल्ने दिन रहेको छ। बिद्यार्थी बर्गहरुले सामाजिक कार्यमा योगदान गर्नुपर्ने हुनसक्छ। दिनको उत्तरार्धमा विशिष्ट महानुभावसँग भेटघाटका साथ गौरवशाली कार्यमा योगदान गर्न पाउने अवसर प्रप्त हुन सक्छ।

मीन : मनमा कुराहरु खेलीरहने भएकोले कुनै निर्णय गर्न सकिंदैन ।मंगल ग्रहको कारण सैन्य ससस्त्र प्रहरी जवानहरुका लागि पदोन्नति तथा वैदेशिक क्षेत्रमा अवसर मिल्ने दिन छ।आर्थिक र सरकारी कामकाजमा बाधा व्यवधान हुनेछ।हनुमानको उपासना गरे राम्रो होला।

आज नागपञ्चमी पर्व, घरको मूलढोकामा नागको तस्बिर टाँसी पूजार्चना गरिदै

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसी पूजार्चना गरी मनाइँदैछ। यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ।

नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो। वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा छ। वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ।

प्रत्येक घरमा नाग रहेका हुन्छन्। घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परा छ। उदयकालको पञ्चमी तिथी भएकाले आज दिनभर नै घरघरमा नाग टाँस्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक ज्योतिष पण्डित सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।

काठमाडौँका नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा आज विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दूबो, खीर र रोटीलगायत परिकार प्रसाद चढाउने गरिन्छ।

नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ। भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेषनागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मानिन्छ।

श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ। विष्णुको नवौंँ अवतारका रुपमा जन्म लिएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति छ। मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ। जैन तीर्थङ्करहरूको शिरमा समेत सर्पाकार मुकुट हुन्छ। जुन घरमा नागको पूजा हुन्छ, त्यो घरमा लक्ष्मीको वास हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवा प्रवेश गरेको आरोपमा लेखापालविरुद्ध मुद्धा

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवा प्रवेश गरेको आरोपमा एक लेखापालविरुद्ध भ्रष्टाचार मुद्धा चलाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, बुटवल वितरण केन्द्रमा सहायक लेखापाल सुधीरकुमार चतुर्वेदीविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दा दायर गरेको हो ।

सेवा प्रवेश गर्दा चर्तुर्वेदीले विहार संस्कृत शिक्षा बोर्डबाट मध्यमा तह द्वितीय श्रेणीमा उत्तीर्ण गरेको लब्धांक पत्र, अस्थायी प्रमाणपत्र, श्री जगनाथ शाह संस्कृत प्रा सह माध्यमिक विद्यालय, कौडिहार चौक महाविर नगर, रक्सौल पूर्वी चम्पारण बिहारबाट जारी आचरण प्रमाण–पत्रलगायत शैक्षिक योग्यताका कागजात पेस गरेका थिए ।

चतुर्वेदी २०६६ कात्तिक ९ मा सेवा प्रवेश गरेका थिए । उनी क्लर्क (लेखा तह–घ) पदमा पदस्थापन भएका चर्तुर्वेदी त्यसपछि बढुवा भई सहायक लेखापाल बनेका थिए ।

अनुसन्धानका क्रममा उनले पेस गरेका सबै कागजातहरु नक्कली भएको भेटिएको अख्तियारले जनाएको छ ।

विद्युत प्राधिकरणः दुई सञ्चालकलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सरकारको ठाडो आदेश नेपाल विद्युत प्राधिकरणका दुई सदस्यलाई हटाएको विषयमा सर्वोच्चले नहटाउन अन्तरिम आदेश दिएको छ ।

बिहीबार सर्वोच्चका न्यायधीश सुनिल कुमार पोखरेलको एकल इजलासले प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाउने निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएको हो ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका सञ्चालकद्धय भक्तबहादुर पुन र कपिल आचार्यलाई सदस्यको जिम्मेवारीबाट हटाएका थिए ।

समिति सदस्यबाट हटाइएका यी दुई जना सदस्य डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा उद्योगीले बक्यौता तिनुपर्ने पक्षमा थिए । नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको कोटामा नियुक्त भएका उनीहरूलाई ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले पदमुक्त गरेर पूर्व सचिवद्धय देवेन्द्र कार्की र महेन्द्र गुरुङलाई नियुक्ति गरिएको छ ।

डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा उद्योगीले बक्यौता तिनुपर्ने अडान लिइरहेका उनीहरूलाई १५ साउनमा लिखित स्पष्टीकरण सोधेका थिए ।

मन्त्रीले हटाएसँगै उनीहरु अदालत पुगेका थिए ।