सकिदैछ प्रधानसेनापतिको कार्यकाल, शुक्रबारदेखि घर बिदामा बस्ने

काठमाडौं । आगामी भदौ २४ गतेदेखि प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे कार्यकाल समाप्त हुँदै छ । कार्यकाल समाप्त हुन लागेसँगै उनी शुक्रबारदेखि घरविदामा बस्न लागेका छन् ।

प्रधानसेनापति शर्माले आफ्नो कार्यकाल समाप्त हुन लागेसँगै आफ्ना कार्यकालकामा भएका प्रगति विव।ण सार्वजनिक गरेका छन् ।

उनले बुधबार सकल दर्जालाई सम्बोधन गर्दै आफ्नो कार्यकालका उपलब्धिबारे जानकारी गराएका हुन्।

आफ्नो कार्यकालका लागि निर्धारण गरिएका लक्ष्य र प्राप्त उपलब्धिको समीक्षा गर्दै प्रधानसेनापति शर्माले सदैव इमान्दारिता, वफादारिता, निःस्वार्थ भाव र निरन्तर परिश्रमलाई मूलमन्त्रको रूपमा अंगीकार गरी कार्य जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन् ।

उनले भने– ‘व्यक्तिगत स्वार्थभन्दा संस्थागत स्वार्थलाई शिरोपर गरी राष्ट्र तथा संगठनको हितअनुरूप कार्य गर्नुहोला। भावी प्रधानसेनापतिलाई पनि मलाई जस्तै साथ र सहयोग मिल्ने विश्वास लिएको छु ।,’

त्यस अवसरमा नेपाली सेनाले निर्माण जिम्मा लिएका विभिन्न पूर्वाधार आयोजनाको प्रगति अवस्थाबारे प्रधानसेनापति शर्माले जानकारी गराएका थिए। काठमाडौँ–तराई मधेश द्रुतमार्गका १२ वटा प्याकेजको ठेक्का कार्य सुरू भएको, नौ वटा सुरुङमार्गमध्ये चार वटाको ‘ब्रेक थ्रु’ भइसकेका, पहिलोपल्ट अग्ला पुलको निर्माण कार्य अगाडि बढेकोलगायत विवरण उनले प्रस्तुत गरे।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको प्रक्रियागत कार्य सम्पन्न भई भवन निर्माणको चरणमा गएको उनले जानकारी दिए। नेपाली सेनाले काम गरिरहेको कर्णाली करिडोरअन्तर्गत लालिबगर–दुल्लिकुन्ना ११ किलोमिटर खण्डको निर्माण कार्य सम्पन्न भई हुम्ला जिल्लाको सदरमुकाम सिमिकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको पनि प्रधानसेनापति शर्माले समीक्षा प्रतिवेदनमा उल्लेख छ।

६ किलो कोकिनसहित एक जना विदेशी नागरिकलाई पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो कोकिनसहित एक जना विदेशी नागरिकलाई पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले बुधबार लात्भिया देश घर भएका ५१ वर्षीय इभार्स भाल्टर्सलाई पक्राउ गरेको हो ।

ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यका अनुसार दोहाबाट कतार एयरवेजमार्फत काठमाडौं आएका भाल्टर्स विशेष सुचनाका आधारमा पक्राउ गरिएको हो ।

आजको राशिफलः कस्तो छ आज तपाईको दिनचर्या ?

मेष

मिश्रित फलदाता दिन छ। विपरित लिङ्गका मित्रहरुसँगसहकार्य गरि काम गरेको राम्रो।शत्रुबाट जोगिएर चल्नुहोला।गाडी बाहन निजि साधनबाट चोटपटकको सम्भावना रहन्छ।प्रसासनिक काममा सफलता मिल्नेछ ।

वृष

भाग्यले साथ दिनेछ। रोकिएका कामहरु बन्नेछन।पारिवारिक सर सहयोगमा गरेको काम प्रगतिशील हुनेछ।पानी तथा दुग्ध व्यवसायीहरुलाइ आज निकै फाइदा हुनेछ ।

मिथुन

व्यस्तताका बाबजुद दिन बित्ने देखिन्छ। लामो समयदेखि रोकिएका काम बन्नेछ्न। वैदेशिक कार्यमा सफलता मिल्नेछ। सन्तान र परिवारको लागि खर्च गर्नुपर्ने हुनसक्छ ।भाग्यले राम्रै साथ दिएको अवस्था हो ।सारा कार्यहरु दिनको उत्तरार्धमा फलिभुत हुनेछन् ।

कर्कट

दिन राम्रै छ। भुमी तथा वाहन सम्बन्धी लाभ मिल्नेछ।यात्राकारक दिन रहेको छ। विशिष्ट पाहुनाहरुको आगमन हुनसक्छ। मिष्टान्न भोजनको योग परेको छ।अनावश्यक खर्चबाट बचेर चल्नुहोला।

सिंह

भाग्यले साथ दिए पनि मन चन्चल हुनाले काम बिग्रन सक्छ।लग्नेष मंगल ग्रहको प्रभावले स्थानान्तरण गराउन सक्छ।आफन्त दाजुभाइ दिदीबहिनीबाट आर्थिक लाभ मिल्नेछ। मजदुर तथा कृषक वर्गको भलाइमा राजकिय कार्य सम्पादन हुनेछ।

कन्या

आजको दिन आय आर्जनको दिन रहेको छ ।व्यपार व्यवसाय फस्टाउने, राजकीय पदवी , मानसम्मान मिल्ने,लगानिका नयाँ क्षेत्रहरू मिल्ने अध्ययन अध्यापनमा सफलता प्राप्त हुने देखिन्छ।

तुला

आनन्दमय दिन बित्नेछ। यात्रा गर्नुपर्नेछ। बिछोडिएका आफन्तसँग भेट होला। सरकारी कामकाजमा आफ्नो प्रभाव रहनेछ। शैक्षिक क्षेत्रमा सन्ततिसँग सहकार्य गरि अघि बढे सफलता मिल्नेछ । वैदेशिक क्षेत्रका कामहरु अधुरा रहनेछ्न।

वृश्चिक

आज साहसी प्रतिभा देखाउने दिन हो। खेलाडी योद्धा र सैन्य जवानहरुले लाभ लिन सक्नुहुनेछ । नयाँ सम्बन्ध तथा माया प्रेमको प्राप्ति हुनेछ। शत्रु वर्ग शरण पर्न आउनेछ्न। उध्योग र भुमि सम्बन्धी क्षेत्रमा लगानी गरे फाइदा होला।

धनु

आजको दिन राम्रै छ। व्यस्तताको बाबजुत समय बित्ने छ।आर्थिक पाटो सामान्य छ।कार्यमा ढिलासुस्ती सम्भव छ।पारिवारिक असहयोगले खिन्नता बढाउन सक्छ। हनुमानको आराधना पुर्वक दिनको आरम्भ गर्नु राम्रो हुनेछ।

मकर

मिश्रित खालको दिन रहेको छ। सामान्य झमेलाहरु आइलाग्न सक्छ्न। अपरान्ह पछाडी मंगलको प्रभावले नबनेको काममा सफलता मिल्ला। गुमेको धन फिर्ता हुन सक्छ। पारिवारिक स्वास्थ्यमा सुधार हुनेछ।

कुम्भ

आर्थिक हिसाबले निक्कै राम्रो दिन रहेको छ। भाग्य बलियो भएकोले जग्गा जमिन र बैंकिङ क्षेत्रका कामहरु बन्लान।प्रसासनिक काममा सुर्यको प्रभावले सफलता मिल्नेछ। लग्नेश गुरुको कारण कामको मुल्यांकन हुने तथा स्यावासी मिल्ने देखिन्छ।

मीन

आजको दिन फलदायी रहेको छ। गुमेको धन फिर्ता हुनसक्छ । विछोडीएको मित्रसँग भेट हुनसक्छ।पतिपत्नीको सहकार्यमा नयाँ कामको थालनी गर्न आजको दिन राम्रो मानिएको छ। सन्तान वर्गको प्रगतिले मनमा हर्ष होला।भुमी तथा वित्तिय क्षेत्रमा लगानी गर्नु उचित हुनेछ ।

हेलिकप्टर दुर्घटनाका विषयमा छानमिन गर्न जाँचबुझ आयोग गठन

काठमाडौं । नुवाकोटमा बुधबार भएको हेलिकप्टर दुर्घटनाको छानमिन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा जाचबुझ आयोग गठन गरेको हो ।

त्यस्तै इलेक्ट्रिकल इन्जिनियर विष्णु बस्नेत र इलेक्ट्रिकल इन्जिनियर तमुजा पोखरेल जाँचबुझ आयोगको सदस्य रहने सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

बुधबार दिउसो नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्याचौरमा हेलिकप्टर दुर्घटना हुँदा चार चिनिया नागरिसहित पाँच जनाको मृत्यु भएको थियो ।

सिटिइभिटीको उपाध्यक्षमा फेरि फर्कने दाउमा अधिकारी

भक्तपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)ले प्राविधिक जनशक्ति उत्पादन गराउने शिक्षा दिदै आएको छ । यो संस्थाको उपाध्यक्ष खगेन्द्र अधिकारीको चार वर्षको कार्यकाल असार १ गतेबाट सकिएको छ । तर, यहाँ नयाँ उपाध्यक्ष नियुक्तिको प्रकृया अगाडि बढाउन कसैले चासो देखाएका छैनन् ।

विद्यार्थी संघ संगठनको दुहुनो गाइ जस्तै यो संस्थामा क्षमतावान व्यक्तिको ठुलो आवश्यकता छ । कार्यकाल सकिएका उपाध्यक्ष अधिकारीले आफ्नो चार वर्षको कार्यकालमा खासै चित्त बुझ्दो काम गरेको देखिदैन ।

सिटिइभिटी भित्र एमाले इतर आस्था राख्नेहरुले तेह्रथुम, झापा, भोजपुर लगायतका स्थानमा पोलि टेक्निक ईन्स्टिच्युट बनाउन भरपुर मेहनत गरेर अधिकासं स्थानमा नतिजा दिए पनिउपाध्यक्ष अधिकारीले संस्था प्रति कुनै योगदान दिन नसकेको बुझिएको छ ।

अधिकारी झापा घर भएको नाता जोडेर बेला बेलामा बालकोट पुगेर संस्थाका गतिविधिहरु सबै मैले गरेको हो भनेर गलत रिपोर्टिङको बलमा फेरि उपाध्यक्ष हुने दौडमा लागेको एमाले वृत्तबाटै सुनिएको छ ।

आफ्नो कार्यकाल भरी नै कुनै काम गर्न नसकेका निजी कलेज संचालकसमेत रहेका अधिकारीलाई जागिर दिन की काम गराउन ल्याउने हो भन्ने विषय चौतर्फी टिप्पणी हुन थालेको छ ।

सरकार सफल भएको आम जनता बीच सन्देश राम्रो जाने गरिको क्षमतावान व्यक्ति आवश्यक परिरहेको बेला उनी नै फेरि दोहोरिन खोज्नु सिटिइभिटीको दुर्भाग्य हुने निश्चित नै छ ।

शिक्षालाई प्रविधिसँग, प्रविधिलाई सीपसँग, सीपलाई रोजगारीसँग जोडने उद्देश्यले अगाडि बढेको यो संस्था भित्र चर्को राजनीतिका कारण कामले भने अपेक्षित गति लिन सकेको छैन ।
अराजकता मौलाएको यो संस्था भित्रका हरेक महाशाखामा स्वार्थ केन्द्रित चलखेल हुन्छ भन्ने नागरिकको तहमा आउने गुनासो सम्बोधन गर्न सक्ने ब्यक्तिलाई उपाध्यक्ष बनाउनुपर्ने आवाज चौतर्फि उठेको छ ।
अधिकारी आफु दोहोरिन पाउँ भन्दै शक्तिकेन्द्र धाउन थालेको देख्नेहरु एमालेमा पद पाएर पनि नतिजा दिन नसक्ने अधिकारी मात्रै छ र ? भन्दै प्रश्न गर्न थालेका छन् ।

नापी कार्यालय ललितपुरका सर्वेक्षकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक सञ्जीवकुमार यादवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनीहरूले चार लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दे अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।अख्तियारले मुद्दा दायर गरेकामा सर्वेक्षक यादव, भूमि सुधार तथा मालपोत कार्यालय ललितपुरका खरिदार मोतिराम सुवेदी र आरबी लेखापढी सेन्टरका सञ्चालक रामबाबु भुजेल छन् ।

जग्गा हालसाबिक गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको उजुरी परेपछि अख्तियारले उनीहरूमाथि निगरानी बढाएको थियो ।

यसैक्रममा केही दिनअघि टंगालस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले यादव र भुजेललाई सेवाग्राहीबाट चार लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।थप अनुसन्धान गर्दा यादव, सुवेदी र भुजेलसमेतको मिलोमतोमा जग्गा हालसाबिक गर्न गराउनको लागि सेवाग्राहीसँग चार लाख रुपैयाँ घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

दायर गरिएको मुद्दामा उनीहरूसँग चार लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।

नेप्से परिसूचकमा एक सय आठ अङ्कको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार उच्च अंकले बढेर बन्द भएको छ । आज नेप्से १०८.३५ अंकले बढेर दुई हजार ७ सय ५९ दशमलब ६७ विन्दुमा बन्द भएको हो । नेप्से परिसूचक एक सय आठ दशमलव ३५ अङ्कले बढेर दुई हजार सात सय ५९ दशमलव ६७ को बिन्दुमा कायम भएको हो ।      

आज नेप्सेमा १७ अर्ब ९५ करोड ९ लाख बराबरको करोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये २३९ वटाको बढेको छ भने ३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ९ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।  

आज नेप्से परिसूचक चार दशमलव ०८ प्रतिशतले बढेको हो । तीन सय ३० कम्पनीको तीन करोड ८० लाख ४१ हजार दुई सय ६७ कित्ता शेयर दुई लाख १२ हजार छ सय ८१ पटक खरिदबिक्री हुँदा १७ अर्ब ९५ करोड नौ लाख १८ हजार छ सय २७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । सबै समूहको उपसूचक बढेको छ । 

सबैभन्दा धेरै अन्य समूहको उपसूचक सात दशमलव ८९ प्रतिशतले बढेको छ । बैंकिङ दुई दशमलव ३२, विकास बैंक चार दशमलव ५१, वित्त सात दशमलव ६३, होटल तथा पर्यटन पाँच दशमलव १३, जलविद्युत् पाँच दशमलव ७२, लगानी तीन दशमलव ८९ र जीवन बीमा तीन दशमलव ९७ प्रतिशतले बढेको छ । 

त्यस्तै उत्पादन तथा प्रशोधन तीन दशमलव ५३, लघुवित्त दुई दशमलव १७, म्युचुअल फन्ड एक दशमलव ०१, निर्जीवन बीमा तीन दशमलव ०८ र व्यापार समूह पाँच दशमलव ५३ प्रतिशतले बढेको छ । आज १० वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दुई सय ३९ कम्पनीको शेयर मूल्य बढ्दा तीन वटा कम्पनीको मात्रै घटेको छ । 

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमालयन इन्स्याेरेन्स लिमिटेडको एक अर्ब ५३ करोड ५३ लाख ६० हजार चार सय ७३ बराबरको १६ लाख ९४ हजार २१ कित्ता शेयर किनबेच भएको छ ।

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाइलटसहित पाँचै जनाको मृत्यु

काठमाडौं । आज नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनामा सवार पाँचै जनाको ज्यान गएको छ । क्याप्टेनसहित अन्य ४ चिनियाँ पर्यटकको ज्यान गएको हो ।
हेलिकप्टरमा पाइलट अरुण मल्ल थिए । अन्य चार जना चिनियाँ नागरिक रहेका छन् ।

नुवाकोट हेलिकप्टर दुर्घटनाः पाँच जना थिए सवार, चार जनाको शव फेला

काठमाडों । नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनामा चार जनाको शव फेला परेको खबर प्राप्त भएको छ ।

एयर डाइनेस्टीको ९एन एजेडी हेलिकप्टर हेलिकप्टरमा पाँच जना सवार रहेको खुलेको खुलेको छ ।

बुधबार दुर्घटना भएको काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको थियो ।

हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए ।

चिनियाँ पर्यटकमा जुदाड टाङ , जी लि , यियाद वु र जेमिङ सी रहेका छन् ।

हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो ।

नुवाकोटमा हेलिकप्टर दुर्घटना

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका ७ मा हेलिकप्टर दुर्घटना भएको छ ।

सूर्याचौरको जंगलमा हेलिकप्टर दुर्घटना भएर आगलागी भइरहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिएका छन् ।

स्थानीयहरुका अनुसार केहीबेरअघि त्यहाँ ठूलो आवाज आएको र हेलिकप्टर दुर्घटनाको खबरपश्चात आफूहरु त्यहाँ जान लागेको बताए ।

टीआरसीमा भएको सहमति कार्यदलले बुझायो शीर्ष नेतालाई

काठमाडौं । लामो समयदेखि अल्झेर रहेको संक्रमणकालीन न्यायसम्बन्धीको विधेयकका विषयमा भएको सहमतिसहितको प्रतिवदेन आज कार्यदलले शीर्ष नेतालाई बुझाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक कार्यक्रमकाबीच कार्यदलका संयोजक तथा गहृमन्त्री रमेश लेखकले उक्त प्रतिवेदन बुझाएका हुन् ।

उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको उपस्थिति रहेको थियो ।

गत बिहीबार संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) मा सहमति जुटाएका छन् ।

एआइजी श्याम ज्ञवालीको कर्तुत छताछुल्ल, कानुनी दायरामा ल्याउने तयारी

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले एआइजी श्याम ज्ञवालीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट हटाउने निर्णय गरेको छ । त्यतिमात्र हैन ज्ञवालीलाई सरकारले आर्थिक लेनदेन र पदको चरम दुरुपयोग गरेको भन्दै अब कार्वाहीको दायरामा ल्याउने तयारी गरिरहेको बुझिएको छ ।

सहकारी ठगीको फाइल दबाउने र सुन तस्करलाई जोगाएको भनेर यसअघि विवादित देखिएका ज्ञवालीका विषयमा पर्याप्त प्रमाण फेला परेको बुझिएको छ । नेपाल प्रहरीमा ‘कु’ गरेर आइजिपी बन्ने चलखेलमा धेरै अगाडिबाट सक्रिय रहेका उनलाई अब भने कानुनी दायरामा ल्याइने निश्चित नै भएको छ ।

एआइजी टेकप्रसाद राई नेतृत्वमा गठित छानबिन समितिमा पीडितहरूबाट पर्याप्त प्रमाणहरू समेत पेश गरिसकिएको बुझिएको छ ।
ज्ञवालीले सहकारीको फाइल दबाएको, सुन तस्करीलाई सघाएको, बालमन्दिरको जग्गा हिनामिना गर्ने व्यक्तिहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेको, तत्कालीन सेन्चुरी बैंकको कर्जा हिनामिना आरोपितसँग हिमचिम गरेकोलगायतका आरोप उनीमाथि लागेका छन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रमेश लेखकले सीआईबीका तत्कालीन प्रमुख ज्ञवालीको बदमासीको बारेमा संक्षिप्त जानकारी गराएको एक मन्त्रिले बताएका छन् ।

लेखकले ज्ञवालीलाई सोही ठाउँमा राख्दा प्रमाणहरू नष्ट गर्ने देखिएकाले सरुवा प्रस्तावसमेत लगेको ति मन्त्रिले बताए । १६ गतेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रहरी निरिक्षक बसन्त कुँवरले ज्ञवालीको विषयमा छानमिन भइरहेको समेत बताएका थिए ।

तत्कालिन गृहमन्त्रि रवि लामिछानेले एआइजी किरण बज्राचार्यलाई हटाएर ज्ञवालीलाई सीआइबी प्रमुख बनाएका थिए । त्यसबेला रवि लामिछानेको बचाउमा ज्ञवाली खुलेआम लागेका थिए । अपराध अनुसन्धानमा अब्बल इतिहास बनाएको सीआइबीको छवि नै समाप्त हुने गरी ज्ञवालीले पदको चरम दुरुपयोग गरेको धेरैले टिप्पणी गरेका छन् ।ज्ञवाली माथि काठमाडौंको एलओडी क्लबमा भएको एउटा अपराधको अनुसन्धान दबाएको विषयमा पनि छानमिन भइरहेको स्रोतले दाबी गरेको छ ।

गृहमन्त्रि लेखकले बैठकमा प्रस्तुत गरेको विषयलाई उदृत गर्दै एक मन्त्रीले ज्ञवालीले जिम्मेवार प्रहरीको हैसियतमा पदको चरम दुरुपयोग गरेको प्रमाण भेटिएपछि छानमिन सुरु गरिएको हो ।

छानमिन समितिले सबै प्रमाणहरू संकलन गरेपछि उसको सिफारिसका आधारमा उनीमाथि सरकारले कारबाही गर्नेछ ।

दुर्गा पूजाको नाउँमा लाखौँ निकासा गरेका निलम्बित मेयरले दिएनन पूजाको चन्दा

रौतहटको कटहरिया नगरपालिकाका निलम्बित मेयर अजय प्रकाश जैसवालले सिंगो बर्ष बित्दा पनि दुर्गा पूजाको चन्दा दिन सकेका छैनन्।
भ्रष्टाचार गरेको अभियोगमा केही समय अघि निलम्बित भएका मेयर जैसवाल सिंगो आर्थिक बर्ष २०८०/०८१ बित्दा पनि आफैले साकार गरेको दुर्गा पूजाको चन्दा दिन नसकेको हो। बरु दुर्गा पूजाको विधुत पोलमा झिलिमिली बत्ति लगाएको भन्दै लाखौं रुपैयाँ निकासा गरिएको छ तर पूजामा भने हालसम्म एकपैसा चन्दा नदिएको पूजा समितिले गुनासो गर्दै आएको छ। कटहरिया स्थित आस्थाको केन्द्र दुर्गा मन्दिर नगरपालिकाको प्राङ्गणमै छ जहाँ दुईदशक भन्दा बढी समय देखि प्रत्येक बर्ष बडा दसैंको अवसरमा १० दिनसम्म विधिवत रूपमा पूजा हुँदै आएको छ। पूजा अवधिमा कटहरिया नगरपालिकाको प्रायः सबै वडाका सैयौं मानिस भक्तजन महिला पुरूष १० दिनसम्म रातो रंगको कपडा लगाएर पूर्ण आस्थाका साथ दुर्गा माताको पूजा आराधना गर्ने गर्दछन्।
गतबर्षको पूजामा कुल ७ लाख ८४ हजार ४१९ रुपैयाँ खर्च भएको दुर्गा पूजा समिति कटहरियाले सार्वजनिक गरेको थियो। सो मध्ये स्थानिय द्वारा कुल ५ लाख,८५ हजार ५५७ रुपैयाँ भन्दा संकलन गरिएको थियो। प्रत्येक बर्ष नगरपालिकाले पूर्गा पूजामा सहयोग गर्दै आएको परमपरा अनुसार पूजा समिती गतबर्षको दुर्गा पूजा सुरुहुनु अघिनै उनको कार्यकक्षमै पुगेर तत्कालीन मेयर जैसवाल लाई भेटेर सहयोगको लागि आग्रह गरेको थियो।
तत्कालीन मेयर जैसवालले नगरपालिकाका योजना प्रमुख रामनरेश साह लाई कार्यकक्षमा बोलाएर निर्णय पुस्तिका हेरेर दुर्गा पूजा लगायतको शीर्षकमा ७ लाख रुपैयाँ छुट्याएको बताउँदै ३ लाख रुपैयाँ भन्दा दिने प्रतिवद्धता जनाएका थिए।
हाल निलम्बित मेयर जैसवालको प्रतिवद्धता अनुसार पूजा समिती संगै कटहरियाका भद्रभलादमी पटकपटक भेट्दा पनी उनले दुर्गा पूजाको चन्दा दिन नसकेको पूजा समितिका शम्भु साहले बताउँदै आएका छन्। उनले यस बारे पटकपटक सामाजिक सञ्जाल फेसबुकमा समेत गुनासो गर्दै आउँदा पनि मेयर जैसवालले वास्ता नगरेको पूजा समितिको आरोप रहेको छ। गत आर्थिक बर्षको अन्तिम महिना अघिनै भ्रष्टाचारी ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर जैसवाल, उपमेयर रिता देवी यादव, योजना प्रमुख रामनरेश यादव सहित ११ जना विरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरे संगै उनीहरू निलम्बित भएका थिए।
उनीहरू निलम्बित भएपछि कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधान संग पूजाको चन्दा बारे कुरा गर्न पूजा समितिका पदाधिकारीहरु उनको कार्यकक्षमा जाँदा निलम्बित मेयर अजय प्रकाश जैसवाल पदमा रहँदा भुक्तानीको लागि कतै कुनै कागज निवेदनमा तोकादेश नगरेकाले भुक्तानी नहुने जवाफ फर्काएका थिए। निलम्बित मेयर जैसवालको झुठा आश्वासनको कारण कटहरिया स्थित गतबर्ष दुर्गा पूजामा खर्च भएको रकम मध्ये हालसम्म २ लाख ५९ हजार ८५० रुपैयाँ पूजा समितिको नाउँमा बक्यौता रहेको समितिका पूर्व अध्यक्ष हरिश्चन्द्र कुशवाहाले जानकारी दिएका छन।
दुर्गा पूजा अवधीमा बजारको केही विद्युत पोलमा झिलिमिली बत्ति लगाएर तत्कालीन मेयर जैसवालले लाखौं रुपैयाँ निकासा गराएको स्थानीयहरूले दाबी गरेका छन्।
कटहरियाका पूर्व गाविस अध्यक्ष जादोलाल महतो, व्यापारीहरु बजरंगी लाल साह, अनुठा प्रसाद साह, मौजेलाल साह लगायतको सक्रियतामा कटहरियामा २०५२ साल देखि मूर्ति बनाएर दुर्गा पूजाको आयोजना हुँदै आएको छ। पूजा अवधीमा मेला समेत लाग्ने गर्दछ। पूर्व मेयर सियाराम कुशवाहाले पनी प्रत्येक बर्ष दुर्गा पूजामा आर्थिक सहयोग गर्दैआएका थिए। तर लाखौँ लाख तेलको नाउँमा , लाखौँ करारको कर्मचारीको नाउँमा, विद्यालय र अस्पतालको नाउँमा भ्रष्टाचार गर्ने निलम्बित मेयर जैसवाल भने झुठा आश्वासनमै सीमित भएका छन्। सञ्जय मिश्रा

बंगलादेशमा बन्यो अन्तरिम सरकार, नोबेल पुरस्कार विजेता युनुस भए सरकार प्रमुख

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त भएका छन्। नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद शहाबुद्दीनले गएराति अन्तरिम सरकार प्रमुखमा नियुक्तिको घोषणा गरेका हुन्। गएराति राष्ट्रपति, सेना प्रमुख र आरक्षण विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरूबीचको बैठकपछि युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने निर्णय भएको ढाका ट्रीबुनले उल्लेख गरेको छ।

यसअघि मंगलबार राष्ट्रपतिले संसद भंग गरेर अन्तरिम सरकार गठनको बाटो खुला गरेका थिए। विद्यार्थी नेताहरूले सैन्य नेतृत्वको सरकारलाई स्वीकार नगर्ने स्पष्ट पार्दै अन्तरिम सरकारको नेतृत्व गर्न युनुसलाई जोड दिएका थिए।

८४ वर्षीय युनुसले बंगलादेशमा ग्रामिण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान संचालन गरेका कारण सन् २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए।

बागलुङमा पहिरोमा परेर घाइते भएकाहरुको उद्धार गरि काठमाडौं ल्याइयो

काडठमाडौं । बागलुङको बढिगाड गाउँपालिकामा गएको पहिरोमा परी घाइते भएका तीन जनालाई आर्मीको हेलिकोप्टरद्वारा काठमाडौं ल्याइएको छ ।

बढिगाड गाउँपालिका १० बस्ने १९ वर्षीय रिमा पुन, ३१ वर्षकी सिता थापा र ४६ वर्षकी सङ्गीता बुढालाई आज बिहान सेनाको हेलिकोप्टरद्वारा काठमाडौं ल्याइएको हो ।

सोही पहिरोमा परी ८ जनाको मृत्यु भएको छ ।