भारतमा ४ नेपालीको पहिरोमा परेर मृत्यु

काठमाडौं । भारत केदारनाथ नजिकै फाटा भन्ने स्थानमा पहिरोमा परी ४ जना नेपालीको मृत्यु भएको छ । गएराति घरभित्रै सुतिरहेका बेला आएको पहिरोमा परी नेपाली कामदारको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । 

उत्तराखण्ड राज्यको रुद्रप्रयाग प्रहरीका अनुसार पहिरोमा परी मृत्य हुनेमा तुल बहादुर, पुरन, कृष्ण परीयार र दिपक बोहोरा रहेका छन् । 

उनीहरुको पुणर् विवरण भने अझै खुलिसकेको छैन । पहिरोमा पुरिएका चारै जनाको शव निकालि रुद्रप्रयाग अस्पतालमा पुर्‍याइएको छ ।

दिल्ली स्थित नेपाली दुतावासका काउन्सिलर उमा चर्तुवेदीका अनुसार बद्रीनाथनबाट केदारनाथ जाने बाटोमा फाटा भन्ने स्थानमा उक्त घटना भएको हो । 

घटनास्थल केदारनाथबाट १६ किलोमिटर टाढा र बद्रीनाथबाट ८० किलोमिटरको दुरीमा पर्दछ । मजदुरीका लागि गएका उनीहरुले सडक किनारमै छाप्रो बनाएर बसेका थिए । 

वर्षासँगै आएको पहिरोले छाप्रो सहित उनीहरुलाई बगाएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा मृतक चारै जना चितवनको भएको जानकारी प्राप्त भएको बताइएको छ ।

तनहुँ बस दुर्घटना: मृत्यु हुनेको संख्या १८ पुग्यो


काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबा मर्स्याङ्दी नदीमा खसेको थियो ।
हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको समेत सहयोगमा उद्धारको काम भइरहेको छ ।
हालसम्म १८ जनाको शव निकालिएको उद्धारमा खटिएका विपद् व्यवस्थापन तालिम केन्द्र कुरिन्टारका प्रमुख एसएसपी माधव पौडेललेलाई जानकारी दिए ।
उनका अनुसार २१ जना घाइतेको उद्धार गरी उपचारका लागि पठाइएको छ ।
यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बसमा सवार सबै यात्रु भारतीय नागरिक भएको प्रहरीले जनाएको छ ।
सो बसमा चालक र सहचालकसहित ४१ जना यात्रु सवार रहेका थिए ।

तनहुँ बस दुर्घटना : कम्तीमा १४ जनाको मृत्यु

काठमाडौं । तनहुँको ऐनापहरामा भएको बस दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।
सशस्त्र प्रहरी बल (एपीएफ) प्रवक्ता कुमार न्यौपानेले १४ जनाको शव निकालिएको बताएका छन् ।
भीर भएका कारण तुइन को सहायताले बास्केट स्टेचरमा राखेर घाइते र मृतकलाई सडकसम्म ल्याउने काम भइरहेको एपीएफले जनाएको छ। उद्धारमा १० गोताखोरसहित सशस्त्र प्रहरीको ८० जनाको टोली खटिएको छ। नेपाल प्रहरी पनि उद्धारमा खटिएको छ।

४० यात्रु बोकेको बस मस्याङ्दी नदीमा खस्यो

काठमाडौं । करिव ४० जना यात्रु बोकेको बस तनहुँको आबु खैरनी स्थित मस्याङ्दी नदीमा बस खसेको छ ।

आँबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित ऐना पहराबाट मर्स्याङ्दी बस खसेको खबर आएको तनहुँका एसपी वीरेन्द्र शाहीले बताएका छन् ।

इलाका प्रहरी कार्यालय आबुखैरेनीका इन्स्पेक्टर घटनास्थलमा पुगेका छन् । एसपी शाहीले भने, ‘म घटनास्थलमा जाँदै छु, सेना र सशस्त्रलाई खबर गरिएको छ ।’

पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको तनहुँका डीएसपी दीपककुमार रायले बताए ।

थप विवरण आउन बाँकी छ ।

ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारीको सरुवा गर्ने गृहको तयारी

काठमाडौं । गृह मन्त्रालयले एकै पटक ठूलो संख्या प्रमुख जिल्ला अधिकारीको हेरफेर गर्ने गृहकार्य सुरु गरेको छ ।

गृह मन्त्रालयले सहसचिव तहका दरबन्दी रहेका काठमाडौं, ललितपुर, भक्तपुर, पर्सा, रूपन्देही, कपिलवस्तु, दाङ, कैलाली, झापा, मोरङ, सुनसरी, बारा, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोकका साथै उपसचिव तहका दरबन्दी रहेको रसुवासहितको जिल्लाको प्रमुख जिल्ला अधिकारी गर्न लागेको गृह स्रोतले जनाएको छ ।

हालैमात्र सरकारले ५९ सहसचिव सरुवा हुँदा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा भएको थियो ।

सिन्धुलीका सिडिओ भरत खनाललाई महावाणिज्यदूत बनाउने तयारी स्वरुप परराष्ट्रमा पठाइएको छ भने सिन्धुपाल्चोकका भूपेन्द्र थापालाई बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको थियो । त्यस्तै, अर्घाखाँचीका सूर्यबहादुर खत्रीलाई वैदेशिक रोजगार विभागको महानिर्देशकका बनाइएको छ ।

अस्तिकै लटको सरुवामा राष्ट्रपति कार्यालयका कृष्ण प्रसाद लम्साल, रक्षाका लीला प्रसाद शर्मा, निर्वाचन आयोगका रमेश ढकाल, गण्डकी प्रदेशक ऋषिराम तिवारी, अर्थ मन्त्रालयका डा टोकराज पाण्डेलाई गृह मन्त्रालयमा सरुवा गरेर पठाइएको छ तर उनीहरुलाई जिम्मेवारी दिइएको छैन ।

उनीहरुलाइृ प्रमुख जिल्ला अधिकारीका रुपमा खटाउने गृहकार्य भइरहेको गृह मन्त्रालय कर्मचारी प्रशासन महाशाखा स्रोतले जनाएको छ ।

यस्तै गृहले काठमाडौंको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई जिम्मेवारीबाट हटाउने तयारी गरिरहेको छ । काठमाडौंको प्रमुख जिल्ला अधिकारी बन्न गृहका सदावहार सिडियोका रुपमा चिनिने जयनारायण आचार्यदेखि प्रेमप्रसाद भट्टराई र रामचन्द्र तिवारीहरुको सक्रियता बढाएका छन् । काँग्रेस निकट भएका कारण हालैमात्र उद्योगबाट गृहमा प्रवेश गरेर सुनसरीको प्रमुख जिल्ला अधिकारी बन्न गएका रामचन्द्रको बलियो सम्भवना छ ।

गृह कर्मचारी प्रशासन महाशाखाका अधिकारीहरुका अनुसार ७ देखि ९ महिना अवधि कटेका प्रमुख जिल्ला अधिकारीहरु यो लटमा हेरफेरमा पर्नेछन् ।

मुकुल ढकालको स्पष्टिकरणः रवि लामिछाने ठक र भ्रष्ट नै हो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निष्कासित महामन्त्री मुकुल ढकालले समापति रवि लामिछानेलाई फेरि ठग र भ्रष्टको सज्ञां दिएका छन् ।

पार्टीले सोधेको स्पष्टिकरणको जवाफ दिदै उनले लामिछानेलाई सहकारी, भ्रष्टचार र राहधानीका विषयमा कुरा उठाउदै ठक भएको दाबी गरेका छन् ।

उनले अध्यक्ष लामिछानेलाई सम्बोधन गरेर पठाएको पत्रमा लामिछानेमाथि फेरि प्रश्नै प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘तपाईं रवि लामिछानेले सहकारीमा ठगी गर्नु भएको छ, तपाईले मन्त्री हुँदा भ्रष्टाचार गर्नु भएको छ र तपाईं राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु । सहकारी मुद्दामा तपाई ६–८ वर्ष वा त्योभन्दा बढी जेल जान सक्नुहुन्छ, भ्रष्टाचार मुद्दामा पनि जेल जान सक्नुहुन्छ । राहदानी दुरुपयोगमा तपाईं कहिले निर्वाचनमा भाग लिन पाउनु हुन्न । यीसँगै अन्य धेरै ठाउँमा किर्ते ठगीमा संलग्न हुनुहुन्छ । आफू ठगी, भ्रष्टाचारी र राहदानी दुरुपयोगको अपराधी होइन भनेर प्रमाणित गर्नुको सट्टा तपाईं दुराशयका साथ ममाथि कारबाहीको प्रयास गर्दै हुनुहुन्छ । आम पार्टी सदस्य एवं नेतागणका राजनीतिक भविष्यलाई तपाईंले कसरी आफ्नो निहित स्वार्थका लागि प्रयोग गरिरहनु भएको छ, म त छर्लंग छु र पार्टीमा तपाईंले गरेको कुकर्मको पर्दाफास गर्नु पार्टीको संस्थापकको हैसियतले मेरो कर्तव्य हो । आफ्नो वाक कलाको आधारमा जनतालाई भ्रमित पार्दै हुनुहुन्छ र प्रश्न गर्नेलाई कारबाहीको डन्डा चलाउने दुस्साहस गर्दै हुनुहुन्छ । यसले नेपाली माटोमा नै लोकतन्त्रमाथि खतरा उत्पन्न भएको छ । आज पार्टी जोगाउनकै लागि म बोल्दै गर्दा कारवाही गर्ने प्रयास जुन गर्नुहुँदै छ, यसको परिणाम स्वरूप पार्टीमा कसैले बोल्ने हिम्मत गर्ने छैनन् ।’

उनले अगाडि भनेका छन्, ‘हामीले पार्टी स्थापना गर्दा लोकतान्त्रिक पार्टीको परिकल्पना गरेका थियौं, तर २ वर्ष नबित्दै पार्टीको लोकतन्त्र शब्दमा मात्र सीमित भएको छ । तर नेपाली जनताले पटक पटक बलिदानी र त्याग गरेर ल्याएको लोकतन्त्र तपाईंको निरंकुशतासँग हार्दैन । सिंहको मुटु छ भनेर भाषण गर्नुभयो तर फिस्टो चराको जत्रो पनि मुटु देखिएन । उल्टै भ्रष्टाचारमा लिप्त हुनु भयो । तपाईंजस्तो ठग, भ्रष्ट र अपराधीको पन्जाबाट पार्टीलाई मुक्त गराउन लड्नु, पार्टीको हितमा हो, पार्टी विपरीत होइन । यसरी म पार्टी र जनताको हितका लागि हिडिरहँदा पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी कारवाहीको प्रयास गर्नु भनेको लोकतन्त्रमाथि नै हमला गर्नु सरह हुनेछ । पार्टीविपरीत म होइन तपाईं लाग्नु भएको छ ।’

उनले पार्टीलाई स्वार्थको झुन्डबाट बचाउन आफूले केही कदमहरू चालेको स्वीकार गर्दै त्यो कदमलाई अध्यक्ष लामिछानेले पार्टीको हित विपरीत भन्नु सरासर गलत भएको पनि बताएका छन् ।

उनले भनेका छन्, ‘किनकि मैले उल्लेख गरेका सबै कुरा म प्रमाणित गर्न सक्छु, पार्टीको प्रस्तावनामा नै रास्वपा बहुलवादी लोकतान्त्रिक पार्टी रहेको उल्लेख छ । अध्ययन गर्ने बानी त तपाईंमा छैन, तर पनि बहुलवादी लोकतान्त्रिक पार्टी भनेको के हो, विश्वव्यापी मान्यता के छन्, अध्ययन गर्नुहोस् । नेपालको संविधानले नेपाललाई बहुदलीय लोकतान्त्रिक व्यवस्था भएको देशको रूपमा चित्रण गरेको छ र संविधानले नै पार्टीहरू लोकतान्त्रिक हुनुपर्ने उल्लेख गरेको छ । प्रश्न सोध्दैमा कारबाही गर्न न संविधानले दिन्छ, न देशको नियम कानुनले । तपाईंले चाहेर पनि लोकतन्त्रमाथि प्रहार गर्न सक्नुहुन्न । बहुमततन्त्र र लोकतन्त्रमा फरक छ र मैले नेपालको संविधान, पार्टीको विधानले दिएको लोकतान्त्रिक एवं राजनीतिक अधिकार उपभोग गरेर तपाईंलाई प्रश्न गरेको हुँ र यसले पार्टीको विधान, आचारसंहिता केही पनि उल्लंघन गर्दैन । यसलाई विषयान्तरको रूपमा नबुझियोस्, यो त तपाईं जस्तो ठग, भ्रष्ट र अपराधीको पन्जाबाट पार्टीलाई जोगाउन गरिएको लडाईं हो । यसर्थ ममाथिको गरिएको भनिएको र गरिने भनिएको कारबाही पार्टीको विधान, नियमावली कार्यविधि, पार्टी केन्द्रीय समितिको विगतको निर्णयको बर्खिलाप छ । साथै नेपालको संविधान र विश्वव्यापीरूपमा स्थापित लोकतान्त्रिक मूल्य मान्यता विपरीत छन् ।’

घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) छापावाल सुनको मूल्य ९ सय रुपैयाँले घटेर तोलामा १ लाख ५१ हजार ४ सय रूपैयाँ कायम भएको हो ।

बिहीबार सुनको मूल्य तोलामा १ लाख ५१ हजार ९ सय रुपैयाँ कायम भएको थियो। यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।

बिहीबार तोलामा १ हजार ८ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी आज १५ रूपैयाँले घटेर १ हजार ८ सय १५ रूपैयाँमा कारोबार भैइरहेको छ ।

रास्वपा सभापति रवि लामिछानेलाई आज वयान लिदै छानविन समिति

काठमाडौं । सहकारी बचतकर्ताको बचत रकम दुरुपयोग सम्बन्धि छानबिन गर्न गठित संसदीय छानबिन समितिले आज पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेसँग बयान लिने भएको छ ।

गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका सभापति लामिछानेलाई समितिले दिउँसो २ बजे बयानका लागि बोलाएका संसदीय छानबिन समितिका सभापति सूर्य थापाले बताए ।

लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समिति सभापति सूर्य थापाले बताए ।

लामिछानेसँगै सञ्चालक छविलाल बन्जाडे जोशीलाई पनि आज नै सोधपुछका लागि बोलाइएको छ । उनलाई बिहान ११ बजे बोलाइएको समितिले जनाएको छ ।

सेनाले अधिकृत क्याडेट पदतर्फ २८० जनाका लागि आवेदन माग्यो

काडमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदतर्फ २८० जनाका लागि आवेदन माग गरेको छ।

सेनाले रिक्त अधिकृत (सहायक सेनानी, उपसेनानी) खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।

माग अनुसार सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ वटा सिट छुट्याइएको छ। खुलातर्फ १४७, महिला २४, आदिवासी/जनजाति ३८, मधेशी ३३, दलित १८ र पिछडिएको क्षेत्रका ६ जनाको माग गरिएको छ।

यी प्रदेशमा हुँदैछ भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका सबै भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ।

कोशी र मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। मधेस प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भइरहेको विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ।

विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।

यसैबीच, विभागले कोशी र मधेस प्रदेशका केही स्थान तथा बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको तथा मधेस प्रदेशको बारा जिल्ला आसपासमा भारी वर्षा भइरहेको जनाएको छ। वर्षा गराउने प्रणाली उत्तर–पश्चिम दिशातर्फ सर्दै गइरहेकाले ती क्षेत्रमा सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ।

आजको राशिफल, यी राशिका व्यक्तिहरुको आज भाग्य चम्कदै

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज साहसी प्रतिभा देखाउने दिन हो। खेलाडी योद्धा र सैन्य जवानहरुले लाभ लिन सक्नुहुनेछ । नयाँ सम्बन्ध तथा माया प्रेमको प्राप्ति हुनेछ। शत्रु वर्ग शरण पर्न आउनेछ्न। उध्योग र भुमि सम्बन्धी क्षेत्रमा लगानी गरे फाइदा होला।

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
मध्यम खालको दिन रहेको छ। शत्रुहरु सकृय हुन सक्दछन। खनिज जन्य पदार्थको कारोबार गर्नु राम्रो मानिन्छ। विद्यार्थी वर्गहरुका लागि प्रगतिकारक समय रहेको छ। खर्चमा नियन्त्रण गर्नु राम्रो हुन्छ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
आजको दिन राम्रै छ। व्यस्तताको बाबजुत समय बित्ने छ।आर्थिक पाटो सामान्य छ।कार्यमा ढिलासुस्ती सम्भव छ।पारिवारिक असहयोगले खिन्नता बढाउन सक्छ। हनुमानको आराधना पुर्वक दिनको आरम्भ गर्नु राम्रो हुनेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
मिश्रित खालको दिन रहेको छ। दिनारम्भमा सामान्य झमेलाहरु आइलाग्न सक्छ्न। अपरान्ह पछाडी मंगलको प्रभावले नबनेको पुरानो काममा सफलता हात लाग्ला। गुमेको धन फिर्ता हुन सक्छ। पारिवारिक स्वास्थ्यमा भने खर्छ गर्नुपर्ने हुनसक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
समय रामो छ राजनैतिक तथा प्रसासनिक कार्यमा प्रभुत्व रहने छ। कर्मचारी वर्गहरुलाइ स्याबासी मिल्ने दिन रहेको छ। बिद्यार्थी बर्गहरुले सामाजिक कार्यमा योगदान गर्नुपर्ने हुनसक्छ। दिनको उत्तरार्धमा विशिष्ट महानुभावसँग भेटघाटका साथ गौरवशाली कार्यमा योगदान गर्न पाउने अवसर प्रप्त हुन सक्छ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
आर्थिक तथा कार्यगत हिसाबले दिन सामान्य नै बित्नेछ तर सुर्यको प्रभावले टाउको दुख्ने,मानसिक तनाव तथा परिवारमा झमेला होला किरु भाग्य बलियो भएकोले अड्किएका कामहरु बन्लान। व्यवसायीक तथा प्रसासनिक काममा भने मंगलको प्रभावले सफलता मिल्नेछ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज रिस उठ्ने झर्को लाग्ने तथा मिथ्या आरोप लाग्ने जस्ता समस्या आउन सक्छ्न। मनलाइ नियन्त्रण गरि कार्य गर्न उचित देखिन्छ। कुकुर , बिषालु जनवार बाट बचेर चल्नु होला। विपरीत लिङ्गका मित्रहरुबाट विशेष सहयोग मिल्ला।दिनको उत्तरार्ध फलदायी रहेको छ।

वृश्चिक ( तो , ना, नि, नु, ने, नो, या, यि, यु )
आजको दिन फलदायी रहेको छ। गुमेको धन फिर्ता हुनसक्छ । विछोडीएको मित्रसँग भेट हुनसक्छ।पतिपत्नीको सहकार्यमा नयाँ कामको थालनी गर्न आजको दिन राम्रो मानिएको छ। सन्तान वर्गको प्रगतिले मनमा हर्ष होला।भुमी तथा वित्तिय क्षेत्रमा लगानी गर्नु उचित हुनेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
आनन्दका साथ दिन बित्नेछ।शैक्षिक क्षेत्रमा सफलता प्राप्त होला। अर्थ वाणिज्य क्षेत्रमा लगानी गर्दा राम्रो हुन्छ।घर परिवारको राम्रो सहयोग प्राप्त होला।वाणीको मधुरताले प्रभाव पार्न सकिनेछ। शुभ अंक ४ शुभ दिशा उत्तर इष्ट देवता गणेश शुभ रंग रातो

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
वाणिमा नियन्त्रण गरि कार्य गरेको राम्रो हुनेछ। पशु चौपाय तथा गाडी वाहन सम्बन्धी काम गर्ने महानुभावको दिन फलदायी रहेको छ । कर्मचारी तथा विधार्थी वर्गका लागि भने कार्यालयगत झन्झटले काममा ढिलासुस्ती हुनसक्छ।वैदेशिक कार्यक्षेत्र सम्बन्धी काम गर्ने दिन हो आज। आगो तथा करेन्टबाट सावधान रहनु होला।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
योजना विहिन दिनको पुर्वार्ध वित्न सक्छ। उत्तरार्धमा भने कुनै धार्मिक यात्रा तथा धार्मिक कार्यमा सहभागी हुन पाइने देखिन्छ। पति पत्नी अथवा विपरित लिङ्ग मित्रको सहकार्यमा मात्र काम बन्ने देखिन्छ। खर्चमा नियन्त्रण गर्न जरुरी छ। आय आर्जनको बाटोमा शत्रुको आँखा लाग्न सक्छ।गुरुदेवको कृपा , मान्यजनको आशिर्वाद बाटमात्र काम बन्न सक्छ। संकट मोचन हनुमानाष्टक पाठ गर्नु समाधान मिल्नेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
दिन फलदायी रहने छ। आय आर्जनका नयाँ बाटाहरु खुल्न सक्छन् ।घरदेखी टाढा गएर काम गरेमा सफलता मिल्नेछ। व्यस्त भएर दिन बित्नेछ। छोटा मोटा यात्राहरु गर्नुपर्ला। नयाँ सम्बन्धको सुत्रपात हुनसक्छ । आय व्ययको सन्तुलन हुनाले फाइदा भने शून्य नै हुनसक्ला।भावी योजना प्रतिफल हुने कार्यमा लगानी गर्नुहोला।

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धि विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौं । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक राष्ट्रियसभाबाट पारित भएको छ ।

सभाको आजका बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

राष्ट्रियसभाले विधेयक पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएको छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै ऐन कार्यान्यवनमा आउनेछ ।

मालपोत कपिलवस्तुका नासु खनाल घुस प्रकरणमा दोषी ठहर

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुका नायव सुब्बा नरहरि खनाललाई विशेष अदालतले घुस प्रकरणमा दोषी ठहर गरेको छ । अदालतले खनाललाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ बमोजिम कसुर गरेको ठहर गर्दै बिगो बराबरको जरिवाना र ३ महिना कैद सजाय तोकेको हो ।

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले खनाललाई दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० हजार घुससहित पक्राउ परेका भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुका नायब सुब्बा खनालविरुद्ध गत जेठ १७ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रहरीमा ३० वर्षे सेवा अवधि तत्काल स्थगन गर्ने सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रहरीको ३० वर्षे विवादमा अन्तरिम आदेश जारी गरेको छ।

प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्काल स्थगन गर्न सर्वोच्च अदालतले आदेश दिएको हो । आज न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै यस्तो आदेश दिएको हो ।

प्रहरीमा ३० वर्षे सेवा अवधिका कारण कतिपय व्यक्तिहरू ५०–५१ वर्षमै अवकाशमा जानुपर्ने र ती तहका प्रहरी कर्मचारी उत्पादन गर्नसमेत राज्यलाई लाखौँ खर्च हुने भन्दै ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै एसएसपी जीवनकुमार श्रेष्ठ लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।

सो रिटमाथि अन्तरिम आदेश जारी गर्दै न्यायाधीश फुयाँलको इजलासले निजामती सेवामा ३० वर्षे सेवा अवधि हटे पनि प्रहरी सेवामा किन नहटाइएको हो, सो को जवाफ १५ दिनभित्र पेस गर्न र अवकाशमा जाने पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको हो ।

साथै उक्त रिटमाथि छिटो सुनुवाइ हुनुपर्ने भएकाले रिटलाई अग्राधिकार समेत दिई आगामी असोज १० गतेका लागि पूर्ण सुनुवाइमा पेस गर्न आदेश दिइएको छ ।

हट्यो टिकटकमाथिको प्रतिबन्ध

काठमाडौं । सरकारले टिकटकमाथि लगाइएको प्रतिबन्ध खुल्ला गर्नेनिर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

सूचना तथा सञ्चार एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सर्तसहित प्रतिबन्धित टिकटक खोल्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।

टिकटकलाई ३ महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको हो ।

गत कार्तिकमा तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सामाजिक विकृती फैलाएको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।