आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशमा साधरणतया देखि पूर्णतः बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि साधरणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हावाहुरी सहित भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति सुदूरपश्चिम प्रदेशमा साधरणतया देखी पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिक देखि साधरणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरी सहित भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी देखी अति भारी वर्षाको पनि सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हावाहुरीसहित भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

नयाँ महाधिवेशन आयोजक समिति गठन गर्न राप्रपा निकट विद्यार्थीहरुको माग

काठमाडौं । कोमामा गएको विद्यार्थी संगठनलाई जागृत गर्न राप्रपानिकट विद्यार्थी नेताहरुले तत्काल नयाँ महाधिवेशन आयोजक समिति गठन गर्न माग गरेका छन् । यसका साथै महाधिवेशनको मिति तोक्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन तथा केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण गरेका छन् ।

‘विद्यार्थी संगठन तहसनहस हुन लागेको, संगठनमा आवद्ध विद्यार्थीहरु पलायन हुने अवस्था सिर्जना हुन लागेकोमा हामी चिन्तित छौं । त्यसैल नयाँ उर्जासहित संगठनलाई बचाउन हामी एकजुट भएका छौं,’ राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) का पूर्वसंयोजक जयप्रकाश बगालले मागपत्र बुधबार बुझाएपछि भने ।

२०७९ साल फागुन २७ र २८ गते सम्पन्न राष्ट्रिय भेलाले सर्बसम्मतिमा ६ महिनाभित्र महाधिवेशन गर्ने गरी कमल बमलाई संयोजक नियुक्त गरेको थियो । तर, १८ महिना बितिसक्दा पनि महाधिवेशनको गर्ने कुनै काम नभएको भन्ने विद्यार्थी नेताहरुले भनाइ छ ।

‘विद्यार्थी संगठन कुनै विधि विधानमा नचलेको, कुनै माईन्युट तथा दर्ता चलानी नभएको, संगठनको कुनै कार्यालय सञ्चालन सम्बन्धि सामान्य संरचना नभएको र कार्यदिशा समेत स्पष्ट नभएको अवस्था छ । संगठनप्रति सकारात्मक विद्यार्थीहरुले सम्पर्क गर्ने ठाँउ र व्यक्ति नभएको, संगठनमा आवद्ध विद्यार्थीहरु पलायन हुँदै जाने परिस्थिति सिर्जना भएको छ,’ मागपत्रमा भनिएको छ ।

विद्यार्थी संगठनका पूर्वसंयोजक बगाले, पूर्वसहसंयोजक एन्टीसंर्घष राई, कोषाध्यक्ष नर्गिस थापा, केन्द्रीय सदस्यहरु लगायत २८ विद्यार्थी नेताहरुले पार्टी अध्यक्षको नाममा पार्टी केन्द्रीय कार्यालयमा मागपत्र दिएका हुन् ।

बम राप्रविसं संयोजक नियुक्त भएदेखि एउटा पनि बैठक नभएको, महाधिवेशन आयोजक समिति समेत गठन हुन नसकेको भन्दै विद्यार्थी संगठनका प्रतिनिधिमण्डलले राप्रपा अध्यक्ष लिङ्देनको ध्यानाकर्षण गराएका छन् ।

लिङ्देनले विद्यार्थी नेताहरुलाई समय दिएअनुरुप झापाबाट राजधानी नफर्केकोमा पार्टी सचिवालय प्रमुख महामन्त्री राजेन्द्र गुरुङले पत्र बुझेका थिए ।

काठमाडौंका प्रजिअ आचार्यको आज पदबहाली

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा नियुक्त भएका नयाँ प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले आज पदबहाली गरेका छन् ।

चौध महिना प्रजिअको कुशलता पुर्वक जिम्मेवारी निर्वाह गरेका यस अघिका जितेन्द्र बस्नेतको विदाई र नयाँ प्रजिअ जयनारायण आचार्यको स्वागतसहितको पदबहाली भएको हो ।

प्रजिअ आचार्यले पद बहाली गर्दै काठमाडौंको शान्ति सुरक्षाको सन्दर्भमा सबै पक्षको सल्लाह र सहयोगले मात्र सम्भव रहेको बताएका छन् । उनले आफू सबैसँग हातेमालो गरेर अगाडि बढ्ने समेत बताए ।

उनले शान्ति सुरक्षा सुदृढ बनाउने, सुशासन कायम गर्ने र सेवा प्रवाह प्रभावकारी बनाउने विषय आफ्नो उच्च प्राथमिकतमा रहेकोसमेत बताएका छन् । सो कार्यक्रममा निवर्तमान प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले वार्षिक प्रगति प्रतिवेदन र हयाण्डओभर नोट नयाँ प्रजिअ आचार्यलाई हस्तान्तरण गरेका छन् ।

कुशल प्रशासक हुन काठमाडौंका नयाँ सिडिओ आचार्य

काठमाडौं जिल्लामा आएका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य एक कुशल प्रशासका रुपमा परिचिति छन् । उनी २०५९ सालमा निजामती सेवामा प्रवेश गरेका हुन् । उनको पहिलो पोष्टिङ सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा रामेछापमा भएको थियो । उनी त्यहाँ कार्यरत रहदा देखिनै कुशल प्रशासकका रुपमा चिनिदै आएका छन् ।

उनी २०६६ सालमा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आएका थिए । २०६८ सालमा खुला प्रतिस्पर्धाबाट उपसचिव बनेपछि आचार्यले आफ्नो कार्यकुशलता अझै फराकिलो बनाउदै आफुलाई परिचति गराउदै आएका छन् ।

उनी उच्च शिक्षा अध्ययनका लागि दक्षिण कोरिया गए, जहाँ सउल नेशनल युनिभर्सिटीबाट गोल्ड मेडल हासिल गरे नेपाल फर्किए । अध्ययनपछि नेपाल फर्केर उनले फेरि प्रधानमन्त्री कार्यालयमा नै उपसचिवको रुपमा खटिएका थिए ।

उनी राष्ट्रिय योजना आयोगमा २०७१ सालमा सहसचिव बनेर पोष्टिङ भए । त्यसपछि उनी पर्यटन विभागका महानिर्देशक, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र प्रदेश प्रमुखको कार्यालय सुर्खेतमा काम गर्दै प्रशासनिक जिम्मेवारी सम्हाल्दै अघि बढे ।

आचार्य पहिलो पटक दाङ जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा २०७६ सालमा पोष्टिङ भए । दाङपछि सप्तरी, कास्की र ललितपुरमा प्रमुख जिल्ला अधिकारीका रूपमा आफ्नो प्रशासनिक अब्बलता कायम गरेका व्यक्तित्व हुन् ।

२०७९ मा ललितपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी थिए । जतिबेला कर्णालीकै सहसचिवत्रयहरुले सम्हालेका थिए उपत्यका प्रशासनको कमाण्ड ।

गृहकै क्याडरका रुपमा परिचित आचार्य जिल्ला प्रशासन काठमाडौंमा आउदा उनको सेवा प्रवाहमा चुस्तता आउने विश्वास छ ।

नागरिक र राज्य बीचको दुरी घटाउने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने र प्रशासनिक कार्यालयहरूको पारदर्शितालाई बढावा दिने काममा विशेष जोड दिने आचार्य नागरिकको सहज पहुँच सुनिश्चित गर्न आफ्नो कार्यकक्षको ढोका सधैँ खुला राख्ने परम्परा बसाल्ने प्रशासकका रुपमासमेत चिनिन्छन् ।

आफूमा भएको इच्छाशक्ति र निष्पक्ष लोक सेवा आयोगकै कारण आफू आज यो अवस्थासम्म आईपुगेको उनले बताउने गरेका छन् । उनले भन्ने गरेका छन् – म मेरो कार्यकक्षमा कहिले पनि ढोका लगाउदिन । सधैँ ढोका खुल्ला राख्छु, ताकि कुनै पनि सेवाग्राही केही पनि कामले आउँदा रोकिन नपरोस् ।

सादा जीवन उच्च बिचारका धनी प्रजिअ आचार्य चाडपर्व नजिकै आइरहेको बेलामा जिम्मेवारी समाल्ने अवसर प्राप्त भएकाले पहिलो प्राथमिकतामा कालाबजारीलाई नियन्त्रण गराउन भुमिका खेल्नुपर्ने हुन्छ जिप्रकाका एक कर्मचारीले सम्पत्ति न्यूजलाई बताए ।

नशाबाट बाहिर निस्कनुस्, भ्याकेटमा जान अदालतको फैसला पूर्णपाठ आउनुपर्छ : बडाल

काठमाडौँ । सत्तारुढ नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)माथि ड्रग्सको नशाका सुरमा जे पायो त्यही अशिष्ट तथा छाडा कुरा लेख्ने गरेको आरोप लगाएका छन् ।

मेयर बालेन शाहले नदी किनाराका बस्ती खाली गर्ने सम्बन्धी विवादमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि निरन्तर आरोप लगाउने क्रममा बुधवार अर्को लामो स्टाटस लेखेपछि बडालले प्रतिवाद गरेका हुन् ।

अध्यक्ष बडालले सर्वोच्चको फैसला पुनरावलोकनका लागि भ्याकेटको निवेदन लिएर जान पूर्ण पाठ आउनुपर्ने स्मरण गराउँदै जनतालाई दिग्भ्रमित पार्ने तथा मुख छाड्ने काम नगर्न चेतावनी दिएका छन् ।

बडालले वक्तव्यमार्फत भनेका छन्, ‘भ्याकेटमा जान पूर्ण पाठ आउनु पर्छ भन्ने कुरा बालेनले बुझ्न ड्रग्सको नशा उतारिनु पर्छ। महोत्तरीका बालेन्द्र साहजी, तपाईँ काठमाडौँको मेयर भएपछि अत्यन्तै अशिष्ट हुँदै जानुभएको छ । न त तपाईँलाई राजनीतिबारे केही थाहा छ, न शिष्टताबारे केही मतलब छ । काम माखो मार्ने होइन, स्रोत नखुलेको अरबौँ खर्च गरेर साइबर बुली चलाउनुभयो । जनतालाई दिग्भ्रमित पार्नुभयो, त्यसैको बलमा भत्काउने, बिगार्ने, मुख छाड्नेभन्दा अरू केही गर्न जान्नुहुन्न ।’

तपाईँको कला र साहित्य पनि उही अशिष्ट र घिनलाग्दो छ, ‘तेरो बाउ, मेरो बाउ’, ‘टिक्ने, टोक्ने, खोक्ने’, यस्तै यस्तै न हो १ आफू तेली साह भएर काठमाडौंमा थाहा नहोस् भनेर शाह लेख्नुहुन्छ । आफ्नो सर्टिफिकेटमा नाम सच्याउन हिजो २स्३० बजे बैंगलोर उड्नुभयो । यता, काठमाडौंमा बबाली स्टाटस लेखेर भ्रम छर्नुभयो । अदालतको फैसलामा सरकार भ्याकेटमा जाने फैसलाको पूर्णपाठ आएको दुई महिनामा हो । फैसला अस्ति असारमा आएको हो भन्ने बुझ्न ड्रग्सको नशाबाट बाहिर निस्कन सुझाव छ

https://www.facebook.com/samikbadal/posts/8706819122670242?ref=embed_post

गृहसचिव दुवाडीले गरे नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र अन्य वरिष्ठ अधिकारीहरूले दुवाडीलाई कार्यालयमा स्वागत गरेका थिए।

निरीक्षणको क्रममा दुवाडीले अमर प्रहरी स्मारकमा पुष्प अर्पण गरे। साथै, उनले प्रहरी संग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर, र डिजिटल फरेन्सिक ल्याबको पनि निरीक्षण गरेका छन्।

गृहसचिव दुवाडीले नेपाल प्रहरीले शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा खेलेको भूमिकाको सराहना गर्दै प्रहरी सेवा अझ व्यवस्थित र नागरिकमैत्री बनाउनुपर्ने बताए। उनले प्रहरी कर्मचारीको दक्षता विकासका लागि गृह मन्त्रालयले आवश्यक सहयोग गर्ने पनि उल्लेख गरे।

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको विभिन्न कार्ययोजनाबारे जानकारी दिँदै प्रहरी सेवाको आधुनिकीकरणमा मन्त्रालयको मार्गदर्शन आवश्यक रहेको बताए।

करेन्ट लागेर किसान दम्पतीको मृत्यु

विराटनगर । मोरङमा करेन्ट लागेर किसान दम्पतीको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–५ नयाँ टोलमा बुधबार भारत भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र ७२ वर्षीय कुमादेवी मण्डलको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

भारतीय दम्पती बूढीगंगा–५ का देवनारायण चौधरीको फुसको छानो भएको घर भाडामा लिएर खेतीपाती गर्दै आएका थिए ।

प्रहरीका अनुसार विद्युत प्रवाह भइरहेको मोटर चलाएर पानी तान्ने क्रममा क्रममा दुवै जनालाई बिहान ११ः५० बजेतिर करेन्ट लागेको थियो ।

पूर्व राजा ज्ञानेन्द्र शाह र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देबीच भेटवार्ता

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेट वार्ता भएको छ ।

पूर्वराजालाई भेट्न राप्रपा अध्यक्ष लिङ्देन दमकस्थित हिमालयन चिया बगानमा पुगेको बुझिएको छ ।

केही दिनअघि मात्र ज्ञानेन्द्र शाह झापा पुगेका थिए ।

लन्च मिटिङसहितको करिब चार घण्टा लामो भेटमा समसामयिक राजनीतिक अवस्थाका साथै विविध विषयमा कुराकानी भएको बताइएको छ । भेटमा के छलफल भयो भन्ने विषयम खुलाइएको छैन ।

दशैंका लागि अग्रीम टिकट बुकिङ खुल्यो

काठमाडौं । दशैंका लागि यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुलाउन थालेका छन् ।

एक महिनापछि असोज २४ गते फूलपाती रहेको छ । विगतमा यातायात व्यवस्था विभागले अग्रिम टिकट खुलाउने निर्णय गरेपछि मात्र व्यवसायी अघि सर्थे । तर, यो पटक व्यवसायी पहिले तातेका छन् । पूर्व अरनिको यातायात प्रालिको भदौ १५ गते सञ्चालक समितिको बैठकले भदौ २० गतेबाट अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको थियो ।

‘आ–आफ्नो गाउँघर (विजया दशमी मनाउन) जानुहुने यात्रुहरूलाई सहजीकरण होस् भन्ने उद्देश्य राखी यही भदौ २० गतेबाट अग्रिम टिकट बुकिङ्ग गर्ने निर्णय भएको छ,’ अरनिको यातायातले निकालेको सूचनामा उल्लेख छ ।

यातायात व्यवस्था विभागले चाडपर्वको लागि अग्रिम टिकट बुकिङका लागि तयारी सुरु भई नसकेको बताएको छ ।

केही दिनदेखि शेयर बजारमा निरन्तर गिरावट, आज २२ दशमलव ७३ अंकले घट्यो

काठमाडौं । धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गिरावटले आज पनि निरन्तरता पाएको छ ।

केही दिनदेखि शेयर बजारमा गिरावट आइरहेको छ । यसअघि मंगलबार १३ अंकले घटेको शेयर बजार आज २२ दशमलव ७३ अंकले गिरावट आएको नेप्सेले जनाएको छ । आज बजार शून्य दशमलव ८६ प्रतिशतले घट्दा २ हजार ६ सय १० बिन्दुमा बजार रोकिएको हो ।

त्यस्तै आज कारोबार रकममा पनि गिरावट आएको छ । आज कुल ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार ५१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

अघिल्लो कारोबार दिन शेयर बजारमा १३ दशमलव ९ अंकको गिरावट आउँदै बजार २ हजार ६ सय ३२ दशमलव ९४ बिन्दुमा रोकिएको थियो ।

हिजो कुल ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४ सय २१ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम पनि घटेको हो ।

आज कारोबारमा आएकामध्ये ६५ कम्पनीको शेयर मूल्य बढेको छ, १७५ कम्पनीको शेयर मूल्य घट्दा ४ वटा कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन नआएको नेप्सेले जनाएको छ ।

त्यस्तै आज वीन नेपाल लघुवित्त, थ्री स्टार हाइड्रोपावर, समाज लघुवित्त, कालिका लघुवित्त लगायत कम्पनीका लगानीकर्ताहरुले धेरै नाफा कमाएका छन् । साथै एशियन हाइड्रोवापर लिमिटेड, कर्पोरेट डेभलबमेन्ट, लाइफ इन्स्योरेन्स कर्पोरेशन लगायतका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।

असोज १३ गतेबाट दशैंका लागि नोट साट्न पाइने

काठमाडौं । आगामी असोज १३ गतेबाट सुकिला नोट साट्न पाइने भएको छ । नजिकिदै गरेको दशैका लागि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लीराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र बैंकका साथै बैंकहरू मार्फत समेत सुकिला नोट साट्न सकिने व्यवस्था गर्न लागिएको हो ।

सुकिला नोट साट्न चाहानेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन् ।

‘हिंसा शब्द असंसदीय शब्द होइन, रेकर्डबाट हटाउनु नपर्ने’

काठमाडौं । भादौ १२ गतेको संसद बैठकमा नेकपा एमालेका नेता योगेश भट्टराईले संसदमा बोलेको माओवादी जनयुद्धलाई हिंसा भनेको विषयलाई सभामुख देवराज घिमिरे रेकर्डबाट हटाउनु नपर्ने रुलिङ गरेका छन् ।

घिमिरेले हिंसा शब्द असंसदीय नभएको भन्दै रेकर्डबाट हटाउन नपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा सचिवालयको निर्णय सुनाउँदै उनले हिंसा शब्द हटाउन नपर्ने बताएका थिए । उनले उक्त शब्द असंसदीय नभएको बताए ।

त्यसपश्चात् प्रमुख प्रतिपक्षीय दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिवाद गरे ।

उनले मुल कानुन संविधान भएको र संविधानमै जनयुद्ध र जनआन्दोलनको व्याख्या गरिएको भन्दै हिंसा भन्ने शब्द संविधान र कानुन विपरित भएको भन्दै आपत्ति जनाए ।

कांग्रेसले माग्यो उपसभामुखको राजीनामा

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरले मुलुकको शिर झुकाउने कार्य गरेको निष्कर्ष निकालेको छ ।

बुधबार बिहान बसेको कांंग्रेसका शीर्ष नेताहरूको बैठकले सो निष्कर्ष निकाल्दै राजीनामा दिनुपर्ने बताएको हो ।

ृउपसभामुखले मुलुकको शिर झुकाउने काम गरेको भन्दै राजीनामा दिएर मार्ग प्रसस्त गर्न अनुरोध गरेको छ ।

मगरले राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औँ सत्रमा सहभागी हुन पाँच जनाको अन्तर्वार्ता अगाडि सारिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । चार पुरुष र एक महिलाका लागि उपसभामुखले पत्र लेखे पनि अमेरिका जान भने पाएका थिएनन् ।

२०२३ को फेब्रुअरीमा लेखेको त्यही पत्र केही समय अघि सार्वजनिक भएको थियो । पत्र सार्वजनिक भए लगत्तै उपसभामुख गम्भीर विवादमा परेकी छिन् ।

काठमाडौंका नयाँ सिडिओ जयनारायण आचार्य एक कुशल प्रशासक

काठमाडौं । गृह मन्त्रालयले काठमाडौंलगायतका केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको जिम्मेवारी हेरफेर गरेको छ । मङ्गलवार राति मन्त्रालयले रिक्त रहेका जिल्लासहित काठमाडौँका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । काठमाडौंमा कारागार व्यवस्था विभागका महानिर्देशक जयनारायण आचार्यलाई सरुवा गरिएको हो ।

गृह सचिवमा गोकर्णमणि दुवाडीले जिम्मेवारी सम्हालेपछि गृह मातहतका कर्मचारी हेरफेर भएको हो । गृहले रिक्त रहेका तीन जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी समेत पठाइएको छ ।

सिन्धुलीको सिडिओमा गृहमन्त्रालयबाट लीला प्रसाद शर्मालाई पठाइएको छ । यसैगरी अध्यागमन कार्यालय भैरहवाका प्रमुख अध्यागमन अधिकृत किरण थापालाई रिक्त सिन्धुपाल्चोकको सिडिओको रुपमा पठाइएको छ । यसैगरी गृह मन्त्रालयकै उपसचिव रमा आचार्य सुवेदीलाई जिल्ला प्रशासन कार्यालय प्युठानको सिडिओमा पठाइएको छ ।

अन्य जिल्लामा पनि सिडिओ हेरफेर गर्ने तयारी भइरहेको गृह स्रोतबाट समाचार प्राप्त भएको छ ।

कुशल प्रशासक हुन काठमाडौंका नयाँ सिडिओ आचार्य

काठमाडौं जिल्लामा आएका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य एक कुशल प्रशासका रुपमा परिचिति छन् । उनी २०५९ सालमा निजामती सेवामा प्रवेश गरेका हुन् । उनको पहिलो पोष्टिङ सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा रामेछापमा भएको थियो । उनी त्यहाँ कार्यरत रहदा देखिनै कुशल प्रशासकका रुपमा चिनिदै आएका छन् ।

उनी २०६६ सालमा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आएका थिए । २०६८ सालमा खुला प्रतिस्पर्धाबाट उपसचिव बनेपछि आचार्यले आफ्नो कार्यकुशलता अझै फराकिलो बनाउदै आफुलाई परिचति गराउदै आएका छन् ।

उनी उच्च शिक्षा अध्ययनका लागि दक्षिण कोरिया गए, जहाँ सउल नेशनल युनिभर्सिटीबाट गोल्ड मेडल हासिल गरे नेपाल फर्किए । अध्ययनपछि नेपाल फर्केर उनले फेरि प्रधानमन्त्री कार्यालयमा नै उपसचिवको रुपमा खटिएका थिए ।

उनी राष्ट्रिय योजना आयोगमा २०७१ सालमा सहसचिव बनेर पोष्टिङ भए । त्यसपछि उनी पर्यटन विभागका महानिर्देशक, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र प्रदेश प्रमुखको कार्यालय सुर्खेतमा काम गर्दै प्रशासनिक जिम्मेवारी सम्हाल्दै अघि बढे ।

आचार्य पहिलो पटक दाङ जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा २०७६ सालमा पोष्टिङ भए । दाङपछि सप्तरी, कास्की र ललितपुरमा प्रमुख जिल्ला अधिकारीका रूपमा आफ्नो प्रशासनिक अब्बलता कायम गरेका व्यक्तित्व हुन् ।

२०७९ मा ललितपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी थिए । जतिबेला कर्णालीकै सहसचिवत्रयहरुले सम्हालेका थिए उपत्यका प्रशासनको कमाण्ड ।

गृहकै क्याडरका रुपमा परिचित आचार्य जिल्ला प्रशासन काठमाडौंमा आउदा उनको सेवा प्रवाहमा चुस्तता आउने विश्वास छ ।

नागरिक र राज्य बीचको दुरी घटाउने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने र प्रशासनिक कार्यालयहरूको पारदर्शितालाई बढावा दिने काममा विशेष जोड दिने आचार्य नागरिकको सहज पहुँच सुनिश्चित गर्न आफ्नो कार्यकक्षको ढोका सधैँ खुला राख्ने परम्परा बसाल्ने प्रशासकका रुपमासमेत चिनिन्छन् ।

आफूमा भएको इच्छाशक्ति र निष्पक्ष लोक सेवा आयोगकै कारण आफू आज यो अवस्थासम्म आईपुगेको उनले बताउने गरेका छन् । उनले भन्ने गरेका छन् – म मेरो कार्यकक्षमा कहिले पनि ढोका लगाउदिन । सधैँ ढोका खुल्ला राख्छु, ताकि कुनै पनि सेवाग्राही केही पनि कामले आउँदा रोकिन नपरोस् ।

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज प्रतितोला छापावाला सुनको मूल्य १ लाख ५३ हजार ४ सय रुपैयाँमा कारोबार सुरु भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

महासंघका अनुसार अघिल्लो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य १ लाख ५२ हजार ४ सय रहेको थियो ।
त्यस्तै आज प्रतितोला चाँदीको मूल्य १५ रुपैयाँले वृद्धि भएको छ । यसअघि मंगलबार चाँदीको मूल्य १ हजार ७ सय ६५ रहेकोमा आज १ हजार ७ सय ८० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

विदेशी मुद्राको विनिमय दरः कतार, साउदी, कुबेतको बढ्दा अरुको के भो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमय दर सार्वजनिक गरेको छ।

आज अमेरिकी र अस्ट्रेलियन डलर, पाउन्ड, कतारी र साउदी रियाल, कुबेती र बहराइन दिनारको मूल्य बढेको छ। त्यसैगरी यूएई दिरामको मूल्य पनि बढेको छ। तर, युरोसहित केही मुद्राको मूल्य भने घटेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा छ।

हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६४ पैसा थियो।

त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४७ रुपैयाँ ९५ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ६२ पैसा कायम भएको छ। हिजो यूरो एकको खरिददर एकसय ४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ६२ पैसा थियो।

आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ।

हिजो पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ३६ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ १४ पैसा थियो।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २२ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६२ पैसा थियो।

राष्ट्र बैंकका अनुसार आजको लागि साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८९ पैसा कायम भएको छ। हिजो साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८७ पैसा थियो।

त्यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९५ पैसा कायम भएको छ। हिजो कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा थियो।

आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा कायम भएको छ। हिजो यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा थियो।

आज मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०१ पैसा कायम भएको छ। हिजो मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३० रुपैयाँ ८० पैसा थियो।

आज हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २० पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा कायम भएको छ। हिजो हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा थियो।

त्यसैगरी कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ८७ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ८३ पैसा कायम भएको छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ७३ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ६९ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ७२ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ३१ पैसा कायम भएको छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ६१ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ २० पैसा थियो।