उपसभामुखका हटाउने तयारी, एमालेद्धारा असोज ३ सम्म सांसदलाई काठमाडौं नछोड्न सर्कुलर

काठमाडौं । नेकपा ( एमाले)ले आफ्ना सांसदहरूलाई असोज ३ गतेसम्म काठमाडौँ नछाड्न सर्कुलर जारी गरेको छ । उपसभामुखलाई हटाउने तयारी भएसँगै एमालेले आन्तरिक सर्कुलर गरेको एक नेताले जानकारी दिए । 

‘पार्टीले असोज ३ गतेसम्म काठमाडौँ नछोड्न सांसदलाई सर्कुलर गरेको छ’, उनले भने, ‘उपसभामुखले अब राजीनामा दिएर मार्गप्रशस्त गरिदिँदा राम्रो हुन्छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि अब उपसभामुखले राजीनामा दिएर मार्गप्रशस्त गरे राम्रो हुने रातोपाटीलाई प्रतिक्रिया दिए ।

मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचारमा चार जना दोषी

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा चार जना दोषी ठहर भएका छन् । विशेष अदालतले पूर्वसचिव गजेन्द्र ठाकुर, मेलम्ची खानेपानी आयोजनाका तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मालाई दोषी ठहर गरेको हो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आरोप लागेकामध्ये १० जनालाई सफाइ दिँदै बाँकी ४ जना कर्मचारी र सिएमसीलाई पनि दोषी ठहर गरेको हो ।

परामर्शदाता र निर्माण कम्पनीलाई पनि मुद्दामा प्रतिवादी बनाएकोमा विशेषले सिएमसीलाई दोषी ठहर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत फागुनमा पूर्वसचिव सहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले ठाकुर र कँडेलसँग १० करोड १० लाख ६१ हजार ७५ पैसा बिगो भराउन माग गरेको छ भने देवकोटा र शर्मासँग २ करोड ९५ लाख ६५ हजार ६०३ रुपैयाँ बिगो भराउन माग गरेको छ । इप्टिसा र बेट्स ९बीइटीएस०लाई ६ करोड २१ लाख ९३ हजार ५९६ रुपैयाँ बिगो ठहर गरेको छ ।

मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड अध्यक्ष समेत रहेका खानेपानी मन्त्रालयका तत्कालिन सचिव डा.सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, सहसचिव रुद्रसिंह तामाङ र मुकुन्दप्रसाद पौडेल लगायत १० जनालाई सफाई दिएको छ । सफाई पाउनेमा घनश्याम भट्टराई, चन्द्रबहादुर थापा, मणिभद्र न्यौपाने, रामचन्द्र न्यौपाने, बेगनाथ पौडेल, केदारप्रसाद अर्याल र भोजविक्रम थापा पनि रहेका छन् ।

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा सहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

बैठकमा अर्थ समिति सभापति सन्तोष चालिसेले बैङ्किङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ छलफलका लागि प्रस्ताव गर्ने कार्यसूची छ ।

मन्त्री गुरुङले सार्वजनिक सेवा प्रसारण विधेयक, २०८१ पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

आज पनि राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन कार्यसूची

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्ने छ । दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७९–८० सभासमक्ष पेस गर्ने कार्यसूची छ ।

आजको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सदस्य मायाप्रसाद शर्माले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पाँचौँ वार्षिक प्रतिवेदन, २०८०–८१ पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोक्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

आईसीसी पुरुष विश्वकप लिग : क्यानडा जाने नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गतको दोस्रो त्रिकोणात्मक सिरिज खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको घोषणा गरेको छ।

क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा देव खनाल ‘ट्राभलिङ रिजर्भ’मा छन्।

क्यानडामा नेपालले क्यानडा र ओमानसँग प्रतिस्पर्धा गर्नेछ। सेप्टेम्बर १६ र २२ मा क्यानडासँग र सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्नेछ। पहिलो सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना भएको थियो।

त्यसपछि नेपालले त्रिकोणात्मक टी २० आई सिरिज पनि खेल्नेछ। नेपालले सेप्टेम्बर २८ र अक्टोबर १ मा क्यानडासँग, सेप्टेम्बर २९ र अक्टोबर २ मा ओमानसँग खेल्नेछ।

सत्तारुढ दलको बैठकमा के भयो छलफल ?

काठमाडौं । सत्तारुढ दलहरूले सरकार र संसद्का समग्र कामलाई थप प्रभावकारी, सन्तुलित र व्यवस्थित बनाउने सहमति गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताहरूको सोमबार बसेको बैठकमा सरकारका समग्र काममा सत्ता पक्ष कसरी एकीकृत रुपमा प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।

त्यस्तै बैठकले कांग्रेस र नेकपा ९एमाले० बीच भएको सात बुँदे सहमतिका विषयका आधारमा सरकारको न्यूतनम साझा कार्यक्रम बनाउने सहमति गरेको उनले बताए ।

बैठकमा संविधान संशोधन राष्ट्रको आवश्यकताका आधारमा सबैको स्वीकार्यता बढाउने गरी छलफल सुरु गर्नेलगायत विषयमा छलफल भएको थियो ।

मौसम पूर्वानुमानः यी ठाउँमा हुदैछ भारी वर्षा

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशका पहाडी भू(भाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। बागमती र कर्णाली प्रदेशका एक्दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू(भागका थोरै स्थानहरुमा मेघ गर्जन्चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक्दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन्चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक्दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आजको राशिफल हेर्नुहोस् (०८१ भदौँ २५ गते मङ्गलबार)

मेष

शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट धेरै राम्रो हुने योग रहेको छ। जोश जागर बढ्नेछ। परीक्षा दिँदै हुनुहुन्छ भने नतिजा राम्रो मिल्ने छ।आज विवाद भाग नलिनुहोला । विद्यामा सोचेजस्तो प्रगति गर्न धेरै समय दिनुपर्ला, तर तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ ।

बृष

दिन सामान्य राम्रो छ। बोल्दा ख्याल गर्नुहोला, आफ्नै बोलीले समस्यामा पर्ने योग रहेको छ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। व्यापार व्यवसायमा सकारात्मक प्रभाव छ।आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । धैर्य एवं लगनशीलताले अवसर पनि दिलाउनेछ ।

मिथुन

आर्थिक, सामाजिक, क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा उल्लेखनीय नतिजा हात लाग्नेछ। मित्रबाट घात हुने सम्भावना छ।शुभकार्यको चर्चा चल्नेछ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

कर्कट

आर्थिक, सामाजिक, धार्मिक क्षेत्रमा उतारचढाव आउँनेछ। शिक्षाको क्षेत्रमा आलस्य बढ्नेछ। वैदेशिक रोजगारमा गरेको श्रम लगानीबाट राम्रो उन्नती हुनेछ। राजनीतिमा राम्रो पकड रहला।आफन्तको प्रगतिमा मन रमाउन सक्छ । विशिष्ट व्यक्तिको साथ र सहयोग पनि पाइनेछ । शेयर बजारले पनि साथ दिनेछ ।

सिंह

मानसिक रुपमा उमङ् रहने योग छ। परिवारबाट सहयोग मिल्नेछ। चरा, पन्छीलाई अन्न दिएर गरेको कामबाट लाभ मिल्नेछ। व्यापार व्यवसायमा फाइदा मिल्नेछ।पारिवारिक उल्झनमा परि आँटेको काम बिग्रनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्य प्रति सजग रहनु होला ।

कन्या

सम्पत्ति आर्जन हुने दिन छ। स्वास्थ्य, शिक्षा, रोजगारमा आफू अनुकुल छ। राजनीतिमा भने जोगिएर काम गर्नुपर्ने छ। मन खिन्न हुनेछ।शुभकार्यको चर्चा चल्नेछ । लाभदायक योजना बन्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा पनि फाइदा होला ।

तुला

आर्थिक कठिनाइ भएपनि शिक्षाको क्षेत्रमा सहयोग मिल्नेछ। दीर्घकालीन कामको सुरुवात गर्दा फाइदाजनक हुनेछ।आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

वृश्चिक

बोलीका कारण शत्रु बढ्नेछ। शान्त रहेर बस्नु फाइदाजनक छ। धार्मिक क्षेत्रमा मन बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा मिल्ने योग रहेको छ।आज दैनिक कार्यमा प्रगति हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । सञ्चार र प्रविधि मार्फत आफन्तसँग भेटघाट रहनेछ ।

धनु

प्रशंसा बढ्नेछ। अरु क्षेत्रमा यथावत रहेपनि शिक्षाको क्षेत्रमा दायरा फराकिलो हुनेछ। सामाजिक, स्वास्थ्य, राजनीति, पारिवारिक क्षेत्र यथावत रहेको छ। लगानी भने नगर्नु उचित देखिन्छ। धार्मिक क्षेत्रमा रुची बढ्नेछ।आज बन्न लागेको काम बिग्रिनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सरकारी निकायको भय पनि उत्तिकै रहनेछ ।

मकर
दीर्घकालीन योजना नबनाएको राम्रो। आज ठूलो नाफा गर्न सकिँदैन भने अरु कार्यमा सामान्य छ। मातापिताको आशिर्वाद लिएर दिनको सुरुवात गर्नुहोला। शत्रुमाथि विजय प्राप्त हुन सक्छ । श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा चल्ने र योजना पनि बन्नेछ ।

कुम्भ

शिक्षा, स्वास्थ्य, क्षेत्रमा धेरै राम्रो छ। तपाईले गरेको श्रम लगानीबाट फाइदा हुने सम्भावना छ। सामाजिक, राजनीतिक क्षेत्रहरु सामान्य रहेपनि स्वास्थ्यमा धेरै सुधार हुनेछ।धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

मीन

शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्रहरु यथावत रहेका छन्। आफन्तबाट सहयोग मिल्नेछ।वित्तिय संस्थाबाट सहयोग पाइनसक्छ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । मान प्रतिष्ठामा वृद्धि होला । समाजिक कार्यमा मन जानेछ ।,

पूर्व अयोग्य लाडाकुद्वारा नयाँ ऐन संशोधन गर्दा आफुहरुलाई नसमेटिएको भन्दै रिट दायर

काठमाडौं । माओवादीका पूर्व अयोग्य लाडाकुले नयाँ ऐन संशोधन गर्दा आफुहरुलाई नसमेटिएको भन्दै रिट दायर गरेका छन् ।

आफूहरूलाई अटाउने गरी संशोधन गर्न माग गर्दै द्धन्द्धपीडित पूर्व बाल सेनाका तर्फबाट लेलिन विष्टले सर्वोच्चमा सोमबार रिट दायर गरेका हुन् ।

रिटमा बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरूपण ऐनमा आफुहलाई अटाउने गरी संशोधन गर्न माग गरिएको छ।

सर्वोच्चमा दायर भएको रिटमा भदौ ३० गतेका लागि सुनुवाइको पेसी तोकिएको छ।

जनताका आँखामा आँशु बहेको आफूहरुले देख्न नसक्नेः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताका आँखामा आँशु बहेको आफूहरुले देख्न नसक्ने बताएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालयमा नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलाप्रति असहमति जनाउँदै उनले सर्वोच्चको सो फैसलाले आम नागरिकहरुमा ठूलो असर परेको भन्दै नागरिकको पीरमर्काप्रति आफ्नो पार्टी संवेदनशील रहेको बताए ।

उनले भने– ‘जनताका आँखामा आँशु बहेको आफूहरुले देख्न नसक्ने र अनुहारमा मुस्कान र जनताको उज्यालो अनुहार हेर्ने चाहना छ । कुनैपनि एउटा परिवारलाई पीडा हुँदा आफूलाई पोल्ने गरेको छ ।,’

उनले न्यायपालिकाले फैसलाको पुनरावलोकन गर्नुपर्ने बताउदैँ आफू प्रधानमन्त्री भएको बेलामा ठूलाठूला निर्णयहरु गरेको दाबी गर्दै सो निर्णयले कतिपय नेताहरुको खुट्टा काँप्न थालेको पनि बताए ।

अध्यक्ष नेपालले संसदको माध्यमबाट अहिलेको सरकारलाई झक्झक्याउने काम गरिरहेको बताए ।

क्युआर कोड, मोबाइल बैंकिङ कारोबार गर्दा लाग्ने १० प्रतिशत भ्याट फिर्ता दिने

काठमाडौं । डिजिटल माध्यमबाट क्युआर कोड, मोबाइल बैंकिङ र क्रेडिट, डेबिट कार्डबाट भुक्तानी गर्ने ग्राहकहरुलाई सरकारले १० प्रतिशत भ्याट फिर्ता दिने भएको छ ।

आन्तरिक राजश्व विभागले भदौ २१ गते निर्णय गर्दै १० प्रतिशत लाग्ने भ्याट फिर्ता दिन परिपत्र गरेको छ ।

भ्याट फिर्ताको निर्णय कार्यान्वयनका लागि विभागले सबै आन्तरिक राजश्व राजश्व कार्यालयहरुलाई निर्देशन समेत दिएको छ । बिक्रेताहरुले तत्कालै भ्याट फिर्ताको व्यवस्था कार्यान्वयन गर्न पनि विभागले भनेको छ ।

अब क्युआर, मोबाइल बैंकिङ वा डेबिट, क्रेडिट कार्डबाट एक हजार रुपैयाँको बस्तु तथा सेवा खरिद गरेको भुक्तानी दिँदा एक हजार रुपैयाँको १३ प्रतिशतले हुने एक सय ३० रुपैयाँको १० प्रतिशत अर्थात १३ रुपैयाँ भ्याट फिर्ता पाउनेछन् ।

शेयर बजार निरन्तर ओरालो, आज पनि दोहोरो अंकको गिरावट

काठमाडौं । धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ५५ दशमलव ८६ अंकको गिरावट आएको छ ।

आज कुल २ दशमलव ०६ प्रतिशतले बजार घटेको हो । केही दिनदेखि बजार गिरावटले निरन्तरता पाउँदा आज बजार २ हजार ६ सय ४६ दशमलव ३ बिन्दुमा झरेको नेप्सेले जनाएको छ ।

त्यस्तै बजार घटेसँगै आज कारोबार रकम समेत घटेको छ । आज कुल ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार ४ सय २५ रुपैयाँ बराबरको कारोबार भएको हो । नेप्सेका अनुुसार आज कुल २ करोड १० लाख ४८ हजार ९ सय ११ कित्ता शेयर कारोबार भएको छ ।

आज कारोबारमा आएकामध्ये २२ कम्पनी नाफामा रहेका छन्, २२३ कम्पनी घाटामा रहेको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुुसार आज हातवे इन्भेस्टमेन्ट नेपाल लिमिटेड, नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेड, इमर्जिङ नेपाल लिमिटेड लगायतका लगानीकर्ताहरुले धेरै कमाएका छन् । भने उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, सिर्जनशील लघुवित्त वित्तीय संस्था, सुर्पोट माइक्रो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरुले धेरै गुमाएका छन् । केही समयअघि ह्वात्तै बढेको शेयर बजारमा पछिल्ला दिनमा करेक्सन देखिएको हो ।

पाँचथर बम विस्फोटः एमालेले माग्यो गृहमन्त्रीको जवाफ

काठमाडौं । पाँचथरको फालेलुङका भएको बम विस्फोटको विषयमा नेकपा (एमाले)ले गृहमन्त्रीको जवाफ मागेको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले यस्तो गम्भीर घटनामा यतिका दिन भइसक्दा समेत घटनामा जोडिएका दोषी पत्ता नलगाएको भन्दै सो बारेमा सरकारले सदनमा आएर जवाफ दिन माग गरेका हुन् ।

फालेलुङ्ग गाउँपालिका–५ डाडाँगाउँ, प्राङबुङ्गमा भएको बम विस्फोटबाट एकै परिवारका दाजुबहिनी ११ र अढाई वर्षीया बालबालिकाको ज्यान गएको थियो । सात र ११ वर्षीय बालकद्वय अहिले उपचार रत छन् । घाइतेको कीर्तिपुरस्थित वर्न(जलन)अस्पतालमा उपचार भइरहेको छ ।

बर्तौताले भने, ‘सरकारले यस्तो घटनामा गम्भीतारकासाथ अनुसन्धान गर्नुपर्ने देखिन्छ । सामान्यता यतिका दिन भइसक्दा समेत यो घटनामा जोडिएका दोषी को हो ? यो बारेमा सरकारले सदनमा आएर बताउनुपर्छ । यस्तो गम्भीर प्रकृतिको घटनामा गृहमन्त्रीज्यूले संसदमा आएर जानकारी गराउनु बढी उपयुक्त हुन्छ । म यो माग गर्न चाहन्छु ।’

उनले सशस्त्र द्वन्द्वको समयमा छाडिएको बम विस्फोट भएको कुरा बाहिर आइरहेको पनि बताए ।

‘पेट्रोलियम पदार्थमा १० देखि १५ प्रतिशत इथानोल मिश्रण गर्न सकिने’

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा १० देखि १५ प्रतिशत इथानोल मिश्रण गर्न सकिने जनाएको छ । वातावरणमैत्री इथानोल मिश्रण गर्ने सम्बन्धमा बहस चलिरहेका निगमले इथानोल मिश्रण गर्न सरकारले प्रोत्साहन गर्नुपर्ने बताएको हो ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार राजधानीमा पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको सम्बन्धमा गरेको छलफल कार्यक्रममा निगमका तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै केन्द्रीय प्रयोगशाला प्रमुख प्रतिभा महर्जनले २०६० सालमा नै नेपालले आयातित पेट्रोलियम पदार्थमा १० प्रतिशतसम्म इथानोल मिश्रण गर्न सकिने नीतिगत व्यवस्था गरेको बताइन् ।

ʻ२०६० मंसिर २९ गतेको नेपाल राजपत्र खण्ड ५३ संख्या ३५ मा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरिएको थियो । त्यसयता बनेका इथानोल मिश्रण सम्बन्धी अध्ययन तथा सिफारिसले पनि सोही नीतिलाई अघि सारेको छ । इथानोल बर्निङ पावरयुक्त तत्त्व हो । यसले पेट्रोलियम पदार्थको खपत कम गराउन सहयोग पुर्‍याउँछ भने देशबाट बाहिरिने विदेशी मुद्रालाई समेत बचत गराउँछʼ महर्जनले भनिन् ।

आज मन्त्रीपरिषद् बैठक बस्दै, दुई दर्जन बढी सहसचिव सरुवा गर्ने तयारी

काठमाडौं । आज साझ मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ ।

आज साझ ६ बजे सिंहदरबारमा बस्ने बैठकले कर्मचारी सरुवा र बढुवाको विषयमा छलफल हुने बताइएको छ ।

आजको मन्त्रीपरिषद्को बैठकले ३० भन्दा बढी सहचिवहरु सरुवा हुन सक्ने समाचार स्रोतले बताएको छ ।