अमेरिकामा फेरि एक नेपाली मृत फेला

काठमाडौं । अमेरिकाको मेरील्यान्डमा नेपाली एक युवक मृत भेटिएका छन्। अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षीय शान्तलाल प्रधान मृत भेटिएको नेपाली पत्रकारहरुले अमेरिकामा सञ्चालन गरिरहेको पोर्टल नेपयोर्कले उल्लेख गरेको छ। उहाँ गत अगस्त २७ मा मृत फेला परेको बताइएको छ।

प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा रहेका छन्। उहाँको शव नेपाल फर्काउन गोफण्डमी क्याम्पेन सुरु गरिएको छ। मृत्युको कारण पत्ता नलागेको बताइएको छ। यसअघि अमेरिकाको ह्युष्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या भएको थियो। पाण्डेमाथि गोली हानी हत्या गरेको आरोपमा ५१ वर्षीय बबीसिंह शाह पक्राउ परेका छन्।

संसदीय छानबिन विशेष समितिद्वारा कृषि सहकारीसँग छलफल

काठमाडौं । सहकारी संस्थामा भएको रकम दुरुपयोगको विषयमा संसदीय छानबिन विशेष समितिले आज कृषिसँग सम्बन्धित सहकारीहरूसँग छलफल सुरु गरेको छ ।

समितिले यसअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला सहकारीका प्रतिनिधिसँग पनि छलफल गरिसकेको छ । समितिले देशभरका सबै स्थानीय तहसँग सहकारीसम्बन्धी विवरण माग गरेको छ ।

तर, अहिलेसम्म धेरै स्थानीय तहबाट विवरण प्राप्त भएको छैन । समितिका सभापति सूर्यबहादुर थापाले पाँच दिनभित्र सबै पालिकाबाट विवरण उपलब्ध गराउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई आग्रह गरेका छन् ।

समितिले गोरखा मिडिया नेटवर्कमा आबद्ध अधिकारीहरूसँग पनि छलफल गरिसकेको छ । पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि समितिले छलफल गरिसकेको छ ।

रकम फिर्ता पाउने आशामा सहकारी पीडितहरूले समितिको कामलाई निकै चासोका साथ हेरिरहेका छन् । समितिले छिट्टै यस विषयमा प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

नेपाल बारले थप आन्दोलनको घोषणा गर्यो

काठमाडौं । नेपाल बार एसोसिएसनले थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो । हिजो न्याय परिषद् घेरेको बारले आज सर्वोच्च अदालत परिसरकमा धर्ना कार्यक्रमम राखेको छ ।

बारले अब निरन्तर आन्दोलन गर्ने अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

बारले सर्वोच्च अदालत बार एसोसिएसनसहित उपत्यका बार एकाइका कानुन व्यवसायीहरूलाई २ बजेदेखि ३ बजेसम्म धर्नाका लागि सर्वोच्च परिसरमा उपस्थित हुन अनुरोध गरेको छ।

‘विवादास्पद संशोधित न्याय परिषद् नियमावलीविरुद्ध धर्ना कार्यक्रम सर्वोच्च अदालत परिसरमा गर्ने भएको हो ।

गण्डकी प्रदेशमा एमालेका चार मन्त्री सरकारमा सहभागि

काठमाडौं । एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जीसी श्रेष्ठको नेतृत्वमा एमाले गण्डकी प्रदेश सरकारमा सहभागी भएको छ । कांग्रेस र एमालेबीच केन्द्रमा नयाँ सत्तासाझेदारी भएको दुई महिनापछि बल्ल एमाले गण्डकी प्रदेश सरकारमा सहभागी भएको हो । एमाले चार मन्त्रालयसहित सरकारमा सहभागी भएको हो ।

गण्डकीमा ७ बाट ९ मन्त्रालय बनाइएको छ । एमालेका तर्फबाट पद्मासहित पर्वतका कृष्ण पाठक, पर्वतकै मित्रलाल बस्याल र कास्कीका प्रकाशबहादुर केसी मन्त्री बनेका छन् । पद्मा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री, केसी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री नियुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी एमालेबाट बागलुङका कृष्ण पाठकले प्राप्त गरेका छन् । एमालेकै मित्रलाल बस्याल उद्योग, पर्यटन मन्त्री भएका छन् । यसअघिका भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई भने वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । अहिले कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित आर्थिक मामिला मन्त्री डा। टकराज गुरुङ र सामाजिक विकास मन्त्री विन्दुकुमार थापा छन् । नवनियुक्त मन्त्रीहरुको शपथ आजै हुँदैछ ।

वर्कशप टुल्स र इक्विपमेन्ट उपलब्ध गराउने कम्पनी ओएलएस अब पञ्चकन्या मार्केटिङले बिक्री गर्ने

काठमाडौं – वर्कशप टुल्स र इक्विपमेन्ट उपलब्ध गराउने भारतको प्रतिष्ठित कम्पनी ओएलएस (आयल ल्युब सिस्टम) अब पञ्चकन्या मार्केटिङले नेपाली बजारमा बिक्री–वितरण गर्ने भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ को अवसरमा ओएलएसका बिजनेस डेभलपमेन्ट जीएम सञ्जय कुमार र अटो वर्कशप व्यवसायी संघका अध्यक्ष शरण कुमार गुरुङले सो सिस्टमका टुल्स र इक्विपमेन्ट सार्वजनिक गरे ।
सो अवसरमा बिजनेस डेभलपमेन्ट जीएम सञ्जय कुमारले ४१ वर्ष पुरानो प्रतिष्ठित विश्व स्तरीय कम्पनीका उत्पादन नेपालमा उपलब्ध गराएको र यसलाई पञ्चकन्या मार्केटिङ मार्फत प्रयोग गर्नका लागि सबैलाई आग्रह गरे । भारतका टप कम्पनीहरुमा पर्ने र धेरै अटोमोबाइल निर्माता कम्पनीहरुले ओर्ईएमको रुपमा र आफ्ट मार्केटका रुपमा समेत प्रयोग गर्ने यी टुल्स र इक्विपमेन्ट नेपालमा समेत सबैले रुचाउने अपेक्षा गरे ।
अटो वर्कशप व्यवसायी संघका अध्यक्ष शरण कुमार गुरुङले वर्कशपका लागि विभिन्न टुल्स र इक्विपमेन्टको आवश्यकता हुने तथा त्यस्ता टुल्स र इक्विपमेन्ट गुणस्तरीय भएमा मात्रै सवारी साधन राम्रो कन्डिसनमा हुने भएकाले त्यसतर्फ ध्यान दिनु पर्ने बताए ।
पञ्चकन्या मार्केटिङका म्यानेजिङ डाइरेक्टर बालकृष्ण पुरीले अटोमोबाइल क्षेत्रमा लामो समय देखि लागेको र नेपाली उपभोक्तालाई गुणस्तरीय उत्पादन उपलब्ध गराउने प्रतिबद्धताको रुपमा ओएलएसका टुल्स र इक्विपमेन्ट भित्र्याएको बताए । उनले गुणस्तरीय भएकै कारण यी टुल्स र इक्विपमेन्ट सबैको रोजाइमा पर्ने विश्वास व्यक्त गरे ।
ओएलएसले फोर ह्विलर र कमर्सियल भेइकल तथा टु ह्विलरको वर्कशपका लागि आवश्इक टु पोस्ट, फोर पोस्ट, ट्रली, वर्क स्टेसन, पेन्ट बुथ लगायत यससँग सम्बन्धित सबै स्पेयर पार्ट्स उपलब्ध गराउछ ।
ओएलएस सिस्टम प्रालि एक भारतीय ब्रान्ड हो । ओएलएसले ओईएम अर्थात ओरिजिनल म्यानुफ्याक्चररको रुपमा कम्पनीको मापदण्ड अनुसार विभन्नि उपकरण निर्माण गर्छ भने आफ्टर मार्केटको रुपमा त्यसै अनुसार ब्रान्डिङ गरेर उपलब्ध गराउने गर्छ । ओएलएस किया, हुन्डाई, टाटा, सुजुकी, टीभीएस, रोयल इन्फिल्ड जस्ता भारतका अटोमोबाइलसँग सम्बन्धित ७२ कम्पनीद्वारा स्वीकृत प्रदान गरिएको उत्पादक कम्पनी हो ।
कम्पनीले भारत वाहेक मिडिल इस्ट, अफ्रिकाका साथै एसियामा नेपाल वाहेक बंगलादेश, श्रीलंका, भुटान लगायतका विभिन्न देशमा यी इक्विपमेन्ट उपलब्ध गराएको छ । पछिल्लो समयमा चर्चामा रहेका इलेक्ट्रिक भेइकलको मर्मत सम्भारका लागि आवश्यक टुल्स र इक्विपमेन्ट समेत ओएलएसले उत्पादन गर्छ ।
आयल ल्युब सिस्टम ४१ वर्ष पुरानो कम्पनी हो । विश्व स्तरीय गुणस्तरीय उत्पादनका लागि ओएलएस लोकप्रिय छ । यो आईएसओ ९००१ ः २०१५ र सीई सर्टिफाइड कम्पनी हो । भारतको फरिदावाद, पुणे र बैंगलोरमा यसको कारखाना छ ।

आज दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज संघीय संसद अन्तरगत दुईवटा समितिको बैठक बस्दै छ ।

संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समिति र राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्ने भएको हो ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ ।

यस्तै, दिउँसो ३ बजे बस्ने राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा समितिको वार्षिक कार्ययोजनाका सन्दर्भमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सदस्यहरू तथा नेपाल सरकारका मुख्यसचिवसँग छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

संघ सरकार मातहत थप १२९ जना कर्मचारीको दरबन्दी थप

काठमाडौं । सरकारले कृषि मन्त्रालयअन्तर्गतका परियोजनाहरु सञ्चालनका लागि संघ सरकारमातहत थप १२९ जना कर्मचारीको दरबन्दी थप गरेको छ ।


भदौ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले चार सहसचिव, ५५ उपसचिव र ७० जना अधिकृतको दरबन्दी थप गरेको हो ।

सरकारले कृषितर्फ संघ सरकार अन्तर्गत ४ जना सहसचिव, ५५ जना उपसचिव र ७० जना अधिकृतको दरबन्दी थपेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संगठन र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय बैठकले गरेको हो ।

मन्त्रालय अन्तर्गतका परियोजनाहरु सञ्चालन गर्न परियोजना कार्यान्वयन इकाइ मातहत रहन गरी नयाँ दरबन्दी तेरिज स्वीकृत भएको उनले बताए ।

यो निर्णयले सिंहदरबार र काठमाडौंभित्र बस्ने संघीय कर्मचरीको दरबन्दी बढाएको छ ।

खालि भयो चार सचिवको पद, को–को हुँदैछन नयाँ सचिबहरु ?

काठमाडौं । सरकारले मुख्य सचिवमा एक नारायण अर्याललाई नियुक्त गर्यो । लिलादेबी गड्तौला मुख्य सचिवबाट अनिवार्य अवकास लिएकी छिन् । मुख्य सचिवमा सरकारले अर्याललाई नियुक्त गरेपछि दुई जना सचिव तोयनारायण ज्ञवाली ले मुख्य सचिव नियुक्तिमा असन्तुष्टि जनाउदै राजीनामा दिएका छन् भने दिनेश भट्टराईले पनि दिनुभएको भनेर हाल्ला भएपनि उहाले राजिनामा नदिएको बुझिएको छ । भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले चौथो वरियतामा रहेका एकनारायण अर्याललाई मुख्यसचिव बनाएपछि उनीहरू असन्तुष्ट हुँदै राजीनामा दिएका हुन् ।

यी चार वटा पद हाल खालि छन् । अब खालि पदमा उपसचिवहरु ऋाउने छन् । हालै मात्र २६ जना उपसचिवहरुले बढुवा हुन आवश्यक पर्ने तालिम समेत लिइसकेका छन् ।

निजामती किताबखानाका अनुसार चालु आर्थिक वर्षमा २ हजार भन्दा बढी कर्मचारी अनिवार्य अवकाशमा जाँदैछन् । यस्तै चालु आर्थिक बर्षमा तीन दर्जन बढी सहसचिवहरु सचिवमा उक्लदैछन् । जसमध्ये २६ जनाले तालिम समेत लिइसकेका छन् ।

सहसचिवबाट सचिवमा उक्लने लाइनमा रहेका कर्मचारीहरु हुन महादेव पन्थ, रघुराम विष्ट, वावुराम अधिकारी, मदन भुजेल, चन्द्रकला पौडेल, शोभाकान्त पौडेल, भुपाल वराल, डण्डुराज घिमिरे, खगेन्द्र प्रसाद सुवेदी, कृष्ण प्रसाद काप्री, वैकुण्ठ प्रसाद अर्याल, इमनारायण श्रेष्ठ, राजेन्द्र प्रसाद पौडेल, इन्दु घिमिरे, कमल प्रसाद भट्टराई, श्रीकृष्ण नेपाल, हाल स्वास्थ्यमा आइपुगेका विनोद वहादुर कुँवर, ढुण्डी निरौला, झलकराम अधिकारी, जनकराज जोशी, कालीप्रसाद पराजुली, नारायण प्रसाद भट्ट,उत्तर कुमार खत्री, आभा कर्ण श्रेष्ठ, चक्रवहादुर वुढा र जयनारायण आचार्यहरु सचिव बन्ने पर्खाइमा छन् ।

केही बरिष्ठ सहसचिवहरु सामान्री प्राबिधिक रुपमा निलम्बनमा परेका छन् । उनीहरुको निलम्बन फुकुवा भए लगत्तै रूद्रसिंह तामाङ, बुद्धिसागर लामिछाने लगायतका सहचिवहरु हाल खालि रहेको पदमा नियुक्त हुने छन् ।

विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। अमेरिकी डलरको मूल्य भने यथावत छ भने बहराइन दिनारको मूल्य थोरै बढेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ। हिजो र अस्ती पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ। हिजो युरोपियन युरो १ को खरिदर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०६ पैसा थियो। आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५९ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १७६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७७ रुपैयाँ २४ पैसा थियो।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ५७ पैसा र बिक्रीदर ९० रुपैयाँ ९८ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ४२ पैसा थियो।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ८४ र बिक्रीदर ४४० रुपैयाँ ८१ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ३३ र बिक्रीदर ४४० रुपैयाँ २९ पैसा थियो।त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ७८ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ८० पैसा थियो।

चार देशका लागि प्रस्तावित राजदूतहरुको आजबाट सुनुवाई हुँदै

काठमाडौँ । विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ आज पनि हुँदैछ । आइतबारदेखि सुनुवाइ थालेको संसदीय सुनुवाइ समितिले आज इजरायल, मलेसिया, पाकिस्तान र पोर्चुगलका लागि प्रस्तावित राजदूतहरूलाई बोलाएको हो ।

इजरायलका लागि धनप्रसाद पण्डित, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, पाकिस्तानका लागि रीता धिताल र पोर्चुगलका लागि प्रकाशमणि पौडेल राजदूत नियुक्तिका लागि सिफारिस भएका छन् ।

जसमा तिमिल्सिना र पण्डितविरुद्ध समितिमा उजुरी परेको छ । समितिका सदस्यहरूले उजुरीहरूमाथि प्रश्न गर्ने र उनीहरूको जवाफ तथा कार्ययोजनामा छलफल गर्ने गर्ने कार्यसूची छ ।

समितिले आइतबार पहिलो दिन चीनका लागि प्रस्तावित राजदूत कृष्णप्रसाद ओली, भारतका लागि शंकर शर्मा, जर्मनीका लागि डा। शैल रूपाखेती र डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरको सुनुवाइ गरेको थियो । सुनुवाइमा प्रस्तावित राजदूतहरूले आ–आफ्ना कार्ययोजना र प्रतिबद्धता प्रस्तुत गरेका थिए ।

आज सोमबार दोस्रो दिन इजरायल, मलेसिया, पाकिस्तान र पोर्चुगलका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ भइसकेपछि कतारका लागि प्रस्तावित रमेशचन्द्र पौडेल, रुसका लागि प्रस्तावित जंगबहादुर चौहान, साउदी अरबका लागि प्रस्तावित नरेशविक्रम ढकाल दक्षिण कोरियाका लागि डा। शिवमाया तुम्बाहाम्फेसँग छलफल गर्ने तयारी छ ।

त्यसपछि दक्षिण अफ्रिकाका लागि प्रा।डा।कपिलमान श्रेष्ठ, स्पेनका लागि सनिल नेपाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, बेलायतका लागि चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि प्रस्तावित लोकदर्शन रेग्मीलाई सुनुवाइमा बोलाउने समितिको तयारी छ ।

त्रिविले ११ आंगिक क्याम्पसमा प्रमुखका लागि आवेदन माग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि आवेदन मागेको छ । रत्नराज्य लक्ष्मी क्याम्पस, विश्वभाषा क्याम्पस, पाटन संयुक्त क्याम्पस पाटनढोका ललितपुर, पृथ्वीनारायण क्याम्पस पोखरा, बुटवल बहुमुखी क्याम्पस बुटवल क्याम्पस, सुर्खेत शिक्षा क्याम्पस सुर्खेत, सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिराहाको लागि क्याम्पस प्रमुख माग गरिएको छ।

यस्तै,रामस्वरुप रामसागर क्याम्पस जनकपुर, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, डोटी बहुमुखी क्याम्पस र जुम्ला क्याम्पसका लागि पनि प्रतिस्पर्धाबाट क्याम्पस प्रमुख नियुक्त गर्न चाहेको त्रिविले जनाएको छ।

क्याम्पस प्रमुख छनोट समितिले आज सूचना जारी गरी काठमाडौं उपत्यकाका तीन सहित ११ क्याम्पसका लागि क्याम्पस प्रमुख पदमा आवेदन माग गरेको हो ।

सात दिन भित्र आवेदन दिसक्नु पर्ने सूचनामा उल्लेख छ ।

डेंगु सङ्क्रमणका कारण ६३ वर्षीय पुरुषको निधन

काठमाडौं । डेंगु सङ्क्रमणका कारण जिल्लामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष रहेका छन् । चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको गत शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जनाकारी दिए ।

उनका अनुसार ती बिरामी ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय २७ जनामा डेंगुको सङ्क्रमण देखिएको छ ।

तीन हजार ४४ जनाको परीक्षणका क्रममा उनीहरूमा यो रोगको सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये पाँच सय ३२ जना चितवनका र अन्य जिल्लाका छन् ।

मौसमः दिउसो केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशभर मौसम साधारणतया आंशिक बदली रहने छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षा हुने क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

आज कुशे औंसी , बुबाको मुख हेर्ने दिन

काठमाडौं । आज भाद्र कुशे औंसी, पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ। आजको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ। यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ। बुवालाई भेट्न नसक्नेहरुले भने टेलिफोन वा भिडियो कल गरेर सम्झिने गर्दछन्।

भौतिक, भावनात्मक, जैविक अनि अन्य धेरै सम्बन्धको एक मात्र मेल हो, पिता। त्यसैले आज कुशे औंसी, बुवाको मुख हेर्ने दिनको अवसरमा हरेकले आफ्ना पिता प्रति सम्मान दर्शाउन बुवाको मुख हेर्ने र कोशेली दिने परम्परा छ।

कुशे औंसीलाई बुवाको मुख हेर्ने औंसी पनि भनिन्छ। आजको दिन पिताको सम्मान, सम्झना अनि विशेष समर्पण गर्ने दिन हो। कुशै औंसीका दिन पिता हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्दछन्।

यस्तै बुवा नहुनेले पिताको सम्झनामा तस्बिर हेरेर वा विभिन्न मन्दिर शक्तिपीठ, देवालय लगायतका पवित्र तिर्थस्थल पुगेर पितृहरुको नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गरी अध्यात्मिक चिन्तनबाट समेत सम्झना गर्दछन्। तर यस वर्ष कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले मन्दिर क्षेत्र पूर्णरुपमा सिल गरिएको छ।

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यता अनुरूप यस दिन छोराछोरीहरूले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास छ। भाद्र कृष्ण औंसीका दिन वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्राउने पनि गर्दछन्।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ। सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन्।

कुशको महत्व

नुहाँउदा, जप स्नान गर्दा, दानगर्दा, पाठपूजा, पितृकार्यमा समेत प्रयोग हुने वहूपयोगी कुशलाई हिन्दू धर्ममा महत्वका साथ हेरिन्छ। वैदिक सनातन हिन्दू संस्कारमा कुश अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मीक भूमिका भएको पवित्र वनस्पती मानिन्छ। यो देवकर्म र पितृकर्म दुबैमा अनिवार्य वनस्पती हो। औंशी दिन घरमा ल्याइने कुशको महिमा श्रीमद्भागवत् गीता, गरुँड पुराण, यथर्व वेद र विष्णु पुराणमासमेत वर्णन गरिएको छ।

कतिपयले बुवाको मुख हेर्नेदिनलाई ‘फादर्स डे पनि भन्छन्। तर फार्दस डे र बुवाको मुख हेर्ने दिनमा फरक छ। सन् १९०९ मा पहिलो पटक श्रीमती सोनोरा डोडले आफ्नो पिताको सम्मानमा मनाएकि थिइन्। त्यसपछि फार्दस डेलाई जुन १९, १९१० मा अमेरीकामा मनाइएको थियो। तर, बुवाको मुख हेर्ने दिन कहिलेबाट मनाउन थालियो भन्ने कुनै यकिन तथ्यांक छैन। यो पौराणिक कालबाटै मनाउन थालिएको किवंदन्ती छ।

एमाले र काँग्रेसको गठबन्धन जोगाउन चुनौतीपूर्ण छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमाले र काँग्रेस प्रतिस्पर्धी दल भएकाले गठबन्धन जोगाउन चुनौतीपूर्ण कार्य भएको बताएका छन् ।

आइतबारको पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै उनले क्याम्पसदेखिनै प्रतिस्पर्धी दलभएको विषय सत्तामा गएकाहरूले ख्याल गर्नुपर्ने बताए । उनले ०८४ को निर्वाचनको प्रतिस्पर्धी पनि एमाले नै भएको बताए ।

‘ओली सरकारलाई सफल बनाउनु छ । सभापति प्रधानमन्त्री बनेपछि पनि सफल बनाउनु छ । ०८४ मा एमालेसँग चुनाव लडेर फेरि जितेर आउनु छ । पार्टीको आइडेटीटी पनि जोगाउनु पर्ने छ ‚’ उनले भने ।

उनले संविधान संशोधन हुन्छ कि हुँदैन भन्नेमा आफू जानकार नभए पनि देश संविधान संशोधनको बहसमा प्रवेश गरेको बताए ।