पेट्रोल र डिजेल दुवैको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो ।

नयाँ मूल्य अनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १५९ रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलमा १४९ रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यो मूल्य तेस्रो वर्ग अन्तर्गत पर्ने पोखरा र दिपायलमा समेत लागु हुनेछ ।

त्यस्तै दोस्रो वर्ग अन्तर्गत दाङ र सुर्खेतमा क्रमशः १५८ रुपैयाँ र १४८ रुपैयाँ तथा बाँकी पहिलो वर्ग अन्तर्गतका क्षेत्रहरूमा १५६।५ रुपैयाँ र १४६।५ रुपैयाँ मूल्य निर्धारण गरिएको निगमले जनाएको छ ।

एक वर्षमा २६ हजार ९ सय १८ भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपायो अनुसन्धान आयोगल आर्थिक वर्ष २०८०/०८१ मा २६ हजार ९ सय १८ वटा भ्रष्टचार सम्बन्धि मुद्दा दायर गरेको छ ।

आज शितलनिवासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई वार्षिक प्रतिवेदन बुझाउने क्रममा सो तथ्याङ् सार्वजनिक गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९ हजार २६८ उजुरीहरू समेत गरेर कारबाही गर्नुपर्ने जम्मा उजुरीको संख्या ३६ हजार १८६ रहेको जानकारी दिए । उनले यस अवधिमा कुल ३६ हजार १ सय ८६ उजुरीमध्ये २७ हजार ७१४ अर्थात् ७६.५९ प्रतिशत उजुरी स्क्रिनिङ र प्राथमिक छानबिनबाट फर्छ्यौट भएको बताए ।

उनले फर्छ्यौट गरेका उजुरीहरूमध्ये आयोगको क्षेत्राधिकारभित्र नपरेका गोलमटोल प्रकृतिका भइरहने वा दुःख दिने नियतका र कुनै तथ्य प्रमाणबिनाका सामान्य प्रकृतिका १३ हजार ५९३ वटा उजुरीहरू तामेली गरिएको बताए ।

उनले फर्छ्यौट भएकामध्ये १ हजार १३३ वटा उजुरीहरू उपर विस्तृत अनुसन्धान गर्ने निर्णय गरिएको, १३१ उजुरीउपर सुझाव दिई तामेली गरिएको र १२ हजार ७८६ उजुरी उपर कानून बमोजिम अन्य आवश्यक कारबाही गरिएको जानकारी दिए । उनले प्रारम्भिक छानबिनको क्रममा रही फर्छ्यौट हुन बाँकी रहेका ८ हजार ४७२ उजुरीहरू आर्थिक वर्ष २०८१/०८२ मा सरेको बताए ।

मंसिर १६ गते उप निर्वाचनको मिति तोक्न निर्वाचन आयोगको सुझाव

काठमाडौं । आगामी मंसिर १६ गतेका लागि निर्वाचनको मिति तय गर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएको छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलोलाई आज भेट गरी आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिएका हो ।

स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भएको हो ।

उक्त भेटमा प्रधानमन्त्री ओलीले प्रस्ताव अध्ययन गरी नेपाल सरकारले छिटो मिति तोक्ने जनाउँदै निर्वाचनलाई मितव्ययीरुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न आग्रह गरे ।

ठूलो संख्यामा सहसचिवहरुको सरुवा (सूची)

काठमाडौं । ४० सहसचिवहरुको सरकारले सरुजा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको थियो ।

तर, त्यसको अन्तिमरुप भने दिएको थिएन सोहि अनुसार सरकाले आज सरुवा हुने सहसचिवहरुको लिस्ट सार्वजनिक गरेको हो ।

संघ, प्रदेश र स्थानीय गरी तीनै निकायमा कार्यरत ४० सहसचिवहरूको सरुवा गरिएको बुझिएको छ ।

आज दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौं । आज शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्सेमा ५० दशमलव ७३ अंकको गिवरावट आएको हो । कुल १ दशमलव ९७ प्रतिशतले बजारमा गिरावट आउँदा शेयर बजार २ हजार ६ सय ३७ बिन्दुमा अड्किएको नेप्सेले जनाएको छ ।

आज कारोबारमा आएकामध्ये २२ वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने २२२ कम्पनीको शेयरमा गिरावट भएको नेप्सेले जनाएको छ ।

बजार घटे पनि आज कारोबार रकममा भने सुधार देखिएको छ । नेप्सेका अनुसार आज १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९ सय ५७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार आज हिमालयन हाइड्रोपावर कम्पनी, रावा इनर्जी डेभलवमेन्ट लिमिटेड, एस्ट्रन हाइड्रोपावर लिमिटेड, रिभर फल्स पावर लिमिटेड लगायतका कम्पनीका लगानीकर्ताहरुले धेरै आर्जन गर्न सफल भएका छन् । यता थ्री स्टार हाइड्रोपावर लिमिटेड, ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड, सीईडीसी डेभलवमेन्ट लगायत कम्पनीका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।

पछिल्ला दिनहरुमा शेयर बजारमा उतारचढाव देखिएको छ । त्यसो त अघिल्लो साता निरन्तर घटेको शेयर बजार अन्तिम कारोबार दिन बिहीबार भने सुधार देखिएको थियो ।

‘हिसां’ शब्द नहटाएसम्म माओवादीले संसद अवरोध गर्ने निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘माओवादी हिंसा’ शब्द नहटाएसम्म संसद बैठक अवरोध गर्ने निर्णय गरेको छ ।

सोहि सब्दका कारण आज १ बजेका लागि बोलाइएको बैकठ बस्न सकेको छैन् ।

सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूसँगको छलफल पश्चात् माओवादीले संसद अवरोध गर्ने अनौपचारिक छलफल गरेको थियो ।

छलफलले संसदीय दलको बैठकको निर्णय अनुरूप पार्टीले उठाएको विषय सम्बोधन नभएसम्म सदन अवरोध गर्ने निर्णय गरेको हो ।

एक वर्षमा प्रतितोला ४५ हजार बढ्यो सुनको भाउ, के हो कारण ?

काठमाडौं । २०८१ भदौ ३० गते सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैँया थियो । आज २०८२ भदौ ३० गते मा १ लाख ५६ हजार ८ सय रुपैयाँ पुगेको छ ।

यसरी एक वर्षको तथ्याङ्क हेर्दा पछिल्लो एक वर्षमा ४५ हजार रुपैयाँ प्रतितोला सुनको भाउ बढेको छ । पछिल्ला दिनहरुमा दिनदिनै मूल्य आकासिन थालेपछि यसले नेपाली बजारमा तरङ्गनै पैदा गरेको छ ।

आज नेपाली बजारमा १ लाख ५६ हजार ८ सय रुपैयाँ प्रतितोलामामा कारोबार भइरहेको छ । यो शुक्रबारको तुलनामा ५ सय रुपैयाँको वृद्धि हो ।

नेपालमा सुनका गरगहना बढी प्रयोग हुने हुँदा मूल्य वृद्धिलाई एकदम चासोका रुपमा हेरिन्छ ।

के कारण हुन सक्छ मूल्य वृद्धि ?

नेपालमा सुनको मूल्यमा अन्तराष्ट्रिय बजारलाई हेरेर समायोजन गरिन्छ ।

अन्तर्राष्ट्रिय बजार, वैदेशिक मुद्रा र अन्तर्राष्ट्रिय बैंकको ब्याजदरअनुसार नेपालमा मूल्य तलमाथि हुने गरेको छ ।
सुनको मूल्य बृद्धि हुनु युरोपेली केन्द्रीय बैंक (ईसीबी) ले ब्याजदर घटाएको असरलाई लिन सकिने अर्थविदहरु बताउछन् । ईसीबीले पछिल्लो समय बैंकको ब्याजदर घटाएको छ । त्यहि असरले सुनको मूल्य वृद्धि भएको हुन सक्छ । विवरणहरुका अनुसार पछिल्लो समय ईसीसी ब्याजदर ०.२५ प्रतिशतले घटाएर ३.५० प्रतिशतमा पु¥याएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ह्वात्तै बढेको अर्थविदहरु विश्लेषण गर्छन् ।

त्यति मात्रै होइन अमेरिकी केन्द्रीय बैंकले फेडरल रिजर्भले पनि निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ । जसको असर सुनको बजारमा देखिएको हो । ब्याजदर घटेपछि लगानीकर्ता डलरको सट्टा सुनमा लगानी गर्न उत्प्रेरित भएकाले सुनको माग र मूल्य बढेको बढेको हो ।

त्यसो त नेपाली बजारमा मात्रै होइन अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । शुक्रबारको कुरा गर्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस २ हजार ५ सय ६८ दशमलव ५ अमेरिकी डलरमा कारोबार भएको थियो ।
आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनको असर समेत सुनको बजारमा देखिएको छ ।

अमेरिकी राष्ट्रपतीय निर्वाचनले सम्भावित बजार अस्थिरताले लगानीकर्ताहरूलाई सुनको कारोबारतर्फ धकेल्न सक्ने, जसका कारण बजारमा माग बढी भएसँगै मू्ल्यमा समेत वृद्धि हुनक्ने विश्व गोल्ड काउन्सिलका बजार रणनीतिकार जोसेफ काभाटोनीको विश्लेषण रहेको छ ।

डेडिकेटेट र ट्रंकलाइनको २२ अर्ब बक्यौता उठाउन माग गर्दै रिट दायर

काडमाडौं । डेडिकेटेट र ट्रंकलाइन्नको सुविधा लिएर पैसा नतिर्ने उद्यागीहरुलाई पैसा उठाउन माग गर्दै सर्वोच्चमा रिट परेको छ ।

सुविधा लिइ बक्यौता नतिर्ने उद्योगी तथा नेपाल विद्युत प्राधिकरण र प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई विपक्षी बनाइ सर्वोच्चमा रिट दायर भएको हो ।

अधिवक्ता यज्ञमणी न्यौपाने लगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उर्जा तथा जलस्रोत मन्त्रालय, बक्यौता नतिर्ने उद्योगी व्यवसायीहरु लगायतलाई विपक्षी बनाइ अन्तरिम आदेशको मागसहित सर्वोच्चमा रिट दायर गरेका हुन् ।

नेपाल विद्युत प्राधिकरणबाट डेडिकेटेड र ट्रंकलाइन मार्फत विद्युत आपूर्ती गरे पनि त्यसबापतको रकम बुझाउन विभिन्न ठुला उद्योगीहरुले आनाकानी गरिरहेका छन् । नेविप्राका अनुसार २२ अर्ब बक्यौता उठ्न बाँकी रहेकामा प्राधिकरणले ताकेता गर्दा पनि तिर्न आनाकानी गरिरहेका हुन् ।

राष्ट्रपति समक्ष अख्तियारको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियारका काम कार्वाहीहरु पारदर्शी र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/८१ वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष बुझाउने क्रममा उनले त्यस्तो बताएका हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति पौडेलसमक्ष सो वार्षिक प्रतिवेदन प्रस्तुत थिए ।

वार्षिक प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडेलले सुशासन कायम गर्ने सन्दर्भमा भ्रष्टाचारजन्य कसुरको पहिचान गर्ने, अनुसन्धान तहकिकात र अभियोजनसम्बन्धी कार्यलाई वैज्ञानिक, तथ्यपरक र नतिजामुखी बनाउने कार्य बढी महत्त्वपूर्ण भएको उल्लेख गरे ।

यसका लागि आयोगको संस्थागत क्षमता, विकास र कर्मचारीको व्यावसायिक दक्षता अभिवृद्धि गर्दै आयोगका काम कारबाहीलाई पारदर्शी र प्रभावकारी बनाउनु अत्यावश्यक रहेको उनले बताए । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको यस भूमिकालाई निर्वाह गर्ने क्रममा आयोगले भ्रष्टाचार नियन्त्रणका विभिन्न रणनीति अवलम्बन गर्दै आएको र कार्यसम्पादन गर्दा आम नागरिक तथा राष्ट्रिय हितलाई मध्यनजर गरी सदाचार, निष्पक्षता र निर्भीकताको मूल मन्त्रलाई आत्मसात् गरेकामा खुसी व्यक्त गरे।

सदन बिना अवरोध सञ्चालनका लागि दलका सचेतकसँग छलफल गर्दै सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले बिनाअवरोध सदन सञ्चालन गर्न प्रमुख दलका सचेतकलाई छलफलमा बोलाएका छन् ।

आज बिहान ११स्३० बजे नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाका प्रमुख सचेतक र सचेतकलाई छलफलमा आमन्त्रण गरिएको हो ।

भदौ १२ गते एमाले सांसद योगेश भट्टराईले संसदमा प्रयोग गरेको ‘हिंसा’ शब्दप्रति माओवादी केन्द्रका सांसदहरूले असहमति जनाउँदै संसद्को अभिलेखबाट हटाउन माग गरेका थिए ।

सभामुखले शब्द नहटाउने निर्णयपछि माओवादीले संसद् अवरोध गर्दै आएका छ । आज अपराह्न १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

सर्वोच्च अदालतमा हुने कारबाहीको लाइभ गर्न माग गर्दै रिट दायर

काठमाडौं । सर्वौच्च अदालतमा हुने कारवाहीको लाइभ गर्न माग गर्दै रिट दायर भएको छ ।

कानुनका विद्यार्थीहरु अनिलकुमार साह र विवेक चौधरीले आइतबार पेस गरेको रिट निवेदन आइतबार सर्वोच्च अदालतले दर्ता गरेको हो ।

त्
रिटमाथिको पेसी सोमबारका लागि तोकिएको छ । न्यायिक पारदर्शिता र जनतामा न्यायको पहुँचको उद्देश्य राखेर रिट निवेदन पेस गरिएको चौधरीले जानकारी दिए ।

निवेदकहरूले अदालतको कारवाहीलाई प्रत्यक्ष प्रसारण गर्नु न्यायिक प्रणालीको आमूल परिवर्तनको लागि अपरिहार्य रहेको समेत रिटमा उल्लेख गरेका छन् । रिट निवेदनमा विश्वका प्रमुख लोकतान्त्रिक मुलुकहरू जस्तै भारत, अमेरिका, ब्राजिल, क्यानडा, दक्षिण अफ्रिका, अस्ट्रेलिया लगायतका देशहरूमा सर्वोच्च अदालतको कारवाहीको प्रत्यक्ष प्रसारण भइरहेको तथ्य उल्लेख गरिएको छ।

जुवा खेलिरहेको अवस्थामा पूर्व गाउँपालिका अध्यक्षसहित ९ जना पक्राउ

विराटनगर । प्रहरीले जुवा खेलिरहेको अवस्थामा पूर्वगाउँपालिका अध्यक्षसहित ९ जनालाई पक्राउ गरेको छ । मोरङको ग्रामथान गाउँपालिका–४ कटहरामा जुवा खेलिरहेको अवस्थामा जुवाखालबाट १८ लाख रुपैयाँ पनि बरामद गरेको छ ।

गोप्य सूचनाका आधारमा शनिबार राति प्रहरी जुवा खालमा पुगेको थियो । जुवाखालबाट पक्राउ पर्ने पूर्व गाउँपालिका अध्यक्षमा ग्रामथान–४ निवासी शिवनारायण माझी रहेका छन् । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट ग्रामथान गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए ।

यसैगरी प्रहरीले मोरङको सुन्दरहरैंचा नगरपालिका–१ का ५० वर्षीय जनककुमार मास्के, ३२ वर्षीय प्रताप राई, सुनसरीको धरान उपमहानगरपालिका–१५ का ४५ वर्षीय युवक राई, दुहबी नगरपालिका–६ का ४५ वर्षीय जयकिशोर साह, महोत्तरीको गौशाला नगरपालिका–१ का ४५ वर्षीय महेश साह, झापाको दमक नगरपालिका–१० का ४६ वर्षीय ऋतुवर्ण नेम्वाङ, ग्रामथान–४ का ५५ वर्षीय अहिलाल माझी र लेटाङ नगरपालिका–९ का ३८ वर्षीय लोकनाथ सापकोटालाई पनि पक्राउ गरेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा आज तोलामा सुनको मूल्य ५ सयले वृद्धि भइ हालसम्मकै नयाँ मूल्य कायम भएको हो ।

शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ५६ हजार ३ सय रहेको थियो । आज मूल्य वृद्धि भइ १ लाख ५६ हजार ८ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १ हजार ९ सय कायम भएको छ । यसअघि शुक्रबार सुनको मूल्य १ हजार ८ सय ६० रहेको थियो ।

पछिल्ला दिनहरुमा नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भइरहेको छ ।

आजको राशिफल हेर्नुहोस् ( २०८१ भदौँ ३० गते आइतबार)

मेष
परिवारको सहयोग प्राप्त हुनेछ। शिक्षामा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। देशभित्र गरेको लगानीबाट फाइदा हुनेछ। विदेश यात्रामा जोखिम छ।

बृष
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। सेवाको अवसर प्राप्त हुनेछ। परिवारसँगको प्रेम सुमधुर बन्नेछ। विदेशमा रमाउने मोह बढ्ने देखिन्छ। साथीसँगको संगतले फाइदा हुनेछ।

मिथुन

मन चञ्चल हुनेछ। साथीसँग सोचेर बोल्नु राम्रो हुनेछ।घर सल्लाह गरेर मात्र ठुलो कामको सुरुवात गर्नु फलदायी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट
व्यापारमा घाटा भोग्नुपर्ने देखिन्छ। परिवारभित्र समेत झगडा हुने देखिन्छ। यसअघि गरेको लगानीबाट उत्साह बढ्ने भए पनि आज थप लगानी नगर्नु राम्रो हुनेछ। परिवारको साथ मिल्नेछ।

सिंह

सम्मान प्राप्त हुने दिन छ। मन अशान्त हुँदा खानपानमा घडबढी हुनेछ। शान्त भएर अगाडि बढ्नु राम्रो हुनेछ। शिक्षामा सफलता मिल्नेछ। वैदेशिक लगानीमा भने जोखिम देखिन्छ।

कन्या

दिन राम्रो छ। अरुलाई झुक्याएर आफू सफल हुने समय छ। शिक्षामा सफलता प्राप्त हुनेछ। लगानी भए व्यापारमा फाइदा हुनेछ। लगानीको क्षेत्रमा निरन्तरको प्रयासले राम्रो आम्दानी हुने देखिन्छ।

तुला

ठुलो लगानी नगर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रको लगानीबाट भने तपाईं सफल हुने दिन छ। निजी काम गर्दागर्दै दिन बित्ने देखिन्छ। परिवारबाट सहयोग प्राप्त हुनेछ। सामाजिक कार्यमा हात नलगाउनु राम्रो हुनेछ।

वृश्चिक

पुरानो रोग बल्झने योग छ। धार्मिक क्षेत्रमा मन जानेछ। लगानीको क्षेत्रमा उचित मूल्यांकन हुनेछ। राजनीतिक र सामाजिकमा सेवाको अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु

लामो समयदेखि रोकिएको काम बन्नेछ। शिक्षामा सफलता मिल्नेछ। व्यापार क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा राम्रो सहकार्य हुनेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ।

मकर

आज चन्द्रमाको गोचर तपाईंको राशिमा रहेकाले विशेष अवसरमा आकर्षक उपहार प्राप्त हुनेछ । इमान्दारिता र मेहनतले आत्मविश्वासमा वृद्धि हुनेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेम तथा पारिवारिक जीवनबाट खुसी प्राप्त हुनेछ।

कुम्भ

स्वास्थ्य तथा मनोरन्जनको क्षेत्रबाट खर्च हुन सक्छ। काममा बाधा रोकावट आउन सक्छ। साथीभाईबाट उचित सहयोग नमिल्न सक्छ। विद्यार्थीको पढाईमा मन नजान सक्छ।

मीन
आम्दानीका विभिन्न स्रोतहरु फेला पार्न सकिनेछ । प्रेम तथा पारिवारिक जीवन सुखी रहनेछ। परिवारका साथ रमाइलो यात्रा तथा मिष्ठान्न भोजनको योग रहेको छ। लगानी गरेको ठाउँबाट राम्रो प्रतिफल मिल्न सक्नेछ। अध्ययनमा थोरै मेहनेतले राम्रो सफलता हात पार्न सकिनेछ ।

ताप्लेजुङ केन्द्र बनाएर ४.६ म्याग्निच्युटको भूकम्प

काठमाडौं । ताप्लेजुङमा शनिबार राति ४.६ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ताप्लेजुङको ल्होनाक क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको जानकारी दिएको छ ।

भूकम्पको धक्का आसपासका क्षेत्रहरूमा समेत महसुस गरिएको थियो । हालसम्म कुनै जनधनको क्षतिको विवरण प्राप्त भएको छैन ।