मौसमः आज यी प्रदेशमा हुँदैछ भारी वर्षा

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव संगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापिय प्रणालीको प्रभाव देखिएको छ।हाल गण्डकी, लुम्बिनी कर्णाली र सुदूपरश्चिम प्रदेशमा साधारणतया देखी पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिक देखी साधारणतया बदली रहेको छ। लुम्बिनी, कर्णाली र सुदूपरश्चिम प्रदेशका केही स्थानहरुमा मेघ गर्जन्चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखी साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन्चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी मधेश, बागमती र गण्डकी प्रदेशका एक्दुई स्थानमा हावाहुरी सहित भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राती देशभर आंशिक देखी साधारणतया बदली रहने छ। कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन्चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र मधेश प्रदेशका एक्दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

गृह प्रवक्तामा सहसचिव तिवारी, नीति तथा योजना महाशाखामा डा. पाण्डेलाई जिम्मेवारी

काठमाडौं । शान्ति सुरक्षा महाशाखा तथा गृह प्रवक्ताको जिम्मेवारी सहसचिव ऋषिराम तिवारीलाई दिइएको छ । गृह मन्त्रालयले मन्त्रालयको शान्ति सुरक्षा महाशाखा तथा गृह प्रवक्ताको जिम्मेवारी सहसचिव ऋषिराम तिवारीलाई दिएको हो ।

उनी अनुभवी छन् । उनले आधा दर्जन जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरिसकेका छन् ।

त्यस्तै अध्यागमन विभागका महानिर्देशक समेत भएका थिए ।

गृहमन्त्री रमेश लेखकले शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै तिवारीलाई शान्ति सुरक्षा महाशाखा र प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

त्यस्तै गृहमन्त्रालयको नीति तथा योजना महाशाखाको डा. टोकराज पाण्डेलाई जिम्मेवारी दिएको । गृह मन्त्रालयले शुक्रबार कार्य अवधि पुगेका केहि जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवाको गृहकार्य गरेपनि मन्त्री तथा सचिवको कार्यव्यस्तताका कारण अन्तिम निर्णय हुन नसकेको बताइएको छ ।

करिब करिब एक दर्जन बढि सिडिओको सरुवा हुने प्रस्ताव तयार भइसकेको भएपनि अन्य केहि सिडिआकोे सरुवा थप्नुपर्ने भएकाले निर्णय हुन ढिलाई भएको गृह स्रोतले जानकारी दिएको छ ।

वेइमानी गर्ने मान्छेलाई सरकारले छोड्दैनः मुख्यसचिव अर्याल

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले वेइमानी गर्ने कसैलाई पनि नछोड्ने बताएका छन् । तराई विकास तथा सञ्चार केन्द्र, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘बजारको सुशासनमा देखिएको चुनौती र हाम्रो दायित्व’ विषयक कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले चाडवार्डको समयमा कालाबजारी गर्ने जो कोहिलाई सरकारले नछोड्ने बताएका हुन् ।

उनले सो कार्यक्रममा बोल्दै चाडबाडको बेलामा कालाबजारी गर्ने जो कोहिलाई कारर्वाहीको दायरामा ल्याउन ७७ वटै जिल्लाका सिडिओलाई कार्यक्रम मार्फत निर्देशनसमेत दिएका छन् ।

कार्यक्रममा धारणा राख्दै नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल ।

उनले कुनै पनी बहानामा मुल्यवृद्धी, यातायातमा अनावश्यक भाडा वृद्धी र खाद्य बस्तुमा मिसावट गर्ने जो कोहिलाई कारवाही गर्न नडाराउन पनि निर्देशन दिएका हुन् । अर्यालले जनतालाई सेवा दिने कुरामा बर्दी र पद नहेरी काम गर्न निर्देशन दिएका छन् । चाडपर्व नजिकिएसँगै बजारमा हुने कालोबजारी रोक्नका लागि सबै सम्बन्धित निकायका जिम्मेवार व्यक्तिहरूले बर्दी र पद नहेरी काम गर्न उनले निर्देशन दिएका हुन् ।

उनले चाडपर्वको समयमा राजनीतिक झोला छाडेर जनताको झोला बोक्न पनि आग्रह गरेका छन् । ‘खास गरेर चाडपर्वको समयमा जिम्मेवार पदाधिकारीहरूले राजनीतिक झोला छाडिदिनुहोस् । पद र बर्दी पनि बिर्सिदिनुहोस्, उनी भन्छन्, सबै कुरा बिर्सिएर जनताको लागि काम गरौं, जनताको सेवामा लाग्न म अनुरोध गर्छु ।

उनले भने – ‘ नेपालमा कानुन नभएको होइन, कानुन छ त्यसैले अब हामी यो समयमा कसले कति काम गर्यो भन्ने कुरा हेर्छौ । सोहीअनुसार उहाँहरूको मूल्यांकन हुन्छ । निर्धक भएर जनताको सेवामा खटिनुपर्यो यस विषयमामा कुनै प्रेसर र कार्वाहीको कुरा भयो भने मलाई रिपोर्टीङ गर्नुहोला ।’

‘चाडवार्ड नजिकिदै छ । अब मानिसहरु आफ्नो गन्तव्यमा जान्छन् । सडकमा खाल्डा खुल्डी छन् । विभिन्न ठाउँमा खसेको पहिरो पन्छाएको छैन । म यहिबाट भन्न चहान्छु । सम्बन्धित निकायले तुरुन्तै यस विषयलाई सहजिकरण गर्नु पर्यो ।’ –अर्यालले भने ।

कार्यक्रममा धारणा राख्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरिक्षक किरण बज्राचार्य ।

अनुगमनका लागि सादा पोसाकका प्रहरी खटाएका छौंः किरण बज्राचार्य

कार्यक्रममा बोल्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरिक्षक किरण बज्राचार्यले हरेक ठाउँको गतिविधि निरिक्षण र अनुगमनका लागि सादा पोसाकका प्रहरी परिचालन गर्न थालेको बताएका छन् ।
नजिकिदै गरेको चाडवार्डमा विभिन्न किसिमका लुटपाट, ठगी जस्ता कृयाकलाप हुने गरेको र त्यसलाई अनुगमन गर्न प्रहरी परिचालन गरिएको बताएका छन् ।

उनले भने – ‘चाडवाडको बेलामा जुवा तास खेल्ने, मादक पदार्थ सेवन, लागु औषध दुर्व्यसन, यातायातमा महिलालाई यौन जन्य हिंसा जस्ता कृयाकलाप हुने हुँदा हामि त्यसको निगरानी गर्छौं ।’

भन्सार छली, राजश्व छलीलगायतका विषयमा पनि प्रहरीले सुक्ष्म तरिकाले अनुगमन गरिरहेको बज्राचार्यले बताए ।

कार्यक्रममा धारणा राख्दै नेपाल गुणस्तर तथा नापतौल विभागकी महानिर्देक कुमारी ज्योती जोसी (भट्ट) ।

गुणस्तर चिन्हलाई हेरेर हामि अनुगमन गछौंः महानिर्देशक जोसी

नेपाल गुणस्तर तथा नापतौल विभागकी महानिर्देक कुमारी ज्योती जोसी (भट्ट)ले कुनै पनि बस्तु गुणस्तर नभएको लागे ‘कम्पेलन’ गर्न सकिने बताएकी छिन् । ‘हामिले सबै क्षेत्रमा गुणस्तरीय उत्पादनलाई जोड दिन्छौं । विभागले दिने गुणस्तर चिन्हलाई हेरेर हामि अनुगमन गछौं । डोटीदेखि झापासम्म हाम्रो कार्यालय छ । जुनसुकै बेला तपाइहरुले ‘कम्पेलन’ गर्न सक्नु हुन्छ ।’ उनले भनिन् ।

कार्यक्रममा धारणा राख्दै वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेल ।

बजार अनुगमन १२ महिनै हुन्छः महानिर्देशक पौडेल

णिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले चाडवार्डमा मात्र नभएर १२ महिना अनुगमन गरिरहेको बताएका छन् ।

विभागको कार्ययोजनामा आधारित भएर आफुहरुले अनुगमन गर्ने पनि उनले बताए ।

खराव, गुणस्तरहिन बस्तु उत्पादन गर्ने जो कोहीलाई कार्वाहीको दायरामा ल्याउने उनले बताए ।

कार्यक्रममा धारणा राख्दै नेपाल समाचारपत्र दैनिकका सम्पादक सागर पण्डित ।

बजारमा अराजकता रोक्न अनुगमन आवश्यकः सम्पादक पण्डित

नेपाल समाचारपत्र दैनिकका सम्पादक सागर पण्डितले बजारमा भएको अराजकता रोक्न अनुगमनको आवश्यकता भएको बताएका छन् ।
कार्यक्रममा आफ्नो धारणा राख्दै पण्डितले पछिल्लो २ महिनामा महङ्गी अत्यधिक बढेकोसमेत बताएका छन् ।
उनले नागरिक पिडित भएको भन्दै बजारको शुसासन कोमामा गएको समेत बताएका छन् ।

कार्यक्रममा धारणा राख्दै यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला ।

चाडपर्वको समयमा यात्रा गर्दा टिकट काटेर मात्रै यात्रा गर्नुहोस्ः उपाध्यक्ष सिटौला

तायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले चाडावडका बेला यात्रा गर्दा अनिवार्य टिकट गरेर मात्र यात्रा गर्न अनुरोध गरेका छन् ।

उनले सरकारलाई चाडपर्वलाई ध्यानमा राख्दै असोज महिनाभर यात्रुवहाक सवारीसाधनलाई प्राथमिकतामा राखेर सेवा दिन मिलाइदिन सरकारसँग आग्रहसमेत गरेका छन् ।

चाडवाडको बेलामा धेरै यात्रुहरुलाई घरसम्म पुर्याउनुपर्ने जिम्मेवारी भएकोले अन्य नम्बर प्लेटका सवारीसाधनभन्दा पनि कालो नम्बर प्लेटका गाडी अर्थात् यात्रुबहाक सवारीसाधनलाई प्राथमिकता दिन उनले आग्रह गरेका हुन् ।

कार्यक्रमका बारेमा आफ्ना उदेश्य राख्दै तराई विकास तथा सञ्चार केन्द्र, नेपालका अध्यक्ष गोविन्दप्रसाद चौलागाईं ।

तराई विकास तथा सञ्चार केन्द्र, नेपालका अध्यक्ष गोविन्दप्रसाद चौलागाईंको अध्यक्षता भएको उक्त कार्यक्रममा काठमाडौं जिल्लाका सिडियो जयनारायण आचार्य, भक्तपुर जिल्लाको सिडिओ रोशनी कुमारी श्रेष्ठ र ललितपुर जिल्लाका सिडिओ तुलसीबहादुर श्रेष्ठको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा गुणस्तर खाद्य बिभागका महानिर्देशक औषधि बिभागका महानिर्देशक, सरकारी सबै निकायका महानिर्देशकको उपस्थित र यातायात व्यावसायी राष्ट्रिय महासघ वरिष्ठ उपाध्याक्ष सरोज सिटौलाले समेत धारणा राखेका थिए। सडक बिभागका महानिर्देशक रामहरि पोख्रेल उपमाहानिर्देशक चुडाराज ढकाल, दुग्ध बिकास सस्थान, खाद्य व्यावस्थापन कम्पनीका सिइओ, साल्ट टेडिङ कर्पोरेसन लिमिटेडका ब्रजेस झालगायतले कार्यक्रममा सहभागिता जनाएका थिए ।

बागलुङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं । बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा आज बिहान जीप दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको छ। दुर्घटनामा एक पुरुष घाइते भएका छन् ।

बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार, दुर्घटनामा ज्यान गुमाएकाको र घाइतेको परिचय खुल्न सकेको छैन । घटनास्थलमा प्रहरी उद्धार कार्यमा जुटेका छन्, र घाइतेलाई बागलुङ अस्पताल पठाइएको छ । 

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कति पुग्यो ?


काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ह्वात्तै बढेको छ ।

एकैदिन सुनको मूल्य तोलामा ३ हजारले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन बिहीबार सुनको मूल्य १ लाख ५३ हजार ३ सय रहेकोमा आज १ लाख ५६ हजार ३ सय कायम भइ कारोबार भइरहेको हो ।

जुन हालसम्मकै उच्च मूल्य हो । यसअघि सुनको मूल्य १ लाख ५३ हजार ४ सय कायम भइ उच्च बनेको थियो ।

त्यसो त आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ७ सय ९५ रहेकोमा मूल्य वृद्धि भइ १ हजार ८ सय ६० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुरु भयो दशैंका लागि अग्रीम हवाई टिकट बुकिङ

काठमाडौं । दशैंमा घर जानेहरुका लागि हवाई यात्रामा यात्रा गर्ने यात्रुहरुले हवाई टिकट बुकिङ गर्न थालेका छन् ।

दशैं आउन अझै एक महिना बाँकी हुँदै यात्रुहरुले टिकट बुकिङ सुरु गरेका हुन् ।

अधिकांश टिकट अनलाइनबाटै बुकिङ हुने कारणले गर्दा एयरलाइन्स कम्पनीहरूले दसैँका लागि अग्रिम बुकिङ खुलाउँदैनन् । तर पछि अभाव हुने डरले यात्रुहरूले अहिले नै बुकिङ थालिसकेका छन् । अहिले काठमाडौँबाट सबै गन्तव्यको लागि दसैँ अघिका टिकट बुकिङ भइरहेको बुझिएको छ ।

सामान्य दिनमा पनि काठमाडौँबाट पोखरा, नेपालगञ्ज, भैरहवा, धनगढी, विराटनगर लगायतका गन्तव्यमा दर्जनौँ उडान भइरहेका छन् । दसैँको बेला यी गन्तव्यमा यात्रुको चाप झन् बढ्छ ।

असोज ७ गतेबाट चाडवाड लक्षित सहुलियत पसल खुल्ने

काठमाडौं । आगामी असोस ७ गतेबाट चाडवाड लक्षित सहुलियत पसल खुल्ने भएका छन् । उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाडलक्षित सहुलियत पसल सञ्चालन गर्न भनेका छ ।

मन्त्रालयका अनुसार उपभोक्ताको ध्यानमा राखि अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्नीले सहुलियत पसल सञ्चालन गर्ने

४२ जिल्लाका ६१ स्थानमा सहुलियत मूल्यका पसर खाद्य व्यवस्था तथा व्यापार कम्नीले सञ्चालन गर्ने छ ।
आमउपभोत्ताको हितलाई ख्यालमा राख्दै चामलमा प्रतिकिलो रु पाँच छुट पाइने व्यावस्था हुने भएको छ ।
कर्णालीका रैथाने उत्पादनहरु जुम्ली मार्सी चामल, कागुनो, चिनो, कर्णालीको सिमी, उवा र तितेफापरमा प्रतिकिलो रु सात छुट पाइने छ ।सबै प्रकारका दाल तथा गेडागुडीमा प्रतिकिलो रु पाँच, गहुँको पिठो, चिउरा, चिनी, गहुँलगायत वस्तुमा प्रतिकिलो रु सात, सनफ्लावर, भटमास तथा तोरीको तेलमा प्रतिलिटर रु सात र डिडिसी घ्यूमा प्रतिलिटर रु १० छुट तथा च्याङ्ग्रा, खसी, बोकाको मासुमा प्रतिकिलो रु १० छुटको व्यवस्था मिलाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

साल्ट ट्रेडिङ कर्पारेशनले पनि सहुलियत मुल्यका पसलहरु खोल्ने

साल्ट ट्रेडिङ कर्पारेशनले पनि सहुलियत मुल्यका पसलहरु खोल्ने भएको छ । काठमाडौँ उपत्यकामा तीनवटा घुम्ती पसलसहित नौ स्थानमा सहुलियत मूल्यका पसलहरु खोल्ने भएको हो ।

उपत्यकाबाहेक विभिन्न २२ जिल्लामा पनि साल्ट ट्रेडिङले सहुलियत सुविधा उपलब्ध गराउने जनाएको छ । साल्ट ट्रेडिङले नूनमा प्रतिकिलो रु दुई, चिनीमा प्रतिकिलो रु पाँच, तेलमा प्रतिलिटर रु सात र चिउरा, पिठो तथा मैदामा प्रतिकिलो रु सात छुट दिनेछ ।

दुग्ध विकास संस्थानले यही भदौ १ गतेदेखिबाटै सुरु

दुग्ध विकास संस्थानले यही भदौ १ बाटै सहुलियतका पसलहरु सञ्चालनमा ल्याएको छ ।
संस्थानले कात्तिक मसान्तसम्मका लागि चाडबाड लक्षित छुट योजना सञ्चालन गरिरहेको छ ।
चाडपर्वको समयमा पेट्रोलियम पदार्थको सहज र नियमित आपूर्तिको व्यवस्था मिलाउन आयल निगमलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।
चाडपर्व लक्षित सहुलियत मूल्य पसलबाट उपलब्ध गराइने वस्तु तथा सोको मूल्य बिक्रीकक्ष बाहिर सबैले देख्ने गरी राख्नुपर्नेछ । यस्ता पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपलब्ध गराउने उद्देश्य सरकारले राखेको छ ।

संवैधानिक परिषद्को बैठक बस्दै


काठमाडौं । संवैधानिक परिषदको बैठक शुक्रबार बस्दैछ । प्रधानमन्त्री एवं नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्नेगरि बैठक बोलाएका हुन् ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ मा अवकाशमा जाँदैछन् । त्यसकारण सर्वोच्चको नयाँ प्रधानन्यायाधीश सिफारिसको तयारी गर्न लागिएको हो ।
संवैधानिक प्रावधान अनुसार एक महिना अगाडि प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिसदले सिफारिस गर्नुपर्छ । तर राजनीतिक खिचातानीका कारण बैठक नै बस्न नसकेको हो ।
न्यायपरिषदले प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि आठ न्यायाधीशको नाम संवैधानिक परिषदमा पठाइसकेको छ ।

सर्वोच्चको न्यायाधीशको वरिष्ठतामा न्यायाधीश प्रकाशमानसिंह राउत अगाडि छन्। त्यसपछि क्रमस नहकुल सुवेदी, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोज शर्मा, कुमार चुडालको नाम परिषदमा पठाइएको छ।

घुससहित पक्राउ परेका इन्जिनियहरू विशेष अदालतद्वारा दोषी ठहर

काठमाडौं । घुससहित बानेश्वरबाट पक्राउ परेको दुई इन्जिनियरलाई विशेष अदालतले दोषी ठहर गरेको छ ।

पर्यटन विकास आयोजना इकाई कार्यालयका इन्जिनियहरू लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरि मुद्दा दर्ता गरेको थियो ।

दोषी ठहर भएका सव–इन्जिनियरहरु राजनप्रसाद भट्टराई र सन्जय अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७ हजार रूपैयाँ घुससहित पक्राउ गरेको थियो ।

विशेष अदालतका न्यायधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले बिहीबार उनीहरूलाई दोषी ठहर गर्दै जनही ३ महिना कैद सजाय गरेको छ ।

सम्पति शुद्धीकरणको दाबी गर्दै अख्तियारले पहिलो पटक मुद्दा हाल्यो

काठमाडौं । सम्पति शुद्धीकरणको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । लुम्बिनी विकास कोषका इन्जिनियर एवं पूर्वयोजना प्रमुख सरोज भट्टराई र उनकी आमा जनक नन्दनी भट्टराईविरुद्ध सम्पत्ति शुद्धीकरणको दाबीसहित अख्तियारले मुद्दा दर्ता गराएको हो ।

पहिलो पटक अख्तियारले जिल्ला अदालतमा यो मुद्दा दर्ता गरेको हो । यसअघि विशेष अदालतमा सम्पत्ति शुद्वीकरण विभागले दर्ता गर्ने गरेको थियो ।
त, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको ऐनले सम्पत्ति शुद्धीकरण विभागको मुद्दा दायर गर्ने अधिकार जिल्ला सरकारी वकिल कार्यालयलाई दिएको छ । सोहि आधारमा मुद्दा दर्ता गरेको हो ।

सम्पत्ति शुद्धीकरणसँगै भ्रष्टाचारको दाबी पनि अभियोगपत्रमा गरिएको छ । भट्टराईविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा हो ।

लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईविरुद्ध अख्तियारले यसअघि पनि भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा विशेषले दोषी ठहर गरेको छ । पहिलो मुद्दामा विशेषले भट्टराईलाई ६ वर्ष कैद सजाय सुनाइको थियो । भट्टराईविरुद्ध बिहीबार १ करोड ८५ लाख रुपैयाँ घुस लिएको दाबी गरिएको छ ।

मौसम: यी प्रदेशमा हुँदैछ भारी वर्षा

काठमाडौं ।  मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ ।हाल देशभर मनसुनी वायुको प्रभाव संगै भारतको मध्यप्रदेश र आसपास रहेको न्यूनचापिय प्रणालीको प्रभाव देखिएको छ। हाल देशका बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूपरश्चिम प्रदेशमा साधारणतया देखी पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिक देखी साधारणतया बदली रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूपरश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया देखी पूर्णतया बदली र बांकी प्रदेशहरुमा आंशिक देखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेशका धेरै तथा बांकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको थोरै तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका केहि स्थानमा  हावाहुरी सहित  भारी वर्षाको पनि सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा धेरै भारी देखी अति भारी  वर्षाको पनि सम्भावना रहेको छ। 

आजको राशिफल कस्तो छ, हेर्नुहोस्

मेष

दिन राम्रो छ। धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

दिन मध्यम छ। सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सम्पत्ति आर्जन हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ। कुनै कामलाई निरन्तरता दिनु भलो हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

दिन राम्रो छ। पुरानो रोगबाट मुक्त हुनुहुनेछ। मनमा शान्ति बढ्नेछ। प्रेममा सफलता मिल्ने देखिन्छ। शिक्षा क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

योजनामा बाधा अवरोध देखिन्छन्। त्यसलाई प्रतिवाद गरेर अगाडि बढेमा मात्र सफलता मिल्नेछ। दाम्पत्य जीवन संघर्षपूर्ण हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

रोगले छोड्नेछ। दाम्पत्य जीवन सुखमय देखिन्छ। साथीबाट सहयोग मिल्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सोचेर मात्र बोल्नु राम्रो हुन्छ। पुरानो रोगले छोड्दै जानेछ। शिक्षामा गरेको लगानीबाट उन्नति हुने देखिन्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ रोगको सिकार बन्नुपर्ने देखिन्छ। रोगलाई प्रतिवाद गर्न खानपानमा विशेष ख्याल गर्नुहोला।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आफूले गरेको संघर्षबाट आफन्तले लाभ लिनसक्छन्। शिक्षामा गरेको लगानीले फाइदा गर्नेछ। असफल भए पनि प्रयास निरन्तर गर्नुपर्ने देखिन्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

झुटा आरोप लाग्न सक्छन्। अनावश्यक खर्च बढ्नसक्छ। राजनीतिक क्षेत्रमा गरेको लगानीबाट श्रम उठ्नेछ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

बौद्धिक क्षेत्रमा तपाईंको स्थान उच्च रहने छ। खुट्टा तान्नेहरु सक्रिय रहेकाले काम गर्दा विवेक प्रयोग गर्नुपर्ने देखिन्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

दाम्पत्य जीवनमा सफलता मिल्नेछ। खर्च बढ्ने योग रहेकाले सचेत भएर व्यवहार गर्नुपर्ने हुन्छ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीले राम्रो फाइदा मिल्नेछ।

दुई सचिवको जिम्मेवारी हेरफेर: बुर्लाकोटी तथ्याङ्क , कार्की वाणिज्यमा

काठमाडौं । बिहीबारको मन्त्रिपरिषद् बैठकले २ सचिवको सरुवा गर्ने निर्णय गरेको छ ।
बैठकले वाणिज्य सचिव फेरेको एक मन्त्रीले बताएका छन् ।
बैठकले वाणिज्य मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटीलाई राष्ट्रिय तथ्याङ्क कार्यालयमा सरुवा गर्दै केही दिन अघि मात्रै सचिवमा बढुवा भएका सचिव गोविन्दबहादुर कार्कीलाई वाणिज्यमा ल्याइएको हो । 
तथ्याङ्क विभागका प्रमुख तथ्यांक अधिकारी गोकर्णमणि दुवाडीलाई गृह सचिव बनाइए सँगै सरकारले बुर्लाकोटीलाई तथ्याङ्क कार्यालयको प्रमुखको रूपमा सरुवा गरिएको हो।

लगानी बोर्डको सिईओमा सुशील ज्ञवाली नियुक्त


काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

लागू औषध बिक्री गरेको आरोपमा पूर्व सांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

काठमाडौं । लागू औषध बिक्री गरेको आरोपमा पूर्व सांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठलाई कास्की प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

लागू औषधसहित पक्राउ परेका एक युवकले उक्त लागूऔषध श्रेष्ठको औषधि पसलबाट खरिद गरेको भनेपछि उनलाई पक्राउ गरेको प्रहरी ले जनाएको छ ।

साउन ३ गते प्रहरीले रोल्पा त्रिवेणी गाउँपालिका–७ घर भइ पोखरा बस्ने ४२ वर्षीय प्रकाश मगरलाई लागुऔषधसहित पक्राउ गरेको थियो ।

श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।