सुदूरपश्चिमको बलिङमा झुक्यो जनकपुर, सुदूरपश्चिमसँग ७२ रनले पराजित

काठमाण्डू, नेपाल प्रिमियर लिग (एनपिएल) मा जमेको टोली जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोयल्सको नमिठो झट्का लागेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा जनकपुर बलियो प्रतिद्वन्द्वी सुदूरपश्चिमसँग ७२ रनले पराजित भयो ।

यससँगै जनकपुरको अपराजित यात्रामा पूर्णविराम लागेको छ । जितसँगै सुदूरपश्चिम शीर्षस्थानमा उक्लिएको छ । पराजित जनकपुर दोस्रो स्थानमा झरेको छ ।

जितका लागि एक सय २४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरका सबै विकेट गुमाएर ५१ रनमा समेटिएको हो । जनकपुरले बनाएको यो जारी एनपिएलकै सबैभन्दा कम रन हो ।

जनकपुरलाई झुकाउन सुदूरपश्चिकको बलिङलाइन चुस्त बन्यो । जनकपुरका लागि जोसुवा ट्रम्पले १३ रन जोड्नुबाहेक कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

जनकपुरलाई सस्तो स्कोरमा समेट्न सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे र हर्मित सिंहले दुई दुई विकेट लिए ।

यस्तै नरेन साउद, स्कट कग्लेजिन र सइफ जैवले एक एक विकेट झार्नुभयो । इशान पाण्डे प्लेयर अफ दि म्याच भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरका नौ विकेटको क्षतिमा एक सय २३ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि ओपनरद्वय विनोद भण्डारीले ३३ र सईफ जैवले २१ रन बनाए ।

यस्तै इसान पाण्डेले १७ र ब्रान्डन म्याकमुलनले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङमा जनकपुरका किशोर महतोले चार विकेट लिए । उनले विकेट लिने क्रममा चार ओभर पूरा बलिङ गर्दै ३५ रन खर्चिए ।

यस्तै सेर मल्ल र अरनिको यादवले दुई दुई विकेट लिए । हर्ष थाकरले एक विकेट झारे ।

जारी लिगका जनकपुर र सुदूरपश्चिम बलिया टोली हुन् । पाँच खेलको समाप्तिसँगै सुदुरपश्चिमले आठ अङ्क बनाएको छ । य

स्तै पहिलो खेल हारेको जनकपुरको पनि आठ अङ्क छ ।

रास्वापा सभापति लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान अन्तिम चरणमा, प्रतिवेदन बुझाउने तयारी गर्दै प्रहरी

काठमाण्डू, सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवी लामिछानेको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पुर्‍याएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख दीपक थापाका अनुसार, सबैतिर बयान सकिएसँगै प्रहरीले लामिछाने जोडिएको संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको अनुसन्धान लगभग अन्तिम चरणतिर पुर्‍याएको छ ।

‘९० दिनभित्र अनुसन्धान प्रतिवेदन अदालतमा पठाउनुपर्नेमा स्थिति छ, तोकिएकै अवधिमा प्रतिवेदन बुझाइसक्ने गरी प्रहरीले काम गरिरहेको छ’, उनले अनलाइनखबरसँग भने । रास्वपा सभापति लामिछाने ५४ दिनदेखि प्रहरी हिरासतमा छन् ।

वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा लामिछानको बयान मंगलबार एकैदिनमा सकिएको छ । र, भोलि (बुधबार) जिल्ला प्रहरी कार्यालय, कास्की लैजाने तयारी छ ।

तर, एउटै मुद्दामा एक महिनाअघि पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेकाले म्याद मिलान हुँदा यथाशिघ्र अनुसन्धान प्रतिवेदन बुझाउनुपर्ने स्थिति छ ।

जोशीलाई प्रहरीले लामिछानेभन्दा एक महिनाअघि ६ असोजमा पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय, कास्कीका एक अधिकृतले पनि लामिछानेमाथिको अनुसन्धान लगभग अन्तिम चरणमा पुर्‍याइएको जनाएको छ ।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर जथाभावी खर्च गरेको देखिएको र यसको रकम तिर्ने कार्यमा लामिछाने सरिक भएको भन्दै उनी ठगीमा संलग्न रहेको पुष्टि हुने निष्कर्षसहित प्रहरीले प्रतिवेदन बुझाउन लागेको छ ।

पोखराको सूर्यदर्शन सहकारीबाट सुरु भएको लामिछानेमाथिको अनुसन्धानपछि अरु चार सहकारी अनियमितताको छानबिनसम्म पुगेको थियो ।

सूर्यदर्शनसँगै काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन र वीरगञ्जको सानो पाइला सहकारीमा बचतकर्ताको रकम अनियमिततामा प्रहरीले लामिछानेसँग बयान लिएको छ ।

‘पोखराको हकमा एक साताभित्रै अनुसन्धान प्रतिवेदन बुझाइसक्छौं भने अन्यत्र पनि क्रमशः मुद्दा जानेछ’, एक अनुसन्धान अधिकृतले भने ।

‘अनुसन्धानका निश्चित समय सीमा हुन्छ, त्यो सीमा सकिन लागेका बेला अनुसन्धान प्रतिवेदन तयार गरेर छिटो बुझाउने प्रहरीलाई दबाब हुन्छ’, केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले पनि भने, ‘यस्तोमा अनुसन्धान प्रतिवेदन बनाउने तयारी हुन्छ भने थप व्यक्तिमाथि अनुसन्धान गर्न बाँकी रहँदा फौजदारीसंहिता अनुसार पछि खुलेका अवस्थामा फेरि अनुसन्धान गर्ने गरी फाइल अघि बढाइन्छ ।’

प्रहरीले अनुसन्धानका क्रममा लामिछानेले विभिन्न सहकारीलाई ऋण तिर्न काटेको चेक पनि बरामद गरेको छ । यसलाई लामिछाने सहकारी ठगीमा संलग्न बलियो प्रमाणका रुपमा प्रहरीले पेश गर्ने तयारी गरेको छ ।

प्रहरीका अनुसार, गोर्खा मिडिया र सुप्रिम सहकारीमाथि अनुसन्धानका क्रममा लामिछानेले काटेको चेक फेला परेपछि उनलाई चेकको प्रतिलिपि देखाएरै सोधपुछ गरिएको थियो ।

लामिछानेले चाहिँ आफू गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक हुँदा कतिपय अवस्थामा अत्यावश्यक कामका लागि रित्तो चेक काटेर घर्रामा छाड्ने गरेको जिकिर गरेका थिए । उनले भनेका छन्, ‘ड्रयरमा राखेका बेला अरु कसैले त्यो चेकमा नाम लेखेर पठाएको हुन सक्छ ।’

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट लामिछाने र जिबीको नाममा दुई पटक गरेर गाडी खरिद गर्न ४६/४६ लाख रुपैयाँ ऋण प्रवाह गरिएको अनुसन्धानबाट खुलेको थियो ।

लामिछाने सहकारी ठगीमा संलग्न रहेको आरोप लागिरहेका बेला माओवादी–एमाले–रास्वपा गठबन्धनको सरकारमा उनी उपप्रधान एवं गृहमन्त्री बनेका थिए ।

तत्कालीन प्रतिपक्षी नेपाली कांग्रेसले यो मामलालाई आफ्नो प्रमुख एजेण्डा बनायो र संसदीय समिति गठन गर्न माग गर्दै संसदमा अवरोध जारी राख्यो ।

लामो रस्साकस्सीपछि सहकारी समस्याबारे जाँच गर्न संसदीय समिति गठन गर्न दलहरु तयार भए ।

त्यसक्रममा एमाले सांसद् सूर्य थापा नेतृत्वको समितिले लामिछानेलाई सहकारीमा बचतकर्ताले राखेको रकम अपचनमा दोषी ठहर गरेको थियो ।

समितिको प्रतिवेदनमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारी (कुमार रम्तेल सचिव रहेको) बाट २२ करोड ४६ लाख ३० हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ ।

त्यसक्रममा उनका तत्कालीन साझेदार प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई समेत जिम्मेवार बनाउनुपर्ने भनिएको थियो ।

बाँकी रकम विभिन्न व्यक्तिको नाममा ऋण लिएर गोर्खा मिडिया नेटवर्कमा लगेको भेटिएको थियो ।

थापा समितिको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले पूर्वडीआईजी जोशीलाई ६ असोजमा पक्राउ गरेको थियो भने लामिछानेलाई २ कात्तिकमा बनस्थलीस्थित पार्टी कार्यालयबाटै नियन्त्रणमा लिएको थियो ।

मंसिर २६ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

मेष : बिहान संकट आइलाग्न सक्छ । त्यसपछि भने कार्य सफल, भाग्योदय हुने देखिन्छ ।

वृष : बिहान लाभ, मिष्ठान्न भोजन होला । त्यसपछि भने अपव्यय, विवाद आइपर्न सक्छ ।

मिथुन : समय अनुकूल भएकाले कार्य सिद्धि, परिवार–सुख, धन प्राप्ति, स्वस्थता, लाभ होला ।

कर्कट : दिन उत्तम फलदायक छ । राज्य सञ्चालकहरुबाट लाभ, सुख–शान्ति, कार्य सफल होला ।

सिंह : बिहान अस्वस्थता हुन सक्छ । तर त्यसपछि राज्यबाट लाभ, कार्य सफल हुने देखिन्छ ।

कन्या : बिहान धन लाभ, यश वृद्धि होला । त्यसपछिको समयमा हानि, बाधा–व्यवधान हुन सक्छ ।

तुला : समय शुभ छ । स्वास्थ्य लाभ, धन लाभ, प्रतिस्पर्धामा विजय, सुख–सन्तोष हुने देखिन्छ ।

वृश्चिक : सानै प्रयासमा काममा सफलता, आर्थिक लाभ, शत्रु विजय, पारिवारिक सुख होला ।

धनु : बिहान स्वास्थ्य समस्या आइपर्न सक्छ । त्यसपछि भने सुख–सन्तोष, कार्य सिद्धि हुने देखिन्छ ।

मकर : बिहान प्रगति, लाभ हुन सक्छ । त्यसपछिको समयमा दिनचर्या अस्तव्यस्त, तनाव हुन सक्छ ।

कुम्भ : तपाईंका लागि समय शुभ छ । धन लाभ, सन्तुष्टि, मान–सम्मान, पराक्रम हुने देखिन्छ ।

मीन : समय अनुकूल भएकाले मिष्ठान्न लाभ, कार्य सफल, विशिष्ट व्यक्तिसँग भेट हुने सम्भावना छ ।

नियमविपरीत हुँदै त्रिविको सिनेट, १५ दिनअगावै सूचना दिनुपर्नेमा आजसम्म गोप्य

काठमाण्डू, त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको लापरबाहीका कारण भोलि हुने सिनेटको बैठकका सबै विषय गोप्य राखिएको छ।

इतिहासमा कमै हुने यस्ता घटनाले त्रिविको साख खस्किँदो अवस्थामा पुगेको छ।

त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को (संशोधनसहित) २०५७ को नियम उल्लंघन गर्दै कानूनविपरीत भोलि मंसिर २७ गते त्रिविको नीति तथा कार्यक्रम र नियम संशोधन गर्न बैठक राखिएको छ।

सो बैठकअवागै त्रिविका पदाधिकारी र त्रिविसँग आबद्ध त्रिवि सभा सदस्यको बैठक राख्नुपर्ने व्यवस्था छ।

सो व्यवस्थाको समेत उल्लंघन गर्दै उपकुलपति प्रा.डा. केशरजंग बरालले बैठक बोलाउन निर्देशन दिएका छैनन् ।

त्रिवि संगठन तथा प्रशासनसम्बन्धी नियमको परिच्छेद १७ को नियम ६६ को उपनियम ‘ख’ मा साधारण बैठक बस्ने दिनभन्दा कम्तीमा १५ दिनअगावै अध्यक्ष एवं कुलपतिको पूर्वस्वीकृत लिई बैठक बस्ने मिति, समय र स्थान निश्चित भएपछि सदस्य सचिव एवं रेक्टरले अध्यक्ष, उपाध्यक्ष र अन्य सबै सदस्यलाई छिटो छरितो सञ्चारको साधनद्वारा बैठकसम्बन्धी सूचना सभामा प्रस्तुत हुने कार्यावली र प्रस्ताव पठाउनुपर्ने व्यवस्था छ।

त्रिविको नियम ६२ अनुसार त्रिविमा वार्षिक दिवस, साधारण र विशेष बस्नुपर्ने व्यवस्था उल्लेख छ।

सोही नियमको परिच्छेद ६३ को सभाको बैठक बस्ने अवस्थामा भएको व्यवस्थाअनुसार प्रत्येक सालको पुस मसान्त र असार मसान्तभित्र गर्नुपर्ने व्यवस्था उल्लेख छ ।

सोही नियममा असार शुक्ल नवमीको दिन विशेष बैठक बोलाउनुपर्ने व्यवस्था उल्लेख छ।

तर, त्रिविले बैठक बोलाउँदा नियम कानुनविपरीत राणाकालको जस्तो गरी बोलाएको गुनासो सिनेटको सदस्यको रहेको छ।

यो समाचार तयार पार्दासम्म मंगलबार साँझ ६ बजेसम्म भोलि हुने बैठकको एजेन्डा कसैलाई उपलब्ध गराइएको छैन भने आज बुधबार हुने प्रि–सिनेटको बैठकका बारेमा कुनै जानकारी छैन्।

सिनेट सदस्य एवं त्रिवि प्राध्यापक संघका अध्यक्ष वसन्त ढकालले एजेन्डाविहीन सिनेटमा के विषय लिएर जाने भन्ने विषयमा अन्योल छ।

१५ दिनअघि एजेन्डा दिएर सिनेटका कुन नियम परिवर्तन गर्न लागिएको हो किन गर्न लागिएको हो र के को लागि हो भन्ने विषयमा तीन महले कारण तयार गरी सिनेटमा लैजानुपर्ने अवस्थामा हालसम्म कुनै काम भएको छैन्।

यसले गर्दा त्रिविका तीनै जना पदाधिकारीले त्रिविलाई नीति, नियम र कानूनविहीन बनाउन खोजेको सिनेटर ढकालले भने ।

परिच्छेद १७ को नियम ६७ मा उपनियम १ मा बैठकसम्बन्धी सूचना तथा कार्यावली प्राप्त भइसकेपछि सदस्यले चाहेमा प्रस्तावमा संशोधनसम्बन्धी अनुरोध भएमा सोही उपनियम को ‘क’ अनुसार साधारण बैठकको हकमा सिनेटको सदस्य सचिवकहाँ पुग्ने गरी पूरै ५ दिनअगावै पुर्‍याउनुपर्ने व्यवस्था छ।

त्रिवि शैक्षिक तथा प्रशासनसम्बन्धी नियमविरुद्ध सिनेट बैठक राख्न थालेपछि अधिकांशले विरोध गरेका छन् ।

उनीहरूको एउटै भनाइ केका लागि बैठक, हामी साक्षीमात्र बस्ने गरी बैठक बस्नुको औचित्य छैन् ।

त्रिविमा ४९ जना सिनेट सदस्य रहने व्यवस्था छ। सिनेटको अध्यक्ष कुलपति एवं प्रधानमन्त्रीको अध्यक्षतामा बैठक बस्नेछ।

बैठकमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, उपकुलपति, रेक्टर र रजिस्टारसहित विभिन्न निकायबाट प्रतिनिधित्व हुनेछ।

त्रिवि सचिवालयले ११ वटा बुँदा तय गरी कार्यावली पठाएको छ।

कार्यावलीको ८ औं बुँदामा त्रिवि नियम संशोधन र छैटौं बुँदामा उपकुलपति प्राडा बरालले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने उल्लेख छ।

पत्र पाए पनि सिनेटरले कुनै पनि प्रस्ताव पाएका छैनन्।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्रीमा झर्‍यो

काठमाण्डू, काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ ।

बुधबार बिहान यहाँको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो पाँच डिग्री सेल्सियस रहेको मौसमविद् रोजन लामिछानेले बताए ।

आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने छ ।

जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।

साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ भने राति कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ ।

प्रातः कालमा तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु तथा केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन,यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने जनाउँदै विभागलेसोही अनुरुप आफ्ना गतिविधि सञ्चालन गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

रासस

आईपीएलमा जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाण्डू, नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले ब्याटिङको निम्तो पाएको हो।

एनपीएलमा यी दुवै टोलीले हालसम्म चाररचार खेल खेलिसकेका छन् । जसमा जनकपुर अपराजित छ भने सुदूरपश्चिम एक खेलमा पराजित भएको छ।

जारी लिगमा जनकपुर शीर्ष स्थानमा छ भने सुदूरपश्चिम दोस्रो स्थानमा। दुई टोलीबीचको प्रतिस्पर्धा अहिले ९ बजे सुरु हुनेछ।

लिगमा अपराजित रहेको जनकपुर लगातार पाचौँ जित हासिल गर्ने दाउमा छ। यता सुदूरपश्चिम चौथो जितको खोजिमा छ ।

प्रेस युनियनको सल्लाहकारबाट धमेन्द्र झाको राजीनामा

काठमाण्डू, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एंव वरिष्ठ पत्रकार धमेन्द्र झाले नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाल प्रेस युनियनले गरेको निर्णय प्रति असन्तुष्टि पोखेका छन् ।

झाले सामाजिक सञ्जालमा लेख्दै आफूसंग निर्वाचनको विषयमा कुनै सल्लाह नगरिएको बताए ।

युनियनका सल्लाकारसमेत रहेका झाले सल्लाह नलिने, सल्लाह नमान्ने र सल्लाह नै आवश्यक नपर्ने ठाउँमा सल्लाकार भन्दै बसिरहेनुको तुक नभएको बताए ।

उनले सल्लाकार पद त्यागेको घोषणापनि गरेका छन् । पत्रकार महासंघको निर्वाचनमा प्रेस युनियनले अध्यक्षसहितको महत्वपूर्ण पदहरु एमाले निकट प्रेस चौतारीलाई बुझाएको छ ।

आफुले पाएको पदहरुमा समेत ब्यापक असन्तुष्टि दखिएको छ । झाले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् – “मेरा आत्मीयजनलाइ जानकारी– सल्लाह नलिने, सल्लाह नमाग्ने र सल्लाह आवश्यक नै नपर्ने ठाउँमा सल्लाहकार भन्दै बसिरहनुको के तुक भयो र रु छोडियो ।

साथीहरूसँग रहिरहन त पदै किन चाहियो रु म सधै मेरा साथीहरूसङ्गै छु र रहिरहनेछु । मेरो कसैप्रति कुनै गुनासो छैन । जे छ, आफैसङ्ग छ ।”

ओलीले मैले चीनसँग गरेका सबै समझदारीको फोटोकपी गरेर प्रचार गरिरहेका छन् : अध्यक्ष दाहाल

चितवन, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा कुनै नयाँ समझदारी नभएको दावी गरेका छन् ।

मंगलबार चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफैंले अघिल्लो साल प्रधानमन्त्री हुँदा गरेका समझदारीलाई फोटोकपी गरेर प्रचार गरिरहेको जिकिर गरे।

‘केपी ओलीले नयाँ भनेको एउटा सिन्को पनि भाँचेको मैले देखेको छैन’ उनले भने, ‘अहिलेको प्रधानमन्त्रीलाई देख्दा अलिअलि खुसी पनि लाग्छ, अलिअलि दया पनि लाग्छ।

मैले गतसाल गरेका सबैलाई फोटोकपी गरेर मैले गरेको भनेर प्रचार गरिरहनुभएको छ। ती सबै गतसाल गरिएका सहमति समझदारी हुन्।’

नेपाल-चीनबीचको बीआरआई फ्रेमवर्क सम्झौता (पूर्णपाठ)

काठमाण्डू, गत साता नेपाल–चीनबीच बेइजिङमा भएको बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ ।

परराष्ट्र मन्त्रालयले वेबसाइटमार्फत सार्वजनिक गरेको हो ।

बीआरआईमार्फत नेपाल चीन सहकार्यको उद्देश्य, सहकार्यका क्षेत्र, प्राथमिकता, आर्थिक सहकार्यका विषयहरु, पारवहन कनेक्टिभिटी लगायत बुँदामा फ्रेमवर्क समेटिएको छ ।

गत मंसिर १९ गते बुधबार बेइजिङमा आयोजित विशेष समारोहमा नेपाल सरकार र चीन सरकार बीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको थियो ।

सम्झौताको पूर्णपाठ

file:///C:/Users/HP/Downloads/FRAMEWORK%20FOR%20BELT%20AND%20ROAD%20COOPERATION%20between%20the%20Government%20of%20Nepal%20and%20the%20Government%20of%20the%20People.pdf

दैलेखको उच्च पहाडी क्षेत्रमा हिमपात, हिमपातसँगै छिटपुट भएको वर्षाले किसानलाई राहत

दुल्लू, दैलेखको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। दैलेख र कालिकोट सिमानासँगै जुम्ला र जाजरकोटको सिमाना क्षेत्रपर्ने पाटनमा हिमपात भएपछि उत्तरी सिमाना निकै मनमोहक देखिएको छ।

असोज महिनापछि हिउद यामको पहिलो हिमपातसँगै छिटपुट भएको वर्षाले किसानलाई राहत राहत दिएको छ भने चिसो केही बढेको छ।

दैलेख सदरमुकामदेखि देखिने महावु, बेहुली, तिनचुलेका लेकाली पाटन हिउले छोपिएको छ।

एनपीएलमा कर्णालीको लगातार तेस्रो जीत, पोखरालाई ७ विकेटले हरायो

काठमाण्डू, काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले लगातार तेस्रो जीत निकालेको छ ।

मंगलबार भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले हराउँदै कर्णालीले तेस्रो जीत निकालेको हो ।

पोखराले दिएको १ सय ४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि युवा अलराउन्डर गुलशनकुमार झाले ३७ बलमा तीन चौका र चार छक्कासहित अविजित ४९ रन बनाए ।

यस्तै, चाडविक वाल्टनले ३४ बलमा ६ चौका र एक छक्कासहित ४२ रनको योगदान दिए ।

पोखराका लागि विपिन खत्री, कप्तान कुशल भुर्तेल र सागर ढकालले एकरएक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखरा १६.३ ओभरमा १ सय ३ रनमै अलआउट भयो ।

उसका लागि दिनेश खरेलले २६, आन्द्रेस गौसले २५, रेमन रेफरले २० तथा कुशल भुर्तेल र विपिन खत्रीले १०र१० रन जोडे ।

कर्णालीका लागि अस्ट्रेलियन अलराउन्डर विलियम बोसिस्टोले सानदार बलिङ गरे । उनले ६ ओभरमा २८ रन दिएर ६ विकेट लिए ।

योसँगै बोसिस्टोले इतिहास रचे । उनी अब एनपीएलको एक खेलमा ६ विकेट लिने पहिलो बलर बनेका छन् । यस्तै, उनिश ठकुरी, विपिन शर्मा र सोमपाल कामीले एकरएक विकेट लिए ।

कर्णाली यो जीतपछि तालिकाको चौथो स्थानमा छ । उसले पाँच म्याच खेल्दा तीनमा जीत र दुई खेलमा हारको सामना गरेको छ ।

पोखराले चार म्याच खेल्दा तीनमा हार तथा एक खेलमा जीत निकालेको छ ।

बालिकालाई बलात्कार गरेको आरोपमा झापाको विर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख शिवाकोटी पक्राउ

बिर्तामोड, घरमा काम गर्ने बालिकालाई पटक–पटक करणी गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्व प्रमुख ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् ।

झापा बिर्तामोड नगरपालिका ५ निवासी पूर्व नगरप्रमुख ६८ वर्षीय शिवाकोटीले घरमा काम गर्न राखिएको बालिकामाथि पटक–पटक करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय बिर्तामोडमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता कृष्णबहादुर चन्दले गोरखापत्र अनलाइनलाई जानकारी दिए ।

शिवाकोटीले बालिकालाई पटक–पटक बलात्कार गरेपछि घरबाट भागेर अन्यत्र जानलाग्दा नेपाल भारत सीमास्थित इलाका प्रहरी कार्यालय काँकडभिट्टाले फेला पारी सोधपुछ गर्दा उक्त घटना बाहिर आएको हो ।

पीडित बालिकाको आफन्त नेपालमा नरहेको र भारतमा रहेका आफन्तकोमा जान लाग्दा नेपाल–भारत सीमाबाटै बालिकालाई प्रहरीले फेला पारेको जनाइएको छ ।

उक्त जाहेरीसँगै घटनामा संलग्न शिवाकोटीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले सोमबार घरबाटै पक्राउ गरिसकेको प्रवक्ता चन्दले बताए ।

पक्राउ परेका शिवाकोटी सोमबार साँझै अस्पताल भर्ना भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेपछि शिवाकोटीलाई स्वास्थ्य परीक्षणका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल लगिएको थियो ।

त्यहाँ अस्वस्थ भएपछि उहाँलाई बीएण्डसी अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाका तर्फबाट शिवाकोटीविरुद्ध सोमबार नै इलाका प्रहरी कार्यालय बिर्तामोडमा जाहेरी दर्ता भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

मङ्गलकार शिवाकोटीलाई म्याद थपका लागि झापा जिल्ला अदालत लगिने विष्टले जानकारी दिए । त्यस्तै पीडित बालिकाको स्वास्थ्य परीक्षण गरएको छ ।

करिब आठ वर्ष अघिदेखि शिवाकोटीको बिर्तामोड–५ स्थित घरमा घरेलु कामदारका रुपमा काम गर्दै आएकी बालिकालाई शिवाकोटीले पटकपटक करणी गरेको खुलेको छ ।

बाबुको मृत्यु भएपछि ती किशोरी बिर्तामोडस्थित एक आफन्तकोमा बस्दै आएकी थिइन् ।

आफन्त कोही नभएकी ती बालिकाको तात्कालीन नगरप्रमुख शिवाकोटीले अभिभावकत्व ग्रहण गर्ने भन्दै घरमा राखेर पढाउँदै आएका थिए ।

पीडित बालिकाले अन्तिम समय गत मङ्सिर १५ गते राति पढिरहेको बेला जबरजस्ती करणी गरेको बताएकी छिन् ।

नारायणगढ–बुटवल सडकको म्याद थपिएको चार महिनापछि विस्तारको काम सुरु

नवलपुर, राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम म्याद थप भएको चार महिनापछि सुरु गरिएको छ ।

वि.सं २०७९ साउन २२ मा निर्माण सम्पन्न हुनुपर्ने यस योजनाको दोस्रोपटक थपिएको म्याद गत साउनमा सकिएको थियो ।

आगामी साउन ८ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी सरकारले म्याद थप गरेको आयोजनाले काम नै नगरी करिब साढे चार महिना बितायो ।

मनसुन, चाडपर्वलगायतका कारण देखाउँदै विस्तारको काम रोकेको निर्माण व्यवसायीले नोभेम्बर अन्तिम साताबाट विस्तारको काम सुरु गरेको हो ।

नारायणगढ–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार अहिले सडक विस्तारमा ३२३ श्रमिक परिचालन गरिएको छ ।

“पछिल्लो १३ दिनदेखि सडक विस्तारको काम सुरु भएको हामीलाई जानकारी आएको छ”, उनलेृ भने , “अहिले सबबेस, बेस, अप्रोज रोड (नयाँ बनेको पुललाई सडकसँग जोड्न माटो भर्ने काम), कल्भर्ट निर्माण, ढुङ्गाको पर्खाल निर्माण गर्ने काम भइरहेको छ ।”

यस खण्डमा बनेका १६ पुलमा अप्रोज रोड बनाउनुपर्नेमा अहिले नौ वटामा काम भइरहेको र बाँकी सातमा पनि चाँडै काम सुरु हुने उनले भने ।

त्यसैगरी २३२ कल्भर्टमध्ये १८१ वटा निर्माण सम्पन्न तथा १४ वटाको काम हुँदै गरेको भन्दै नौ स्थानमा सडक किनारमा ढुङ्गाको पर्खाल लगाउने काम भइरहेको इञ्जिनीयर खनालको भनाइ छ ।

गैँडाकोट, देवचुली र मध्यविन्दू नगरपालिकाका विभिन्न भागमा रहेको पुरानो कालोपत्र भत्काएर सबबेस, बेसको काम भइरहेको सूचना अधिकारी खनालले बताए ।

सडक विस्तारमा अहिले ११ वटा स्काभेटर, दुई क्रेन, छ रोलर, आठ ग्रेडरको प्रयोग भइरहेको खनालले जानकारी दिए ।

“अहिले सडक विस्तारको कामलाई तीव्रता दिने गरी काम भइरहेको छ”, उनले भने , “निर्माण कम्पनीले आवश्यक जनशक्ति र उपकरण थप गर्दै सडक विस्तारको कामलाई चाँडो गर्ने प्रतिबद्धता जनाएर काम गरेको छ ।”

यस खण्ड (गैँडाकोट–दाउन्ने) मा पर्ने ६५ किलोमिटर सडकमध्ये ३५ किलोमिटर सडक कालोपत्र भइसकेको इञ्जिनीयर खनालले बताए ।

हालसम्म पूर्वीखण्डको भौतिक प्रगति ५३ दशमलव १५ प्रतिशत रहेको भन्दै डिसेम्बरमा थप तीन दशमलव १८ प्रतिशत काम सक्ने गरी निर्माण कम्पनीले काम गरिरहेको इञ्जिनीयर खनालको भनाइ छ ।

मध्यविन्दू नगरपालिकामा पर्ने चोरमारा जङ्गलको उकालोमा सडक विस्तारको काम भइरहँदा जमिनमुनिबाट पानी रसाएर यातायात सञ्चालनमा समस्या आएपछि अहिले ‘सब सर्फेस ड्रेन’ निर्माणको काम भइरहेको उनको भनाइ छ ।

सडकको बीचमा खाल्डो खनेर जमिनमुनिबाट निस्किएको पानीलाई निकास दिनका लागि सब सर्फेस ड्रेन बनाइएको र अब यस खण्डमा सहज रुपमा यातायात सञ्चालन गर्न तथा सडक विस्तार गर्न सकिने उनले बतथाए ।

नारायणगढदेखि बुटवलसम्मको ११४ किलोमिटर सडक वि.सं २०७९ साउन २२ भित्र काम सक्नेगरी वि.सं २०७५ माघमा सरकार र चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसन लिमिटेडकाबिच सम्झौता भएको थियो ।

नारायणघाट–दाउन्ने (६५ किलोमिट) र दाउन्ने–बुटवल (४९ किलोमिटर) गरी दुई खण्डमा ठेक्का लगाइएको योजनाको तात्कालीन प्रधानमन्त्री केपी ओलीले २०७५ चैत ८ मा बुटवलमा शिलान्यास गरेका थिए ।

निर्धारित समयमा एक चौथाइ पनि काम नसकेपछि पहिलो पटक २०८० साउन ८ र दोस्रोपटक २०८१ साउन ८ सम्मका लागि म्याद थप गरिएको थियो ।

रासस

जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ पार्टीको ध्यान केन्द्रित : अध्यक्ष दाहाल

चितवन, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नो पार्टीको ध्यान केन्द्रित भएको बताएका छन् ।

उनले आफ्नो पार्टी जनताको साथमा रहेको पनि बताए । उनले भने, ‘हाम्रो ध्यान सरकारतिर छैन । हाम्रो ध्यान जनतातिर छ ।

जनतालाई परिचालन गर्नेतर्फ नै छ । सरकारका कामको खबरदारी गरिररहन्छौँ ।’ फरक प्रसंगमा उनले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) नेपालको हितमा रहेको बताए ।

चितवनमा पत्रकारसँग कुरा गर्दै उनले माओवादी केन्द्रको ध्यान सरकार परिवर्तनतर्फ नभई जनताका विकासका आकाङ्क्षा कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित रहेको बताए ।

चीन र अमेरिका अहिलेका मुख्य प्रतिस्पर्धीका रुपमा देखिएकाले दुईवटा रणनीति आउँदा एकले अर्काको विषयमा चासो राख्नु स्वाभाविक भएको उनले बताए ।

ज्योत्सनासिंह ठकुरीको द कल नेपाल पाँचौं सर्ट फिल्म कम्पिटिसन २०२४ को विजेता

काठमाण्डू, लर्वट नेपाल पाँचौं सर्ट फिल्म कम्पिटिसन २०२४ मा ज्योत्सनासिंह ठकुरीको द कल ले विनर अर्वड प्राप्त गरेको छ ।

इन्टरनेशनल एसोसिएसन अफ वुमन इन रेडियो एण्ड टेलिभिजन आइएडब्लुआरटी नेपाल च्याप्टरले महिला चलचित्रकर्मीको सिर्जनशीलता र कथाको सम्मान गर्दै पाँचौं लघु चलचित्र प्रतियोगिताको आयोजना गरिएको थियो ।

नेपाल टेलिकमको पव्रायोजन र पर्यटन बोर्डको प्रर्वधनमा भएको कार्यक्रम सूचना प्रविधि तथा सञ्चारमन्त्री पुथ्बी सुब्बा गुरुङको प्रम्ख आतिथ्यता रहेको थियो । मन्त्री गुरुङले चलचित्रले लैङिगकता, पहिचान र नेपालको भूगोललाई बिषयबस्तु बनाएकाले निर्माण पक्षको प्रसंसा गरे ।

लैङिक हिंसा विरुद्दको १६ दिने अभियानलाई सहयोग पुर्याउने कार्यक्रम हुँदै आएको आयोजकले जनाएको छ । कार्यक्रममा ५ वटा चलचित्र प्रदैशन गरिएको थियो ।

प्रतियोगितामा सरिता शाहको सिया, रजिला श्रेष्ठको छेसाङ द अनटोल्ड स्टोरीले बिषेश पुरस्कार पाएको थियो ।

प्रतियोगिताको निर्णयकमा अनुपा श्रेष्ठ, रक्षासिंह राण र अवीरल थापा रहेका थिए । कार्यक्रममा नेपाली चलचित्र क्षेत्रमा उल्लेख्य योगदान गरेवापत चलचित्र निर्देशक सम्झना उप्रेती रौनियारलाई सम्मन गरिएको थियो ।