भुटानका राजा पाँच घण्टाका लागि नेपाल आउँदै, स्वयम्भू र बौद्धनाथको दर्शन गरेर भारत जाने

काठमाण्डू, भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक आज (शुक्रबार) नेपाल आउँदैछन् ।

उनी बिहान ९ः५० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने स्रोतले जनाएको छ ।

राजा जिग्मेले स्वयम्भू र बौद्धनाथको दर्शन गरेर आजै भारत जाने कार्यक्रम छ ।

उनको यो कुनै औपचारिक नेपाल भ्रमण भने होइन । उनी भारत भ्रमणका क्रममा ट्रान्जिटका लागि करिब मात्र एक–दुई घण्टा नेपालमा रहनेछन् ।

भुटानी जिग्मे राजा नेपाल आउने भएपछि विमानस्थलको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

भुटानी राजाको भ्रमणबारे भारतको विदेश मन्त्रालयले औपचारिक घोषणा गरिसकेको छ ।

चीन र भुटानबीच सीमा विवाद रहेको छ । सो विवादमा भारतमा जोडिएको छ । सोही सीमा विवादको विषयमा कुराकानी गर्नका लागि भुटानी राजा जिग्मे भारत भ्रमणमा जान लागेको बताइएको छ ।

चितवनविरुद्ध टस जितेर फिल्डिङ गर्दै कर्णाली

काठमाण्डू, नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्ध कर्णाली याक्सले पहिले फिल्डिङ गरिरहेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले टस जितेर फिल्डिङ रोजेको हो ।

अहिले चितवनले ब्याटिङ गरिरहेको छ। प्रतियोगितामा कर्णाली पहिलो जीतको खोजीमा छ।

कर्णाली यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौं गुर्खाजसँग तीन विकेट पराजित भएको थियो।

यता, चितवन भने प्रतियोगितामा आज लगातार तेस्रो जीतको खोजीमा छ।

दिगो वन व्यवस्थापन कार्यक्रम लागू हुँदै, वार्षिक १८ अर्बको काठजन्य वस्तु आयात

काठमाण्डू, सरकारले वन उद्यमबाट रोजगारी सिर्जना गर्न, वार्षिक अर्बौं रुपियाँको काठ आयात रोक्न र वनको सक्रिय व्यवस्थापन गर्न दिगो वन व्यवस्थापन कार्यक्रम लागू गर्ने तयारी गरेको छ।

यसअघि सरकारले लागू गर्दै आइरहेको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा व्यापक विकृति देखिएको भन्दै सो कार्यक्रम खारेज गरेको थियो ।

त्यसपछि वनको व्यवस्थापन हुन नसकेको ठहर गर्दै वनको सक्रिय व्यवस्थापन(एक्टिभ म्यानेजमेन्ट) गर्ने उद्देश्यले वन तथा वातावरण मन्त्रालयले वन सम्वर्द्धनमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रम लागू गर्न गृहकार्य अघि बढाएको छ ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा। दीपक खरालले वनको सक्रिय व्यवस्थापन गरेर वन उत्पादनलाई प्रयोगमा ल्याइने, काठको आयात प्रतिस्थापन गर्नुका साथै रोजगारी सिर्जना गर्ने र समग्र मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्य सहित वन सम्वद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रम सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए ।

विभिन्न अध्ययनका अनुसार नेपालमा अर्बौं मूल्यका काठ वन क्षेत्रभित्र कुहिएर खेर जाने गरेका छन्। वनको उचित र वैज्ञानिक व्यवस्थापन हुन नसक्दा अर्बौं रुपियाँ बराबरको काठ कुहिएर खेर जाने गरेको मन्त्रालयका अधिकारीहरु बताउँछन्।

त्यसरी कुहिएर खेर गएका काठको व्यवस्थापन गर्न समेत मन्त्रालयले वन सम्वद्र्धनमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रम ल्याउन लागेको जनाएको छ।

यसका लागि वन तथा वातावरण मन्त्रालयले वन ऐन र नियममा समेत संशोधन गरी नयाँ व्यवस्था गरिसकेको छ।

मन्त्रालयले यही कार्यक्रमलाई लागू गर्ने उद्देश्यले दिगो वन व्यवस्थापन मापदण्ड–२०८१ लागू गरेको छ भने यस सम्बन्धी अध्ययन गरी आवश्यक सुझाव दिन वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक दीपक ज्ञवालीको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको छ।

सो कार्यदलमा वनसँग सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरु सदस्य रहेका छन् ।

कार्यदलका संयोजक ज्ञवालीले दिगो वन व्यवस्थापन मापदण्डको कार्यान्वयन गरी सम्वद्र्धनमा आधारित वन व्यवस्थापन कार्यक्रमलाई के–कसरी प्रभावकारी रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने बारेमा अध्ययन थालिएको जानकारी दिए ।

सो कार्यदलले दिएको सुझावका आधारमा वन तथा वातावरण मन्त्रालयले सक्रिय वन व्यवस्थापनको स्पष्ट रूपरेखा बनाइने जनाएको छ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा। खरालले राष्ट्रिय अर्थतन्त्रलाई बढावा दिन र नेपालमा बेरोजगारी समस्या न्यूनीकरण गर्न वन सम्वद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रम कोशेढुंगा सावित हुने दावी गरे ।

यो कार्यक्रम सफल भएमा विश्वव्यापी जलवायु परिवर्तनका समस्या समाधानमा महत्वपूर्ण भूमिका हुने बताउँदै उनले जैविक विविधता संरक्षण हुने, भू तथा जलाधार क्षेत्रको संरक्षण हुने तथा देशमा विकास आयोजनाहरु सञ्चालनमा आउन जानकारी दिए ।

संघीय सरकारले यो कार्यक्रम लागू गर्ने तयारी गरेसँगै प्रदेश सरकारले पनि सो कार्यक्रम लागू गर्ने तयारी अघि बढाएका छन् ।

कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले आफ्नो प्रदेशले वन नियमावलीमा यो प्रणालीलाई समावेश गरी वन व्यवस्थापन गर्ने गृहकार्य अघि बढाएको जानकारी दिए ।

नेपालमा सघन वन व्यवस्थापन नीति कार्यान्वयन नगरेको कारण दूरगामी राष्ट्रिय लाभहरू गुमाए पनि वन क्षेत्रको ठूलो सम्भावनाबाट फाइदा लिन सरकार चुकेको विज्ञहरु बताउँछन् ।

नेपालले दिगो वन व्यवस्थापन योजना अपनाएर क्षयकृत इकोसिस्टम र जैविक विविधता संरक्षणको पुनःस्थापनाका लागि आफूले अन्तर्राष्ट्रिय रूपमा गरेको प्रतिबद्धता हासिल गर्न सक्ने सम्भावना रहेको भएपनि सो प्रतिवद्धता हासिल गर्न असफल हुँदै आइरहेको पाइन्छ ।

हाल नेपालमा कूल भू–भागको ४५दशमलव ३१ प्रतिशत भू–भाग वन क्षेत्र रहेको छ । जसमध्ये नेपालको लगभग ५१ प्रतिशत वनहरू पहुँचयोग्य रहेको विभिन्न अध्ययनले देखाएको छ ।

यसको अर्थ देशको लगभग ६६ लाख हेक्टर वन क्षेत्रमध्ये लगभग ३४ लाख हेक्टर क्षेत्र पहुँचयोग्य रहेका छन्।

मन्त्रालयका अनुसार पहुँचयोग्य वन क्षेत्रमा चुरे क्षेत्र ९मुख्य भाग० का वन क्षेत्रहरू पनि समावेश छन्, जहाँ लगभग १२ लाख हेक्टर वन क्षेत्र छ ।

नेपालको भौगोलिक भू–वनोटको आधारमा हेर्दा चुरे क्षेत्रमा पाइने यी वनहरू यस क्षेत्रको नाजुक प्रकृतिका कारण सघन वन व्यवस्थापनका लागि पनि संवेदनशील छन् ।

त्यसैले चुरे क्षेत्रमा अवस्थित वन क्षेत्रहरू घटाएर लगभग २२ लाख हेक्टर पहुँचयोग्य वन क्षेत्रहरूमा वन सम्वद्र्धन अभ्यासहरू लागू गरेर गहन व्यवस्थापन गर्न सकिने मन्त्रालयका अधिकारीहरुको भनाइ छ।

वन मन्त्रालयका अधिकारीहरुका अनुसार २२ लाख हेक्टर वन क्षेत्रबाट करिब १५ करोड ४ लाख घनफिट काठ उत्पादन हुन सक्ने सम्भावना देखिएको छ ।

पाँच घनफिट काठको उत्पादन गर्न एक श्रमशक्ति लाग्ने विश्लेषण गर्दा पनि करिब १५ करोड घनफिट काठ उत्पादन गर्दा वर्षभरि करिब १ लाख ३७ हजारले श्रम गर्ने अवसर पाउने देखिन्छ ।

एक अध्ययनका अनुसार नेपालमा वार्षिक १८ अर्ब बराबरको काठजन्य बस्तु आयात हुने गरेको छ।

वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक ज्ञवालीका अनुसार हाल नेपाली बजारमा ३ करोड घनफिट काठको माग रहेको छ।

उपभोक्ताको सो माग अनुसार आपुर्ति हुन नसक्दा विदेशी काठ आयात हुने क्रम बढेको हो। ज्ञवालीले नेपालले हाल ६ अर्ब बराबरको प्लाइउडजन्य काठ निर्यात गरिरहेको बताए ।

नेपाली काठ बजारमा अत्यन्तै महँगो भएकाले यहाँका उपभोक्ताहरु सस्तोका कारण विदेशी काठ ल्याउन बाध्य भइरहेको बताइन्छ।

उपमहानिर्देशक ज्ञवालीले सरकारले नेपाली काठको खपत बढाउने योजना ल्याउनुपर्ने र उपभोक्ताले पनि नेपाली काठलाई नै बढी प्राथमिकता दिनुपर्ने बताए ।

निगमको विमान खरिदमा अनियमिततामा पूर्वमहाप्रबन्धकसहित चार जना दोषी ठहर, पूर्वमन्त्रीले पाए सफाइ

काठमाण्डू, विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै तात्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय सुनाएको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई तथा रितेन्द्र थापाको इजलासले निजहरूलाई दोषी ठहर गरेको हो।

अदालतले निगमका तात्कालीन महाप्रबन्धक कङ्साकारलाई दुई वर्ष नौ महिना कैद हुने फैसला गरेको छ।

त्यसमा बिगो रु एक अर्ब ४७ करोड १० लाखको दामासाही हुने रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना गरिएको छ। निजले ज्येष्ठ नागरिक ऐनअनुसार ५० प्रतिशत सजाय छुट पाउने छन्।

निगमका सञ्चालक समितिका तात्कालीन अध्यक्ष एवं पर्यटन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीलाई एक वर्ष नौ महिना कैद सजायको फैसला भएको छ।

दामासाहीले हुने रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना भने सोही बराबरको बिगो जफतसमेत हुने फैसलामा उल्लेख छ।

विशेष अदालतले पूर्वसचिव एवं तात्कालीन निगम सञ्चालक समिति सदस्य शिशिरकुमार ढुङ्गानालाई एक वर्ष छ महिना कैद सजाय सुनाएको छ।

ढुङ्गानालाई कुल बिगोको दामासाही हुने रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना हुने फैसला भएको छ।

पर्यटन मन्त्रालयका तात्कालीन सहसचिव बुद्धिसागर लामिछानेलाई पनि एक वर्ष छ महिना कैद सजायको फैसला भएको छ।

दामासाहीले हुने रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना लामिछानेलाई हुनेछ। बिगो असुलउपरको फैसला लामिछानेलाई पनि लागू हुनेछ।

अदालतले जहाज खरिद प्रक्रियामा संलग्न विदेशी कम्पनीका तीन प्रतिनिधिलाई पनि दोषी ठहर गरेको छ।

विशेष अदालतले वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचार प्रकरणका प्रमुख आरोपितमध्येका एक दीपक शर्मामाथि अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

नेपाली मूलका शर्मा बेलायती नागरिक हुन् । दुईवटा वाइडबडी विमान खरिदमा नेपाल वायुसेवा निगमको तर्फबाट वार्ता गर्ने सुगतरत्न कंसाकार र एएआर कम्पनीको इन्टरनेशनल सप्लाई चेनको अध्यक्षका हैसियतले शर्मा संलग्न थिए ।

शर्मामाथि अमेरिकाको कोलम्बियामा चलेको मुद्दासम्बन्धी केही कागजात पेश गरेका थिए । उक्त दस्तावेज अनुसार, शर्मामाथि एएआर कर्पले दुईवटा वाइडबडी विमान खरिदमा निगमका अधिकारीहरुलाई घुस दिएको आरोप थियो ।

विमान खरिद प्रस्तावसम्बन्धी कागजात (आरएफपी) बनाउँदादेखि नै कंसाकारका साथै बेलायती नागरिक शर्मा पनि संलग्न रहेको अख्तियारको आरोपपत्रमा उल्लेख थियो । टेण्डर प्रक्रियाबाट विमान खरिद गर्नुपर्नेमा उनीहरुले आशयपत्रको प्रक्रिया अघि बढाएका थिए ।

भ्रष्टाचारको योजनामा शुरुवातदेखि नै बेलायती नागरिक शर्माको भूमिका रहेको भनी अख्तियारले प्रश्न उठाएको थियो ।

टेण्डर प्रक्रियाबाट अघि बढाउनुपर्ने खरिद प्रक्रियालाई उनले आशय प्रक्रियाको बाटोमा लगे, जसलाई विशेष अदालतले पनि भ्रष्टाचारको प्रमुख आधार भनेको छ ।

निगम भ्रष्टाचार प्रकरणमा तोकिएको भन्दा कम क्षमताको विमान खरिदको प्रश्न सबैभन्दा बढी गम्भीर थियो ।

उडान भर्दा २४२ टन क्षमताको विमान खरिद गर्नुपर्नेमा २३० टनको विमान खरिद भएको थियो । त्यसले गर्दा वाइडबडी विमानहरु लामो दुरीको उडान गर्न नसक्ने अवस्थामा पुगेको थियो ।

विमानको क्षमता घटाउने भूमिकामा निगमका महाप्रबन्धक कंसाकारका साथै आपूर्तिकर्ता समेत रहेको एएआर कम्पनीका प्रतिनिधि दीपक शर्मा संलग्न थिए ।

उनले विमानको क्षमता घटाउन पत्राचार गर्ने, सुझाव दिने कामहरु गरेको पाइएको छ । उनले नेपालको विमानस्थलमा २३० टन क्षमताको विमान नै पर्याप्त रहेको भनी इमेलहरु लेखेको अख्तियारको आरोपपत्रमा उल्लेख थियो ।

निगमलाई दुईवटा विमान बेचेको आयरल्याण्डको ‘हाइफ्लाई एक्स’ नामक कम्पनी शर्माकै समूहले खडा गरेको थियो ।

२१ फेब्रुअरी २०१७ (१० फागुन, २०७३) मा आयरल्याण्डमा दर्ता भएको कम्पनीले एयरबसबाट दुईवटा वाईडवडी विमान खरिद गरी २४ अर्ब रुपैयाँमा नेपाल वायुसेवा निगमलाई बेचेको थियो ।

यही कम्पनीसँगको खरिदविक्री र त्यसपछिको कारोवारमा अमेरिकामा शर्माको कामकारवाहीमाथि प्रश्न उठेको थियो ।

आयरल्याण्डमा हाइफ्लाई एक्स नामक कम्पनी खोलेर विमान आपूर्ति गरेको उक्त कम्पनीले नेपाली अधिकारीहरुलाई रकम दिन युनाइटेड अरब इमिरेट्स ९यूएई०मा खाता खोलेको र त्यहाँ रकम प्रवाह गरेको भेटिएको थियो ।

अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिलसले उनले यूएईको दुबई बाहेक अमेरिका र आयरल्याण्डमा पनि खाता खोलेको र रकम प्रवाह गरेको फेला पारेको थियो । एक प्रतिवेदन अनुसार, उनले करिव २५ लाख अमेरिकी डलर घुसका लागि प्रवाह गरेका थिए ।

ती कम्पनीका प्रनिनिधिलाई एक वर्ष छ महिना कैद र दामासाहीले हुने रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवानाको फैसला गरेको छ।

अदालतले तात्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीलाई सफाइ दिएको छ।

उक्त प्रकरणमा दुई विदेशीसहित २७ प्रतिवादीले अभियोगबाट सफाइ पाएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी खरिदमा भ्रष्टाचार भएको उल्लेख गर्दै मुद्दा दायर गरेको थियो।

अख्तियारले दर्ता गरेका मुद्दामा बिषेशले दोषि ठहर गरेको बिदेशी सहितको यो ठूलो सफलता हो । अख्तियारले रेड समातेका कतिपय मुद्दामा पनि बिषेशले सफाइ दिने गरेको छ ।

बिषेशको फैसला चित्त नबुझेर अख्तियारले सर्वोच्चमा दायर गरेका कतिपय मुद्दामा अख्तियारले सफलता पाएको छ ।

अख्तियारको दाबीमा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार हुनुमा १० भन्दा बढी प्रमुख आधार अघि सारिएको छ । सार्वजनिक खरिद ऐन र नियमावली विपरीत जहाज खरिद सम्झौता भएको थियो ।

अस्वाभाविक लागत स्टिमेट बढाएको, बैंक जमानत विना नै प्रतिबद्धता शुल्क भुक्तानी गरेको, कानून विपरीत वार्ताका माध्यमबाट सम्झौता गरेको आरोप लगाइएको छ ।

निगमले सम्झौतापछि पनि लगातार मूल्यवृद्धि हुने भनी कानून विपरीत सम्झौताभन्दा बढी रकम भुक्तानी गरेको थियो ।

अख्तियारले वाइडबडी जहाजको प्राविधिक क्षमता नै कम हुने गरी जहाज खरिद भएको आरोप लगाएको छ ।

उडान भर्दाको अधिकृतम भारबाहन क्षमता (एमटीओडब्लू) २ सय ४२ टन हुनुपर्नेमा २ सय ३० टन मात्रै क्षमता भएको जहाज खरिद भएको अख्तियारको दाबी छ ।

क्षमता घटाउँदा जहाजको मूल्य भने नघटाई निगमलाई नोक्सानी पुर्‍याएको अख्तियारको दाबी हो ।

जहाज खरिदको सम्झौता भएपछि तेस्रो कम्पनी खडा गरेर त्योसँग सम्झौता गरेको र अर्को ‘एस्क्रो एकाउन्ट’ मा भुक्तानी गर्दा बदनियत राखेको आरोप पनि लगाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएको बेला निगम सञ्चालक समितिले १३ माघ २०७३ मा २ सय ७४ सिट क्षमतायुक्त दुइटा वाइडबडी जहाज खरिद गर्ने निर्णय गरेको थियो ।

निगमसँग रहेका दुइटा न्यारोकडी जहाजले टाढाका उडान सञ्चालन गर्न नसकेकाले व्यापार, व्यवसाय विस्तारका लागि पनि लामो दूरीको उडान गर्न सक्ने गरी दुई जहाज आवश्यक रहेको भनी निगमले जहाज खरिद गर्ने निर्णय गरेको थियो ।

१० असोज २०७३ मा जहाज खरिदका लागि सार्वजनिक सूचना आह्वान भएको थियो । त्यसमा १० कम्पनीले प्रस्ताव हालेकोमा अमेरिकाको एएआर कम्पनी छानिएको थियो ।

खरिद सम्झौता अनुसार १४ असारमा पहिलो र १० साउन २०७५ मा दोस्रो वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएको थियो । जहाज ल्याउँदा २०७४ सालको आमनिर्वाचनबाट केपी ओली प्रधानमन्त्री भइसकेका थिए ।

के कम क्षमताको जहाज खरिद भएको हो ?

खरिद सम्झौतामा वाइडबडी जहाज उडान भर्दाको एमटीओडब्लू २ सय ४२ टन हुनुपर्ने उल्लेख थियो ।

तर, निगमले २ सय ३० टन क्षमताको जहाज ल्यायो । कम क्षमताको ल्याउँदा एक त कम तौल बोकेर जहाज उड्छ, अर्कातर्फ इन्धन राख्ने ट्यांकी ठूलो क्षमताको नहुँदा लामो दुरीको उडान भर्न नसक्ने अवस्था हुन्थ्यो ।

यसबारे प्रश्न उठेपछि पर्यटन मन्त्रालयले सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा समिति गठन गरेको थियो ।

समितिले सिड्नी–काठमाडौं सेक्टरका लागि २ सय ४२ टन आवश्यक नपर्ने भनी विवरणपत्र तयार पार्‍यो ।

‘ट्रान्स एटलान्टिक (एटलान्टिक महासागर वारपार) का लागि मात्रै २ सय ४२ टन भएका जहाज उपयुक्त हुने भन्दै उसले अरू सेक्टरका लागि प्राविधिक र आर्थिक दृष्टिकोणबाट २ सय ३० टनको जहाज नै उपयुक्त हुने निष्कर्ष निकालेको हो ।

अख्तियारले यही विषयलाई भ्रष्टाचारको प्रमुख आधार बनाएको हो ।

मूल्य समायोजनका नाममा कसरी अनियमितता भयो ?

उड्डयन क्षेत्रका जानकारहरूका अनुसार उत्पादक कम्पनीहरूले पहिलै नै जहाज उत्पादन गरेर राखेका हुँदैनन् । कुनै पक्षले ‘अर्डर’ सहित प्रतिबद्धता शुल्क (बैना) दिएपछि मात्रै जहाज उत्पादन थालिन्छ ।

एउटा आधार रकममा सम्झौता भए भुक्तानीका बेला ‘मूल्य समायोजन’ गरी वास्तविक मूल्य तय गरिन्छ ।

तर, निगमले निर्माण भइसकेको जहाज तेस्रो पक्षसँग किनेको थियो । अख्तियारको दाबीअनुसार त्यस्तो अवस्थामा मूल्य समायोजनको विषय उठाउन मिल्दैनथ्यो ।

हाइफ्लाईको नाममा उत्पादन सुरु भएको र पछि हाइफ्लाई–एक्स नामको कम्पनीबाट निगमको स्वामित्वमा हस्तान्तरण गरिएको जहाजका लागि मूल्य समायोजन लगायत सबै जोखिम सुरुमै अर्डर गर्ने कम्पनीले बेहोरेको थियो ।

तर, पछि खडा गरिएको हाइफ्लाई–एक्सले मूल्य समायोजनका नाममा निगममाथि थप भार बोकाएको थियो । १३ माघ २०७३ मा निगमले २० करोड ९६ लाख अमेरिकी डलरमा दुइटा जहाज पाउनुपर्ने थियो ।

२५ चैत २०७३ मा विवादास्पद हाइफ्लाई–एक्ससँग निगमले २.४४ प्रतिशतले मूल्य समायोजन गर्न सकिने भनी अर्को सम्झौता गर्‍यो ।

पछिल्लो सम्झौता अनुसार निगमलाई ६७ लाख ८८ हजार डलर ९विनिमय दर अनुसार ७४ करोड ५८ लाख रुपैयाँ० नोक्सानी भएको अख्तियारको दाबी छ ।

खरिद प्रक्रियामा कसरी विवाद भयो ? लेखा समितिले के भन्यो ?

ओली सरकार गठन भएको केही महिनापछि वाइडबडी जहाज खरिद प्रक्रियामाथि प्रश्न उठ्न थालिसकेको थियो ।

चर्को प्रश्नको सामना गर्नुपरेपछि तात्कालीन सरकारले पूर्वमुख्यन्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा जाँचबुझ आयोग गठनको निर्णय गर्‍यो । तर, चिठी नदिँदा आयोगले कामै गर्न पाएन र निर्णय अलपत्र पर्‍यो ।

कांग्रेसले नेतृत्व गरेको सार्वजनिक लेखा समितिले सार्वजनिक खरिद ऐन मिचेर जहाज खरिद गरिएको भन्दै प्रश्न उठायो । लेखा समितिले सांसद राजन केसीको नेतृत्वमा उपसमिति नै गठन गरेर अध्ययन गरेको थियो ।

लेखा समितिले गठन गरेको उपसमितिले दुइटा जहाज खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको निष्कर्ष निकालेको थियो ।

लेखा समितिले आवश्यकता र औचित्य विना जहाज र इन्जिन छनोट गरिएको, खरिद सम्झौतामा सर्तहरूको दुराशययुक्त प्रयोग भएको, जहाजको क्षमता नघटाइएको, शंकास्पद कम्पनी स्थापना गरी कारोबार गरेको निष्कर्ष निकाल्यो ।

उपसमितिले जहाजको सिरियल नम्बर फेरिएको, भुक्तानीका लागि एजेन्ट खडा गरिएको, सार्वजनिक खरिद कानून उल्लंघन भएको, लागत अनुमान र खरिद मूल्यमा मिलेमतो भएको, मूल्यवृद्धि गरिएको र जहाजको पूर्व निरीक्षणका नाममा खर्च गरेर अनियमितता भएको निष्कर्ष निकालेको थियो ।

लेखा समिति र अख्तियारको निष्कर्ष मिल्छ ?

वाइडबडी जहाज खरिदमा लेखा समितिले निकालेको निष्कर्ष र अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्दा लिएको आधार मिल्दोजुल्दो छ । तर, बिगो गणना र हिसाबकिताव भने फरक परेको देखिन्छ ।

अनियमितताका विभिन्न फेहरिस्त तयार पारे पनि लेखा समितिले चार शीर्षकमा भ्रष्टाचार भएको दाबी गरेको थियो । अख्तियारले तीमध्ये दुइटा शीर्षकमा मात्रै भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै बिगो मागदाबी गरेको छ ।

अख्तियारले जहाज निर्माण अवधिमा मूल्यवृद्धि हुने भन्दै सम्झौताभन्दा बढी रकम भुक्तानी गरेकोमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अर्कातर्फ, उसले तोकिएको भन्दा कम क्षमताको जहाज ल्याएकाले निगमलाई नोक्सानी भएको दाबी गरेको छ ।

लेखा समितिले यी दुई शीर्षक बाहेक लागत अनुमान निकाल्दा नै अनियमितता भएको दाबी गरेको थियो ।

अर्कातर्फ, जहाज निरीक्षणका नाममा निगमका कर्मचारीहरू जर्मनी घुमेको १ करोड खर्चलाई अख्तियारले ‘नगण्य’ ठानेर बेवास्ता गरेको देखिन्छ ।

लेखा समितिले छानबिन हुँदाको मितिको अमेरिकी डलर सटही दर (११२ रुपैयाँ) आधार मानेर नोक्सानीको हिसाव निकालेको देखिन्छ ।

अख्तियारले भने अन्तिम भुक्तानी हुँदाको सटही दर (१०९.८८ रुपैयाँ) लाई बिगो गणनाको आधार मानेको छ । दुई निकायको हिसाबकिताब झन्डै ३ अर्ब रुपैयाँले फरक परेको देखिन्छ ।

औषधि खरिदमा भ्रष्टाचार, सिरहाको धनगढीमाई नगरपालिकाका तात्कालीन प्रशासकीय प्रमुख बगालेसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डू, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकाका तात्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मुद्दामा बगालेसँगै तात्कालीन लेखा अधिकृत पुरुषोत्तमकुमार प्रसाद, स्वास्थ्य शाखा प्रमुख सुरैत चौधरी, जिन्सी शाखा प्रमुख सम्पैत यादव, हेल्पिङ्ग मल्टीपर्पोज प्रालि (मैतीदेवी, काठमाडौं) र उक्त फर्मका निर्देशक माधव प्रसाद गौतमलाई प्रतिवादी बनाइएको छ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार प्रतिवादीहरूमाथि जनही ४ लाख ६० हजार ८१० रुपैयाँ बिगो कायम गरी बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

आर्थिक वर्ष २०७८/७९ मा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका औषधि खरिदका क्रममा अनियमितता भएको बताइएको छ।

नेपाल सरकारको सस्शर्त अनुदान शीर्षकबाट विनियोजित रकममध्ये १७ प्रकारका औषधिहरू पत्रिकामा प्रकाशित मूल्यभन्दा बढीमा खरिद गरिएको र ५ प्रकारका औषधि पत्रिकामा उल्लेखित मूल्यसूचीभन्दा बाहिरबाट खरिद गरिएको अभियोग लगाइएको छ।

आयोगले औषधि खरिद प्रक्रिया र मूल्य निर्धारणमा गरिएको गम्भीर त्रुटिका कारण भ्रष्टाचार मुद्दा चलाएको हो।

सुदूरपश्चिमको लगातार दोस्रो जीत, काठमान्डू ७३ रनले पराजित

काठमाण्डू, नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले काठमान्डू गुर्खाजलाई ७३ रनले पराजित गरेको छ ।

बिहीबार भएको खेलमा १६८ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको काठमान्डू गुर्खाज १५.५ ओभरमा ९४ रन बनाएर अलआउट भएको हो ।

सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो भने काठमान्डूको दोस्रो हार हो ।

काठमान्डूका लागि स्टीफन एस्किनाजीले ३७ रन बनाए । सुमित महर्जनले १४, गेर्हार्ड इरास्मसले १० र भीम सार्कीले १० रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

सुदूरपश्चिमका लागि नरेन साउदले ४ विकेट लिए । अविनाश बोहराले २, तथा सैफ जैब र ब्राण्डन म्याकमुलनले १–१ विकेट लिए ।

यसअघि सुदूरपश्चिमले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १६७ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि ब्राण्डन म्याकमुलनले अर्धशतकीय पारी खेले । उनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५३ रन जोडे ।

ओपनर विनोद भण्डारीले ३५ र सैफ जैबले ११ रन बनाए । रोहन मुस्तफा भने ४ रनमा आउट भए ।

कप्तान दीपेन्द्रसिंह ऐरी ४३ रनमा आउट भए । उनले ३ चौका र २ छक्का प्रहार गरे ।

काठमान्डूका लागि राशिद खानले २ तथा कप्तान करण केसी, साहब आलम र गेर्हार्ड इरास्मसले १–१ विकेट लिए ।

अब १८ महिनापछि देउवाजीलाई प्रधानमन्त्री हस्तान्तरण गर्छु : प्रधानमन्त्री ओली

काठमाण्डू, चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी ओलीले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अबको १८ महिनापछि प्रधानमन्त्रीको पद शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताएका छन् ।

चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्रीले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

अब १८ महिनाजति छ क्यारे मेरो पालो, त्यसपछि शेरबहादुर देउवाजीलाई हस्तान्तरण गर्छु । प्रधानमन्त्री ओलीले भने, चुनावमा सबैले बहुमत ल्याउने कोशिश गरौँला । हाम्रो गठबन्धन चुनावसम्मका लागि हो ।

प्धानमन्त्री ओलीले अनुकूल हेरेर भारत भ्रमणमा जानेसमेत बताएका छन् ।

नेप्से परिसूचकसँगै घट्यो कारोबार

काठमाण्डू, साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक घटेको छ । आज नेप्से १५.९३ अंक घटेर २७३४.९३ विन्दूमा कायम भएको छ ।

त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ५.०२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.७४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७१ अंक घटेको हो ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ९ अर्ब १३ करोडको सेयर खरिदबिक्री भएकोमा आज ३०७ स्टकको ८७ हजार ४७६ पटकको कारोबारमा ८ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ बराबरको १ करोड ६७ लाख ९७ हजार कित्ता सेयर खरिदबिक्री भएको हो ।

आज कुल ४० कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो भने ३ को स्थिर रहेको हो ।

प्रधानमन्त्री ओली चारदिने भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

काठमाण्डू, प्रधानमन्त्री केपी ओली चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् ।

चिनियाँ समकक्षीको निमन्त्रणामा मङ्सिर १७ गते बेइजिङ गएका प्रधानमन्त्री ओली काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको उनका प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए ।

हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको थियो ।

भ्रमणका क्रममा बेइजिङमा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग भेटवार्ता गरेका थिए ।

त्यही क्रममा नेपाल र चीनबिच बीआरआई फ्रेमवर्क सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

माथिल्लो तामाकोशीबाट पुस १० भित्र विद्युत् उत्पादन हुने

काठमाण्डू, सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन गर्ने गरी मर्मत सम्भार तालिका बनाइएको छ ।

दुईवटा डिस्याण्डरमध्ये बायाँतर्फको डिस्याण्डरको मर्मतसम्भार आगामी पुस १० गतेभित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने तालिका तय गरिएको हो ।

गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगू गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत्‌ केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवक्र्स) मा ठूलो क्षति पुर्‍याएको थियो ।

यसका लागि आंशिक रुपमा क्षति पुगेको डिस्याण्डरको पर्खालको पुरानो ढलानलाई भत्काएर मर्मत गरिने छ । यसैगरी, कल्भर्टको भित्ता र सिलिङमा देखिएका चिराहरुको ग्राउटिङ गर्ने काम समानान्तर रुपमा अगाडि बढाइनेछ ।

दायाँतर्फको अर्को डिस्याण्डर मर्मत र हाल सतहमा रहेको कन्ट्रोल रुमलाई भूमिगत बनाउन डिजाइन गरी पुनर्निर्माण प्रक्रिया तत्काल अगाडि बढाइने छ ।

यो काम आगामी वर्षायाम सुरु हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य तय गरिएको छ । वर्षाले क्षति पुगेको आयोजनाको विद्युत् प्रवाह गर्ने प्रसारण लाइनको एउटा टावरको मर्मतसम्भार सकिएको छ ।

आयोजनाको प्रवर्द्वक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लि. सञ्चालक समितिका अध्यक्षसमेत रहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कम्पनी सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहितको टोलीले बुधबार आयोजनाको स्थलगत अनुगमन गरी हाल भइरहेको मर्मतसम्भारको जानकारी लिएका थिए ।

बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्‍याउने भूमिगत नहर (कल्भर्ट)मा ठूलो क्षति पुगेको थियो ।

टोलीबाट आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरी पुस १० भित्र विद्युत् उत्पादन सुरु गर्ने र त्यसको १५ दिनभित्रमा विद्युत् बढी माग हुने पिक समयमा चलाउने गरी मर्मत सम्भार सम्पन्न गर्ने गरी समय तालिका तय गरिएको छ ।

विद्युत कम माग हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयका ४ घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ ।

हिउँदयाममा विद्युतगृह चलाउन नसकेमा आन्तरिक रुपमा विद्युत् माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण देखिएकाले सञ्चालक समितिको टोली जतिसक्दो छिट्टो विद्युतगृहलाई सञ्चालनमा ल्याउन अपनाउनु पर्ने उपायहरु तय गर्न स्थलगत अनुमगनमा गएको हो ।

कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोशीबाट तोकिएको समयमा विद्युत् उत्पादन गर्न नसकिएमा देशभित्रको मागबमोजिम विद्युत् आपूर्ति गर्न नसकी अप्ठ्यारो अवस्था आउने भएकाले मर्मतसम्भारमा सबै गम्भीर र संवेदनशील भएर लाग्न आग्रह गरे ।

‘आगामी मार्चसम्म दिउँसो र राति मात्र भारतबाट विद्युत् आयात अनुमति पाएकाले आन्तरिक उत्पादनले हिउँदयामको साँझ र बिहान (पिक समय) को विद्युत् माग धान्न गाह्रो छ, मार्च र अप्रिलमा रातिमासमेत आयात गर्न अनुमति पाएका छैनौं, यस्तो अवस्थामा पिकिङ गर्न सकिने माथिल्लो तामाकोशी आएन भने अप्ठ्यारो अवस्था आउने छ,’ घिसिङले भने ।

‘दायाँतर्फको डिस्याण्डरको मर्मतसम्भार आगामी वर्षायाम सुरु हुनुभन्दा पहिले नै सक्ने गरी काम अगाडि बढाऔं, त्यसो गर्न सकिएन भने उत्पादन गर्न नसकी वर्षायाममा विद्युत् खेर पाल्नु पर्ने अवस्था आउन सक्छ, यस्तो संवेदनशील अवस्थामा सबै गम्भीर भएर मर्मत सम्भारमा लागौं ।’

अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि असोज ११ गते साँझ ७ बजेबाट विद्युत् उत्पादन उत्पादन बन्द गरिएको थियो ।

बाँधका सम्पूर्ण ढोका (गेट) हरु खुल्ला गरिएको थियो जसका कारण आयोजनाका संरचनाको सम्भावित क्षति रोकिएको थियो ।

कम्पनीका सीईओ मोहनप्रसाद गौतमले मर्मत सम्भारका हरसम्भव उपायहरु अबलम्बन गरी तय गरेको तालिकाबमोजिम विद्युत् उत्पादन सुरु गर्ने गरी काम भइरहेको बताए ।

कर्मचारी सरुवामा सुधार

राजनीतिक नेतृत्वको सोच, लक्ष्य, नीति र प्रतिबद्धतालाई नतिजामा रूपान्तरण गर्ने माध्यम सरकारी सेवा हो । जसलाई कुनै ठाउँमा सार्वजनिक सेवा भनिन्छ भने कुनै ठाउँमा निजामती सेवा भनिन्छ ।

यो गैरसैनिक प्रकृतिको स्थायी र व्यावसायिक व्यक्तिहरूको समूह हो । सरकारको सफलता र प्रभावकारिता त्यस देशको निजामती सेवामा निर्भर हुने भएकाले कुनै देशको निजामती सेवाभन्दा त्यो देशको सरकार भिन्न हुँदैन भनिन्छ ।

नागरिकले अनुभूति गर्ने सरकार नै निजामती सेवा हो । त्यसैले यसलाई स्थायी सरकार पनि भनिन्छ । नागरिकलाई सरकारका तर्फबाट दैनिक सेवा प्रवाह गर्ने, नागरिकको आवाज सरकारसम्म पु¥याउने माध्यम र सरकार र जनताबिचको सेतुको काम गर्ने माध्यम निजामती सेवा हो ।

यो सेवा स्वच्छ, सक्षम, व्यावसायिक र उच्च मनोबल एवं उत्प्रेरणायुक्त हुनु पर्छ । यसका लागि कर्मचारी प्रशासनका सबै पक्ष निष्पक्ष, पारदर्शी र व्यवस्थित एवं प्रणालीबद्ध हुनु पर्छ ।

कर्मचारी प्रशासनका महत्वपूर्ण पक्षहरूमध्ये एउटा हो कर्मचारी सरुवा । कर्मचारीलाई विभिन्न भौगोलिक क्षेत्रको अनुभव दिलाउन र विभिन्न कार्यालयमा कार्यानुभवको अवसर दिलाउन सरुवा गर्ने गरिन्छ ।

यो नियमित प्रक्रिया हो । हामीकहाँ कर्मचारी सरुवा जहिले पनि विवादको विषय बन्ने र कार्यसम्पादनमा प्रभावकारिता र शिघ्रताको साटो सुस्तता र अस्तव्यस्तताको कारक बन्ने गरेको पाइन्छ । 

नेपालको संविधानमा सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सेवामूलक बनाउँदै जनतालाई सुशासनको प्रत्याभूति दिने नीति रहेको छ ।

निजामती सेवा ऐन, २०४९ ले निजामती सेवालाई बढी सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउने उद्देश्य राखेको छ । ऐनमा रहेका कर्मचारी प्रशासनका विविध पक्षमध्ये सरुवा पनि एक हो । ऐनको दफा १८ ले कर्मचारी सरुवाका लागि विभिन्न आधार र मापदण्ड निर्धारण गरेको छ ।

कम्तीमा कति समय एउटा कार्यालय वा निकायमा बसिसकेपछि अर्काे कार्यालय वा निकायमा सरुवा गर्न सकिने स्पष्ट गरिएको छ ।

अशक्त भई कार्यरत ठाउँमा उपचार हुन नसक्ने भएमा, कुनै कर्मचारीलाई विशेष जिम्मेवारी दिनुपर्ने भएमा, विभागीय कारबाही गर्नुपर्ने भएमा, कार्यरत कार्यालयमा राखिराख्न उपयुक्त नभएमा, फाजिलमा परी जिल्ला बाहिर व्यवस्थापन गर्नुपर्ने भएमा र राजपत्र अनङ्कित कर्मचारीलाई घरपायक सरुवा गर्नु परेमा न्यूनतम अवधि नपुगिकनै सरुवा गर्न सकिने व्यवस्था छ । 

निजामती सेवा नियमावलीमा सामान्य प्रशासन मन्त्रालयले भदौ १ गतेदेखि भदौ मसान्तसम्म र सम्बन्धित मन्त्रालयले असोज १ गतेदेखि १५ गतेसम्म सरुवा गर्ने गरी समयतालिका निर्धारण र सरुवा गर्ने अधिकारी पनि तोकिएको छ ।

ऐन र नियमावली विपरीत मन्त्रालय वा निकायले गरेका सरुवा सामान्य प्रशासन मन्त्रालयले र सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले रद्द गर्न सक्ने व्यवस्था रहेको छ ।

ऐन र नियमावलीका यी प्रावधान अन्तर्गत रहेर कतिपय मन्त्रालय वा निकायले सरुवासम्बन्धी मापदण्ड र कार्यविधि पनि बनाएका छन । कर्मचारी प्रशासन सञ्चालनका लागि सिङ्गो सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र प्रत्येक मन्त्रालय वा निकायमा कर्मचारी प्रशासनसम्बन्धी महाशाखा वा शाखा र आवश्यक जनशक्ति पनि रहने व्यवस्था छ ।

कर्मचारी सरुवासम्बन्धी नीतिगत र संस्थागत व्यवस्था भए पनि उल्लिखित व्यवस्थाको परिपालना पक्ष कमजोर रहेका कारण निजामती कर्मचारीहरूको सरुवा ऐन र नियमको मर्म अनुरूप व्यवस्थित, न्यायोचित र प्रणालीबद्ध हुन सकेको छैन ।

सामान्य प्रशासन मन्त्रालयले भदौ महिनाभरि र अन्य मन्त्रालयले असोज १ गतदेखि १५ गतेसम्म सरुवा गर्न सक्ने व्यवस्था नै त्रुटिपूर्ण छ ।

नयाँ आर्थिक वर्षको कार्यक्रम र बजेट कार्यान्वयन गर्नुपर्ने साढे दुई महिना केन्द्रीय निकायहरू सरुवाको गृहकार्यमा अल्झिने र कर्मचारीहरू सरुवाको अन्योल एवं प्रतीक्षामा रहने गरेको हालसम्मको अनुभवले देखाएको छ ।

सरुवालाई जतिसुकै पारदर्शी र न्यायोचित बनाउने भन्ने गरिए पनि सरुवाको आधार विभिन्नथरीको प्रभाव र पहुँच नै हुने गरेका कारण सरुवाको गृहकार्य लम्बिँदै जाने र अन्तिम दिनको पनि मध्यरातमा सरुवाको सूची सार्वजनिक गरिने प्रवृत्ति देखिन्छ ।

त्यसपछि सरुवा भएका कर्मचारी हाजिर हुन र गुनासा, दबाब सम्बोधन गर्न केही समय लाग्ने गर्छ । यसले पहिलो त्रैमासिक अवधि कर्मचारी व्यवस्थापनमै बित्छ ।

पहिलो त्रैमासिकको लक्ष्य पूरा हुँदैन र दोस्रो त्रैमासिकमा यसको चाप पर्न जान्छ । यसले वार्षिक कार्यक्रमको कार्यान्वयन र सेवा प्रवाहमा समेत नकारात्मक असर पर्ने गरेको छ ।

कर्मचारी सरुवालाई प्रणालीबद्ध बनाउन नसकिँदा कसैलाई सँधै रोजेको र खोजेको ठाउँ तथा कसैलाई छोडेको ठाउँमा बस्नुपर्ने अवस्था भइरहन्छ यसबाट कर्मचारीबिचमै प्रत्यक्ष विभेद र असन्तुष्टिको अवस्था सिर्जना गर्छ ।

कर्मचारीको उत्प्रेरणा र मनोबलमा प्रतिकूल असर पार्नुका साथै प्रशासनमा अनावश्यक द्वन्द्वको अवस्था सिर्जना हुन जान्छ । 

कर्मचारीमा अन्तरनिहित प्रतिभा, क्षमता र सम्भावनाको अधिकतम उपयोग गर्न, उनीहरूको उत्प्रेरणा र मनोबल उच्च बनाई कर्मचारीतन्त्रलाई नतिजामुखी बनाउन कर्मचारी सरुवालाई व्यवस्थित, न्यायोचित र प्रणालीबद्ध बनाउनु अपरिहार्य छ ।

यसका लागि पहिलो, सरुवासम्बन्धी विद्यमान प्रावधानलाई थप वस्तुनिष्ट र बोधगम्य बनाउनु पर्छ । दोस्रो, कर्मचारीलाई एउटा निकायमा सरुवा वा पदस्थापन गर्दा सो निकायमा निश्चित अवधि बसिसकेपछि त्यसपछि कहाँ सरुवा हुने हो सोसमेत तोकेर सरुवा गर्ने गरी सरुवा प्रणालीलाई अनुमानयोग्य र स्वचालित बनाउनु पर्छ ।

तेस्रो, सरुवासम्बन्धी विद्यमान समयतालिकामा परिवर्तन गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन १५ गतेभित्र र मन्त्रालय वा अन्य केन्द्रीय निकायले साउन मसान्तभित्र सरुवासम्बन्धी काम सक्ने व्यवस्था गर्नु पर्छ ।

यसबाट सरुवासम्बन्धी निर्णयमा हुने अनावश्यक ढिलासुस्ती र उत्पन्न हुने जटिलताको अन्त्य र सरुवाको त्रास र अन्योलता लामो समयसम्म रही कर्मचारी उत्प्रेरणा र कार्यसम्पादनमा पर्ने प्रतिकूल असर कम गर्न सकिन्छ । 

चौथो, सामान्य प्रशासन मन्त्रालयले ऐन नियमको उद्देश्य अनुरूप सरुवासम्बन्धी वस्तुनिष्ट मापदण्ड निर्माण र सामयिक परिमार्जन, परिपालनाको नियमित अनुगमन र यससम्बन्धी गुनासो सुनुवाइलाई प्रभावकारी बनाउनु पर्छ ।

पाँचौँ, वस्तुनिष्ठ आधारसहितको कार्यसम्पादन करारलाई अवलम्बन गरी विकास आयोजनाका प्रमुख र कर्मचारीको सरुवा सो आयोजनाको प्रगतिसँग आबद्ध गर्ने व्यवस्था गर्नु पर्छ ।

छैटौँ, नेपाल सरकारले राजपत्राङ्कित प्रथम र विशिष्ट श्रेणीका कर्मचारीको जुनसुकै बखत सरुवा गर्न सक्ने प्रावधान परिवर्तन गरी सरुवा वा पदस्थापन भएको एक वर्षसम्म सरुवा नगर्ने व्यवस्था गर्नु पर्छ ।

सातौँ, सरुवामा हुने राजनीतिक हस्तक्षेपको अन्त्य गरी मापदण्डमा आधारित बनाउन राजनीतिक नेतृत्वको प्रतिबद्धता र सहजीकरण हुनु पर्छ ।

आठौँ, सङ्घीय संसद्मा विचाराधीन रहेको सङ्घीय निजामती सेवा ऐनमा कर्मचारी सरुवालाई थप व्यवस्थित र अनुमानयोग्य बनाउने खालका आधार र मापदण्ड समावेश गर्नु पर्छ र नवौँ, प्रदेश सरकारले पनि कर्मचारी सरुवालाई व्यवस्थित, न्यायोचित, पारदर्शी र मापदण्डमा आधारित बनाउनु पर्छ तथा सङ्घीय सरकारले आवश्यक सहजीकरण गर्नु पर्छ । 

धनसूदन चौलागाईं

आज पनि बढ्यो सुनको मूल्य

काठमाण्डू, घरेलु बजारमा सुनको मूल्य आजपनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८८० रुपैयाँ कायम भएको छ ।

सिराहामा अटोको ठक्करबाट एक युवकको मृत्यु, घटनाको विरोधमा सडकमा टायर बालेर प्रदर्शन

लहान, सिराहाको चोहर्वा सिराहा सडक खण्डमा पर्ने भलुवाही चौकमामा अटोको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

बुधबार साँझ अटोले ठक्कर दिँदा सिराहा नगरपालिका–११ भलुवाहीका २१ वर्षीय निरज कामतको मृत्यु भएको थियो।

घटनाको विरोधमा बिहीबार बिहानैदेखि स्थानीयले सडकमा टायर बालेर प्रदर्शन गरेका हुन्।

स्थानीयको प्रदर्शनको कारण सिराहा चोहर्वा सडक खण्डमा बिहीबार बिहानैदेखि गाडी चल्न सकेका छैनन्।

स्थानीयले अटो चालकलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेका हुन्।

सडकमा पैदल हिँडिरहेका कामलाई स १ ह ७२४ नम्बरको अटोले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र पासवानले अटो चालकलाई पक्राउ गरिएको जानकारी दिए। ‘सडकको अवरोध खुलाउने प्रयास भइरहेको छ,’ डीएसपी पासवानले भने।

नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्लको गातार तेस्रो जीत

काठमाण्डू, जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जीत निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार भएको खेलमा जनकपुरले पोखरा पोखरा एभेन्जर्सलाई सात विकेटले हरायो ।

यसअघि उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई र दोस्रो खेलमा कर्णाली याक्सलाई समान आठ विकेटले हरायो ।

पाखराको यो लगातार दोस्रो हार हो । पोखरा यसअघि आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो ।

जितका लागि एक सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले १७.१ ओभरका तीन विकेटको क्षतिमा एक सय ४३ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

।जनकपुरका लागि श्रीलङ्कन खेलाडी लाहिरु मिलान्थाले ४५ रन बनाए । लयमा रहेका मिलान्थाले ३२ बलमा आठ चौकाको सहयोगमा ४५ रन बनाएका थिए ।

यस्तै जेम्स निसमले अविजित ४० रन बनाए । उनले २० बलमा ६ छक्काको सहयोगमा उक्त रन बनाए ।

आशिफ शेखले ३३ र हर्ष थाकेरले अविजित १३ रन बनाए । बलिङमा पोखराका विपिन खत्री, मिचेल लिस्क र कुशल भुर्तेलले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरका सात विकेटको क्षतिमा एक सय ३८ रन बनायो ।

पोखराका लागि मार्कस क्रिच्ट्लीले सर्वाधिक ३५ रन बनाए । यस्तै माइल लक्सले २५, ओपनर आन्द्रेयस गोसले २०, रेमन रेफरले १७, दिलीप नाथले ११ र दीनेश खरेलले १० रन बनाए ।

बलिङमा जनकपुरका ललित राजवंशीले तीन विकेट लिए । जेम्स निसमले दुई तथा मोहमद निसम र किशोर महतोले एक विकेट लिए ।

आज हुने दोस्रो खेलमा काठमाडौँ गुर्खाज र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुनेछ ।

अबको तयारी मिसन ८४, एक्लै चुनाव लड्ने निर्णय जनताबाट अनुमोदन भएको माओवादी बैठकको निष्कर्ष

काठमाण्डू, नेकपा माओवादी केन्द्रले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको छ ।

बैठक उपचुनावको समीक्षा गर्दै अब २०८४ को चुनावका लागि माओवादीले सबै तयारी थाल्ने निर्णयमा पुगेको छ ।

अध्यक्ष पुस्पकमल दाहाल निवासमा भएको पदाधिकारी बैठकमा उपचुनावको समीक्षा गर्दै सबैतिर माओवादीको राम्रो जनमत आएको ठहर गरेको छ ।

प्रवक्ता अग्नी सापकोटाले कीर्तिपुरमा हारे पनि जितकै रूपमा लिएर पार्टी कार्यकर्ता उत्साहित भएको बताए । उनले आगामी जितका लागि उपचुनावले थप आधार दिएको बताए ।

उनले अब पालिका अधिवेशन र खबरदारी सभामा नेतृत्व केन्द्रित रहने जानकारी दिए ।

उनले उपचुनावबाट माओवादी पार्टी दोस्रो स्थानमा आएको समेत बताए । सापकोटाले २०६४ पछि पार्टी पहिलो पटक एकताबद्ध भएर चुनावमा गएको बताए ।

अध्यक्ष दाहाल नेतृत्वको सरकारले थालेको सुशासनको अभियानलाई जनतासम्म लैजान्छौं । हामी बीचमा केही समय अलमलिए पनि अब जनता र हाम्रो मन एकै ठाउँमा भएको जस्तो लागेको छ ।

सापकोटाले अब २०८४ को चुनावको एजेण्डा प्रत्यक्ष निर्वाचित राष्ट्रपति,पूर्ण समानुपातिक निर्वाचन र सांसदहरु मन्त्री नबन्ने गरी संविधानमा व्यवस्था गर्नेतर्फ रहने जानकारी दिए ।