एनपीएलमा सुपर ओभरमा पुगेको खेलमा विराटनगरलाई हराउँदै पोखरा विजयी

काठमाण्डू, नेपाल प्रिमयर लिगमा पोखरा एभेन्जर्सले दोस्रो जीत हात पारेको छ। सुपर ओभरमा विराटनगरलाई १३ रनले हराएको हो।

सुपर ओभरमा लामिछानेको बलमा रेमर रेफरले लगातार दुई छक्का एक चौकासहित १७ र आन्देश गोसले एक रन बनाएपछि पोखराले १८ रन बनायो।

जवाफी ब्याटिङमा आएको विराटनगरले ५ रन बनायो।

विराटनगरका लागि मार्टिन गप्टिलले दुई निकोलस किर्तनले दुई रन बनाए भने एक वाइडबलका कारण अतिरिक्त एक रन प्राप्त भयो।

विराटनगरले दिएको १३९ रनको लक्ष्य पोखराले पनि ६ विकेट गुमाएर १३९ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।

यसअगाडि पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो।

व्यवसायीले गरे सिमेन्ट र छटको मनलाग्दी मूल्यवृद्धि, उपभोक्ता मारमा

काठमाण्डू, केही हप्ता अगाडिदेखि सिमेन्ट छटको मूल्यवृद्धिमा सरकार मूकदर्शक भएर बसेको पाइएको छ।

सिमेन्ट प्रयोग हुने सिजन आएसँगै व्यवसायीले सिमेन्टमा अचाक्ली मूल्यवृद्धि गरे पनि सरकार मूकदर्शक भएर बसेको हो।

हप्ता दिन अगाडिसम्म ५ सय ८५ प्रति बोरामा पाइने ओपीसी सिमेन्टको मूल्य ८ सय ४० र ७२ रुपियाँ प्रति केजी छड ९४ रुपियाँ भएको निर्माण व्यवसायीले बताएका छन्।

उपभोक्ता संरक्षण ऐन र कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०४३ अनुसार कारबाही गर्ने सरकारसँग अधिकार भएपनि व्यवसायीसँगको मिलेमतोमा मूल्यवृद्धि भएको पाइएको हो।

उपभोक्ता संरक्षण ऐनमा आफूखुसी मूल्य वृद्धि गर्न नपाउने व्यवस्था छ।

त्यसै गरी उपभोक्तवादी माधव तिमल्सिनाले सरकार भएको अनुभूति जनताले गर्ने हो भने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र जिल्ला प्रशासन कार्यालयले व्यवसायीलाई कारबाही गर्नुपर्ने बताए ।

यसरी आफूखुसी व्यवसायी हुँदा उपभोक्ता मर्कामा परेको बताए । सिमेन्ट उत्पादक संघको पहलमा उद्योगीले भाउ बढाएको पाइएको छ।

धेरै उत्पादकले मिलेमतोमा कुनै वस्तुको मूल्य तय गर्ने कार्यलाई ‘कार्टेलिङ’ भनिन्छ । यसरी मूल्यवृद्धि हुँदा पनि सरकारका नियामक निकाय मौन बस्नु सरकारकै मिलेमतो रहेको उपभोक्तावादीले बताएका छन् ।

खास गरी, क्लिंकर उत्पादक ठूला उद्योगको पहलमा सबै उद्योगले मिलेर भाउ बढाएका छन्।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले व्यवसायीले मूल्य वृद्धि गरेको हुनाले गत आइतबार जस्टिफिकेससहित पेस हुन अनुरोध गरेको बताए ।

उनले मूल्यवृद्धि गर्नुको कारणसहित पेस नगरे उपभोक्ता संरक्षण ऐनबमोजिम कारबाही गरिने बताए ।

विभागले अब आउँदो आइतबारसम्ममा मूल्यवृद्धि गर्नुको कारण पेस नगरे कारबाहीको प्रक्रियामा जाने बताएको छ ।

मूल्य वृद्धि भएर उपभोक्ताकहाँ सिमेन्ट छट लामो समयसम्म सरकारको निकायले काम गर्न नसक्नु आफैंमा शंका रहेको उपभोक्तावादीले बताएका छन् ।

एक वर्षदेखि सिमेन्ट उद्योगीले भाउ बढाउन प्रयास गरिरहेका थिए । तर, चिनियाँ लगानीका ठूला उद्योग होङ्सी र ह्वासिन सिमेन्ट त्यसमा तयार नभएपछि उनीहरूको प्रयास सफल हुन नसकेको उद्योगीले बताउँदै आएका छन्।

तर, यसपालि होङ्सी र ह्वासिन सिमेन्ट पनि भाउ बढाउन तयार भएपछि मिलेमतोमा सिन्डिकेट गरिएको पाइएको छ।

तर, भाउ बढेपछि ठूलो मात्रामा ऋण भएका उद्योगी ‘ब्रेक इभन’ (खर्च–आम्दानी बराबर) को अवस्थामा पुग्ने ती उद्योगीको दावी छ ।

अहिले नेपाली उद्योगको कुल सिमेन्ट उत्पादन क्षमता प्रतिवर्ष ५० करोड बोरा रहेको संघले जनाएको छ । तर, उद्योगीहरू ३० देखि ४० प्रतिशत क्षमतामा चलिरहेको पाइएको छ ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले मूल्यवृद्धि हुँदा निर्माण व्यवसायीलाई समस्या हुनेबताए ।

उनले काठमाडौंमा ७ सय रुपियाँमा ओपीसी सिमेन्ट उपलब्ध गराउने भनेर जनाएको प्रतिबद्धता पालना नगरेका जनाए ।

उनले भनेजस्तो ७ सय भएपनि पहिलेको मूल्यमा भने उपभोक्ताले सिमेन्ट नपाउने भएका छन्।

यस्तै छडको मूल्य वृद्धि भएको विषयमा निर्माण व्यवसायीसँग छलफल नभएको अध्यक्ष सिंहले जानकारी दिए ।

धेरै बढाएर थौरै घटाउने सहमति

बुधबार निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीचको उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताएका छन् ।

उनले भनेको जस्तो व्यवसायीले बढाएको जति घटाएको पाइएको छैन्। हप्ता दिनअगाडि ५ सय ८५ बाट ८ सय ४० पुगेको ओपीसी सिमेन्टको मूल्य ७ सयमा काठमाडौंमा उपलब्ध गर्ने सहमतिमा उल्लेख गरिनुप्रति नै शंका उत्पन्न भएको छ।

छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष सिंहले काठमाडौं उपत्यकामा ओपीसी सिमेन्ट ७ सय रुपियाँमा उपलब्ध गराउने सिमेन्ट व्यवसायीहरूले प्रतिबद्धता गरेको बताएका छन् ।

उनका अनुसार काठमाडौं उपत्यकामा अब ६ सय रुपियाँमा पीसीसी सिमेन्ट उपलब्ध हुनेछ ।

आफूहरूले सिमेन्ट उद्योगीहरू धराशयी हुने गरेर बजार भाउ नघटाउन र निर्माण व्यवसायीलाई मार पर्ने गरी नबढाउन सुझाव दिएको सिंहको भनाइ छ।

यस्तो छ तपाईंको मंसीर २७ गते बिहीबारको राशिफल

मेष : दिन शुभ छ । कोसेली–पुरस्कार प्राप्ति, भाग्योदय, धन लाभ हुने सम्भावना छ ।

वृष : सजग रहनुस् । नोक्सानी, दुर्घटनाको भय, निरर्थक खर्च, विवाद नहोला भन्न सकिन्न ।

मिथुन : लाभ, विविध सेवा वा वस्तुको प्राप्ति, मिष्ठान्न भोजनको प्राप्ति हुने देखिन्छ ।

कर्कट : दिन शुभ फलदायक छ । सुख–सन्तोष, कार्य सिद्धि, स्वस्थता, मन प्रफुल्लित होला ।

सिंह : समय उत्तम भएकाले राज्यबाट लाभ, राजनीतिक सफलता, प्रतिष्ठा हुने देखिन्छ ।

कन्या : रोगव्याधिको भय, आर्थिक नोक्सानी, काममा बाधा हुन सक्ने हुँदा सजग रहनुस् ।

तुला : समय बलवान् छ । धन लाभ, सम्मान, सफलता, समस्या समाधान हुने देखिन्छ ।

वृश्चिक : समय शुभ भएकाले कर्म गर्नुस्, द्रव्य लाभ, विजय, खेलकुद–परीक्षामा सफलता होला ।

धनु : समय उत्तम छ । कार्य सिद्धि, स्वस्थता, काममा जोश–जाँगर, सन्तोष हुने देखिन्छ ।

मकर : खानपानमा सजग हुनुस्, झाडापखाला, ग्यास्ट्रिकले पेटमा समस्या आउन सक्छ ।

कुम्भ : दिन उत्तम छ । आर्थिक लाभ, मान–सम्मान, पढाइ, व्यापारमा सफलता हुने देखिन्छ ।

मीन : सभय शुभ छ । धन लाभ, स्वस्थता, रोमान्टिक जमघट, रमाइलोसँग दिन बित्ला ।

एनपीएलमा आज पनि दुई खेल, भिड्दै छन् यी ४ टिम

काठमाण्डू, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन्।

पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किङ्स र दोस्रो खेल काठमाडौं गुर्खाज् जनकपुर बोल्ट्सबीच हुनेछ।

विराटनगर र पोखराबीचको प्रतिस्पर्धाबाट एनपीएलबाट बाहिरिने अर्को टोलीको टुंगो लाग्नेछ। यसअघि बुधबार लुम्बिनी लायन्स प्लेअफ नपुग्ने निश्चित भइसकेको छ।

४ खेल खेलिसकेका पोखरा र विराटनगरले समान एकरएक खेलमा जित निकालेका छन् । प्लेअफको सम्भावना कायम राख्न दुवै टोलीलाई जीत आवश्यक छ।

यी दुवै टोलीसँग समान चार खेलबाट २ अंक मात्रै छ। नेटरनरेटका आधारमा विराटनगर अन्तिममा रहँदा पोखरा सातौँ स्थानमा छ।

यता काठमाडौंले हालसम्म दुई खेल जितेको छ भने पाँच खेल खेलेको जनकपुर चार खेलमा विजयी भएको छ।

पहिलो खेल बिहान ९ र दोस्रो खेल १ बजेदेखि सुरु हुनेछ।

देशभर जाडो बढ्दै, काठमाडौं उपत्यकाको तापक्रम झर्‍यो ३ डिग्री सेल्सियस नजिक

काठमाण्डू, काठमाडौं उपत्यकामा निरन्तर तापक्रम घटिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ ।

आज बिहान यहाँको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो चार डिग्री सेल्सियस रहेको मौसमविद् सरोज पुडासैनीले बताए ।

आज यनको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ ।

जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।

साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

आज राति सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका केही भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ ।

शुक्रबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु तथा केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने जनाउँदै विभागले सोहीअनुरुप आफ्ना गतिविधि सञ्चालन गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

देशभर जाडो बढ्दो क्रममा छ ।

जाजरकोटको नलगाड -३ बासकोटमा बोलेरो जीप दुर्घटना, ५ जनाको मृत्यु, २ जना घाइते

जाजरकोट, जाजरकोटको नलगाड ३ बासकोटमा बोलेरो जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा २ जना घाइते भएका छन् । नलगाड नगरपालिकाको कालीमाटी बजारबाट कैना हुँदै कट्के जान लागेको ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो बुधवार राति ९ बजे बासकोटको मोडवाट सडकवाट करिब ८ सय मिटर तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख निरीक्षक हरिराम डाँगीका अनुसार मृत्यु हुनेमा गाडी चालक इन्द्रजीत थापा,सीलापुन, लक्ष्मी पुन, लक्ष्मी पुनको छोरा, शारदा थापा, रहेका छन् ।

जीप मा सवार सात जना मध्य २ जना घाइते रहेको र उनीहरूको नलगाड नगर अस्पताल दल्लीमा उपचार भइरहेको डाँगीले बताए ।

घाइते मध्य जीवन विक सामान्य उपचार पछि घर पठाइएको र बर्दिया घर भई दिदीको घर आएका जनक थापाको अवस्था खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ ।

विद्यार्थीले गुणस्तरीय शिक्षा पाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

तेह्रथुम, प्रधानमन्त्री केपी ओलीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध हुनुपर्ने जोड दिएका छन् ।

आफूले आधारभूत शिक्षा लिएको तेह्रथुमको आठराईस्थित प्रणाली माध्यमिक विद्यालयका नयाँ भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा उक्त विद्यालयको गत वर्षको नतिजा कमजोर भएको सुन्दा खिन्नता व्यक्त गर्दै विद्यार्थी पास भएनन् भने अभिभावकको लगानी र विद्यार्थीको मेहनत खेर जाने बताए ।

“एसइईमा विद्यार्थी पास भएनन् भने उनीहरूको भविष्य समाप्त हुन्छ। एसइईभन्दा माथि जान नसक्दा उनीहरूमा निराशा उत्पन्न हुन्छ।

विद्यार्थी फेल हुनु एक प्रकारको अपराध हो ।” प्रधानमन्त्री ओलीले भने, “शिक्षकहरूमा ज्ञान सम्प्रेषणको कला विकास हुनुपर्छ ।

विद्यार्थीहरूले मेहनत गर्नुपर्छ।पढाइमा सफल हुने विद्यार्थीले विकास र समृद्धिमा योगदान दिन सक्नेछन्।

म सबै विद्यार्थी भाइबहिनीहरू र शिक्षकलाई यस गम्भीरता बुझेर मेहनत गर्न आग्रह गर्दछु ।”

कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले बाल्यकालमा पढेका र खेलेका दिनहरूको पनि स्मरण गरेका थिए ।

प्रधानमन्त्री ओलीले विद्यालय भवन निर्माणमा सहयोग गर्ने दक्षिण कोरियाली संस्था युङ होङ गिल फाउन्डेसन र यसमा सघाउने सम्बन्धित पक्षलाई धन्यवादसमेत दिए ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध साइबर अपराधमा मुद्दा दर्ता

काठमाण्डू, मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गत साइबर अपराधको मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता गरिएको छ ।

साइबर ब्यूरोले अनुसन्धान गरी बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा अभियोग पत्र दायर गरेको हो ।

सरकारी वकिल कार्यालयले प्रसाईंलाई विद्युतीय कारोबार ऐनको दफा ४७ को उपदफा (१)अनुसार सजाय माग गरेको छ ।

त्यस्तै, उपदफा (२) अनुसार बारम्बार अपराध गरेको ठहर भएपछि थप सजायको माग गरिएको छ।

प्रसाईंविरूद्ध एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय माग गरिएको छ। यसैगरी, बारम्बार अपराध दोहोर्‍याएको आरोपमा डेढी सजायसमेत माग गरिएको छ ।

दफा ४७ को उपदफा २ अनुसार, अपराध दोहोर्‍याउने व्यक्तिलाई अघिल्लो सजायको डेढी सजाय हुने प्रावधान छ ।

त्यसअनुसार, पाँच वर्ष कैद हुने अवस्थामा डेढी सजाय थप गरी सात वर्षसम्म कैद सजाय हुन सक्छ । यही मंसिर ४ गते उनी भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए।

उनीमाथि धानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरी सामाजिक सञ्जालमा अपलोड गरेको आरोप छ ।

एनपीएलमा काठमाडौँसँग लज्जास्पद हार खेप्दै बाहिरियो लुम्बिनी

काठमाण्डू, लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) बाट बाहिरिएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा काठमाडौँ गोर्खाजसँग १८ रनले पराजित भएसँगै लुम्बिनीको प्ले अफ पुग्ने सम्भावना एक खेल अगावै सकिएको हो ।

जीतसँगै काठमाडौँले प्ले अफ पुग्ने सम्भावना बढाएको छ । बलर जमेको दिन लु्म्बिनीले जीतका लागि एक सय चार रनको सामान्य लक्ष्य पछ्याए पनि सफल हुन सकेन् ।

लुम्बिनी १९।२ ओभरमा सबै विकेटको क्षतिमा ८५ रनमा समेटिएको हो । काठमाडौँका बलर चम्किएको खेलमा लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए ।

यस्तै उन्मुक्त चन्दले १४, सूर्य तामाङले ११ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । लुम्बिनीलाई सस्तैमा समेट्न काठमाडौँका कप्तान करण केसीले चार विकेट लिए ।

उनले पूरै चार ओभर बलिङ गर्दै १६ रन खर्चिए । करण प्लेयर अफ दि म्याच बने । यस्तै दीपेश कँडेलले तीन तथा जेराल्ड इरास्मसले दुई र रसिद खानले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको काठमाडौँले १९.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय तीन रन बनाएको थियो ।

काठमाडौँका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । डन डथवेटले २१, प्रतीक श्रेष्ठले २० र स्टेफ स्किन्जीले रन बनाए ।

बलिङमा लुम्बिनीका साद विन जफरले तीन विकेट लिए । यस्तै अविशेष गौतम र रामोन सिमोन्डले दुई दुई तथा सूर्य तामाङ र विवेक यादवले एक एक विकेट लिए ।

काठमाडौँको यो दोस्रो जीत हो । जीतसँगै चार खेलबाट चार अङ्क बनाएको काठमाडौँ पाँचौँ स्थानमा उक्लिएको छ ।

काठमाडौँले प्ल अफ पुग्ने सम्भावना बलियो बनाएको छ । ६ खेलमा पाँचौँ हार खेपेको लुम्बिनी दुई अङ्क जोड्दै बाहिरिएको छ ।

लुम्बिनीले अब लिगको अन्तिम खेल कर्णाली याक्ससँग खेल्नेछ । लिगको शीर्षस्थानमा रहेको सुदूरपश्चिम रोयल्स आठ अङ्कसहित शीर्षस्थानमा उक्लिएको छ ।

बुधबार नै भएको खेलमा सुदूरपश्चिमले जनकपुर वोल्ट्सलाई ७२ रनले हराएको थियो । सुदूरपश्चिमसँग हारेसँगै अपराजित यात्रामा पूर्ण विराम लागेको जनकपुर आठ अङ्क सहित दोस्रो स्थानमा छ ।

पाँच खेलबाट समान ६ अङ्क बनाएको चितवन राइनोज र कर्णाली याक्स क्रमशस् तेस्रो र चौथो स्थानमा छ ।

प्रधानमन्त्री ओलीद्वारा आफूले आधारभूत शिक्षा लिएको विद्यालयको भवन उद्घाटन

आठराई, प्रधानमन्त्री केपी ओलीले प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गरेका छन् ।

तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा रहेको उक्त विद्यालयमा निर्माण भएको १८ कोठे भवन आज प्रधानमन्त्री ओलीले रिबन काटेर उद्घाटन गरेका हुन् ।

यस क्रममा उनले विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीयलगायतसँग अन्तरक्रियासमेत गरेका थिए ।

प्रधानमन्त्री ओलीले यस विद्यालयमा कक्षा ३ सम्म अध्ययन गरेको विद्यालयका प्रधानाध्यापक अमृतबहादुर बुढाथोकीले जानकारी दिए ।

दक्षिण कोरियाको युम होङ गिल ह्युमन फाउण्डेसनको सहयोगमा निर्मित उक्त भवनको हालै निर्माण सम्पन्न भएको हो ।

भवन निर्माणमा उक्त फाउण्डेसनले रु चार करोड ४९ लाख ६० हजार, कोशी प्रदेश सरकारले रु. २१ लाख ४० हजार र आठराई गाउँपालिकाले रु. ६९ लाख लगानी गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम घिमिरेका अनुसार पुरानो भवनमा पठनपाठन गर्न समस्या भएपछि प्रधानमन्त्री ओलीलाई विद्यालयले बजेटको पहल गरिदिन आग्रह गरेको थियो ।

प्रधानमन्त्री ओलीकै आग्रहका युम होङ गिल ह्युमन फाउण्डेसन दक्षिण कोरियाले मुख्य लगानी गरेपछि भवन निर्माण भएको घिमिरेले बताए ।

कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते योङ, युम होङ गिल ह्युमन फाउण्डेसनका पार्क यु सुन लगायतको उपस्थिति थियो ।

रासस

केराखेतीले देखायो वार्षिक डेढ करोड आम्दानीको बाटो

पर्वत, जिल्लाको कुश्मा नगरपालिकास्थित ज्ञादी क्षेत्रमा व्यावसायिक रूपमा गरिएको केराखेतीबाट वार्षिक रु एक करोड ५० लाखसम्म आम्दानी भइरहेको छ।

यहाँका कृषकले धानखेती मासेर सात वर्षदेखि व्यावसायिक रूपमा केराखेती गर्दै आएका छन्। पीपलटारी र कटुवाचौपारीका ६५ कृषकले एक हजार रोपनी क्षेत्रफलमा व्यावसायिक केरा उत्पादन गर्दै आएका हुन्।

वि.सं २०५२ मा चितवनको राप्ती किनारबाट बिरुवा ल्याएर लगाइएको केराका बोट अहिले कृषकको प्रमुख आम्दानीको स्रोत बन्दै गएको हो।

सोही बीउलाई आर्थिक वर्ष २०७६/७७ देखि ‘केरा ब्लक’मा विस्तार गरी व्यावसायिक उत्पादन थालिएको ज्ञादी केरा ब्लकका संयोजक बाबुराम शर्माले जानकारी दिए।

रोग प्रतिरोधात्मक क्षमता बढी रहेको फुस्रे जातको केरा लगाएर कृषकले गाउँमा वार्षिक रु एक करोड ५० लाखसम्म भित्र्याउने गरेका उनले बताए।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत केरा ब्लकका रूपमा यस क्षेत्रलाई विस्तार गरेपछि यहाँका कृषक केराखेतीतर्फ आकर्षित भएका संयोजक शर्माले उल्लेख गरे।

जिल्लास्थित परियोजना कार्यान्वयन इकाईमार्फत कृषकहरूलाई केराका बिरुवा, यान्त्रीकरण, विषादी, प्राविधिक सहयोगका साथै केरा रोप्न अनुदानलगायतमा रु ८१ लाख सहयोग गरिएको उनले जानकारी दिए।

अनुदानमा बिरुवा पाएपछि कृषकहरू धान, कोदो छाडेर केराखेतीमा आकर्षित भएका केरा ब्लकका संयोजक शर्माले बताए।

उनका अनुसार यहाँ उत्पादित केरा सदरमुकाम कुश्मा, बागलुङ, साइकलचोक, फलेबास, मालढुङ्गा, पातीचौरलगायत बजारमा खपत हुने गरेको छ।

गाउँमा पक्की सडक विस्तार भएकाले बिक्रीका लागि बजार लैजानुपर्ने अवस्था नरहेको कृषक दीपक सुवेदीले बताए। केरा व्यापारी गाडी लिएर केराको बगैँचासम्म आउने र सिधै लोड गरेर लैजाने भएकाले बजारीकरणको समस्या नरहेको उनले उल्लेख गरे।

युवापुस्ताको विदेश पलायनसँगै बाँझिदै गरेको जमिनमा केराखेती गरेपछि नियमित आम्दानी हुनुका साथै जमिन उर्वर बनेको कृषक शोभनाथ लामिछानेले बताए।

उनका अनुसार एउटै बोटमा चार सय कोसासम्म केरा फल्ने गरेका छन्। हरेक कृषकले न्यूनतम रु ५० हजारदेखि रु तीन लाखसम्म आम्दानी गर्दै आएको उनले जानकारी दिए।

कम जनशक्ति, न्यून लागत र एकपटक लगाएपछि वर्षौंसम्म फाइदा लिन सकिने भएकाले गाउँका अधिकांश कृषक केराखेतीमा लागेका कृषक लामिछानेले बताए। प्रत्येक कृषकले न्यूनतम पाँचदेखि १० रोपनीसम्म क्षेत्रमा खेती गरिरहेका छन्।

केरा बिक्री गरेर मात्रै धेरै आम्दानी नसकिएको भन्दै कृषकले वैकल्पिक योजना बनाएका छन्।

केराको रेसाबाट धागो, पात र बुङ्गोबाट टपरी बनाएर स्थानीय महिलालाई पनि स्वरोजगार बनाउने तयारी भइरहेको कुश्मा–१० पीपलटारीका वडाध्यक्ष रामचन्द्र सुवेदीले जानकारी दिए।

कृषकलाई गत वर्ष केराको अचार उत्पादनसम्बन्धी तालिम पनि दिइसकिएको भन्दै कतिपयले अचार बनाएर बिक्री गर्न थालेका उनले बताए।

कृषकहरू केराखेतीबाट पूर्ण रूपमा आत्मनिर्भर भई नसकेका बताउँदै वडाध्यक्ष सुवेदीले केराको फलका साथै थाम, पात र बुङ्गो प्रशोधन गर्न आवश्यक तालिम र यन्त्र उपकरणको माग संघीय सरकारसँग गरिएको जानकारी दिए।

केराखेती विस्तार गरिएपछि गाउँमा जग्गा बाँझो हुने क्रम हट्दै गएको बताउँदै कृषकहरूलाई प्रोत्साहन नगरपालिकाले विभिन्न योजनाहरू बनाइरहेको उनले उल्लेख गरे।

पहिलो सिकार याममा ढोरपाटनमा १० नाउर र ५ झारलको सिकार

बागलुङ, यस वर्षको पहिलो सिकार याममा १० नाउर र पाँच झारलको सिकार गरिएको छ।

नेपालको एकमात्र वैधानिक सिकार खेल्न मिल्ने ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याममा १२ नाउर र आठ झारलको सिकार गर्न चार कम्पनीमार्फत १२ विदेशी सिकारले अनुमति प्राप्त गरेका थिए।

एउटा नाउरको सिकार गर्नका लागि अनुमति प्राप्त सिकारी आउन नपाएको र एक जना सिकारी नाउर सिकार गर्न असमर्थ भएको ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङले जनाएको छ।

जङ्गली जनावर नाउर र झारलको सिकार गर्न यस पटक अमेरिका, स्पेन, नेदल्याण्ड र मेक्सिकोका १२ व्यावसायिक सिकारीले अनुमति प्राप्त गरेका थिए।

सिकार आरक्ष कार्यालय बागलुङका सूचना अधिकारी पशुपती अधिकारीका अनुसार अमेरिकाका एक सिकारी राजश्व बुझाएर समेत नाउरको सिकार खेल्न ढोरपाटन नआएको तथा अर्का अमेरिकाकै सिकारीले नाउर मार्न असफल भएका छन्।

यस्तै विदेशी सिकारीले तीन वटा झारल सिकार गर्न असमर्थ भएको अधिकारीको भनाइ छ। सात बनेलको सिकार अनुमति पाएका सिकारीले सिकारनै नगरेको आरक्षको भनाइ छ।

ढोरपाटन क्षेत्रमा बर्सेनि ९असोज–मङ्सिर० पहिलो याम र (फागुन–वैशाख) मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको छ।

सिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन सिकार आरक्ष कार्यालयले आफ्ना कर्मचारी र सिकारीका भरिया सम्बन्धित सिकार ब्लकमा खटाइएको हुन्छ।

ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङका प्रमुख संरक्षण अधिकृत चन्द्र शेखर चौधरीले बनेल सिकार गर्न विदेशीले रुचि नदेखाएको बताए। बनेलका लागि नेपाली सिकारीलाई समेत अनुमति खुला गरेपनि आवेदन नपरेको उनको भनाइ छ।

उनका अनुसार पहिलो सिकार याममा ग्लोवल सफारिज नेपाल प्रालि, नेपाल ट्राभल एक्पेडिसन प्रालि, हिमालयन वाइल्डलाइफ आवटफिटर्स, स्युचाटार, काठमाडौँ र ओपन नेपाल वाइल्डलाइफ सफारिज ट्रेक प्रालिमार्फत सिकारीलाई अनुमति दिइएको थियो।

सिकार आरक्ष क्षेत्रलाई सात वटा ब्लकमा विभाजन गरिएको छ। सेङ, बार्से, सुर्तिवाङ, फागुने, घुस्तुङ, दोगाडी र सुनदह ब्लकमा सिकार गरिएको छ।

पेशेवर विदेशी सिकार कम्पनीका प्रतिनिधिसहितको टोली लिएर हेलिकप्टरमार्फत सिकार खेल्न आरक्षमा पुग्ने गर्छन्।

र्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’ मा सिकार खेल्न रुचि राख्ने गरेको सिकार आरक्ष कार्यालयले जनाएको छ।

सिकारीसहित नेपाली सेना र आरक्षको समूह अधिकतम १५ दिन जङ्गलमै समय बिताउने गर्दछन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ।

साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ।

यस वर्ष एउटै नाउरको अधिकतम रु १८ लाखसम्म राजश्व सङ्कलन भएको आरक्ष कार्यालयको भनाइ छ।

नाउर र झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एक जना सिकारीले करिब रु २० लाखदेखि ३० लाख खर्च गर्ने गर्दछन्।

वि.सं २०४४ सालमा स्थापना भएको ढोरपाटन सिकार आरक्ष बागलुङ, रुकुमपूर्व र म्याग्दी जिल्लाको एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।

प्रमुख सूचना आयुक्त डा.सुरेशप्रसाद आचार्यलेले लिए शपथ

काठमाण्डू, प्रधानमन्त्री केपी ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुखआयुक्त डा.सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानमन्त्री निवासमा आज बिहान भएको समारोहमा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त डा. आचार्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आयुक्त डा. आचार्यले नवनियुक्त आयुक्त गगन विष्ट र दुर्गा भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराए ।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था भएको मौलिक हकका रूपमा सूचनाको हकको कार्यान्वयन र उपयोगका लागि आयोगको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए

। असम्बन्धित व्यक्तिले अनेक सूचना मागेर सरकारका कामलाई अल्मल्याउने प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने भन्दै उनले सूचनाको हक उपयोग गर्दा त्यो न्यायोचित भएनभएको निक्र्योल गरी अराजकताले प्रश्रय पाउन नहुने बताए ।

समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ, उक्त मन्त्रालयका सचिव राधिका अर्याललगायत उपस्थिति थिए ।

मन्त्रिपरिषद्को यही मङ्सिर ६ गतेको बैठकले उनीहरुलाई आयोगमा नियुक्त गरेको हो ।

प्रतितोला दुई हजारले बढ्यो सुनको मूल्य

काठमाण्डू, नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला दुई हजारले बढेर एक लाख ५४ हजार दुई सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि मङ्गलबार सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रुपियाँमा किनबेच भएको थियो ।

यसैगरी, आज चाँदी भने स्थिर छ । चाँदी प्रतितोला एक हजार नौ सय २५ रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सुदूरपश्चिमको बलिङमा झुक्यो जनकपुर, सुदूरपश्चिमसँग ७२ रनले पराजित

काठमाण्डू, नेपाल प्रिमियर लिग (एनपिएल) मा जमेको टोली जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोयल्सको नमिठो झट्का लागेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा जनकपुर बलियो प्रतिद्वन्द्वी सुदूरपश्चिमसँग ७२ रनले पराजित भयो ।

यससँगै जनकपुरको अपराजित यात्रामा पूर्णविराम लागेको छ । जितसँगै सुदूरपश्चिम शीर्षस्थानमा उक्लिएको छ । पराजित जनकपुर दोस्रो स्थानमा झरेको छ ।

जितका लागि एक सय २४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरका सबै विकेट गुमाएर ५१ रनमा समेटिएको हो । जनकपुरले बनाएको यो जारी एनपिएलकै सबैभन्दा कम रन हो ।

जनकपुरलाई झुकाउन सुदूरपश्चिकको बलिङलाइन चुस्त बन्यो । जनकपुरका लागि जोसुवा ट्रम्पले १३ रन जोड्नुबाहेक कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

जनकपुरलाई सस्तो स्कोरमा समेट्न सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे र हर्मित सिंहले दुई दुई विकेट लिए ।

यस्तै नरेन साउद, स्कट कग्लेजिन र सइफ जैवले एक एक विकेट झार्नुभयो । इशान पाण्डे प्लेयर अफ दि म्याच भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरका नौ विकेटको क्षतिमा एक सय २३ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि ओपनरद्वय विनोद भण्डारीले ३३ र सईफ जैवले २१ रन बनाए ।

यस्तै इसान पाण्डेले १७ र ब्रान्डन म्याकमुलनले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङमा जनकपुरका किशोर महतोले चार विकेट लिए । उनले विकेट लिने क्रममा चार ओभर पूरा बलिङ गर्दै ३५ रन खर्चिए ।

यस्तै सेर मल्ल र अरनिको यादवले दुई दुई विकेट लिए । हर्ष थाकरले एक विकेट झारे ।

जारी लिगका जनकपुर र सुदूरपश्चिम बलिया टोली हुन् । पाँच खेलको समाप्तिसँगै सुदुरपश्चिमले आठ अङ्क बनाएको छ । य

स्तै पहिलो खेल हारेको जनकपुरको पनि आठ अङ्क छ ।